BK Murli 17 March 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 17 March 2017 Nepali

    २०७३ चैत्र ४ शुक्रबार १७-०३-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– तिमी बाबाको बनेका हौ यस दुनियाँदेखि मर्न।अवस्था पक्का बनाऊ, जसले गर्दा अन्त्यमा बाबा सिवायकोही पनि याद नआओस्।”  

    प्रश्न:

    सबैभन्दा चर्को आगो कुनचाहिँ हो, जुन सारा दुनियाँलाई यस समयमा लागेको छ? त्यसलाई निभाउने तरिका सुनाऊ।

    उत्तर:

    सारा दुनियाँमा यस समयमा कामकोआगो लागेको छ, यो आगो सबैभन्दा चर्को छ। यस आगोलाई निभाउने रूहानी मिशन एउटा मात्र छ।यसको लागि स्वयंलाई दमकल बनाऊ। योगबल विना यो आगो निभ्न सक्दैन। काम विकारले नै सबैको सत्यानाश गर्छ, त्यसैले यस भूतलाई भगाउने पूरा पुरुषार्थ गर।

    गीतः–

    महफिल में जल उठी शमा.......

    ओम् शान्ति।

    जो राम्रा-राम्रा सेवाधारी बच्चाहरू छन्, उनीहरूले यस गीतको अर्थलाई राम्रोसँग बुझ्दछन्। यस गीतलाई सुन्नाले सारा सृष्टिचक्र, रचयिता र रचनाको आदि, मध्य, अन्त्यलाई जानिन्छ। गीत बजाइन्छ ताकि मनुष्यले जानुन्। को द्वारा? ज्ञानका सागरद्वारा। बच्चाहरूले जान्दछन्– हामी बाबाको बन्छौ, यस पुरानो दुनियाँदेखि मरेर आफ्नो परमधाम जानको लागि। यो पुरुषार्थ बाबा सिवाय अरू कसैले गराउन सक्दैन। बाबा भन्नुहुन्छ– मेरो बनेपछि तिमी यस दुनियाँदेखि मर्नुपर्छ। अन्त्यमा अवस्था यस्तो पक्का हुनुपर्छ, एक बाबा सिवाय अरू कसैको याद नआओस्। तिमी बच्चाहरूलाई थाहा छ– महाज्योति आउनुभएको छ, पुतलीहरूलाई साथमा लैजानको लागि। पुतलीहरू त बथानका बथान छन्। प्रदर्शनीमापनि हेर कति धेरै आउँछन्। कति बच्चाहरूले त प्रदर्शनीको अर्थ पनि बुझ्दैनन्। पुरानो दुनियाँलाई फेरि नयाँ दुनियाँ बनाउने प्रदर्शनी हो। पुरानो दुनियाँको विनाश भएर नयाँ दुनियाँको फेरि स्थापना कसरी हुन्छ? यो संगममा नै देखाइन्छ। दुवै एकै पटक त हुन सक्दैन। एउटा खतम हुन्छ अवश्य। तिमीहरूमा पनि जो राम्रा-राम्रा बच्चाहरू छन्, उनीहरूले जान्दछन्। रामराज्य अर्थात् नयाँ दुनियाँ स्थापना भइरहेको छ। रामराज्य स्थापना भएपछि रावणराज्य खतम हुन्छ। जब तिमी रामराज्यको लायक बन्छौ, तिमी भित्र कुनै पनि भूत हुनु हुँदैन। भूतहरूलाई भगाउने कोसिस गर्नु पर्छ। सबैभन्दा पहिला काम अग्निलाई निभाऊ। आफ्नो लागि दमकल बन्नु छ। यो आगो सबैभन्दा चर्को र बिलकुल गन्दा छ, योगबल सिवायनिभाउन सकिँदैन। त्यसमा पनि, यही प्रश्न छ सारा दुनियाँको। सबैलाई कामको आगो लागेको छ। यस आगोलाई निभाउने रूहानी मिशनएउटै छ। उहाँलाई अवश्य यहाँ आउनु पर्छ। भन्दछन् पनि– हे पतित-पावन आउनुहोस्। पतित कामीलाई भनिन्छ। हे कामको आगोलाई भस्म गर्नेवाला आउनुहोस्। यहाँ धेरैत पतित छन्। हुनत कोही पवित्र रहन्छन्। यसलाई कसरी निभाउने?तिमीलाई युक्ति बताउँछु। यो काम अग्नि पनि सतो, रजो, तमोमा आउँछ। तमोप्रधान उनीहरू हुन् जो बिलकुल यो बिना रहन सक्दैनन्। आगो लागिरहेको हुन्छ। मनुष्यलाई सत्यानाश यो काम विकारले गर्छ। सत्ययुगमा कोही दुस्मन हुँदैनन्। त्यहाँ न रावण हुन्छ, न मनुष्यका दुस्मन हुन्छन्। तिमीले सम्झाउँछौ– यहाँको सबैभन्दा ठूलो दुस्मन रावण हो। खेल नै सारा यहाँको लागि बनेको छ। सत्ययुगमा रामराज्य, कलियुगमा रावणराज्य हुन्छ, कार्टुनमा पनि देखाइएको छ।ती पनि मनुष्य, यी पनि मनुष्य हुन्।देवताहरूको अगाडि हात जोडेर भन्छन्– हजुर सर्वगुण सम्पन्न हुनुहुन्छ, हामी पापी दु:खी छौं। यो विश्व श्रेष्ठाचारी पावन थियो, अवश्य। जहाँ देवी-देवताहरूले राज्य गर्थे। लक्ष्मी-नारायण र राम सीता, दुवैको राज्य थियो। उनीहरूकै घराना हो। प्रजाका चित्र त बनाइँदैन। अहिले बाबाले कति सहज बनाएर सम्झाउनुहुन्छ। सम्झाएर फेरि भन्नुहुन्छ– बुद्धिमा धारणा हुन्छ हैन? जसरी मेरो बुद्धिमा धारण छ, वृक्षको, ड्रामाको ज्ञान मसँग छ, त्यसैले मलाई ज्ञानका सागर भनिन्छ। सृष्टिको आदि, मध्य, अन्त्यको ज्ञान मेरो पासमा छ। मलाई पवित्रताका पनि सागर भन्दछन्। पतित-पावन पनि मलाई नै भन्दछन्, म आएर सारा विश्वलाई पावन बनाउँछु। यो हो राजयोग र ज्ञान। कानुन पढ्छन्, त्यसलाई भनिन्छ वकिलसँगको योग किनकि त्यही पढाइद्वारा नै वकिल बन्छन्। यहाँ बाबा भन्नुहुन्छ– तिमी बच्चाहरूलाई आएर राजयोग सिकाउँछु। राजाहरू सबैले पनि भगवान्‌लाई याद गर्छन्। भगवान्‌द्वारा के मिल्छ? अवश्य स्वर्गको वर्सा मिल्छ।

