BK Murli 23 March 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 23 March 2017 Nepali

    २०७३ चैत्र १० बिहीबार २३-०३-२०१७ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– रातमा जागेर कमाई गर, अमृतबेला उठ्ने बानी बसाल।”  

    प्रश्न:

    ज्ञानमा आउने बित्तिकै जुन नशा चढ्छ, त्यस नशालाई स्थायी राख्ने विधि के हो?

    उत्तर:

    जब ज्ञानमा नयाँ-नयाँ आउँछन्, धेरै नशा चढ्छ। त्यतिबेला आफूले आफैं सँग अनेक प्रतिज्ञाहरू पनि गर्छन्। बाबा भन्नुहुन्छ– ती प्रतिज्ञाहरू डायरीमा नोट गर, फेरि त्यसलाई दोहोर्यााइ राख अनि नशा स्थायी रहन्छ। नत्र मायाको तूफानहरूमा आउनाले नशा उड्छ। यदि कुनै भूल चल्दा-चल्दै भयो भने तुरुन्तै सुनाएर हल्का होऊ फेरि अर्को पटक त्यो भूल नहोस्, नत्र वृद्धि हुँदै जान्छ।

    गीत:–

    दु:खियों पर रहम करो माँ बाप हमारे...

    ओम् शान्ति।

    यो गीत धेरै राम्रो छ किनकि दु:खी त सारा दुनियाँ छ र याद पनि गर्दै आएका छन्– तिमी माता-पिता... तिम्रो कृपाले अपार सुख मिल्छ। यस समय सारा दुनियाँ दु:खी छ, त्यसैले फेरि बाबालाई याद गर्छन्, अनि माँलाई पनि अवश्य गर्छन्। यो गीत धेरै राम्रो छ। तिमीलाई थाहा छ– मम्मा बाबाको पासमा जन्म लिएपछि हामीलाई वर्सा मिल्छ, एक सेकेण्डमा। यहाँ नै यो गायन छ। प्यारा बच्चाहरू अहिले सम्मुख बसेका छन्। जगत् अम्बा भएपछि अवश्य जगत् पिता पनि छन्। उनी भन्दा माथि पनि कोही छ किनकि यस समय सुखधामको वर्सा मिल्नु छ। त्यसैले सुखधामको स्थापना गर्ने माता-पिता पनि चाहिन्छ। कुनै माता-पिता धनवान छन् भने उनीहरूको फस्टक्लास घर हुन्छ। कुनै माता-पिता गरिब छन् भने घर पनि त्यस्तै हुन्छ। सत्ययुगमा हेर राधा-कृष्ण हुन्छन्, उनीहरूलाई सबैभन्दा पहिला बादशाही मिलेको हो। राधाले अवश्य कुनै राजाको पास जन्म लिन्छिन् अनि राजकुमारी बन्छिन् र श्रीकृष्ण राजकुमार हुन्छन् फेरि उनीहरूको विवाह हुन्छ नै। यो त वास्तवमा हुन्छ। माता-पिताले अहिले दैवी राजधानी स्थापना गरिरहेका छन्। देवी-देवताहरू सूर्यवंशी महाराजा-महारानी थिए। तिमीलाई थाहा छ– यिनीहरूलाई यो पद कसरी मिल्यो? राम-सीतालाई चन्द्रवंशी राजाइँ कसरी मिल्यो? कलियुगको अन्त्यमा त केही पनि हुँदैन। यो हो पढाइद्वारा राजाइँ। जस्तै त्यस पढाइद्वारा इन्जीनियर, वकिल आदि बन्छन्। यो हो फेरि पढाइद्वारा राजाहरूको राजा बन्नु। एकै बाबा हुनुहुन्छ, जसले राजाइँ पदको लागि राजयोग सिकाउनुहुन्छ। अरू कुनै यस्तो युनिभर्सिटी छैन, जहाँ राज्य पद प्राप्त गर्नको लागि पुरुषार्थ गराइन्छ। यसको नाम पनि छ गीता पाठशाला। गीताद्वारा त राजाइँ पद मिल्छ। ठीक छ, वेद उपनिषदद्वारा कुनचाहिँ पद मिल्छ? राजयोग त भगवान् नै आएर सिकाउनु हुन्छ। कति सहज कुरा छ। हिजोको कुरा हो। वास्तवमा लक्ष्मी-नारायणको राज्य थियो। गायन पनि छ– क्राइस्ट भन्दा ३००० वर्ष पहिले देवताहरूको राज्य थियो। उनीहरूलाई कसरी मिल्यो? अवश्य भगवान्‌ले विनाश भन्दा पहिले पढाउनुभयो। त्यसपछि नै विनाश भएको हुनुपर्छ, फेरि राजयोगद्वारा सत्ययुगमा राज्य पद पाए। यो हो संगम। 

