BK Murli 9 March 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 9 March 2017 Nepali

    २०७३ फाल्गुन २६ बिहीबार ९-०३-२०१७ प्रातः मुरली ओम् शान्ति “बापदादा” मधुबन

    “मीठे बच्चे– यदि बाबासँग मिलन मनाउनु छ, पावन बन्नु छ भने सच्चा-सच्चा रूहानी आशिक बन। एक बाबा सिवाय कसैलाई पनि याद नगर।”  

    प्रश्न:

    ब्राह्मण जो देवता बन्छन्, ती ब्राह्मणहरूको पद देवताहरूको भन्दा पनि उच्च छ, कसरी?

    उत्तर:

    ब्राह्मण यस समय सच्चा-सच्चा रूहानी समाजसेवी हुन्। मनुष्यहरूको आत्मालाई पवित्रता, योगको इन्जेक्शन लगाउँछन्। दुनियाँको डुब्न लागेको बेडालाई श्रीमतमा पार लगाउँछन्। नर्कवासीलाई स्वर्गवासी बनाउँछन्। यस्तो सेवा देवताहरूले गर्दैनन्। उनीहरूले त यस समयको सेवाको प्रारब्ध भोग्छन्, त्यसैले ब्राह्मण देवताहरू भन्दा पनि उच्च छन्।

    गीत:–

    हमारी तीर्थ न्यारा है....

    ओम् शान्ति।

    बच्चाहरूले गीत सुन्यौ। हामी जीव आत्मा हौं– आत्मा र शरीर। आत्मालाई आत्मा र शरीरलाई जीव भनिन्छ। आत्मा आउँछ– परमधामबाट। यहाँ आएर शरीर धारण गर्छ। यो कर्मक्षेत्र हो, जहाँ हामी आएर पार्ट खेल्छौं। बाबा भन्नुहुन्छ– मलाई पनि पार्ट खेल्नुपर्छ। म त पतितहरूलाई पावन बनाउन आएको हुँ। यस समय यस पतित दुनियाँमा एउटा पनि पावन छैन। पावन दुनियाँमा फेरि एउटा पनि पतित रहँदैन। सत्ययुग त्रेता पावन, द्वापर कलियुग पतित। पतित-पावन बाबा नै आएर सबैलाई शिक्षा दिनुहुन्छ– हे आत्माहरू! तिमीले यस शरीरको साथमा ८४ जन्मको पार्ट पूरा गर्यौै। त्यसमा आधा समय सुख, आधा समय दु:ख पायौ। दु:ख पनि बिस्तारै-बिस्तारै सुरु हुन्छ। अहिले धेरै दु:ख छ। अझै धेरै आपद आउनेवाला छन्। यस समय सबै भ्रष्टाचारी छन्। कसैको पनि योग बाबासँग छैन। आत्माले आफूलाई बिर्सेको छ। अब बाबा बसेर सम्झाउनु हुन्छ। जस्तै आशिक माशुक हुन्छन् नि! हेर केटा र केटी छन्, एक अर्कालाई बिल्कुल चिनेका छैनन्। दुवैको मगनी हुने बित्तिकै फेरि आशिक माशुक बन्न पुग्छन्। त्यो मगनी हुन्छ विकारको लागि। विकारी पतित आशिक माशुक भनिन्छ। अर्काथरी आशिक माशुक हुन्छन्, जो केवल अनुहारमा आशिक हुन्छन्, लैला मजनू आदि एक-अर्काको अनुहार हेरिरहन्छन्। उनीहरू विकारमा जाँदैनन्। काम गर्दा-गर्दै माशुक सामुन्ने खडा हुन्छ। जस्तै मीराको सामुन्ने कृष्ण खडा हुन्थे। अहिले यो हो परमपिता परमात्मा माशुक, जसको हामी सबै आत्माहरू आशिक बनेका छौं। सबैले उहाँलाई याद गर्छन्। आशिक धेरै छन्– माशुक एक हुनुहुन्छ, सबैका। सबै मनुष्य उहाँ एकको आशिक हुन्। भक्ति गर्छन् भगवान्‌सँग मिल्नको लागि। भगत हुन्छन् आशिक, भगवान् हुनुहुन्छ माशुक। अब मिलन कसरी हुन्छ? त्यसैले सबैका जो माशुक परमात्मा हुनुहुन्छ, उहाँ आउनुहुन्छ। अहिले आउनु भएको छ, भन्नुहुन्छ– यदि तिमी बच्चाहरू मसँग मिल्नु छ भने निरन्तर म एकलाई याद गर। मसँग योग लगाएर मेरो नै आशिक बन। यस रावण राज्यमा दु:ख नै दु:ख छ। अब यसको विनाश हुनु छ। म आएको छु तिमीलाई पावन बनाउन। तिम्रो यो अन्तिम जन्म हो, याद गर्यौह भने तिम्रो विकर्म विनाश हुन्छ। धर्मराजको डन्डाबाट पनि छुट्नेछौ। उहाँ निराकार बाबा भन्नुहुन्छ– मेरा प्यारा बच्चाहरू! अहिले महाविनाशको समय हो, शिरमा पापहरूको बोझ छ। अब पुण्य आत्मा बन्नु छ। योगद्वारा नै विकर्म विनाश हुन्छ र पुण्य आत्मा बन्छौ। 