    तिमीले सबैसँग सोध्न सक्छौ– परमपिता परमात्माको परिचय छ? उहाँ बाबा रचयिता हुनुहुन्छ भने अवश्य स्वर्ग रच्नुहुन्छ र स्वर्गको राजाई दिनुहुन्छ, जुन हामी बच्चाहरूलाई मिलेको थियो। अहिले छैन र फेरि लिइरहेकाछौं। जसरी कल्प पहिले लिएका थियौं। अब फेरि लिनु छ। (नारदको उदाहरण) तिमी बच्चाहरूले पनि सोध्छौ–वैकुण्ठ जानु हुन्छ? भगवान्‌सँग नयाँ दुनियाँको वर्सा लिनुहुन्छ? हामीलाई नै वर्सा मिलेको थियो, अहिले छैन र अरू कसैलाई मिल्न पनि सक्दैन किनकि यो नै भगवान्‌को जन्मभूमि हो। त्यसैले शुभकार्यको सुरुवात घरबाट नै हुनुपर्छ। यहाँ रहनेलाई नै दिइन्छ। तर धेरै बच्चीहरूले सम्झाउन सक्दैनन्। धेरै बच्चाहरूलाई साक्षात्कार पनि गराइन्छ। देखाइन्छ– तिमी वैकुण्ठको राजकुमार, राजकुमारी बन्छौ। यो हो नै मनुष्यबाट राजकुमार बन्ने पाठशाला। राजकुमार बन्नु वा राजा बन्नु, एउटै कुरा हो। यस्तो साक्षात्कार हुन्छ, जसद्वारा पुरुषार्थ गरेर त्यस्तै बनुन्। बाबाको श्रीमतमा चलेर पुरुषार्थ गर। केवल कृष्णलाई देख्नु, यो कुनै ठूलो कुरा होइन। यसरी पहिला धेरैले देख्थे, फेरि छोडेर गए। साक्षात्कार हुन्छ फेरि पनि पढ्दैनन्, यस्तो बन्दैनन्। त्यति पुरुषार्थ गर्दैनन् किनकि भूतहरूको आक्रमण हुन्छ। देह-अभिमानको कडा भूत छ। बुद्धिमा रहनुपर्छ– अब खेल पूरा हुँदैछ। मैले ८४ जन्मको पार्ट पूरा गरेँ, अब मैले यो पुरानो चोला छोड्दैछु।यति मात्र याद भइरहोस् तैपनि अहोभाग्य, खुशीको पारा चढिरहन्छ। अब हामी जान्छौं फर्केर मुक्तिधाममा। यो कसैको पनि बुद्धिमा बस्न सक्दैन। सन्यासीहरूलेपनि भन्छन्– हामी शरीर छोडेर ब्रह्ममा लीन हुन्छौं। तर तत्त्वलाई याद गर्नाले विकर्म विनाश हुँदैन, त्यसैले जान कसरी सक्छन्? लैजानेवाला हुनुहुन्छ नै एक राम, सबैबच्चाहरूलाई लैजानुहुन्छ। आफैं त कोही जान सक्दैन। पुरुषार्थ गर्छन् किनकि यस दुनियाँमा बस्न राम्रो लाग्दैन। कसैले फेरि भन्छन्– म यो नाटकमा आउँदैनआऊँ। अनेक मत-मतान्तर छन्। गुरु गोसाई आदि करोडौंको संख्यामा छन्। सबैको आ-आफ्नै मत छन्। भन्न त भन्छन्– तपाईको ज्ञान धेरै राम्रो छ। बाहिर गएपछिखलास। आउन त धेरै हुन्छन्, तर उनीहरूको तकदिरमा छैन। त्यति ठूलो पद छोडेर आउन्, यो हुन सक्दैन।