BK Murli 7 April 2017 Nepali

BK Murli 7 April 2017 Nepali

२०७३ चैत्र २५ शुक्रबार ७-०४-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

“मीठे बच्चे– २१ जन्मको राजाइँ लिनु छ भने ज्ञान धनको दान गर, धारणा गरेर फेरि अरूलाई पनि गराऊ।”  

प्रश्न:

चल्दा-चल्दै ग्रहचारी बस्ने मुख्य कारण के हो?

उत्तर:

श्रीमतमा पूरा चल्दैनन्, त्यसैले ग्रहचारी बस्छ। यदि निश्चय बुद्धि भएर एकको मतमा सदा चल्दै रह्यो भने ग्रहचारी बस्न सक्दैन, सदा कल्याण भइरहन्छ। पछि आउनेहरू पनि धेरै अगाडि जान सक्छन्। सकेण्डको बाजी हो। बाबाको बन्यौ अर्थात् हकदार बन्यौ। अपार सुखको वर्सा मिल्छ। त्यसैले श्रीमतमा भने सदा चलि रहनु छ।

गीतः–

तू प्यार का सागर है......

ओम् शान्ति।

ओम् शान्तिको अर्थ त बच्चाहरूलाई पटक-पटक सम्झाइएको छ। ओम् अर्थात् अहम् आत्मा मम शरीर। बाबा भन्नुहुन्छ– ओम् (अहम्-आत्मा) सो परमात्मा। उहाँको शरीर छैन किनकि उहाँ त सबैका पिता हुनुहुन्छ। तिमीले यस्तो भन्दैनौ– म आत्मा सो परमात्मा। यो त ठीक छ– अहम् आत्मा, परमात्माको सन्तान हुँ। बाँकी अहम् आत्मा सो परमात्मा भन्नु एकदम गलत हुन जान्छ। तिमी बच्चाहरूले बाबालाई जान्दछौ। यो पनि जान्दछौ– यो पुरानो दुनियाँ हो। नयाँ दुनियाँ सत्ययुगलाई भनिन्छ। तर सत्ययुग कहिले हुन्छ? यो, ती बिचराहरूले जान्दैनन्। सम्झन्छन्– कलियुग त अझै ४० हजार वर्ष बाँकी छ। तिमी बच्चाहरूलाई थाहा छ– हामीले श्रीमत अनुसार नयाँ दुनियाँको स्थापना गरिरहेका छौं। बाबा भन्नुहुन्छ– मैले तिमीहरू द्वारा नयाँ दुनियाँको स्थापना गराइरहेको छु। तिमीहरू द्वारा विनाश गराउँदिनँ। तिमीहरू उही शिव शक्ति, प्रजापिता ब्रह्माका मुख वंशावली, अहिंसक शक्ति सेना हौ। तिमीहरू नै बाबा द्वारा वर्सा पाउने अधिकारी हौ। तिमी ब्राह्मणहरूलाई नै श्रीमत मिल्छ। तिमीले काम विकारलाई जित्छौ, त्यसैले यहाँ जो आउँछन्, उनीहरूसँग सोधिन्छ– यदि काम विकार माथि विजय प्राप्त गरेका छौ भने बाबासँग भेट। सहोदर र सौतेला हुन्छन्। सहोदर कहिल्यै विकारमा जान सक्दैनन्। अहिले हामीलाई बाबा मिलेको छ, जो ज्ञानका सागर हुनुहुन्छ। कृष्णलाई ज्ञानका सागर भनिँदैन। शिव बाबाको महिमा र देवताहरूको महिमा एकदम अलग छ। देवताहरूको महिमा हो, सम्पूर्ण निर्विकारी। शिव बाबालाई भनिन्छ– मनुष्य सृष्टिका बीजरूप, सत् चित् आनन्द स्वरूप, ज्ञानका सागर। यो शरीर पहिला जड हुन्छ, फेरि त्यसमा जब आत्मा प्रवेश गर्छ, अनि चैतन्य बन्छ। यो मनुष्य सृष्टिरूपी वृक्षको उत्पत्ति कसरी हुन्छ? यो केवल बाबा बीजरूपले नै जान्नुहुन्छ। उहाँले तिमीलाई ज्ञान दिइरहनु भएको छ। बाबा भन्नुहुन्छ– तिमीलाई थोरै ज्ञान दिएँ भने पनि तिमी पुरानो दुनियाँ देखि नयाँ दुनियाँमा जान्छौ। त्यसलाई नै शिवालय भनिन्छ। शिवबाबा द्वारा स्थापना गरिएको स्वर्ग जसमा चैतन्य देवताहरू निवास गर्छन्। भक्तिमार्गमा उहाँलाई मन्दिरमा बसाइदिएका छन्। तिमी हौ सच्चा-सच्चा रूहानी ब्राह्मण। तिमीलाई शिवबाबाले ब्रह्मा द्वारा आफ्नो बनाउनु भएको छ। ती शारीरिक ब्राह्मणले भन्न त आफूलाई भन्छन्– हामी मुख वंशावली हौं। तर फेरि पनि भनिदिन्छन्– ब्राह्मण देवी-देवता नमः। किनकि सम्झन्छन् हामी पुजारी ब्राह्मण हौं, हजुर पूज्य हुनुहुन्छ। विकारी ब्राह्मणले नमः गर्छन्, पवित्रलाई। तिमी अहिले ब्राह्मण हौ। त्यो समय आउनेछ फेरि तिमीले नै भन्छौ– ब्राह्मण देवताए नमः किनकि तिमी पूज्य नै पछि गएर पुजारी बन्छौ। यो बडो गहन र रमणिक कुरा छ। जो श्रीमतमा चल्छन्, उसले त्यस अनुसार धारण गर्छ र गराउन सक्छ। जसरी वकिल, सर्जनले जति पढ्छन् त्यति दवाई अथवा प्वाइन्ट बुद्घिमा रहन्छन्। नाम त वकिल हुन्छ तर कोही लखपति र कसैको केही पनि आम्दानी हुँदैन। यहाँ पनि नम्बरवार दान गर्छन्, उनीहरूलाई फल मिल्छ। त्यसैले भनिन्छ धन दिएर धन सकिँदैन... त्यहाँ दान गर्दा अल्पकालको लागि अर्को जन्ममा मिल्छ। धनवानको घरमा जान्छन्। यहाँ त २१ जन्मको लागि राजाइँको अधिकारी बन्छौ। तिमीले सबै प्वाइन्ट पनि नोट गर्नु छ। तिमीले कागजमा हेरेर भाषण गर्नु हुँदैन, तर बुद्घिमा राखेर भाषण गर्नुपर्छ। जसरी शिवबाबा ज्ञानका सागर, पतित-पावन हुनुहुन्छ, त्यस्तै तिमी बच्चाहरू पनि बन्नुपर्छ। 