    तिमीले लेख्न सक्छौ– यतिबेला नै सेकेण्डमा सूर्यवंशी, चन्द्रवंशी राजाइँ प्राप्त हुन सक्छ, आएर बुझ्नुहोस्। चित्रहरूमा तिमीले राम्रो सँग बुझाउन सक्छौ। सम्झाउनेवाला समझदार चाहिन्छ। ब्रह्माकुमार र कुमारी अर्थात् शिवका नाति-नातिना भए। तर बाबा भन्नुहुन्छ– मलाई करोडौंमा कसैले मात्र चिन्छन् र म सँग वर्सा लिन्छन्। सेकण्डमा जीवनमुक्ति पाउँछन्। फेरि जीवनमुक्तिमा उच्च पद प्राप्त गर्नको लागि पुरुषार्थ गर्नु छ। यो सबै सम्झाउनको लागि यी मेला, प्रदर्शनी निस्केका छन्। ख्याल चल्छ। नयाँ-नयाँ प्वाइन्टहरू निस्कन्छन्। दिन-प्रतिदिन चित्र आदि सहजै निस्किँदै जान्छन् र निस्कन्छन् सबै ड्रामा अनुसार नै। कल्प पहिले जुन एक्ट चलेको छ, त्यही चल्नु छ। यस्तो कसैले लेख्न सक्दैन– यो प्रदर्शनी ५ हजार वर्षपछि फेरि यस समय निकालिएको हो, फेरि कल्पपछि निस्किनेछ। एकै पटक कल्पको संगममा यो प्रदर्शनी निस्किन्छ अथवा ५ हजार वर्षपछि यो प्रदर्शनी परमपिता परमात्माद्वारा सेकेण्डमा जीवनमुक्ति पद पाउन अथवा सम्झाउनको लागि हामीले निकाल्छौं। यो सबै देश-देशान्तरमा जानेछ। नयाँ-नयाँ प्वाइन्टहरू बाबाले सम्झाइरहनुहुन्छ। एडीशन, करेक्शन भइरहन्छ। उनीहरूले रामायण आदि छपाउँदा उही छपाउँछन्। त्यसैले हामीलाई भन्छन्– पहिले तपाईहरूले के लेख्नुहुन्थ्यो, अहिले के लेखिरहनु भएको छ। बाबा भन्नुहुन्छ– म तिमीलाई सधैं नयाँ कुरा सुनाउँछु। सबै एकैपटक कहाँ सुनाउँछु र! उनीहरूले लेखेका छन्– युद्धको मैदानमा गीता सुनाइयो। १८ अध्यायको गीता बनाएका छन्, जो संस्कृतमा होसियार हुन्छन्, उनले आधा घण्टामा श्लोक कण्ठ गर्छन्। मुख्य हो नै गीता। बाँकी भागवतमा त कहानीहरू छन्। गीतालाई नै संस्कृतमा बनाएका छन्। सानो गीता संस्कृतमा बनाएका छन्। ज्ञानसागर बाबाले त यति ज्ञान सुनाउनुहुन्छ, सागरलाई मसी बनाऊ.... जंगललाई कलम बनाऊ, सारा पृथ्वीलाई कागज बनाऊ तैपनि पूरा हुँदैन। उनीहरूले त १८ अध्यायमा पूरा गरिदिए। तर यस्तो त होइन। न कुनै संस्कृतको कुरा हो। हिन्दी भाषा चल्छ। भाषाहरू त धेरै छन्। सबै भाषा एउटैले त सिक्न सक्दैन। कोसिस गरेर ५-६ भाषा कसैले सिक्यो भने उसको पनि धेरै मान हुन्छ। अब भगवान्‌ले सबै भाषाहरूमा कहाँ सम्झाउनुहुन्छ र! उहाँले त हिन्दीमा नै सम्झाउनुहुन्छ। जसरी हिन्दी अलि-अलि सबैले जान्दछन्, त्यसैगरी अंग्रेजी पनि अलि-अलि जान्दछन्। तिमी बच्चाहरूलाई बाबाले हिन्दीमा सम्झाउनुहुन्छ। भक्तहरूलाई भगवान् आएर भक्तिको फल दिनुहुन्छ। भगत त अनेक छन्। भगवान् एक हुनुहुन्छ। भन्दछन् पनि– पतित-पावन आउनुहोस्। यस्तो त भन्दैनन्– भगवान् आउनुहोस्। सबैका बाबा एकै हुनुहुन्छ। सबैका गड फादर एक हुनुहुन्छ। उहाँ रचयिता हुनुहुन्छ। रचना रच्नुहुन्छ सुखको लागि। पिताले बच्चाहरूलाई सुखको लागि नै चाहन्छन्। परम पिताले स्वर्ग रच्नुहुन्छ। जसलाई स्वर्गको मालिक बनाउनुहुन्छ, उनीहरूलाई भगवान् भगवती भनिन्छ। तर सबैलाई भनिँदैन, यो धेरै गुप्त कुरा छ। गड फादरले एडम ईवद्वारा कसरी सृष्टि रच्नुहुन्छ। गड अलग हुनुहुन्छ। यो बिस्तारै बिस्तारै बुझ्दै जानेछन्। वृक्ष वृद्धि हुँदै जान्छ। सबैलाई मुक्ति-जीवनमुक्ति मिल्छ। विश्व सुखधाम बन्छ। यो नै प्राचीन खण्ड थियो, जहाँ देवी-देवताहरूले राज्य गर्थे, त्यसपछि इस्लामी, बौद्धी खण्ड स्थापना भए। बिल्कुल सहज छ। जुन समय जसको कलमी लाग्नु छ, उनैको लाग्छ। 

