BK Murli 21 March 2017 Nepali

BK Murli 21 March 2017 Nepali

२०७३ चैत्र ०८ मंगलबार २१-०३-२०१७ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन

“मीठे बच्चे– तिमीहरूलाई यो निश्चय छ हामी संगममा भविष्यको कमाईको लागि पढ्छौं, बाबाले हामीलाई पढाएर २१ जन्मको लागि वर्सा दिनुहुन्छ।”  

प्रश्न:

आफूले आफैँलाई कृपा वा आशीर्वाद गर्ने विधि के हो?

उत्तर:

आफूले आफैँलाई कृपा वा आशीर्वाद गर्नको लागि बाबाको पढाइ सधैं पढ। कहिल्यै पनि सँगदोषमा आएर पढाइमा लापर्बाही नगर। जो सधैं श्रीमतमा चल्छन्, उनीहरूले आफूले आफैँलाई कृपा गर्छन्, उनीहरूलाई बाबाको पनि आशीर्वाद मिलिरहन्छ।

गीत:–

मैं एक नन्हा सा बच्चा हुँ...........

ओम् शान्ति।

शिव भगवानुवाच, जब मनुष्यले गीता सुनाउँछन्, सधैं भन्छन् साकार कृष्ण भगवानुवाच। बाबा आएर सम्झाउनुहुन्छ– तिमीलाई अब मैले राजाइँ प्राप्त गराइरहेको छु– यस राजयोग र ज्ञानद्वारा। कृष्ण त थिए नै सत्ययुगका प्रिन्स। मुख्य यो भूल गीतामा छ। तिमी बच्चाहरूलाई थाहा छ– शिव भगवान्‌ले हामीलाई पढाइरहनु भएको छ, यस शरीरद्वारा। शिव जयन्तीको पनि गायन छ। हुन त जन्म दिन मनाइन्छ। आत्माको त एउटै नाम चल्दै आउँछ। बाबा भन्नुहुन्छ– म गर्भबाट जन्म लिन्नँ। म साधारण शरीरमा प्रवेश गर्छु। आत्मा जब शरीरमा प्रवेश गर्छ, अनि भित्र हलचल गर्छ। थाहा हुन्छ– भित्र आत्माले प्रवेश गरेको छ। बच्चाका अंगहरू चल्न थाल्छन्। यो कुरा राम्रो सँग बुझ्नुपर्छ। अरू जति पनि कुरा मनुष्यले सुनाउँछन्, उनले कहिल्यै यस्तो भन्दैनन्– म आत्माले तिमीलाई सम्झाउँछु। ऊ प्रसिद्ध हुन्छ शरीरबाट। यहाँ बाबा त विचित्र हुनुहुन्छ, उहाँको आफ्नो शरीर छैन। शरीरधारीलाई कहिल्यै भगवान् भन्न मिल्दैन। स्थूल वा सूक्ष्म जे भए पनि। आत्माले यी अंगहरूद्वारा याद गर्छ, परमपिता परमात्मालाई। उनीहरूले त मनुष्यले बनाएका शास्त्र बसेर सुनाउँछन्। यहाँ त यो नयाँ कुरा छ। भगवानुवाच, भगवान् को हुनुहुन्छ? जसलाई सबै भक्तहरूले हे भगवान् भनेर याद गर्छन्। ब्रह्मा विष्णु शंकरको नाम त जान्दछन्। हे ब्रह्मा, हे विष्णु भनेर पुकार गर्छन्, ती हुन् देवता। भगवान् भन्दा निराकार नै याद आउँछ। निराकार परमात्माको नै बन्दना गर्छन्। उहाँले भन्नुहुन्छ– म पनि आत्मा हुँ तर परम हुँ। मेरो पनि चित्र बनाउँछन्। तिमी आत्माहरूको पनि चित्र बनाउँछन्। मन्दिरहरूमा ठूलो शिवलिङ्ग पनि राख्छन् र साना शालिग्राम पनि, जसबाट सिद्ध हुन्छ ती आत्माहरू हुन् एक परमात्माका बच्चाहरू। पिता सधैं बच्चाहरू भन्दा ठूला हुन्छन्, त्यसैले ठूलो लिङ्ग बनाउँछन्। वास्तवमा म कुनै शालिग्राम भन्दा ठूलो छैन। आत्मा साइजमा सानो-ठूलो हुँदैन। मनुष्य सानो-ठूलो हुन्छ, बाँकी आत्मा जस्तो तिम्रो छ, त्यस्तै मेरो छ। तर मेरो आत्मा परम छ, पर भन्दा पर परमधाममा रहन्छ। सर्वोच्च परमपिता परमात्मा मनुष्य सृष्टिको बीजरूप हुनुहुन्छ। बीज रचयितालाई भनिन्छ। जसरी जड बीज लगाइन्छ, त्यसबाट पहिले वृक्ष निस्केर आउँछ। त्यस्तै आत्माको रूप हेर कस्तो छ! शरीरको कति विस्तार छ। त्यसैले पहिलो नयाँ कुरा हो यहाँ परमात्मा