BK Murli 11 April 2017 Nepali

BK Murli 11 April 2017 Nepali

२०७३ चैत्र २९ मंगलबार ११-०४-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

“मीठे बच्चे– जो खुशी स्वयंलाई मिलेको छ, त्यो सबैलाई दिनु छ, तिमीले सुख-शान्ति बाँड्ने धन्दा गर्नु पर्छ।”  

प्रश्न:

तिमी बच्चाहरूलाई यस बेहद ड्रामाको हर सीन धेरै प्रिय छ– किन ?

उत्तर:

किनकि स्वयं क्रियटरलाई यो ड्रामा प्रिय छ। जब क्रियटरलाई प्रिय छ भने बच्चाहरूलाई पनि अवश्य प्रिय हुन्छ। तिमी कुनै कुरामा पनि दुःखी हुन सक्दैनौ। तिमीलाई थाहा छ– यो दुःख सुखको नाटक धेरै सुन्दर बनेको छ। यसमा हार-जितको खेल चलिरहन्छ, यसलाई खराब भन्न सकिँदैन। दिन पनि राम्रो अनि रात पनि राम्रो... यस ड्रामामा जति पनि पार्ट मिलेको छ, त्यसलाई खुशीले खेल्नेवाला धेरै आनन्दमा रहन्छन्। यस बेहद नाटकको ज्ञानको स्मरण गर्नेवाला सदा हर्षित रहन्छन्। बुद्धि भरपुर रहन्छ।

गीत:–

हमारे तीर्थ न्यारे हैं ...........

ओम् शान्ति।

वास्तवमा स्कुलमा कुनै गीत गाइँदैन। यो पाठशाला हो। फेरि पनि यहाँ गीत किन गाइन्छ? सत्ययुगमा यो गीत गाइँदैन। अहिले हामी सबै संगममा बसेका छौं यसैले भक्ति र गीत आदिलाई लिएर त्यसको अर्थ सम्झाइन्छ, मनुष्यले त अर्थ बुझेका छैनन्। हामी अहिले न यहाँ छौं, न वहाँ छौं। बीचमा बसेका छौं, त्यसैले यसको थोरै आधार लिइन्छ। बच्चाहरूलाई ज्ञान र भक्तिको रहस्य त सम्झाइएको छ। यस समय तिमी ज्ञान सुनिरहेका छौ, भविष्यको लागि। भविष्यको लागि पुरुषार्थ गरेर कुनै प्रारब्ध बनाउन्, यस्तो कुनै मनुष्य छैनन्। तिमीले पुरुषार्थ गर्छौ– भविष्य नयाँ दुनियाँको लागि। मनुष्य दान, पुण्य आदि गर्छन् अर्को जन्मको लागि। त्यो हो भक्ति, यो हो ज्ञान। कसैले भन्दछन् पनि– ज्ञान, भक्ति र वैराग्य। संन्यासीहरूको हो हदको वैराग्य। तिम्रो हो बेहदको वैराग्य। उनीहरूले घरबारबाट वैराग्य दिलाउँछन्, दुनियाँबाट होइन। उनीहरूले यो जानेकै छैनन्– यो तमोप्रधान जीर्ण सृष्टि हो, यसको विनाश हुनु छ किनकि कल्पको आयु धेरै लामो बनाइदिएका छन्। अब बाबाले बसेर सम्झाउनुहुन्छ, बुद्धिले पनि भन्छ– यो कुरा त बिलकुल ठीक छ। मुख्य कुरा हो पवित्रताको, जसको लागि उनीहरूले घरबार छोड्छन्। तिमीले सारा दुनियाँलाई बुद्धिबाट बिर्सिन्छौ। पवित्र बन्छौ, पवित्र दुनियाँमा जानको लागि। तिम्रो यात्रा हो बुद्धिको। कर्मेन्द्रियहरू द्वारा त कहीँ जानु छैन, तिम्रो शारीरिक त केही पनि चल्दैन। अब हामी रूहानी बाबाको पासमा जान्छौं, ती लौकिक यात्रा त अनेक छन्। कहिले कहाँ जान्छन्, कहिले कहाँ। तिम्रो बुद्धि एका तिर मात्र छ। यसलाई अव्यभिचारी भक्ति भने पनि हुन्छ। तिमीले एकलाई याद गर्छौ। उनीहरू सबैको भक्ति हो व्यभिचारी। अनेकलाई याद गर्छन्। तिम्रो हो अव्यभिचारी रूहानी यात्रा, जसमा हामी जादैछौं वापस आफ्नो घरमा। उनीहरू निर्वाणधामलाई घर पनि सम्झिदैनन्। भन्दछन् पार निर्वाण गयो। 

