BK Murli 2 March 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 2 March 2017 Nepali

    २०७३ फाल्गुन १९ बिहीबार २-०३-२०१७ प्रातः मुरली ओम् शान्ति “बापदादा” मधुबन

    “मीठे बच्चे– तिमीलाई यस्तो बाबा मिलेको छ, जो बाबा टिचर सतगुरु तीनै एक हुनुहुन्छ। त्यसैले अब भड्किन छोडेर सच्चा-सच्चा कमाईमा लाग।”  

    प्रश्न:

    नयाँ दुनियाँमा राज्य गर्न लायक को बन्छन्? कुन बच्चाको हर कदममा कमाई जम्मा हुन्छ?

    उत्तर:

    जसले अहिले सर्वशक्तिमान् बाबासँग सर्वशक्तिहरू प्राप्त गर्छन्। तिमी बच्चाहरू रूहानी योद्धा हौ। बाबाको मतमा आफ्नो राजधानी स्थापना गरिरहेका छौ। बाबाले तिमीलाई श्रीमत दिनुहुन्छ– योगबलद्वारा तिमी विजय प्राप्त गर।जसले हर कर्म श्रीमतमा गर्छन्, उनको हर कदममा कमाई नै कमाई है। यादमा रहनु पनि कमाई, सेवा गर्नु पनि कमाई, यज्ञ सेवा गर्नु पनि कमाई।

    गीत:–

    ओम् नमो शिवाए....

    ओम् शान्ति।

    अहिले तिमी बच्चाहरूलाई यो थाहा भएको छ– एक हुन्छ लौकिक पिता, अर्को हुन्छ पारलौकिक पिता। कुनै पनि दु:ख पर्दा पारलौकिक माता-पितालाई याद गरिन्छ। कसैले केवल परमात्मालाई याद गर्छन्, कसैले भन्छन्– तिमी माता-पिता.... चाहे कसैले मातालाई याद गरून् या नगरून्, तर जब गड फादर भनिन्छ भने माता अवश्य हुनुहुन्छ नै। बच्चाहरू माता विना त पैदा हुन सक्दैन। त्यसैले पारलौकिक माता-पिता हुनुहुन्छ, जसलाई याद गरिन्छ। अवश्य उहाँले केही सुख दिएर जानु भएको थियो। याद आउँछ विश्व सुखधाम थियो, स्वर्ग थियो। लौकिक माता-पिताबाट दु:ख मिल्छ, त्यसैले त पारलौकिकलाई याद गरिन्छ किनकि उहाँबाट धेरै सुख मिल्छ। नर्कमा छन्, त्यसैले याद गर्छन्– फेरि स्वर्गमा गएर अपार सुख पाऊँ भनेर। गुरुहरूले त भन्छन्– जप-तप-भक्ति आदि गर। बाबाले त यस्तो मत दिनुहुन्न। लौकिक पिताले त भन्छन् पढ्नको लागि टिचरको पास जाऊ, फेरि वानप्रस्थ अवस्था भएपछि भन्छन् गुरुको पास जाऊ। बाबाले त तिमीलाई यस्तो भन्नुहुन्न। हेर, लौकिक र पारलौकिकमा कति फरक छ। उनले कति भड्काउँछन्, यहाँ त भन्नुहुन्छ– म तिम्रो बाबा पनि हुँ, टिचर पनि हुँ, गुरु पनि हुँ, अब फेरि तिमीलाई भड्काऊँ कसरी? यहाँ त तीनवटै स्वयं हुनुहुन्छ, त्यसैले उहाँलाई सबैले याद गर्छन्। मनुष्य त भक्ति मार्गमा धेरै धक्का खान्छन्। ज्ञान मार्गमा धक्का खाने कुरा नै छैन। यो भक्ति र ज्ञान, दु:ख र सुखको खेल बनेको छ, जुन बच्चाहरूलाई सम्झाउनु हुन्छ। हदको टिचरले हदको पढाइ पढाउनुहुन्छ। म बेहदको टिचरले तिमीलाई बेहदको पढाइ पढाउँछु। तिमीलाई थाहा छ– यो हो मृत्युलोक। त्यो जुन पढाइ पढाउँछन्, पुरानो दुनियाँको लागि र हामी जे जति पढ्छौं, नयाँ दुनियाँको लागि। यो दुनियाँ दिन प्रतिदिन पुरानो हुँदैछ, यसमा सुख कहिल्यै पनि मिल्दैन। सुख र दु:ख, यो खेल कसरी बनेको छ– यो बाबाले नै सम्झाउनु हुन्छ। बाबा आत्माहरूसँग कुरा गर्नुहुन्छ– प्यारा बच्चाहरू! तिमी नै सुखमा थियौ, फेरि जब रावणको प्रवेशता हुन्छ अनि बिस्तारै-बिस्तारै दु:ख सुरु हुन्छ। फेरि कल्पको संगममा आएर तिमीलाई सुखमा लैजान्छु। अहिले तिम्रो बुद्धिको ताला खुलेको छ। जुन तिमीलाई थाहा छ, यी सबै कुरा यथार्थ हुन्, यो बाबा सिवाए कसैले सुनाउन सक्दैन। बाबा नै आएर तिमी बच्चाहरूलाई सुख दिनुहुन्छ। अहिले तिमीलाई थाहा छ– आत्मा अविनाशी हो। यो शरीर त बदल्नु पर्छ। परमात्मा पनि परम आत्मा हुनुहुन्छ, उहाँको नाम शिव हो, जो सबै मनुष्य मात्र छन्, उनीहरूको रचयिता हुनुहुन्छ। यहाँ सबै छन् हदको रचयिता। बाबा हुनुहुन्छ बेहदको रचयिता। 

