BK Murli 16 March 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 16 March 2017 Nepali

    २०७३ चैत्र ३ बिहीबार १६-०३-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– जति प्यारसँग यज्ञको सेवा गर्छौ, त्यति कमाई हुन्छ। सेवा गर्दै-गर्दै तिमी बन्धनमुक्त हुन्छौ, कमाई जम्मा हुन्छ।”  

    प्रश्न:

    आफूलाई सदा खुशीमा राख्न कुनचाहिँ युक्ति अपनाउनु पर्छ?

    उत्तर:

    आफूलाई सेवामा बिजी राख्यौ भने सदा खुशी रहन्छ। कमाई भइरहन्छ। सेवाको समयमा आराम गर्ने ख्याल आउनु हुँदैन। जति सेवा मिल्यो, त्यति खुशी हुनुपर्छ। इमान्दार बनेर प्यारसँग सेवा गर। सेवा गर्नुको साथ-साथै मीठो पनि बन्नु छ। कुनै पनि अवगुण तिमी बच्चाहरूमा हुनु हुँदैन।

    गीत:–

    यह वक्त जा रहा है.....

    ओम् शान्ति।

    यो कसले भन्यो? बाबाले भन्नुभयो, बच्चाहरूलाई। यो हो बेहदको कुरा। मनुष्य जब बुढो हुन्छ अनि सम्झन्छ– अब धेरै गइसक्यो बाँकी थोरै समय छ, केही राम्रो काम गरूँ। त्यसैले वानप्रस्थ अवस्थामा सत्सङ्गमा जान्छन्। सम्झन्छन्– गृहस्थमा त धेरै काम गरियो, अब केही राम्रो काम पनि गरौं। वानप्रस्थीको मतलब नै हो विकारहरूलाई छोड्नु, घरबारसँग सम्बन्ध छोड्नु। त्यसैले नै सत्सङ्गमा जान्छन्। सत्ययुगमा त यस्तो कुरा हुँदैन। बाँकी थोरै समय छ। जन्म जन्मान्तरको पापहरूको बोझ शिरमा छ। अहिले नै बाबाबाट वर्सा लिइहाल। उनीहरूले साधुहरूसँग संगत त गर्छन्, तर कुनै लक्ष्य मिल्दैन, जोसँग योग राखून्। बाँकी पाप कम हुन्छन्। ठूलो पाप त हुन्छ विकारको। धन्धा आदि छोडिदिन्छन्। आजकल त तमोप्रधान अवस्था छ त्यसैले विकारलाई छोड्दैनन्। ७०-८० वर्षकाले पनि बच्चा जन्माइरहन्छन्। बाबा भन्नुहुन्छ– अब यो रावण राज्य समाप्त हुनु छ। समय धेरै कम छ, त्यसैले बाबासँग योग लगाउँदै गर, स्वदर्शन चक्र घुमाउँदै गर। फर्केर जान थोरै दिन छ। शिरमा पापहरूको बोझ धेरै छ, त्यसैले जति हुन सक्छ समय निकालेर मलाई याद गर। धन्धा आदि कर्म त गर्नु नै छ किनकि तिमी कर्मयोगी हौ। ८ घण्टा यसमा लगाउनु छ। त्यो पनि हुनेछ अन्तिममा। यस्तो नसम्झ– केवल वृद्धहरूले मात्रै याद गर्नु छ। होइन, सबैको मृत्यु अब नजिक छ। यो शिक्षा सबैको लागि हो। साना बच्चाहरूलाई पनि बुझाऊ– हामी आत्मा हौं, परमधामबाट आएका हौं। बिल्कुल सहज छ। गृहस्थको पनि पालन गर्नु छ। गृहस्थ व्यवहारमा रहेर पनि शिक्षा लिनु छ। फेरि सेवाधारी बनेपछि बन्धन आफैं छुट्छ। घरकाले आफैं भन्नेछन्– तिमीले ठीकै छ सेवा गर। हामी बच्चाहरूलाई सम्हाल गरौंला या काम गर्ने मानिस राखौंला। त्यसमा उनलाई पनि फाइदा ‍छ। मानौं घरमा ५-६ बच्चाहरू छन्, स्त्रीले चाहन्छिन् ईश्वरीय सेवा गरूँ, राम्रो सेवाधारी छिन् भने बच्चाहरूको लागि महिला राख्न सक्छन् किनकि त्यसमा आफ्नो पनि कल्याण र अरूको पनि कल्याण हुन्छ। दुवै नै सेवामा लाग्न सक्छन्। सेवाको तरिका त धेरै छन्। बिहान र बेलुका सेवा हुन सक्छ। दिनमा माताहरूको क्लास हुनु आवश्यक छ। बी.के.