BK Murli 10 April 2017 Nepali
२०७३ चैत्र २८ सोमबार १०-०४-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन
“मीठे बच्चे– बाबा हुनुहुन्छ भक्तहरू र बच्चाहरूको रेखदेख गर्नेवाला भक्त-वत्सलम्। पतितबाट पावन बनाएर घर लैजाने जिम्मेवारी बाबाको हो, बच्चाहरूको होइन।”
प्रश्न:
बाबाको कल्प-कल्पको कर्तव्य के हो? कुनचाहिँ चिन्ता बाबालाई नै रहन्छ?
उत्तर:
बाबाको कर्तव्य हो बच्चाहरूलाई राजयोग सिकाएर पावन बनाउनु, सबैलाई दुःखबाट छुटाउनु। बाबालाई नै चिन्ता रहन्छ– गएर आफ्ना बच्चाहरूलाई सुखी बनाऊँ।
गीतः–
मुखडा देख ले प्राणी.....
ओम् शान्ति।
यो कसले सोधिरहनु भएको छ? बाबाले, जसलाई सर्वशक्तिमान् अधिकारी भनिन्छ। बाबाको महिमा त गर्छन् वा मुक्तिदाता, गाइड पनि भन्छन्। उहाँ हुनुहुन्छ सबैको सद्गति गर्नेवाला। उहाँ सर्वका दुःख-हर्ता सुख-कर्ता हुनुहुन्छ। सम्झन्छन् उहाँ परमधाममा रहनुहुन्छ। तर अज्ञानतावश भनिदिएका छन्– उहाँ सर्वव्यापी हुनुहुन्छ। सबै भक्तहरू हुन् बच्चा अनि भगवान् हुनुहुन्छ बाबा। यो कुरा त सबै बच्चाहरूलाई बुझाउनु पर्छ दुःख-हर्ता सुख-कर्ता हाम्रो पिता हुनुहुन्छ। उहाँको नामको गायन गरिएको छ– भक्त वत्सलम्। यो नाम कुनै गुरु गोसाईंलाई दिन सकिँदैन। बच्चाहरू वा भक्तहरू त धेरै छन्, उनीहरू माथि दया गर्नेवाला एकै बाबा हुनुहुन्छ। सारा दुनियाँलाई एक बाबा नै आएर सुख-शान्ति दिनुहुन्छ। सम्झन्छन् पनि– लक्ष्मी-नारायणको राज्यलाई वैकुण्ठ वा स्वर्ग भनिन्छ। यतिबेला कलियुग हो। बाबालाई कति चिन्ता रहन्छ। हदका पितालाई पनि चिन्ता हुन्छ। यहाँ हुनुहुन्छ बेहदका पिता। थाहा हुनु पर्छ– सबै भक्तहरूका कल्याणकारी एक बाबा नै हुनुहुन्छ, बच्चाहरूलाई सुखी बनाऊँ– यो उहाँलाई नै चिन्ता रहन्छ। जब मनुष्यहरूलाई आपद आउँछ, सबैले भगवान्लाई याद गर्छन्, पुकार्छन्– हे परमपिता परमात्मा बचाउनुहोस्। अहिले तिमी बच्चाहरूको सामुन्ने बाबा बस्नु भएको छ। बाबा भन्नुहुन्छ– मलाई ख्याल हुँदैन अहिले सबै पतित भएका छन्? म गएर सबैलाई राजयोग सिकेर पावन बनाऊँ। यो त मेरो कल्प-कल्पको कर्तव्य हो। यतिबेला सबैले पुकार्छन् तर त्यो स्नेह छैन। अहिले तिमीले सारा ड्रामालाई बुझेका छौ। बाबा भन्नुहुन्छ– म तिमीहरूलाई पावन बनाउन आएको छु। यो मेरो कुरा त मान। संन्यासीहरूले पनि विकारलाई छोड्छन्। उनीहरूको हो हदको संन्यास। हाम्रो हो बेहदको संन्यास, सारा पुरानो दुनियाँको। बाबाले