BK Murli 20 March 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 20 March 2017 Nepali

    २०७३ चैत्र ०७ सोमबार २०-०३-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– तिमीले आफ्नो तकदिर हीरा जस्तो बनाउनु पर्छ, पुरुषार्थ गरेर बाबासँग स्वर्गको पूरा-पूरा वर्सा लेऊ।”  

    प्रश्न:

    कुनचाहिँ रहस्य बुद्धिमा यदि युक्तियुक्त बस्यो भने अपार खुशी रहन्छ?

    उत्तर:

    ड्रामाको। यस ड्रामामा हरेक कलाकारलाई अविनाशी पार्ट मिलेको छ, जो खेल्नै पर्छ। कसैको पनि पार्ट मेटिँदैन। बनिबनाउ बनिरहेको छ... यसमा हेर-फेर पनि हुन सक्दैन। कल्प पूरा भएपछि फेरि त्यही पार्ट सेकेण्ड बाई सेकेण्ड दोहोरिन्छ। यो धेरै गहन रहस्य हो, जुन युक्तियुक्त बुद्धिमा बस्यो भने खुशी रहन्छ। नत्र अलमलिन्छन्। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! अलमलमा नपर। बाबामा निश्चय राखेर पूरा वर्सा लिने पुरुषार्थ गर।

    गीत:–

    तुम्हें पाके हमने...

    ओम् शान्ति।

    मीठा-प्यारा ईश्वरीय बच्चाहरूले गीत सुन्यौ। ड्रामा अनुसार समझमा आउँछ– तिमी अहिले बनेका छौ ईश्वरको बच्चा। ईश्वरसँग तिमी स्वर्गको मालिक बन्न आएका छौ अथवा स्वराज्य लिन आएका छौ। नर्कका मनुष्यले त यो जानेकै छैनन्– स्वर्ग के हुन्छ! तिमीलाई त थाहा छ– बाबाले स्वर्गको स्थापना गर्नुहुन्छ। रावणले फेरि नर्कको स्थापना गर्छ। यो पनि कसैलाई थाहा छैन। तिमीलाई थाहा छ– हामी बाबासँग स्वर्गको राजाइँ लिइरहेका छौं। कुनै मनुष्य मर्योो भने भन्छन् स्वर्ग गयो। मतलब आफूलाई भन्छन्– हामी नर्कमा छौं। त्यसैले सबै नर्कको मालिक हुन्। यो बिल्कुल सहज कुरा हो, अलमलिने आवश्यकता छैन। तिम्रो तकदिर अब हीरा जस्तो बनिरहेको छ। हीरा जस्तो तकदिर बाबा सिवाय कसैले