BK Murli 16 April 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 16 April 2017 Nepali

    २०७३ वैशाख ३ आइतबार १६-०४-२०१७ ओम् शान्ति “अव्यक्त बापदादा” रिभाइज १९-३-८२ मधुबन 

    कर्म आत्माको दर्शन गराउने दर्पण


    आज सर्वशक्तिमान् बाबा आफ्ना शक्ति सेनालाई देखेर हर्षित भइरहनु भएको छ। हरेक मास्टर सर्वशक्तिमान् आत्माहरूले सर्वशक्तिहरू कहाँसम्म आफूमा धारण गरेका छन्? विशेष शक्तिहरूलाई राम्रो सँग जान्दछौ र जानेको आधारमा नै चित्र बनाउँछौ। यो चित्र चैतन्य स्वरूपको निशानी हो– “श्रेष्ठता अथवा महानता।” हर कर्म श्रेष्ठ, महान् छ यसले सिद्ध छ कि शक्तिहरूले चरित्र अर्थात् कर्ममा ल्याएका छन्। निर्बल आत्मा हुन् वा शक्तिशाली आत्मा हुन्, सर्वशक्ति सम्पन्न हुन् वा शक्ति स्वरूप सम्पन्न हुन्– यी सबैको पहिचान कर्मबाट नै हुन्छ किनकि कर्मद्वारा नै व्यक्ति र परिस्थितिको सम्बन्ध वा सम्पर्कमा आउँछन् यसैले नाम नै छ– कर्म क्षेत्र, कर्म सम्बन्ध, कर्मेन्द्रियहरू, कर्म भोग, कर्म योग। त्यसैले यस साकार वतनको विशेषता नै कर्म हो। जस्तो निराकार वतनको विशेषता कर्महरूबाट अतीत अर्थात् न्यारा हो। यस्तै साकार वतन अर्थात् कर्म। कर्म श्रेष्ठ छ भने प्रारब्ध छ, कर्म भ्रष्ट हुनाका कारण दु:खको प्रारब्ध छ। तर दुवैको आधार कर्म हो। कर्म, आत्माको दर्शन गराउने दर्पण हो। कर्म रूपी दर्पणद्वारा आफ्नो शक्ति स्वरूपलाई जान्न सक्दछौ। यदि कर्मद्वारा कुनै पनि शक्तिको प्रत्यक्ष रूप देखिदैन भने जतिसुकै कसैले भनून् म मास्टर सर्वशक्तिमान् हुँ तर कर्म क्षेत्रमा रहँदै कर्ममा नदेखाएमा कसैले मान्ने छ? जस्तो कोही धेरै होशियार योद्धा छ, युद्धमा धेरै होशियार होस् तर युद्धको मैदानमा दुश्मनको अगाडि युद्ध नगरेमा र हार खाएमा कसैले मान्नेछ कि यो होशियार योद्धा हो। यस्तै यदि आफ्नो बुद्धिमा सम्झिराख्यौ म शक्ति स्वरूप हुँ तर परिस्थितिहरूको समय, सम्पर्कमा आउने समय, जुन समय जुन शक्तिको आवश्यकता छ त्यस शक्तिलाई कर्ममा ल्याउँदैनौ भने कसैले मान्नेछ कि यी शक्ति स्वरूप हुन्। मात्र बुद्धिसम्म जान्नु त्यो भयो घर बसेर आफूलाई होशियार सम्झनु। तर समयमा स्वरूप देखाएनौ, समयमा शक्तिलाई कार्यमा लगाएनौ, समय गइसकेपछि सोचेमा शक्ति स्वरूप भनिनेछ? यही कर्ममा श्रेष्ठता चाहियो। जस्तो समय, त्यस्तै शक्ति कर्मद्वारा कार्यमा लगाऊन्। त्यसैले आफूले आफैंलाई सारा दिनको कर्म लीलाद्वारा चेक गर कि हामी मास्टर सर्वशक्तिमान् कहाँसम्म बनेका छौं!