त्यसैले गरिबले नै लिन्छन्। यहाँ त आएर बच्चा बन्नु पर्छ। कुनै सन्यासी गुरुले आफ्नासबै चेलाहरू छोडेर आउन बडो मुस्किल छ। त्यसै पनि यो प्रवृत्ति मार्ग हो, स्त्री-पुरुष दुवैलाई साथै रहनुपर्छ। निश्चय बुद्धि हुनेलाई तुरुन्त परीक्षा लिइन्छ। हेरिन्छ, गुरूपना छोड्छन्? बाबाको बन्नु पर्छ नि। बाबाले जलाई पनि बुझाउनसहज उपाय पनि बताउनु हुन्छ। केवल सोध्नु छ, परमपिता परमात्मासँग तपाईकोके सम्बन्ध छ? उहाँले अवश्य मुक्ति-जीवनमुक्ति दिनुहुन्छ। मनुष्यले मनुष्यलाई दिन सक्दैनन्। बाबासँग वर्सा लिनको लागि, आएर सिक्नु पर्छ, श्रीमतले जे भन्छ, त्यो गर्नु पर्छ। सबैभन्दा पहिला निश्चय बुद्धि हुनुपर्छ, फेरि श्रीमत जे मिल्छ। सबैभन्दा पहिला परिचय नै बाबाको दिनुछ। धेरै आउँछन्, भन्छन्– यो धेरै राम्रो चीज हो। तर स्वयं कहाँ खडा हुन्छन् र? केवल आफ्नो राय दिएर जान्छन्। यो जानेका छैनन्– यिनीहरू कसको मतमा चलिरहेका छन्। भन्छन्– यस्तो प्रदर्शनी त ठाँउ-ठाँउमा हुनु पर्छ। मत दिन थाल्छन्। ईश्वरलाई कहाँ मत दिइन्छ र? तर बानी परेको छ, मत दिने। बाँकी स्वयं बसेर बुझून्, यो गर्दैनन्। यहाँ कुनै मत दिनु छैन, श्रीमतमा चल्नु छ। पहिला बाबाको बन्नु छ, फेरि उहाँले जुन श्रीमत दिनुहुन्छ, त्यस अनुसार अरूलाई सम्झाउनु छ। फेरि जब कसैलाई सम्झाउँछौ, उसले लेखेर देओस्– मलाई त श्रीमतमा चल्नु छ,तब मानिन्छ उसले राम्रोसँग बुझेको छ। आउन त धेरै आउँछन् तर राम्रोसँग बुझ्दैनन्। ज्ञानको मतमा चल्दैनन्। यतिबेला सबै छन्भक्तिको मतमा चल्ने वाला। जप, तप, पाठ आदि सबै भक्तिको लागि गर्छन्। भगवान् भन्नुहुन्छ– आधा कल्प तिमीले भक्ति गर्यौ , भगवान्‌सँग मिल्नको लागि। सबै भगत ठहरिए। भगवान् त एक नै हुनुहुन्छ। एकलाई नै भनिन्छ– पतित-पावन। त्यसैले स्वयं पनि सबै पतित ठहरिएर। यो हो रावण राज्य।यस कल्पको संगमको नै गायन छ। कल्पको संगमयुगे-युगे बाबा आउनुहुन्छ।