बनाउन सक्दैन। तिमीलाई थाहा छ– बाबासँग हामीले स्वर्गको वर्सा लिइरहेका छौं। नर्क कति समय चल्छ, कसैलाई सम्झायौ भने भन्छन्– सत्ययुग त लाखौं वर्ष भयो। तिमी हौ भगवान्‌का विद्यार्थी। गड फादरद्वारा स्वर्गको वर्सा प्राप्त गरिरहेका छौ। फेरि बाबालाई बिर्सिन्छौ किन– यो बाबालाई समझमा आउँदैन । तुफान त धेरै आउँछन्। के विना मेहनत तिमी स्वर्गको मालिक बन्छौ? कुनै मर्यो् भने भन्छन् स्वर्गवासी भयो। फेरि किन रुन्छन्? त्यसो भए त ताली बजाउनु पर्छ, खुशी मनाउनु पर्छ! यदि स्वर्गमा जान यति सहज छ भने फेरि त सबैलाई गोली दिए स्वर्गमा पुगिहाल्छन्। फेरि यहाँ दु:खमा रहने आवश्यकता नै के परेको छ। दु:खमा मनुष्य जहर खाएर पनि मर्छन्। सिपाही कति मर्छन्। एक अर्कालाई पनि मार्छन्। बाबा भन्नुहुन्छ– सबैलाई सम्झाऊ जबकि स्वर्ग गयो भने फेरि तपाई किन रुनुहुन्छ? वास्तवमा न कोही स्वर्गमा जान सक्छ, न फर्केर निर्वाणधाममा जान सक्छ। अब तिमीलाई स्वर्गमा जाने उपाय बाबाले नै बताउनु हुन्छ। स्वर्गको रचयिताले जब स्वर्ग रच्नुहुन्छ अनि स्वर्गमा कोही जान सक्छ नि। अहिले स्वर्गको रचयिता बाबा आउनु भएको छ। यो पनि तिमी बच्चाहरूलाई नै थाहा छ। जब रावण राज्य सुरु हुन्छ अनि देवी देवताहरू वाम मार्गमा जान्छन्। त्यस समय देखि विकार सुरु हुन्छ। रावण राज्य कहिले सुरु हुन्छ, त्यसको कुनै खास दिन छैन। तिमी बच्चाहरूले यो कहाँ भन्न सक्छौ र– बाबाले कहिले यिनमा प्रवेश गर्नुभयो? जब साक्षात्कार भयो, तब आउनु भयो वा कहिले? साक्षात्कार त भक्ति मार्गमा पनि यसैगरी हुन्छन्। थाहा हुँदैन– बाबा कुन समय आउनु भयो? कृष्णको आउने घडी देखाउँछन्। शिवबाबाको घडी आदि केही हुँदैन। बाबा त मालिक हुनुहुन्छ। कहिले आउनु हुन्छ, थाहा नै हुँदैन। यो मुरलीबाट बुझिन्छ। 