    विशेष कुनचाहिँ शक्तिले समयमा विजयी बनाउँछ र विशेष कुनचाहिँ शक्तिको कमजोरीले बार-बार हार खुवाउँछ? कयौं बच्चाले आफ्नो कमजोर शक्तिलाई जान्दछन् पनि, कहिले कुनै धारणायुक्त संगठन हुन्छ वा आफ्नो स्व पुरुषार्थीहरूको वायुमण्डल हुन्छ भने वर्णन पनि गर्छन् तर साधारण रीतिले। अधिकांश आफ्ना कमजोरीलाई अरूबाट लुकाउने कोशिश गर्छन्। समयमा कोहीले सुनाउँछन् पनि फेरि पनि उही कमजोरीको बीजलाई कम चिन्छन्। माथि-माथिबाट वर्णन गर्छन्। बाहिरी रूपलाई विस्तारले वर्णन गर्छन् तर बीजसम्म जाँदैनन् यसैले रिजल्ट के हुन्छ होला– त्यो कमजोरीको माथिको शाखाहरू त काटिदिन्छौ, यसैले थोरै समय त समाप्त भएको अनुभव हुन्छ तर बीज हुनाको कारण केही समय पछि परिस्थितिहरूको पानी मिल्नाले उही कमजोरीको शाखा निस्केर आउँछ। जस्तो आजकलको वायुमण्डलमा, दुनियाँको रोग खतम हुँदैन किनकि रोगको बीजलाई डाक्टरले जानेका छैनन् यसैले रोग दबिन जान्छ तर समाप्त हुँदैन। यस्तै यहाँ पनि बीजलाई जानेर बीजलाई समाप्त गर। कयौं बीजलाई जान्दछन् पनि तर जानेर पनि अलवेलापनको कारण भन्छन्, भइहाल्नेछ, एकै पटकमा थोरै नै खत्म हुन्छ। समय त लागिहाल्छ नि! यस्तो धेरै समझदारी गर्छन्। जुन समय पावरफुल बन्नुपर्छ त्यस समय नलेजफुल बन्न जान्छन्। तर नलेजको शक्ति छ, त्यो नलेजलाई शक्ति रूपमा प्रयोग गर्दैनन्। प्वाइन्टको रूपमा प्रयोग गर्छन् तर हर एक ज्ञानको प्वाइन्ट शस्त्र हो, त्यो शस्त्रको रूपमा प्रयोग गर्दैनन् यसैले बीजलाई जान, अलवेलापनमा आएर आफ्नो सम्पन्नतामा वा सम्पूर्णतामा कमी नगर। र यदि बीजलाई जानेपछि स्वयंमा जान्ने शक्ति अनुभव गर्छौ तर भस्म गर्ने शक्ति छैन भन्ने सम्झिन्छौ भने अन्य ज्वाला स्वरूप श्रेष्ठ आत्माहरूको पनि सहयोग लिन सक्दछौ किनकि कमजोर आत्मा हुनाका कारण डाइरेक्ट बाबाद्वारा कनेक्शन र करेक्शन गर्न सक्दैनन्, त्यसैले सेकेण्ड नम्बर श्रेष्ठ आत्माहरूको सहयोग लिएर स्वयंलाई भेरीफाइ गराऊ। भेरीफाइ हुनाले सहज प्युरीफाइ हुन जानेछौ। त्यसैले बुझ्यौ के चेक गर्नु छ र कसरी चेक गर्नु छ?

    एक त नलुकाऊ। दोस्रो जानेर आलटाल नगर, चलिहाल्छ नभन। चलाउँछौ भने चिल्लाउँछौ पनि। त्यसैले आज बापदादा शक्ति सेनाको शक्तिलाई देखिरहनु भएको छ। अब प्राप्त भएको शक्तिहरूलाई कर्ममा ल्याऊ किनकि विश्वका सर्व आत्माहरूको अगाडि कर्मले तिमीलाई पहिचान गराउनेछ। कर्मबाट तिनले सहज जान्नेछन्। कर्म सबैभन्दा स्थूल चीज हो। संकल्प सूक्ष्म शक्ति हो। आजकलका आत्माहरू स्थूल मोटो रूपलाई चाँडो जान्न सक्छन्। त्यसो त सूक्ष्म शक्ति स्थूलभन्दा धेरै श्रेष्ठ छ तर मानिसहरूको लागि सूक्ष्म शक्तिको भाइब्रेशन क्याच गर्नु अहिले मुश्किल छ। कर्म शक्तिद्वारा तिम्रो संकल्प शक्तिलाई पनि जान्दै जानेछन्। मनसा सेवा कर्मणाभन्दा श्रेष्ठ छ। वृत्तिद्वारा वृत्तिहरूलाई, वायुमण्डललाई परिवर्तन गर्नु– यो सेवा पनि अति श्रेष्ठ हो। तर यो भन्दा सहज कर्म हो। त्यसको परिभाषा त पहिला पनि सुनाउनु भएको थियो तर आज यस कुरालाई स्पष्ट गरिरहनु भएको छ कि कर्मद्वारा शक्ति स्वरूपको दर्शन अथवा साक्षात्कार गराऊ। कर्मद्वारा संकल्प शक्तिसम्म पुग्नलाई सहज हुनेछ। नत्रभने कमजोर कर्म, सूक्ष्म शक्ति बुद्धिलाई पनि, संकल्पलाई पनि तल ल्याउनेछ। जस्तो धर्तीको आकर्षणले माथिको चीजलाई तल ल्याउँछ यसैले चित्रलाई चरित्रमा ल्याऊ। अच्छा।

