BK Murli 9 April 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 9 April 2017 Nepali

    २०७३ चैत्र २७ आइतबार ९-०४-२०१७ ओम् शान्ति रिभाइज १८-०१-२००० “बापदादा” मधुबन

    ब्रह्मा बाबा समान त्याग, तपस्या र सेवाको भाइब्रेशन विश्वमा फैलाऊ


    आज समर्थ बापदादा आफ्ना समर्थ बच्चाहरूलाई देखिरहनु भएको छ। आजको दिन स्मृति दिवस सो समर्थ दिवस हो। आजको दिन बच्चाहरूलाई सर्व शक्ति समर्पण गर्ने दिवस हो। दुनियाँमा अनेक प्रकारका समर्पण हुन्छन् तर ब्रह्मा बाबाले बाबा द्वारा प्राप्त भएको सर्व शक्तिहरू बच्चाहरूलाई समर्पण गर्नुभयो। यस्तो अलौकिक समर्पण अरू कसैले पनि गर्न सक्दैनन्। बाबाले ब्रह्मा बाबालाई साकारमा निमित्त बनाउनु भयो र ब्रह्मा बाबाले बच्चाहरूलाई निमित्त भवको वरदान दिएर समर्पण गर्नुभयो। यो समर्पणले बच्चाहरूमा सहजै शक्तिको अनुभूति गराइरहन्छ। एउटा हुन्छ आफ्नो पुरुषार्थको पावर र यो हो परमात्म द्वारा शक्तिको प्राप्ति। यो प्रभु देन हो, प्रभु वरदान हो। यो प्रभु वरदानले चलाइरहेको छ। वरदानमा पुरुषार्थको मेहनत हुँदैन, सहज र स्वत: निमित्त बनाएर चलाइरहन्छ। सामुन्नेमा थोरै मात्र रहे तर बापदादा द्वारा, विशेष ब्रह्मा बाबा द्वारा विशेष बच्चाहरूलाई यो विल प्राप्त भएको छ र बापदादाले पनि देख्नुभयो– जो बच्चाहरूलाई बाबाले समर्पण गर्नु भयो, ती सबै बच्चाहरूले (आदि रत्नहरूले र सेवाको निमित्त बच्चाहरूले) त्यस प्राप्तिलाई राम्रोसँग कार्यमा लगाए। त्यस प्राप्तिको कारण आज यो ब्राह्मण परिवार दिन प्रतिदिन बढ्दै नै गइरहेको छ। बच्चाहरूको विशेषताको कारणले यो वृद्धि हुनु थियो र भइरहेको छ। 

    बापदादाले देख्नुभयो– निमित्त बनेका र साथ दिनेवाला दुवै प्रकारका बच्चाहरूको दुई वटा विशेषताहरू धेरै राम्रो रह्यो। पहिलो विशेषता– चाहे स्थापनाका आदि रत्न, चाहे सेवाका रत्न दुवैमा संगठनको युनिटी धेरै राम्रो रह्यो। कसैमा पनि किन, के, कसरी... यो संकल्प मात्र पनि रहेन। दोस्रो विशेषता– एउटाले भन्यो अर्कोले मान्यो। यो अतिरिक्त पावरको वायुमण्डलमा विशेषता रह्यो, त्यसैले सबै निमित्त बनेका आत्माहरूलाई बाबा नै बाबा देखियो। 

    बापदादा यस्तो समयमा निमित्त बनेका बच्चाहरूलाई दिल देखि प्यार दिइरहनु भएको छ। बाबाको कमाल त हो नै तर बच्चाहरूको कमाल पनि कम छैन। त्यस समयको संगठन, युनिटी– हामी सबै एक हौं, त्यसैले आज पनि सेवालाई बढाइरहेको छ। किन? निमित्त बनेका आत्माहरूको फाउण्डेशन पक्का रह्यो। बापदादाले पनि आजको दिन बच्चाहरूको कमालको गीत गाइरहनु भएको थियो। बच्चाहरूले चारैतिरबाट प्यारको मालाहरू पहिराए र बाबाले बच्चाहरूको कमालको गुणगान गर्नुभयो। यति समय चल्नेछ, यो सोचेका थियौ? कति समय भयो? सबैको मुखबाट, दिलबाट यही निस्कियो, अब जानु छ, अब जानु छ... तर बापदादालाई थाहा छ– अब अव्यक्त रूपको सेवा हुनु छ। साकारमा यति ठूलो हल बनाएका थियौ? बाबाका अति स्नेही डबल विदेशी आएका थिए? विशेष डबल विदेशीहरूको अव्यक्त पालना द्वारा अलौकिक जन्म हुनु नै थियो, यतिका सबै बच्चाहरूलाई आउनु नै थियो। त्यसैले ब्रह्मा बाबालाई आफ्नो साकार शरीर पनि छोड्नु पर्योय। डबल विदेशीहरूलाई नशा छ– हामी अव्यक्त पालनाको पात्र हौं! 

