BK Murli 13 April 2017 Nepali

BK Murli 13 April 2017 Nepali

२०७३ चैत्र ३१ बिहीबार १३-०४-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

“मीठे बच्चे– बाबा आउनु भएको छ तिमी बच्चाहरूबाट दान लिन, तिमी सँग जति पनि पुराना किचडा छन्, त्यसलाई दान देऊ तब पुण्य आत्मा बन्नेछौ।”  

प्रश्न:

पुण्यको दुनियाँमा जाने बच्चाहरू प्रति बाबाको श्रीमत के छ?

उत्तर:

मीठे बच्चे– पुण्यको दुनियाँमा जानु छ भने सबै सँग ममत्व मेटाऊ। ५ विकारलाई छोड। यस अन्तिम जन्ममा ज्ञान चितामा बस। पवित्र बन्यौ भने पुण्य आत्मा बनेर पुण्यको दुनियाँमा जान्छौ। ज्ञान-योगलाई धारणा गरेर आफ्नो दैवी चलन बनाऊ। बाबा सँग सच्चा व्यापार गर। बाबाले तिमी सँग केही पनि लिनुहुन्न, केवल ममत्व मेटियोस्, त्यसको युक्ति बताउनुहुन्छ। बुद्धिद्वारा सबै बाबालाई सुम्पिदेऊ।

गीतः–

इस पाप की दुनियाँ से...

ओम् शान्ति।

दुनियाँका मनुष्य अथवा रावणराज्यका मनुष्यले पुकार्छन्– हे पतित-पावन आउनुहोस्। पावन दुनियाँ अथवा पुण्यको दुनियाँमा लैजानुहोस्। गीत बनाउने सँग यो कुराको ज्ञान छैन। पुकार्छन्– रावणराज्यदेखि रामराज्यमा लैजाऊ, तर आफूलाई कसैले पतित सम्झदैनन्। आफ्ना बच्चाहरूको पासमा त सम्मुख बाबा बस्नु भएको छ। रामराज्यमा लैजानको लागि, श्रेष्ठ बन्नको लागि श्रीमत दिइरहनु भएको छ। भगवानुवाच– राम भगवानुवाच होइन। सीताका पतिलाई भगवान् भनिँदैन। भगवान् निराकार हुनुहुन्छ। निराकारी, आकारी, साकारी तीन दुनियाँ छन् नि। निराकार परमात्मा निराकारी बच्चाहरूका (आत्माहरू) साथमा निराकारी दुनियाँमा रहनेवाला हुनुहुन्छ। अहिले बाबा आउनु भएको छ– स्वर्गको राज्य भाग्य दिन, हामीलाई पुण्य आत्मा बनाउन। रामराज्य अर्थात् दिन, रावणराज्य अर्थात् रात। अज्ञान अथवा भक्ति, यो कुरा अरू कसैले जान्दैनन्। तिमीहरूमा पनि मुस्किलले कसैले जान्दछ। यस ज्ञानको लागि पनि पवित्र बुद्धि चाहिन्छ। मूल कुरा हो यादको। राम्रो चीज सधैं याद रहन्छ। तिमीले पुण्य के गर्नु छ? तिम्रो पासमा जुन फोहोर मैला छ त्यो मलाई सुम्पिदेऊ। मनुष्य जब मर्छन् तब उसको बिस्तरा कपडा आदि सबै करनीघोरलाई दिन्छन्। उनीहरू अर्कै किसिमका ब्राह्मण हुन्छन्। अहिले बाबा आउनु भएको छ, तिमीहरूबाट दान लिनको लागि। यो पुरानो दुनियाँ, पुरानो शरीर सबैथोक सडेको छ। यो मलाई देऊ र यसदेखि ममत्व मेटाऊ। १०-२० करोड नै होस्, तर बाबा भन्नुहुन्छ त्यसदेखि बुद्धि निकाल। बदलामा तिमीलाई सबैथोक नयाँ दुनियाँमा मिल्छ, कति यो सस्तो व्यापार छ। बाबा भन्नुहुन्छ– जसमा मैले प्रवेश गरेको छु, उनले सबै व्यापार गरे। अब हेर त्यसको बदलामा कति राज्य-भाग्य मिल्छ। कुमारीहरूलाई त केही दिनु नै छैन। वर्सा मिल्छ बच्चाहरूलाई, त्यसैले उनीहरूलाई सम्पत्तिको नशा रहन्छ। आजकाल स्त्रीलाई हाफ पार्टनर कहाँ बनाउँछन् र! सबै बच्चाहरूलाई नै दिन्छन्। पुरुष मर्यो। भने स्त्रीलाई कसैले सोध्दा पनि सोध्दैनन्। यहाँ त तिमीले बाबाबाट पूरा वर्सा लिन्छौ। यहाँ त कुनै स्त्री पुरुषको प्रश्न नै छैन। सबै वर्साका अधिकारी हुन्छौ। माताहरू, कन्याहरूलाई त अरू धेरै हक मिल्छ, किनकि कन्याहरूलाई लौकिक पिताको वर्सामा ममत्व हुँदैन। वास्तवमा तिमी सबै कुमार-कुमारीहरू भयौ। बाबाद्वारा कति वर्सा पाएका छौ। एउटा कथा छ– राजाले छोरीहरूलाई सोधे– कसको खाइरहेकी छौ? एउटीले भनिन्– आफ्नो भाग्यको। अनि राजाले उनलाई निकालिदिए। उनी पिता भन्दा पनि धनवान भइन् र पितालाई निमन्त्रणा दिइन्। सोधिन्– अहिले कसको खाँदैछु? हेर्नुहोस्। त्यसैले बाबा पनि भन्नुहुन्छ– बच्चाहरू, तिमी सबैले आफ्नो भाग्य बनाउँछौ।

