BK Murli 7 February 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 7 February 2017 Nepali

    २०७३ माघ २५ मंगलबार ७-०२-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– सदा यसै नशामा रहने गर– ज्ञान सागर बाबाले ज्ञान दिएर हामीलाई स्वदर्शन चक्रधारी, त्रिकालदर्शी बनाउनु भएको छ। हामी हौं ब्रह्मावंशी ब्राह्मण।”  

    प्रश्न:

    तिमी बच्चाहरू ब्राह्मण बन्ने बित्तिकै पदमापदम भाग्यशाली बन्छौ– कसरी?

    उत्तर:

    ब्राह्मण बन्नु अर्थात् सेकेण्डमा जीवनमुक्ति प्राप्त गर्नु। बाबाको बच्चा बन्यौ अर्थात् वर्साको अधिकार मिल्यो। जीवनमुक्ति तिम्रो हक हो, यसैले तिमी पदमापदम भाग्यशाली हौ। बाँकी यस मृत्युलोकमा त कोही पनि सौभाग्यशाली छैन। अकालमा मृत्यु भइरहन्छ। तिमी बच्चाहरूले अब कालमाथि जित प्राप्त गर्छौ। तिमीलाई त्रिकालदर्शी-पनको पनि ज्ञान छ। शिवबाबाले २१ जन्मको लागि तिम्रो झोली भरिरहनु भएको छ।

    ओम् शान्ति।

    बच्चाहरूले बुझेका छन्– हामी काँडाबाट फूल बनिरहेका छौं अर्थात् मनुष्यबाट देवता बनिरहेका छौं। बच्चाहरूलाई थाहा छ– यो काँडाको जंगल हो। अब फेरि फूलहरूको बगैंचामा जानु छ। यो दिल्ली पनि कुनै समय परिस्तान थियो। तिमी बच्चाहरूले राज्य गर्थ्यौ, जब यहाँ देवी-देवता थिए। फेरि कुनै राजा, महाराजाको रूपमा, कुनै प्रजाको रूपमा। यो त सबैले जान्दछन्– वास्तवमा अब सृष्टि कब्रिस्तान हुनु छ। यहाँ तिमीले परिस्तान बनाउँछौ। तिमीलाई थाहा छ– यो सारा दुनियाँ नै नयाँ बन्छ। जमुनाको कण्ठमा राधा कृष्ण, लक्ष्मी-नारायण थिए। यस्तो होइन राधा कृष्णले राज्य गर्छन्। गर्दैनन्, राधा अर्को राजधानीको थिइन्, कृष्ण अर्को राजधानीका थिए। दुवैको फेरि स्वयंवर भयो। स्वयंवर पछि फेरि उनै लक्ष्मी-नारायण बन्छन् फेरि यस परिस्तानमा, जमुनाको कण्ठमा राज्य गर्छन्। यो गद्दी धेरै पुरानो हो। आदि सनातन देवी देवताहरूको गद्दी बन्दै आएको छ। तर यी कुरालाई केवल तिमी बच्चाहरूले नै जान्दछौ। तिमीले नै आफ्नो परिस्तान बनाइरहेका छौ। राजधानी स्थापना गरिरहेका छौ। कसरी? योगबलद्वारा। देवी देवताहरूको राजधानी लडाईद्वारा स्थापना भएको थिएन। तिमी यहाँ सिक्न आएका छौ राजयोग बल, जुन ५ हजार वर्ष पहिले सिकेका थियौ। तिमीले भन्छौ– हो, बाबा कल्प पहिले पनि आजकै दिन यसै समय हामी बाबासँग पढ्न सिकेका थियौं। यहाँ केवल बच्चाहरू नै आउँछन्। बच्चाहरू बाहेक बाबाले अरू कसैसँग कुरा गर्न सक्नुहुन्न। बाबा भन्नुहुन्छ– म बच्चाहरूलाई नै सिकाउँछु। तिमीलाई कति नशा हुनुपर्छ। ज्ञानका सागर बाबा हुनुहुन्छ, उहाँलाई नै ज्ञान ज्ञानेश्वर भनिन्छ। यसको अर्थ हो– ईश्वर जो ज्ञानको सागर हुनुहुन्छ, उहाँले यस समय तिमीलाई ज्ञान दिनुहुन्छ। कुनचाहिँ ज्ञान? सृष्टिको आदि मध्य अन्त्यको ज्ञान। तिमी बच्चाहरू स्वदर्शन चक्रधारी बन्छौ। तिमी ब्रह्मावंशी हौ। विष्णुवंशी जसले राज्य गर्छन्, उनीहरू स्वदर्शन चक्रधारी, त्रिकालदर्शी होइनन्। तिमी ब्रह्मावंशी हौ, फेरि देवता बन्छौ। हामी नै सूर्यवंशी थियौं, फेरि चन्द्रवंशीमा गयौं फेरि वैश्यवंशी, शूद्र वंशी बन्यौं। अब फेरि हामी ब्राह्मण वंशी बनेका छौं। तिमीले वास्तवमा जान्दछौ– हामी स्वदर्शन चक्रधारी हौं। सारा सृष्टिको आदि मध्य अन्त्यको ज्ञान हामीमा छ। यसबाट नै फेरि चक्रवर्ती राजा-रानी बन्छौं। 

