BK Murli 4 April 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 4 April 2017 Nepali

    २०७३ चैत्र २२ मंगलबार ४-०४-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– गृहस्थ व्यवहारमा रहेर कमाल गरेर देखाऊ, श्रेष्ठाचारी देवता बन्ने र बनाउने सेवा गर।”  

    प्रश्न:

    राजाइँको वर्साको अधिकार कुन बच्चाहरूलाई प्राप्त हुन्छ?

    उत्तर:

    जो बाबाको समीप सम्बन्धमा आउँछन्, आफ्नो चलन र आम्दानीको पूरा-पूरा समाचार बाबालाई दिन्छन्। यस्ता सहोदर बच्चाहरूले नै राजाइँको वर्साको अधिकार प्राप्त गर्छन्। जो बाबाको सम्मुख नै आउँदैनन्, आफ्नो समाचार सुनाउँदैनन्, उनीहरूलाई राजाइँको वर्सा मिल्दैन। उनीहरू हुन् सौतेला बच्चा। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! आफ्नो पूरा-पूरा समाचार दियौ भने बाबाले सम्झनुहुन्छ यिनले के सेवा गरिरहेका छन्। बाबाले बच्चाहरूलाई हर हालतमा उच्च पद पाउने पुरुषार्थ गराउनुहुन्छ।

    गीत:–

    कौन आया मेरे मन के द्वारे..........

    ओम् शान्ति।

    बच्चाहरूलाई थाहा छ– परमपिता परमात्मा शिव सँग हाम्रो के सम्बन्ध छ? परमपिता त भन्दछन् नै। पतित-पावन अक्षर पनि थप। दिलमा छ– पतित-पावन परमपिता परमात्मा शिव सँग हाम्रो सम्बन्ध पिताको हो। बाबा भन्नुहुन्छ– म बच्चाहरूको अगाडि प्रत्यक्ष हुन्छु। बाबा बच्चाहरू सँग नै कुराकानी गर्नुहुन्छ, भेटघाट गर्नुहुन्छ। जुन कुरा सम्झाइन्छ, त्यो अरूलाई पनि सम्झाउनुपर्छ। अहिले तिमीले जगत् अम्बा र जगत्‌ पितालाई पनि चिनेका छौ। शिवलाई जगत्‌ पिता भनिदैन किनकि जगत्‌मा प्रजा छन्, त्यसैले भनिन्छ प्रजापिता ब्रह्मा र जगत् अम्बा। अम्बा सारा जगत्‌की। यसबाट सिद्ध हुन्छ– उहाँ रचयिता हुनुहुन्छ। यो पनि बुझ्नुपर्छ। मनुष्य सबैले त परमात्मालाई याद गर्छन्, तर चिनेका छैनन्। तिमीले अहिले परमपितालाई, जगत् अम्बालाई र प्रजापिता ब्रह्मालाई चिनेका छौ। उनका गोदको सन्तान बनेका छौ। लौकिक माता-पिता त सबैका छन्। उनलाई जगत् अम्बा, जगत्‌ पिता भनिदैन। जगत् अम्बा, जगत्‌ पिता भएर गएका हुन्। यस समय तिमी उहाँका बनेका छौ, फेरि सुरु देखि इतिहास-भूगोल दोहोरिँदै छ। तिमीलाई थाहा छ– हामीले अब बाबाबाट वर्सा लिइरहेका छौं। बाबा हुनुहुन्छ स्वर्ग स्थापना गर्नेवाला, जहाँ लक्ष्मी-नारायणको राज्य थियो। तिमीलाई पनि बादशाही मिलेको थियो। अब फेरि लिइरहेका छौ। तिमीले सोध्नुपर्छ– परमपिता परमात्मालाई चिन्नु भएको छ? यो कुरा यस्तो छ, जुन बुझेर पनि भुलिन्छ। आफूले आफैंलाई भुलेर, माता-पितालाई भुलेर वर्सा गुमाइदिन्छन्। यो हो नै युद्धस्थल। तिमी यस समय माया माथि विजय प्राप्त गर्नको लागि युद्धको मैदानमा खडा छौ। जबसम्म अन्त हुँदैन, लडाईं चलि नै रहन्छ। त्यो लडाईं गर्नेले पनि जान्दछन्– यदि हामीले चाह्यौं भने सेकेण्डमा सबैलाई उडाउन सक्छौं। अहिले त एक अर्कालाई हतियार दिइरहन्छन्। सापट दिइरहन्छन्। यदि कसैले मारिदियो भने सापटी खतम हुन्छ। यी बाबाले पनि अखबार पढ्छन्। बच्चाहरूले पनि अखबर पढेर त्यसबाट सेवा गर्नुपर्छ। बाबा सँग सोध्छन्– बाबा हजुर त मालिक हुनुहुन्छ फेरि रेडियो किन सुन्नुहुन्छ? प्यारा बच्चाहरू मालिक त शिवबाबा हुनुहुन्छ, मलाई के थाहा वायुमण्डल के छ! कहिले सम्म लडाईं आदिको लक्षण छ। यस समय गफ त धेरै लगाउँन्। सदाचार कमेटी आदि बनाउँछन्। उनीहरूलाई लेख्नुपर्छ– यो दुनियाँ नै भ्रष्टाचारी छ। सदाचारी कोही कसरी हुन सक्छ? भ्रष्टाचारी विकारीलाई भनिन्छ। यो कुरा तिमी बच्चाहरूलाई नै थाहा छ। बच्चाहरूमा पनि नम्बरवार छन्। तिमीले सबै सँग सोध– परमपिता परमात्मा सँग तपाईंको के सम्बन्ध छ? जसरी क्रिश्चियनहरूलाई थाहा छ– क्राइस्टले फलानो समयमा जन्म लिए। ठीक छ, उनी भन्दा पहिले को थिए? लक्ष्मी-नारायणले राज्य गरेको कति समय भयो? यस समय आदि सनातन देवी-देवता धर्मका नै धर्म भ्रष्ट, कर्म भ्रष्ट भएका छन्। शास्त्रमा लाखौं वर्ष भनिदिएका छन्। अब तिमी जागिसकेका छौ फेरि अरूलाई पनि जगाउनु पर्छ। 

