BK Murli 11 March 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 11 March 2017 Nepali

    २०७३ फाल्गुन २८ शनिबार ११-०३-२०१७ प्रातः मुरली ओम् शान्ति “बापदादा” मधुबन

    “मीठे बच्चे– एकान्तमा बसेर पढाइ पढ्यौ भने धारणा धेरै राम्रो हुन्छ, बिहान सबेरै उठेर विचार सागर मन्थन गर्ने बानी बसाल।”  

    प्रश्न:

    फुल पास हुनु छ भने कुनचाहिँ विचार आउनुपर्छ, कुनचाहिँ आउनु हुँदैन?

    उत्तर:

    फुल पास हुनको लागि सदा यही विचार रहोस्– मैले रात दिन धेरै मेहनत गरेर पढ्नु छ। आफ्नो अवस्था यस्तो उच्च बनाउनु छ, ताकि बापदादाको दिलख्तमा बस्न सकूँ। निद्रालाई जित्नेवाला बन्नु छ। खुशीमा रहनु छ। बाँकी यो विचार कहिल्यै आउनु हुँदैन– ड्रामामा वा भाग्यमा जे छ, त्यो प्राप्त हुन्छ। यो विचारले सुस्त बनाइदिन्छ।

    गीत:–

    तुम्हें पाके हमने जहाँ पा लिया है.........