    यो ज्ञान सबै धर्मको लागि हो। शिवबाबाले सबैलाई भन्नुहुन्छ– यी ब्रह्मालाई पनि भन्नुहुन्छ, यिनको आत्माले पनि अहिले सुनिरहेको छ। तिमी अहिले ब्राह्मण हौ। हरेक मनुष्य मात्र शिवबाबाको बच्चा पनि हो भने ब्रह्मा बाबाको बच्चा पनि हो। ब्रह्मा हुन् ग्रेट-ग्रेट ग्रेन्ड फादर, जिस्मानी र शिवबाबा हुनुहुन्छ सबैका रूहानी बाबा। शिवबाबालाई प्रजापिता भनिँदैन। शिवबाबा आत्माहरूको बाबा हुनुहुन्छ। बाबा भन्नुहुन्छ– म तिमी बच्चाहरूलाई राज्य भाग्य दिन्छु, हीरा जस्तो सदा सुखी बनाउँछु, २१ जन्मको लागि वर्सा दिन्छु। फेरि जब पूज्यबाट पुजारी बन्छौ अनि मेरो ग्लानि गर्न लाग्छौ। बाबा भन्नुहुन्छ–म तिम्रो कति उँचा बाबा हुँ, मैले नै विश्वलाई स्वर्ग, वैकुण्ठ बनाउँछु। तिमीले फेरि सर्वव्यापी भनेर ग्लानि गर्छौ। ५ हजार वर्ष पहिले यहाँ स्वर्ग थियो। हिजोको कुरा हो। तिमीले नै राज्य गर्थ्यौ, उज्यालो थियो, आज अँध्यारो छ। तर सम्झन्छन् यही स्वर्ग हो। गायन गर्छन्– नयाँ दुनियाँमा नयाँ रामराज्य होस्। मनुष्यले फेरि यसलाई नै नयाँ सम्झिरहेका छन्। यो त ड्रामा हो। यस समय मायाको पछाडिको पम्प हो। अब रावण राज्य मुर्दाबाद र रामराज्य जिन्दाबाद हुनु छ। रामराज्य कुनै राम सीताको राज्यलाई भनिदैन। सूर्यवंशी राज्यलाई नै रामराज्य भनिन्छ। तिमी आएका छौ सूर्यवंशी राजा रानी बन्नको लागि। यो राजयोग हो। यो ज्ञान कुनै ब्रह्मा या कृष्णले पढाउँदैनन्। यो त परमपिता परमात्माले नै पढाउनुहुन्छ। पतित-पावन उहाँ बाबा हुनुहुन्छ, सारा विश्वलाई स्वर्ग बनाउने वाला, सुख-शान्ति दिनेवाला हुनुहुन्छ। यो दुनियाँ पहिले सुखधाम थियो। आउन त सबै शान्तिधामबाट आउँछन्। अहम् आत्मा पहिले शान्तिधाममा रहनेवाला हो। आत्मा सो परमात्मा होइन। अहम् आत्मा सूर्यवंशी थियो फेरि क्षत्रिय, वैश्य, शूद्र बन्यो। अब फेरि ब्राह्मण वंशमा आएको छ। यो चक्र अर्थात् बाजोलीको खेल हो। पहिला-पहिला हुन्छ चोटी ब्राह्मण फेरि क्षत्रिय, टोटल ८४ जन्म भोग्नुपर्छ। प्यारा बच्चाहरू! यसमा अलमिलने कुनै कुरा छैन। सेकेण्डमा जीवनमुक्ति। पिताको बच्चा बन्यो अर्थात् वर्साको लायक भयो। आमाको गर्भबाट निक्लियो, वर्सा लियो। यो पनि सेकेण्डको कुरा हो। जनकलाई सेकण्डमा जीवनमुक्ति मिल्यो नि। तिमी पनि ईश्वरको बन्यौ, त्यसैले जीवनमुक्ति तिम्रो हक हो। तिमी अमरलोकको मालिक बन्छौ, यो हो मृत्युलोक। तिमी भन्दा सौभाग्यशाली अरू कोही छँदै छैन। यहाँ त अकालमा मृत्यु हुन्छ। अहिले तिमीले कालमाथि विजय प्राप्त गर्छौ। 

