BK Murli 19 March 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 19 March 2017 Nepali

    २०७३ चैत्र ६ आइतबार १९-०३-२०१७ ओम् शान्ति “अव्यक्त बापदादा” रिभाइज १९-०३-२०००मधुबन

    “निर्माण र निर्मानको सन्तुलनद्वारा आशीर्वादको खाता जम्मा गर”


    आज बापदादा आफ्ना होली हेप्पी हंसहरूको सभामा आउनु भएको छ। चारैतिर होली हंसहरू देखिइरहेका छन्। होली हंसहरूको विशेषतालाई सबैले राम्रोसँग जान्दछौ। सदा होली हेप्पी हंस अर्थात् स्वच्छ र साफदिल। यस्ता होली हंस स्वच्छ र सफा दिल हुनाको कारण हर शुभ आशाहरू सहजै पूर्ण हुन्छन्। सदा तृप्त आत्मा रहन्छन्। श्रेष्ठ संकल्प गर्योत, पूर्ण भयो। मेहनत गर्नु पर्दैन। किन? बापदादालाई सबैभन्दा प्रिय, सबैभन्दा समीप साफ दिलवाला प्रिय छन्। साफदिल सदा बापदादाको दिलतख्त नशीन, सर्वश्रेष्ठ संकल्प पूर्ण हुनाको कारण वृत्तिमा, बोलीमा, सम्बन्ध सम्पर्कमा सरल र स्पष्ट एकै समान देखिन्छ। सरलताको निशानी हो– दिल, दिमाग, बोली एक समान। दिलमा एक, बोलीमा अर्को– यो सरलताको निशानी होइन। सरल स्वभाव हुनेहरू सदा निर्माणचित्त, निरहंकारी, निर-स्वार्थी हुन्छन्। होली हंसको विशेषता– सरल-चित्त, सरल वाणी, सरल वृत्ति, सरल दृष्टि। 

    बापदादा यस वर्षमा सबै बच्चाहरूमा दुई विशेषता चलन र चेहरामा देख्न चाहनुहुन्छ। सबैले सोध्छन् नि– अब अगाडि के गरौं? यस सीजनको विशेष समाप्ति पछि के गर्ने? सबैले सोच्छौ नि– अब के हुनु छ! अब के गर्नु छ! सेवाको क्षेत्रमा त यथाशक्ति मेजारिटीले धेरै राम्रो प्रगति गरेका छन्, अगाडि बढेका छन्। बापदादा यस उन्नतिको लागि बधाई पनि दिनुहुन्छ– धेरै राम्रो, धेरै राम्रो, धेरै राम्रो। साथ-साथै रिजल्टमा एउटा कुरा देखियो, के त्यो सुनाऊँ? टिचर्स सुनाऊँ? डबल विदेशी सुनाऊँ? पाण्डव सुनाऊँ? हात उठाऊ तब सुनाउँछु, नत्र सुनाउँदिनँ। (सबैले हात उठाए) धेरै राम्रो। एउटा कुरा के देखेँ? किनकि आज वतनमा बापदादाको आपसमा कुराकानी थियो, कसरी कुराकानी गर्नुहुन्छ? दुवैले कसरी एक आपसमा कुराकानी गर्नुहुन्छ? जसरी यहाँ यस दुनियाँमा तिमीहरूले मोनोएक्टिंग (एकल अभिनय) गर्छौ नि! धेरै राम्रो-राम्रो गर्छौ। तिमीहरूको साकारी दुनियाँमा त एक आत्माले दुई पार्ट बजाउँछ तर बापदादा दुई आत्माहरूको एक शरीर छ। फरक भयो नि! त्यसैले धेरै मज्जाको कुरा हुन्छ। 