    हेर, कस्तो-कस्तो पत्र लेख्छन्– बाबा म ४ दिनको बच्चा हुँ। मैले हजुरलाई चिनेँ। कुनै त धेरै वर्षसम्म आइरहन्छन् तर कहिल्यै पत्र पनि लेख्दैनन्। कुनैले त तुरुन्तै पत्र लेख्छन्। पछि गएर मायाको तूफान धेरै आउँछन्। तूफानले पुराना पातहरू पनि झर्छन्। नयाँलाई पहिला सुरुमा खुशीको पारा धेरै चढ्छ। बाबा हामी हजुरकै भएर रहन्छौं, तर माया कम छैन। जब प्रतिज्ञा गर्छौ, डायरीमा नोट राख– मैले के-के प्रतिज्ञा गरेको छु! कतिले त प्रतिज्ञा गरेर फेरि कहिल्यै डायरीलाई हेर्दा पनि हेर्दैनन्, यसबाट के फाइदा? यस्तो होइन, मेरो बच्चाहरूले पढ्नेछन्। यहाँ त कुनै नाति-नातिना आदि रहने छैनन्। जसले जति लियो सो लियो, पढेन भने कच्चा नै रहन्छ। कुनै भूल गरेर फेरि बताएनौ भने भूल वृद्धि हुँदै जान्छ। एक कथा पनि छ, आमाको कान पक्डियो– तपाईले मलाई पहिले नै किन सुनाउनु भएन? पहिले सुनाएको भए मलाई जेल मिल्दैनथ्यो। यी सबै दृष्टान्त हुन्। कहिल्यै चोरी गर्नु हुँदैन। नत्र बानी पर्छ र धर्मराजको धेरै डन्डा खानु पर्नेछ। अहिले बाबा सँग जति वर्सा लिनु छ, त्यति लेऊ। विश्वको बादशाही बाबाले दिइरहनु भएको छ अरू के दिऊँ? बाँकी रह्यो नै के? तिम्रो बेगरी जीवन हो। यसमा देही-अभिमानी बन्नु छ। देह सहित सारा दुनियाँलाई बिर्सिनु छ। लोभ राख्नु हुँदैन। जे मिल्यो सो अच्छा, भनिन्छ– माँग्नु भन्दा मर्नु बेश। शिवबाबाको भण्डाराबाट त सबैथोक मिल्छ नै। अमृतबेला आफैं उठ्ने बानी बसाउनुपर्छ। रातमा जागेर कमाई गर। बाबाले यो तन धेरै अनुभवी लिनु भएको छ। त्यो पनि रत्न, यी पनि ज्ञान रत्न। आजकल झुटो हीरा पनि यस्तो निक्लेका छन्, जसको कुरै नगर। चित्रहरूमा बुझाउन धेरै सहज छ। सेकेण्डमा बाबा सँग आएर वर्सा लिनुहोस्। माथि बाबा हुनुहुन्छ, यी हुन् ब्रह्माकुमार कुमारी। जबदेखि हामी बाबाको बन्यौं, जीवनमुक्तिको वर्सा त मिल्छ नै। बाँकी हामीले पुरुषार्थ गर्छौं, उच्च पद पाउनको लागि। परमपिता परमात्माले ब्रह्माद्वारा मनुष्य सृष्टि रच्नुहुन्छ। बाँधेलीहरूले भन्छन्– बाबा, हामीले हजुरलाई नै याद गर्छौं। हुन त हामी मिलेका छैनौं तर वर्सा त अवश्य लिन्छौं। कति आश्चर्य छ। धेरै बच्चाहरू छन्। जब प्रभाव निस्कँदै जानेछ, अनि बाँधेलीहरू पनि छुट्दै जान्छन्। धेरै छन्, जो पतिको पनि गुरु बन्छन्। त्यो लिस्ट निकाल्नेछु– कति स्त्रीहरू पतिको गुरु बनेका छन्, फेरि पतिले पनि लेखून्– मलाई यिनले ज्ञान दिइन्, त्यसैले यिनी मेरा गुरु हुन्। पुरुषले भन्छन् वास्तवमा स्त्री मेरो गुरु हुन्। यत्तिकै कहाँ कसैले मान्छन् र! माता गुरु विना कसैको उद्धार हुन सक्दैन। कलश जगत् मातालाई मिल्छ, त्यसैले जगत् माता नै गुरु भए नि। आजकल स्त्रीहरूलाई धेरै मान दिन्छन्। बाबाले पनि भन्नुहुन्छ– माता गुरु विना मुक्ति जीवनमुक्ति मिल्न सक्दैन। जब माताद्वारा एडाप्ट हुन्छन्, तब जीवनमुक्ति मिल्छ। मातालाई गुरु मान्नुपर्छ। बच्चाहरूले आफ्नो अहंकार राख्नु हुँदैन, माताहरूलाई पद दिनुपर्छ। अनुसरण गर्नु छ, देह-अभिमान हुनु हुँदैन। आफूलाई निरहंकारी सम्झनु छ। बाबाले पनि आफूलाई निराकार सम्झनु हुन्छ। तिमीले भन्छौ– आई एम इनकर्पोरियल कम कर्पोरियल। जस्तै लेख्छन् हस्पिटल कम युनिभर्सिटी। यो सबै कुरा सम्झाउनको लागि दिइन्छ। सबैमा एकरस धारणा हुँदैन। पुरुषार्थ गरेर धारण गर्नु र गराउनु छ। सुन्यो अनि सुनायो, तुरन्त दान महापुण्य। धन दान गर्दैनौ भने धनवान कसरी बन्छौ? 