    तिमीलाई थाहा छ– शिवबाबा हाम्रो बाबा हुनुहुन्छ। प्रजापिता ब्रह्मा र जगत् अम्बा पनि हाम्रा मम्मा-बाबा हुनुहुन्छ। फेरि सोधिन्छ– लक्ष्मी-नारायणलाई सत्ययुगको वर्सा कहाँबाट मिल्यो? ५ हजार वर्ष भयो, मिलेको थियो अहिले छैन, अब मिलिरहेको छ। अब इतिहास रिपीट भइरहेको छ। अब सबैलाई बाबाको सन्देश कसरी दिने? के घर-घरमा सन्देश दियौं? ठीक छ, बोर्ड पनि तिमीले लगाउन सक्छौ, किनकि तिमी हौ अविनाशी सर्जन। परमपिता हुनुहुन्छ निराकार। अब यो त कसैलाई थाहा छैन– शिवबाबाले कसको शरीरमा जन्म लिनुभयो? यस्तो त भन्न सकिँदैन– कृष्णको शरीरमा प्रवेश गरेर जन्म लिनुभयो। यो त तिमीले नम्बरवार जान्दछौ– उहाँ हाम्रो परमपिता पनि हुनुहुन्छ र हाम्रो टिचर पनि हुनुहुन्छ। हामीलाई धेरै राम्रो शिक्षा दिइरहनु भएको छ। बाबा फेरि कल्प पछि आएर मिल्नु भएको छ। बुझेका छौ, पक्का-पक्का निश्चय पनि छ, फेरि घरमा जाने बित्तिकै त्यो नशा उड्छ। घर गृहस्थमा रहँदा, काम धन्दा गर्दा कहाँ सम्म नशा रहन्छ? यो त अवश्य बाबालाई लेख्नुपर्छ। तर बच्चाहरूले बाबालाई पूरा समाचार दिदैनन्। तिमी बच्चाहरूले त बाबालाई पूरा चिनेका छौ, त्यस्तै बाबालाई पनि तिम्रो बारेमा पूरा जानकारी हुनुपर्छ। उहाँ तिम्रो हजुरबुवा हुनुहुन्छ, त्यसैले उहाँलाई तिम्रो चलन र आम्दानीको पूरा-पूरा जानकारी हुनुपर्छ, तब त मत दिनुहुन्छ। तिमीले भन्छौ– शिवबाबा त अन्तर्यामी हुनुहुन्छ, तर यी ब्रह्माले कसरी जान्न सक्छन्? कोही त बाबाको सम्मुख आउँदैनन्, यसैले बुझिन्छ– यो सौतेला बच्चा हो, त्यसैले राजाइँको वर्सा पाउन सक्दैन। यदि श्रीमतमा चल्नु छ भने पूरा समाचार दिनुपर्छ। बच्चाहरूले पनि पिताको सबै कुरा जान्दछन्। बाबालाई पनि समाचार दिनुपर्छ। यो हो हाम्रो रूहानी गृहस्थ व्यवहारको सम्बन्ध। 