    सत्ययुग देखि लिएर कलियुग सम्म तिमीलाई जति पिता मिले, ती हुन् हदका। सत्ययुगमा तिम्रो प्रारब्ध हुन्छ। वहाँ तिमीलाई एक पिता र एक बच्चा मिल्छ। कलियुगमा एक पिताका ८-१० बच्चाहरू पनि हुन्छन्। प्रजापिता ब्रह्माका हेर कति धेरै बच्चाहरू छन्। तर यो हो मुख वंशावली, जसबाट बी.के. बन्छन्, फेरि सत्ययुगमा गएर देवता बन्छन्। ती लौकिक बाबा, टिचर, गुरु सबैले हदको कुरा सुनाउँछन्। यहाँ पारलौकिक बाबाले बेहदको कुरा सुनाउनुहुन्छ। नयाँ कुरा बाबाले बच्चाहरूको अगाडि नै बोल्नुहुन्छ। घरमा रहेर पनि तिमीले यो नयाँ शिक्षा प्राप्त गर। यो भगवान्‌को पाठशाला हो। यो हो श्रीमद् भगवत गीता पाठशाला अथवा ज्ञानको गीत, जुन तिमीहरूले नै सुन्छौ। ज्ञानका सागर बाबा नै आएर तिमीलाई ज्ञान-ज्ञानेश्वरी बनाउनुहुन्छ। मम्मालाई भनिन्छ ज्ञान-ज्ञानेश्वरी। मानव वंशावली सुरु हुन्छ। पहिलो हुन् प्रजापिता ब्रह्मा फेरि हुन् जगत अम्बा। पहिला सुरुमा ब्राह्मण रचिन्छ फेरि हुन्छन् देवता, क्षत्रिय, वैश्य, शूद्र। जगत अम्बाको पनि ठूलो पद छ। तर उनलाई कसैले चिनेकै छैनन्। अनगिन्ती देवीहरूको चित्र बनाइदिएका छन्। वास्तवमा ८-१० भुजावाला कुनै मनुष्य हुँदैन। विष्णुका ४ हात देखाउँछन्, तर ४ खुट्टा देखाउँदैनन्। यो सबै हो गुडियाको खेल। कलकत्तामा धेरै देवीहरू बनाउँछन्, धेरै खर्च गर्छन्। खुवाएर-पियाएर फेरि लगेर डुबाउँछन्, यो सबै हो भक्ति मार्ग। तिमीलाई थाहा छ– हामी नै देवी-देवता थियौं, फेरि असुर बन्यौं, फेरि बाबा आएर देवी-देवता बनाउनुहुन्छ। अहिले यो भ्रष्टाचारी दुनियाँ हो। सरकारले पनि भन्छ, तर सीधा सोध– तपाई पतित हुनुहुन्छ? आफूलाई मान्दैनन्। अरे तिमीले पतित-पावनलाई बोलाउँछौ, सबैले बोलाउँछन् यथा राजा-रानी तथा प्रजा। संन्यासी पवित्र बन्छन्, यो पनि ड्रामामा निश्चित छ। भारत जस्तो पवित्र खण्ड कुनै हुँदैन। त्यसैले यसलाई भनिन्छ सचखण्ड, फेरि यही झूठखण्ड बन्छ। यसलाई पावन बनाउन बाबा भारतमा नै आउनुहुन्छ। भारतमा नै शिवको अवतरण हुन्छ। सोमनाथको मन्दिर कति भव्य बनाएका छन्। हिन्दुहरूले नै बनाएका हुन्, जसलाई बाबाले यति धनवान बनाउनु भएको थियो। बाबा त यहाँ पतित दुनियाँ र पतित शरीरमा आउनुहुन्छ, पावन बनाउन। तर कति बच्चाहरूले चिनेकै छैनन् किनकि साधारण हुनुहुन्छ। भक्ति मार्गमा तिम्रो पासमा पैसा धेरै हुन्छ, त्यसैले तिमीले हीरा जुहारतको मन्दिर बनाउँछौ। सत्ययुगमा त अनगिन्ती पैसा हुन्छ। वहाँ पैसाको गन्ती हुँदैन, प्रशस्त धन रहन्छ। बाबा, जसले धनवान बनाउनुहुन्छ, उहाँको कति ठूलो यादगार बनाउँछन्। जो पहिले लक्ष्मी-नारायण थिए, उनैले ८४ जन्म भोग्छन्। नम्बरवनमा उनीहरू गिर्छन्, भक्त बन्छन्। जसले बनायो, उहाँको नै यादगार बनाउँछन्। लक्ष्मी-नारायण विकर्माजीत बने, फेरि उनै विकर्मी बन्छन्। उनीहरूको कर्तव्य हो– पहिला जसले यस्तो बनाउनुभयो, उहाँको पूजा गर्नु। सोमनाथको मन्दिर कति फस्टक्लास थियो– जसले लुट्यो, ऊ त मरिसक्यो। बाँकी निशानी रहेका छन्। अब तिमीलाई थाहा छ– हामी नै पूज्य बनिरहेका छौं, फेरि पुजारी बन्नेछौं फेरि मन्दिर बनाउन सुरु गर्नेछौं। केवल एक मन्दिर त हुँदैन। राजाहरूले आफ्नो घरमा पनि मन्दिर बनाउँछन्, जस्तै घरमा गुरुद्वारे बनाउँछन्। पहिलो नम्बर जसले गुरुद्वारे बनायो, फेरि भक्ति मार्गमा सुरु हुन्छ। पहिले अव्यभिचारी भक्ति गर्छन् फेरि व्यभिचारी। आजकल त मनुष्यले आफ्नो पनि पूजा गराउँछन्, यसलाई भनिन्छ भूत पूजा। भूत पूजा पनि दुनियाँमा अथाह छन्, जे आयो सो चित्र बनाइ रहन्छन्। भक्ति मार्ग हो नि। अहिले तिम्रो बुद्धिमा सारा ज्ञान छ। बाबा संगममा एकै पटक आएर ज्ञान दिनुहुन्छ। शास्त्रहरूमा त अनेक अवतार लेखिदिएका छन्। अवतार एक हुन्छ। अवतरित त आत्मा पनि हुन्छ तर अवतार मनुष्यलाई भनिदैन। अवतार एकै निराकार बाबा हुनुहुन्छ, जसलाई सारा दुनियाँले बोलाउँछ। फादर त एकै हुनुहुन्छ नि, जो परमधाममा रहनुहुन्छ। मदर पनि अवश्य चाहिन्छ। के मदर पनि परमधाममा रहनुहुन्छ? होइन। मदर फादरको प्रश्न यहाँ हुन्छ। फादरले यहाँ पैदा गर्छन्, त्यसैले बेहदको बाबालाई याद गर्छन्– बाबा आएर स्वर्गको रचना गर्नुहोस्, उहाँलाई भनिन्छ हेभनली गड फादर। अहिले त कति दु:ख, लडाई, काटमार छ। त्यसैले बोलाउँछन्– हे गड फादर दया गर्नुहोस्। हे पतित-पावन आउनुहोस्। हामी सबै दु:खी पतित छौं। हे बाबा फेरि आएर स्वर्ग, श्रेष्ठाचारी बनाउनु होस्। तिमीहरू सबै भ्रष्टाचारी थियौ, अब श्रेष्ठाचारी बनिरहेका छौ। भ्रष्टाचारीलाई श्रेष्ठाचारी बनाउने एक बाबाको नै काम हो। जो विश्व पिता हुनुहुन्छ, उहाँले जान्नुहुन्छ– सबै बच्चाहरू यस समय अनाथ बनेका छन्। उनीहरूलाई सनाथ, श्रेष्ठाचारी बनाउनु छ। १०-२० मनुष्यहरूलाई मात्रै त श्रेष्ठाचारी बनाउनुहुन्न। दुनियाँ श्रेष्ठाचारी थियो, त्यतिबेला दैवी सरकार थियो। अहिले रावणको राज्य छ, त्यसैले ५ विकारको प्रवेशता छ। भगवानुवाच, एक निराकारलाई नै भगवान् भनिन्छ। एक गीतालाई खण्डन गर्नाले सबै शास्त्र खण्डन हुन्छन्। बाबा भन्नुहुन्छ– मैले तिमीलाई जब राजयोग सिकाएको थिएँ, त्यसपछि विश्व स्वर्ग बनेको थियो। गीता मैले सुनाएको थिएँ। कृष्णलाई सारा दुनियाँको भगवान् भन्न सकिँदैन। हामी आत्माहरूका पिता त निराकार भगवान् हुनुहुन्छ। बाँकी यो कसरी भनियो– गीताका भगवान् श्रीकृष्ण हुनुहुन्छ! भन्छन् व्यासले लेखेका हुन्। तर बाबा भन्नुहुन्छ– नयाँ विश्वको रचयिता ज्ञानका सागर, पतित-पावन म हुँ। मलाई नै सबै आत्माहरूले पुकार्छन्– हे पतित-पावन परमात्मा आउनुहोस्, आएर हामीलाई पावन बनाउनुहोस्। निराकार बाबाले नै ब्रह्माद्वारा पावन दुनियाँको स्थापना, पतित दुनियाँको विनाश गराउनुहुन्छ। फेरि जो पवित्र बन्छन्, उनैले राज्य-भाग्य प्राप्त गर्छन्। तिमी हौ शिव शक्ति सेना, जगत अम्बा निमित्त बनेकी छन्। उनले पनि शिवबाबासँग योग लगाएर शक्ति लिइरहेकी छिन्, रावणमाथि विजय प्राप्त गर्न। भारतमा नै रावण राज्य हुन्छ, भारतमा नै रावणलाई जलाउँछन्। भारत श्रेष्ठाचारी थियो, कलियुगमा भारत भ्रष्टाचारी छ। यहाँ नै खेल हुन्छ– भ्रष्टाचारीबाट श्रेष्ठाचारी र श्रेष्ठाचारीबाट भ्रष्टाचारी। यो चक्र कसरी घुम्छ, यो बुझ्नु पर्ने हुन्छ। 