    यस्ता हर शक्तिलाई कर्मद्वारा प्रत्यक्ष देखाउनेहरू, आफ्नो शक्ति स्वरूपद्वारा सर्वशक्तिमान् बाबालाई प्रत्यक्ष गर्नेहरू, सदा परख र परिवर्तन शक्ति स्वरूप, सदा चरित्रद्वारा विचित्र बाबालाई साक्षात्कार गराउनेहरू, यस्ता मास्टर सर्वशक्तिमान्, श्रेष्ठ कर्म कर्ता, शक्ति स्वरूप आत्माहरूलाई बापदादाको यादप्यार एवं नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 

    पार्टीहरूसँग:-

    १– मायालाई पाहुना बनाउनेहरूको रिजल्ट– उदासी

    सदा आफूलाई बापदादाको साथी सम्झन्छौ? जब सदा बाबाको साथ अनुभव हुन्छ भने त्यसको निशानी हो सदा विजयी। यदि धेरै समय युद्धमा जान्छ, मेहनतको अनुभव हुन्छ भने यसले सिद्ध हुन्छ बाबाको साथ छैन। जो सदा साथका अनुभवी छन् ती मोहब्बतमा लवलीन रहन्छन्। प्रेमका सागरमा लीन आत्मा कसैको प्रभावमा आउन सक्दैन। माया आउनु कुनै ठूलो कुरा होइन तर उसले आफ्नो रूप नदेखाओस्। यदि मायालाई पाहुना बनाउँछौ भने चल्दा-चल्दै उदासीको अनुभव हुन्छ। यस्तो अनुभव गर्नेछौ जस्तो न अगाडि बढिरहेका छौं, न पछाडि हटिरहेका छौं। पछाडि पनि हटन सक्दैनौ, अगाडि पनि बढ्न सक्दैनौ– यो मायाको प्रभाव हो। मायाको आकर्षणले उड्न दिदैन। पछाडि हट्ने त सवाल नै छैन तर यदि अगाडि बढ्दैनौ भने बीजलाई चिन र उसलाई भस्म गर। यस्तो होइन चलिरहेका छौं, आइरहेका छौं, सुनिरहेका छौं, यथाशक्ति सेवा गरिरहेका छौं। तर चेक गर कि आफ्नो स्पीड र स्टेजको उन्नति कहाँसम्म छ। अच्छा।



    २– महाप्रसाद उही बन्छ, जो एक धकले बाबामाथि बलि चढ्छ

    सबै बच्चा जीवनमुक्त स्थितिको विशेष वर्सा अनुभव गर्छौ? जीवनमुक्त हौ वा जीवनबन्ध? ट्रष्टी अर्थात् जीवनमुक्त। त्यसैले मरजीवा बनेका छौ वा मरिसकेका छौ? कति सालमा मर्नेछौ? भक्तिमार्गमा पनि जड चित्रलाई प्रसाद कुनचाहिँ चढाउँछन्? जो झाट्कु हुन्छन्। चिल्लाइ-चिल्लाइ मर्नेवाला प्रसाद हुँदैन। बाबाको अगाडि प्रसाद ऊ नै बन्छ जो झाटकु हुन्छ। एक धकबाट चढ्नेवाला। सोच्यो, संकल्प गर्यो, मेरो बाबा, म बाबाको त झाटकु भइहाल्यो। संकल्प गर्यो र खत्म, लागिहाल्यो तलवार। यदि सोच्छौ, बन्नेछौं, भइहाल्नेछौं... त्यसैले हाल्नेछौं... हाल्नेछौं अर्थात् चिल्लाइरहनु। छौं, छौं गर्नेवाला जीवनमुक्त होइन। बाबा भन्यो भने जस्तो बाबा त्यस्तै बच्चा। बाबा सागर होस् र बच्चा भिखारी हुन्, यो हुन सक्दैन। बाबाले अफर गर्नुभयो– मेरो बन भने यसमा सोच्ने कुरा नै छैन। अच्छा।

    अव्यक्त महावाक्यहरूबाट (प्रश्न-उत्तर)

    प्रश्न:– 

    बाबाको साथ हामी बच्चा पनि चक्करमा (विश्व परिक्रमामा) कसरी जान सक्दछौं?

