BK Murli 3 March 2017 Nepali

BK Murli 3 March 2017 Nepali

२०७३ फाल्गुन २० शुक्रबार ३-०३-२०१७ प्रातः मुरली ओम् शान्ति “बापदादा” मधुबन

“मीठे बच्चे– तिमी ब्राह्मण हौ यज्ञ रक्षक। यस यज्ञले नै तिमीलाई मन-इच्छित फल दिन्छ।”

प्रश्न:

कुन दुई कुराको आधारमा २१ जन्म सबै दुःखहरूबाट छुट्न सक्छौ?

उत्तर:

प्यारले यज्ञको सेवा गर्दै बाबालाई याद गर, तब २१ जन्म कहिल्यै दुःखी हुँदैनौ। दु:खको आँसु बगाउने छैनौ। तिमी बच्चाहरूलाई बाबाको श्रीमत छ– बाबा सिवाय कुनै पनि मित्र सम्बन्धी आदिलाई याद नगर। बन्धनमुक्त बनेर प्यारले यज्ञको सम्हाल गर्यौञ भने मनले चिताएको फल मिल्छ।

गीतः–

बचपन के दिन भुला न देना…

ओम् शान्ति।

प्यारा बच्चाहरूले गीत सुन्यौ र यसको अर्थ पनि बुझ्यौ– यो हाम्रो ईश्वरीय जन्म हो। यस जन्ममा हामीले जसलाई माता-पिता भन्छौं, उहाँको मतमा चल्नाले नै हामी विश्वको मालिक बन्छौं, किनकि उहाँ हुनुहुन्छ, नयाँ विश्वका रचयिता। यस निश्चयले नै तिमी यहाँ बसेका छौ र विश्वको मालिक बन्ने वर्सा लिइरहेका छौ। यो जुन पुरानो दुनियाँ छ, यो त विनाश हुनेवाला छ। यसमा कुनै सुख छैन। सबै विषय सागरमा गोता खाइरहेका छन्। रावणको बन्धनमा दु:खी भएर सबै मर्नेछन्। अहिले बाबा बच्चाहरूलाई वर्सा दिन आउनु भएको छ। बच्चाहरूलाई थाहा छ– हामी जसको बनेका छौं, उहाँद्वारा वर्सा पाइन्छ। उहाँले हामीलाई राजयोग सिकाउनुहुन्छ। जसरी वकिलले भन्छन्– हामीले वकिल बनाउँछौं। बाबा भन्नुहुन्छ– तिमीलाई स्वर्गको डबल शिरताज बनाउँछु। श्री लक्ष्मी-नारायण अथवा उनको वंशजलाई वर्सा दिन आएको छु। त्यसको लागि तिमीले राजयोग सिकिरहेका छौ। यो कुरा नबिर्स। मायाले बिर्साउँछ, परम पितासँग बेमुख गराउँछ। उसको धन्दा नै यही हो। जबदेखि उसको राज्य सुरू भयो, तिमी बिमुख बन्दै आएका छौ। अहिले कुनै कामका रहेनौ। चेहरा मनुष्यको त छ तर चलन बिलकुल बाँदरको छ। अब तिम्रो चेहरा मनुष्यको, चलन देवताहरूको जस्तो बनाइरहेको छु। बाबा भन्नुहुन्छ– बचपन नबिर्स, यसमा मुश्किल केही पनि छैन। जो निर्बन्धन छन्, उनीहरूको त अहो भाग्य भनिन्छ। ती लौकिक माता-पिता हुन् विकारमा पार्नेवाला र यहाँ माता-पिता हुनुहुन्छ, स्वर्गमा लैजानेवाला। ज्ञान स्नान गराइरहनु भएको छ। आरामले बसिरहेका छौ। हो, शरीरद्वारा काम पनि लिनु छ। बेहदका बाबाद्वारा वर्सा मिलिरहेको छ र अरू कसैको यादले सताउँदैन। यदि कुनै बन्धन छ भने फेरि यादले सताउँछ। कुनै सम्बन्धी याद आउँछ, मित्र याद आउँछ, सिनेमा याद आउँछ। तिमीलाई त बाबा भन्नुहुन्छ– अरू कसैलाई पनि याद नगर। यज्ञको सेवा गर्दै बाबालाई याद गर, अनि २१ जन्म तिमीले कहिल्यै दु:ख पाउँदैनौ। दु:खका आँसु बग्दैनन्। यस्ता बेहदका माता-पितालाई कहिल्यै छोड्नु हुँदैन। यज्ञको सेवा गर्नु पर्छ। तिमी हौ यज्ञको रक्षक। यज्ञको हर प्रकारको सेवा गर्नुपर्छ। यस यज्ञले मन-इच्छित फल दिन्छ अर्थात् जीवनमुक्ति, स्वर्गको राजाई दिन्छ। त्यसैले यस्तो यज्ञको कति सम्हाल गर्नुपर्छ। कति शान्ति रहनुपर्छ। जो कोही आए पनि सम्झियोस्, यहाँ त सुख-शान्ति छ। यहाँ कुनै पनि आवाज गर्न बिलकुल मन लाग्दैन। रावणको राज्य देखि छुटेर आएका छौं। अब हामी रामराज्यमा जान्छौं। जो बन्धनमुक्त छन्, उनीहरूको लागि त अहो सौभाग्य। लखपति करोडपति भन्दा पनि उनीहरू महान सौभाग्यशाली हुन्, जसले बेहदका बाबासँग वर्सा लिन्छन्, जसको बन्धन टुट्यो उनलाई पनि भनिन्छ अहो सौभाग्य । जो बन्धनमुक्त बनेर बाबासँग वर्सा लिन्छन्, उनीहरूको कति भाग्य खुल्छ। बाहिर त रौरव नर्क छ, जसमा दुःख बाहेक कुनै सुख छैन। अब बाबा भन्नुहुन्छ– अरू सबै चिन्ताहरूलाई छोडेर यज्ञको सेवा प्यारसँग गर। धारणा गर। सबैभन्दा पहिला आफ्नो जीवन हीरा जस्तो बनाऊ। त्यो बन्छ श्रीमतद्वारा। यहाँ त सबै बच्चाहरू बन्धनबाट छुटेका छन्। आफ्नो स्वभाव पनि धेरै राम्रो राख्नु छ, सतोप्रधान बन्नु छ। नत्र सतोप्रधान राज्यमा उच्च पद पाउन सकिँदैन। यज्ञद्वारा जे-जस्तो मिल्छ त्यो स्वीकार गर्नुपर्छ। बाबा अनुभवी छन्। हुन त ठूला जौहरी थिए, कहीँ आश्रममा जाँदा आश्रमको नियममा पूरा चल्थे। त्यहाँ यसरी मागिँदैन– मलाई फलानो चीज देऊ। बडो सभ्य भएर जुन भोजन सबैलाई मिल्छ, त्यही खाने गरिन्छ। यस ईश्वरीय आश्रममा बडो शान्ति चाहिन्छ।