    आज वतनमा बापदादाको रूहरिहान चल्यो– कुन कुरामा? तिमीहरू सबैलाई थाहा छ– ब्रह्मा बाबाको उमंग के हुन्छ? जन्दछौ नि राम्रो तरिकासँग? ब्रह्मा बाबाको उमंग थियो– चाँडो भन्दा चाँडो होस्। शिवबाबाले भन्नु भयो ब्रह्मा बाबालाई– विनाश वा परिवर्तन गर्न त एक ताली पनि होइन, चुट्की बजाउने खेल हो । तर तिमीले पहिला १०८ होइन, आधा माला त बनाएर देऊ। ब्रह्मा बाबाले के उत्तर दिनु भयो होला? बताऊ। (तयार भइरहेका छन्) ठीक छ, आधा माला पनि तयार भएको छैन? पूरा मालाको कुरा छोड, आधा माला तयार भयो? (सबै हाँसिरहेका छन्) हाँस्नु मतलब केही छ! जसले भन्छौ– आधा माला तयार छ, उसले एक हात उठाऊ। तयार भएको छ? धेरै कम छन्। जसले सम्झन्छौ– हुँदैछ, उसले हात उठाऊ। धेरै जसोले भन्छन् हुँदैछ र थोरै जसोले भन्छन् भइसक्यो। जसले हात उठायौ– तयार भएको छ, उनलाई बापदादाले भन्नुहुन्छ– तिमीले नाम लेखेर देऊ। राम्रो कुरा हो नि! बापदादाले नै हेर्नु हुन्छ अरू कसैले हेर्दैन, बन्द हुन्छ। बापदादाले हेर्नु हुन्छ– यस्ता राम्रा उम्मीदवार रत्न को को हुन्! बापदादालाई पनि लागेको छ– हुनुपर्छ। यिनीहरूसँग नाम लेऊ, यिनीहरूको फोटो निकाल। 

    ब्रह्मा बाबाले के जवाफ दिनु भयो? तिमीहरू सबैले त राम्रो-राम्रो जवाफ दियौ। ब्रह्मा बाबाले भने–केवल यति बाँकी छ, हजुरले चुट्की बजाउने बित्तिकै उनीहरू तयार हुनेछन्। राम्रो कुरा भयो नि! शिवबाबाले भन्नुभयो– सारा माला तयार छ? आधा मालाको त जवाफ मिल्यो, पूरा मालाको लागि सोधेको हुँ। त्यसमा भने थोरै समय चाहिन्छ। यो कुराकानी चल्यो। किन थोरै समय चाहिन्छ? वार्तालापमा त प्रश्न-उत्तर नै चल्छ हैन। किन थोरै समय चाहिन्छ? कुनचाहिँ विशेष कमी छ, जसकारण आधा माला पनि रोकिएको छ? चारै तिरका बच्चा हर एरिया, एरियालाई इमर्ज गर्दै जानुभयो, जस्तै तिम्रो जोन छ नि, यस्तो एक-एक जोन होइन, जोन त धेरै ठूला छन् नि। एक-एक विशेष शहरलाई इमर्ज गर्दै जानुभयो र सबैको चेहरा देख्दै जानुभयो। देख्दा-देख्दै ब्रह्मा बाबाले भन्नु भयो– एक विशेषता अब छिटो भन्दा छिटो सबै बच्चाहरूले धारणा गरे भने माला तयार हुनेछ। कुनचाहिँ विशेषता? यही भने– जति सेवामा उन्नति गरेका छन्, सर्भिस गर्दै अगाडि बढेका छन्। राम्रोसँग अगाडि बढेका छन् तर एउटा कुराको सन्तुलन कम छ। त्यो यही कुरा हो– निर्माण गर्नमा त राम्ररी अगाडि बढेका छन् तर निर्माणको साथ निर्मान– त्यो हो निर्माण र यो हो निर्मान। मात्राको अन्तर छ। तर निर्माण र निर्मान दुवैको सन्तुलनमा अन्तर छ। सेवाको उन्नतिमा निर्मानताको सट्टा कहीँ-कहीँ, कहिलेकाहीँ स्व-अभिमान पनि मिक्स हुन जान्छ। जति सेवामा अगाडि बढ्छौ, त्यति नै वृत्तिमा, दृष्टिमा, बोलीमा, चलनमा निर्मानता देखियोस्। यस सन्तुलनको अब धेरै आवश्यकता छ। अहिले सम्म जो सबै सम्बन्ध-सम्पर्क वालासँग आशीर्वाद मिल्नु पर्ने हो, त्यो मिल्दैन। पुरुषार्थ जसले जति गर्छ, राम्रो हो तर पुरुषार्थको साथ यदि आशीर्वादको खाता जम्मा छैन भने दातापनको स्टेज, रहमदिल बनेको स्टेजको अनुभूति हुँदैन। आवश्यक छ– स्व पुरुषार्थ र साथ-साथै बापदादा र परिवारको सानो-ठूलोको आशीर्वाद। यो आशीर्वाद जुन मिल्छ, यसले पुण्यको खाता जम्मा गर्छ। यो नम्बरमा जोडिन्छ। जति नै सेवा गर, आफ्नो सेवाको धुनमा अगाडि बढ्दै जाऊ, तर बापदादा सबै बच्चाहरूमा यो विशेषता देख्न चाहनुहुन्छ– सेवाको साथ-साथै निर्मानता, मिलनसार– यो पुण्यको खाता जम्मा हुनु धेरै-धेरै आवश्यक छ। फेरि नभन– मैले त धेरै सेवा गरें, मैले त यो गरें, मैले त यो गरें, मैले त यो गरें तर नम्बर पछाडि किन? त्यसैले बापदादा पहिले नै इशारा दिनुहुन्छ– वर्तमान समय यो पुण्यको खाता धेरै-धेरै जम्मा गर। यस्तो नसोच– यो त छ नै यस्तो, यो त बदलिँदैन। जब प्रकृतिलाई बदल्न सक्छौ, एडजस्ट गर्छौ नि प्रकृतिलाई! के ब्राह्मण आत्मालाई एडजस्ट गर्न सक्दैनौ? एगनेस्टलाईएडजस्ट गर– यो हो निर्माण र निर्मानको सन्तुलन। सुन्यौ! 