    तिमी बच्चाहरूलाई थाहा छ– हामीले सबैथोक गर्दै विश्वलाई स्वर्ग बनाइरहेका छौं, बाबाको श्रीमतमा। तिमी हौ रूहानी योद्धा, योगबल वाला। सर्वशक्तिमान् बाबाको मतमा आफ्नो राजधानी स्थापना गरिरहेका छौ। बाबाले मत दिनुहुन्छ– योगबलद्वारा तिमीले विजय पाउन सक्छौ। योगमा रहनु– यो पनि कमाई हो। यज्ञ सेवा गर्नु, यो पनि कमाई हो। अरू सबै चलिरहेका छन् मनुष्यहरूको मतमा र तिमी चलिरहेका छौ सर्वशक्तिमान् बाबाको मतमा। अरू कसैले विश्व माथि जित प्राप्त गर्न सक्दैन। ड्रामामा उनको पार्ट नै छैन, विश्वमा राज्य गर्ने। कति महान् र साधारण कुरा छन्। प्रदर्शनीद्वारा अहिलेसम्म यति बुझ्दैनन् तापनि प्रजा निस्किरहन्छन्। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) हर कर्म श्रीमत अनुसार गर्नुपर्छ। यादमा रहेर यज्ञ सेवा गरेर आफ्नो कमाई जम्मा गर।