    तिमी हौ सबैभन्दा धेरै लोभी, सारा विश्वको मालिक बन्ने कति ठूलो कामना छ। हरेकलाई सदा सुखी, सदा शान्तमय बनाउनु छ। मनुष्य मात्रलाई कलियुगी भ्रष्टाचारीबाट सत्ययुगी श्रेष्ठाचारी बनाउनु छ। यहाँ नै देवताहरू थिए, अहिले छैनन् फेरि अवश्य देवताहरू हुनेछन्, त्यसलाई स्वर्ग भनिन्छ। स्वर्ग शब्द धेरै राम्रो छ। हामी पुरुषार्थ गरिरहेका छौं– स्वर्गको मालिक बन्नको लागि। एक बाबा सिवाय बाँकी सबै बिर्सिनु छ। सबै सँग मोह नष्ट हुनुपर्छ। अच्छा! 

    मीठे-मीठे सिकीलधे सेवाधारी बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


    धारणाको लागि मुख्य सारः

    १) यस बेगरी जीवनमा पूरा-पूरा देही-अभिमानी बन्नु छ। कुनै पनि चीजको धेरै लोभ राख्नु हुँदैन, जे मिल्यो सो अच्छा। माँग्नु भन्दा मर्नु बेश।

    २) आफ्नो अहंकार नराखेर माताहरूलाई पद दिनुपर्छ। बाबा समान निराकारी निरहंकारी बन्नु छ। ज्ञान धनको दान गर्नु छ।

    वरदान:

    पवित्रताको रोयल्टीद्वारा ब्राह्मण जीवनको विशेषतालाई प्रत्यक्ष गर्ने, सम्पूर्ण पवित्र भव:-   

    पवित्रताको रोयल्टी नै ब्राह्मण जीवनको विशेषता हो। जसरी कुनै रोयल फेमिलीको बच्चा छ भने उसको चेहराद्वारा, चलनद्वारा थाहा हुन्छ– यो कुनै रोयल कुलको हो। त्यस्तै ब्राह्मण जीवनको परख पवित्रताको झलकबाट हुन्छ। चलन र चेहराबाट पवित्रताको झलक तब देखिन्छ, जब संकल्पमा पनि अपवित्रताको नाम-निशान हुँदैन। पवित्रता अर्थात् कुनै पनि विकार वा अशुद्धिको प्रभाव नहोस्, तब भनिन्छ सम्पूर्ण पवित्र।

    स्लोगन:

    होलीहंस उही हो, जसले व्यर्थलाई समर्थमा परिवर्तन गरिदिन्छ।   



    ***OM SHANTI***