    ब्रह्मा बाबाको त्याग ड्रामामा विशेष निश्चित छ। सुरु देखि ब्रह्मा बाबाको त्याग र तिमी बच्चाहरूको भाग्य निश्चित छ। सबैभन्दा नम्बरवन त्यागको उदाहरण ब्रह्मा बाबा बने। त्याग त्यसैलाई भनिन्छ– जो सबैकुरा प्राप्त भएर पनि त्याग गर्नु। समय अनुसार, समस्या अनुसारको त्याग श्रेष्ठ त्याग होइन। सुरु देखि नै हेर तन, मन, धन, सम्बन्ध, सर्व प्राप्ति भएर पनि त्याग गरे। शरीरको पनि त्याग गरे, सबै साधन हुँदा हुँदै पनि स्वयं पुरानोमा नै रहे। साधनहरूको आरम्भ भएको थियो। साधन हुँदा हुँदै पनि साधनामा अटल रहे। यो ब्रह्माको तपस्याले तिमीहरू सबै बच्चाहरूको भाग्य बनाएर गयो। ड्रामानुसार यस्तो त्यागको उदाहरण रूपमा ब्रह्मा नै बने र यसै त्यागले संकल्प शक्तिको सेवाको विशेष पार्ट बनायो। जो नयाँ-नयाँ बच्चाहरू संकल्प शक्ति द्वारा फास्ट उन्नति गरिरहेका छन्। त्यसैले सुन्यौ ब्रह्माको त्यागको कहानी? 

    ब्रह्माको तपस्याको फल तिमी बच्चाहरूलाई मिलिरहेको छ। तपस्याको प्रभाव यस मधुबन भूमिमा समाहित छ। साथमा बच्चाहरू पनि छन्, बच्चाहरूको पनि तपस्या छ तर निमित्त त ब्रह्मा बाबालाई भनिन्छ। जो मधुबन तपस्या भूमिमा आउँछन्, ब्राह्मण बच्चाहरूले पनि अनुभव गर्छन्– यहाँको वायुमण्डलले, यहाँको भाइब्रेशनले सहजयोगी बनाइदिन्छ। योग लगाउने मेहनत हुँदैन, सहज लाग्छ र चाहे जस्तो आत्माहरू आए पनि उनले केही न केही अनुभव गरे नै जान्छन्। ज्ञानलाई नबुझे पनि अलौकिक प्यार र शान्तिको अनुभव गरेर नै जान्छन्। केही न केही परिवर्तन गर्ने संकल्प गरेर नै जान्छन्। यो हो ब्रह्मा र ब्राह्मण बच्चाहरूको तपस्याको प्रभाव। साथमा सेवाको विधि– भिन्न-भिन्न प्रकारको सेवा बच्चाहरू द्वारा यथार्थमा गराएर देखाए। त्यसै विधिहरूलाई अहिले विस्तारमा ल्याइरहेका छौ। जसरी ब्रह्मा बाबाको त्याग, तपस्या, सेवाको फल तिमी सबै बच्चाहरूलाई मिलिरहेको छ, त्यसैगरी हरेक बच्चाले आफ्नो त्याग, तपस्या र सेवाको भाइब्रेशन विश्वमा फैलाऊ। जसरी विज्ञान बलले आफ्नो प्रभाव प्रत्यक्ष रूपमा देखाइरहेको छ, यसैगरी विज्ञानको पनि रचयिता शान्ति बल हो। शान्तिको शक्तिलाई अब प्रत्यक्ष देखाउने समय हो। विज्ञान बलको भाइब्रेशन तीव्रगतिले फैलाउने साधन हो– मन-बुद्धिको एकाग्रता। यो एकाग्रताको अभ्यास बढ्नु पर्छ। एकाग्रताको शक्ति द्वारा नै वायुमण्डल बनाउन सक्छौ। हलचलको कारण शक्तिशाली भाइब्रेशन बन्न पाउँदैन। 