    बाबा सम्झाउनु हुन्छ– म कालको पनि काल हुँ, मैले सबैलाई वापस लिएर गएको थिएँ। सत्ययुगमा त थोरै थिए, कलियुगमा कति धेरै मनुष्य छन्। सबै आत्माहरू फर्केर जानु छ। अवश्य पण्डा चाहिन्छ, लिएर जानेवाला। म रूहानी पण्डा बनेर आएको छु, तिमीलाई लैजान्छु। नयाँ दुनियाँको लागि तिमीलाई पढाइरहेको छु। नर्क, स्वर्ग के हो, कति समय चल्छ, कहिले सुरु हुन्छ? कुनै पनि संन्यासी आदिले जानेका छैनन्। रचयिता पनि एक हुनुहुन्छ, सृष्टि पनि एउटै छ। शास्त्रहरूमा त आताल-पाताल आदि धेरै सृष्टि बनाइदिएका छन्, जसलाई खोजिरहन्छन्। सम्झन्छन्– एक-एक तारामा दुनियाँ छ। बाबा भन्नुहुन्छ– म फेरि तिमीलाई गीताको ज्ञान सुनाउँछु। क्राइस्ट फेरि आफ्नो समयमा आउनु छ। ड्रामा एकै हो। सत्ययुगमा देवी-देवताको राज्य सिवाय अरू कसैको हुँदैन। अहिले तिमीलाई थाहा छ– हामी बाबाबाट वर्सा लिन आएका छौं। याद गर्छन् नै हे पतित-पावन आउनुहोस् भनेर। अवश्य संगममा नै आउनु पर्ने हुन्छ। अहिले तिमीलाई थाहा छ– हामी यहाँ किन आएका हौं? के लिन आएका हौं? तिमीले भन्छौ– हामी बाबाको वर्सा लिन आएका हौं। हामीले राजयोग सिकिरहेका छौं। कल्प-कल्प वर्सा लिन्छौं र गुमाउँछौं। अब फेरि पुरुषार्थ गर्नु छ। पूरा ज्ञान लिएर अरूलाई दिनु छ। नत्र वृद्धि कसरी हुन्छ? गीत कति राम्रो छ। यसको अर्थ तिमी बच्चाहरूले नै बुझेका छौ। गीत कति मीठो छ, तिम्रो दिलमा लाग्छ। बाबा हजुरले हामीलाई यस्तो राज्यमा लैजानुहुन्छ, जहाँ कुनैले पनि लुट्न सक्दैन। यो हो अविनाशी वर्सा, जो अविनाशी बाबासँग मिल्छ। अनादि विश्व ड्रामा अनुसार अथवा गीताको कथन अनुसार फेरि बाबा गीता सुनाउन आउनु भएको छ, जसमा राजयोग सिकाउनु भएको थियो। शास्त्रहरूमा त गडबढ गरिदिएका छन्। युक्तिसँग बुझाउने वाला पनि चाहिन्छ। कसैले भन्छन्– ज्योति ज्योतिमा समाहित भयो। आत्मा त अविनाशी हो। उसले पार्ट पनि अविनाशी खेल्नु पर्छ, उसको पार्ट कहिल्यै घट्दैन। कहिल्यै मेटिन सक्दैन। बनिबनाउ बनिरहेको छ... यसमा हेर-फेर पनि हुन सक्दैन। कति आश्चर्य छ! यति सानो आत्मामा अविनाशी पार्ट भरिएको छ। कल्प पूरा भएपछि फेरि यसरी नै पार्ट दोहोरिन्छ। सेकेण्ड बाई सेकेण्ड यसैगरी पास हुन्छ। ड्रामालाई पनि पूरा युक्तियुक्त बुझ्नु पर्ने हुन्छ। कति त यी कुरामा अलमलिन्छन्। पहिला त बाबामा निश्चय हुनुपर्छ– बाबासँग अवश्य वर्सा मिल्नेछ। कल्प-कल्प मिल्छ। ८४ जन्म पनि लिनुपर्छ। वर्ण पनि अवश्य बुझाउनु पर्छ। यो स्मृति एक अर्कालाई दिलाउनु छ– हामी बेहदको बाबासँग बेहदको वर्सा लिइरहेका छौं। सबैले आएर त पढ्दैनन्। देखेका छौ– सेन्टर खुल्दै जान्छन्, जहाँ नर्कवासी आएर स्वर्गवासी बन्छन्। बाबालाई लेख्छन्– हामी प्रबन्ध गर्न सक्छौं। मलाई कुनै वस्तुमा ममत्व छैन। यो सबैथोक