दिल्लीमा एउटा मैदान छ, नाम राखेका छन् रामलीला मैदान। वास्तवमा नाम राख्नु पर्छ रावण लीला किनकि यतिबेला सारा विश्वमा रावण लीला चलिरहेको छ। बच्चाहरूले रामलीला मैदान लिएर, त्यसमा चित्र लगाउनु पर्छ। एकातिर रामको चित्र होस् र तल ठूलो रावणको पनि चित्र होस्। धेरै ठूलो गोला होस्। बीचमा लेखिदिनु पर्छ– यो राम राज्य, यो रावण राज्य। अनि बुझून्। देवताहरूको हेर कति महिमा छ– सर्वगुर्ण सम्पन्न...। आधा कल्प हुन्छ कलियुगी भ्रष्टाचारी, रावण राज्य... त्यसमा सबै आउँछन्। अब रावण राज्यको अन्त्य त रामले नै गर्नुहुन्छ। यतिबेला रामलीला छैन, सारा दुनियाँमा रावण लीला छ। राम लीला हुन्छ, सत्ययुगमा। तर सबैले आफूलाई बडो बुद्धिमान सम्झन्छन्। श्री श्रीको उपाधि राख्न लगाउँछन्। यो उपाधि त हो निराकार परमपिता परमात्माको, जो द्वारा श्री लक्ष्मी-नारायणले पनि राज्य पाउँछन्। अहिले बाबा आउनु भएको छ, तिमीलाई भक्तिरूपी अन्धकारदेखि छुटाएर बिहानीमा लैजानुहुन्छ। जसमा ज्ञान-योग हुन्छ, उसको चलन पनि दैवी हुन्छ। आसुरी चलन भएकाले कसैको पनि कल्याण गर्न सक्दैनन्। तुरुन्त थाहा हुन्छ, यिनमा आसुरी अवगुण छन् या दैवीगुण! अहिलेसम्म कोही सम्पूर्ण त छैन। अहिले बन्दै जान्छन्। बाबा त दाता हुनुहुन्छ, तिमीबाट के लिनुहुन्छ। जे जति लिनुहुन्छ, त्यो तिम्रो सेवामा लगाउनुहुन्छ। बाबाले यिनलाई पनि अर्पण गराउनुभयो– भट्ठी बनाउनु छ, बच्चाहरूलाई पालना दिनु छ। पैसा विना यत्तिकाको पालना कसरी हुनसक्छ। पहिला बाबाले यिनलाई अर्पण गराउनु भयो फेरि जो आए उनीहरूलाई पनि अर्पण गराउनु भयो। तर सबैको एक रस अवस्था त बनेन, धेरै गए पनि। नम्बरवार पुरुषार्थ अनुसार सबै पाकेर निस्किए। बाबाले त पुण्यको दुनियाँमा लैजानुहुन्छ। केवल भन्नुहुन्छ– ५ विकारलाई छोड। मैले तिमीलाई राजकुमार-राजकुमारी बनाउँछु। ब्रह्माको सक्षात्कार घरमै बसेर धेरैलाई हुन्छ। त्यहाँबाट लेखेर पठाउँछन्– बाबा म हजुरको बने, मेरो सबैथोक हजुरको हो। बाबाले केही लिनुहुन्न। बाबा भन्नुहुन्छ– सबैथोक आफ्नो पासमा राख। यहाँ घर बनाइन्छ, कसैले सोध्छन्– पैसा कहाँबाट ल्यायौ? अरे यति धेरै बच्चाहरू छन्, बाबाका। प्रजापिता ब्रह्माको नाम सुनेका छौ नि। भन्नुहुन्छ केवल ममत्व मेटाऊ, तिमी फर्केर जानु छ। बाबालाई याद गर। हामीलाई भगवान्‌ले पढाउनुहुन्छ, त्यसैले खुशीको पारा चढिरहनु पर्छ। लक्ष्मी-नारायणलाई भगवान् भनिँदैन, देवी-देवता भनिन्छ। भगवान्‌ सँग भगवती हुँदिनन्। कति युक्तिको कुरा छ। सम्मुख नभएसम्म यो कुरा कसैले बुझ्न सक्दैनन्। गाउँछन् पनि त्वमेव माताश्च पिता...ज्ञान न भएको कारणले लक्ष्मी-नारायणको अगाडि, हनुमानको अगाडि, गणेशको अगाडि पनि गएर यो महिमा गाउँछन्। अरे, उनीहरू त साकारी थिए, उनीहरूलाई आफ्ना बच्चाहरूले नै माता-पिता भन्छन्। तिमी उनका बच्चा कहाँ हौ? तिमी त रावणको राज्यमा छौ। यी ब्रह्मा पनि माता हुन्। यिनीद्वारा बाबा भन्नुहुन्छ– तिमी मेरा बच्चा हौ। तर माताहरू, कन्याहरूलाई सम्हाल्ने माता चाहिन्छ। एडप्टेड बच्ची हुन्– बी.के सरस्वती। कति गहन कुरा छ। बाबाले जुन ज्ञान दिनुहुन्छ, त्यो कुनै शास्त्रहरूमा छैन। यहाँको एक मुख्य शास्त्र हो गीता, त्यसमा ज्ञानको पढाइको कुरा छ। त्यसमा चरित्रको कुनै कुरा छैन। ज्ञानद्वारा दर्जा मिल्छ। 

