BK Murli 5 March 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 5 March 2017 Nepali

    २०७३ फाल्गुन २२ आइतबार ५-०३-२०१७ ओम् शान्ति “अव्यक्त बापदादा” रिभाइज २०-०१-८२ मधुबन

    प्रीतिको रीति निभाउने सहज तरिका– गाउनु र नाँच्नु

    आज शमा आफ्ना परवानाहरूको रूहानी महफिलमा आउनु भएको छ। यो रूहानी महफिल कति अलौकिक र श्रेष्ठ छ। शमा पनि अविनाशी हुनुहुन्छ, परवाना पनि अविनाशी छन्। शमा र परवानाहरूको प्रीति पनि अविनाशी छ। यस रूहानी प्रीतिलाई शमा र परवाना सिवाए अरू कसैले जान्न सक्दैन। जसले जान्यो उसले प्रीति निभायो र उसैले सबैथोक पायो। प्रीतिको रीति निभाउनु अर्थात् सबैथोक पाउनु। निभाउन आउँदैन भने प्राप्त गर्न पनि आउँदैन। यस प्रीतको बारेमा अनुभवीले जान्दछ– प्रीतिको रीति निभाउन कति सहज छ! प्रीतिको रीति के हो, जान्दछौ हैन? केवल दुई कुराको रीति छ। त्यो पनि यति सरल छ, जुन सबैलाई थाहा पनि छ र सबैले गर्न पनि सक्छन्। ती दुई कुरा हुन्– गीत गाउनु र नाँच्नु। यसको सबै अनुभवी छौ नि! गाउन र नाँच्न त सबैलाई मन पर्छ हैन? त्यस्तै यहाँ गर्नु नै के छ र? अमृतबेला देखि गीत गाउन सुरु गर्छौ। दिनचर्या पनि उठ्ने बित्तिकै गीतबाट सुरु गर्छौ। बाबाको वा आफ्नो श्रेष्ठ जीवनको महिमाको गीत गाऊ, ज्ञानको गीत गाऊ, सर्व प्राप्तिहरूको गीत गाऊ। यो गीत गाउन आउँदैन? आउँछ नि! त्यसोभए गीत गाऊ अनि खुशीमा नाँच। खुशीमा नाँच्दै-नाँच्दै हर कर्म गर। जस्तै स्थूल डान्समा पनि सारा शरीरको डान्स हुन्छ। ड्रिल हुन जान्छ। भिन्न-भिन्न पोजमा डान्स गर्छन्। त्यस्तै खुशीको डान्समा भिन्न-भिन्न कर्मको पोज गर्छौ। कहिले हातद्वारा कुनै कर्म गर्छौ, कहिले पाउद्वारा गर्छौ। यो केवल काम गर्दैनौ, भिन्न-भिन्न डान्सको पोज गर्छौ। कहिले हातको डान्स गर्छौ, कहिले पाउलाई नचाउँछौ। त्यसैले कर्मयोगी बन्नु अर्थात् भिन्न-भिन्न प्रकारको खुशीमा नाँच्दै गर्नु। बापदादालाई वा शमालाई उही परवाना मन पर्छ, जसले गाउन र नाँच्न जान्दछ। यही प्रीतिको रीति हो। यो त मुश्किल छैन नि? के लाग्छ– सहज या मुश्किल? अहिले मधुबनमा त इजी-इजी गरिरहेका छौ, वहाँ गएर पनि इजी-इजी भन्छौ नि? परिवर्तन त हुँदैनौ वहाँ गएर? (यहाँ इजी छ, वहाँ बिजी हुनेछौ) तर यस गाउन र नाँच्नमा नै बिजी रहन्छौ नि? 