जो पिया के साथ है... त्यो पनि दुवै बापदादा बस्नु भएको छ। सम्मुख बसेर सुन्नुहुन्छ। यदि अहिले सेवा लायक बनेनौ भने फेरि कल्प-कल्पान्तर पद भ्रष्ट हुन्छौ। अन्धाको लठ्ठी बनेर, यो महामन्त्र सबैलाई दिनु छ। यही संजीवनी बुटी हो। कसै-कसैलाई मायाले पूरै बेहोस गरिदिन्छ। यो युद्धको मैदानमा त भनिन्छ– बाबा र वर्सालाई याद गर। यो हो संजीवनी बुटी। हनुमान् त तिमी नै हौ, नम्बरवार महावीर बन्छौ। धेरै छन्, जो बेहोस भएका छन्। उनीहरूलाई होसमा ल्याउनु छ ताकि फेरि जीवन बनाऊन्। देहमा पनि मोह राख्नु हुँदैन। मोह राख्नु छ, बाबा र अविनाशी ज्ञान रत्नहरूमा। जति धारणा हुन्छ, त्यति अरूलाई पनि गराइन्छ। बाबा भन्नुहुन्छ– मलाई ज्ञानी आत्मा नै प्रिय लाग्छ। प्रदर्शनीको सेवाका लागि बाबाले ज्ञानी बच्चाहरूलाई नै खोज्नुहुन्छ। सम्झाउन धेरै सहज छ। ठूला-ठूला मानिसहरू सुनेर खुशी हुन्छन्। सम्झन्छन्– यस संस्थाद्वारा जीवन बन्छ। तर यो पनि करोडौंमा कसैले सम्झन्छन्। यो हो बेहदको सन्यास। जे जति यो पुरानो दुनियाँमा देख्छौ, ती सबै खतम हुन्छन्। अहिले त बाबाबाट वर्सा लिनु छ, फेरि फर्केर जानु छ। फेरि हामी सूर्यवंशी कुलमा आएर राज्य गर्छौं। राज्य गरेका थियौं, फेरि मायाले खोस्यो। कति सहज कुरा छ। प्यारा बाबालाई याद गर्नु छ। मन बाबासँग लागिरहोस्। बाँकी कर्मेन्द्रियहरूद्वारा कर्म त गर्नु छ। श्रीमतमा चल्नु छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! मुखबाट सदैव ज्ञान रत्न निकाल, पत्थर ननिकाल। कुनै पनि संसार समाचारको कुरा नगर। नत्र मुख नमीठो हुन्छ। एक अर्कालाई रत्न दिँदै गर, तिमीसँग रत्नहरूको झोली छ। विनाशी धन दान गर्छन्। भारतलाई महादानी भनिन्छ। यतिबेला बाबाले बच्चाहरूलाई दान गर्नुहुन्छ, बच्चाहरूले बाबालाई दान गर्छन्। भन्छन्– बाबा शरीर सहित यो सबैथोक हजुरको हो। बाबा फेरि भन्नुहुन्छ– यो विश्वको बादशाही तिम्रो हो। यस पुरानो दुनियाँका सबैथोक समाप्त हुनु छ, त्यसैले किन बाबासँग सौदा नगर्ने? बाबा यो सबैथोक हजुरको हो, भविष्यमा मलाई राजाई दिनुहोला। म यही चाहन्छु, मलाई अरू केही चीजको आवश्यकता छैन। यस्तो कसैले नसम्झियोस्– मैले तन-मन-धन दिएँ भने म भोकै मर्छु! होइन, यो शिवबाबाको भण्डारा हो, जसद्वारा सबैको शरीर निर्वाह भइरहन्छ र भइ नै रहनेछ। द्रौपदीको उदाहरण छ। अहिले यथार्थमा पार्ट चलिरहेको छ। शिवबाबाको भण्डारा सदैव भरिपूर्ण छ। त्यो पनि एउटा परीक्षा थियो, जसलाई डर लाग्यो उनीहरू सबै गए। बाँकी साथ दिने जति आए। भोकै मर्ने कुरा छैन। अहिले त बच्चाहरूको लागि महल बनिरहेका छन्। राम्रोसँग रहनु छ भने मेहनत गरेर आफ्नो उच्च पद बनाउनु छ। यो कल्प-कल्पको बाजी हो। यतिबेला परीक्षामा फेल भयौ भने कल्प-कल्पान्तर भइरहनेछौ। पास पनि यस्तो हुनु छ, जसबाट मम्मा बाबाको तख्तमा बस्न सकियोस्। २१ जन्म तख्त पछि तख्तमा नै बसियोस्।