    यो हो रूहानी ईश्वरीय परिवार। सुप्रिम रूह सँग सबै आत्माहरूको सम्बन्ध छ नि। सबैसँग यो प्रश्न सोध– तपाईले यी लक्ष्मी-नारायणलाई चिन्नु भएको छ? परमपिता परमात्मालाई चिन्नु भएको छ? सत्ययुगी श्रेष्ठाचारी देवी-देवतालाई जान्नु भएको छ? तिमीले लेख्न सक्छौ– यी सबै कुरा जान्नाले हामी श्रेष्ठाचारी बन्न सक्छौं, नत्र जति गरे पनि बन्न सकिँदैन। यस्तो-यस्तो सेवा गर्नाले तिमी उच्च पद पाउन सक्छौ। भ्रष्टाचारीलाई श्रेष्ठाचारी बनाउनु– यो तिम्रो धन्दा हो। त्यसैले बोर्ड किन लगाउँदैनौ! स्त्री-पुरुष दुवै यस सेवामा छन्। बाबा डाइरेक्शन दिनुहुन्छ तर बच्चाहरूले फेरि भुल्छन्, आफ्नै धन्दामा लाग्छन्। सेवा जुन गर्नुपर्ने हो, त्यो गर्दैनन्। नत पूरा समाचार दिन्छन्, न बोर्ड लगाउँछन्। बोर्ड लगाएनन्, सेवा गरेनन् भने बुझिन्छ देह-अभिमान धेरै छ। मुरली त सबैले सुन्छन्– बाबाले के भन्नुहुन्छ, अनेक मत मिल्छ। प्रदर्शनीको लागि बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू गर्मी छ भने पहाडमा गएर प्रबन्ध गर। अब हेरौं कहाँबाट समाचार आउँछ, बाबा हामी यो प्रबन्ध गर्न सक्छौं। जानकारी छ भने गएर हल वा धर्मशाला लिएर प्रबन्ध रच्नुपर्छ, अनि धेरैलाई सन्देश मिल्छ। यहाँ पनि बोर्ड लागेको होस्– ज्ञानसागर पतित-पावन निराकार परमात्मा सँग तपाईको के सम्बन्ध छ? फेरि जगत् अम्बा र जगत् पिता सँग के सम्बन्ध छ? उहाँले के दिनुहुन्छ? अवश्य जगत्‌को मालिक बनाउनुहुन्छ। तिमी अहिले बनिरहेका छौ। कल्प पहिले पनि बनेका थियौ। तिमीले यो बोर्डमा लेखिदेऊ अनि सबै प्रश्न खतम हुनेछन्। लक्ष्मी-नारायणलाई यो विश्वको मालिकपनको वर्सा कसरी मिल्यो? सोध्नेले त अवश्य जान्दछ। यदि यति पनि सेवा गरेनौ भने गद्दीमा कसरी बस्न सक्छौ? यो राजयोग हो नरबाट नारायण बन्ने। प्रजा बन्ने होइन। के तिमी यहाँ प्रजा बन्न आएका हौ र? बाबाको पासमा समाचार आयो भने बाबाले बुझ्नुहुन्छ– यसले सेवा गरिरहेको छ। नत घरको, नत सेवाको समाचार दिन्छ भने कसरी सम्झिनुहुन्छ यो विजय मालामा आउँछ। निश्चयबुद्धि विजयन्ती, संशयबुद्धि विनशन्ती। 

    तिमीलाई थाहा छ– अहिले हाम्रो राजधानी स्थापना भइरहेको छ। त्यस राजधानीमा उच्च पद पाउने तिमी बच्चाहरूले पुरुषार्थ गर्नुपर्छ। तर कसैको तकदिरमा छैन भने टिचरले के गर्न सक्छन्! तिमीले नै यस्तो खोटो कर्म गरेका छौ, जो तिमीले भोग्नै पर्छ। मम्माले राम्रो कर्म गरेकी छन्, त्यसैले कति राम्रो अटेन्शन द्वारा मम्माले उच्च पद प्राप्त गरिन्। तिमी बच्चाहरूले हर हालतमा खुब पुरुषार्थ गर्नुपर्छ। बाबाले राय दिनु भएको छ– बोर्ड बनाएर लगाऊ, त्यस्तै साना-साना पर्चा बनाएर बाँड्नुपर्छ– यी लक्ष्मी-नारायणलाई जानेपछि हामी यस्ता श्रेष्ठाचारी देवता बन्नेछौं। शुभ कार्यमा ढिलो नगरौं। बच्चाहरूले धेरै सेवा गर्नुपर्छ। गृहस्थ व्यवहारमा रहेर कमाल गरेर देखाउनु छ। कहिल्यै पनि छोड्ने विचार गर्नु हुँदैन। तिमीलाई थाहा छ– बाबाले हामीलाई ब्रह्मा द्वारा सिकाइरहनु भएको छ। शिवबाबा यहाँ आउनु भएको थियो, के निराकार आउनुभयो? कसरी आउनु भयो, के गर्नुभयो? कसैलाई थाहै छैन। शिवरात्रि मनाउँछन्, थोरै पनि थाहा छैन। परमात्मा आउनु हुन्छ नै पावन बनाउन। 

