BK Murli 5 April 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 5 April 2017 Nepali

    २०७३ चैत्र २३ बुधबार ५-०४-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– योगबल द्वारा घाटाको खातालाई चुक्ता गरेर, सुखको खाता जम्मा गर, व्यापारी बनेर आफ्नो पूरा हिसाब राख।”  

    प्रश्न:

    तिमी बच्चाहरूले बाबासँग कुनचाहिँ प्रतिज्ञा गरेका छौ, त्यस प्रतिज्ञालाई पालन गर्ने सहज साधन के हो?

    उत्तर:

    तिमीले प्रतिज्ञा गरेका छौ– मेरो त एक शिवबाबा, दोस्रो न कोही... भक्तिमा पनि भन्ने गर्थ्यौ– बाबा जब हजुर आउनु हुनेछ, हामी अरू सङ्गत तोडेर एक हजुरसँग नै जोड्नेछौं। अब बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! देह सहित देहका सबै सम्बन्धहरूलाई बुद्धि द्वारा त्यागेर एक मलाई याद गर। यस पुरानो शरीरबाट पनि दिल हटाइदेऊ, तर यसमा मेहनत छ। यस प्रतिज्ञालाई पालन गर्नको लागि सबेरै-सबेरै उठेर आफूले आफैंसँग कुरा गर वा चिन्तन गर– अब यो नाटक पूरा हुँदैछ।

    गीत:–

    छोड भी दे आकाश सिंहासन....