    बाबा कालको पनि काल हुनुहुन्छ, उहाँ बाबाबाट तिमीलाई कति वर्सा मिल्छ। सन्यासीले कहाँ जान्दछन् र। सबै धर्मलाई पनि जान्नु पर्ने हुन्छ। त्यसैले यो चित्र बनाएका छन्। यो पाठशाला हो। कसले पढाउनुहुन्छ? भगवानुवाच, कृष्णले पढाउँदैनन्। ज्ञानका सागर कृष्ण होइनन्। त्यो त परमपिता परमात्मा हुनुहुन्छ, उहाँले तिमीलाई ज्ञान दिइरहनु भएको छ। तिमी हौ ज्ञान गंगाहरू। देवताहरूमा त यो ज्ञान नै हुँदैन। तिमी ब्राह्मणहरूमा नै यो ज्ञान छ, त्रिकालदर्शी-पनको। तिमीले नै यस समय यो ज्ञान सिकेर वर्सा पाउँछौ। राजयोग सिकेर स्वर्गको राजा रानी बन्छौ। तिमीलाई थाहा छ– हामी बाबाद्वारा कालमाथि जित प्राप्त गर्छौं। वहाँ तिमीलाई साक्षात्कार हुन्छ– यो पुरानो शरीर छोडेर गएर सानो बच्चा बन्छु। सर्पको उदाहरण... यो सबै उदाहरण तिम्रो लागि नै हो। यहाँ नै पहिले शिवालय थियो। चैतन्य देवी देवताहरूको राज्य थियो, जसको मन्दिर बनाइएका छन्। शिवबाबा आएर शिवालय बनाउनुहुन्छ। रावणले फेरि वेश्यालय बनाउँछ। ठूला-ठूला विद्वान-पण्डितले पनि यो जान्दैनन्– रावण के चीज हो? तिमीलाई थाहा छ– रावणको आधाकल्प राज्य चल्छ। दिल्लीमा पहिले गड गडेज लक्ष्मी-नारायणको राज्य थियो। भन्दछन् पनि– क्राइस्ट भन्दा ३ हजार वर्ष पहिले यहाँ स्वर्ग थियो। तर फेरि बिर्सिए। कोही मर्योच भने भन्छन्– स्वर्गवासी भयो। मुख मीठो गरिदिन्छन्। जब दुनियाँ स्वर्ग थियो, पुनर्जन्म पनि स्वर्गमा हुन्थ्यो। अहिले भारत नर्क छ त्यसैले पुनर्जन्म पनि नर्कमा लिन्छन्। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमीलाई याद छ नि– कल्प-कल्प म आएर तिमीलाई स्वर्गको मालिक बनाउँछु। अहिले तिमी पतितबाट पावन बनिरहेका छौ। यो काम एकै बाबाको हो। बच्चाहरूको बुद्धिमा छ– सर्वोच्च शिवबाबा, यस ब्रह्माद्वारा बसेर सबै वेद शास्त्रको सार सम्झाउनु हुन्छ। भक्ति मार्गमा त मनुष्यले खर्च गर्दा-गर्दा कौडी जस्तै बनेका छन्। बाबा भन्नुहुन्छ– मैले तिमी बच्चाहरूलाई हीरा जुहारतको महल बनाएर दिएँ। फेरि तिमी तल झर्नु नै थियो। कला कम हुन नै थियो। त्यतिबेला कोही माथि चढ्न सक्दैन किनकि हो नै गिर्ने कलाको समय। यस समय तिमी सबै भन्दा उच्च ईश्वरीय सन्तान हौ फेरि देवता क्षत्रिय... बन्नु नै छ। जति नै कसैले दान-पुण्य गरोस्, भक्ति मार्गमा खर्च गर्दै-गर्दै कला कम हुनु नै छ। बाबा पनि बच्चाहरूसँग सोध्नुहुन्छ– मैले तिमीलाई यति धनवान बनाएको थिएँ, तिमीले सारा धन कहाँ गुमायौ? बच्चाहरूले भन्छन्– बाबा, हजुरकै मन्दिर बनायौं। अब फेरि शिव भोलानाथ बाबा हाम्रो २१ जन्मको लागि झोली भरिरहनु भएको छ। 