बाबाले पढाउनुहुन्छ। सर्वोच्च भगवानुवाच छ भने अवश्य परीक्षा पनि सर्वोच्च हुन्छ। भगवान् भन्नुहुन्छ– म तिमीलाई राजयोग सिकाउँछु, जसबाट भविष्य २१ जन्म तिमी देवता बन्छौ। फेरि त्यसमा तिमी सूर्यवंशी बन वा चन्द्रवंशी बन। पद त धेरै छन्। यो सारा राजधानी स्थापना हुन्छ। यो हो संगमयुग। बाबा सम्झाउनुहुन्छ– तिमी यस जन्मको लागि पढ्दैनौ। यो हो भविश्यको कमाई। अरूले जुन पनि कमाई गर्छन्, त्यो सबै यस जन्मको लागि हो। मनुष्यहरूले सम्झन्छन्– पछिको कुरा अहिले किन सोच्ने? जे हुन्छ त्यो हेर्दै जाउँला। तिमी बच्चाहरूले निश्चय गर्छौ– हामी भविश्य जन्म-जन्मान्तरको लागि पढ्छौं। बाबा भविश्य २१ जन्मको वर्सा दिनुहुन्छ, यस निश्चयका साथ तिमीले पढ्छौ। विना निश्चय कोही पनि यहाँ बस्न सक्दैन। यहाँ कुनै पण्डित आदिले पढाउँदैनन्, स्वयं निराकार भगवान्‌ले पढाउनुहुन्छ। आत्मालाई खुशी हुन्छ– हामीलाई बेहदका बाबाले पढाउनुहुन्छ, उहाँको आफ्नो मनुष्य तन त छैन। स्वयं भन्नुहुन्छ– म निराकारले यस ब्रह्मा तनमा नै आउनुपर्छ। यो अनादि बनिबनाऊ ड्रामा हो। तिम्रो बुद्धिमा सारा याद आउँछ। मूलवतनमा हामी आत्माहरू रहन्छौं। अरू कुनै पनि मनुष्यको बुद्धिमा यो कुरा आउँदैन– हामी आत्मा परमधाममा बाबाको साथमा रहन्छौं, जसलाई ब्रह्माण्ड भन्दछन्। हामी आत्मा हौं, बिलकुल सानो तारा। पूजाको लागि ठूलो बनाएका हुन्। बाँकी यति ठूलो आत्मा यहाँ भृकुटीमा त बस्न सक्दैन। भन्दछन्– भृकुटीको बीचमा चम्कन्छ अजब सितारा... तारा कति सानो हुन्छ। यो बनिबनाऊ अविनाशी ड्रामा हो। हरेक आत्मामा आ-आफ्नो अविनाशी पार्ट निश्चित हुन्छ, जो हरेकले आ-आफ्नो पार्ट रिपीट गर्छ। यसमा अलिकति पनि फरक पर्न सक्दैन। फिल्ममा जुन एक पटक पार्ट निश्चित हुन्छ त्यही रिपीट हुन्छ, यसमा भूलचूक हुन सक्दैन। यो कुरा बिलकुल नयाँ छ। करोडौंमा कसैले मात्र बुझ्दछ। ८-१० वर्ष चल्नेहरू पनि पढाइलाई छोडिदिन्छन्, सङ्गदोष लाग्छ। यो पढाइ यस्तो हो, जुन जहिले सम्म बाँचिन्छ, पढिराख। अन्त्य सम्म यो पढाइ चलिरहन्छ। यो पढाइ हामी भविश्य २१ जन्मको लागि पढ्छौं। बच्चाहरूलाई यो नशा चढ्छ– हामीलाई भगवान्‌ले पढाउनुहुन्छ। कोही राजाको बच्चा छ, राजाले नै बसेर उसलाई पढाए भने भन्छन्– मेरो पिता, महाराजाले मलाई पढाउनुहुन्छ। यहाँ हुनुहुन्छ पतित-पावन बाबा, जसले हामीलाई पढाउनुहुन्छ। राजयोग सिकाउनुहुन्छ। भित्र सधैं धेरै खुशी रहनुपर्छ। हामी ईश्वरीय विद्यार्थीले परमपिता परमात्माबाट स्वर्गको स्वराज्य लिइरहेका छौं। कति सहज कुरा छ। तर यस पढाइमा मायाको विघ्न पनि धेरै पर्छन्। चल्दा-चल्दै पढाइलाई पनि छोडिदिन्छन्। यो रूहानी पढाइ सधैं पढ्नुपर्छ, यसको लागि नै यो टेप आदिको प्रबन्ध गरिएको छ। मनुष्य पढ्नको लागि अमेरिका, लन्डनमा पनि जान्छन्। यहाँ त घरमा रहनेले पनि पूरा पढ्दैनन्। बुझ्दैनन्– स्वयं परमात्माले हामीलाई राजयोग सिकाइरहनु भएको छ। भगवान् जो त्रिलोकीनाथ हुनुहुन्छ, सर्व शक्तिमान् हुनुहुन्छ, लिबरेटर हुनुहुन्छ, गाइड हुनुहुन्छ, उहाँको महिमा हेर कति छ। तर बाबालाई तिमीहरू मध्ये कोही कोहीले मात्रै जान्दछन्।