    ओम् शान्ति।

    प्यारा बच्चाहरूले पुकार्छन्– परमधाम देखि आउनुहोस्। यो गीतमा गायन गरिएको छ पतित मनुष्यहरूको। उनलाई यसको अर्थ थाहा छैन। पुकार्छन् पनि– पतितहरूलाई पावन बनाउन आउनुहोस् किनकि यस समय हो रावण राज्य। यो पनि बच्चाहरूलाई थाहा छ– यहाँ दैवी श्रेष्ठाचारी राज्य थियो। अहिले तिमी श्रेष्ठाचारी बन्ने पुरुषार्थ गरिरहेका छौ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! अब तिमी वापस जानु छ। पुरानो पापको खाता चुक्ता गर्नु छ। व्यापारीहरूले १२-१२ महिनामा पुरानो खाता बन्द गर्छन्। घाटा वा फाइदाको हिसाब निकाल्छन्। अहिले तिमी बच्चाहरूलाई थाहा छ– हामी आधाकल्प फाइदामा, आधाकल्प घाटामा रहन्छौं अर्थात् आधाकल्प सुख, आधाकल्प दु:ख पाउँछौं। त्यसमा पनि दु:ख धेरै कम पाउँछौं। जब तमोप्रधान अवस्था हुन्छ, व्यभिचारी भक्तिमा जान्छौं। बाबा बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ। अब तिमी फाइदामा जानु छ। घाटाको खातालाई अब योगबल द्वारा चुक्ता गर्नु छ। तिम्रो पापहरूको खाता अब काट्नुपर्छ, फेरि सुखको खाता जम्मा हुनुपर्छ। जति तिमीले मलाई याद गर्छौ, त्यति तिम्रो पापहरूको खाता भस्म हुन्छ। अनि फेरि पवित्र बनेर गीताको ज्ञान धारण गर्नुपर्छ। यहाँ कुनै गीता शास्त्र सुनाइँदैन। यो गीताको ज्ञान भगवान्‌ले दिनु भएको हो। यस समय मनुष्यहरूको बुद्धि तमोप्रधान हुनाले बाबालाई चिनेका छैनन्। त्यसैले यिनलाई अनाथ भनिन्छ। तिमीले सम्झाउँछौ– यहाँ पुण्य आत्मा, श्रेष्ठाचारीहरूको दुनियाँ थियो, जसको चित्र पनि छन्। यहाँ सत्ययुग आदिमा धेरै धनवान थिए। अरू जुन इस्लामी, बौद्धी आदि धर्म छन्, आरम्भमा धेरै कम हुन्छन्। धर्म स्थापक आए, फेरि जति पनि त्यस धर्मका आत्माहरू हुन्, उनीहरू आउँदै जान्छन्। उनीहरू कुनै राजाइँमा आउँदैनन्। आफ्नो धर्ममा आउँछन्। जब लाखौं करोडौंको संख्या हुन्छ, अनि राजा-रानी आदि बन्छन्। यहाँ तिम्रो त सुरु देखि लिएर राजाइँ चल्छ। सत्ययुग आदिमा नै लक्ष्मी-नारायणको राज्य थियो। दुनियाँ महान् उच्च थियो, जब श्रेष्ठाचारी थियो। सर्वोच्च भगवान्‌ गायन गरिन्छ। उहाँलाई नै ट्रुथ भनिन्छ। उहाँ आएर सत्य ज्ञान दिनुहुन्छ। अरू सबैले बाबाको बारेमा झूटो नै ज्ञान दिन्छन्। सबैले याद गर्छन्– ओ गड फादर। तर फादरलाई कसैले पनि चिनेका छैनन्। कसैलाई तिमीले सोध– लौकिक पितालाई चिनेका छौं, त्यसैले यो कहाँ भनिन्छ उहाँ सर्वव्यापी हुनुहुन्छ। फादर मतलब पिता। पिताबाट त वर्सा मिल्छ। बाबा सम्झाउनु हुन्छ– म हुँ बेहदको रचयिता। मलाई बोलाउँछन् नै पतित दुनियाँमा। प्रलय त हुँदैन। यो सारा पतित दुनियाँ हो। मलाई तिमी बच्चाहरूको लागि नै आउनुपर्छ। तिमी बच्चाहरूलाई नै सम्झाउँछु। मानिसहरूले गुरु आदि गर्छन्– शान्तिको लागि। तर ती सबै हुन् भक्तिमार्गको लागि, हठयोग आदि सिकाउँछन्। उनीहरूबाट कसैलाई बेहदको वर्सा मिल्न सक्दैन। गुरु गर्छन्, उनीबाट अल्पकालको लागि थोरै सुख मिल्छ। ती सबै हुन् हदको सुख दिनेवाला। बेहदको बाबा हुनुहुन्छ बेहदको सुख दिनेवाला। बाबा मुक्ति-जीवनमुक्तिको सौगात लिएर आउनु हुन्छ। सत्ययुगमा केवल एकै धर्म हुन्छ। यहाँ त अनेक धर्म छन्, वृद्धि भइ नै रहन्छ। अब फेरि यतिका सबै आत्माहरू फर्केर जान्छन् शान्तिधाममा। तिमी बच्चाहरूलाई सृष्टिको आदि, मध्य, अन्त्यको ज्ञान मिलिरहेको छ। बाबा हुनुहुन्छ यस मनुष्य सृष्टिको बीजरूप, उहाँसँग सारा ज्ञान छ। सर्वव्यापी भन्नाले ज्ञान वा भक्तिको कुनै कुरा टिक्दैन। भगवान्‌ सर्वव्यापी हुनुहुन्छ भने फेरि भगवान्‌को भक्ति गर्ने के आवश्यकता छ! भक्ति गर्छन् तर बुझ्दैनन्। ढुंगा-माटो सबैको भक्ति गरिरहन्छन्। गंगामा कति स्नान गर्न जान्छन्। यदि गंगा पतित-पावनी भए त फेरि सबै पावन हुनुपर्ने, मुक्ति-जीवनमुक्ति धाममा जानुपर्ने। तर कोही पनि गएको छैन। एक गुरु फर्केर जाँदा शिष्यहरूलाई पनि लिएर जानुपर्ने हो। तर नत स्वयं गएका छन्, नत शिष्यहरूलाई केही भन्न सक्छन्। देह अभिमानमा धेरै छन्। यस्तो कसैले पनि भन्न सक्दैन– म निराकार परमपिता परमात्मा तिमी बच्चाहरूको पिता हुँ। तिमीलाई साथ लिएर जान आएको हुँ। यो बाबालाई नै हक छ। अब पुरानो दुनियाँलाई छोड्नु छ, त्यसैले योगबल अवश्य हुनुपर्छ। लापर्बाही गरेर पद पाइँदैन। 