    सत्ययुग हो कल्याणकारी स्वर्ग, कलियुग हो अकल्याणकारी नर्क। रावण हो अकल्याणकारी, राम हुनुहुन्छ कल्याणकारी। यो ज्ञान बच्चाहरूको बुद्धिमा टप्किनुपर्छ।विचारचल्नुपर्छ– गएर बिचराहरूको कल्याण गरौं। कसै-कसैमा यस्तो कमजोरी हुन्छ, जसकारण सबै हैरान हुन्छन्। भन्छन्– बाबा फलानोमा यो अवगुण छ। धेरै समाचार आउँछन्। बाबा भन्नुहुन्छ– समाचार दियौ भने सावधानी मिल्छ। कुनै अवगुण छ भने सेवा कम गर्छन्। आजकल पढे-लेखेकाविद्धान, पण्डित त धेरै छन्।उनीहरू धेरै तीक्ष्ण हुन्छन्।कच्चा बच्चाहरूको त दिमाग नै खराब गरिदिन्छन्‌, त्यसैले राम्रा-राम्रा बच्चाहरूलाई बोलाउँछन्। सम्झन्छन्– उनी हामी भन्दा होसियार छन्। प्रदर्शनीबाट पनि बाबाले समाचार मगाइरहनुहुन्छ। कस-कसले राम्रो सेवा गर्छन्, यसमा बडो होसियार चाहिन्छ। कसैले सोध्छन्– तिमीहरूले शास्त्र आदि पढ्छौ? भन यो त हामीलाई थाहा छ– ती वेद-शास्त्र, जन्म-जान्मान्तर सबै पढ्दै आएका हौं। अहिले हामीलाई बाबाको निर्देशन छ– केही नपढ। मैले जे सुनाउँछु, त्यही सुन। मेरो मतमा चल, मलाई याद गर, तब तिम्रो विकर्म विनाश हुन्छ। अब मृत्यु सामुन्ने खडा छ। म आएको छु, तिमीलाई लिनको लागि, म तिम्रो पिता हुँ। तिमीलाई मुक्ति-जीवनमुक्ति दिन्छु। हरेकलाई ड्रामा अनुसार, पहिला मुक्तिमा जानु छ, फेरि जीवनमुक्तिमा। सतोप्रधानमा आउँछन्, त्यसैले भनिन्छ– सर्वका सद्‌गतिदाता, सर्वोदया। सर्वमा सारा दुनियाँ आउँछ। सर्व अर्थात्सारा दुनियाँका पिताले सम्झाउनुहुन्छ।उनीहरू सबै हुन्, अल्पकाल हदको सेवा गर्ने। बेहदका सर्वोदया लिडर त एउटै हुनुहुन्छ। सारा विश्वमाथि दया गरेर विश्वलाई परिवर्तन गर्नेवाला हुनुहुन्छ। तिमीलाई थाहा छ– बाबाले हामीलाई विश्वको मालिक बनाउन आउनुभएको छ। सदाको लागि स्वस्थ र सम्पन्न बन्छौं। तर यति पनि कसैको बुद्धिमा बस्दैन। दुई शब्द बस्यो भने पनि राम्रो। हामी भगवान् पिताका बच्चाहरू हौं। भगवान्‌द्वारा स्वर्गको वर्सा मिल्छ।मिलेको थियो, अहिले छैन, फेरि मिलिरहेको छ। बाबा भन्नुहुन्छ– मलाई याद गर, वर्सालाई याद गर। एक अर्कोलाई यही मन्त्र देऊ। म तिम्रो बेहदको पिता हुँ। धर्म स्थापनाको लागिमेहनत त गर्नुपर्छ। बुद्धिमा यो रहनु पर्छ– अब नाटक पूरा हुन्छ। बाँकी थोरै समय छ, जानु छ आफ्नो घर। फेरि नयाँ पार्ट सुरु हुन्छ। यो बुद्धिमा रह्यो भने धेरै राम्रो। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग।