    लास्टमा होमवर्क त दिइन्छ नि! केही त होम वर्क मिल्छ नि! बापदादा सीजनमा आउनु हुनेछ तर... कन्डीशन राख्नुहुन्छ। हेर– साकारको पार्ट पनि चल्यो, अव्यक्त पार्ट पनि चल्यो, यति समय अव्यक्त पार्ट चल्छ भन्ने स्वप्नमा पनि थिएन। दुवै पार्ट ड्रामा अनुसार चल्यो। अब कुनै त कन्डीशन राख्नु पर्छ या पर्दैन! के राय छ? के यसरी नै चलिरहन्छ? किन? आज वतनमा प्रोग्राम पनि सोधियो। बापदादाको रूहरिहानमा यो पनि चल्यो– यो ड्रामाको पार्ट कहिले सम्म? के कुनै डेट छ? (देहरादुनको प्रेम बहिनीसँग) जन्म-पत्री सुनाऊ, कहिले सम्म? अहिले यो प्रश्न उठेको छ, कहिले सम्म? तर... भन्नेहरूको लागि ६ महिना त छ नै! ६ महिना पछि नै दोस्रो सीजन सुरु हुन्छ। बापदादा रिजल्ट देख्न चाहनुहुन्छ। दिल साफ, दिलमा कुनै पनि पुरानो संस्कारको, अभिमान अपमानको महसुसताको दाग नहोस्। 

    बापदादाको पासमा पनि दिलको चित्र निकाल्ने मेशीनरी छ। यहाँ एक्सरेमा यो स्थूल दिल देखिन्छ नि। वतनमा दिलको चित्र धेरै स्पष्ट देखिन्छ। धेरै प्रकारका साना-ठूला दाग स्पष्ट देखिन्छ। 