    तिमी बच्चाहरूलाई थाहा छ– बाबाले हामीलाई लायक बनाइरहनु भएको छ। बच्चाहरू जो नालायक बन्छन्, उनीहरू सबैथोक गुमाउँछन्। कल्प-कल्प तिमीलाई १०० प्रतिशत सम्पन्न बनाउँछु। फेरि रावणले तिमीलाई विपन्न बनाइदिन्छ। बुझेका पनि छन्– कुरा ठीक हो, अब वास्तवमा कलियुगको अन्त्य छ, सत्ययुग आदिको संगम हो। मानौं भवनको आयु १०० वर्ष छ। यदि २५ वर्ष बित्यो भने १/४ पुरानो भयो। ५० वर्ष भएपछि पुरानो नाम राखिदिन्छन्। यसमा पनि ४ भाग राखिएको छ। सतो रजो तमो अब फेरि यो पुरानो दुनियाँबाट नयाँ दुनियाँ हुन्छ। मतलब सारा दुनियाँलाई नयाँ जन्म मिल्नेछ। यो पुरानो दुनियाँ हो। बाबा भन्नुहुन्छ– अब म नयाँ जन्म दिइरहेको छु। दुनियाँ पुरानोबाट नयाँ भइरहेको छ। तिमी आएका छौ राजयोग सिक्न। तिमीलाई पनि थाहा छ– यस ड्रामामा हामी कलाकार हौं। हामी आत्माहरू पनि शरीर लिएर यहाँ पार्ट खेल्न आएका छौं। दुनियाँमा यो कसैले पनि जानेको छैन। आफूलाई कलाकार मानेको भए त रचयिता, डायरेक्टरलाई पनि चिन्ने थिए। केवल भन्छन् मात्र– यो कर्मक्षेत्र हो। तर कहिले देखि खेल सुरु भयो, यसको रचयिता को हो, केही पनि जानेका छैनन्। मनुष्यले नै जान्नु पर्छ नि। बाँकी यो आपसमा लड्नु त अनाथहरूको काम हो। देवताहरूलाई अनाथ भनिँदैन। वहाँ लडाईं-झगडा नै हुँदैन। यहाँ त हेर छोराहरूले पितालाई पनि मारिदिन्छन्। सबै पतित भ्रष्टाचारी छन्, त्यसैले दु:ख दिइरहन्छन्। आधाकल्प सम्पूर्ण निर्विकारी देवी-देवताहरूको राज्य थियो। अहिले त कोही पनि सम्पूर्ण निर्विकारी छैन। अहिले बाबाले तिमीलाई श्रीमत दिनुहुन्छ। यो पुरानो दुनियाँ खतम हुँदैछ। म आएको हुँ नयाँ दुनियाँ स्थापना गर्न। तिमीले प्रतिज्ञा पनि गर्छौ– बाबा हजुर आउनु भयो भने हामीले अरू सङ्गत तोडेर एक हजुरको सङ्गत जोड्नेछौं। मेरो त एक बाबा दोस्रो न कोही। अब बाबा आउनु भएको छ, भन्नुहुन्छ– प्यारा बच्चाहरू! देह सहित देहका सबै सम्बन्धहरूको त्याग गरेर मलाई याद गर। यसमा नै मेहनत छ, भन्छन्– बाबा हामीलाई थाहा छ– यी जति पनि मित्र सम्बन्धी आदि छन्, यी सबै मरेतुल्य छन्। यो शरीर पनि खतम हुनेछ, पुरानो हो। अब हामी पुरानो शरीर छोडेर नयाँमा जान्छौं। पुरानो शरीरसँग दिल हट्छ। अब हामी गयौं कि गयौं। पुरानो दुनियाँ भस्म हुनु छ। बाबा सम्झाउनु हुन्छ– सबेरै उठेर यस्तो-यस्तो चिन्तन गर। अब नाटक पूरा हुन्छ, हामी फर्केर जानु छ। अब एकै बाबाको श्रीमतमा चल्नु छ। अब नयाँ दुनियाँमा जानु छ, त्यसैले जीवन छँदै सबैसँग बुद्धियोग तोडेर एकसँग जोड्नु पर्छ, यसमा धेरै अभ्यास चाहिन्छ। अभ्यासको लागि नै बाबा भन्नुहुन्छ– सबेरै उठ। दिनमा त शरीर निर्वाह अर्थ कर्म गर्नुपर्छ। रातको अभ्यासले उन्नति गराउँछ। जति समय मिल्यो बाबालाई याद गर। बाबाको यादमा तिमी जतिनै पैदल हिँड, कहिल्यै थाक्दैनौ। योगबलको खुशी रहन्छ। यादको अभ्यास भएपछि जहाँ बस्दा पनि याद आउँछ। खाँदा पनि यादमा रहनु छ। फाल्तू वार्तालाप चल्नु हुँदैन। बाबाको याद द्वारा नै विकर्म विनाश हुन्छ। फेरि अन्त मती सो गति हुनेछ। अब फर्केर जानु छ। सबैको सद्‌गति दाता, सबैलाई श्रेष्ठाचारी बनाउनेवाला, शान्तिदेशमा लैजाने एकै बाबा हुनुहुन्छ। जन्म-जन्मान्तर तिमीलाई बाबा टिचर गुरु मिल्यो तर ती सबै हुन् शारीरिक। कसैले पनि देही-अभिमानी बन्न सिकाउँदैन। यहाँ त बेहदका बाबा ज्ञानको सागर हुनुहुन्छ। जति पनि आत्माहरू छन्,उनीहरूमा संस्कार भरिएका छन्। फेरि शरीर धारण गरेपछि त्यो इमर्ज हुन्छ। अहिले तिमीलाई सारा ड्रामाको ज्ञान छ, अरू त सबै घोर अन्धकारमा छन्। गायन पनि गरिएको छ– ज्ञान अंजन सतगुरु दिया। ज्ञान अंजन दिनेवाला ज्ञान सूर्य बाबा हुनुहुन्छ। सत्ययुगलाई दिन, कलियुगलाई रात भनिन्छ। आत्माहरूले उहाँ निराकारी बाबालाई याद गर्छन्। बाबा सम्झाउनु हुन्छ– म तिमी बच्चाहरूलाई ब्रह्मा मुख द्वारा कल्प पहिले जसरी सबै भक्तिमार्गका शास्त्रहरूको रहस्य बुझाउँछु। यो सबै भक्तिमार्गको सामग्री हो, जुन आधाकल्प देखि चल्दै आउँछ। मनुष्यले त भनिदिन्छन्– यो परम्परादेखि चल्दै आएको हो। रावणलाई पनि परम्परादेखि जलाउँदै आएका हौं। चाड-पर्वहरू जुन मनाइन्छ, उनीहरूले सम्झन्छन्– यी सबै परम्परादेखि चलिरहेको छ। परम्पराको अर्थ के हो? त्यो बुझेका छैनन्। सत्ययुगको आयु लाखौं वर्ष लेखिदिएका छन्, त्यसैले मनुष्य घोर अन्धकारमा छन्। भक्ति कहिले देखि सुरु भयो, पावन कहिले बनिन्छ, केही पनि जानेका छैनन्। भगवान् पतितहरूलाई पावन बनाउन कहिले आउनुभयो? भन्दछन् पनि– क्राइस्ट भन्दा ३ हजार वर्ष पहिले स्वर्ग थियो, तर फेरि पनि अनेक मत छन् नि। कति मतहरू दुनियाँमा काम गरिरहेका छन्। बाबा आएर श्रेष्ठ मत दिनुहुन्छ। श्रीमत द्वारा तिमी श्रेष्ठ अर्थात् देवता बन्छौ। रुद्र माला पनि छ। रुद्र पनि निराकार भगवान् नै हुनुहुन्छ। उहाँ हुनुहुन्छ श्री श्री। देवताहरूलाई भनिन्छ श्री अर्थात् श्रेष्ठ। अहिले तिमी बच्चाहरूलाई थाहा छ– श्री श्री द्वारा श्रेष्ठ दुनियाँ बन्छ। बाबा श्री श्री हुनुहुन्छ श्री बनाउने वाला। यो सबै कुरा याद गर्नु छ। कल्प पहिले आएकाले नै बुझ्नेछन्। यो ज्ञान सबै धर्मको लागि हो। सबैलाई बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झ। बेहदको बाबासँग कति सुख मिलिरहेको छ। बेहदका बाबा आएर यति बच्चाहरूलाई गोदमा लिनुहुन्छ। यो मुख वंशावली हो नि। कति धेरै बी.के. छन्, जो फेरि देवता बन्छन्। यो हो ईश्वरीय कुल। दादा हुनुहुन्छ निराकार। उहाँको बच्चाको नाम हो प्रजापिता ब्रह्मा, यिनी द्वारा गोदमा लिनुहुन्छ। तिमी ब्राह्मण हौ शिवबाबाको परिवार, फेरि वृद्धि हुन्छ। अहिले तिम्रो नम्बरवन वंशावली हो। तिमीले सेवा गर्छौ, सबैको कल्याण गर्छौ। तिम्रो जड यादगार मन्दिर एक्युरेट बनेको छ। यहाँ तिमी चैतन्यमा बसेका छौ। जान्दछौ– हामीले फेरि स्थापना गर्छौं। भक्तिमा हाम्रो यादगार मन्दिर बन्नेछन्। शिवबाबा नभएको भए तिमी कहाँ हुन्थ्यौ र! ब्रह्मा विष्णु शंकर कहाँ छन्? अहिले शिवबाबाले रचना रचिरहनु भएको छ नि। प्रजापिता ब्रह्माको चित्र अलग हुनुपर्छ। त्रिमूर्ति ब्रह्मा भन्दछन् तर यसको त कुनै अर्थ नै छैन। 