तिमीलाई थाहा छ– वहाँ हामी आत्माहरू बाबाको साथमा रहन्छौं। अहिले बाबा हामीलाई लिन आउनु भएको छ। उनीहरूले सम्झन्छन्– हामी सबै ईश्वरका रूप हौं। कति शास्त्र आदि पढ्छन्। यहाँ तिमीलाई केही पनि सिकाइदैन। तिमीलाई त यी कर्मकाण्डको पनि संन्यास गराइन्छ। यी सबै भक्तिमार्गका कर्मकाण्ड हुन्। जसरी प्रभुको गति मत बेग्लै छ । पहिले-पहिले तिमीलाई अल्फ सिकाउनुहुन्छ। बाबा स्वयं दलाल बनेर आउनुहुन्छ। गाउँछन् पनि, तर बुझ्दैनन्। तिमीलाई भक्ति सँग कुनै घृणा छैन। कसै सँग पनि घृणा आउँदैन, जबकि जान्दछौ– ड्रामा बनिबनाऊ छ। हो, सम्झाउँछौ अवश्य किनकि यस पुरानो छी-छी दुनियाँलाई छोड्नु छ, वापस जानु छ। जब भक्तिमा थियौ, भक्ति सँग प्यार थियो। गीत आदि सुन्दा आनन्द आउँथ्यो। अहिले बुझेका छौ– त्यो कुनै कामको थिएन। सुन्नको लागि त कुनै कुरा छैन, तर जान्दछौ, त्यो पनि भक्तिको एक्ट हो। हाम्रो अब त्यसबाट बुद्धियोग टुटेर ज्ञान सँग जुटेको छ। ज्ञान र भक्ति दुवैलाई तिमीले जान्दछौ। मनुष्यलाई जब सम्म ज्ञान मिल्दैन, भक्तिलाई नै राम्रो सम्झन्छन्। हामी जन्म-जन्मान्तर भक्ति गर्दै आयौं। भक्ति सँग स्नेह बढ्यो। अब हाम्रो बुद्धिमा छ– यो दुःख-सुख, हार-जितको बनिबनाऊ ड्रामा हो। तिनीहरू माथि दया लाग्छ, किन उनीहरूलाई पनि रचयिता र रचनाको ज्ञान नदिने, ताकि बाबाको वर्सा पाउन सकून्। जो खुशी हामीलाई मिलेको छ त्यो अरूलाई पनि दिनु पर्छ। सिन्धवृति (बेलायतमा जानेवाला सिन्धी) जब देख्छन् फलानो ठाउँमा धन्दा राम्रो चल्दैछ, आफ्ना मित्र-सम्बन्धीहरूलाई राय दिन्छन् फलानो ठाउँमा जाऊ, त्यहाँ कमाई राम्रो हुनेछ।