    बाबा भन्नुहुन्छ– ६३ जन्म तिमी रावण राज्यमा पाप आत्मा थियौ। अहिले तिमीलाई पापात्माबाट पुण्यात्मा बनाउँछु। देवताहरू पुण्य आत्मा हुन्। पाप आत्माहरूले नै पुण्य आत्माहरूको पूजन गर्छन्। अहिले यो हो अन्तिम जन्म। मर्नु त सबैलाई छ, त्यसैले किन वर्सा नलिने! किन पुण्य आत्मा नबन्ने! सबैभन्दा ठूलो पाप हो विकारमा जानु। विकारीलाई पतित, निर्विकारीलाई पावन भनिन्छ। संन्यासी पनि पतित थिए, त्यसैले त पावन हुनको लागि घरबार छोड्छन्। फेरि जब पावन बन्छन् अनि सबैले उनलाई शिर निहुराउँछन्। पहिले जब पतित थिए, कोही झुक्दैनथे। यहाँ त टाउको टेक्ने कुरा छैन। बाबाले बच्चाहरूलाई श्रीमत दिनुहुन्छ– आफूलाई आत्मा सम्झ। हामी यहाँ आएका छौं पार्ट खेल्न फेरि बाबाको पासमा जानु छ। अब जिस्मानी तीर्थ यात्रा सबै बन्द हुनेछ। तिमी फर्केर घर शान्तिधाम जानु छ। यात्रामा जाँदा यात्राको समयमा पवित्र रहन्छन्। फेरि घरमा आएर पतित बन्छन्। त्यो भयो अल्पकालको लागि, जिस्मानी यात्रा। अहिले तिमीलाई रूहानी यात्रा सिकाउनु हुन्छ। बाबा भन्नुहुन्छ– मेरो श्रीमतमा चल्नाले तिमी आधाकल्प अपवित्र बन्दैनौं। सत्ययुगमा राधा कृष्णको मगनी कुनै पतित हुनको लागि कहाँ हुन्छ र। वहाँ त पावन हुन्छन्। योगबलद्वारा बच्चा पैदा हुन्छन्। जसरी योगबलद्वारा तिमी विश्वको मालिक बन्छौ। वहाँ बच्चाहरूले कहिल्यै सताउँदैनन् किनकि वहाँ माया हुँदैन। बच्चाहरूले राम्रो कर्म नै गर्छन्। त्यो कर्म अकर्म हुन्छ। यहाँ रावण राज्यमा तिम्रो कर्म विकर्म बन्छ। यो खेल बनेको छ। तिमीहरू सबै कुमार कुमारी आपसमा भाइ बहिनी हौ। शिवबाबाका नाति भयौ। वर्सा हजुरबुवासँग मिल्छ– स्वर्गको बादशाहीको। अब बाबा आएर मेल फिमेल दुवैको योग आफूसँग लगाउनुहुन्छ। भन्नुहुन्छ– गृहस्थ व्यवहारमा रहेर पवित्र बन। यो बहादुरी देखाऊ। सँगै रहेर पनि काम अग्नि नलागोस्। यसरी रहेर देखायौ भने धेरै उच्च पद पाउँछौ। भीष्म पितामह जस्तो ब्रह्मचारी बन्नु छ, मेहनत छ। मानिसहरूले सम्झन्छन्– यो धेरै मुश्किल छ। तर यो युक्ति त बाबाले नै सिकाउनु हुन्छ। 