हरू सेवाको समयमा सुत्नु हुँदैन। कुनै कुनै बच्चीहरूले समय राख्छन्, युक्तिले। सम्झन्छन् दिनमा कोही नआओस्। व्यापारी अथवा नोकरी गर्नेवाला दिनमा सुत्दैनन्। यहाँ त जति बाबाको यज्ञको सेवा गर्छौ, त्यति कमाई नै कमाई छ। धेरै फाइदा छ। सारा दिन काममा बिजी रहनुपर्छ। प्रदर्शनीमा धेरै बिजी रहन्छन्। भन्छन् बाबा बोल्दा-बोल्दा घाँटी नै सुक्छ किनकि अचानक सेवा पर्छ। सधैं यति सेवा गर्यौे भने गला खराब हुँदैन। बानी परेपछि फेरि थकावट हुँदैन। फेरि एकनाश पनि सबै छैनन्। कुनै त धेरै इमान्दार छन्। जति सेवा मिल्यो, त्यति उनलाई खुशी हुन्छ किनकि फल पनि मिल्छ, जो राम्रोसँग सेवामा लागिरहन्छन्। तिमी धेरै मीठो बन्नुपर्छ, अवगुण निक्लिनुपर्छ। श्रीकृष्णको महिमा गाइन्छ– सर्वगुण सम्पन्न... यहाँ सबैमा आसुरी गुण छ। कुनै पनि कमजोरी नहोस्, यस्तो मीठो बन्नु छ। त्यो तब बन्नेछौ, जब सेवा गर्छौ। कहीँ पनि गएर सेवा गर्नुपर्छ। रावणको बन्धनबाट सबैलाई छुटाउनु छ। पहिला त आफ्नो जीवन बनाउनु छ। हामी यतिकै बस्यौं भने घाटा हामीलाई पर्छ। पहिला त यो रूहानी सेवा हुनुपर्छ। कसैको कल्याण गरूँ, कसैलाई निरोगी, धनवान, आयुश्वान बनाऊँ। सारा दिन यो ख्याल चल्नुपर्छ। ती बच्चाहरू नै दिलमा चढ्न सक्छन् र तख्तनशीन पनि हुन्छन्। पहिले बाबाको परिचय दिनु छ। बाबा स्वर्गको रचयिता हुनुहुन्छ, उहाँलाई चिन्नु भएको छ? परमपिता परमात्मासँग हजुरको के सम्बन्ध छ? परिचय दिनु छ ताकि बाबासँग स्नेह जुटोस्। बाबा भन्नुहुन्छ– म कल्पको संगमयुगमा आएर नर्कलाई स्वर्ग बनाउँछु। कृष्णले त यो भन्न सक्दैनन्। उनी त स्वर्गका राजकुमार हुन्। रूप बदलिन्छ। वृक्षको बारेमा बुझाउनु छ, माथि पतित दुनियाँमा ब्रह्मा उभिएका छन्। उनी हुन् पतित, तल फेरि तपस्या गरिरहेका छन्। ब्रह्माको वंशावली पनि छ। परमपिता परमात्मा नै आएर पतितबाट पावन बनाउनु हुन्छ। पतित नै फेरि पावन बन्छन्। कृष्णलाई पनि श्याम-सुन्दर भन्दछन्। तर अर्थ बुझ्दैनन्। तिमीले बुझाउन सक्छौ– यी पतित हुन्। असली नाम ब्रह्मा होइन, जस्तै तिमीहरू सबैको नाम फेरिएको छ। त्यस्तै बाबाले यिनलाई पनि एडाप्ट गर्नु भएको हो। नत्र शिवबाबाले ब्रह्मालाई कहाँबाट ल्याउने! स्त्री त छैन। अवश्य एडाप्ट गर्नुभयो। बाबा भन्नुहुन्छ– मलाई यिनमा नै प्रवेश गर्नु छ। प्रजापिता माथि त हुन सक्दैनन्, यहाँ चाहिन्छ। पहिला त यो निश्चय हुनुपर्छ– म साधारण तनमा आउँछु। गौशाला नाम भएकाले बयल र गाई पनि देखाउँछन्। अब गाईलाई ज्ञान दिनुभयो या गाई चराउनुभयो, यो लेखिएको छैन। चित्रहरूमा श्रीकृष्णलाई ग्वाला बनाइदिएका छन्। यस्तो-यस्तो कुरा अरू धर्ममा छैन, जति यस धर्ममा छन्। यो सबै भक्ति मार्गमा निश्चित छ। अब तिमी बच्चाहरूलाई थाहा छ– पुरानो दुनियाँको विनाश, नयाँ दुनियाँको स्थापना भइरहेको छ। बाबाले सम्झाउनु हुन्छ– यस सृष्टि चक्रलाई जान्नाले नै तिमी भविष्यमा राजकुमार राजकुमारी बन्छौ। अमरलोकमा उच्च पद पाउँछौ। तिमीले जे जति पढ्छौ– भविष्य नयाँ दुनियाँको लागि। तिमीले यो पुरानो शरीर छोडेर रोयल धनवान घरमा जन्म लिन्छौ। पहिला बच्चा हुन्छौ फेरि ठूलो भएपछि फस्टक्लास महल बनाउँछौ। ततत्त्वम्। शिवबाबा भन्नुहुन्छ– जसरी यी मम्मा बाबाले राम्रोसँग पढ्छन्, तिमीले पनि पढ्यौ भने उच्च पद पाउँछौ। रात्रिमा जागेर विचार सागर मन्थन गर्यौि भने खुशी आउँछ। यतिबेला नै खुशीको पारा चढ्छ। दिनमा धन्दा आदिको बन्धन हुन्छ। राती त कुनै बन्धन हुँदैन। राती बाबाको यादमा सुत्यौ भने बिहान बाबा आएर खाट हल्लाउनु हुन्छ। यस्तो पनि धेरैले अनुभव लेख्छन्। हिम्मते बच्चा, मदते बाबा त हुनुहुन्छ नै। आफूमाथि धेरै अटेन्शन राख। संन्यासीहरूको धर्म अलग हो। जुन धर्मको जति वंशावली होला, त्यति नै बन्नेछन्। जो अरू धर्ममा बदलिएका छन्, उनै फेरि आफ्नो धर्ममा आउँछन्। मानौं सन्यास धर्मको एक या दुई करोड एक्टरहरू छन्, त्यति नै फेरि हुनेछन्। यो ड्रामा बडो एक्युरेट बनेको छ। कुनै कुन धर्ममा, कुनै कुन धर्ममा बदलिएका छन्। ती सबै आ-आफ्नो धर्ममा जान्छन्। यो ज्ञान बुद्धिमा बस्नुपर्छ। 