यस समय तिमी गुप्त छौ। तिमीलाई थाहा छ– हामी मूलवतनका रहनेवाला हौं, फेरि सूक्ष्मवतन पनि छ। त्यस सूक्ष्मवतनमा बच्चीहरू जान्छन्। मनुष्यले साक्षात्कार गर्छन्। तिमी त प्राक्टिकलमा जान्छौ। सूक्ष्मवतनमा तिमी ब्राह्मण र देवताहरूको मिलन हुन्छ। त्यो हो ब्राह्मण र देवताहरूको संगम। यो हो ब्राह्मण र क्षत्रियहरूको संगम। वहाँ भोग लिएर जान्छौ। अन्त्यमा धेरै साक्षात्कार हुनेछ। जसरी कन्या पिताको घरबाट पतिको घरमा जान्छन् भने धेरै धुमधामले बाजा गाजा बजाउँछन्। त्यस्तै अन्त्यमा धेरै साक्षात्कार हुनेछ। सुरु-सुरुमा तिमीले धेरै कुरा देखेका छौ, फेरि अन्त्यमा पनि धेरै कुरा देख्नेछौ। पढ्दै रह्यौ भने देख्नेछौ। यदि कसैको कर्म बन्धन छैन भने पढाइमा पूरा ध्यान दिनुपर्छ। कसैको कोही मर्यो् भने सम्झिइन्छ– अब यसले राम्रो सँग पढ्न सक्छ किनकि बन्धन छुटिसक्यो। अब धेरै पुरुषार्थ गर, राम्रो पद प्राप्त गर। यो ज्ञान धेरै आश्चर्यजनक छ। बाबाले बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ, भन्नुहुन्छ– प्यारा बच्चाहरू! अब लापर्बाही नगर। मायाले तिम्रो दीपक तुरुन्तै निभाइदिन्छ, त्यसैले बाबालाई राम्रो सँग याद गर्नुपर्छ, पढ्नुपर्छ। जबसम्म यहाँ बसेका छौ, डाइरेक्ट सुन्दा नशा चढ्छ। बाहिर गएपछि नशा उत्रिन्छ। जस्तो सङ्ग, त्यस्तै रंग लाग्छ। बन्धन छैन भने बसेर पढून्, पढाऊन्। 