    तिमीलाई थाहा छ– परमपिता परमात्माले ब्रह्मा द्वारा स्थापना गर्नुहुन्छ। गर्ने-गराउनेवाला शिवबाबा हुनुहुन्छ। यो सबै कुरा धारण गर्नु छ। शिवबाबा स्वयं राजयोग सिकाइरहनु भएको छ। ज्ञान दिइरहनु भएको छ। त्यसैले त्यो धारण गर्नुपर्छ, यसमा पवित्रता मुख्य छ। हिम्मत पनि देखाउनु छ। गृहस्थ व्यवहारमा पवित्र रहेर देखाउनु छ। कुनै बच्चीलाई बचाउनको लागि पनि स्वयंवर गराइन्छ, जसलाई गन्धर्व विवाह भनिन्छ। फेरि त्यसमा पनि कुनै फेल हुन्छन्। कुनै-कुनै यस्ता पनि हुन्छन्, जो विवाह गरेर फेरि पवित्र रहन्छन्। पवित्र रहेर फेरि ज्ञान पनि लिनु छ। धारण गरेर अरूलाई पनि आफू समान बनाएर देखाऊन्, तब उच्च पद पाउन सक्छन्। यस ज्ञान-यज्ञमा विघ्न पनि धेरै पर्छन्। यो त सबै हुन्छ। ड्रामामा निश्चित छ। कति बच्चीहरूले भन्छन्– हामीले धन के गर्ने, यो भन्दा त भाँडा माझेर रोटी खानु राम्रो हो, पवित्र त रहन पाइन्छ। तर धेरै हिम्मत चाहिन्छ। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