    अब हामीले भन्छौं– हामी आत्मा हौं, शिवबाबाका सन्तान हौं। यो सारा विश्व हाम्रो हो। हामी रचयिता शिवबाबाका बच्चा बनेका छौं। हामी विश्वको मालिक हौं। यो बुद्धिमा आउनुपर्छ, तब अथाह खुशी रहन्छ। अरूलाई पनि खुशी दिनु छ, बाटो बताउनु छ। रहमदिल बन्नु छ। जुन गाउँमा रहन्छौ, वहाँ पनि सेवा गर्नुपर्छ। सबैलाई निमन्त्रण दिनु छ, बाबाको परिचय दिनु छ। यदि धेरै बुझ्न चाहन्छन् भने भन– यो सृष्टि चक्र कसरी घुम्छ, यो पनि तपाईलाई बुझाउँछु। सेवा त धेरै छ। तर राम्रा-राम्रा बच्चाहरूमा पनि कहिलेकाहीँ ग्रहचारी आउँछ, सम्झाउने सोख रहँदैन। नत्र बाबालाई लेख्नुपर्छ– बाबा सेवा गरेँ, त्यसको रिजल्ट यो निस्कियो, यसरी यसरी सम्झाएँ। अनि बाबा पनि खुशी हुनुहुन्छ। बुझ्नुहुन्छ– यसलाई सेवा गर्ने सोख छ। कहिले मन्दिरमा, कहिले स्मशानमा, कहिले चर्चमा घुस्नुपर्छ। सोध्नुपर्छ– परमपिता परमात्मासँग हजुरको के सम्बन्ध छ? जब पिता हुनुहुन्छ भने मुखबाट भन्नुपर्छ– मेरा बच्चाहरू। हेभनली गड फादर भनिन्छ भने अवश्य स्वर्ग रच्नुहुन्छ। कति सहज छ। पछि गएर धेरै आपद् आउनेवाला छ। मनुष्यहरूलाई वैराग्य आउनेछ। स्मशानमा मनुष्यहरूलाई वैराग्य आउँछ, दुनियाँको यही हालत हुन्छ! यो भन्दा त किन भगवान्लाई पाउने बाटो नसमात्ने। फेरि गुरु आदिसँग गएर सोध्छन्– यी बन्धनहरूबाट छुट्ने बाटो बताउनुहोस्। 