    बापदादाले आज देखिरहनु भएको थियो– एकाग्रताको शक्ति अब ज्यादा चाहिन्छ। सबै बच्चाहरूको एकै दृढ संकल्प हुनुपर्छ– अब आफ्नो भाइ-बहिनीको दु:खको घटना परिवर्तन होस्। दिल देखि दया इमर्ज होस्। के विज्ञानको शक्तिले हलचल मच्चाउन सक्छ भने यतिका सबै ब्राह्मणहरूको शान्तिको शक्ति, दयाको भावना द्वारा वा संकल्प द्वारा हलचललाई परिवर्तन गर्न सक्दैनौ! जब गर्नु नै छ, हुनु नै छ भने यस कुरामा विशेष अटेन्शन देऊ। जब देखि तिमी आदि पिताका बच्चाहरू भयौ, तिम्रै सबै वंशावली हुन्, शाखाहरू हुन्, परिवार हुन्, तिमी नै भक्तहरूको ईष्टदेव हौ। यो नशा छ– हामी नै ईष्टदेव हौं? भक्तहरू चिल्लाइरहेका छन्, तिमीले सुनिरहेका छौ! उनले पुकारिरहेका छन्– हे ईष्टदेव, तिमी केवल सुनिरहेका छौ, उनीहरूलाई जवाफ दिँदैनौ? बापदादा भन्नुहुन्छ– हे भक्तहरूका ईष्टदेव! अब पुकार सुन, जवाफ देऊ, केवल सुन्ने मात्र होइन। के जवाफ दिन्छौ? परिवर्तनको वायुमण्डल बनाऊ। तिम्रो जवाफ उनीहरूलाई मिलेन भने उनीहरू पनि सुस्त हुन्छन्। चिल्लाउँछन् फेरि चुप लाग्छन्। 

    ब्रह्मा बाबाको हर कार्यको उत्साहलाई त देखेकै छौ। जस्तै, सुरुमा उमंग थियो, चाबी चाहियो। अहिले पनि ब्रह्मा बाबाले यही शिव बाबासँग भन्छन्– अब घरको गेटको चाबी दिनुहोस्। तर साथ जानेहरू पनि त तयार होऊन्। एक्लैले के गर्ने! त्यसैले अब साथ जानु छ वा पछि-पछि जानु छ? साथमा जानु छ हैन? ब्रह्मा बाबा भन्नुहुन्छ– यदि बाबाले चाबी दिनुभयो भने तिमी एवररेडी छौ त? एवररेडी छौ या रेडी छौ? रेडी होइन, एवररेडी। त्याग, तपस्या, सेवा तीनवटै पेपरमा तयार भयौ? ब्रह्मा बाबा मुस्कराउँछन्– प्यारको आँसु धेरै बहाउँछन् र ब्रह्मा बाबाले त्यो आँसु मोती समान दिलमा राख्छन् तर एक संकल्प अवश्य चल्छ– सबै एवररेडी कहिले बन्लान्! डेट दिऊन्। तिमीले भन्छौ– हामी त एवररेडी हौ, तर तिम्रा जो साथी छन्, उनलाई पनि त बनाउँछौ या उनलाई छोडेर जान्छौ? तिमीले भन्छौ– ब्रह्मा बाबा पनि त जानु भयो नि! तर उनलाई त यो रचना रच्नु थियो। फास्ट वृद्धिको जिम्मेवारी थियो। त्यसोभए सबै एवररेडी छौ, एक जना मात्र होइन, सबैलाई साथ लिएर जानु छ वा एक्लै-एक्लै जान्छौ? सबै एवररेडी छौ वा हुनेछौ? भन? कम से कम ९ लाख त साथ जाऊ। नत्र राज्य कसमाथि गर्छौ? आफैंमाथि राज्य गर्छौ? ब्रह्मा बाबाको यही सबै बच्चाहरूप्रति शुभ कामना छ– एवररेडी बन अनि एवररेडी बनाऊ। 

