BK Murli 8 February 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 8 February 2017 Nepali

    २०७३ माघ २६ बुधबार ०८-०२-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– बाबा आउनु भएको छ तिमी बच्चाहरूलाई आफू समान अशरीरी बनाउन। जब तिमी अशरीरी बन्छौ, तब बाबासँग जान सक्छौ।”  

    प्रश्न:

    बाबाको कुन आदेशमा चल्नेवाला निरन्तर योगी बन्न सक्छ?

    उत्तर:

    बाबाको पहिलो आज्ञा हो– प्यारा बच्चाहरू! यस देहलाई तिमीले भुल्नुपर्छ। यसलाई बिर्सेर आफूलाई आत्मा निश्चय गर्यौ् भने बाबाको याद निरन्तर रहन्छ। सदैव एकै पाठ पक्का गर– म आत्मा निराकारी दुनियाँको निवासी हुँ। यसबाट तिम्रो देह-अहंकार खतम हुन्छ। बुद्धिमा कुनै पनि देहधारीको याद नआओस्, तब निरन्तर योगी बन्न सक्छौ।

    गीत:–

    तुम्हें पाके हमने जहान पा लिया है...

    ओम् शान्ति।

    यो कसले भन्यो? आत्माले भन्यो– ॐ अर्थात् म शान्त स्वरूप हुँ। यो सबै बुझ्नु पर्ने कुरा हो। पहिला-पहिला त आफूलाई आत्मा निश्चय गर। म आत्मा फस्ट। पछि यो शरीर मिल्छ। म आत्मा कसको सन्तान हुँ? उहाँ शान्तिका सागर, ज्ञानका सागर परमपिता परमात्माको। उहाँ सदैव शान्त हुनुहुन्छ। हामी आत्माले एक शरीर छोडेर अर्को लिन्छौं। पार्ट खेल्छौं। शिवबाबा त विचित्र हुनुहुन्छ। उहाँ आत्माको आफ्नो चित्र छैन। तिमीलाई त आफ्नो चित्र (शरीर) छ, बोलिरहन्छौ। बाबा भन्नुहुन्छ– म सदैव विचित्र हुँ, ब्रह्मा विष्णु शंकर सूक्ष्म चित्रवान छन्। म विचित्र हुँ। तिमी आत्माहरू पनि मेरो साथमा निर्वाणधाममा रहन्छौ। बाबा जो विचित्र हुनुहुन्छ, उहाँ बसेर सुनाउनुहुन्छ। तिमी आत्माहरूले सुन्दछौ। बाबा भन्नुहुन्छ– मलाई याद गर, यो दु:खधाम हो। भन्दछन् पनि– हामी पतित हौं। तर हामीलाई यस्तो पतित कसले बनायो? बाबाले त बनाउनु भएन? बाबाको त महिमा गरिन्छ– तिमी माता-पिता... हजुरसँग जुन अपार सुख मिलेको थियो, त्यसलाई सबैले याद गर्छन्। ब्रदरहुड हुन्छ। फेरि जब जिस्मानी बन्छन्, प्रजापिता ब्रह्माद्वारा रचना हुन्छ। आत्मा त हो नै अविनाशी। तर फादरहुड त भनिँदैन। संन्यासीहरूले भन्छन्– शिवोऽहम् तत्त्वम् वा ईश्वर सर्वव्यापी हुनुहुन्छ फेरि त सबै फादर हुन्छन्। यो त बेकायदा हुन्छ। बच्चाहरूले पुकार्छन् नै मुक्ति अथवा जीवनमुक्तिको वर्सा लिन। जब यहाँ आउँछौ, आफूलाई आत्मा सम्झेर बाबालाई याद गर– हामी आत्मा हौं। यस्तो होइन हामी परमात्मा हौं, होइन। हामी आत्मा हौं, परमपिता परमात्माका हामी सबै बच्चाहरू ब्राह्मण-ब्राह्मणी हौं। तिमीहरू सबै ब्रह्माका बच्चाहरू र शिवबाबाका नाति हौ। सबैले याद गर्छन् परमपिता परमात्मालाई। ओ गड फादर भन्छन्, फेरि उहाँलाई सर्वव्यापी भन्छन् भने वर्सा कहाँबाट मिल्छ? भक्तिमार्गमा सबैले भगवान्‌लाई याद गर्छन्। भगवान् हुनुहुन्छ एक। तिमी सबै भगत हौ। ब्राइड्स अनेक, ब्राइडग्रुम अथवा साजन एक हुनुहुन्छ। उहाँ बाबा हुनुहुन्छ, बाँकी सबै बच्चाहरू हुन्, त्यसैले कसैलाई पनि याद नगर। बाबाको आज्ञा छ– प्यारा बच्चाहरू! तिमीले यस देहलाई पनि याद गर्नु छैन। आफूलाई आत्मा सम्झ। आत्माले नै भन्छ– म दु:खी, भ्रष्टाचारी हुँ। यहाँ दैवी राज्य त छैन। ५ हजार वर्ष पहिले यहाँ लक्ष्मी-नारायणको राज्य थियो, यथा राजा-रानी तथा प्रजा सदा सुखी थिए। अकालमा मृत्यु हुँदैनथ्यो। धेरै कम थिए। यो कुरा सबै भुलेका छन्– हाम्रो देश पहिला सुरुमा स्वर्ग थियो। 