    २) भड्किन छोडेर भविष्य नयाँ दुनियाँको लागि पढाइ पढ। ज्ञानलाई धारण गरेर ज्ञान-ज्ञानेश्वर, ज्ञान-ज्ञानेश्वरी बन।

    वरदान:

    रूहानी समाजसेवी बनेर हलचलको समयमा परिस्थितिलाई पार गर्न हिम्मत दिनेवाला सच्चा सेवाधारी भव:-  

    अब समय प्रति समय विश्वमा हलचल बढ्नु नै छ। अशान्ति वा हिंसाको समाचार सुनेर पनि तिमी रूहानी समाजसेवी बच्चाहरूले विशेष अलर्ट बनेर आफ्नो शक्तिशाली भाइब्रेशनद्वारा सबैमा शान्तिको, सहन शक्तिको हिम्मत भर्नु छ, लाइट हाउस बनेर सबैलाई शान्तिको लाइट दिनु छ। यो कर्तव्य अब तीव्रगतिले गर, जसबाट आत्माहरूलाई रूहानी राहत मिलोस्। जलिरहेका आत्माहरूले दु:खको अग्निमा शीतल जल भरिएको अनुभव गरून्।

    स्लोगन:

    सबैको मान प्राप्त गर्नु छ भने निर्मानचित बन।   



    ***OM SHANTI***