BK Murli 25 March 2017 Nepali

BK Murli 25 March 2017 Nepali

२०७३ चैत्र १२ शनिबार २५-०३-२०१७ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन

“मीठे बच्चे– सिमर सिमर सुख पाऊ, बाबाको स्मरण गर्यौो भने कलह क्लेश मेटिएर जान्छ, तिमी निरोगी बन्छौ।”  

प्रश्न:

यस समय तिमी बच्चाहरू युद्ध स्थलमा छौ, जित वा हारको आधार के हो?

उत्तर:

श्रीमतमा चल्नाले जित, आफ्नो मत वा अरूको मतमा चल्नाले हार। एकातिर छन् रावण मत भएकाहरू, अर्कातिर छन् राम मत भएकाहरू। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! रावणले तिमीलाई धेरै सताएको छ। अब तिमीले म सँग बुद्धियोग लगायौ भने विश्वको मालिक बन्छौ। यदि कारण अकारण आफ्नो मतमा चल्यौ वा खिटपिटमा आयौ, पढाइ छोड्यौ भने मायाले मुख मोडिदिन्छ, हार खान्छौ, त्यसैले धेरै-धरै सावधान रहनु छ।

गीत:–

देख तेरे संसार की हालत.........

ओम् शान्ति।

मानिस कति बदलिनु पर्छ, यो केवल तिमी ब्राह्मण बच्चाले नै जान्न सक्छौ। मनुष्य कति उच्च भन्दा उच्च जान सक्छ, फेरि उही मनुष्य कति नीच भन्दा नीच बन्छन्। मनुष्य सत्ययुगी सतोप्रधान विश्वको मालिक बन्न सक्छ र मनुष्य नै तमोप्रधान वर्थ नट ए पेनी बन्छ। यो सबै कुरा तिमीले जानेका छौ, बेहदका बाबाद्वारा। एकै पतित-पावन सद्गयति दाता हुनुहुन्छ। उहाँले नै पावन बनाउनुहुन्छ। रावणले फेरि पतित बनाउँछ। फेरि परमपिता परमात्मा आएर कति उच्च बनाउनुहुन्छ, त्यसैले भनिन्छ ईश्वरको गत-मत भिन्न छ। उहाँको महिमा पनि सबैभन्दा भिन्न छ। बाबाको महिमा अपरम अपार छ किनकि उहाँको जस्तो मत अरू कसैको छैन। यसलाई श्रीमत भागवत भनिन्छ। मत त सबैको हुन्छ। वकिलको मत, सर्जनको मत, धोबीको मत, संन्यासी, उदासी आदिको मत। फेरि पनि गाइन्छ– हे ईश्वर तिम्रो गत-मत सबैभन्दा भिन्न छ। परमपिता परमात्मा नै सर्वोच्च, सर्वश्रेष्ठ हुनुहुन्छ। यो कुनै देवता वा मनुष्यको मत होइन। तिमीहरूमा पनि जो पक्का निश्चयबुद्धि छन्, उनीहरूले नै यस कुरालाई बुझ्न र बुझाउन सक्छन्। उनीहरूलाई थाहा छ– बाबाको श्रीमतबाट हामी कति श्रेष्ठ बन्छौं। बाबा लवफुल, पिसफुल हुनुहुन्छ। हर कुरामा फुल हुनुहुन्छ, त्यसैले तिमीले पनि फुल वर्सा बाबाबाट लिनुपर्छ। फुल वर्सा के हो? नम्बरवन विश्वको मालिक बन्नु। कम्तीमा पनि सूर्यवंशी मालामा त आऊ। हामी नै पूज्य थियौं फेरि हामी नै पुजारी बन्यौं। सारा दुनियाँले उनीहरूको माला जप्छन्। सिमरणी अवश्य जप्छन्। तर सिमरणीको अर्थ केही पनि जानेका छैनन्। भनिन्छ– सिमर सिमर सुख पाऊ अर्थात् एकलाई नै स्मरण गर्नुपर्छ फेरि तिनीहरूले सबैलाई किन स्मरण गर्छन्। बाबा भन्नुहुन्छ– सबैलाई याद नगर, केवल म एकलाई नै याद गर। म बाबालाई खुब याद गर, मलाई याद गर्दा गर्दै तिमी मेरो पासमा पुग्नेछौ। म निर्देशन दिन्छु– गृहस्थ व्यवहारमा रहेर केवल म बाबालाई याद गर। कति सहज उपाय छ। भन्नुहुन्छ– सिमर सिमर सुख पाऊ अर्थात् जीवनमुक्ति पाऊ। कलह क्लेश सबै तनबाट मेटिएर जान्छ। वहाँ तिमीहरूको शरीरमा कुनै रोग रहँदैन। अहिले बाबा तिमी बच्चाहरूलाई सम्मुखमा सुनाइरहनु भएको छ, तिमीले सुनेर अरूलाई सुनाउँछौ। सबैभन्दा राम्रो यो टेप रेकर्डले सुनाउँछ। अलिकति पनि छुटाउँदैन। बाँकी हाउ-भाउ त देख्न सकिँदैन। बुद्धिले जान्दछौ– बाबाले यसरी यसरी सम्झाउनुहुन्छ। यो टेप मेसिन त खजानाको खानी हो। 

