BK Murli 24 March 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 24 March 2017 Nepali

    २०७३ चैत्र ११ शुक्रबार २४-०३-२०१७ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– बाबाद्वारा तिमीलाई सुमत मिलेको छ, तिम्रो बुद्धिको ताला खुलेको छ, त्यसैले तिम्रो कर्तव्य हो, सबैलाई आफ्नो बुद्धिको सहयोग दिनु।”  

    प्रश्न:

    संगमयुगमा तिमी बच्चाहरू भित्र कुनचाहिँ आशा उत्पन्न हुन्छ, जो बाबाले नै पूरा गर्नुहुन्छ?

    उत्तर:

    संगममा तिमी बच्चाहरूमा स्वर्ग जाने आशा उत्पन्न हुन्छ। पहिला कहिल्यै सोचेका पनि थिएनौ– हामी कुनै स्वर्गमा जान्छौं, अहिले यो नयाँ आशा उत्पन्न भएको छ। यो आशा एक बाबाले नै पूरा गर्नुहुन्छ, यो आशा पूरा भएपछि फेरि कुनै आशा रहँदैन। गायन पनि छ, अप्राप्त छैन कुनै वस्तु देवताहरूको खजानामा।

    गीतः–

    आखिर वह दिन आया आज...

    ओम् शान्ति।

    सबै भक्तहरूको लागि अवश्य कुनै दिन आउनु छ। सबैले भगवान्‌लाई नै याद गर्छन्। बाँकी सबै हुन् सीताहरू, भक्तहरू, सबै दु:खी छन्। याद गर्दा-गर्दा अन्त्यमा त्यो दिन आउँछ, जब बाबा आएर हात समाउनु हुन्छ। उहाँलाई खिवैया, बागवान, पतित-पावन पनि भनिन्छ। अहिले बच्चाहरूलाई थाहा छ– हामीले एकको हात समातेका छौं। नास्तिकबाट आस्तिक बनेका छौं। बाबाले बच्चाहरूलाई आफ्नो परिचय दिएर आफ्नो बनाउनु भएको छ, वर्सा दिनको लागि। बाबा सँग नै वर्सा मिल्छ। अब उहाँ हुनुहुन्छ बेहदका पिता, परमपिता। सबै बच्चाहरू, जो भगत छन्, उनीहरू सबैले उहाँलाई याद गर्छन्। तर यो कुरा भक्तहरूले बुझेका छैनन्। कति धूमधाम सँग बाजा-गाजा बजाउँदै तीर्थ जान्छन्। कुम्भको मेला लाग्छ, वेद-शास्त्र आदि पढ्छन्। यी सबै हुन् भक्तिमार्गका सामग्री, त्यसैले भगवान्‌लाई याद गर्छन्– उहाँ आएर यस दुर्गतिबाट छुटाउनु हुनेछ। पुकारिरहन्छन्, तर बाबाको बारेमा कसैलाई थाहा छैन। जसलाई पिताको बारेमा थाहा हुँदैन, मानौं ऊ बच्चा नै हुँदैन। पितालाई नजान्नाको कारण, नास्तिक बन्नाको कारण, दु:खै दु:ख छ। बाबाको बच्चा बन्नाले सदा सुख नै सुख हुन्छ। बाबा हुनुहुन्छ, स्वर्गका रचयिता। वहाँ सबै त जाँदैनन्। सीमित संख्यामा नै आउँछन्, बाबा सँग वर्सा लिन। बाँकी सबै धर्मकाले मुक्तिको वर्सा लिन आउँछन्। लिने सबैले बाबा सँग नै हो।