    आज होली मनाउन आएका हौ नि! लास्ट टर्न हुनाको कारण पहिला होमवर्क बताइदिएँ तर होलीको अर्थ अरूलाई पनि सुनाउँछौ– होली मनाउनु अर्थात् बीती सो बीती गर्नु। होली मनाउनु अर्थात् दिलमा कुनै पनि सानो ठूलो दाग नरहनु, बिल्कुल साफ दिल, सर्व प्राप्ति सम्पन्न। बापदादाले पहिला पनि सुनाउनु भयो– बापदादाको बच्चाहरूसँग प्यार हुनाको कारण एउटा कुरा राम्रो लाग्दैन। त्यो हो– मेहनत धेरै गर्छन्। यदि दिल साफ छभने मेहनत हुँदैन। दिलाराम दिलमा भइरहनु हुन्छ र तिमी दिलारामको दिलमा समाहित हुन्छौ। दिलमा बाबा समाहित हुनुहुन्छ। कुनै पनि रूपको माया, चाहे सूक्ष्म रूप होस्, चाहे रोयल रूप होस्, चाहे मोटो रूप होस्, कुनै पनि रूपबाट माया आउन सक्दैन। स्वप्न मात्र, संकल्प मात्र पनि माया आउन सक्दैन। मेहनत मुक्त हुन्छौ नि! बापदादा मनसामा पनि मेहनत मुक्त देख्न चाहनु हुन्छ। मेहनत मुक्तले नै जीवनमुक्तको अनुभव गर्न सक्छन्। होली मनाउनु अर्थात् मेहनत मुक्त, जीवनमुक्त अनुभूतिमा रहनु। अब बापदादा मनसा शक्तिद्वारा सेवालाई शक्तिशाली बनाउन चाहनुहुन्छ। वाणीद्वारा सेवा चलिरहेको छ, चलिरहने छ, तर यसमा समय लाग्छ। समय कम छ, सेवा अझै पनि धेरै छ। रिजल्ट तिमीहरू सबैले सुनायौ। अहिले सम्म १०८ को माला पनि निकाल्न सक्दैनौ। १६ हजार, ९ लाख– यो त धेरै टाढा भयो। यसको लागि फास्ट विधि चाहिन्छ। पहिला आफ्नो मनसालाई श्रेष्ठ, स्वच्छ बनाऊ, एक सेकेण्ड पनि व्यर्थ नजाओस्। अहिले सम्म मेजारिटीको व्यर्थ संकल्पको प्रतिशत रहेको छ। अशुद्ध होइन तर वेस्ट छन्। त्यसैले मनसा सेवा फास्ट गतिले हुन सक्दैन। अब होली मनाउनु अर्थात् मनसालाई व्यर्थबाट पनि होली बनाउनु। 

    होली मनायौ? मनाउनु अर्थात् बनाउनु। दुनियाँ वाला त भिन्न-भिन्न रंगहरूबाट होली मनाउँछन् तर बापदादा सबै बच्चाहरूको माथि दिव्य गुणहरूको, दिव्य शक्तिहरूको, ज्ञान गुलाबको रंग छ्‌यापिरहनु भएको छ। 