तिमीलाई थाहा छ– यस रावण राज्यमा दुःखै दुःख छ। मनुष्यहरूलाई यो थाहा छैन– ज्ञान के चीज हो। साधु-सन्त पनि जान्दैनन्, यस ज्ञानबाट स्वराज्य मिल्दछ। सोध्दछन्– यस ज्ञानबाट के प्राप्ति हुन्छ? त्यसैले लेखिन्छ शान्ति र सुख दुवै मिल्छ। कसैलाई सुख-शान्तिको धन्दा हातमा लाग्यो भने त्यसमा नै लागि पर्छन्। हो, लौकिक सेवा पनि केही समयको लागि गर्नु पर्छ। सत्संगको समय पनि बिहान र बेलुका हुन्छ। माताहरूलाई घरको बन्धन रहन्छ, त्यसैले उनीहरूको लागि दिनको समय राखिन्छ। बिहानको समय सबैभन्दा उत्तम हुन्छ, फ्रेश माइन्ड हुन्छ। जो सुन्छौ त्यसलाई धारण गरेर चिन्तन गर्नु पर्छ। दुनियाँमा यो कुरा कसैलाई पनि थाहा छैन निराकार परमात्मा पनि पढाउन आउनुहुन्छ। भगवानुवाच– तिमीलाई राजयोग सिकाएर नरबाट नारायण बनाउँछु। यो योग धेरै प्रख्यात छ। मनुष्य विनाशी धनको दान-पुण्य गर्छन् त्यसैले राजाई घरमा राम्रो जन्म लिन्छन्। यहाँ त तिमी २१ जन्मको लागि वर्सा पाइरहेका छौ। तिमीले सबैथोक दान गर्छौ २१ जन्मको लागि। फेरि कुनै पनि पद पाउनको लागि पुरुषार्थ गर्नु पर्दैन। पद निश्चित हुन्छ। अहिले तिमी आफ्नो वर्सा बाबाबाट लिइरहेका छौ, यसैले बाबा भन्नुहुन्छ– राम्ररी पढ अनि जन्म-जन्मान्तर राजा बन। पहिलो जन्म मिल्छ नै उच्च। प्रजालाई पनि उच्च पद मिल्छ। राजाईमा दास-दासी आदि सबै चाहिन्छ। जति पढ्छौ, महादानी बन्छौ, त्यति उच्च पद पाउने छौ। बाबा पनि महादानी हुनुहुन्छ। सबैलाई धनवान बनाइदिनुहुन्छ। सुख-शान्तिको वर्सा दिनुहुन्छ। पहिले-पहिले सुखमा नै आउँछन्, क्रिश्चियनको लागि पनि भन्छन्– जंगलमा रहन्थे, पातको लुगा लगाउँथे, विकारको दृष्टि थिएन। सबै सुखी रहन्थे किनकि पहिलो समय सतोप्रधान फेरि रजो अनि तमोमा आउँछन्। उनीहरूको पार्ट आफ्नो हाम्रो पार्ट आफ्नो। जो यस धर्मका छन्, उनको नै कलमी लाग्छ। तिमी जब सम्पूर्ण बन्छौ अनि झट्ट जान्नेछौ यो हाम्रो धर्मको हो वा होइन।