    आज वतनमा पनि सबै विशेष आदि रत्न र सेवाका आदि रत्न इमर्ज भए। एडभान्स पार्टीले भन्छन्– हामी त तयार छौं। कुन कुराको लागि तयार छन्? उनले भन्छन्– यिनले प्रत्यक्षताको नगाडा बजाए भने हामी सबै प्रत्यक्ष भएर नयाँ सृष्टिको रचनाको निमित्त बन्नेछौं। हामी त आह्वान गरिरहेका छौं– नयाँ सृष्टिको रचना गर्नेवाला आऊन्। अब काम सारा तिमीहरू माथि छ। नगाडा बजाऊ। आउनुभयो, आउनुभयो... को नगाडा बजाऊ। नगाडा बजाउन आउँछ? बजाउनु त छ हैन! अब ब्रह्मा बाबा भन्नुहुन्छ– डेट लिएर आउनु है! तिमीहरूले पनि भन्छौ हैन– डेट बिना काम हुँदैन। त्यसैले यसको पनि डेट बनाऊ। डेट बनाउन सक्छौ? बाबा त भन्नुहुन्छ– तिमीले बनाऊ, आज नै बनाऊ। कन्फ्रेन्सको डेट फिक्स गरेका हौ, त्यस्तै यसको पनि कन्फ्रेन्स गर न! विदेशीले के सम्झन्छौ, डेट फिक्स हुन सक्छ? डेट फिक्स गर्छौ? हुन्छ वा हुँदैन! अच्छा– दादी जानकी सँग सल्लाह गरेर फिक्स गर। अच्छा! 

    देश विदेशका चारैतिरका, बापदादाका अति समीप, अति प्यारा र न्यारा, बापदादाले देखिरहनु भएको छ– सबै बच्चाहरू लगनमा मगन भएर लवलीन स्वरूपमा बसेका छन्। सुनिरहेका छन् र मिलनको झूलामा झुलिरहेका छन्। टाढा छैनौ, नयनको सामुन्ने पनि होइन, समाहित छौ। त्यसैले यसरी सम्मुख मिलन मनाउने र अव्यक्त रूपमा लवलीन बच्चाहरू, सदा बाबा समान त्याग, तपस्या र सेवाको सबूत देखाउने सपूत बच्चाहरू, सदा एकाग्रताको शक्ति द्वारा विश्वको परिवर्तन गर्ने विश्व परिवर्तक बच्चाहरू, सदा बाबा समान तीव्र पुरुषार्थ द्वारा उड्ने डबल लाइट बच्चाहरूलाई बापदादाको धेरै-धेरै-धेरै याद-प्यार एवं नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग एवं नमस्ते।


    वरदान:

    आफ्नो स्नेहको शीतल स्वरूप द्वारा विकराल ज्वाला रूपलाई पनि परिवर्तन गर्ने, स्नेही मूर्त भव:-  

    स्नेहको रिटर्नमा वरदाता बाबाले बच्चाहरूलाई यही वरदान दिनुहुन्छ– “सदा हर समय, हरेक आत्मासँग, हर परिस्थितिमा स्नेही मूर्त भव।” कहिल्यै पनि आफ्नो स्नेही मूर्त, स्नेहको चलन, स्नेही व्यवहार, स्नेहको सम्पर्क-सम्बन्धलाई छोड्नु, भुल्नु हुँदैन। चाहे कुनै व्यक्ति, चाहे प्रकृति, चाहे माया जस्तोसुकै विकराल रूप, ज्वाला रूप धारण गरेर सामुन्ने आउन् तर त्यसलाई सदा स्नेहको शीतलता द्वारा परिवर्तन गर्दै जाऊ। स्नेहको दृष्टि, वृत्ति र कृति द्वारा स्नेही सृष्टि बनाऊ।

    स्लोगन:

    कठिनाइलाई पार गर्नाले तागत आउँछ, त्यसैले त्यससँग नडराऊ।  

      

    ***OM SHANTI***