BK Murli 18 March 2017 Nepali

BK Murli 18 March 2017 Nepali

२०७३ चैत्र ५ शनिबार १८-०३-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

“मीठे बच्चे– ज्ञान मार्गमा तिम्रो विचार धेरै शुद्ध हुनुपर्छ। सच्चा कमाइमा झुटो बोल्यो, केही उल्टो गर्योन भने धेरै घाटा पर्नेछ।”  

प्रश्न:

जो उच्च पद प्राप्त गर्ने तकदिरवान बच्चा छन्, उनीहरूको निशानी के हुन्छ?

उत्तर:

१-उनीहरूबाट कुनै खराब काम हुँदैन। यज्ञको सेवामा हड्डी-हड्डी लगाउँछन्। उनीहरूमा कुनै पनि लोभ आदि हुँदैन। २-उनीहरू धेरै सुखदायी हुन्छन्। मुखबाट सदैव ज्ञान रत्न निकाल्छन्। धेरै मीठोहुन्छन्। ३-उनीहरूले यस पुरानो दुनियाँलाई देखेर पनि नदेखेजस्तै गर्छन्। उनीहरूमा यो विचार आउँदैन– तकदिरमा जे छ त्यही हुन्छ, हेरौंला! बाबा भन्नुहुन्छ– यस्ता बच्चा कुनै कामका हुँदैनन्। तिमीले त धेरै राम्रो पुरुषार्थ गर्नु छ।

गीत:–

हमारे तीर्थ न्यारे हैं.........