    आज वतनमा अरू पनि समाचार थियो। एक त सुनाएँ– रूहरिहानको। अर्को यो थियो– जति पनि तिम्रो राम्रा-राम्रा सेवा साथी एडभान्स पार्टीमा गएका छन्, उनीहरूको आज वतनमा होली मनाउने दिन थियो। तिमीहरू सबैलाई पनि कुनै अवसर आउँदा याद त आउँछ नि। आफ्नो दादीहरूको, साथीहरूको, पाण्डवहरूको याद त आउँछ नि! धेरै ठूलो ग्रुप भएको छ, एडभान्स पार्टीको। यदि नाम निकाल्यौ भने धेरै छन्। वतनमा आज सबै प्रकारकाआत्माहरू होली मनाउन आएका थिए। सबै आ-आफ्नो पुरुषार्थको प्रारब्ध प्रमाण भिन्न-भिन्न पार्ट बजाइरहेका छन्। एडभान्स पार्टीको पार्ट अहिले सम्म गुप्त छ। तिमीले सोच्छौ नि– के गरिरहेका छन्? उनीहरूले तिमीहरूको आह्वान गरिरहेका छन्– सम्पूर्ण बनेर दिव्य जन्मद्वारा नयाँ सृष्टिको निमित्त बन। सबै आफ्नो पार्टमा खुशी छन्। यो स्मृति छैन– हामी संगमयुग देखि आएका छौं। दिव्यता छ, पवित्रता छ, परमात्मा लगन छ, तर ज्ञान क्लीयर इमर्ज छैन। न्यारापन छ, तर यदि ज्ञान इमर्ज भए त सबै भागी भागी मधुबनमा आउने थिए नि! तर यिनीहरूको पार्ट न्यारा छ, ज्ञानको शक्ति छ। शक्ति कम भएको छैन। निरन्तर मर्यादा पूर्वक घरको वातावरण, आमा बुवाको सन्तुष्टता र स्थूल साधन पनि सबै प्राप्त छ। मर्यादामा धेरै पक्का छन्। नम्बरवार त छन् तर विशेष आत्माहरू पक्का छन्। महसूस गर्छन्– हाम्रो पूर्व जन्म र पुनर्जन्म महान रहेको छ र रहनेछ। अनुहार पनि सबैको मेजारिटी एक रोयल फेमिलीको रूपमा तृप्त आत्माहरू, भरपूर आत्माहरू, हर्षित आत्माहरू र दिव्य गुण सम्पन्न आत्माहरू देखिन्छन्। यो त भयो उनीहरूको इतिहास, तर वतनमा के भयो? होली कसरी मनाइयो? तिमीहरूले देखेका छौ– होलीमा भिन्न-भिन्न रंगहरूको, सुख्खा रंग, थाली भरेर राख्छन्। वतनमा पनि जस्तो सुख्खा रंग हुन्छ नि,यसैगरी धेरै महीन चम्किला हीरा थिए तर बोझ वाला थिएनन्, जसरी रंगलाई हातमा उठायौ भने हल्का हुन्छ नि! यस्तै भिन्न-भिन्न रंगको हीराको थालीहरू भरिएका थिए। जब सबै आएपछि वतनमा स्वरूप कस्तो हुन्छ, जान्दछौ? लाइटको नै हुन्छ नि! देखेका छौ हैन! लाइटको प्रकाशमय काया त पहिला नै चम्किइरहन्छ। बापदादाले सबैलाई आफ्नो संगमयुगी शरीरमा इमर्ज गर्नुभयो। जब संगमयुगी शरीरमा इमर्ज भए अनि एक अर्कासँग मिलन मनाउन थाले। एडभान्स पार्टीको जन्मको कुरा बिर्से र संगमको कुरा इमर्ज भयो। तिमीले बुझेका छौ– संगमयुगका कुरा एक अर्कासँग गर्दा कति खुशी हुन्छ। धेरै खुशीले एक अर्कासँग लेन-देन गरिरहेका थिए। बापदादाले पनि हेर्नु भयो– यी बडो मौजमा छन् त्यसैले यिनीहरूलाई मिल्न दिऊँ। आपसमा आफ्नो जीवनको धेरै कहानीहरू एक अर्कोलाई सुनाइरहेका थिए, बाबाले यस्तो भन्नु भयो, बाबाले यसरी मसँग प्यार गर्नु भयो, शिक्षा दिनु भयो। बाबाले यस्तो भन्नुहुन्छ, बाबा-बाबा, बाबा-बाबा नै थियो। केही समय पछि के भयो? सबैको संस्कारको बारेमा त तिमीहरूलाई थाहा छ। सबैभन्दा रमणिक को थियो यस ग्रुपमा? (दिदी र चन्द्रमणी दादी) दिदी पहिला उठिन्। चन्द्रमणि दादीको हात पक्रिन् र रास सुरु गरिन्। दिदी जसरी यहाँ नशामा रहने गर्थिन्, त्यसैगरी नशामा खुब रास गरे। मम्मालाई बीचमा राखे र सर्कल बनाए, एक आपसमा लुकामारी गरे, धेरै खेले। बापदादा पनि हेरेर मुस्कुराउनु भएको थियो। होली मनाउन आएका त खेले पनि । केही समय पछि सबै बापदादाको बाहुमा समाहित भए र सबै एकदम लवलीन भए। त्यसपछि फेरि बापदादाले सबैमाथि भिन्न-भिन्न रंगका जुन हीरा थियो, धेरै महीन थिए। जसरी कुनै चीजको बाला हुन्छ नि, त्यस्तै थियो। तर चमक धेरै थियो, बापदादाले सबै माथि राख्नु भयो। चम्किलो शरीर थियो नि, त्यसैले त्यसमाथि त्यो भिन्न-भिन्न रंगको हीरा पर्नाले धेरैजसो सजिए। रातो, पहेँलो, हरियो... जुन सात रंग भनिन्छ। सात वटै रंग थिए। सबैजसो यसरी चम्के, जुन सत्ययुगमा पनि यस्तो ड्रेस हुँदैन। सबै मौजमा त थिए नै। फेरि एक अर्कोलाई पनि लगाउन थाले। रमणिक बहिनीहरू पनि धेरै थिए नि। धेरै-धेरै मौज मनाए। मौज गरेपछि के हुन्छ? बापदादाले पहिला नै सबैलाई भोग खुवाउनु भयो, तिमीहरूले त भोलि भोग लगाउँछौ नि तर बापदादा ले मधुबनको, संगमयुगको भिन्न-भिन्न भोग सबैलाई खुवाउनु भयो र त्यसमा विशेष होलीको भोग कुनचाहिँ हो? (गेवर-जलेबी) तिमीहरूले गुलाबको फूल पनि तल्छौ नि। भेराइटी संगमयुगको नै भोग खुवाइयो। तिमीहरूले भन्दा पहिला भोग उनीहरूले लिए, तिमीहरूलाई भोलि मिल्नेछ। अच्छा। 

