BK Murli 14 April 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 14 April 2017 Nepali

    २०७४ बैशाख १ शुक्रबार १४-०४-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– बाबालाई याद गर्ने बानी बसाल्यौ भने देही-अभिमानी बन्छौ, नशा वा खुशी कायम रहन्छ, चलन सुध्रिँदै जान्छ।”  

    प्रश्न:

    ज्ञान अमृत पिउँदा पिउँदै पनि कति बच्चाहरू विश्वासघाती बन्छन्– कसरी?

    उत्तर:

    जसले एकातिर ज्ञान अमृत पिउँछन्, अर्कातिर गएर विकारी बन्छन् अर्थात् आसुरी चलन चलेर अवज्ञा गर्छन्, ईश्वरको बच्चा बनेर आफ्नो चलन सुधार्दैनन्, आपसमा मायावी कुरा गर्छन्, एकले अर्कालाई दुःखी बनाउँछन्, उनीहरू हुन् विश्वासघाती। बाबा भन्नुहुन्छ– बच्चाहरू, तिमी यहाँ आएका छौ, असुरबाट देवता बन्न, त्यसैले सदा एक अर्कासँग ज्ञानको चर्चा गर, दैवीगुण धारण गर, भित्र जे जति अवगुण छन्, तिनलाई निकालिदेऊ। बुद्धिलाई स्वच्छ, साफ बनाऊ।

    गीतः–

    तकदीर जगाकर आई हुँ......