मनुष्यले त शास्त्रको दान गर्छन्। गीता छापेर दान गर्छन्। यो टेप कति आश्चर्यको चीज छ। थोरै कमजोर हुन्छ, त्यसैले सम्हालेर चलाउनुपर्छ। यो हो हस्पिटल एवं युनिभर्सिटी। सबैलाई हेल्थ, वेल्थको वर्सा दिन सक्छौ। मुरलीबाट नै सबै कुरा मिल्छ। तर माया मोहिनी यस्तो छ, जसले सबै कुरा भुलाइदिन्छ। रावणले पनि मोहित गर्छ, रामले मोहित पनि गर्नुहुन्छ। रामले एक पटक मोहित गर्नुहुन्छ, रावणले त आधाकल्प देखि खिच्दै खिच्दै एकदम माटोमा मिलाइदिएको छ। यहाँ हर चीज तमोप्रधान छ। ५ तत्त्व पनि तमोप्रधान छ। सत्ययुगमा ५ तत्त्व पनि सतोप्रधान हुन्छन्। कति ठूलो आम्दानी छ। कसले लिन्छ! करोडौंमा कसैले। बाँदरबुद्धिलाई मन्दिरबुद्धि बनाउन कति मेहनत लाग्छ। सारा दुनियाँ वेश्यालय बनेको छ। फेरि म नै आएर शिवालय बनाउँछु। भारतवर्ष शिवालय थियो, अहिले रावणले वेश्यालय बनाएको छ। आधा आधा समय छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! अब खुब सेवा गर। उनीहरूले त केवल भन्छन् मात्र, पतित-पावन आउनुहोस् भनेर, तर जान्दैनन्। अनेक मत-मतान्तर छन्। भगवान् स्वयं भन्नुहुन्छ– यो भ्रष्टाचारी दुनियाँ हो। मनुष्य भ्रष्ट बन्छन् विषबाट। काम सबैभन्दा महाशत्रु हो। वहाँ यो विकार नै हुँदैन। यो भारतखण्ड परम प्रिय बाबाको जन्मभूमि हो। रावण जो दुस्मन हो, त्यसलाई जलाउँछन्। जस्तै देवीहरूको चित्र बनाएर पूजा गरेर फेरि डुबाइदिन्छन्। यो सबै अन्धश्रद्धा हो। पादरीहरूले पनि यस्ता कुरा सुनाएर धेरैलाई बदल्छन्। हो त ड्रामाको भावी। तर उनीहरूले धेरै मेहनत गर्छन्। यस समय सारा दुनियाँमा रावण राज्य छ। यस समय सबै रावणको फोहोरी मतमा छन्। परमपिता परमात्मा पतित-पावन, जसको सबैभन्दा धेरै महिमा छ, उहाँलाई सर्वव्यापी भनिदिएका छन्। मनुष्यको अरू कुनै दुस्मन छैन। मायाबाट नै सबै मनुष्य पीडित छन्। त्यसबाट त एक बाबाले नै आएर छुटाउनुहुन्छ, अरू कसैले छुटाउन सक्दैन। शरण परेँ म तिम्रो। प्रभु मेरो लाज राख्नुहोस्... यस्तो पनि गीत छ। अहिले तिमीलाई रावणबाट नै बचाउनुहुन्छ। रावणले कति सताएको छ। बाबा भन्नुहुन्छ– एक रावणले लिएर जान्छ अर्कोतिर। बाबा भन्नुहुन्छ– मेरो मतमा चल, रावणले फेरि भुलाइदिन्छ। बाबा आउनुहुन्छ विश्वको मालिक बनाउन। रगतले पनि लेखेर दिन्छन् फेरि पनि मायाले भुलाएर मुख मोडिदिन्छ। यो सारा बुद्धिको कुरा हो। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! अब फर्केर जानु छ, यसैले मलाई याद गर्यौआ भने उच्च पद पाउँछौ। 

बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! श्रीमतलाई कहिल्यै नबिर्स। तर कारण अकारण आफ्नो मतमा वा कसैको खिटपिटका कारण बाबालाई छोडिदिन्छन्। यसलाई भनिन्छ युद्धस्थल। एकातर्फ छन् रावणको मतवाला। अर्कातर्फ छन् रामका मतवाला। अरे, तिमी भगवान्‍बाट स्वर्गको वर्सा त लेऊ। यतिका सबैले लिइरहेका छन्, के यी मूर्ख हुन्! तिमी पनि भगवान्‌का सन्तान हौ, तिमीले पनि वर्सा लेऊ। परमपिता परमात्माले ब्रह्माद्वारा नयाँ सृष्टि रच्नुहुन्छ। यस्तो होइन, विष्णुद्वारा देवता रच्नुभयो। ब्रह्माद्वारा विष्णुपुरी रच्नुभयो। भन्छन् पनि, वास्तवमा ठीक हो। विष्णुको राजधानीमा हामीले राज्य लिन्छौं। बस्दा बस्दै फेरि गायब हुन्छन्। कारण अकारण मतभेदमा आउँछन्। कोही बन्धन आयो वा कसैले केही भन्यो भने भुल्छन्। हेर, यति धेरै बी.के. छन्, परमपिता परमात्माबाट वर्सा लिइरहेका छन्। राम्ररी पढिरहेका छन् तर बाहिर गएपछि भुल्छन्। मायाले भ्रष्टबुद्धि बनाइदिन्छ। कति मेहनत गरिन्छ, सम्झाउनको लागि। बच्चाहरू घरी-घरी कामबाट छुट्टी लिएर सेवामा जान्छन्। सबैमाथि दया गर्न चाहन्छन् किनकि यिनीहरू जस्तो दुःखी, वर्थ नट ए पेनी दुनियाँमा कोही छैन। सबैको यो धन दौलत माटोमा मिल्छ। बाँकी तिम्रो हो सच्चा कमाई। तिमी हात भरेर जान्छौ। बाँकी सबै खाली हात जान्छन्। यो त सबैले जान्दछन्– विनाश अवश्य हुनु छ। सबैले भन्छन्– यो उही महाभारत महाभारी लडाइँको समय हो, सबैलाई कालले खान्छ। तर हुनु के छ, यो बुझ्दैनन्। बाबा स्वयं भन्नुहुन्छ– म तिमीहरू सबैलाई वापस लिएर जानको लागि आएको हुँ। मलाई नै काल, महाकाल भन्दछन्। मृत्यु सामुन्ने खडा छ, यसैले अब तिमी मेरो मतमा चल र पद पनि उच्च लेऊ। जीवनमुक्तिमा पनि पद हुन्छ। मुक्तिमा त सबै धर्म स्थापक बस्छन्। उनीहरू पनि जब आउँछन्, तब सतोप्रधान फेरि सतो रजो तमोमा आउँछन्। उच्च र नीच, भिखारी र राजकुमार। भारतवर्ष यतिबेला सबैभन्दा नीच पतित छ। भोलि फेरि पावन राजकुमार बन्नेछ। देवी-देवता धर्मले धेरै सुख दिन्छ। यति सुख अरू कुनै धर्ममा हुन सक्दैन। तिमी बच्चाहरू सत्ययुगको मालिक थियौ, अहिले नर्कको मालिक बनेका छौ फेरि तिमीले फस्ट जन्म सत्ययुगमा लिन्छौ। ‘हम सो’ को अर्थ पनि बुझेका छैनन्। हामी जीव आत्मा यस समय ब्राह्मण छौं, यो भन्दा पहिले शूद्र थियौं। भोलि हामी नै देवता फेरि क्षत्रिय बन्छौं। फेरि वैश्य, शूद्र राज्यमा आउँछौं। अहिले हाम्रो चढ्ती कला छ। सत्ययुगमा यो ज्ञान रहँदैन, यो भन्दा पहिले हामी उत्रिने कलामा थियौं। बाबाले चढ्ती कलामा लिएर जानुहुन्छ। तर कसैको बुद्धिमा यो ज्ञान रहँदैन किनकि बुद्धियोग म सँग छैन, त्यसैले गोल्डन एजेड बर्तन बन्दैन। 