चित्र धेरै राम्रा बनेका छन्। बाबाले युक्ति रचिरहनु भएको छ, गाउँमा रहनेले कसरी सिक्न सक्छन्। यो त स्लाइडबाट पनि सिक्न सक्छन्। दिन प्रतिदिन सुधार भइरहन्छ। तिम्रो बुद्धिमा सारा दिन स्वदर्शन चक्र घुम्नुपर्छ। बुद्धिमा छ भने कसैलाई सम्झाउन सक्छौ। नत्र टिचरले सम्झन्छन्– यसको पढाइमा ध्यान छैन। देह-अभिमान धेरै छ। मित्र सम्बन्धी, शरीरको भान आदि याद रहन्छ, त्यसैले धारणा हुँदैन। फेरि हामी भन्छौं– तकदिरमा छैन। कति मेहनत गरिन्छ तापनि श्रीमतमा चल्दैनन्। बच्चाहरूले सोध्छन्– बाबा के हुन्छ? बाबा भन्नुहुन्छ– तिमीले राम्ररी पढ्दैनौ, यसमा अशीर्वादको त कुरा नै छैन। मैले त पढाउँछु, तिमीले आफूमाथि पढ्ने कृपा गर। श्रीमतमा चल्नु– यही कृपा हो। श्रीमतमा चल्दैनन् मतलब आफूमाथि अकृपा गरेर श्रापित गर्छन्। बाबाबाट वर्सा नलिएर, रावणको मतमा चलेर आफूलाई श्रापित गर्छन्। बाबा त वर्सा दिन आउनु भएको हो। आशीर्वाद गर्नुहुन्छ– चिरञ्जीवी भव, जीवित रहनु अर्थात् स्वर्गवासी भव। स्वर्गलाई नै अमरपुरी भनिन्छ। अमरनाथले नै यस्तो आशीर्वाद गर्नुहुन्छ। अमरपुरीका देवताहरू पवित्र थिए नि। हदका सम्बन्ध आदिबाट मोहको त्याग गर्नु नै छ। अब बाबाको पासमा जानु छ। बाबा भन्नुहुन्छ– देहको मोहले तिमीलाई यहाँको याद रहन्छ। त्यसैले देही-अभिमानी बन, तब अन्त्यमा तिमीलाई मुक्तिधाम र सुखधामको याद रहन्छ। शान्तिधाम र सुखधाम, यो हो दुःखधाम। आदि मध्य अन्त्य, नयाँ दुनियाँ, बीचको दुनियाँ र पुरानो दुनियाँ। जब आधा समय पूरा हुन्छ फेरि पुरानो दुनियाँको नाम सुरु हुन्छ। यो पुरानो दुनियाँ अब नयाँ भइरहेको छ। फेरि सुरुबाट नयाँ कसरी भइरहेको छ, त्यो आएर हेर, बुझ। तर करोडौंमा कसैले ध्यान दिएर बुझ्दछन्। हजारौं लाखौं आउँछन् ती मध्ये २-४ निस्किन्छन्। फेरि पनि सुस्त हुन्छन्। एक प्रदर्शनीबाट २-४ टिके भने पनि अहो सौभाग्य। दिन प्रतिदिन यो प्रदर्शनी पनि वृद्धि हुँदै जानेछ। चल्दा-चल्दा फेरि दैनिक १० हजार पनि आउनेछन्। ठूला-ठूला हल, ठूला-ठूला चित्र पनि हुनेछन्। सम्झाउने वाला पनि होशियार हुनेछन्। अन्त्यमा महिमा त निस्किनु नै छ। भन्नेछन्– हे प्रभु, हजुरको पतित दुनियाँलाई पावन बनाउने गति सबैभन्दा भिन्दै छ। भक्तिको धेरै बानी परेको छ। कंगाल भयो वा कोही मर्योा भने गुरुले भन्छन् देख्यौ– भक्ति छोड्यौ त्यसैले यस्तो भयो। मायावी विघ्न पर्छन्, श्रीमत छोड्नु हुँदैन। माया बडो मोहिनी छ, कति फेशनेबुल भएको छ। सम्झन्छन्, हाम्रो लागि यही स्वर्ग बनेको छ। यो मायाको पम्प हो, रावण राज्यको अन्त्य हुँदैछ। साइन्सको कारण मायाको प्रभाव धेरै छ। सम्झन्छन्– गान्धीले स्वर्ग बनाए। तिमीलाई अहिले स्वर्गको ज्ञान मिलेको छ, त्यसैले सम्झन्छौ यो नर्क हो। यो राज्य मृगतृष्णा समान छ। (दुर्योधनको उदाहरण) यो राज्य गयो कि गयो। कल्पको कुरा हो। कल्प-कल्प दुनियाँ नयाँ बन्छ र पुरानो दुनियाँ खतम हुन्छ। त्रिमूर्ति शिव पनि छ। ब्रह्माद्वारा स्थापना गरिरहनु भएको छ, शंकर द्वारा विनाश हुनु छ। फेरि जसले राजयोग सिक्छन्, उनैले राज्य चलाउँछन्। दैवी राज्य स्थापना गरेर उनको जन्म-जन्मान्तर पालना गर्छन्। यो बुद्धिमा धारणा गर्नु छ फेरि सर्भिस गर्नु छ। सच्चा गीताको तिमी पाठी हौ। सुन्नु, सुनाउनु छ, काँडालाई फूल बनाउनु छ। तिमी आधा कल्पको लागि दुःखबाट छुट्छौ। जसरी यहाँ आइतबारको दिन सबैलाई छुट्टी हुन्छ नि। त्यस्तै आधाकल्प तिमी दुःखबाट, रुनबाट छुट्छौ। अच्छा! 