    तिमीले आफ्नो बच्चा आदिको पालना पनि गर्नु छ र सेवा पनि गर्नु छ। मम्मा बाबाका हेर कति बच्चाहरू छन्। त्यो हो हदको गृहस्थ व्यवहार। यहाँ बाबा त बेहदको मालिक हुनुहुन्छ। बेहद भाइ-बहिनीलाई सम्झाउनु हुन्छ। यो सबैको अन्तिम जन्म हो। बाबा हीरा जस्तो बनाउन आउनु भएको छ। फेरि तिमी कौडीको पछाडि किन पर्छौ! बिहान र बेलुका हीरा जस्तो बन्ने सेवा गर। दिनमा कौडीको धन्धा गर। जसको सर्भिस गर्ने बानी परेको छ, उनलाई घरी-घरी बाबा बुद्धिमा याद आइरहन्छ, अभ्यास हुन्छ। जोसँग काम गर्छन्, उनलाई पनि लक्ष्य दिइरहन्छन्। तर निस्कन्छन् त करोडौंमा कोही। आज नभए भोलि याद गर्नेछन्– फलानो साथीले मलाई यो कुरा भनेको थियो। यदि पद पाउनु छ भने हिम्मत चाहिन्छ। यहाँको सहज योग र ज्ञान त प्रसिद्ध छ। तर के थियो, कस्तो थियो? यो जानेका छैनन्। यी चाड-पर्व आदि सबै संगमयुगका हुन्। सत्ययुगमा त हुन्छ नै राजाई। इतिहास सारा हो संगमको। सत्ययुगी देवताहरूलाई राजाई कहाँबाट मिल्यो? यो पनि अहिले नै थाहा भएको छ। तिमीलाई थाहा छ– हामीले नै राजाई लिन्छौं र हामीले नै गुमाउँछौं, जसले जति सेवा गर्छ। अब त प्रदर्शनीको सेवा बढ्दै जानेछ। प्रोजेक्टर पनि गाउँ-गाउँमा जानेछ। यो सेवा धेरै विस्तार हुनेछ। बच्चाहरू पनि वृद्धि हुँदै जानेछन्। फेरि यो भक्ति मार्गको मूल्य रहँदैन। यो ड्रामामा थियो। यस्तो होइन यो किन भयो! यस्तो नगरेको भए यस्तो हुन्थ्यो! यो पनि भन्न सकिँदैन। जे बित्यो त्यो ठीक, पछिको लागि खबरदार। मायाले कुनै विकर्म नगराओस्। मनसा तुफान त आउँछन्, तर कर्मेन्द्रियहरूद्वारा कुनै विकर्म नगर। फाल्तू संकल्प त धेरै आउँछन्, फेरि पनि पुरुषार्थ गरेर शिवबाबालाई याद गर्दै गर। हर्टफेल हुनु छैन। कति बच्चाहरूले लेख्छन्– बाबा १५-२० वर्ष देखि बिमारीको कारण पवित्र रहन्छौं फेरि पनि मनसा धेरै खराब रहन्छ। बाबा लेख्नुहुन्छ– तुफान त धेरै आउँछन्, मायाले हैरान गर्छ, तर विकारमा नजाऊ। यो तिम्रो नै विकर्मको हिसाब-किताब हो। योगबलद्वारा नै खतम हुनेछ, डराउनु पर्दैन। माया धेरै बलवान छ। कसैलाई पनि छोड्दैन। सेवा त अथाह छ, जसले जति गर्न चाहन्छ। अच्छा! 

    मीठे-मीठे सेवाधारी सिकीलधे बच्चाहरूप्रति नम्बरवार पुरुषार्थ अनुसार माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) दिनमा शरीर निर्वाह अर्थ कर्म र बिहान बेलुका जीवनलाई हीरा जस्तो बनाउने रूहानी सेवा अवश्य गर। सबैलाई रावणको बन्धनबाट छुटाऊ।

    २) मायाले कुनै पनि विकर्म नगराओस्, यसमा धेरै सावधान रहनुपर्छ। कर्मेन्द्रियहरूद्वारा कहिल्यै कुनै विकर्म गर्नु हुँदैन। आसुरी अवगुण निकाल्नु छ।

    वरदान:

    “नयाँ केही पनि होइन” को पाठद्वारा विघ्नहरूलाई खेल सम्झेर पार गर्ने, अनुभवी मूर्त भव:-   

    विघ्नहरूलाई देखेर नडराऊ। मूर्ति बनिरहेका छौ भने केही हथौडा त लाग्छ नै। हथौडाबाट नै त ठोकी-ठोकी ठीक गर्छन्। जति अगाडि बढ्छौ, त्यति तुफान ज्यादा क्रस गर्नुपर्छ। तर तिम्रो लागि यी तुफान तोहफा हुन्– अनुभवी बन्नको लागि। त्यसैले यो नसोच– के सबै विघ्नहरूको अनुभव मेरो पास नै आउनु छ, होइन। स्वागत गर– आऊ। “नयाँ केही पनि होइन” को पाठ पक्का भयो भने विघ्न लाग्दैन।

    स्लोगन:

    सत्यताको विशेषता छ भने आत्मा रूपी हीराको चमक चारैतिर स्वत: फैलिन्छ।   


    ***OM SHANTI***