    तिमी बच्चाहरूको कदम-कदममा पदम भरिएको छ।धेरैठूलो कमाई छ। स्वयं भगवान्‌लेकमाई गर्ने राय दिनुहुन्छ। रायमा चल्नाले स्वर्गमा त पुगिन्छ। तर स्वर्गमा पनि उंच पद पाउनुपर्छ। यो कमाई हो चुपचाप गर्ने। कर्मेन्द्रियहरूद्वारा कर्म गर, तर मन साजनतर्फ होस्, अनि बेडा पार हुन्छ।धेरैठूलो कमाई छ। बाबाको सेवामा रहनाले स्वत: नै धेरै आम्दानी हुन्छ।अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


    धारणाको लागि मुख्य सारः

    १) अब यो नाटक पूरा भयो, हामी फर्केर मुक्तिधाम जानुछ। यस खुशीमा रहेर पुरानो देहको अभिमान छोडिदिनु छ।

    २) एक बाबाको मतमा चल्नु छ। बाबालाई आफ्नो मत दिनु छैन। निश्चय बुद्धि बनेर बाबाको जुन श्रीमत मिलेको छ, त्यसमा चलिरहनु छ।

    वरदान:

    आकारी र निराकारी स्थितिको अभ्यासद्वारा हलचलमा पनि अचल रहने, बाबा समान भव:-   

    जसरी साकारमा रहन स्वाभाविकभएको छ, त्यसैगरी म आकारी फरिश्ता हुँ र निराकारी श्रेष्ठ आत्मा हुँ– यी दुवै स्मृति स्वाभाविक होस्, किनकि शिवबाबा हुनुहुन्छ निराकारी र ब्रह्माबाबा हुनुहुन्छ आकारी । यदि दुवैसँग प्यार छ भने समान बन। साकारमा रहँदा अभ्यास गर– भर्खरै आकारी र भर्खरै निराकारी । यो अभ्यासले नै हलचलमा अचल बनाइदिन्छ।

    स्लोगन:

    दिव्यगुणहरूको प्राप्ति हुनु नै सबैभन्दा श्रेष्ठ प्रभु प्रसाद हो।   

    ***OM SHANTI***