    भन्दछन् पनि– हेविनली गड फादर। स्वर्ग कुनै मूलवतनलाई भनिदैन। यो याद राख– हामी आत्मा निराकारी दुनियाँका निवासी हौं। अरू कुनै देहधारीको याद नआओस्। देह-अहंकार छोडेर आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। यो जुन कुम्भको मेला भनिन्छ, यो कुनै कल्याणकारी संगमयुगको मेला होइन। संगम भनिन्छ कलियुगको अन्त्य र सत्ययुगको आदि। कलियुग हो नै पतित दुनियाँ। एउटा पनि पावन छैन। हुन त महात्मा पनि छन्, तर पावन त कोही छैन। सबैले भन्छन्– यो पतित दुनियाँ हो। कुम्भमा जान्छन् पावन बन्नको लागि। गंगामा स्नान गर्छन् भने अवश्य पतित छन्। साधु सन्त सबै जान्छन् पावन बन्नको लागि। बाबा भन्नुहुन्छ– म तब आउँछु, जब धेरै भ्रष्टाचार हुन्छ। मनुष्य धेरै दु:खी हुन्छन्। म आएर यी सबैको उद्धार गर्छु। अहिल्या, गणिका, साधु, गुरु आदिको उद्धार गर्न आउँछु किनकि ती त पावन आत्मा होइनन्। पतित दुनियाँमा कुनै पनि पावन हुँदैन। पावन दुनियाँमा फेरि कुनै पतित हुँदैन। नियम छैन। साधुहरूले आफूलाई महान् आत्मा कहाँ सम्झन्छन् र, उनीहरूले त आफूलाई परमात्मा सम्झन्छन्। शिवोऽहम् भन्छन्। प्राचीन महात्मा आदिले त भन्ने गर्थे– परमात्मा बेअन्त हुनुहुन्छ। उहाँ रचयिता र उहाँका रचना बेअन्त छन्। उनले फेरि निर्वाणधाम कसरी लिएर जान्छन्? उनीहरूलाई थाहै छैन– सबै जीवनमुक्त थिए। त्यतिबेला अरू कुनै धर्म थिएन। केवल सूर्यवंशी र चन्द्रवंशी थिए। फेरि सूर्यवंशी बदलिएर चन्द्रवंशी बने। पुनर्जन्ममा त आउँछन् नि। ८४ पुनर्जन्म लिन्छन्, ८४ लाख होइन। यो त धेरै गफ लगाएका छन्। ब्रह्माको दिन र ब्रह्माको रात, त्यसैले ८४ जन्म हुनुपर्छ नि। बाबा बसेर सम्झाउनु हुन्छ– अब कसैलाई पनि याद नगर। हामी आत्मा परमप्रिय परमपिता परमात्माका सन्तान हौं। यस्तो होइन– सबै परमात्माका रूप हुन्। यो त असम्भव छ। यही एकज भूल हो। बाबा एकै हुनुहुन्छ, बाँकी सबै हुन् बच्चाहरू। आत्माहरू सबै भाइ-भाइ हुन्। फेरि जब शरीरमा आउँछन् अनि प्रजापिता ब्रह्मालाई ग्रेट-ग्रेट ग्रेन्ड फादर भनिन्छ। पहिला सुरुमा हुन्छन् ब्राह्मण। यहाँ विराट् रूप पनि देखाउँछन्। ब्राह्मण हुन् चोटी, भगवान्‌का सर्वोच्च सन्तान। अहिले तिमी ईश्वरीय सन्तान बनेका छौ। शिवबाबाका नाति-नातिना, प्रजापिता ब्रह्माका बच्चा। शिवबाबाका बच्चा त सबै आत्माहरू हुन्। तिमीले वर्सा शिवबाबासँग लिइरहेका छौ। शिवबाबा हुनुहुन्छ झोली भर्नेवाला र खाली गर्नेवाला हो माया। गायन पनि गर्छन्– पतित-पावन सीताराम। 