एक बाबा बाहेक कसैलाई पनि याद गर्नु छैन। मुरली लेख्नु धेरै राम्रो सेवा हो, सबै खुशी हुन्छन्, आशीर्वाद दिन्छन्। भन्छन्– बाबा, लेखाइ धेरै राम्रो छ। नत्र लेख्नेछन्– अक्षर राम्रा छैनन्। बाबा, हामीलाई शब्द काटेर पठाउँछन्। हाम्रो रत्नहरू चोरिन्छ! बाबा हामी अधिकारी हौं– हजुरको मुखबाट जुन रत्न निस्कन्छन्, ती सबै हाम्रो पासमा आउनुपर्छ। यो भन्छन् पनि उनैले, जो अनन्य छन्। मुरलीको सेवा बडो राम्रोसँग गर्नुपर्छ। सबै भाषाहरू सिक्नुपर्छ। मराठी, गुजराती आदि। जसरी बाबा दयावान हुनुहुन्छ, बच्चाहरू पनि दयवान बन्नुपर्छ। पुरुषार्थ गरेर जीवन बनाउनको लागि मदतगार बन्नु छ। बाँकी यस दुनियाँको जीवन त बिलकुल नै नीरस छ। एक अर्कालाई दु:ख दिइरहन्छन्। कति पतित छन्। त्यसैले अब हामी किन बाबाको श्रीमतमा नचल्ने? बाबा म हजुरको हुँ, हजुरले जसरी सेवामा चाहनुहुन्छ, लगाउनुहोस्। फेरि जिम्मेवार बाबा हुनुहुन्छ। शरणमा आउनेलाई बाबाले सबै बन्धनबाट मुक्त गरिदिनुहुन्छ। बाँकी यस दुनियाँ त फोहोरी छ। ईश्वरलाई सर्वव्यापी भनेर बिमुख गरिदिन्छन्। यदि सर्वव्यापी हुनुहुन्छ, नजिक बस्नु भएको छ भने फेरि हे प्रभु भनेर पुकार्ने के आवश्यकता छ? सम्झायो भने रिसाउँछन्। भगवान् स्वयं भन्नुहुन्छ– मैले त कहिल्यै यस्तो भनिनँ– म सर्वव्यापी छु। यो त भक्तहरूले लेखिदिएका हुन्। मैले पनि स्वयं पढ्थेँ। तर त्यतिबेला यस्तो सम्झिदैनथेँ– यो कुनै ग्लानि हो भनेर। भक्तहरूलाई केही पनि थाहा छैन, जे सुकै भन, उनले सत्य मान्छन्। बाबाले कति राम्रोसँग सम्झाउनुहुन्छ, फेरि बाहिर गएर नचाहिँदो भनिदिन्छन्। त्यसैले फेरि वहाँ गएर दास-दासीहरू, नोकर- चाकर बन्छन्। बाबाले भन्नु भएको छ– अन्त्य समय जब हुन्छ, त्यतिबेला तिमीलाई पूरा थाहा हुनेछ। साक्षात्कार गरिरहनेछौ र बताइरहनेछौ– फलाना-फलाना यो बन्छन्। फेरि त्यतिबेला शिर निहुराउनु पर्छ, फेरि त्यो खुशी रहँदैन, जुन राजाई गर्नेलाई रहन्छ। दिल भित्र, मानौं काँडाले घोचिरहन्छ, यो के भयो! तर धेरै ढिलो भइसकेको हुन्छ, धेरै पछुताउँछन्। केही पनि हुन सक्दैन। बाबाले भन्नु हुनेछ– तिमीलाई यति सम्झाउँथें, फेरि पनि तिमीले यस्तो गर्थ्यौ, अब आफ्नो हाल हेर। कल्प-कल्पान्तर पछुताउँछौ। सजनीहरूलाई नम्बरवार लैजान्छु नि। नम्बरवन देखि अन्त्य सम्मकाले बुझ्नेछन्। पढाई राम्रोसँग पढेका छैनन्, त्यसैले पछाडि बसेका छन्। परीक्षाको समयमा थाहा हुन्छ– म कति नम्बरले पास हुन्छु। तिमीले थाहा पाउनेछौ– मैले के पद पाउँछु। सेवा गर्दैनौ भने केही पनि पाउँदैनौ। पढाइ र सेवामा ध्यान दिनु छ। अति प्रिय बाबाका बच्चा हौ, त्यसैले धेरै मीठो बन्नुपर्छ। शिवबाबा कति मीठो हुनुहुन्छ, कति प्यारो हुनुहुन्छ! हामीलाई फेरि यस्तो बनाउनुहुन्छ। कति विशाल युनिभर्सिटी छ। अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरू प्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडर्मिनङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडर्मिनङ्ग, नमस्ते।