    सदा कानमा यही मीठो संगीत सुनिराख किनकि गाउँदा र नाँच्दा साथमा संगीत पनि त चाहिन्छ नि! कुनचाहिँ संगीत सुनिरहन्छौ? (मुरली) मुरलीको पनि सार जुन हर मुरलीमा बापदादाले मीठा बच्चाहरू, प्यारा बच्चाहरू, सिकीलधे बच्चाहरू भनेर याद-प्यार दिनुहुन्छ, यही बाबाको स्नेहको संगीत सदा कानमा सुनिराख। अरू कुरा सुनेर पनि समझमा आउँदैन, बुद्धिमा आउँदैन किनकि एकै संगीत सुन्नमा बिजी हुन्छौ, त्यसैले अरू सुन्छौ कसरी! यसैगरी सदा गीत गाउनमा बिजी भयौ भने अरू व्यर्थ कुरा मुखबाट बोल्ने फुर्सत नै हुँदैन। सदा बाबासँग खुशीमा नाँचिरहनेछौ, तेस्रो कसैले डिस्टर्ब गर्न सक्दैन। दुईको बीचमा कुनै आउन सक्दैन। मायाजीत त भयौ हैन! यदि सुनेनौ, बोलेनौ भने माया आउँदैन। त्यसैले प्रीतिको रीति के भयो? गाउनु र नाँच्नु। जब दुवैबाट थाक्छौ, अनि तेस्रो कुरा हुन्छ सुत्नु। यहाँको सुत्नु के हो? सुत्नु अर्थात् कर्मबाट न्यारा हुनु। कर्मेन्द्रियहरूद्वारा न्यारा होऊ। अशरीरी बन्नु अर्थात् सुत्नु। याद नै बापदादाको गोदी हो। जब थाक्छौ अनि अशरीरी बन, अशरीरी बाबाको यादमा हराऊ अर्थात् सुत। जस्तै शरीरबाट पनि धेरै गाउँछन्, नाँच्छन् भने थाक्छन् अनि चाँडै नै निद्रा आउँछ। यसैगरी यस रूहानी गीत गाउँदै, खुशीमा नाँच्दै-नाँच्दै सुत्नु अर्थात् हराउनु। बुझ्यौ सारा दिन के गर्नु छ? डबल विदेशी त यसमा धेरै सोखिन छन्। जुन कुराको सोख छ, त्यही गर, पुग्यो। सुत्छन् पनि सोखले। तीनवटै कुरा गर्न आउँछ। बुझ्यौ– प्रीतिको रीति निभाउने सहज तरीका के हो? 

    अच्छा– अहिले एक शब्द त यहाँ डबल विदेशीले छोडेर जाऊ। कुनचाहिँ? (सबैले कुनै न कुनै कुरा सुनाए– कुनैले भने उदासी, कुनैले भने थकावट) अच्छा! यसबाट सिद्ध हुन्छ– जो बोलिरहेका छौ, त्यो अहिले सम्म छ। अच्छा! बोल्नु मतलब छोड्नु। त्यसैले एक शब्द– डिप्रेशन-डिप्रेशन कहिल्यै नभन। महसुसता होस् नकि डिप्रेशन। जसले बाबालाई डायभोर्स दिन्छन्, उही डिप्रेशनमा आउँछन्। तिमी त बाबाको सदा कम्पेनियन हौ। त्यसैले डिप्रेशन शब्द शोभा दिँदैन। सेल्फ रियलाइजेशन भयो, फेरि डिप्रेशन कसरी हुन सक्छ? बुझ्यौ! जब द्वापर पूरा होस्, कलियुग सुरु होस् त्यसपछि फेरि ठीकै छ भन। यति समयको लागि त छोडिदेऊ यसलाई। अच्छा! 

    परिवर्तन भूमिमा अविनाशी परिवर्तन गर्ने, सदा प्रीतिको रीति निभाउने, शमाको दिलपसन्द परवाना, सदा रूहानी गीत गाउने, खुशीमा नाँचिरहने, जब चाह्यो बाबाको गोदीमा सुत्ने, यस्ता सिकीलधे, प्यारा बच्चाहरूलाई बापदादाको याद-प्यार एवं नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

    टिचरहरूसँग अव्यक्त बापदादाको भेटघाट

    (डबल विदेशी टिचर्स) सबैले सेवाको सबूत आ-आफ्नो शक्ति प्रमाण दिएका छन् र दिइरहनेछन्। सेवाधारी अर्थात् हर सेकण्ड, हर श्वांस, हर संकल्पमा विश्वको स्टेजमा पार्ट खेल्नेवाला। सदा स्वयंलाई विश्वको स्टेजमा हीरो पार्ट खेल्ने वाला श्रेष्ठ आत्मा हुँ– यस्तो सम्झेर चलिरहन्छौ? यो पनि ड्रामामा चान्स मिलेको छ। अरूको निमित्त बनेपछि स्वयं स्वत: नै त्यस कुराको अटेन्शनमा रहन्छौ। त्यसैले सदा आफूलाई बापदादाको साथी हुँ, सेवामा उपस्थित छु– यस स्मृतिमा रहेर हर कार्य गर्दै गर। सदा अगाडि बढ्दै जाऊ र बढाउँदै जाऊ। हिम्मत राम्रो राखेका छौ, मदत पनि बाबाको मिलिरहेको छ र मिलिरहनेछ। निमित्त शिक्षक बन्नु वा रूहानी सेवाधारी बन्नु अर्थात् फादरलाई अनुसरण गर्नु। त्यसैले बाबा समान बाबाका सिकीलधे। बापदादा पनि सेवाधारीहरूलाई देखेर खुशी हुनुहुन्छ। सबैले सदा आफूलाई निमित्त सम्झेर नम्रचित भएर चल। जति निमित्त र नम्रचित भएर चल्छौ, त्यति सेवामा सहज वृद्धि हुन्छ। कहिल्यै पनि मैले गरेँ, म टिचर हुँ, यो मै-पनको भाव नराख। यसलाई भनिन्छ– सेवा गर्नुको सट्टा सेवामा रोकिने आधार बन्नु। चल्दा-चल्दै कहिले सेवा कम हुन्छ या मन्द हुन्छ, यसको कारण विशेष यही हुन्छ– जहाँ निमित्तको सट्टा मै-पन आउँछ। यसकारण नै सेवा मन्द हुन जान्छ। फेरि आफ्नो खुशी र आफ्नो नशा नै हराउँछ। त्यसैले कहिल्यै पनि न स्वयं यस स्मृतिबाट टाढा होऊ, न अरूलाई बाबासँग वर्सा लिनबाट वञ्चित गर। दोस्रो कुरा– सदा यो स्लोगन याद राख– “स्व परिवर्तनबाट कुनै पनि परिवारको आत्मालाई पनि बदल्नु छ र विश्वलाई पनि बदल्नु छ।” स्व परिवर्तन माथि विशेष अटेन्शन। त्यसपछि सेवा स्वत: नै वृद्धि हुन्छ। घट्नुको कारण पनि बुझ्यौ र बढ्ने आधार पनि बुझ्यौ। यसरी सदा खुशीमा अगाडि बढ्दै जानेछौ र अरूलाई पनि खुशीमा ल्याउनेछौ। बुझ्यौ! 