    शिव भगवानुवाच, कृष्ण कुनै भगवान् होइनन्। उनी त दैवीगुणवाला मनुष्य हुन्। ब्रह्मा-विष्णु-शंकर पनि सूक्ष्म वतनवासी हुन्। ब्रह्माको पद विष्णुको भन्दा उच्च छ। जस्तै ब्राह्मणहरूको पद देवताहरूको भन्दा पनि उच्च छ किनकि यस समय तिमी रूहानी समाजसेवी हौ। मनुष्यको आत्मालाई पवित्रता, योगको इन्जेक्शन लगाउँछौ। तिमीले नै यस विश्वलाई स्वर्ग बनाउँछौ, त्यसैले बनाउने वालाको महिमा धेरै छ। बन्न त तिमी नै देवता बन्छौ, तर यस समय तिमी ब्राह्मण बनेर सेवा गर्छौ, देवता रूपमा सेवा गर्दैनौ। वहाँ त तिमीले राज्य गर्छौ। तिम्रो सेवा हो नर्कवासीलाई स्वर्गवासी बनाउनु, त्यसैले वन्दे मातरम् भनिन्छ। शिव शक्ति सेना। मम्मालाई शेरमा सवारी देखाउँछन्, तर यस्तो होइन। तिमी शेरनी हौ किनकि तिमीले ५ विकार माथि जित प्राप्त गर्छौ। विश्वलाई स्वर्ग बनाउँछौ। यो उच्च सेवा भयो नि! त्यसैले शक्तिका मन्दिर धेरै छन्। मुख्य हो एक। शक्ति दिनेवाला हुनुहुन्छ शिवबाबा। महिमा सारा उहाँको हो। फेरि जो जो सहयोगी बन्छन्, उनीहरूको पनि नाम छ। मेल्स पाण्डवहरूलाई पनि महारथी भनिन्छ। मेल फिमेल दुवै चाहिन्छ। प्रवृत्ति मार्ग हो नि। कहिल्यै पनि कोही विकारी गुरु गर्नु हुँदैन। गृहस्थीले गुरु गर्नु त कुनै फाइदा नै छैन। गृहस्थी अथवा पतितलाई मिल्यो पतित, उनले कहिल्यै पनि पावन बनाउन सक्दैनन्। संन्यासीहरूको अनुयायी आफूलाई कहलाउँछन् तर स्वयं संन्यासी बन्दैनन् भने यो पनि झुटो भयो। आजकल त ठगी धेरै छ। गृहस्थी गुरु बनेर बस्छन्, पवित्रताको कुरा गर्दैनन्। यहाँ त बाबा भन्नुहुन्छ– पवित्र बन अनि बच्चा कहलाऊ। पावन नबनी राजाई मिल्दैन। त्यसैले बाबासँग योग अवश्य लगाउनु पर्छ। फेरि जसले जसलाई मान्छन्, जस्तै कुनै गुरुनानकलाई मान्नेवाला छ भने उनको घरानामा आउनेछ। स्वर्गमा उनै आउँछन्, जसले यस समय शिक्षा लिएर पवित्र बन्छन्। गुरुनानकलाई कसैले देवता भन्दैन। देवता हुन्छन् सत्ययुगमा। वहाँ सुख धेरै हुन्छ। अरू धर्मलाई स्वर्गको सुखको बारेमा थाहा छैन। स्वर्गमा हुन्छौ नै तिमी बच्चाहरू। बाँकी त पछि आउँछन्। जो जो देवता बनेका थिए, उनै बन्नेछन्। यस समय पूजा गर्छन् देवताहरूलाई, लक्ष्मी-नारायणलाई र आफ्नो धर्म हिन्दू भनिदिन्छन्, किनकि पतित बनेका छन्। त्यसैले आफ्नो पवित्र धर्मलाई बिर्सेर हिन्दू कहलाउँछन्। अरे, तिमी देवी-देवता धर्मका हौ, फेरि आफूलाई हिन्दू किन भन्छौ! हिन्दू कुनै धर्म होइन, तर गिर्छन्। देवताहरू त धेरै कम हुन्छन्, जो आएर यहाँ शिक्षा लिन्छन्– उनै मनुष्यबाट देवता बन्छन्। थोरै शिक्षा लिए भने पनि साधारण प्रजामा आउँछन्। बाबाको बनेपछि विजय मालामा आउँछन्। अब त रूहानी आशिक माशुक बन्नु छ। सत्ययुगमा जिस्मानी बन्छन्, कलियुगमा पनि जिस्मानी। अब संगमयुगमा रूहानी आशिक बन्नु छ, एक माशुकको। 