    ओम् शान्ति।

    बच्चाहरूले गीत सुन्यौ र बच्चाहरूले नै गायौ। कोही पनि जब स्कूलमा जान्छन्, उद्देश्य बुद्धिमा रहन्छ– यो परीक्षा पास गर्छु। बुद्धिमा भाग्यको लक्ष्य-उद्देश्य रहन्छ। अहिले तिमी बच्चाहरूले जान्दछौ– हामीले आफ्नो भाग्यमा नयाँ दुनियाँलाई धारण गरेर बसेका छौं। नयाँ दुनियाँ रच्नेवाला परमपिता परमात्मासँग, हामीले वर्सा लिने भाग्य लिएर आएका छौं। कुनचाहिँ वर्सा? मनुष्यबाट देवता अथवा नरबाट नारायण बन्ने वर्सा। यो रावणको भ्रष्टाचारी राज्यबाट लैजानु हुन्छ। यो हो रावणको भ्रष्टाचारी राज्य, भ्रष्टाचारी विकारद्वारा पैदा हुन्छन् र विकारीलाई नै भ्रष्टाचारी भनिन्छ। भगवानुवाच– काम महाशत्रु हो, तिमीले यसमाथि विजय प्राप्त गर्नु छ, तब नै श्रेष्ठाचारी बन्छौ। यो विश्व नै भ्रष्टाचारी, यो विश्व नै श्रेष्ठाचारी बन्छ। विकारी, फोहोरीलाई नै भ्रष्टाचारी भनिन्छ। सत्ययुगमा भ्रष्टाचारी हुँदै–हुँदैनन्, किनकि त्यहाँ मायाको राज्य नै हुँदैन। यतिबेला छ नै रावण राज्य। सबैमा ५ विकार छन्। सत्ययुगमा पनि यदि रावण राज्य हुन्थ्यौ भने त्यहाँ पनि रावणलाई जलाउँथे। त्यहाँ यो कुरा हुँदैन। त्यहाँ हुन्छ श्रेष्ठाचारी। भ्रष्टाचारी दुनियाँमा कोही उच्च पदमा छन् भने सबैले उनलाई मान्छन्। जसरी संन्यासी धेरै राम्रो पदमा छन् भने सबैले उनलाई मान्छन्, किनकि उनी पवित्र रहन्छन्, त्यसैले सबै मनुष्यले उनलाई राम्रो सम्झन्छन्। सरकारले पनि आफू भन्दा राम्रो सम्झन्छ। उनीहरूलाई आफ्नो राज–गुरु पनि बनाउँछन्। सत्ययुगमा त गुरुको नाम नै हुँदैन। गुरु अर्थात् सद्गनति गर्नेवाला। शास्त्रहरूमा त कथाहरू बनाइदिएका छन्। राजा जनकले उनीहरूलाई जेलमा राखिदिए, जसमा ब्रह्म ज्ञान, राजयोगको ज्ञान थिएन। जब उनलाई राजयोगको ज्ञान मिल्यो, सेकेण्डमा जीवनमुक्ति पाए। भ्रष्टाचारीको केवल यो अर्थ होइन– घुस आदि खान्छन्। होइन, बाबा भन्नुहुन्छ– जो पनि मनुष्यमात्र छन्, सबै भ्रष्टाचारी छन्, किनकि सबैको शरीर विकारद्वारा पैदा हुन्छ। तिम्रो शरीर पनि विकारद्वारा पैदा भएको हो। तर अहिले तिमीले आफूलाई आत्मा सम्झिएर बाबाको बनेका छौ। देह–अभिमान छोड्दिएका छौ, त्यसैले तिमी परमपिता परमात्माका मुख वंशावली हौ, ईश्वरीय सन्तान हौ। परमपिता परमात्माले आएर तिमी आत्माहरूलाई आफ्नो बनाउनु भएको छ। यो बडो महिन कुरा छ। हामी आत्मा परमपिता परमात्माका वंशावली बनेका छौं। आत्माले भन्छ– बाबा। सत्ययुगमा आत्माले कुनै परमात्मालाई बाबा भन्दैन। त्यहाँ त जीवआत्माले, जीवआत्मालाई बाबा भन्छन्। तिमी जीवआत्मा हौ। अहिले बाबाले भन्नु भएको छ– आफूलाई आत्मा निश्चय गरेर परमात्मालाई याद गर। सबै भन्दा उत्तम जन्म तिमी ब्राह्मणहरूको हो। आत्माले भन्छ– हामी हजुरका बच्चा बनेका छौं। गर्भबाट कहाँ निस्किएका हौं र? बाबालाई चिनेर उहाँका बनेका हौं। शिवबाबा हामी हजुरका नै हौं र हजुरको मतमा नै चल्छौं। कति सूक्ष्म कुरा छ। बाबाले भन्नु भएको छ– जब बाबाको पासमा जान्छौ त यो निश्चय गर– हामी शिवबाबाको सामुन्ने बसेका छौं। आत्मा पनि निराकार छ र शिवबाबा पनि निराकार हुनुहुन्छ। शिवबाबाको यादद्वारा नै विकर्म विनाश हुन्छ। याद गर्दैनौ भने भ्रष्टाचारी बन्छौ। कति कडा कुरा छ, तर धेरै बच्चाहरूले यो भुल्छन्– म आत्मा परमपिता परमात्माको गोदमा बसेको छु। भुल्नाको कारणले त्यो नशा र खुशी रहँदैन। बाबालाई याद गर्ने बानी पर्योम भने देही–अभिमानी बन्छौ। बेलायतमा धेरै बच्चीहरू छन्, सम्मुख छैनन्। तर बाबालाई याद गर्छन्। बाबालाई धेरै प्यारले याद गर्नु छ। जसरी सजनीले साजनलाई कति प्यारले याद गर्छन्। चिठ्ठी आएन भने, सजनी धेरै दुःखी हुन्छन्। तिमी सजनीहरूलाई त ठक्कर खाँदा–खाँदा साजन मिल्नु भएको छ, त्यसैले याद राम्रो रहनुपर्छ। चलन पनि धेरै राम्रो चाहिन्छ। आसुरी चलन भएकाहरूको बोली नै अड्किन्छ। बाबाले चलनले नै थाहा पाउनुहुन्छ– यसले याद गर्दैन, त्यसैले धारणा हुँदैन। सेवा गर्न सक्दैनन्, त्यसैले पद पनि पाउन सक्दैनन्। सबै भन्दा पहिला त बाबाको बन्नु छ। बी. के बन्नु पर्छ। बी.केलाई अवश्य शिवबाबा नै याद रहन्छ, किनकि हजुर बुवासँग वर्सा लिनु छ। यादमा रहन बडो मेहनत छ। यस्तो कसैले नसम्झियोस्– भोग लाग्छ, हामीले त्यो खान्छौं अनि बुद्धि योग बाबा सँग लाग्छ। होइन, यो त केवल शुद्ध भोजन हो। तर त्यो मेहनत गरिएन भने केही पनि हुँदैन। श्रेष्ठाचारी यादद्वारा नै बनिन्छ। पवित्रता पहिलो हो। आत्मा शुद्ध बनाउनको लागि योगको बल चाहिन्छ। पानीमा स्नान आदि गर्नाले त पावन बन्न सकिँदैन, किनकि पतित आत्मा नै बन्छ। यस्तो कहाँ भनिन्छ– गहना जुठो छ, सुन चोखो छ। उनीहरूले सम्झन्छन्– आत्मा शुद्ध हुन्छ। गहना (शरीर) जुठो हुन्छ, त्यसलाई हामीले सफा गर्छौ। तर होइन। आत्मा यदि शुद्ध हुन्थ्यो त शरीर पनि शुद्ध हुन्थ्यो। यहाँ एउटा पनि श्रेष्ठ छैनन्। सत्ययुगमा यस्तो भनिँदैन। त्यो त सम्पूर्ण निर्विकारी हो। चोला विकारी हुन्छ भने आत्मा फेरि पवित्र कसरी हुन सक्छ? सुन पवित्र होस् अनि गहना जुठो बनोस्, यो कसरी हुन सक्छ? यो राम्रोसँग सम्झाउनु छ। यस समयमा कोही पनि श्रेष्ठाचारी छैनन्। बाबालाई पनि जान्दैनन् र पवित्र पनि छैनन्। 