बाबा जादूगर हुनुहुन्छ। तिमीले गाउँछौ– रत्नागर, जादूगर...तिम्रो झोली भरिन्छ स्वर्गको लागि। साक्षात्कार त भक्ति मार्गमा पनि गर्छन्, तर त्यसबाट केही लाभ हुँदैन। लेख्छौ, पढ्छौ... साक्षात्कारले तिमी कुनै त्यस्ता बन्यौ र? साक्षात्कार मैले गराउँछु। पत्थरको मूर्तिले कहाँ साक्षात्कार गराउँछ? नौधा भक्तिमा भावना त शुद्ध राख्छन्। त्यसको फल मैले दिन्छु, तर तमोप्रधान त बन्नु नै छ। मीराले साक्षात्कार गरिन् तर ज्ञान त केही पनि थिएन। मनुष्यहरू त दिन प्रति दिन तमोप्रधान हुँदै जान्छन्। अहिले सबै मनुष्य पतित छन्। गाउँछन् पनि– हामीलाई यस्तो ठाउँमा लैजानुहोस्, जहाँ सुख चैन पाइयोस्।

तिमीलाई सत्ययुगमा धेरै सुख थियो। सत्ययुगको नाम प्रसिद्ध छ नि। स्वर्ग यहीँ थियो– तर बुझ्दैनन्। यो पनि जान्दछन्– यो नै प्राचीन थियो, स्वर्ग थियो। त्यहाँ अरू कुनै धर्म थिएन। यी सबै कुरा बाबाले नै सम्झाउनुहुन्छ। तिमी सबै अहिले श्रवण कुमार र कुमारीहरू बन्छौ। तिमीले सबैलाई ज्ञानको कांवरमा बसाउँछौ। तिमीले सबै मित्र-सम्बन्धीहरूलाई ज्ञान दिएर उठाउनु छ। बाबा सँग युगल पनि आउँछन्। अगाडि त शारीरिक ब्राह्मणद्वारा हथियाला बाँध्न लगाउथे। अहिले तिमी रूहानी ब्राह्मणले काम चिताको हथियाला तोड्छौ। बाबा सँग आउँछन, अनि बाबा सोध्नुहुन्छ– स्वर्ग जान्छौ? कसैले भन्छन्– हामीलाई स्वर्ग यहीँ छ। अरे, यो अल्पकालको स्वर्ग हो। मैले तिमीलाई २१ जन्मको लागि स्वर्ग दिन्छु, तर पहिला पवित्र रहनु पर्छ। बस, यहीँ कुरामा पछाडि पर्छन्। अरे, बेहदका बाबाले भन्नुहुन्छ– यो अन्तिम जन्म ज्ञान चितामा बस। त्यसैले हेरिन्छ, स्त्रीहरू तुरुन्त आउँछन्। कसैले फेरि भन्छन्– पति परमेश्वरको चित्त कसरी दुखाउने!