    बाबा भन्नुहुन्छ– अहिले मैले तिमीलाई सजिलो भन्दा पनि सजिलो कुरा सम्झाउँछु। म आफ्नो बाबालाई याद गर। यो बाबाले नै सम्झाउनुहुन्छ– ५ हजार वर्ष पहिला पनि तिमी मिलेका थियौ। हरेक ५ हजार वर्ष पछि मिल्दै रहन्छौ। आफ्नो लागि त मानौं पुरानो कुरा हो। कल्प-कल्प तिमीले राज्य गुमाउँछौ र फेरि पाउँछौ। ८४ जन्म तिमीले नै लिन्छौ। यो हो धेरै जन्मको अन्त्यको जन्म। तिमीले सम्झन्छौ– हामी पहिले क्षीरसागरमा थियौं, फेरि आएर विषय सागरमा फँसेका छौं। क्षीरसागर अथवा विषय सागर कुनै छैनन्। तर पावन थियौं, फेरि रावण मायाले पतित बनायो, अब फेरि बाबा पावन बनाउन आउनु भएको छ। गीतमा पनि भन्छन्‌– आखिर त्यो दिन आयो आज। भक्तिमार्गमा तिमीलाई कुनै यो आशा थिएन– हामी स्वर्गको मालिक बन्छौं। यो कुरा त बुद्धिमा छँदै थिएन। यी बाबाले पनि धेरै गीता पढ्थे, सुन्थे। तर यो आशा थिएन– म राजयोग सिकेर नरबाट नारायण बन्छु। अनायास नै बाबाले आएर प्रवेश गर्नुभयो। बाबा भन्नुहुन्छ– म अहिले तिम्रो स्वर्गको आशा पूर्ण गर्न आएको छु। अब स्वर्गमा जाने आशा बुद्धिमा धारण गर। स्वर्गको रचयिता हुनुहुन्छ बाबा। उहाँले धेरै राम्रो सँग बसेर सम्झाउनुहुन्छ। हो, काम महाशत्रु हो। यो त संन्यासीहरूले पनि भन्छन्, त्यसैले घरबार छोडिदिन्छन्। त्यो त भयो, एक दुईको कुरा। उनीहरूको निवृत्ति मार्गको पार्ट ड्रामामा छ। हुन त उनीहरू पनि भगत हुन्। परमपिता भन्दछन्, तर उहाँ को हुनुहुन्छ? यो जानेका छैनन्। फेरि भन्छन्– भज राधे गोविन्द... कसलाई भज्ने? कृष्णको नाम फेरि गोविन्द राखिदिएका छन्। जे सुनेका छन्, त्यो लेखिदिन्छन्। गोविन्द कसलाई भन्ने? गाईहरूलाई चराउने, मुरली सुनाउने त एक बाबा नै हुनुहुन्छ। हो पनि मनुष्य रूपी गाईको कुरा। पहिले तिमीले पनि केही बुझेका थिएनौ। अहिले बाबा आएर सुमत दिनु भएको छ। माया रावणले कुमत दिन्छ, बाबाले सुमत दिनुहुन्छ। सुमत हो शिवबाबाको, कुमत हो रावणको। सुमत अर्थात् श्रीमत, कुमत अर्थात् झुटो मत। अहिले तिमीले भिन्नता जान्दछौ। हामी झुटो मतमा थियौं, स्वर्गको आशा त थिएन। अहिले बाबाले नयाँ आशा प्रकट गरिदिनुभयो। वहाँ कुनै अप्राप्त वस्तु हुँदैन, जसको लागि टाउको दुखाउन परोस्। अहिले तिमीहरू सबैको नयाँ आशा छ। गर्न त पुरुषार्थ नम्बरवार गर्छौ। बाबाले त नम्बरवन मत दिनुहुन्छ नि। भन्दछन्– यो त यस्तो छ, ब्रह्मा नै उत्रिएर मत दिए पनि मत लिँदैन। यो अन्त्यको महिमा हो। तिम्रो महिमा अन्त्यमा गाइन्छ। जब तिमी सम्पूर्ण बन्छौ, तब वाह-वाह निस्कन्छ। अहिले त चढ्दै गिर्दै रहन्छौ। भर्खरै खुशीमा नाँच्छौ, भर्खरै मुर्दा बन्छौ। मायाले भिन्न-भिन्न प्रकारले ठक्कर मार्छ। कतै न कतै बुद्धिलाई अल्झाइदिन्छ, जसले गर्दा श्रीमतलाई छोडेर रावणको मतमा चल्छन्, फेरि चिल्लाइरहन्छन्।