तिमी बच्चाहरूले सबैलाई सम्झाउँछौ– बाबाले नयाँ दुनियाँ रच्नु हुन्छ। हामीलाई वर्सा मिलेको थियो, फेरि गुम भयो। ड्रामा अनुसार वर्सा लिनु पनि छ भने गुमाउनु पनि छ। यो चक्र चलिरहन्छ। यस समय हामीले वर्सा गुमाएका छौं, अब फेरि लिइरहेका छौं। लक्ष्मी-नारायणको राज्यको कसैलाई थाहा छैन, त्यसैले सोधिन्छ लक्ष्मी-नारायणलाई यो राज्य कहिले र कसरी मिल्यो? जसरी उनीहरूले कृष्णलाई अगाडि राखेर लक्ष्मी-नारायणलाई गुम गरे, हामी फेरि लक्ष्मी-नारायणलाई अगाडि राखेर कृष्णलाई गुम गरिदिन्छौं। लक्ष्मी-नारायण त हुन् नै सत्ययुगका, नारायण उवाच त हुन सक्दैन। बाबा भन्नुहुन्छ– म आउँछु नै संगममा। लक्ष्मी-नारायणले अवश्य अघिल्लो जन्ममा संगममा नै राज्य लिएका हुन्। लक्ष्मी-नारायण नै ८४ जन्म भोगेर अब अन्तिम जन्ममा छन्। लक्ष्मी-नारायणलाई पनि राज्य दिने अवश्य कोही हुनु पर्छ। अवश्य भगवान्‌ले नै दिनुभयो। यस समय तिमी बिलकुल बेगर छौ फेरि प्रिन्स बन्छौ। राजकुमारको त अवश्य राजा-महाराजाको पासमा जन्म हुन्छ। अहिले सम्म पनि कुनै राम्रा-राम्रा राजाहरू छन्, जसको प्रजामा धेरै प्यार रहन्छ। अहिले तिमीलाई थाहा छ– हामी राजयोग सिकिरहेका छौं, जसबाट हामी राज्य-भाग्य पाउँछौं। हामीलाई यो निश्चय छ, किनकि यो अनादि ड्रामा हो। हार-जितको खेल हो। जे हुन्छ त्यो ठीक, के क्रियटरलाई ड्रामा प्रिय हुँदैन होला! अवश्य प्रिय हुन्छ। त्यसैले क्रियटरका बच्चाहरूलाई पनि प्रिय छ। हामी घृणा कसै सँग पनि गर्न सक्दैनौ। यो त बुझेका छौ– भक्तिको पनि ड्रामामा पार्ट छ। ड्रामा सारा राम्रो छ। नराम्रो ड्रामा किन भन्ने! ड्रामाको रहस्य बुद्धिमा छ, जो तिमीलाई सम्झाउनुहुन्छ। अब भक्तिको पार्ट पूरा हुन्छ। अब पुरुषार्थ गरेर बाबाबाट वर्सा लिनु छ। बाबा भन्नुहुन्छ– यो सबै आसुरी सम्प्रदाय हो, यसमा घृणाको त कुरा छैन। ईश्वरीय सम्प्रदाय र आसुरी सम्प्रदायको खेल हो। उनीहरूले कहाँ आफूलाई दुःखी सम्झन्छन् र! भक्ति गरिरहन्छन् र सम्झन्छन् एक दिन भगवान् आएर भक्तिको फल दिनुहुन्छ। घरमा नै कुनै न कुनै रूपमा भगवान् आएर मिल्नुहुन्छ। संन्यासीहरूले सम्झन्छन्– हामी आफै जानेछौं निर्वाणधाम। आफ्नो पुरुषार्थले तत्त्व सँग योग लगाउँछन् र सम्झन्छन् हामी लीन हुनेछौं। दुनियाँमा अनेक मत छन्, बाबा आएर एक मत बनाउनुहुन्छ। सम्झाउनु हुन्छ– यो ड्रामा अनादि बनेको छ, धेरै सुन्दर नाटक बनेको छ। ड्रामामा सुख-दुःखको पार्ट निश्चत छ, जसलाई देखेर धेरै खुशी हुन्छ। यो बेहदको खेल बडो फाइन बनेको छ। त्यसैले सबैलाई राम्रो लाग्नु पर्छ। दिन पनि राम्रो त रात पनि राम्रो। खेल हो नि। जान्दछौ अब रात पूरा हुँदैछ। हामी दिनमा गएर उच्च पद पाउनु छ। दुःखी किन हुन्छौ, ड्रामामा जुन पार्ट मिलेको छ, त्यो त खेल्नु नै पर्छ। धेरै राम्रो ड्रामा छ, यसलाई खराब भन्न सकिदैन। यो खेल कहिल्यै बन्द हुँदैन, धेरै फष्टक्लास खेल छ। यसलाई जानेर बुद्धि भरपुर भएको छ। जसरी बाबा नलेजफुल हुनुहुन्छ, त्यस्तै बच्चाहरू पनि नलेजफुल छन्। कति समय सुख र कति समय दु:ख पाउनु छ, यो पनि तिमी सबै कुरा जानिसकेका छौ। त्यसैले त भन्छौ– वाह प्रभु तिम्रो लीला! प्रभुको रचना अवश्य राम्रो हुन्छ। त्यसलाई खराब कसरी भन्न मिल्छ? ड्रामामा जुन पार्ट मिलेको छ, त्यो त खेल्नु नै छ। यो खेल कहिल्यै बन्द हुनु नै छैन। यसलाई जान्नाले आनन्दै आनन्द आउँछ। भक्तिमा सत्ययुगी राजाईको बारेमा थाहा पनि हुँदैन। सत्ययुगी राजाईमा फेरि भक्तिको थाहा नै रहँदैन। भक्तिमा पनि कति सुन्दर गीत गाउँछन्– हे प्रभु तेरो लीला विचित्र छ। यो तिमी बच्चाहरू नै बुझ्न सक्छौ, अरू कसैले पनि यस लीलालाई जान्न सक्दैनन्। बाबाबाट हामीलाई कति वर्सा मिल्छ। सारा दिन बुद्धिमा विचार चल्नु पर्छ, कस्तो आश्चर्यजनक खेल छ। अश्चर्यजनक यसको ज्ञान छ। बाबाको लीला कति राम्रो छ। तिमी यस बेहद नाटकलाई जान्दछौ, फेरि जुन पद मिल्छ त्यसलाई देखेर हर्षित हुन्छौ। मनुष्यहरू नाटक हेरेर खुशी हुन्छन् नि। ती त भेराइटी नाटक हुन्छन्, यो त एकै नाटक हो। यस नाटकलाई जान्नाले हामी विश्वको मालिक बन्छौं। कति आश्चर्यजनक कुरा छ। बाबाद्वारा तिमीले नै जानेका छौ । यी कुराहरूमा रमण गर्नु पर्छ। गृहस्थ व्यवहारमा रहेर २-३ घण्टा निकालेर, त्यो नाटक देखेर आउँछन्। के त्यो पनि कसैलाई सोध्नु पर्छ? बुद्धिमा बस्छ। त्यस्तै यो पनि बेहदको नाटक हो, यो किन भुल्ने! यस चक्रको स्मृति त बिलकुल सहज छ, यसलाई अरू कसैले पनि जान्दैनन्। तिमीले बुद्धिद्वारा जान्दछौ र दिव्य दृष्टिबाट देख्दछौ पनि। पछि गएर अरू पनि धेरै सीन सीनरीहरू देख्नेछौ । अच्छा!