    तिमी प्यारा बच्चाहरूले जान्दछौ– गरीबले नै गुप्त पुरुषार्थ गरेर राज्य भाग्य लिन्छन्, बाँकी त सबैको विनाश हुनु छ। यो ज्ञान हो, हामीहरूको लागि। बाबा भन्नुहुन्छ– मेरा भक्तहरूलाई यो ज्ञान सुनाऊ। शिवका पुजारी हुन् अथवा देवताहरूका पुजारी हुन्। अर्कै धर्महरूमा पनि धेरै परिवर्तन भएका छन्। त्यहाँबाट पनि निस्किएर आउँछन्। मुख्य कुरा यहाँको हो पवित्रता, तब त अपवित्र मनुष्यले उनीहरूलाई नै आफ्नो गुरु बनाएर टाउको टेक्छन्। परमात्मा त हुनुहुन्छ सदाको पवित्र। उहाँलाई सम्पूर्ण निर्विकारी पनि भन्न सकिँदैन। परमात्माको महिमा बेग्लै छ। देवताहरूको महिमा बेग्लै गाइन्छ– सम्पूर्ण निर्विकारी...। उनीहरूलाई फेरि विकारी अवश्य बन्नु छ। यो कुरा बुद्धिमा धारण गरेर फेरि अरूलाई पनि सम्झाउनु छ। यादव र कौरव... यथा राजा रानी तथा प्रजा सबै विनाश भएका छन्। बाँकी जयजयकार पाण्डव सेनाको भएको छ। यो हो गुप्त। शास्त्रहरूमा त देखाइएको छ– पाण्डवहरू पहाडमा गलेर गए। प्रलयको हिसाब निकालिदिएका छन्, तर प्रलय त हुँदैन। गीताका भगवान्‍ले भन्नुहुन्छ– मैले धर्मको स्थापना गर्छु। पतित दुनियाँमा आएको छु, पावन राज्य बनाउन। राजयोग सिकाउन आएको छु। यी जुन प्रदर्शनी हुन्छन्, त्यसमा राजयोग पनि सिकाइन्छ। सबै भर पर्छ तिमीले सम्झाउनमा। बाबाले भन्नु भएको थियो, यी चित्र बनाऊ– कसरी हामी राजयोगमा रहन्छौं? माथि शिवबाबाको चित्र होस्। हामी शिवबाबाको यादमा बसेका छौं। उहाँको मतमा चल्छौं। उहाँ हुनुहुन्छ श्री श्री रुद्र, जसले हामीलाई श्रेष्ठ बनाउनुहुन्छ। श्री श्रीको पद वास्तवमा उहाँको नै हो। यो भारत किन यति गिरेको छ? एक त ईश्वरलाई सर्वव्यापी सम्झिएका छन् दोस्रो आफूलाई ईश्वर मानेका छन्। 