बाबाको बन्यौ त कदम-कदममा श्रीमतमा चल्नुपर्छ। अहिले बाबा आउनु भएको छ स्वर्गको मालिक बनाउन। पवित्र बन्नु राम्रो हो। कुल कलंकित नबन। बाबाले भन्नुहुन्छ नि। लौकिक पिताले त थप्पड पनि मार्छन्। आमा प्यारी हुन्छिन्। धेरै मीठो दयावान बन्नु छ। बाबा भन्नुहुन्छ– बच्चाहरू, तिमीले मलाई धेरै गाली दिन्छौ। अहिले मैले अपकारी माथि पनि उपकार गर्छु। मैले जान्दछु, तिम्रो रावणमतले यो हाल भएको हो। जो सेकेण्ड पास भयो त्यो ड्रामा। तर अगाडिको लागि खवरदार रहनु– मेरो खाता खराब नहोस्। हरेकले आफ्नो प्रजा पनि बनाउनु छ, वारिस पनि बनाउनु छ। मुरली कुनै मिस गर्नु हुँदैन। कुनै प्वाइण्ट्स नछुटोस्। राम्रा-राम्रा ज्ञान रत्न आउन् र सुनेनौ भने धारणा कसरी गर्छौ? रेगुलर विद्यार्थीले मुरली कहिल्यै मिस गर्दैनन्। कोशिश गरेर संधै वाणी पढ्नु पर्छ। अच्छा! 

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


धारणाको लागि मुख्य सारः

१) आफ्नो खाता खराब नहोस्, यसको लागि धेरै खबरदार रहनु छ। कहिल्यै कुल कलंकित बन्नु छैन। पढाइ नित्य पढ्नु छ, छोड्नु छैन।

२) श्रवणकुमार-कुमारी बनेर ज्ञानको कांवरमा सबैलाई बसाउनु छ। मित्र-सम्बन्धीहरूलाई पनि ज्ञान दिएर उनीहरूको कल्याण गर्नु छ।

वरदान:

स्नेहको रिटर्नमा स्वयंलाई टर्न गर्ने सच्चा स्नेही सो समान भव:-  

बाबाको बच्चाहरू सँग अति स्नेह छ, त्यसैले स्नेहीको कमी देख्न सक्नहुन्न। बाबाले बच्चाहरूलाई आफू समान सम्पन्न र सम्पूर्ण देख्न चाहानुहुन्छ। यसरी तिमी बच्चाहरूले पनि भन्छौ– बाबालाई मैले स्नेहको रिटर्नमा के दिऊँ? त्यसैले बाबा बच्चाहरूबाट यही रिटर्नमा चाहनुहुन्छ– स्वयंलाई टर्न गर। स्नेहमा कमजोरीहरूको त्याग गरिदेऊ। भक्तहरूले त शिर उतारेर राख्नको लागि तयार हुन्छन्। तिमीले शरीरको शिर नउतार तर रावणको शिर उतारिदेऊ, अलिकति पनि कमजोरीको शिर नराख।

स्लोगन:

हरेक कर्म गर्दा साक्षीपनको सिटमा रह्यौ भने बाबा तिम्रो साथी बन्नुहुन्छ।  


***OM SHANTI***


Google+ Followers