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


धारणाको लागि मुख्य सारः

१) बाबा समान महादानी बन्नु छ। सबैलाई सुख-शान्तिको वर्सा दिनु छ। ज्ञानलई धारण गरेर त्यसलाई चिन्तन गर्नु छ।

२) बेहदको नाटकलाई देखेर सदा हर्षित रहनु छ। प्रभुको लीला र यो ड्रामा कति विचित्र छ– यसको स्मरण गरेर आनन्दमा रहनु छ।

वरदान:

स्नेहको शक्तिद्वारा मेहनतबाट मुक्त हुनेपरमात्म स्नेही भव:-  

स्नेहको शक्तिले मेहनतलाई सहज गरिदिन्छ, जहाँ स्नेह छ त्यहाँ मेहनत हुँदैन। मेहनत मनोरञ्जन बन्छ। भिन्न-भिन्न बन्धनमा बाँधिएका आत्माहरू मेहनत गर्छन् तर परमात्म स्नेही आत्माहरू सहजै मेहनतबाट मुक्त हुन्छन्। यो स्नेहको वरदान सदा स्मृतिमा रह्यो भने जतिसुकै ठूलो परिस्थिति भए पनि, प्यारले, स्नेहले परिस्थिति रूपी पहाड पनि परिवर्तन भएर पानी समान हलुका बन्छ।

स्लोगन:

सदा निर्विघ्न रहनु र अरूलाई निर्विघ्न बनाउनु– यही यथार्थ सेवा हो।  



***OM SHANTI***

Google+ Followers