एउटा बच्चीले लेखिन्– मेरो पिता शिक्षक हुनुहुन्थ्यो, हजुर पनि मेरो पिता, शिक्षक हुनुहुन्छ। ती हुन् हदका, यहाँ हुनुहुन्छ बेहदका। बेहदका बाबाले बेहदको कुरा सुनाउनुहुन्छ। हदका बाबाले हदको कुरा सुनाउनुहुन्छ। उनी हुन् हदको सुख दिनेवाला। हदको सेवा गर्नेले सर्वोदया नाम राख्छन्, त्यो पनि झूटो हो। सर्व अर्थात् सारा दुनियाँ माथि त दया गर्दैनन्। बाबा नै हुनुहुन्छ, जसले सबै माथि दया गरेर पावन बनाउनुहुन्छ। तत्त्वलाई पनि पावन बनाउनुहुन्छ। एउटै दुनियाँ हो। उही फेरि नयाँबाट पुरानो बन्छ। यही स्वर्ग थियो, यही नर्क छ। यस्तो होइन बौद्घि खण्ड, क्रिश्चियन खण्ड कुनै स्वर्ग थियो। एक बाबा नै सबैलाई दुःखबाट छुटाउने हेभनली गड फादर हुनुहुन्छ। मुक्तिदाता पनि हुनुहुन्छ, गाइड पनि हुनुहुन्छ, उहाँलाई सबैले याद गर्छन्। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! समय धेरै थोरै छ, अब देह सहित सबैबाट बुद्घियोग हटाऊ। अब हामी आफ्नो बाबाको पासमा जान्छौं, फेरि आएर राज्य गर्छौं। मुख्य हीरो र हीरोइनको पार्ट तिम्रो छ। यथा माता-पिता तथा बच्चाहरू सबै पुरुषार्थी छन्। पुरुषार्थ गराउने एकै परमपिता परमात्मा अति प्यारो हुनुहुन्छ। भक्तिमार्गमा पनि उहाँलाई याद गर्छन् तर चिनेका छैनन्। ॠषि-मुनि आदिले पनि भन्दथे– रचयिता र रचना बेअन्त छ। त्यसैले आजकलका गुरुले कसरी भन्छन्– हामी नै परमात्मा हौं। देलवाडा मन्दिरमा आदि देवको चित्र छ, तल कालो देखाउँछन् फेरि अचलघरमा सुनको रारिएको छ, तल तपस्या गरिरहेका छन् माथि स्वर्ग छ। यो हो हाम्रो यादगार। पतितलाई पावन बनाउनुहुन्छ, त्यसैले संगम भयो नि। भक्तिमार्गका पनि हुन्छन्। बाबाले यस शरीर द्वारा आफ्नो जड मन्दिर यादगार पनि देख्नुहुन्छ। सम्झाउनुहुन्छ, मैले हेर्छु– यो मेरो यादगार बनेको छ। तिमीले पनि आफ्नो यादगार हेर। पहिला तिमीले जानेका थिएनौ– यो हाम्रो यादगार हो। अहिले जान्दछौ– हामी जो पूज्य देवता थियौं सो अहिले पुजारी बनेका छौं। हम सो देवता, हम सो क्षत्रिय... ‘हम सो’ को अर्थ पनि तिमीलाई नै थाहा छ। नयाँ दुनियाँ फेरि पुरानो कसरी बन्छ? नयाँ बनोस् अनि पुरानो विनाश हुन्छ। ब्रह्मा द्वारा स्थापना अवश्य यहाँ नै हुनुपर्छ। प्रजा यहाँ रचिन्छ। सूक्ष्मवतनमा त ब्रह्मा एक्लै बसेका छन्। रचना रचेर पूरा गरे अनि फरिश्ता बने।