    ओम् शान्ति।

    बच्चाहरूले गीतको अर्थ बुझ्यौ। बेहदका बाबाबाट अहिले हामीलाई बेहदको वर्सा मिलिरहेको छ। बच्चाहरूले बाबाबाट फेरि विश्वको स्वराज्यको वर्सा पाइरहेका छन्, जुन विश्वको बादशाही तिमीबाट कसैले छिन्न सक्दैन। तिमी सारा विश्वको मालिक बन्छौ। वहाँ कुनै हद रहँदैन। एक बाबाबाट तिमी एउटै राजधानी लिन्छौ। जहाँ एकै महाराजा महारानीले राज्य चलाउँछन्। एक बाबा अनि एक राजधानी, जसमा कुनै पार्टीसन हुँदैन। तिमीलाई थाहा छ– विश्वमा एकै महाराजा महारानी लक्ष्मी नारायणको राजधानी थियो, सारा विश्वमा राज्य गर्थे। त्यसलाई अद्वैत राजधानी भनिन्छ, जसलाई एकले नै स्थापना गर्नुभएको हो, तिमी बच्चाहरूद्वारा। फेरि तिमी बच्चाहरूले नै विश्वको राजाइँ भोग्छौ। तिमीलाई थाहा छ– हर ५ हजार वर्षपछि हामीले यो राजाइँ लिन्छौं। फेरि आधाकल्प पूरा हुने बित्तिकै हामी यो राजाइँ गुमाउँछौं। फेरि बाबा आएर राजाइँ प्राप्त गराउनुहुन्छ। यो हो हार र जितको खेल। मायासँग हारे हार हुन्छ, फेरि श्रीमतद्वारा तिमीलेरावणमाथि जित पाउँछौ। तिमीहरूमा पनि कोही बिलकुल अनन्य निश्चयबुद्धि छन्, जसलाई सदैव खुशी रहन्छ– हामी विश्वको मालिक बन्छौं। क्रिश्चियन जतिसुकै शक्तिशाली भए पनि विश्वको मालिक बनून्– यो हुन सक्दैन। टुक्रा टुक्रामा राज्य छ। पहिले पहिले एकै भारतवर्ष नै सारा विश्वको मालिक थियो। देवी-देवता सिवाय अरू कुनै धर्म थिएन। यस्तो विश्वको मालिक अवश्य विश्वको रचयिताले नै बनाउनु हुन्छ। हेर, बाबा कसरी बसेर सम्झाउनुहुन्छ। तिमीले पनि सम्झाउन सक्छौ। तिमीहरू विश्वको मालिक थियौ अवश्य। विश्वको रचयिताबाट नै वर्सा मिलेको हुनुपर्छ। फेरि जब राजाइँ गुमाउँछन्, दुःखी हुन्छन् अनि बाबालाई याद गर्छन्। भक्ति मार्ग हो नै भगवान्‌लाई याद गर्ने मार्ग। कति प्रकारले भक्ति दानपुण्य जप तप आदि गर्छन्। यस पढाइद्वारा जो तिमीलाई राजाई मिल्छ, त्यो पूरा भएपछि तिमी भक्त बन्छौ। लक्ष्मी नारायणलाई भगवान् भगवती भनिन्छ किनकि भगवान्‌बाट राज्य लिएका हुन् नि! तर बाबा भन्नुहुन्छ– उनीहरूलाई पनि तिमीले भगवान् भगवती भन्न सक्दैनौ। यिनलाई यो राजधानी अवश्य स्वर्गका रचयिताले दिएको हुनुपर्छ तर कसरी दिनुभयो? यो कसैलाई थाहा छैन। तिमीहरू सबै बाबाका अथवा भगवान्‌का बच्चा हौ। अहिले बाबा सबैलाई राजाइँ दिनुहुन्न। यो पनि ड्रामा बनेको छ। तिमी नै विश्वको मालिक बन्छौ। अहिले त छ नै प्रजाको प्रजामाथि राज्य। आफूलाई आफैंले पतित भ्रष्टाचारी मान्छन्। यस पतित दुनियाँबाट पार जानको लागि खिवैयालाई याद गर्छन्– आएर यस वेश्यालयबाट शिवालयमा लिएर जानुहोस्। एउटा छ निराकार शिवालय, निर्वाणधाम। अर्को फेरि शिवबाबाले जुन राजधानी स्थापना गर्नुहुन्छ, त्यसलाई पनि शिवालय भनिन्छ। सारा सृष्टि नै शिवालय बन्छ। त्यसैले यो साकारी शिवालय सत्ययुगमा हुन्छ, त्यो हो निराकारी शिवालय, निर्वाणधाम। यो नोट गर। सम्झाउनको लागि बच्चाहरूलाई प्वाइन्ट धेरै मिल्छन् फेरि राम्रोसँग मन्थन पनि गर्नुपर्छ। जसरी कलेजका बच्चाहरू बचपनमा सबेरै सबेरै उठेर अध्ययन गर्छन्। बिहानै पढ्न किन बस्छन्? किनकि आत्मा विश्राम पाएर रिफ्रेस हुन्छ। एकान्तमा बसेर पढ्नाले धारणा राम्रो हुन्छ। बिहानै उठ्ने सोख हुनुपर्छ। कोही भन्छन्– मेरो ड्युटि यस्तो छ, बिहानै जानुपर्छ। ठीक छ साँझमा बस। भनिन्छ– साँझको समय पनि देवताहरू चक्र लगाउँछन्। क्विन भिक्टोरियाको वजीर रातमा बत्तीको तल गएर पढ्थ्यो। धेरै गरिब थियो। पढेर वजीर बन्यो। सारा आधार पढाइमा छ। तिमीलाई त पढाउने परमपिता परमात्मा हुनुहुन्छ। तिमीलाई यी ब्रह्माले पढाउँदैनन्, न श्रीकृष्णले। निराकार ज्ञानको सागरले पढाउनुहुन्छ। उहाँलाई नै रचनाको आदि मध्य अन्त्यको ज्ञान छ। सत्ययुग त्रेतालाई आदि फेरि त्रेताको अन्त्य र द्वापरको आदि, यसलाई मध्य भनिन्छ। यी सबै कुरा बाबाले सम्झाउनुहुन्छ। ब्रह्मा सो विष्णु बनेर ८४ जन्म भोग्छन्, फेरि ब्रह्मा बन्छन्। ब्रह्माले ८४ जन्म लिए वा लक्ष्मी नारायणले ८४ जन्म लिए? कुरा एउटै हुन जान्छ। यस समय तिमी ब्राह्मण वंशावली हौ फेरि तिमी विष्णु वंशावली बन्छौ। फेरि गिर्दै गिर्दै तिमी शूद्र वंशावली बन्छौ। यी सबै कुरा बाबा नै बसेर सम्झाउनु हुन्छ। तिमीलाई थाहा छ– हामी आएका छौं बेहदको बाबाबाट श्रीमतमा चलेर विश्वको महाराजा महारानी बन्नको लागि। प्रजा पनि विश्वको मालिक ठहरिए। यस पढाइमा बडो होसियारी चाहिन्छ। जति पढ्छौ पढाउँछौ, त्यति उच्च पद पाउँछौ। यो बेहदको पढाइ हो, सबैलाई पढ्नु छ। सबैले एकबाट नै पढ्छन्। फेरि नम्बरवार कसैले त राम्रो धारणा गर्छन्, कसैमा थोरै पनि धारणा हुँदैन। नम्बरवार सबै चाहिन्छ। राजाहरूको अगाडि दास दासीहरू पनि चाहिन्छ। दास दासी त महलमा रहन्छन्। प्रजा त बाहिर रहन्छन्। वहाँ महल धेरै ठूला ठूला हुन्छन्। जमीन धेरै हुन्छन्, मनुष्य थोरै हुन्छन्। अनाज पनि धेरै हुन्छ। सबै कामना पूर्ण हुन्छन्। पैसाको लागि कहिल्यै दुःखी हुँदैनन्। प्याराडाइज नाम कति उच्च छ। एकको मतमा चल्नाले तिमी विश्वको मालिक बन्छौ। त्यसलाई भनिन्छ सत्ययुगी सूर्यवंशी लक्ष्मी नारायणको राज्य, फेरि बच्चाहरू गद्दीमा बस्नेछन्। उनीहरूको माला बन्छ। ८ पास विद अनर हुन्छन्। ९ रत्नको औंठी पनि लगाउँछन्। बीचमा बाबा बाँकी हुन् ८ रत्न। ९ रत्न धेरैले लगाउँछन्। यो देवताको निसानी सम्झन्छन्। अर्थ त बुझ्दैनन्– ती ९ रत्न को थिए? माला पनि ९ रत्नको बन्छ। क्रिश्चियनहरू हातमा माला लगाउँछन्। ८ रत्न र माथि फूल हुन्छ। यो हो मुक्तिवालाको माला। बाँकी जीवनमुक्ति वाला अथवा प्रवृत्ति मार्गवाला ठहरिए। त्यसमा फेरि फूलका साथै युगल दाना पनि अवश्य हुन्छ। अर्थ पनि बुझाउनु पर्छ नि। सायद त्यो पोपका पनि नम्बरवार माला बनाउँछन्। यस मालाको बारेमा त उनीहरूलाई थाहै छैन। वास्तवमा माला त यही हो, जसलाई सबैले फेर्छन्। शिवबाबा र तिमी बच्चाहरू, जसले मेहनत गर्छौ। अब यदि तिमीले कसैलाई पनि बसेर सम्झायौ, माला कसको बनेको हो? उनले झट्ट बुझ्नेछन्। तिमीहरूको प्रोजेक्टर बेलायतसम्म पनि जानेछ फेरि सम्झाउने जोडी पनि चाहिन्छ। बुझ्नेछन्– यो त प्रवृत्ति मार्ग हो। बाबाको परिचय सबैलाई दिनु छ र सृष्टि चक्रलाई पनि जान्नु छ, जसले चक्रलाई जान्दैनन्, उनीहरूलाई के भन्ने!