    उत्तर:– 

    यसको लागि बाबा समान विश्व कल्याणकारीको बेहदको स्थितिमा स्थित भएमा यस्तो अनुभव गर्नेछौ जस्तो चित्र देखाउँछौ– ग्लोबको माथि श्रीकृष्ण बसेका छन्, यस्तै म विश्वको ग्लोबमा बसेको छु। तब स्वत: नै विश्वको चक्कर लाग्नेछ। जस्तो धेरै उच्च स्थानमा जान्छौ भने चक्कर लगाउनु पर्दैन तर एक स्थानमा रहँदै सारा देखिनमा आउँछ। यस्तै जब टपको स्टेजमा, बीजरूप स्टेजमा, विश्व कल्याणकारी स्थितिमा स्थित हुन्छौ भने सारा विश्व यस्तो देखिने छ जस्तो सानो बल हो। तब सेकेण्डमा चक्कर लगाएर आउनेछौ किनकि उच्च स्थितिमा रहनेछौ। बाँकी कहिले-कहिले दिव्य दृष्टिद्वारा अनुभव हुन्छ प्राक्टिकल चक्कर लगाउनेको। त्यो फेरि सूक्ष्म आकारी स्वरूपद्वारा। जस्तो प्लेनमा चक्कर लगाएर आऊ त्यस्तै आकारी रूपद्वारा विश्वको चक्कर लगाउन सक्दछौ। दुवै प्रकारले चक्कर लगाउन सक्दछौ। जब हौं नै विश्व रचयिताका बच्चा भने सारा रचनाको चक्कर त लगाउनेछौ नि!

    प्रश्न:– 

    कैयौं पटक योगमा धेरै राम्रो-राम्रो टचिंग हुन्छ तर यो बाबाको नै टचिंग हो कसरी थाहा पाउने?

    उत्तर:– 

    १- बाबाको टचिंग सधैं पावरफुल हुन्छ र अनुभव हुन्छ कि यो मेरो शक्तिभन्दा केही विशेष शक्ति हो। २- जति पनि बाबाको टचिंग हुन्छ त्यसमा सहज सफलताको अनुभूति हुन्छ। ३- जुन बाबाको टचिंग हुन्छ त्यसमा कहिल्यै पनि किन, के को प्रश्न हुँदैन। बिलकुल स्पष्ट हुन्छ। तब यी कुराहरूले सम्झिहाल कि यो बाबाको टचिंग हो।

    प्रश्न:– 

    हामी बुद्धिले सरेण्डर छौं वा छैनौं, त्यसको परख के हो?

    उत्तर:– 

    बुद्धिबाट सरेण्डरको अर्थ हो– बुद्धिले जति पनि निर्णय गर्छ त्यो श्रीमतको अनुकूल होस् किनकि बुद्धिको कार्य हो निर्णय गर्नु। त्यसैले बुद्धिमा श्रीमतको सिवाय अरू कुनै कुरा आउँदै नआओस्। बुद्धिमा सदा बाबाको स्मृति हुनाका कारण स्वतः निर्णय शक्ति त्यही हुनेछ र त्यसको प्राक्टिकल निशान यो हुनेछ कि तिनको निर्णय सत्य हुनेछ तथा सफलतावाला हुनेछ। तिनको कुरा स्वयंलाई पनि ठीक लाग्नेछ र अरूहरूलाई पनि ठीक लाग्नेछ कि यो कुरा धेरै राम्रो भनेका छन्। सबैले महसुस गर्नेछन् कि यिनको बुद्धि धेरै क्लीयर र सरेण्डर छ। आफ्नो बुद्धिमा सन्तुष्टता हुनेछ। प्रश्न हुँदैन कि थाहा छैन ठीक हो कि बेठीक हो।

    प्रश्न:– 

    कैयौं निश्चयबुद्धि बच्चा ४-५ साल चलेपछि छोडेर गए, यो लहर किन? यस लहरलाई कसरी समाप्त गर्ने?