ओम् शान्ति।

यो भक्ति मार्गको गीत हो। तिमीलाई थाहा छ– हाम्रै महिमा भइरहेको छ। भक्ति मार्गमा महिमा गाइन्छ, प्रार्थना गरिन्छ अनि ज्ञान मार्गमा यो प्रार्थना, भक्ति गरिँदैन। ज्ञान मतलब पढाइ।जसरी स्कूलमा पढ्छन्।पढाइमा लक्ष्य-उद्देश्य रहन्छ। म यो पढेर फलानो पद पाउँछु। यो धन्दा गर्नेछु। कसैले सिक्छन् यसरी ठगी गर्नेछु, पैसा कमाउनेछु। धेरै पैसाको लागि ठगी गर्छन्, यसलाई पनि भ्रष्टाचार भनिन्छ। लुटपिट पनि गर्छन्। सरकारको चोरी गर्छन्, धन कमाएर आफूलाई सुखी राख्नको लागि र बाल-बच्चालाई सुखी राख्नको लागि, पढाएर विवाह आदि गराउनको लागि। यहाँ त तिमीलाई पैसा कमाउने कुरा नै छैन। यो हो पवित्र पढाइ। गृहस्थ व्यवहारमा रहे पनि केवल पढ्नु छ। कतिले भन्छन्– मलाई तलब कम मिल्छ, यसैले ठगी गर्नु पर्छ, के गर्ने! तर यस ज्ञान मार्गमा त यस्ता कुनै विचार हुनुहुँदैन, नत्र दुर्गति हुनपुग्छ। यहाँ त धेरै सच्चाइ सफाइसँग बाबालाई याद गर्नुपर्छ, तब नै पद पाउन सकिन्छ।विद्यार्थीलाई पढाइ सिवाय अरू कुनै कुरा बुद्धिमा रहनु हुँदैन।नत्र हामी भविष्य उच्च पद कसरी पाउने! यदि उल्टो-सुल्टो काम गर्यौ भने फेल हुनेछौ। सच्चा कमाइमा फेरि केही झुट आदि बोल्नाले वा यस्तो कुनै काम गर्नाले पद भ्रष्ट हुन्छ। धेरै घाटा पर्नेछ। यहाँ त तिमी आएका छौ भविष्यमा पदमपति बन्नको लागि। त्यसैले यहाँ कुनै पनि फोहोरी विचार आउनु हुँदैन। कसैले चोरी आदि गर्यो् भने केस चल्छ। त्यसमा कोही छुट्न पनि सक्छ, तर यहाँ त धर्मराजबाट कोही छुट्न सक्दैन। पाप आत्मालाई त धेरै सजाय खानु पर्छ। यस्तो कोही छैन, जसलाई सजाय खानु नपरोस्, मायाले गिराइरहन्छ। थप्पड मारिरहन्छ। भित्र फोहोरी विचार चल्छन्।यहाँबाट केही पैसा उठाऊँ... थाहा छैन टिक्न सक्छु वा सक्दिनँ! केही जम्मा गरेर राखौं। यो ईश्वरीय दरबार हो। दाहिने हात फेरि धर्मराज पनि छन्, उनको सजाय त सय गुणा धेरै हुन्छ। नयाँ नयाँ बच्चाहरूलाई सायद थाहा नहुन सक्छ,त्यसैले बाबा सावधान गर्नुहुन्छ। तिमी बच्चाहरूको विचार धेरै शुद्ध हुनुपर्छ। धेरै बच्चाहरूले लेख्छन्– बाबा हजुरको आदेश छ– गृहस्थ व्यवहारमा रहेर केवल मलाई याद गर, श्रीमत विना कुनै पनि काम नगर। तर हामीलाई त व्यवहारमा धेरै कुरा गर्नुपर्छ। नत्र हामीले कसरी गुजारा गर्ने! यति थोरै पैसामा यति परिवारका सदस्यहरू कसरी चल्न सक्छ? भोको रहनुपर्छ यसैले व्यापारीहरू धर्मको लागि पनि केही निकालिरहन्छन्। सम्झन्छन्– हामीबाट जे जति पाप हुन्छ, त्यो मेटिओस्, हामी धर्मात्मा बनौं। धर्मात्मा पुरुषबाट धेरै पाप हुँदैन किनकि धर्मात्मा पापबाट केही डराउँछन्। यस्ता पनि धेरै हुन्छन् जो कहिल्यै पनि धन्धामा झुटो बोल्दैनन्। एकदम दाम फिक्स राख्छन्। कलकत्तामा एउटा भाँडा बेच्नेवाला थियो, सबैको दाम बोर्डमा लेख्थ्यो, त्यसमा कत्ति पनि कम गर्दैनथ्यो।कोही त धेरै झुटो बोल्छन्। यो त ज्ञानको पढाइ हो। तिमी पढ्छौ भविष्य २१ जन्मको लागि। त्यसैले बाबालाई हर कुरामा सत्य बताउनु पर्छ। यस्तो होइन परमात्मालाई सबै कुरा थाहा छ। बाबा भन्नुहुन्छ– पढ्यौ भने उच्च पद पाउँछौ।नत्र नर्कमा जानेछौ। म कहाँ बसेर हेर्छु र– तिमीले के के पाप गर्छौ? जे जति गर्छौ, आफ्नै लागि। आफ्नै पद भ्रष्ट गर्छौ। नाम त छ पाप आत्मा, पुण्य आत्मा। बाबा आएर पुण्य आत्मा बनाउनुहुन्छ, त्यसैले कुनै पाप हुनुहुँदैन। बच्चाहरूलाई त पापको सयगुणा दण्ड हुनेछ, धेरै घाटा हुन्छ। यस्तो विचार राख्नुहुँदैन– जे हुन्छ त्यो हेर्नेछु, अहिले त गरौं। ती बच्चा कुनै कामका हुँदैनन्। यस पुरानो दुनियाँलाई त बिलकुलै भुल्नु छ। देखेर पनि नदेख। हामी कलाकारहौं, अब नाटक पूरा हुन्छ। ८४ जन्म पूरा गर्यौंै, अब हामी फर्केर जानु छ। जति सेवा गर्छौ, त्यति उच्च पद पाउँछौ। अहिले प्रदर्शनी, मेलाको सेवा निस्किएको छ। जो उच्च पद पाउने पुरुषार्थी हुन्छन्, उनीहरूको विचार चलिरहन्छ– गएर सुनौं, सिकौं– कसरी भिन्न भिन्न प्रकारले सम्झाउँछन्। उनीहरू चक्र लगाइरहन्छन्। सुनिरहन्छन्– फलानाले कसरी सम्झाउँछ? यसरी सुन्दा सुन्दै बुद्धिको ताला खुल्छ। धेरैले लेख्छन्– प्रदर्शनीबाट मेरो बुद्धिको ताला खुलेको हो। बाबाले धेरै दिनु भएको छ। बाबाले यस्तो धेरै मदत दिनुहुन्छ, तर कसैलाई थाहा हुँदैन। सम्झन्छन्, मैले धेरै राम्रो सम्झाएँ। कुनै सच्चा बच्चाहरूले सम्झन्छन्– यो सारा मदत बाबाको हो। प्रदर्शनीको सेवाद्वारा धेरै उन्नति हुन सक्छ। तिमी ज्ञान सागरका बच्चा हौ। बाबाको यादमा रहनाले धेरै बल मिल्छ। योगद्वारा नै तिमी विश्वकोबादशाही लिन्छौ। केवल यही याद रहोस्– हामीलाई बाबाबाट वर्सा लिनु छ र श्रीमतमा चल्नु छ। श्रीमतमा चल्नुमा नै कमाइ छ। बाँकी यस दुनियाँमा त कुनै कामको चीज छैन। सबै खत्तम हुनु छ। तिमी ज्ञान सितारा हौ, यस विश्वलाई स्वर्ग बनाइरहेका छौ र स्वर्गवासी बन्न लायक त तिमी यहाँ नै बन्नु छ। यज्ञको लागि हड्डी हड्डी लगाउनु पर्छ। उनीहरूलाई फेरि अरू कुनै लोभ रहँदैन। जसको तकदिरमा छैन, उनीहरूबाट फेरि खराब काम भइरहन्छन्। यहाँ त तिमी सुखदायी बन्नु छ। बाबा भन्नुहुन्छ– म सुखदायी बनाउन आएको हुँ। तिमी पनि सुखदायी बन। उनको मुखबाट सदैव ज्ञान रत्न निस्कन्छ।आसुरी कुनै कुरा निस्कँदैन। झुटो बोल्नुभन्दा त केही नबोल्नु राम्रो हो। धेरै मीठो बन्नु छ। माता-पिताकोप्रत्यक्ष गर्नु छ। बाबाको लागि नै लेखिएको छ– सद्‌गुरुको निन्दकलाई ठाउँ मिल्दैन... थोरै पनि कडापन, अवगुण आदि हुनुहुँदैन। धेरै छन्,भनेको चीज पाएनन् भने एकदम रिसाउँछन्। तर बच्चाहरूले परीक्षा सम्झिएर शान्तिमा रहनु पर्छ। पहिले ठूला-ठूला ऋषि मुनिले भन्दथे– हामीले ईश्वरलाई जान्दैनौं। अब यदि यिनीहरूले (संन्यासी आदि)ले यस्तो भन्ने हो भने उनीहरूलाई कसैले मान्दैनन्।अरूले सम्झन्छन्– जसले स्वयं नै ईश्वरलाई चिनेका छैनन्, उनीहरूले हामीलाई के मार्ग बताउँछन्। आजकल एक अर्काका धेरै गुरु बनेका छन्। हिन्दु नारीका पति पनि गुरु हुन्, ईश्वर हुन्। गुरुले त सद्‌गति दिन्छन् वा पतित बनाउँछन्? अब तिमीलाई थाहा छ– जति पनि सजनीहरू छन्, उनीहरूका गुरु अथवा साजन एक हुनुहुन्छ। माता-पिता, बापदादा सबै उहाँ नै हुनुहुन्छ। यिनीहरूले फेरि पतिको लागि यो अक्षर भनिदिन्छन्। अब यहाँ त त्यो कुरा छैन। यहाँ त तिमी आत्माहरूलाई परमपिता परमात्माले पढाउनुहुन्छ। आत्मा यति सानो छ, जसमा ८४ जन्मको पार्ट निश्चितछ। परमात्मा पनि सानो तारा हुनुहुन्छ, उहाँमा पनि सारा पार्ट निश्चितछ। मनुष्यले सम्झन्छन्– परमात्मा सर्वशक्तिमान्हुनुहुन्छ। सबै कुरा गर्न सक्नुहुन्छ। परमपिता परमात्मा भन्नुहुन्छ– यस्तो कुरा होइन। ड्रामा अनुसार मेरो पनि पार्ट छ।