ईश्वर अर्थ हो। अब हजुरले जे सल्लाह दिनुहुन्छ। म पनि लेख्छु, ठीकै छ आपसमा सल्लाह गर, जहाँ राम्रा लोकल्टी छ, त्यहाँ सेन्टर खोल। हिम्मते मर्दा मदते बाबा हुनुहुन्छ। बाबा कति खुशी हुनुहुन्छ। दिलमा सम्झनुहुन्छ– यस्तो दान त राम्रो हो, धेरैलाई कौडीबाट हीरा जस्तो बनाउनु। यो सबैभन्दा ठूलो हस्पिटल पनि हो, कलेज पनि हो। केवल ३ पाउ पृथ्वी चाहिन्छ। कति सहज रीति बाबाले कौडीबाट हीरा जस्तो बनाउनुहुन्छ। यस्तो बाबा रहनुहुन्छ हेर कति साधारण। कहाँ आउनु भएको छ, कुनै राजाको पासमा किन आउनु हुन्न! भन्नुहुन्छ– म साधारण बूढो तनमा आउँछु, जसले ८४ जन्म एक्युरेट पूरा गरेका छन्। सत्ययुगको प्रथम राजकुमार त यी हुन् नि। यिनको नाम पनि राखिएको छ– श्याम र सुन्दर। तिमी बच्चाहरूले यसको पनि अर्थ बुझेका छौ, उनीहरूले अर्थलाई नबुझ्नाले कालो बनाएका छन्। मुख्य शिवबाबाको लिंग पनि कालो। कृष्ण, रामलाई पनि कालो बनाएका छन्। एकातिर गोरो फेरि अर्कातिर कालो किन? जगन्नाथको मन्दिरमा अनुहार यस्तो देखाउँछन् जस्तै अफ्रिकन। कतै-कतै नारायणलाई पनि कालो बनाएका छन्। कतै लक्ष्मीलाई पनि यस्तै देखाउँछन्। अब आश्चर्य लाग्छ– मनुष्यहरूको बुद्धि कस्तो छ! बाबाले नै सत्य मत दिनुहुन्छ, आफूसँग मिल्नको लागि। बाँकी त यज्ञ, तप, दान, पुण्य आदि गर्छन्, फोकटमा पैसा बर्बाद गरिरहन्छन्। फेरि किन भन्छन्– पतित-पावन आउनुहोस्। याद किन गर्छन्? गंगा जमुना, खोला-नाला आदि कति छन्। बाबाले पनि धेरै तीर्थ आदि गरेका छन्। अहिले तिमी मोस्ट बिलवेड लकी सिताराले नर्क स्वर्गलाई जानेका छौ। मनुष्य मर्दा भन्छन् स्वर्ग गयो। उनलाई पनि सम्झाऊ, स्वर्ग कसलाई भन्छन्। हामीलाई थाहा छ, तब त सम्झाउँछौं। हामीलाई पनि स्वर्ग स्थापना गर्नेवाला बाबा मिलेको छ, उहाँले ज्ञान दिइरहनु भएको छ। हाम्रो कुनै मनुष्य गुरु छैन। सतगुरु एक बाबा हुनुहुन्छ, उहाँ नै पतित-पावन हुनुहुन्छ, जसलाई बोलाउँछन्। निराकारलाई नै बोलाउँछन् नि, जसलाई तिमी ज्ञान सागर भन्छौ। उहाँ सत-चित-आनन्द स्वरूप हुनुहुन्छ, ज्ञानको सागर हुनुहुन्छ। हामीलाई त ज्ञान छँदै छैन। देखिन्छ पनि, उहाँमा जुन ज्ञान छ, त्यो कुसैसँग छैन। तिमी कति गद्‌गद् हुनुपर्छ। पतित-पावन गड फादरले हामीलाई पढाउनुहुन्छ। उहाँ हाम्रो बाबा टिचर सतगुरु हुनुहुन्छ, यसमा संशय गर्ने कुरा छैन। आफ्नो रचनालाई त सम्हाल्नु नै पर्छ। यदि यहाँ आएर बस्यौ भने यो त संन्यासीको ज्ञान जस्तै हुने भयो। गृहस्थ व्यवहारमा रहँदै तिमीले एक घण्टा, आधा घण्टा निकाल्न सक्छौ। पहिले ७ दिन भठ्ठीमा बस्नुपर्छ। ७ दिन कसैको याद नआओस्, कुनैलाई चिठ्ठी नलेख। बिल्कुल सबैलाई बिर्सिनु छ। तिमी धेरै वर्ष भठ्ठीमा रह्यो, फेरि पनि तकदिर... कुनैलाई त मायाले खिच्छ। माया यस्तो प्रबल छ। 

    बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! बिस्तारै बिस्तारै परिपक्व अवस्था बनाऊ। तिमीलाई थाहा छ– हाम्रो ८४ जन्म पूरा भए। तिम्रो बुद्धिमा सारा वृक्ष, सबै धर्म छ। वहाँ पनि अलग-अलग सेक्शन हुन्छन्। यहाँ पनि यस्तै छ, वहाँ पनि यस्तै हुन्छ। बाँकी मोक्ष कसैलाई पनि मिल्न सक्दैन। यस्तो होइन पानीको फोका जसरी आत्मा परमात्मामा लीन हुन्छ। फेरि त सारा पार्ट नै समाप्त हुने भयो। सबै ज्योति-महाज्योतिमा समाहित हुने भए, खेल नै चल्दैन। यो सबै झुटो हो। झुटो त बिल्कुल झुटो, सत्यको रत्ती पनि छैन। भक्तिमा मुख मीठो कहाँ हुन्छ र। तिमी बच्चाहरूलाई थाहा छ– मुख मीठो कसले गराउँछ! त्यसैले बाबाको पढाइमा पूरा ध्यान दिनुपर्छ। पुरानो दुनियाँलाई देखेर लट्टू नबन। देह-अभिमानमा नआऊ। अब त आफ्नो समान तयार गरेर ट्रान्सफर गरिदेऊ। अब यो दुनियाँ समाप्त हुनु छ। बाबा भन्नुहुन्छ– सबैथोक बीमा गरिदेऊ। भक्ति मार्गमा गर्दा अल्पकालको लागि फल मिल्छ। सम्झन्छन् ईश्वरले दिनुभयो। अहिले तिमीले पनि दिन्छौ, बाबाले फेरि रिटर्नमा दिनुहुन्छ। डायरेक्ट हुनाले तिमीलाई २१ जन्मको इन्श्योरेन्स मिल्छ। यी बाबाले भन्छन्– हेर मैले फुल इन्श्योर गरेँ, त्यसैले फुल राजाइँ मिल्छ। त्यो हो लौकिक इन्श्योरेन्स, यो हो रूहानी बाबाको साथमा। ईश्वर अर्थ दान गर्छन् नि। ईश्वरले रिटर्नमा दिनुहुन्छ। उहाँ त भक्ति मार्गमा पनि दाता हुनुहुन्छ भने ज्ञान मार्गमा पनि दाता हुनुहुन्छ। यो हो बेहदको पढाइ, बेहदको बादशाहीको लागि। अब जति चाह्यो, त्यति लेऊ। विश्वको राजाइँ लिन सक्छौ। पुरुषार्थको जय हुनेछ। कोसिस गरेर विजय मालामा आऊ। अलमलियौ भने सर्जन सल्लाह दिनेवाला बस्नु भएको छ। तिमीलाई थाहा छ– हामीले अनेक पटक बादशाही लियौं अनि गुमायौं। यो ज्ञान अहिले छ, सत्ययुगमा फेरि बिर्सिन्छौं। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) पुरानो दुनियाँलाई देखेर लट्टू बन्नु हुँदैन। आफ्नो समान ट्रान्सफर गरिदिनु छ। आफ्नो सबैथोक इन्श्योर गरिदेऊ।

    २) कुनै पनि वस्तुमा यदि ममत्व छैन भने फेरि कौडीबाट हीरा जस्तो बन्ने सेवा गर। दान गर्नाले नै ज्ञान धन बढ्छ।

    वरदान:

    फलो फादर गर्दै सपूत बनेर हर कर्ममा सबूत दिने, सफलता स्वरूप भव:-   

    जो फलो फादर गर्ने बच्चाहरू छन्, उनै समान हुन्छन्, किनकि जो बाबाको कदम त्यो तिम्रो कदम। बापदादाले सपूत उसलाई भन्नुहुन्छ, जसले हर कर्ममा सबूत दिन्छ। सपूत अर्थात् सदा बाबाको श्रीमतको हात र साथ अनुभव गर्नेवाला। जहाँ बाबाको श्रीमत र वरदानको हात छ, त्यहाँ सफलता हुन्छ नै। त्यसैले कुनै पनि कार्य गर्दा यो स्मृतिमा ल्याऊ– बाबाको वरदानको हात मेरो शिरमाथि छ।

    स्लोगन:

    हीरा तुल्य उच्च स्थितिमा स्थित भएर गरिएको कर्म नै मूल्यवान कर्म हो।   



    ***OM SHANTI***