    उत्तर:– 

    जानुको विशेष कारण– सेवामा धेरै व्यस्त रहन्छन् तर सेवा र स्वको सन्तुलनलाई गुमाइदिन्छन्। त्यसैले जुन राम्रा-राम्रा बच्चा रोकिन्छन् तिनीहरूको एक त यो कारण हुन्छ र दोस्रो तिनीहरूको कुनै विशेष संस्कार यस्तो हुन्छ जुन शुरूदेखि नै त्यसमा कमजोर हुन्छन् तर त्यसलाई लुकाउँछन्, युद्ध गर्दै रहन्छन् आफूले आफैं सँग। बापदादालाई वा निमित्त बनेका आत्माहरूलाई आफ्नो कमजोरी स्पष्ट सुनाएर त्यसलाई खतम गर्दैनन्। लुकाउनाका कारण त्यो रोगले भित्र भित्रै विकराल रूप लिंदै जान्छ र अगाडि बढेको अनुभव हुँदैन, फेरि निराश भएर छोडिदिन्छन्। तेस्रो कारण यो पनि हुन्छ कि आपसमा संस्कार मिल्दैन। संस्कारको टक्कर हुन जान्छ।

    अब यस लहरलाई समाप्त गर्नको लागि एक त सेवाको साथ-साथै स्वमाथि फुल अटेन्शन हिन्छ, दोस्रो जो पनि आउँछन् तिनलाई बापदादा वा निमित्त बनेका आत्माहरूको अगाडि बिलकुल क्लीयर हुनुपर्छ। यदि सेवामा अलिकति पनि अनुभव गर कि टू मच भयो भने आफ्नो उन्नतिको साधन पहिला सोच्नुपर्छ र निमित्त बनेका आत्माहरूलाई पनि आफ्नो राय दिनुपर्छ। जो नयाँ आउँछन् तिनलाई पहिला यी कुराहरूको अटेन्शन दिलाउनुपर्छ। आफ्नो संस्कारहरूलाई चेकिंग पहिलादेखि नै गर्नुपर्छ। यदि कसै सँग आफ्नो संस्कार टक्कर खान्छ भने उसबाट किनारा गर्नु राम्रो हुन्छ। जुन परिस्थितिमा संस्कारहरूको टक्कर हुन्छ तिनबाट अलग हुनु नै राम्रो हो।

    प्रश्न:– 

    यदि कुनै स्थानमा सेवाको रिजल्ट निस्कदैन भने आफ्नो कमी छ वा धर्ती यस्तो छ?

    उत्तर:– 

    पहिला त सेवाको सबै साधन सबै प्रकारले प्रयोग गरेर हेर। यदि सबै तरिकाले सेवा गरेपछि पनि कुनै रिजल्ट आउँदैन भने धर्तीको फरक हुन सक्दछ। यदि आफ्नो कुनै कमजोरी छ, जुन कारण सेवा वृद्धि हुँदैन भने अवश्य भित्र दिल खान्छ कि हाम्रो कारण सेवा हुँदैन। यस्तो समयमा फेरि एक दुईको सहयोग लिएर फोर्स दिलाउनुपर्छ। यदि आफ्नो कारण हो भने त्यस धर्तीबाट निस्कने आत्माहरू पनि ढिला हुनेछन्। तीव्र पुरुषार्थी हुँदैनन्। अच्छा।


    वरदान:

    पुरुषार्थको साथ योगको प्रयोगको विधिद्वारा वृत्तिहरूलाई परिवर्तन गर्ने सदा विजयी भव:-  

    पुरुषार्थले धर्ती बनाउँछ, त्यो पनि जरूरी छ तर पुरुषार्थको साथ-साथै योगको प्रयोगले सबैको वृत्तिहरूलाई परिवर्तन गरेमा सफलता नजिक देखिनेछ। दृढ निश्चय र योगको प्रयोगद्वारा कसैको पनि बुद्धिलाई परिवर्तन गर्न सक्दछौ। सेवाहरूमा जब पनि कुनै हलचल भएको छ भने त्यसमा विजय योगको प्रयोगले नै मिलेको छ यसैले पुरुषार्थले धर्ती बनाऊ तर बीजलाई प्रत्यक्ष गर्नको लागि योगको प्रयोग गर तब विजयी भवको वरदान प्राप्त हुन्छ।

    स्लोगन:

    सेवाद्वारा पुण्यको पुँजी जम्मा गर्नेवाला नै पुण्यात्मा हो।  



    ***OM SHANTI***