कति राम्ररी सम्झाउनुहुन्छ। प्रजापिता ब्रह्माकुमार एवं कुमारीहरू यथार्थमा छन् नि। बोर्ड पनि राखिएको छ। कति धेरै बच्चाहरू छन्, सबैले भन्छन् मम्मा-बाबा। गान्धीलाई पनि फादर अफ नेशन भन्दछन्। उनी भारतका पिता थिए, उनलाई सारा दुनियाँका पिता त भनिँदैन। सारा दुनियाँका पिता त एक हुनुहुन्छ। उहाँ बाबाले भन्नुहुन्छ– काम महाशत्रु हो, तिमीले यसलाई जित। यसमा कुनै सुख छैन। पवित्र देवी-देवताहरूको अगाडि गएर शिर झुकाउँछन्। केही पनि बुझ्दैनन्। बाबाले केवल भन्नुहुन्छ– यो अन्तिम जन्म पवित्र बन्यौ भने २१ जन्मको लागि तिम्रो काया कल्प-वृक्ष समान गरिदिन्छु। धेरै सहज छ। तर माया यस्तो जसले हराइदिन्छ। ४-६ महिना पवित्र रहन्छन् तैपनि कम्मर टुट्छ। तिमीलाई थाहा छ– बाबाले कल्प पहिला जसरी सम्झाइरहनु भएको छ। कौरव-पाण्डवलाई भाइ-भाइ देखाउँछन्। अर्को गाउँ वा देशका होइनन्। पतित-पावन बाबा, अविनाशी खण्ड भारतवर्षमा नै आउनुहुन्छ। यो जन्मस्थान हो। शिवजयन्ती पनि मनाउँछन्। निराकार शिव परमात्माले जन्म लिनुहुन्छ, नाम हो शिव। शरीर त छैन। अरू सबै ब्रह्मा, विष्णु शंकरका पनि चित्र छन्। उच्च भन्दा उच्च एक भगवान् हुनुहुन्छ, उहाँ यिनमा प्रवेश गर्नुहुन्छ। तर आउनुभयो कसरी? कहिले आउनुभयो? कसैलाई पनि थाहा छैन। यहाँ नै शिवजयन्ती मनाउँछन्। मन्दिरमा पनि सबैभन्दा ठूला यहीँ छ, त्यसमा पनि लिङ्ग राखिदिएका छन्। सम्झाउनु पर्छ– शिव अवश्य आउनुहुन्छ। शरीर बिना त केही हुँदैन। सुख-दुःख आत्माले शरीरद्वारा नै भोग्छ। आत्मा अलग भए पछि केही पनि गर्न सक्दैन। शिवबाबाले पनि केही गर्नु भएको थियो। उहाँ पतित-पावन हुनुहुन्छ तर कसरी आएर सबैलाई पावन बनाउनुहुन्छ, यो कसैले जानेका छैनन्। अहिले बाबाले साधारण तनमा प्रवेश गरेर पार्ट खेल्नुहुन्छ। गायन पनि गर्छन् ब्रह्माद्वारा स्थापना। पतित दुनियाँमा ब्रह्मा कहाँबाट आए? परमात्माले स्वयं भन्नुहुन्छ– मेरो शरीर त छँदै छैन। मैले यिनमा प्रवेश गरेको हुँ। मेरो नाम शिव हो। तिमी आएर मेरो बनेका छौ, त्यसैले तिम्रो नाम पनि परिवर्तन भएको छ। संन्यासीहरू सँग गएर संन्यास गरे भने उनीहरूको पनि नाम परिवर्तन हुन्छ। अहिले बाबा सम्मुख आउनु भएको छ। ईश्वर, जसलाई आधाकल्प तिमीले याद गर्यौछ, फेरि चल्दा चल्दै तिमीले उहाँलाई पनि बिर्सिन्छौ। संन्यासीहरूले त सुखलाई मान्दैनन्, उनीहरूले सुख काग विष्टा समान सम्झन्छन्। स्वर्गको नाम त प्रख्यात