तिमी हौ प्रजापिता ब्रह्मा मुख वंशावली ब्राह्मण कुलभूषण। सर्वोदया लिडर वास्तवमा तिमी नै हौ। श्रीमत द्वारा तिमीले आफू माथि पनि दया गर्छौ र सबै माथि पनि दया गर्छौ। श्री श्री शिवबाबा बसेर तिमीलाई श्री बनाउनुहुन्छ। श्री श्री वास्तवमा एकलाई नै भन्न सकिन्छ। पतित-पावन सर्वका सद्‌गति दाता एक नै हुनुहुन्छ। बाँकी यो हो असत्य, झूटो दुनियाँ। यसमा जे जति बताउँछन् त्यो सबै झूटो नै हो। रचयिता र रचनाको बारेमा नै झूटो बताउँछन्। बाबाले सत्य बताउनुहुन्छ। यसलाई सत्य-नारायणको कथा भनिन्छ। तिमी ज्ञानले हेर, के बाट के बनिरहेका छौ? श्रीमतमा जति चल्छौ, त्यति उँच पद पाउँछौ। बेहदका पितासँग बेहदको वर्सा लिइन्छ, त्यसैले श्रीमत भगवत गीता भनिन्छ। बाँकी शास्त्र हुन् गीताका रचना। गीता माता पिता हो। गीतालाई खण्डन गर्नाले वर्सा कसैलाई पनि मिल्दैन। यो कुरा तिमी बच्चाहरूले नै बुझेका छौ। यस्तो पनि होइन– जो पुराना छन् उनीहरू नै होशियार हुन्छन्। कति नयाँ, पुराना भन्दा पनि अगाडि जान्छन्। पछि आउनेहरूले पनि उँच पद पाउँछन्। सेकेण्ड बाजी छ। बाबाको बन्यो अर्थात् हकदार बन्यो। यदि कोही टिक्न सक्दैन भने बाबाले के गर्ने? निश्चय बुद्धि भएर श्रीमतमा चले पुग्छ। जसरी त्यो कमाईमा दशा लाग्छ, त्यसैगरी यहाँ पनि दशाहरू लाग्छन्। ग्रहचारी पनि बस्छ किनकि श्रीमतमा चल्दैनन्, बाँकी छ बिलकुल सहज कुरा। बाबा मम्माको बच्चा बन्यो भने अति सुखको वर्सा मिल्छ। एकको मतमा चल्नमा नै कल्याण छ। जसलाई तिमीले आधा कल्प याद गर्यौ्, अहिले उहाँ तिमीलाई मिलेको छ, त्यसैले अब उहाँलाई समात्नु पर्छ, यसमा किन अलमलिन्छौ? बाबा भन्नुहुन्छ– फेरि ड्रामा अनुसार राज्य-भाग्य दिन आएको छु। मेरो मतमा चल्नुपर्छ। बुद्धिले मलाई याद गर, अरू कुनै मेहनत तिमीलाई दिन्न। स्वर्गको वर्सा पनि तिमीले पाउँछौ। हिजो स्वर्ग थियो, आज नर्क छ। अब फेरि स्वर्ग बन्नु छ। हिजो यहाँ मालिक थियौ, आज भिखारी बनेका छौ। राजकुमार र भिखारी बन्ने यो खेल हो। कति सजिलो कुरा छ। देही-अभिमानी बन्दैनन्, यसैमा मेहनत छ। संन्यासीहरूले भन्छन्– तिमीलाई रिस उठ्छ भने मुखमा मुहलरा राख। यो दृष्टान्त सबै यस समयका हुन्। कुमालकोटीको उदाहरण पनि यहाँको लागि हो। विष्टाको कीरालाई आफूसमान बनाउँछ, कमाल छ। यस समय सबै विष्टाका कीरा छन्। उनीहरूलाई तिमी ब्राह्मणीहरूले भुँ-भुँ गर्छौ। कुनै त ब्राह्मणी अथवा ब्राह्मण उड्ने लायक बन्छन्। कुनै शूद्रको शूद्र रहन्छन्। सर्पको उदाहरण पनि यहाँको नै हो। तिमीले आफूलाई आत्मा सम्झ। यो पुरानो वस्त्र उतारेर सत्ययुगमा नयाँ वस्त्र लिनु छ। बाबा हुनुहुन्छ ज्ञानका सागर। गीता कति सानो बनाएका छन्। श्लोकहरूलाई कण्ठ पार्छन्। सबै त्यसमा लट्ठ पर्छन्। गीता पढ्दा-पढ्दै कलियुगको अन्त्य आएको छ। सद्‌गति कसैलाई पनि मिल्दैन। तिमीलाई थोरै मात्र ज्ञान दिन्छुँ– तिमी स्वर्गमा जान्छौ। कति मीठो बन्नु छ। धारणा गर्नु छ। विचार सागर मन्थन गर्नु छ। दिनमा सेवा गर, धेरै कमाई हुन्छ। सबेरै-सबेरै आत्मा ताजा हुन्छ। पटक-पटक अभ्यास गर्नाले बानी बस्छ। अहिले जसले गर्छ, उसले उँच पद पाउँछ– निश्चय बुद्धि विजयन्ती, संशयबुद्धि विनशन्ती। बेहदका पिता मिलेको छ, यसमा संशय किन ल्याउने? शिवबाबाले विश्वको मालिक बनाउनुहुन्छ। उहाँलाई किन बिर्सिन्छौ? यस ज्ञान रत्नसँग बडो प्यार हुनुपर्छ। महादानी बाबाले तिमीलाई विश्वको मालिक बनाउनुहुन्छ। यस ज्ञानका एक-एक रत्न लाखौं रुपैयाका छन्। अच्छा! 

