BK Murli 10 March 2017 Nepali

BK Murli 10 March 2017 Nepali

२०७३ फाल्गुन २७ शुक्रबार १०-०३-२०१७ प्रातः मुरली ओम् शान्ति “बापदादा” मधुबन

“मीठे बच्चे– कुनै पनि कर्म, विकर्म नबनोस् यसको पूरा सम्हाल गर्नुपर्छ। कदम-कदम बाबाको श्रीमत लिएर कर्म गर।”  

प्रश्न:

विकर्मबाट को बच्न सक्छ? बाबाको सहायता कसलाई मिल्छ?

उत्तर:

जो बाबासँग सदा सच्चा रहन्छन्, प्रतिज्ञा गरेर विकारहरूलाई दान दिएर फिर्ता लिने संकल्प गर्दैनन्, उनीहरू विकर्मबाट बच्दछन्। बाबाको सहायता उनीहरूलाई मिल्छ जसले कर्म, विकर्म बन्नु भन्दा अगाडि सल्लाह लिन्छन्। साकारलाई आफ्नो सच्चा-सच्चा समाचार बताउँछन्। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! सर्जनको अगाडि कहिल्यै आफ्नो बिमारी नलुकाऊ। पापहरूलाई लुकायौ भने वृद्धि हुँदै जान्छ, पद पनि भ्रष्ट हुन्छ, सजाय पनि खानुपर्छ।

गीतः–

बचपन के दिन भुला न देना.......