बाबा सम्झाउनुहुन्छ– तिमीहरू सबै आत्माहरू आपसमा भाइ-भाइ हौ। आत्माले आफ्नो भाइको शरीरको हत्या कसरी गर्छ! हामी सबै आत्माहरूले बाबाबाट वर्सा लिनु छ। पुरुष भए पनि, नारी भए पनि...यो देह अभिमान पनि छोड्नुपर्छ। शिवबाबा कति प्यारो हुनुहुन्छ। हामी पनि शिवबाबाका बच्चा हौं। भाइ-भाइ हौं त्यसैले हामी कहिल्यै पनि आपसमा लडाइँ झगडा गर्नु हुँदैन। देही-अभिमानी रहेमा कहिल्यै लडाइँ हुँदैन। बाबा के भन्नुहुन्छ! बाबा यति प्रिय तर बच्चाहरू लडाइँ गरिरहन्छन्। यस समय मनुष्यमा आत्माको ज्ञान पनि छैन। हामी आत्मा परमात्माका सन्तान हौं फेरि किन लडाइँ गर्ने? मनुष्यले त केवल भन्छन् मात्र। तिमीहरू त प्राक्टिकलमा छौ। बाबा भन्नुहुन्छ– देह अभिमानलाई छोड। म आत्मा हुँ, अब फर्केर जानु छ, यही धून लागिरहोस्। पूरा पुरुषार्थ गर्नुपर्छ। बाबाजस्तो मीठो र लवली अवश्य बन्नु छ। अनि बाबा भन्नुहुन्छ सपूत बच्चा हौ, कति प्यारो छौ। बाबा कति निरहंकारी हुनुहुन्छ, भन्नुहुन्छ– म तिम्रो बाबा, शिक्षक, गुरु सबै कुरा हुँ। आधाकल्पदेखि तिमीले मलाई याद गर्दै आयौ– बाबा आउनुहोस्। यो मेरो पनि ड्रामामा पार्ट छ। पहिले यी घडी आदि थिएनन्, बालुवामा समय हेर्थे। यो विज्ञानबाट जे जति बनिरहेका छन्, यो तिम्रो लागि हो। यी वैज्ञानिकहरूले कुनै ज्ञान लिदैनन्। उनीहरू आउनु नै छ प्रजामा। महल आदि बनाउने त प्रजा नै हुन्छन् नि! राजा रानी त अर्डर दिनेवाला हुन्छन्। त्यसैले यिनीहरू कुनैहराउँदैनन्, धेरै होसियार भइरहेका छन्। बाँकी चन्द्रमा आदिमा जानु– यो सबै अतिको निसानी हो।विज्ञानपनि दुःख दिनेवालाभएको छ। वहाँ सुखका चीज रहन्छन्। यो बाँकी छ थोरै समयको लागि। अतिमा गएपछि विनाश हुन्छ। बाँकी सुख त तिमीहरूले भोग्छौ। मम्मा बाबा भन्छौभनेअनुसरण गर्नुपर्छ। तिम्रो मुखबाट सदैव रत्न निस्किनुपर्छ।