धारणाको लागि मुख्य सारः

१) देह सहित सबैसँग मोह निकालेर बाबा र अविनाशी ज्ञान रत्नहरूसँग मोह राख्नु छ। ज्ञान रत्न दान गरिरहनु छ।

२) पढाइ र सेवामा पूरा ध्यान देऊ। बाबा समान मीठो बन। संसार समाचार नत सुन्नु छ, न अरूलाई सुनाएर मुख नमीठो बनाउनु छ।

वरदान:

कम समयमा सम्पूर्णताको श्रेष्ठ लक्ष्य प्राप्त गर्ने डबल लाइट भव:-

डबल लाइट स्थिति तीव्रगतिको पुरुषार्थको निशानी हो, उसलाई कुनै पनि प्रकारको बोझ अनुभव हुँदैन। चाहे प्रकृतिद्वारा या व्यक्तिहरूद्वारा कुनै पनि परिस्थिति आओस् तर हर परिस्थिति स्व-स्थितिको अगाडि केही पनि अनुभव हुँदैन। डबल लाइट अर्थात् माथि रहनाले कुनै पनि प्रकारको प्रभावले प्रभावित गर्न सक्दैन। तलको कुरा भन्दा, तलको वायुमण्डल भन्दा माथि रहनाले कम समयमा सम्पूर्ण बन्ने श्रेष्ठ लक्ष्यलाई प्राप्त गर्छौ।

स्लोगन:

दु:खधामलाई किनारा गर्यौर भने दु:खको लहर समीप आउन सक्दैन।


***OM SHANTI***

Google+ Followers