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


धारणाको लागि मुख्य सारः

१) कर्मबन्धनबाट मुक्त भएर रूहानी पढाइ सधैं पढ्नुपर्छ। जहिले सम्म बाँचिन्छ, पढाइ अवश्य पढ्नु छ।

२) हदको सम्बन्ध वा देहबाट मोहको त्याग गरेर आफ्नो शान्तिधाम र सुखधामलाई याद गर। सङ्गदोषबाट आफ्नो सम्हाल गर्नुपर्छ।

वरदान:

हर समय आफ्नो दिलमा बाबाको प्रत्यक्षताको झण्डा लहराउने, दृढ संकल्पधारी भव:-   

जसरी स्नेहको कारण हर एकको दिलमा आउँछ– मैले बाबालाई प्रत्यक्ष गर्नु नै छ। यस्तै आफ्नो संकल्प, बोली, कर्मद्वारा दिलमा प्रत्यक्षताको झण्डा लहराऊ। सधैं खुशीमा रहने डान्स गर, कहिले खुशी, कहिले उदास– यस्तो होइन। यस्तो दृढ संकल्प अर्थात् व्रत धारण गर– जब सम्म जिउनु छ, तब सम्म खुशीमा रहनु छ। मीठा बाबा, प्यारा बाबा, मेरा बाबा– यही गीत अटोमेटिक बजिरहोस्, तब प्रत्यक्षताको झण्डा लहराउन थाल्छ।

स्लोगन:

विघ्न विनाशक बन्नको लागि सर्व शक्तिहरूले सम्पन्न बन।   



***OM SHANTI***

Google+ Followers