    तर मनुष्यहरूको बुद्धिमा त्रेतावाला राम सीता छ। तिमी बच्चाहरूलाई थाहा छ– सत्ययुग त्रेता हो सुखधाम। वहाँ दु:खको नाम निशान पनि रहँदैन। पतित-पावन सबैका बाबा एकै हुनुहुन्छ। यहाँ त हनुमान्कोा मन्दिरमा गएर पनि भन्छन् त्वमेव माताश्च पिता... ऊ कसरी हुन सक्छ? सबैका सद्‌गति दाता पतित-पावन एकै हुनुहुन्छ। उहाँ नै ज्ञानको सागर हुनुहुन्छ। ती जो सागरबाट नदीहरू निक्लिन्छन्, त्यो त हो पानी। पानी त पतित-पावन हुन सक्दैन। कुनै पनि खण्डमा यस्तो भनिदैन– पानीमा स्नान गरेर पावन बनेर मुक्ति पाइन्छ। यो त हुन सक्दैन। एक मुक्ति, अर्को छ जीवनमुक्ति। सद्‌गति अथवा जीवनमुक्ति दाता एकै हुनुहुन्छ। यो हो पतित दुनियाँ। यहाँ ५ हजार वर्ष पहिले लक्ष्मी-नारायणको राज्य थियो, अरू कुनै खण्ड थिएन। ५ हजार वर्षको कुरा तिमीले बिर्सियौ। पछाडि फेरि अरू-अरू खण्ड आउँछन्। अब यति वृद्धि भएको छ। हेर, बच्चाहरूले यो सदैव याद राख– जब सुन्छौ, यो नसम्झ– यो दादा वा ब्रह्मा बोल्छन्। शिवबाबा जो सबैका रचयिता हुनुहुन्छ, उहाँ बसेर रचनाको रहस्य सम्झाउनुहुन्छ। ऋषि-मुनि सबैले त भन्दै आए– परमात्मा बेअन्त हुनुहुन्छ। हामी जान्दैनौं। आस्तिक त तिमी ब्राह्मण हौ, जसले निश्चय गर्छौ– बाबाले हामीलाई आफ्नो र रचनाको ज्ञान दिनुहुन्छ। त्रिकालदर्शी बनाउनुहुन्छ। ऋषि-मुनि आदि कोही पनि त्रिकालदर्शी होइनन्। बाबा भन्नुहुन्छ– देवी-देवता पनि त्रिकालदर्शी होइनन्। केवल ब्राह्मण नै त्रिकालदर्शी हुन्। यो ब्राह्मणहरूको चोटी हो। ब्राह्मणहरूद्वारा नयाँ रचना हुन्छ। तिमी हौ सबैभन्दा उत्तम। तिमीले बाबाको श्रीमतमा विश्वलाई श्रेष्ठ भन्दा श्रेष्ठ बनाउँछौ। श्रीमत भगवान्‌को हो, कृष्णको होइन। कृष्ण पतित-पावन होइनन्। पतित-पावन एकै हुनुहुन्छ। उहाँ सबैका बाबा हुनुहुन्छ। सदैव याद गर– हामी आत्माले यी अंगहरूद्वारा सुन्छौं। आत्म-अभिमानी भव। मैले आत्माहरूलाई ज्ञान दिन्छु, त्यसैले गायन गरिएको छ– ज्ञान अंजन सतगुरु दिया... पतित-पावन सद्‌गति दाता उहाँ नै हुनुहुन्छ। बच्चाहरूलाई बाबा पैदा गर्नुहुन्छ, फेरि टीचर बनेर पढाउनुहुन्छ, फेरि गुरु बनेर सद्‌गति दिनुहुन्छ। सद्‌गतिमा लैजानेवाला सद्‌गति दाता एकै बाबा हुनुहुन्छ। तिमी बच्चाहरू नयाँ दुनियाँमा जानको लागि अथवा मनुष्यबाट देवता बन्नको लागि यो पढाइ पढिरहेका छौ। अब यो पतित मनुष्य सृष्टि खतम भएर दैवी दुनियाँ हुनेछ। 