    त्यसपछि नम्बरवन योग्य टिचर वा नम्बरवन सेवाधारीहरूको लाइनमा आउँछौ। डबल विदेशी सबै नम्बरवन टिचर हौ नि! मेहनत राम्रो गरिरहेका छौ र मोहब्बत पनि राम्रो छ। सबूत पनि ल्याएका छौ। हरेक बच्चा सेवाधारी अर्थात् टिचर हौ। चाहे सेवाकेन्द्रमा रहन्छौ, चाहे जहाँ पनि रहन्छौ, सेवाधारी हौ किनकि ब्राह्मणहरूको पेशा नै हो सेवाधारी। कसैलाई सेवाको के पार्ट मिलेको छ, कसैलाई के... कसैले ल्याउने सेवा गर्नु छ, कसैले सुनाउने, कसैले भोग बनाउने अनि कसैले भोग लगाउने... सबै सेवाधारी हौ। बापदादाले सबैलाई सेवाधारी नै सम्झनुहुन्छ। 

    (इन्टरनेशनल कन्फ्रेन्सको लागि सबैले नयाँ-नयाँ प्लान बनाएका छन्, त्यो बापदादालाई सुनाइरहेका छन्) 

    प्लान बनाउनमा मेहनत गरेका छौ, त्यसको लागि बधाई। यो पनि बुद्धि चलायौ अर्थात् आफ्नो कमाई जम्मा गर्यौश। केवल मीटिंग मात्र गरेनौ, जम्मा पनि गर्यौो। सदा निर्विघ्न, सदा विघ्न-विनाशक र सदा सन्तुष्ट रहनु अर्थात् सबैलाई सन्तुष्ट गर्नु। यही सर्टिफिकेट सदा लिँदै गर। यही सर्टिफिकेट लिनु अर्थात् तख्तनशीन हुनु। सन्तुष्ट रहने र सबैलाई सन्तुष्ट पार्ने लक्ष्य राख। दुवैको ब्यालेन्स राख। अच्छा! जो प्लान बनाएका छौ, त्यो सबै यथार्थमा ल्याऊ। भी. आई. पीजको संगठन लिएर आऊ। 

    (विदेशका टिचर्स बहिनीहरूले अव्यक्त बापदादाको साथमा पिकनिक गरे)

    पिकनिक भयो? सुन्न त सुनि नै रहन्छौ। कहिले खान्छौ, कहिले सुन्छौ... यही त ईश्वरीय परिवारको विशेषता हो। अहिले भर्खरै शिक्षकको सामुन्ने, भर्खरै बाबाको सामुन्ने, भर्खरै साथीको सामुन्ने। यो बहुरूपको अनुभव सारा कल्पमा न कसैले गर्न सक्छ, न गराउन सक्छ। यो एकै बाबाको पार्ट संगममा छ। सत्ययुगमा चाहेर पनि बापदादासँग पिकनिक मनाउन सक्छौ? अहिले जे चाह्यो, जुन रूपमा चाह्यो त्यसै रूपमा मिलन मनाउन सक्छौ। त्यसैले यो पनि तिमी विशेष सेवाधारीहरूको भाग्य हो। 