छ। कोही मर्यो भने भन्छन् स्वर्ग गयो। नयाँ दुनियाँलाई सुखधाम, पुरानो दुनियाँलाई दुःखधाम भनिन्छ। बाबाले यति धेरै सम्झाउनुहुन्छ भने किन उहाँको मतमा पूर्ण रूपमा नचल्ने। बाबा आउनु भएको छ सबैलाई मुक्ति-जीवनमुक्ति दिन। बाबाको पार्ट हो बच्चाहरूलाई वर्सा दिनु। निराकार रचयिता बाबाद्वारा वर्सा कसरी मिल्छ, यो कुरा पनि तिमीलाई थाहा छ। मेरो परिचय तिमीलाई कहाँबाट मिल्यो? भगवानुवाच। के म कृष्ण हुँ! म ब्रह्मा हुँ! होइन। म त सबै आत्माहरूको निराकार पिता हुँ। अरू कसैले भन्न सक्दैन। भन्न त आफूलाई शिवोहम् भन्छन् तर यो भन्न सक्दैनन्– म सबै आत्माहरूको पिता हुँ। उनीहरूले आफूलाई गुरु कहलाउँछन्। वहाँ बाबा त मिलेन, टिचर मिलेन, तुरून्तै गुरु मिल्यो। यहाँ काइदाको ज्ञान छ। यहाँ तिम्रो बाबा, टिचर, गुरु म एउटै हुँ। आश्चर्य खानु पर्छ, सारा पतित दुनियाँलाई कसरी पावन बनाउनुहुन्छ होला! २१ जन्मको वर्सा दिनेवाला बाबाको मतमा कदम-कदममा चल। माया शक्तिशाली छ। बाबा-बाबा भन्छन्, पढ्छन् पनि, तैपनि ओहो माया! बाबालाई छोडपत्र दिन्छन्। यसैले भनिन्छ होशियार रहनु। बाबालाई बच्चाहरूले छोडपत्र दिए भने भन्छन् नि– मैले तिम्रो यति पालना गरें फेरि पनि मलाई छोडिदियौ। यहाँ त अरूको सेवा गर्नु पर्छ, अरूलाई आफू समान बनाउने। यो मदत मलाई गर्दैनौ? छोडपत्र दिएर नाम बदनाम गरिदिन्छन्। कति मुश्किल हुन्छ। अबलाहरू माथि धेरै अत्याचार हुन्छ। ज्ञान यज्ञमा विघ्न पर्छन्। मायाले कति तूफान ल्याउँछ। भक्तिमार्गमा यो हुँदैन।
बाबा भन्नुहुन्छ–प्यारा समझदार बच्चाहरू! तिमी मेरो मतमा चल। आफ्नो दिलरूपी दर्पणमा हेर्नु पर्छ– मैले कुनै विकर्म त गरिनँ। बाबाको बनेर अलिकति विकर्म गर्छौ भने पनि सयगुणा दण्ड हुन्छ। धेरै नोक्सान गरिदिन्छौ। हेर्नु पर्छ– मैले आफ्नो खाता जम्मा गर्छु वा गर्दिनँ। मायाको भूतलाई भगाइदिनु पर्छ। यस्तो अवस्था होस्, अनि दिलमा चढिन्छ, तख्तमा पनि बसिन्छ। उनीहरूले पनि सम्झन्छन् हाम्रो तख्त के होला? शिवबाबाको मन्दिर बनाउँछौ, तिम्रो महल कति सुन्दर र उच्च होला! मैले तिमीलाई विश्वको मालिक बनाउँछु, तिमी सँग अथाह धन थियो। फेरि तिमीले मेरो मन्दिर बनाउँछौ। सारा धन मन्दिर बनाउनमा त लगाउँदैनौ। अहिले तिमीलाई थाहा छ– हामी विश्वको मालिक थियौं। वहाँ विश्व महाराजनलाई धनदाता भन्दछन्, जसले भक्तिमार्गमा कति ठूलो मन्दिर बनाए। तिमीले पनि बनाउँछौ। वहाँ द्वापरमा