    सत्ययुगमा तिमी सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण थियौ... अब फेरि बन्छौ। तिमी यो पढाइ पढेर यति उच्च बनेका हौ। राधा-कृष्ण अलग अलग राजधानीका थिए। स्वयंवरपछि नाम लक्ष्मी-नारायण भयो। लक्ष्मी नारायणको कुनै बचपनको चित्र देखाउँदैनन्। सत्ययुगमा त कसैको स्त्री अकालमा मर्दैन। सबैले पूरा समयमा शरीर छोड्छन्। रुने आवश्यकता छैन। नाम नै प्याराडाइज छ। यस समय यी अमेरिका, रसिया आदि जति पनि छन्, सबैमा मायाको शो छ। यो एरोप्लेन, मोटर आदि सबै बाबा हुँदा-हुँदै निस्किएका हुन्। १०० वर्षमा यी सबै भएका हुन्। यो हो मृगतृष्णा समान राज्य, यसलाई मायाको पम्प भनिन्छ। साइन्सको अन्तिम शो हो– अल्पकालको लागि। यो सबै खतम हुनेछ, फेरि स्वर्गमा काममा आउँछ। मायाको पम्पबाट खुशी पनि मनाउँछन् भने विनाश पनि हुन्छ। अहिले तिमी श्रीमतद्वारा राजाई लिइरहेका छौ। त्यो राजाइ हामीबाट कसैले पनि छिन्न सक्दैन। वहाँ कुनै उपद्रव हुँदैन किनकि वहाँ माया नै हुँदैन। बाबा सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू राम्ररी पढ। साथ-साथै बाबालाई यो पनि थाहा छ– कल्प पहिले जस्तै सबैले पढ्नु छ। जुन सीन कल्प पहिले चलेको हो, त्यही अहिले चलिरहेको छ। नर्कलाई स्वर्ग बनाउने कल्याणकारी पार्ट कल्प पहिले जस्तै चलिरहेको छ। बाँकी जो यस धर्मका होइनन्, उनीहरूको बुद्धिमा यो ज्ञान बस्दै बस्दैन। बाबा शिक्षक हुनुहुन्छ भने बच्चाहरू पनि शिक्षक बन्नुपर्छ। बेलायतसम्म यो पढाउनको लागि बच्चाहरू गएका छन्। दोभाषे पनि साथमा होसियार चाहिन्छ। मेहनत त गर्नु छ। 