    तिमीलाई थाहा छ– सतगुरु त एक बाबा नै हुनुहुन्छ। उहाँको यो जन्मभूमि हो। सच्चा–सच्चा सत्यनारायणको कथा, बाबाले नै आएर सुनाएर बेडा पार गर्नुहुन्छ। बाबा भन्नुहुन्छ– पतित–पावन त तिमीले मलाई नै भन्छौ नि। मैले नै सबैलाई फर्काएर लैजानु छ। यो हो अन्तिम समय, जबकि हिसाब-किताब चुक्ता गरेर हामी फर्किएर जान्छौं। सबैले भन्छन् नि– नयाँ विश्व, नयाँ युग होस्। नयाँ विश्व त स्वर्ग नै थियो। अहिले त नर्क छ नि। भ्रष्टाचारी बन्दै जान्छन्। यो सम्झिने र सम्झाउने कुरा हो। आत्मा र परमात्माको रूप पनि कसैले जान्दैनन्। भन्न त भन्छन्– म आत्मा, परमात्माको सन्तान हुँ, तर ज्ञान चाहियो नि। बाबामा ज्ञान छ। आत्मामा ज्ञान कहाँ छ? हामी आत्माले कति पुनर्जन्म लिन्छौं, कहाँ रहन्छौं, फेरि कसरी आउँछौं, किन दुःखी बन्छौं?... केही पनि ज्ञान छैन। तिमी प्यारा बच्चाहरूले जान्दछौ– बाबाले, हामी आत्माहरूलाई पवित्र बनाउन आउनु भएको छ। त्यसैले त्यो दैवीगुण पनि चाहिन्छ। म देवता बनि रहेको छु, त्यसैले ममा कुनै अवगुण हुनु हँदैन। नत्र भने सयगुणा दण्ड खानुपर्छ। पवित्रताको प्रतिज्ञा गरेर फेरि कुनै नराम्रो कर्तव्य गर्छन् भने १०० प्रतिशत अपवित्र पनि बन्छन्। सेवाको सट्टा अरू नै अवज्ञा गर्छन्, त्यसैले पद पनि भ्रष्ट हुन्छ। सदैव, आपसमा एक अर्कामा ज्ञानको चर्चा चल्नुपर्छ। हामी बाबाको पासमा आएका छौं, काँडाबाट फूल अथवा मनुष्यबाट देवता बन्न, बाबाद्वारा स्वर्गको वर्सा लिन। यही कुरा एकले अर्कालाई सुनाउन पर्छ। आत्मा र परमात्माको रूप पनि कसैले जान्दैनन्। भन्न त भन्छन्– आत्मा परमात्माको सन्तान हो। तर ज्ञान चाहिन्छ, धारणा चाहिन्छ, जसले मायावी कुरा गर्छन्, कसैलाई दुःखी गर्छन्, त्यस्तालाई विश्वासघाती भनिन्छ। यो पनि देखाउँछन् नि– असुरहरूलाई ज्ञान अमृत पिलाउथे, फेरि उनीहरू बाहिर आएर फोहोर गर्थे। यस्ता पनि धेरै छन्, जसले ज्ञान अमृत पिउँछन् पनि र अवज्ञा पनि गरिरहन्छन्। वास्तवमा तिमी सबै कन्याहरू हौ, अधर–कुमारीका त मन्दिर बनेका छन्। देलवाडा त तिम्रो यथार्थ यादगार हो। तिमीहरूमा पनि कसैको बुद्धिमा मुश्किलले बस्छ। बुद्धि बडो साफ चाहिन्छ। तिमी अहिले ईश्वरीय परिवारका हौ। त्यसैले ध्यान दिनुपर्छ– मेरो चलन कति राम्रो हुनुपर्छ? जसले मनुष्यले जानून्– यिनलाई अवश्य श्रीमत मिलेको छ। यहाँ सबै भन्दा श्रेष्ठ बन्यौ भने, तब त्यहाँ पद मिल्छ। श्रेष्ठ यहाँ बन्नु छ। गृहस्थ व्यवहारमा रहेर यो अन्तिम जन्म पवित्र रहनु छ। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


    धारणाको लागि मुख्य सारः

    १) शुद्ध भोजन खाएर पनि आत्मालाई पावन बनाउन, यादको मेहनत अवश्य गर्नु छ। यादद्वारा नै श्रेष्ठाचारी बन्नु छ। विकर्म विनाश गर्नु छ।

    २) यो अन्तिम समयमा, जबकि घर फर्किएर जानु छ, त्यसैले पुरानो हिसाब-किताब चुक्ता गर्नु छ। आपसमा ज्ञानको चर्चा गर्नु छ। मायावी कुरा गर्नु छैन।

    वरदान:

    समय र वायुमण्डललाई चिनेर स्वयंलाई परिवर्तन गर्ने, सर्व स्नेही भव:-  

    जसमा परिवर्तन हुने शक्ति हुन्छ, ऊ सबैको प्यारो बन्छ, ऊ विचारहरूमा पनि सहज हुन्छ। उसमा झुक्ने शक्ति हुन्छ। उसले कहिल्यै यस्तो भन्दैन– मेरो विचार, मेरो योजना, मेरो सेवा यति राम्रो हुँदा–हुँदै पनि मैले भनेको किन मानिएन? यस्तो मेरोपन आयो अर्थात् मैला मिसियो। त्यसैले समय र वायुमण्डललाई चिनेर स्वयंलाई परिवर्तन गर– तब सर्वको स्नेही, नम्बरवन विजयी बन्छौ।

    स्लोगन:

    समस्याहरूलाई मेटाउनेवाला बन, समस्या स्वरूप होइन।  



    ***OM SHANTI***