    मतलब धेरै मनाए, नाँचे, गाए। सबैले मिलेर वाह बाबा, मेरा बाबा, मीठा बाबाको गीत गाए। नाँच्नु, गाउनु, खानु र लास्टमा के हुन्छ? बधाई र विदाई। तिमीहरूले पनि मनायौ या केवल सुन्यौ? तर पहिला अब फरिश्ता बनेर प्रकाशमय शरीरधारी बन। बन्न सक्छौ या सक्दैनौ? मोटो शरीर छ? सेकेण्डमा चम्किलो डबल लाइटको स्वरूप बन। बन्न सक्छौ? बिल्कुल फरिश्ता (बापदादाले सबैलाई ड्रिल गराउनु भयो) 

    अब आफूमाथि भिन्न-भिन्न रंगहरूको चम्किलो हीरा सूक्ष्म शरीरमा पठाऊअनि सदा यस्तो दिव्य गुणहरूको रंग, शक्तिहरूको रंग, ज्ञानको रंगले स्वयंलाई रंगाउँदै गर। सबैभन्दा विशेष रंग बापदादाको सँगको रंगमा सदा रंगिइराख। यस्तो अमर भव। अच्छा! 

    यस्ता देश-विदेशका फरिश्ता स्वरूप बच्चाहरूलाई, सदा साफदिल, प्राप्ति सम्पन्न बच्चाहरूलाई, सच्चा होली मनाउनु अर्थात् अर्थ सहित चित्र प्रत्यक्ष रूपमा ल्याउने बच्चाहरूलाई, सदा निर्माण र निर्मानको सन्तुलन राख्ने बच्चाहरूलाई, सदा आशीर्वादद्वारा पुण्यको खाता जम्मा गर्ने बच्चाहरूलाई धेरै-धेरै पदमगुणा याद-प्यार एवं नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    वरदान:

    सबै चिन्ता बाबालाई दिएर निश्चिन्त स्थितिको अनुभव गर्ने, परमात्म प्रिय भव:-  

    जो बच्चा परमात्म प्रिय छन्, उनीहरू सदा दिलतख्तमा रहन्छन्। कसैको हिम्मत हुँदैन, जसले दिलारामको दिलबाट उनलाई अलग गर्न सकून्। त्यसैले तिमीले दुनियाँको अगाडि नशाले भन्छौ– हामी परमात्म प्रिय बन्यौं। यसैनशामा रहनाको कारण सबै फिक्रहरू देखि फारिग (मुक्त) छौ। तिमीले कहिल्यै गल्तीले पनि भन्न सक्दैनौ– आज मेरो मन थोरै उदास छ, मेरो मन लाग्दैन..., यो बोली नै व्यर्थ बोली हो। मेरो भन्नु अर्थात् मुश्किलमा पर्नु।

    स्लोगन:

    कुनै पनि प्रकारको हलचललाई समाप्त गर्ने साधन हो– ड्रामामा अटल निश्चय।  



    ***OM SHANTI***