    बापदादाले त अमृतबेला देखि हर बच्चाको भाग्य हेरिरहनु हुन्छ– कति प्रकारको भाग्य हर आत्माको पूर्व निश्चित छ। अमृतबेला भाग्य लिएर आउँछ। रूहानी मिलनको भाग्य अमृतबेला नै लिएर आउँछ नि। हर कर्ममा तिम्रो भाग्य छ। बाबालाई नै हेर्छौ। यो आँखा मिलेको हो नै बाबालाई हेर्नको लागि। कान मिलेका छन् बाबाको सुन्नको लागि। त्यसैले भाग्य भयो नि! हर कर्मेन्द्रियको भाग्य छ। पाउ मिलेका छन् हर कदममा कदम राख्नको लागि। यसरी हर कर्मेन्द्रियको आ-आफ्नो भाग्य छ। लिस्ट निकाल– कति भाग्य सारा दिनमा प्राप्त हुन्छन्! बाबालाई देख्यौ, बाबाको सुन्यौ, बाबासँग सुत्यौ, बाबासँग खायौ, सबैथोक बाबासँग गर्छौ। सेवा गर्यौन तापनि बाबाको परिचय दियौ, बाबासँग मिलायौ... त्यसैले कति भाग्य भयो! बापदादा सदा हर बच्चाको भाग्यको रेखा कति स्पष्ट र लामो छ– त्यो हेर्नुहुन्छ। भाग्यको रेखा बीच-बीचमा काटिएको त छैन! जोडिन्छ अनि टुट्छ या जब देखि जोडिएको छ, तब देखि अखण्ड अटुट छ। खण्डित भएमा रेखा फेरि बदलिन्छ। त्यसैले अटुट र अखण्ड। बच्चाहरूको यस्तो दृश्य हेरिरहनु हुन्छ, बाबाको अरू के काम छ र? विश्व सेवाको लागि त तिमीहरूलाई निमित्त बनाइदिएको छु। बाँकी बाबाको के काम रह्यो? (बाबाले नै त सबै गरिरहनु भएको छ) केवल ब्याकबोन बन्ने काम बाबाको हो। बाँकी बच्चाहरूसँग मिल्नु, बच्चाहरूलाई हेर्नु, बच्चाहरूसँग कुराकानी गर्नु, बच्चाहरूलाई चलाउनु, यही काम रहेको छ हैन! तिमीहरूलाई विश्वसँग काम छ र बाबाको तिमी बच्चाहरूसँग काम छ। विश्वको अगाडि बाबालाई देखाउँछौ, तिमी बच्चाहरू हौ नि! बच्चाहरूद्वारा बाबा देखिन्छ। ब्याकबोन त बाबा हुनुहुन्छ नै। यदि बाबा ब्याकबोन नबन्ने हो भने तिमी एक्लै थाक्छौ। मोह पनि छ नि। त्यसैले बच्चाहरूको थकावट पनि बाबाले हेर्न सक्नुहुन्न। त्यसैले हेर, हर साल यहाँ आउँछौ थकावट समाप्त गर्न। यहाँ आएर सेवाको जिम्मेवारीको ताज उतारिदिन्छौ नि! वहाँ त एक-एक जे भए पनि हेर्नुपर्छ, सुन्नुपर्छ। यहाँ यदि केही हुन्छ भने पनि सम्झन्छौ दीदी, दादी बस्नु भएको छ, बाप-दादा बस्नु भएको छ, आफैं ठीक गरिदिनुहुन्छ। यहाँ फेरि पनि फ्री छौ। त्यसैले विदेशको सेवामा अनुभव पनि राम्रो हुन्छ नि। डबल नलेजफुल भयौ नि? अच्छा! 


    वरदान:

    फ्राकदिल बनेर दु:खी अशान्त आत्माहरूलाई खुशीको दान दिने, मास्टर रहमदिल भव:-   

    वर्तमान समय मानिसहरूलाई अरू सबैथोक मिल्न सक्छ तर सत्य खुशी मिल्न सक्दैन। त्यसैले यस्तो समयमा दु:खी अशान्त आत्माहरूलाई खुशीको अनुभूति गरायौ भने उसले दिल देखि आशीर्वाद दिन्छ। तिमी दाताका बच्चा हौ, त्यसैले फ्राकदिलले खुशीको खजाना बाँड, रहमदिलको गुणलाई इमर्ज गर। कहिल्यै पनि यो नसोच– यो त सुन्नेवाला नै होइन। कसैले विरोध गरे पनि तिमीले दयाको भावना छोड्नु हुँदैन। दया भावना, शुभ भावनाले फल अवश्य दिन्छ।

    स्लोगन:

    ज्ञान योगको पालना नै रूहानी पालना हो– यस पालनाद्वारा शक्तिशाली बन अनि बनाऊ।   



    ***OM SHANTI***