    बाबा भन्नुहुन्छ– आई एम योर ओबीडियन्ट सर्वेन्ट... मोस्ट ओबीडियन्ट फादर। मोस्ट ओबीडियन्ट टीचर हुँ। पारलौकिक फादर, पारलौकिक टीचर र परलोकमा रहनेवाला मोस्ट ओबीडियन्ट सतगुरु पनि हुँ। तिमीलाई साथमा लैजान्छु, अरू कुनै गुरुले तिमीलाई साथमा लिएर जाँदैनन्। यसमा डराउने कुनै कुरा छैन। अब तिमी बच्चाहरूलाई ज्ञानको तेस्रो नेत्र मिलेको छ, यी नेत्रद्वारा यस बाबालाई देख्छौ। शिवबाबालाई त बुद्धिको नेत्रद्वारा जानिन्छ। वर्सा शिवबाबासँग मिल्छ। यस ब्रह्मालाई पनि वर्सा शिवबाबासँग मिलिरहेको छ। सर्वोच्च हुनुहुन्छ नै शिवबाबा फेरि ब्रह्मा विष्णु शंकर, फेरि ब्रह्मा सरस्वती फेरि लक्ष्मी-नारायण। उनीहरूले कति धेरै चित्र बनाएका छन्। ६-८ हातवाला कोही हुँदैन। यो सबै हो भक्ति मार्गको खेल। वेस्ट अफ टाइम, वेस्ट अफ एनर्जी... वास्तवमा सर्व शास्त्रमयी शिरोमणी हो गीता। त्यसमा पनि बाबाको बदला बच्चाको नाम लेखेर एकज भूल गरिदिएका छन्। यो पनि ड्रामा हो। सर्व का सद्‌गति दाता, पतित-पावन एक बाबा नै हुनुहुन्छ। फेरि दोस्रो पिता छन् प्रजापिता ब्रह्मा, तेस्रो छन् लौकिक पिता। जन्म बाई जन्म दुई पिता मिल्छ। यस एकै समयमा तीन पिता मिल्छ। यसमा अलमिलने कुनै कुरा नै छैन। भन्दछन्– ज्ञान, भक्ति र वैराग्य। अब वैराग्य पनि दुई प्रकारका छन्। एउटा हुन्छ हदको, अर्को हुन्छ बेहदको। सन्यासी त घरबार छोडेर जंगलमा जान्छन्। यहाँ त तिमीले पुरानो दुनियाँलाई नै बुद्धिद्वारा छोड्छौ। त्यो हो हठयोग, यो हो राजयोग। हठयोगीले कहिल्यै राजयोग सिकाउन सक्दैन। धेरै राम्रो-राम्रो कुरा बुझ्नको लागि छ। तिमी बच्चाहरू नै यस समय काँडाबाट फूल बन्छौ। पहिलो नम्बरमा त देह-अभिमानको ठूलो काँडा छ। यसलाई बाबाले नै छुटाउन सक्नुहुन्छ, अरू कसैको ताकत नै छैन। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) यस पुरानो दुनियाँलाई बुद्धिद्वारा बिर्सेर बेहदको वैरागी बन। देह-अभिमानको भूतलाई निकालिदेऊ।

    २) बाबा समान आज्ञाकारी बनेर सेवा गर। आफू समान बनाउने सेवा गर। कुनै पनि कुरामा अलमलिनु हुँदैन।

    वरदान:

    सदा उमंग-उत्साहको पंखद्वारा उड्ती कलाको स्थितिको अनुभव गर्ने कर्मयोगी भव:-  

    उमंग-उत्साह तिमी ब्राह्मणहरूको उड्ती कलाको पंख हो। यदि कार्य अर्थ तल आउँछौ भने पनि उड्ती कलाको स्थितिद्वारा, कर्मयोगी बनेर कर्ममा आउँछौ। यो उमंग-उत्साह ब्राह्मणहरूको लागि धेरै ठूलो शक्ति हो। नीरस जीवन होइन। उमंग-उत्साहको रस छ भने कहिल्यै निराश हुन सक्दैनौ, सदा दिलखुश। उत्साहले तुफानलाई पनि तोहफा (उपहार) बनाइदिन्छ। परीक्षा वा समस्यालाई मनोरञ्जन अनुभव गराउँछ।

    स्लोगन:

    जो अशरीरी स्थितिको अभ्यासी छ, उसलाई शरीरको आकर्षणले आकर्षित गर्न सक्दैन।   



    ***OM SHANTI***