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


धारणाको लागि मुख्य सारः

१) श्रीमतमा चलेर आफूमाथि आफैंले दया गर्नु छ। सर्वोदया बनेर पतित दुनियाँलाई पावन बनाउनु छ।

२) अमृतबेला रूहानी सेवा गरेर कमाई जम्मा गर। विचार सागर मन्थन गर। देही-अभिमानी बन्ने मेहनत अवश्य गर्नुपर्छ।

वरदान:

बाबाको प्यारको पालना द्वारा सहज योगी जीवन बनाउने, स्मृति सो समर्थी स्वरूप भव:-  

सारा विश्वका आत्माहरूले परमात्मालाई पिता भन्छन्, तर पालना र पढाइको पात्र बन्दैनन्। सारा कल्पमा तिमी थोरै आत्माहरू अहिले नै यस भाग्यको पात्र बन्छौ। त्यसैले यो पालनाको यथार्थ स्वरूप हो– सहजयोगी जीवन। पिताले बच्चाहरूको कुनै पनि मुश्किल कुरा हेर्न सक्नुहुन्न। बच्चाहरूले स्वयं नै सोचि-सोचि मुश्किल बनाइदिन्छन्। स्मृति स्वरूपको संस्कारलाई प्रकट गर्यौे भने समर्थी आउँछ।

स्लोगन:

सदा निश्चिन्त स्थितिको अनुभव गर्नको लागि आत्म-चिन्तन र परमात्म-चिन्तन गर।  



***OM SHANTI***

Google+ Followers