ओम् शान्ति।

बच्चाहरूले गीत सुन्यौ। बाबाले बच्चाहरूलाई सावधानी दिनुहुन्छ– हे प्यारा बच्चाहरू! तिमी आएर ईश्वरका बनेका छौ र जान्दछौ– हामी ईश्वरका सन्तान हौं। सारा दुनियाँले मान्दछ– उहाँ परमेश्वर, पिता हुनुहुन्छ। पिता अर्थात् हामी उहाँका सन्तान ठहरियौं। परमपिता त बच्चाहरूले नै भन्छन्। तिमी लौकिक पिताका बच्चा त हौ। अहिले पारलौकिक पिताका बनेका छौ। किन? बेहदका पितासँग बेहद सुखको वर्सा लिनको लागि। बाबा हुनुहुन्छ नै स्वर्गका रचयिता। स्वर्गमा अवश्य देवताहरूको बादशाही हुन्छ। यो जानेर तिमी बच्चा बनेका हौ। राजाका यदि बच्चा भएनन् भने गोदमा लिन्छन्। गोदमा लिन्छन् धनवानको। कहिल्यै गरिबको गोद लिँदैनन्। केही लाभ हुन्छ तब नै गोद लिन्छन्। तिमीले पनि अहिले जान्दछौ– हामी ईश्वरका बनेका छौं। उहाँद्वारा स्वर्गको बादशाही मिल्छ। त्यसैले यस्ता बाबालाई कहिल्यै भूल्नु हुँदैन, उहाँको मतमा चल्नुपर्छ। रावणको मतमा त विकर्म गरिरहन्छन्। यी ५ विकारहरूको अधिन हुनु छैन। हेर, कहीँ यदि धोका हुन्छ भने तुरुन्त बाबासँग मत लिनुपर्छ। कर्म, विकर्म बन्नु भन्दा पहिले सोध्नुपर्छ– बाबा मैले यो गर्न सक्छु? अनि सम्झाइन्छ– कहिल्यै पनि देह-अभिमानमा नआऊ। आफूलाई आत्मा सम्झिएर परमपिता परमात्माको मतमा चलिराख, कदम-कदममा। कुनै कुरा नबुझे सोध्नुपर्छ– बाबा म फलानो माथि आसक्त भएको छु। मलाई कामको भूतले घेरेको छ। तुफान त धेरै आउँछन्, तर आफूलाई सम्हाल्नु पर्छ। नालीमा गिर्नु अर्थात् बेहदका बाबालाई भुलेर कालो मुख बनाउनु हो। बाबाले तिमीलाई गोरो बनाउन आउनु भएको छ, त्यसैले ५ विकारको फन्दामा कहिल्यै नफँस। फँस्छौ तब, जब देह-अभिमानमा आउँछौ। देही-अभिमानी भयौ भने बाबाको डर रहन्छ। विकारमा जानाले त ठूलो विकर्म बन्छ किनकि तिमीले विकारहरूको दान दिएका छौ। यदि दान दिएर फिर्ता लियौ भने हाल त्यस्तो हुन्छ, जस्तै हरिश्चन्द्रको उदाहरण छ। यहाँ पैसाको त कुनै कुरा छैन। यहाँ त छ ५ विकारहरूको दान। तिमीसँग जुन काँडा छन्, त्यसलाई दानमा देऊ, फेरि कहिल्यै काममा नल्याऊ। यदि फिर्ता लिनु छ भने बताउनु पर्छ। नबताउनाले पाप वृद्धि हुँदै जान्छ। फेरि-फेरि विकारमा गइरहन्छौ। बताउनाले सहायता मिल्छ। हामी शिवबाबाका बच्चा हौं। बाबासँग प्रतिज्ञा गरेका छौं– कहिल्यै हार खाँदैनौं। यो हो ५ विकार रूपी दुस्मनलाई जित्ने बक्सिङ्ग। यसमा कहिल्यै हार्दैनौं। यदि गिर्यौ। भने शिवबाबाले तुरुन्त थाहा पाउनुहुन्छ। फेरि आदेश मिलेको छ साकारलाई लेख्ने, लेख्दैनौ भने विकर्म बढ्दै जान्छ र सयगुणा सजाय खानुपर्छ। बाबालाई बताउनाले आधा माफ हुन्छ। यस्ता धेरै बच्चाहरू छन्, जसले लाज मानेर समाचार दिँदैनन्। जस्तै कुनै गन्दा बिमारी छ भने सर्जनलाई बताउन लाज मान्छन्। सर्जनले के भन्लान्? फेरि परिणाम के निस्कन्छ? बिमारी बढ्दै जान्छ। बाबा सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! कुनै पनि पाप भएमा नलुकाऊ। नत्र बिलकुल पद भ्रष्ट हुन्छौ र कल्प-कल्पान्तर यस्तै नै भ्रष्ट पद मिल्छ। फेरि ज्ञान त लिन सक्दैनौ। सोध्छन्– बाबा उसको के गति हुन्छ? उसले धेरै सजाय खान्छ। अन्तिम विनाशको समयमा सजायहरूको हिसाब-किताब चुक्ता हुन्छ नि, जस्तै काशी कलवट खान्छन्। यथार्थमा शिवमाथि बलि तिमी अहिले चढ्छौ। शिवको बन्छौ, वर्सा लिनको लागि। बाँकी त्यो जुन काशी कलवट खान्छन्, त्यो त घात गर्नु हो। तर नवधा भक्तिले बलि चढ्छन् भने जुन पाप गरेका हुन्छन्, त्यसको सजाय त्यसबेला भोगेर पाप खतम हुन्छ। फेरि पाप गर्नबाट त छुट्दैनन्। योग अग्निद्वारा नै पाप भस्म हुन्छ। मायाको राज्यमा कर्म विकर्म नै बन्छ। सत्ययुगमा विकर्म बन्दैन, किनकि मायाको राज्य नै हुँदैन। अहिले सारा दुनियाँ भ्रष्टचारी छ। पहिलो नम्बरको भ्रष्टाचार हो विकारमा जानु। जो पैदा नै विकारबाट हुन्छन्, उनीहरूले पाप नै गर्छन्। छ नै रावण राज्य। रावणलाई जलाउँछन्, तर रावण के चीज हो, बिल्कुल जान्दैनन्। रावण भनिन्छ नै ५ विकारहरूलाई। स्वर्गमा यी विकार हुँदैनन्, त्यसैले त्यसलाई निर्विकारी दुनियाँ भनिन्छ। त्यहाँ अर्को कुनै राज्य अथवा खण्ड नै हुँदैन। इस्लामी, बौद्धी आदि सबै पछि आएका हुन्। उनीहरू पनि पहिला सतोप्रधान हुन्छन् फेरि रजो, तमोमा आउँछन्। सत्ययुग त्रेतामा सम्पूर्ण निर्विकारी थिए। अहिले बिस्तारै-बिस्तारै सम्पूर्ण विकारी बन्दै आएका छन्। पूरा विकारी बन्न पनि समय लाग्छ। सत्ययुगमा १६ कला, फेरि १४ कला, फेरि कला उत्रिँदै जान्छन्, किनकि हो नै उत्रिने कला। अहिले तिम्रो छ चढ्ती कला। चढ्ती कला रामले बनाउनुहुन्छ, उत्रिने कला रावणले बनाउँछ। जसरी चन्द्रमाको बिस्तारै-बिस्तारै कला कम हुँदै जान्छ। दुनियाँ पनि यस्तै हो। अहिले त कला नै छैन। यस्तो समयमा बाबा आएर फेरि १६ कला बनाउनुहुन्छ। यो सारा खेल यहाँको लागि नै बनेको छ। वर्ण पनि यहाँ नै हुन्छ। नत्र ८४ जन्मको हिसाब कहाँ मिल्छ। बाबा सम्झाउनुहुन्छ– यो हो नै तमोप्रधान दुनियाँ। कलियुगको अन्त्य हुन्छ र फेरि सत्ययुगको आदि हुन्छ। जो देवी-देवता धर्मका धर्म भ्रष्ट, कर्म भ्रष्ट भएका छन्, उनीहरू फेरि आउँछन्। तिमी आएका छौ नि। हेर, वृक्षको अन्त्यमा ब्रह्मा खडा छन्। उनी छन् तमोप्रधान, तल तपस्या गरिरहेका छन्– सतोप्रधान बन्नको लागि। जसरी ब्रह्माले तपस्या गरिरहेका छन्, त्यसरी नै ब्रह्मा कुमार, कुमारीहरूले गरिरहेका छन्। अहिले जो ब्रह्मा सतोप्रधान बनिरहेका छन्, उनमा परमात्मा आएर आफ्नो परिचय दिनुहुन्छ। यिनलाई बताउनुहुन्छ र बच्चाहरूलाई पनि बताउनुहुन्छ। बाबा र तिमी बच्चाहरू अहिले कल्प वृक्षको तल तपस्या गरिरहेका छौ– देवता बन्नको लागि। यो मन्दिर हुबहु तिम्रो जड यादगार हो। यस्ता कोही बुद्धिवान बच्चा छन् भने यो मन्दिरको पूरा इतिहास-भूगोल बताऊन्– यो सबै भन्दा उच्च मन्दिर हो। यसमा मम्मा पनि छन्, बाबा पनि छन्, बच्चाहरूले पनि तपस्या गरिरहेका छन्। जसले विश्वलाई स्वर्ग बनाएका थिए, उनीहरूको इतिहास-भूगोल बेलायतकाले सुने भने भन्छन्– यो त हाम्रो बाबाको मन्दिर हो, जसले विश्वलाई स्वर्ग बनाउनुहुन्छ। जो यतिबेला यथार्थमा बस्नु भएको छ। यो त कसैले जान्दैनन्। यी सबै चित्र अन्धश्रद्धाले बनेका हुन्, यसलाई भूत पुजा भनिन्छ। गुडियाहरूको पुजा। गुरू नानकको आत्मा जसले सिक्ख धर्मको स्थापना गरे, उनी नयाँ आत्मा थिए, निर्विकारी थिए। उनी कसरी आए? अवश्य कुनै शरीरमा प्रवेश गरे। पवित्र आत्माले कहिल्यै दु:ख भोग्दैनन्। पहिला त उनलाई सुख भोग्नु छ, त्यसपछि मात्र दु:ख। यस्तो कुनै विकर्म नै गरेका छैनन् भने दु:ख किन भोग्ने! हामी पनि पहिला सम्पूर्ण रहन्छौं फेरि बिस्तारै-बिस्तारै कला कम हुन्छन्। हरेक मनुष्यको यस्तै हुन्छ। बोलाउँछन्– पतित-पावन आउनुहोस्, अवश्य आएर पावन दुनियाँको स्थापना गर्नुहुन्छ र पतित दुनियाँको विनाश गर्नुहुन्छ। ब्रह्माद्वारा स्थापना र शंकरद्वारा विनाश, कति राम्रोसँग सम्झाउनुहुन्छ। यो उनैको बुद्धिमा बस्छ, जो देवी-देवता धर्मका हुन्छन्। त्यसैले बाबा भन्नुहुन्छ– भक्तहरूलाई यो ज्ञान देऊ। कसैलाई यो थाहा नै छैन– हामी पहिला देवी-देवता धर्मका थियौं र फेरि असुर बनेका हौं। लक्ष्मी-नारायणले पूरा ८४ जन्म लिएका छन्। अहिले तिमी शुद्रबाट ब्राह्मण बनेका छौ, जो पछि आउँछन्, उनीहरू ब्राह्मण बन्दैनन्। यो कुरा उनीहरूको बुद्धिमा बस्छ, जसको बुद्धिमा कल्प पहिला बसेको थियो। नत्र बाहिर गयो अनि खलास हुन्छ। यसमा मेहनत छ, अरू ठाउँमा त केवल कथा सुन्छन्, फेरि घरमा आएर विकारमा गिर्छन्। गुरुलाई पूरा अनुसरण गर्दैनन्, त्यसैले शिष्य कसरी भन्ने? गुरुहरूले पनि उनलाई केही भन्दैनन्। यदि भने त फेरि एउटा पनि शिष्य रहँदैनन्, फेरि खाने कहाँबाट! गृहस्थीहरूको नै खाने हो नि। फेरि विकारीको पासमा जन्म लिनुपर्छ। देवताहरूले त सन्यास गर्दैनन्। यो हो प्रवृत्ति मार्गको सन्यास। त्यो हो निवृत्ति मार्गको सन्यास। बाबा आएर स्त्री पुरुष दुवैलाई सम्झाउनुहुन्छ। प्यारा बच्चाहरू! सम्पूर्ण पवित्र बन्यौ भने सम्पूर्ण राज्य पद पाउँछौ। कम पवित्र बन्यौ भने कम पद पाउँछौ। अनुसरण गर्नु छ मम्मा बाबालाई।