    बाबा भन्नुहुन्छ– कदम-कदममा सावधानी लिइराख। श्रीमतमा चल्दा नै तिम्रो कल्याण छ। तिमी भित्र बाबाले नै आशा प्रकट गराउनु भएको छ– श्रीमतमा चल्नाले यी लक्ष्मी-नारायण जस्तो बन्छौ। जसरी यी ब्रह्मा बन्छन्, त्यसैगरी तत्‍त्वम्। यो कुरा नभुल। तर माया यस्तो छ, जसले श्रीमत लिने मौका नै दिँदैन। कतै न कतै उल्टो काम गराइदिन्छ। गरिसकेपछि फेरि आएर भन्छन्– बाबा मैले यो काम गरें। समय नै मिलेन सल्लाह लिने, अब के गरौं? मायाले तिमीलाई थप्पड मार्यो्, यसमा बाबाले के गर्ने? हरेक कुरामा कदम-कदममा धेरै सावधानी चाहिन्छ। संन्यासीले कहिल्यै भन्दैनन्– स्त्री पुरुष सँगै रहेर पवित्र रहन सकिन्छ, यसमा युक्तिहरू धेरै छन्। ब्रह्माकुमार-कुमारी कहलाउनु– कति ठूलो युक्ति हो। तिमी बच्चाहरू ब्राह्मण-ब्राह्मणी बन्छौ, त्यसैले कहीँ कुललाई कलंक लगाउनु हुँदैन। बहिनी भाइको नाता कहिल्यै उल्टो हुँदैन। नियम छैन, बहिनी भाइ आपसमा विवाह गरून्। यहाँ त सबै भाइ बहिनी हुन्छन्। यस कुरामा उनीहरू हाँस्छन्– यो फेरि कहाँको चलन हो? यो त हो नै नयाँ कुरा। यस्तो सल्लाह कहिल्यै कसैले दिन सक्दैन। कसैले सोध्छन्– तपाईहरू बी.के. आपसमा भाइ बहिनी हुनुभयो। बुद्धिमा बसाउनु छ किनकि सबैको बुद्धिको ताला बन्द छ। पत्थर बुद्धि छन् त्यसैले तिमीहरूले उनीहरूको बुद्धिको ताला खोल्न पर्छ। थुप्रै सेन्टरहरू छन् त्यसमा सबैले आफूलाई ब्रह्माकुमार-कुमारी कहलाउँछन् त्यसैले भाइ-बहिनी ठहरिए नि। उनीहरू विकारमा जान सक्दैनन्, असम्भव छ। यो त नयाँ रचना हो, ईश्वरको। उनीहरूले भन्छन्– गीतामा पनि कहिल्यै सुनेका छैनौं। बाबा भन्नुहुन्छ– यो त मैले तिमीलाई सिकाउँछु। पछि नत शिवबाबा हुनुहुन्छ, न बी.के. हुन्छन्। यो ज्ञान प्रायः लोप हुन्छ। फेरि कहाँ सुन्न सकिन्छ? अहिले म तिमीलाई राजयोग सिकाइरहेको छु। जब राजधानीको स्थापना पूरा हुन्छ अनि फेरि यो सबै खलास हुन्छ। पाण्डवहरूले राजधानी स्थापना गरे। यो पनि शास्त्रमा छैन। देवताहरू त थिए पावन दुनियाँका मालिक। दैत्य हुन् पतित दुनियाँका। यिनीहरूको फेरि आपसमा लडाइँ कसरी हुन सक्छ? स्वर्गबाट नर्कमा लडाइँ गर्छन् र! त्यसैले असुरहरूको र देवताहरूको लडाइँ कसरी भयो? अवश्य संगममा हुनुपर्छ। उनीहरूले आफ्नो फौज ल्याएर लडाइँ गरून्‌, हिसाब नै मिल्दैन। जहाँ असुर हुन्छन्, वहाँ देवताहरू कोही हुँदैनन्। जहाँ देवताहरू हुन्छन्, वहाँ असुर हुँदैनन्। त्यसैले फेरि लडाइँ कसरी लाग्न सक्छ? कौरवहरू र पाण्डवहरूको लडाइँ पनि हुन सक्दैन। जो श्रीमतमा चल्छन्, उनीहरूले कहिल्यै कसैलाई लडाउँछन् कसरी? लडाउनेवाला हुन् मनुष्य। बाबाले लड्ने वा जुवा खेल्ने अनुमति दिन सक्नुहुन्न। पाण्डवहरू कुनै कहाँ मूर्ख थिए र, जसले जुवा खेल्छन् वा आपसमा लड्छन्। 