    अहिले देवताहरूलाई पूजा त गर्छन्, तर यो जानेका छैनन्– अवश्य हामी देवी-देवता धर्मका हौं। जसलाई पूज्दछन्, उनीहरूको त्यही धर्म भनिन्छ नि। हिन्दुहरूको त आदि सनातन देवी-देवता धर्म थियो, स्वर्ग थियो। भन्दछन्– मनुष्यले ८४ लाख जन्म लिन्छन्। के सबैले लिन्छन्? यति लाख जन्म हुने भए त त्यसको लागि धेरै ठूलो कल्प चाहिन्छ। यो पनि ड्रामा अनुसार खेल बनेको छ। जो पास्ट भयो सो ड्रामा। मूलवतन, सूक्ष्मवतनलाई पनि तिमी बच्चाहरूले नै जानेका छौ। तिमी हौ स्वदर्शन चक्रधारी। उनले विष्णुलाई स्वदर्शन चक्रधारी भन्छन्। बाबा सम्झाउनुहुन्छ– विष्णुको दुई रूप लक्ष्मी-नारायण स्वदर्शन चक्रधारी होइनन्। स्वदर्शन चक्रधारी तिमी ब्राह्मण हौ। कति फरक हुन जान्छ। उनले फेरि भन्छन् कृष्णको स्वदर्शन चक्र थियो। लडाईंको मैदानमा चक्र चलाए। फेरि कौरव मारिए। तर देवताले कहिल्यै हिंसा कहाँ गर्छन् र। उनीहरू त डबल अहिंसक हुन्। न उनीहरू विकार हुन्छ, न लडाईं। सबैभन्दा ठूलो हिंसा हो एक अर्कालाई विष पिलाउनु, काम कटारी चलाउनु। बाबा भन्नुहुन्छ– यसबाट आदि मध्य अन्त्य दु:ख भोग्दै आयौ। सत्ययुगमा काम कटारी चल्दैनथ्यो। निर्विकारी राज्य थियो। सर्वगुण सम्पन्न, मर्यादा पुरुषोत्तम थिए। हिंसा छँदै थिएन। यस समय रावणको राज्य छ। ५ विकार सर्वव्यापी छन्। उनले फेरि भनिदिन्छन् परमात्मा सर्वव्यापी हुनुहुन्छ। यस विज्ञानद्वारा जति पनि विमान आदि निक्लेका छन्, अहिले १०० वर्ष भित्र– यो केको लागि? यो ट्रायल भइरहेको छ। यी सबै चीजहरू फेरि भविष्यमा काममा आउँछन्। यिनीहरूद्वारा अब सबैथोक विनाश हुनेछ। फेरि यो सुखको काममा आउनेछ। यहाँ त सुख पनि छ भने दु:ख पनि छ। यसलाई मायाको पम्प भनिन्छ। विनाश हुनु, यो त राम्रो हो नि। भन्दछन् पनि पतित-पावन आउनुहोस्– आएर के गरूँ? बाबा फेरि स्वर्गको स्थापना गर्नुभयो भने हामीले सुख पाउँछौ। बाबा सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! यो खेल बनेको छ। बाबाले सुखधाम रच्नुहुन्छ, रावणले फेरि दु:खधाम बनाउँछ। शान्तिधामबाट आत्माहरू पहिला सुरुमा आउँछन् सुखधाममा। पवित्र आत्माहरू नै आउँछन्। यस समय सबै पतित छन्, त्यसैले त याद गर्छन्– आउनुहोस्। 