    बाबा भन्नुहुन्छ– कुनै पनि कुरामा अलमलियौ भने सोध। बाबा मैले यो कुरा बुझिनँ। ८४ जन्मको रहस्य पनि सम्झाइएको छ। वर्णमा पनि आउनुपर्छ। तिमीले यो धारणा गर्छौ। अवश्य हामीले ८४ जन्म लिएका छौं। अब फेरि हामी सूर्यवंशी बन्छौं। जति जसले पुरुषार्थ गर्छ, त्यति उच्च पद पाउँछ। कति सहज कुरा छ, फेरि पनि बुद्धिमा बस्दैन भने आएर सोध– बाबा हामी यस कुरामा अलमलिन्छौं। पहिले-पहिले अल्फको परिचय दिनुपर्छ। यो बोर्ड सबै लगाइदेऊ, यस ज्ञानबाट हामी सदा सुखी, श्रेष्ठाचारी बन्छौं। त्यसैले यो राम्रो छ नि। आकर्षण हुनेछ– किन यस्तो कुरा गएर नबुझ्ने? बाबाले सेवाबाट बुझिहाल्नु हुन्छ को-को सच्चा-सच्चा बच्चा छन्? जसले अटेन्शन दिन्छन्, उनै मालाका दाना बन्छन्। गरेर देखाउनुपर्छ। तिमी त प्राक्टिकलमा सम्मुख बसेर सुनिरहेका छौ। बाँकी बच्चाहरूले मुरली द्वारा सुन्नेछन्। यो सबै बुझ्नु पर्ने कुरा हो। परमात्मा बाबा पनि हुनुहुन्छ, फेरि पतितबाट पावन बनाएर लिएर जानुहुन्छ, त्यसैले गुरु पनि हुनुभयो। सृष्टिको आदि, मध्य, अन्त्यको ज्ञान शिक्षक बनेर पढाउनुहुन्छ। त्यसैले तीनवटै हुनुभयो नि। तर धेरै बच्चाहरूले बिर्सिन्छन्। बुद्धिबाट त्यो नशा उत्रिन्छ। नत्र स्थायी खुशी रहनुपर्छ। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) विजय मालाको दाना बन्नको लागि आफूमाथि पूरा अटेन्शन दिनुपर्छ। श्रेष्ठाचारी बन्ने र बनाउने सेवा गर्नुपर्छ।

    २) कुनै पनि यस्तो खोटो कर्म गर्नु हुँदैन, जसको दु:ख भोग्नु परोस्। बाबाको सल्लाहमा कदम-कदम चल्नुपर्छ।

    वरदान:

    प्राप्तिलाई इमर्ज गरेर सदा खुशीको अनुभूति गर्ने, सहजयोगी भव:-  

    सहज योगको आधार हो– स्नेह र स्नेहको आधार हो सम्बन्ध। सम्बन्धबाट याद गर्न सहज हुन्छ। सम्बन्धबाट नै सर्व प्राप्ति हुन्छ। जहाँबाट प्राप्ति हुन्छ, मन-बुद्धि त्यहाँ सहजै जान्छ। त्यसैले बाबाले जो शक्तिको, ज्ञानको, गुणको, सुख-शान्ति, आनन्द, प्रेमको खजाना दिनु भएको छ, जति पनि भिन्न-भिन्न प्राप्ति भएका छन्, ती प्राप्तिहरूलाई बुद्धिमा इमर्ज गर, अनि खुशीको अनुभूति हुन्छ र सहज योगी बन्नेछौ।

    स्लोगन:

    जो सबै प्रश्नहरूबाट पार रहन्छ– उही प्रसन्नचित्त हुन्छ।   



    ***OM SHANTI***