    बाबाले सम्झाउनु भएको छ– यो बाबाको रुद्र ज्ञान यज्ञ हो। अबलाहरू माथि धेरै अत्याचार हुन्छ। विषको लागि कति सताउँछन्। भन– भगवान्‌ले भन्नु भएको छ काम महाशत्रु हो। यसमाथि विजय प्राप्त गर्नाले तिमी स्वर्गमा आउँछौ। यसरी सम्झाउनाले धेरैले जित पनि प्राप्त गर्छन्। फेरि उनलाई देवी मानेर पूजा पनि गर्छन्। मदत पनि मिल्छ। मनुष्य त सुनेर डराउँछन्‌– स्त्री पुरुष सँगै रहेर पवित्र रहुन्, यस्तो हुन सक्दैन। भन्छन्– अवश्य कुनै जादु छ, यस्तो सतसंगमा कहिल्यै जानु हुँदैन। सुरुमा बच्चीहरू भागेर आए अनि यस्तो भन्न थालेका हुन्। भट्ठी जुन बन्यो, अवश्य भागे होलान् नि। बन्धनमा भएकालाई धेरै सल्लाह दिइन्छ, यसमा बहादुरी पनि चाहिन्छ। गरिबले त सम्झन्छन्– कुनै आपत्ति छैन। विकारको कारणले मैले स्वर्गको राजाइँ किन गुमाउने? यिनीहरूले घरबाट निकालून्– ठीकै छ, म गएर भाँडा माझ्नेछु, कुचो लगाउनेछु। ठूला घरकाले त यसरी छोड्न सक्दैनन्। सुरुमा त बच्चीहरूको पार्ट थियो। गरिबहरूको लागि त धेरै सजिलो छ। बाबा भन्नुहुन्छ– बाबाको पासमा आयौ भने पहिला कुचो आदि लगाउन, सबै काम गर्नुपर्छ। मायाको तूफान पनि जोडले आउँछ। बच्चाहरू याद आउँछ, त्यसैले धेरै सावधानी चाहिन्छ। पहिला नष्टोमोहा बन, तब कुरा हुन्छ। शिवबाबाले मत दिनुपर्छ। ज्ञान मिलेको छ, कपडा जस्तो लाए पनि हर्जा छैन। बाबाले तिमीलाई नयनमा राखेर स्वर्ग लैजानुहुन्छ। साजनको पछाडि सजनी आउँदा मट्कामा दियो बाल्छन्। बाबा आउनुहुन्छ नै सबैलाई लायक बनाएर लैजान। पवित्र त सबै बन्छन्। पापहरूको बोझ टाउकोमा छ भने अन्त्यमा हिसाब-किताब चुक्ता गरेर जानु छ। यसको लागि तिमीले याद रहने यति मेहनत गर्छौ, जसले गर्दैनन्, त्यसै मुक्तिमा कहाँ जान्छन् र? महाविनाशको समयमा धेरै सजाय खाएर फेरि मुक्तिधाममा जान्छन्। आत्माको त स्वधर्म हो साइलेन्स। हामी अशरीरी भएर बस्छौं। यी कर्मेन्द्रियहरूद्वारा काम लिँदैनौं, मौनमा बस्छौं। तर कहिले सम्म? आखिर कर्म त गर्नुपर्छ नि। साधु-सन्त आदि कसैलाई पनि यो थाहा छैन– आत्माको स्वधर्म नै साइलेन्स हो। संन्यासीहरू शान्ति खोज्न जान्छन्। बाबा भन्नुहुन्छ– शान्ति त तिम्रो गलाको हार हो। फेरि हामी जंगलमा किन जाने! हामी कर्मयोगी हौं। बाबा भन्नुहुन्छ– मलाई याद गर्यौल भने विकर्म विनाश हुन्छ। फेरि स्वर्गलाई याद गर। ६३ जन्म भक्तिको घमासानले दिक्क पारिदियो। अब तिमीलाई सबै हंगामाबाट छुटाइ दिएको छु। 

    बाबाको निर्देशन मिल्छ– अब अशरीरी बन किनकि तिमी मेरो पासमा आउनु छ, फेरि तिमीलाई स्वर्गमा पठाइदिन्छु। यसमा हंगामाको कुनै कुरा नै छैन। भक्तिमार्गमा तिमीले ठक्कर खायौ, त्यो त फेरि पनि खानु पर्नेछ। सबै पुनर्जन्म लिँदा-लिँदा तमोप्रधान बन्नु नै छ। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) कदम-कदम धेरै सावधानी पूर्वक चल्नुपर्छ। श्रीमतमा अलमल नपर। कहिल्यै कुललाई कलंक लगाउनु हुँदैन।

    २) बाबाको पासमा जानको लागि पुराना सबै हिसाब-किताब चुक्ता गर्नुपर्छ। त्यसैले अशरीरी बन्ने पूरा अभ्यास गर।

    वरदान:

    ज्ञानको लाइट र माइट द्वारा आत्म-अभिमानी रहने, स्मृति स्वरूप भव:-  

    तिम्रो अनादि रूप निराकार ज्योति स्वरूप आत्मा हो र आदि स्वरूप हो देव आत्मा। दुवै स्वरूप सदा स्मृतिमा तब रहन्छ, जब ज्ञानको लाइट माइटको आधारमा आत्म-अभिमानी स्थितिमा रहने अभ्यास हुन्छ। ब्राह्मण बन्नु अर्थात् ज्ञानको लाइट माइटको स्मृति स्वरूप बन्नु। जो स्मृति स्वरूप हुन्छ, ऊ स्वयं पनि सन्तुष्ट रहन्छ र अरूलाई पनि सन्तुष्ट गर्छ।

    स्लोगन:

    साधारणतामा महानताको अनुभव गर्नु नै महान् आत्मा बन्नु हो।  



    ***OM SHANTI***