बाबा भन्नुहुन्छ– मम्मा बाबाले जस्तै मेहनत गर्यौँ भने गद्दी लायक हुन्छौ। मुख्य कुरा हो पवित्रताको। अब देह-अभिमान छोड। याद गर– म आत्मा हुँ, बाबा लिन आउनु भएको छ, पवित्र बन्नाले नै पवित्र दुनियाँको मालिक बन्छौं। कुम्भको मेला भनिन्छ। त्यो त्रिवेणी आदिको हो नदीहरूको मेला, त्यसलाई संगम भनिन्छ। वास्तवमा यो हो अनेक नदीहरू र सागरको मेला। तिमीहरू सबै ज्ञान नदी हौ, बाबा ज्ञानका सागर हुनुहुन्छ। बाबा भन्नुहुन्छ– मसँग योग लगायौ भने, तिमी पतितबाट पावन बन्छौ। मर्नु त छँदै छ। बाबाद्वारा वर्सा लिनु छ। त्यसैले अहिले नै भक्तिको फल भगवान्‌सँग लिन सक्छौ। नत्र बुझिन्छ तिमीले भक्ति नै गरेका छैनौ। भक्ति गर्नेले नै आएर राज्य-भाग्य लिन्छन्। बाबाले कति राम्रोसँग सम्झाउनुहुन्छ। अरू सबैको बुद्धिमा त शास्त्र नै छ। यहाँ ज्ञानका सागर बाबाले सम्झाउनुहुन्छ, त्यसैले तिमी श्रेष्ठ बनिरहेका छौ। राजधानी स्थापना गर्न कति मेहनत हुन्छ। रुद्र ज्ञान यज्ञमा धेरै विघ्न पर्छन्। अच्छा! 