सबै राजाहरूको पासमा मन्दिर हुन्छन्। सबैभन्दा पहिला बनाउँछन् शिवको मन्दिर फेरि देवताहरूको बनाउँछन्। अहिले बाबाले तिमी बच्चाहरूलाई कति सत्य समाचार सुनाउनु हुन्छ। तिमी बच्चाहरूलाई यस पढाइद्वारा धेरै खुशी हुनु पर्छ। तिमी बच्चाहरूलाई थाहा छ– पुरुषार्थद्वारा हामी यो बन्नेछौं, फेरि श्रीमतमा किन चल्दैनौ? तिमीले किन बिर्सिन्छौ? यो त कहानी हो। घरमा मित्र सम्बन्धीले कहानी सुनाउँछन्। बाबाले पनि तिमीलाई सारा सृष्टिको आदि, मध्य, अन्त्यको कहानी सुनाउनु हुन्छ। तिमी ५ हजार वर्ष पहिला विश्वको मालिक थियौ। बाबाले दिनहुँ यो कथा सुनाउनु हुन्छ। तिमी बच्चा बन। आफूलाई लायक बनाऊ, राज्य-भाग्य लिनको लागि। यो हो सत्य-नारायणको कथा। यो कथा तिमीले सुनेर फेरि अरूलाई सुनाउनु पर्छ, अमर बनाउनको लागि। फेरि भक्तिमार्गमा कथाहरू सुनाउनेछन्। फेरि सत्ययुग-त्रेतामा यो ज्ञान बिर्सिन्छ। बाबा कति साधारण रहनुहुन्छ। भन्नुहुन्छ– म तिमी बच्चाहरूको सेवक हुँ। जब तिमी दुःखी बन्छौ अनि मलाई बोलाउँछौ– आएर हामीलाई विश्वको मालिक बनाउनुहोस्। पतितलाई पावन बनाउनुहोस्। मनुष्यले कहाँ बुझेका छन् र। तिमीलाई थाहा छ– बाबाले हामीलाई पतितबाट पावन बनाइरहनु भएको छ, त्यसैले बाबालाई भुल्नु हुँदैन। तिमीले उच्च सेवा गर्नु पर्छ। बाबालाई याद गर्नु छ अनि घर जानु छ। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि मुख्य सारः
१) दिनहुँ आफ्नो दिल रूपी दर्पणमा हेर– कुनै पनि विकर्म गरेर आफ्नो वा अरूको नोक्सान त गरिनँ! समझदार बनेर बाबाको मतमा चल्नुपर्छ, भूतहरूलाई भगाइदिनु पर्छ।
२) बाबाले जुन सत्य समाचार वा कथा सुनाउनुहुन्छ, त्यो सुनेर अरूलाई पनि सुनाउनु पर्छ।
वरदान:
“म र मेरा बाबा” यस विधिद्वारा जीवनमुक्त स्थितिको अनुभव गर्ने, सहजयोगी भव:-
ब्राह्मण बन्नु अर्थात् देह, सम्बन्ध एवं साधनहरूको बन्धनबाट मुक्त हुनु। देहका सम्बन्धीहरूको देहको नाता सँग सम्बन्ध छैन, आत्मिक सम्बन्ध छ। यदि कोही कसैको वश, परवश हुन्छ भने बन्धन हो, तर ब्राह्मण अर्थात् जीवनमुक्त। जबसम्म कर्मेन्द्रियहरूको आधार छ, तबसम्म कर्म त गर्नु नै पर्छ तर कर्मबन्धन हुनु हुँदैन, कर्म सम्बन्ध होस्। यस्तो जो मुक्त छ ऊ सदा सफलता मूर्त हुन्छ। यसको सहज साधन हो– म र मेरो बाबा। यही यादले सहजयोगी, सफलतामूर्त एवं बन्धनमुक्त बनाइदिन्छ।
स्लोगन:
म र मेरोपनको खादलाई समाप्त गर्नु नै सच्चा सुन बन्नु हो।