    बाबा भन्नुहुन्छ– मलाई याद गर्दै गर। विकारमा गयौ भने १०० गुणा दण्ड पर्छ, गिर्यौै भने लेख्नुपर्छ– बाबा मैले कालो मुख गरिदिएँ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! अब तिमी गोरो बन्नु छ। कृष्णलाई श्याम-सुन्दर भनिन्छ, उनको आत्मा यस समय कालो बनेको छ। फेरि ज्ञान चिता माथि बसेर गोरो बन्छ। २१ जन्मको लागि सुन्दर बन्छ फेरि श्याम बन्छ। यो श्याम र सुन्दरको खेल बनेको छ। श्यामबाट सुन्दर बन्न एक सेकेण्ड, सुन्दरबाट श्याम बन्न आधाकल्प लाग्छ। आधाकल्प श्याम, आधाकल्प सुन्दर। एक यात्री हुनुहुन्छ शिवबाबा, बाँकी सबै सजनीहरू भए काला। सुन्दर बनाउनको लागि तिमीलाई योग सिकाउनु हुन्छ। सत्ययुगमा फस्टक्लास नेचुरल ब्युटी रहन्छ किनकि ५ तत्त्व सतोप्रधान हुनाले शरीर पनि सुन्दर बन्छ। यहाँ त आर्टीफिशियल ब्युटी छ। पवित्रता त धेरै राम्रो हो। बाबाको पासमा धेरै आउँछन्, पवित्रताको प्रतिज्ञा गर्छन् तर कुनै फेल हुन्छन्, कुनै पास हुन्छन्। यो हो ईश्वरीय मिशन, डुबेकालाई उद्धार गर्ने। विश्वको बेडा रावणले डुबायो, राम आएर पार गर्नुहुन्छ। तिम्रो बुद्धिमा छ– हामी स्वर्गमा गएर हीरा जुहारतको महल बनाउँछौं। यो शरीर छोडेर राजकुमार राजकुमारी बन्छौं। जो बच्चा बन्छन्, उनीहरूको नै यस्तो ख्याल चल्छ। यो हो ईश्वरीय दरबार अथवा ईश्वरीय परिवार। गाउँछन् तिमी मात पिता... हामी बालक तिम्रो, त्यसैले परिवार भयो नि! ईश्वर हुनुहुन्छ हजुरबुवा, ब्रह्मा हुन् बुवा। तिमी हौ भाइ बहिनी। स्वर्गको वर्सा तिमीले हजुरबुवा सँग लिन्छौ, फेरि तिमीले गुमाउँछौ फेरि बाबा दिन आउनु हुन्छ। तिमी यथार्थमा बाबाको बनेका छौ, वर्सा लिनको लागि। ब्रह्माका बच्चा शिवका नाति हौ, यथार्थमा। त्यसैले यसलाई ईश्वरीय दरबार पनि भनिन्छ, ईश्वरीय कुटुम्ब पनि भन्न सकिन्छ। अच्छा! 

    मीठे मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


    धारणाको लागि मुख्य सारः

    १) ज्ञान चितामा बसेर सम्पूर्ण पावन (गोरो) बन्नु छ। पवित्रता नै नम्बरवन ब्युटी हो, यस ब्युटीलाई धारण गरेर बाबाको बच्चा कहलाउने हकदार बन्नु छ।

    २) यस महाविनाशको समय शिर माथि जुन पापहरूको बोझ छ, त्यसलाई एक बाबाको यादद्वारा उतार। पुण्य आत्मा बन्नको लागि श्रेष्ठ कर्म गर।

    वरदान:

    आफ्नो मस्तकमा सदा बाबाको आशीर्वादको हात अनुभव गर्ने, विघ्न विनाशक भव:-  

    विघ्न-विनाशक उही बन्न सक्छ, जसमा सर्वशक्ति हुन्छन्। सदा यो नशा राख– म मास्टर सर्वशक्तिमान् हुँ। सर्व शक्तिलाई समयमा कार्यमा लगाऊ। जुनसुकै रूपमा माया आओस् तर तिमी नलेजफुल बन। बाबाको हात र साथको अनुभव गर्दै कम्बाइन्ड रूपमा रहने गर। दिनहुँ अमृतबेला विजयको तिलक स्मृतिमा ल्याऊ। अनुभव गर– बापदादाको आशीर्वादको हात मेरो मस्तकमा छ। त्यसपछि विघ्न-विनाशक बनेर सदा निश्चिन्त रहन्छौ।

    स्लोगन:

    सेवाद्वारा अविनाशी खुशीको अनुभूति गर्ने र गराउने वाला नै सच्चा सेवाधारी हो।   

      

    ***OM SHANTI***