बाबा भन्नुहुन्छ– केवल मुखले बाबा-बाबा भन्नु छैन। बाबालाई भित्र याद यसरी गर्नु छ, जसबाट अन्त मती सो गति होस्। देहको भान छोडेर आफूलाई आत्मा सम्झ। जति आफूलाई आत्मा सम्झन्छौ, बाबालाई याद गर्छौ, त्यति तिम्रो विकर्म विनाश हुन्छ, अरू कुनै उपाय नै छैन। भगवानुवाच– तिमीले सबैलाई सम्झाउनु छ– यो जुन हामीले यज्ञ, तप, दान गर्छौं यसबाट भगवान्‌सँग मिल्न सकिँदैन। अहिले तिमी एकदम पतित बनेका छौ। एक जना पनि मेरो पासमा आएको छैन। नाटकमा अन्त्यसम्म सबै कलाकार रहनुपर्छ। जब नाटक पूरा हुन्छ, तब सबै फर्कर जानुपर्छ। आत्माहरूको वृद्धि भइरहन्छ। बीचबाट निस्कन सकिँदैन। स्थापना गर्नेवाला नै यहाँ बस्नु भएको छ। ८४ जन्म लिनु छ। वृक्षको जीर्ण अवस्था हुनु नै छ। यो धेरै राम्रो कुरा हो, बुझ्नको लागि। धेरै सावधान पनि रहनु छ– मायाले कहीँ धोका नदेओस्। आफ्नो मुख माथि राख्नु छ, खुशी सँग जानु छ। (मुर्दाको मुख घुमाउँछन्) बाबा भन्नुहुन्छ– आफ्नो मुख स्वर्गतर्फ राख, गोडा नर्कतर्फ। त्यसैले कृष्णको यस्तो चित्र बनाएका छन्। श्याम नै सुन्दर बन्छन्। तिमी पनि नम्बवन गोरो बन्छौ, त्यसैले भनिएको छ– मनुष्यबाट देवता बनाउनुभयो... अर्थात् कलियुगलाई सत्ययुग बनाउनु, बाबाको काम हो। तिमी बच्चाहरूलाई थाहा छ– हामीले श्रीमत अनुसार विश्वको राज्य स्थापना गर्छौं। त्यसमा आएर राज्य गर्नेछौं। यसमा यज्ञ तप गर्ने आवश्यकता छैन। बाबा यिनी द्वारा मत दिनुहुन्छ– मलाई याद गर। अहिले राजधानी स्थापना भइरहेको छ। त्यसमा जुन पद चाहन्छौ, त्यो लेऊ। जसरी यी मम्मा ज्ञान-ज्ञानेश्वरी हुन्, गएर राज-राजेश्वरी बन्छिन्। यो ज्ञान हो नै राजयोगको। त्यसैले यस्तो कलेजमा कति राम्रो सँग पढ्नुपर्छ। बाबा भन्नुहुन्छ– आज धेरै राम्रा-राम्रा प्वाइन्ट सुनाउँछु, यसैले पूरा ध्यान राख। मित्र सम्बन्धीको पनि कल्याण गर। जसको तकदिरमा छ, ऊ उठ्छ। शिवको मन्दिरमा गएर भाषण गर। शिवबाबा नर्कलाई स्वर्ग बनाउन आउनु भएको छ। धेरै उहाँको बन्न आउँछन्। माया सँग तिम्रो जबरदस्त लडाइँ छ। राम्रा-राम्रा बच्चाहरूलाई आज नशा चढ्छ, भोलि हराउँछन्। तिमीलाई थाहा छ– पुरानो दुनियाँ खतम हुनु छ। हामी यो पुरानो शरीर छोडेर नयाँ दुनियाँमा पाइला राख्नेछौं। यो दिल्ली परिस्तान बन्नेछ। अब परिस्तानमा जानको लागि फूल बन। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


धारणाको लागि मुख्य सारः

१) देह-अभिमानलाई छोडेर बाबालाई भित्र-भित्रै यस्तो याद गर्नु छ, जसबाट अन्त मति सो गति होस्। बुद्धिलाई यादद्वारा गोल्डन एजेड बनाऊ।

२) कहिल्यै पनि मनमत वा मतभेदमा आएर पढाइ छोड्नु हुँदैन। आफ्नो मुख स्वर्गतिर राख्नुपर्छ। नर्कलाई भुल्दै जानु छ।

वरदान:

माया वा प्रकृतिको भिन्न-भिन्न ‘कार्टुन शो’ लाई साक्षी भएर हेर्ने, सन्तोषी आत्मा भव:-   

संगमयुगमा बापदादाको विशेष देन सन्तुष्टता हो। सन्तोषी आत्माको अगाडि जस्तोसुकै हल्लाउने वाला परिस्थिति पनि यस्तो अनुभव हुन्छ, जस्तो पपेट शो (कठपुतलीको खेल)। आजकल कार्टुन शो को फेसन छ। त्यसैले जुनसुकै परिस्थिति आए पनि त्यसलाई यस्तो सम्झ– बेहदको स्क्रीनमा कार्टुन शो वा पपेट शो चलिरहेको छ। माया वा प्रकृतिको यो एउटा शो हो, जसलाई साक्षी स्थितिमा स्थित भएर, आफ्नो शानमा रहँदै, सन्तुष्ट स्वरूपमा रहेर हेर्दै गर, तब भनिन्छ सन्तोषी आत्मा।

स्लोगन:

कुनै पनि प्रकारको डिफेक्टबाट पर रहनु नै परफेक्ट बन्नु हो।  



***OM SHANTI***

Google+ Followers