    तिमी भगवान्‌का बच्चाहरूको चलन धेरै उच्च हुनुपर्छ। सत्ययुगमा चलन हुन्छ नै उच्च र रोयल। यहाँ त तिमीलाई बाख्राबाट बाघ, बाँदरबाट देवता बनाइन्छ। त्यसैले हर कुरामा निरहंकारीपना चाहिन्छ। आफ्नो अहंकारलाई तोड्नुपर्छ। याद राख्नु पर्छ– “जस्तो कर्म मैले गर्छु, मलाई देखेर अरूले गर्नेछन्”। आफ्नो हातले भाँडा माझ्यौ भने सबैले भन्छन्– कति निरहंकारी रहेछ। सबैथोक आफ्नै हातले गर्योन भने अझ धेरै मान हुन्छ। कुनै बेला अहंकार आउनाले दिलबाट उत्रिन्छन्। जबसम्म उच्च अवस्था बन्दैन, दिलमा चढेनौ भने तख्तमा कसरी बस्छौ! नम्बरवार पद त हुन्छ नै! जोसँग धेरै धन छ, उसले फस्ट क्लास महल बनाउँछ। गरिबले झुपडी बनाउँछन्। यसकारण राम्रोसँग पढेर फुल पास भएर राम्रो पद पाउनु पर्छ। यस्तो होइन– जे ड्रामामा होला अथवा जे भाग्यमा होला। यो विचार आउनाले नै फेल हुन्छन्। भाग्यलाई बढाउनु पर्छ। रात-दिन खुब मेहनत गरेर पढ। निद्रा जित्नेवाला बन। रातमा विचार सागर मन्थन गर्नाले तिमीलाई धेरै मज्जा आउँछ। बाबालाई कसैले बताउँदैन– बाबा म यसरी विचार सागर मन्थन गर्छु। बाबा सम्झनुहुन्छ– कोही उठ्दै उठ्दैनन्, सायद यिनको मात्रै पार्ट छ विचार सागर मन्थन गर्ने। नम्बरवन बच्चा त यिनै हुन् नि! बाबाले अनुभव बताउँछन्, उठेर यादमा बस्छु। यस्तो-यस्तो विचार गर्छु– यो सृष्टि चक्र कसरी घुम्छ! सर्वोच्च बाबा हुनुहुन्छ फेरि सूक्ष्म वतनवासी ब्रह्मा, विष्णु, शंकर। फेरि ब्रह्मा के हुन्! विष्णु के हुन्! यस्तो यस्तो विचार सागर मन्थन गर्नुपर्छ। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) जुन कर्म मैले गर्छु, मलाई देखेर अरूले गर्छन्। त्यसैले हर कर्ममा ध्यान दिनुपर्छ। धेरै-धेरै निर्माणचित्त, निरहंकारी बन्नुपर्छ। अहंकारलाई तोडिदिनु छ।

    २) आफ्नो तकदिर उच्च बनाउनको लागि राम्रोसँग पढाइ पढ। बिहान सबेरै उठेर बाबालाई याद गर्ने सोख राख्नुपर्छ।

    वरदान:

    कन्ट्रोलिंग पावरद्वारा तुफानलाई पनि तोहफा बनाउने, यथार्थ योगी भव:-   

    यथार्थ वा सच्चा योगी उही हो, जसले आफ्नो बुद्धिलाई एक सेकेन्डमा जहाँ र जब लगाउन चाह्यो, त्यहाँ लगाउन सक्छ। परिस्थिति हलचलको होस्, वायुमण्डल तमोगुणी होस्, मायाले आफ्नो बनाउने प्रयत्न गरिरहेको होस् फेरि पनि सेकेन्डमा एकाग्र हुनु– यो हो यादको शक्ति। जति नै व्यर्थ संकल्पको तुफान होस्, सेकेन्डमा तुफान अघि बढ्ने तोहफा बनोस्– यस्तो कन्ट्रोलिंग पावर हुनुपर्छ। यस्तो शक्तिशाली आत्माले कहिल्यै पनि यो संकल्प ल्याउँदैन– चाहेको त होइन तर भइहाल्छ।

    स्लोगन:

    योगयुक्त र युक्तियुक्त कर्म गर्नेवाला नै विघ्नप्रूफ बन्न सक्छ।  



    ***OM SHANTI***