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


धारणाको लागि मुख्य सारः

१) देह-अभिमानमा आएर कहिल्यै पनि विकारहरूको जालमा फँस्नु हुँदैन। कर्म, विकर्म नबनोस्। त्यसको लागि कर्म गर्नु भन्दा पहिले बाबासँग सल्लाह लिनुपर्छ।

२) मम्मा-बाबालाई अनुसरण गर्नु छ। उँच पद लिनको लागि सम्पूर्ण पावन अवश्य बन्नुपर्छ।

वरदान:

सदा खुशीको खुराक खाने र खुशी बाँड्ने, भाग्यशाली निश्चिन्त भव:-  

ब्राह्मण जीवनको खुराक खुशी हो। जो सदा खुशीको खुराक खाने र खुशी बाँड्नेवाला हुन्छ, उही भाग्यशाली हो। उसको दिलबाट यही निस्कन्छ– म जस्तो भाग्यशाली अरू कोही छैन। सागरको लहरले डुबाउन आओस् तापनि चिन्ता छैन किनकि जो योगयुक्त हुन्छ, ऊ सदा नै सुरक्षित हुन्छ। त्यसैले सारा कल्पमा यस समय नै तिमीले निश्चिन्त जीवनको अनुभव गर्छौ। सत्ययुगमा पनि निश्चिन्त हुन्छौ तर ज्ञान हुँदैन।

स्लोगन:

सहज पुरुषार्थी बन्नु छ भने सबैको आशीर्वादले स्वयंलाई भरपुर गर।  


***OM SHANTI***


Google+ Followers