    बाबा पनि ड्रामाको बन्धनमा हुनुहुन्छ। बाबा भन्नुहुन्छ– जब सबै दु:खी हुन्छन्, तब नै मलाई आउनु पर्छ। कलियुग अन्त्य र सत्ययुग आदिको यो संगम हो। उनीहरूले संगममा कुम्भको मेला गर्छन्। त्यो हो पानीको सागर र नदीहरूको मेला। तिमीले भन्छौ– यो हो परमापिता परमात्मा र हामी आत्माहरूको मेला। बाबाको आफ्नो शरीर त छैन। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! मलाई ज्ञान दिनको लागि तन अवश्य चाहिन्छ। नत्र म कसरी कुरा गरूँ, यसैले म यिनलाई एडप्ट गर्छु। तिमी अब ईश्वरको सम्मुख आएको छौ। बाबाद्वारा जानेका छौ– हामी ईश्वरका सन्तान हौं। अब परमपिता परमात्मा सोध्नुहुन्छ– म आऊँ कसरी? कसमा प्रवेश गरूँ? अवश्य मलाई पतित दुनियाँ, पतित शरीरमा आउनुपर्छ। यहाँ सबै काला छन्। बाबा भन्नुहुन्छ– तिमीहरू सबै गोरो थियौ। अहिले काला छौ। तिमीहरू हरेकको नाम हो– श्याम सुन्दर। अहिले श्याम बनेका छौ। कृष्णलाई भनिन्छ श्याम सुन्दर। वास्तवमा विश्व पहिले सुन्दर थियो। गोल्डेन एजेड थियो। फस्टक्लास प्रकृति थियो। वहाँ लुला-लंगडा हुँदैनन्। कृष्ण हुन् नम्बरवन श्याम सुन्दर। शिवबाबा यिनको (ब्रह्माको) नै तनको आधार लिएर यिनलाई र साथ-साथै तिमी बच्चाहरूलाई श्यामबाट फेरि सुन्दर बनाउनुहुन्छ। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) हामी ब्राह्मण चोटी सबैभन्दा उत्तम हौं, यस नशामा रहेर श्रीमतमा विश्वलाई सर्वश्रेष्ठ बनाउने सेवा गर। आस्तिक बनेर अरूलाई बनाऊ।

    २) देह-अहंकारलाई छोडेर आत्म-अभिमानी बन। विचित्र (अशरीरी) बन्ने पूरा-पूरा पुरुषार्थ गर।

    वरदान:

    हर कर्म योगयुक्त, युक्तियुक्त गर्नेवाला कर्मयोगी सो निरन्तर योगी भव:-  

    कर्मयोगी आत्माको हरेक कर्म योगयुक्त, युक्तियुक्त हुन्छ। यदि साधारण या व्यर्थ कर्म हुन्छ भने पनि निरन्तर योगी भनिँदैन। निरन्तर योग अर्थात् यादको आधार हो प्यार। जो प्रिय लाग्छ, त्यो स्वत: याद रहन्छ। प्यारो चीजले आफूतिर आकर्षित गर्छ। त्यसैले हर सेकण्ड, हर संकल्प, हर बोली सदा श्रेष्ठ होस् र एक बाबासँग दिलको प्यार होस्, तब भनिन्छ कर्मयोगी सो निरन्तर योगी।

    स्लोगन:

    मेहनतबाट छुट्नको लागि मोहब्बतको झुलामा झुलिराख।   



    ***OM SHANTI***