    धारणाको लागि मुख्य सारः

    १) भोजन गर्ने समय यादमा रहनु छ, फाल्तू वार्तालाप गर्नु हुँदैन। याद द्वारा पापहरूको खाता चुक्ता गर्नु छ।

    २) दिनमा शरीर निर्वाह अर्थ कर्म गरेर, रातमा जागेर आफूले आफैंसँग कुरा गर। चिन्तन गर– यो नाटक पूरा भयो, हामी अब फर्केर जान्छौं, त्यसैले जीवन छँदै ममत्व मेटाउनु छ।

    वरदान:

    एक बाबामा सारा संसारको अनुभूति गर्दै एकको यादमा रहने, सहज योगी भव:-   

    सहजयोगको अर्थ नै हो– एकलाई याद गर्नु। एक बाबा दोस्रो न कोही। तन-मन-धन सबै हजुरको, मेरो होइन। यस्तो ट्रस्टी बनेर डबल लाइट रहनेहरू नै सहजयोगी हुन्। सहजयोगी बन्ने सहज विधि हो– एकलाई याद गर्नु, एकमा सबैथोक अनुभव गर्नु। बाबा नै संसार हो, त्यसैले याद सहज भयो। आधाकल्प मेहनत गर्यौब, अब बाबा मेहनतबाट छुटाउनु हुन्छ। तर यदि फेरि पनि मेहनत गर्नुपर्छ भने त्यसको कारण हो आफ्नो कमजोरी।

    स्लोगन:

    महान् आत्मा उही हो, जसले पवित्रता रूपी धर्मलाई जीवनमा धारण गर्छ।  



    ***OM SHANTI***