भन्दछन्– पत्थरले गीत गायो। पहिले तिमी पत्थरबुद्धि थियौ। बाबाले आएर तिमीलाई पत्थरबुद्धिबाट पारसबुद्धि बनाउनुभएको छ। अहिले तिमी गीताको गीत गाइरहेका छौ। बाँकी त्यो पत्थरले गीत गाउँदैन। गीतालाई नै गीत भनिन्छ। तिमीले अब परमपिता परमात्माको जीवनीलाई जान्दछौ। उनीहरूले त केही पनि अर्थ बुझ्दैनन्। रत्नको बदलामा पत्थर नै हान्छन्। अहिले तिम्रो बुद्धिमा रत्न नम्बरवार छन्। कसैको मुखबाट त हीरा, मोती निस्कन्छन्।त्यसैले नै तिम्रो नाम राखिन्छ– निलम परी, सब्जपरी... तिमी पत्थरबाट रत्न अथवा पारस बनिरहेका छौ। अब तिम्रो काम हो जो आउँछन्, उनीहरूलाई सम्झाउनु छ।सोध– तपाईको परमपिता परमात्मासँग के सम्बन्ध छ! जबसम्म यस कुराको एक्युरेट जवाफ लेखेर दिँदैनन्, बाबासँग मिल्नु नै व्यर्थ छ। पहिले बाबालाई जानून् तब सम्झन्छन्– बी.के. कसका नाती-नातीना हुन्।धेरै उच्च लक्ष्य छ। २१ जन्मको बादशाही गरिब भन्दा गरिबले पनि लिन सक्छन्। विश्वको मालिक बन्नु कुनै कम कुरा कहाँ हो र? केवल श्रीमतमा चल्नु छ। भगवान् स्वयं बच्चाहरू माथि कुर्बान जानुहुन्छ। २१ जन्मको कुर्बानी गर्नुहुन्छ। भन्नुहुन्छ– विश्वको मालिक भव। अवश्य बच्चाहरूकोमुखबाट रत्न नै निस्कन्छ, तब त भविष्यमा पुजनीय देवता बन्छन्। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


धारणाको लागि मुख्य सारः

१) मीठो बनेर माता-पितालाई प्रत्यक्ष गर्नु छ।तीतोपना थोरै मात्र छ भने पनि त्यसलाई निकालिदिनु छ। बाबाजस्तो मीठो लवली अवश्य बन्नु छ।

२) कुनै पनि काम श्रीमत विना गर्नु हुँदैन। श्रीमतमा नै सच्चा कमाइ छ।

वरदान:

संगमयुगको महत्त्वलाई जानेर श्रेष्ठ प्रालब्ध बनाउने, तीव्र पुरुषार्थी भव:-   

संगमयुग छोटो युग हो, यस युगमा नै बाबाको साथको अनुभव हुन्छ। संगमको समय र यो जीवन दुवै हीरातुल्य छन्। त्यसैले यति महत्त्वलाईजानेर एक सेकेन्ड पनि साथ नछोड। सेकेन्ड बित्यो भनेसेकेन्ड होइन धेरै बित्यो।यो सारा कल्पको श्रेष्ठ प्रारब्ध जम्मा गर्ने युग हो।यदि यस युगको महत्त्वलाई याद राख्यौ भने पनि तीव्र पुरुषार्थद्वारा राज्य अधिकार प्राप्त गर्न सक्छौ।

स्लोगन:

सबैलाई स्नेह र सहयोग दिनु नै विश्व सेवाधारी बन्नु हो।  



***OM SHANTI***

Google+ Followers