BK Murli 12 May 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 12 May 2017 Nepali

    २०७४ वैशाख २९ शुक्रबार १२-०५-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– आफ्नो यो जीवनलाई कौडीबाट हीरा जस्तो बनाउनको लागि समयलाई सफल गर, अवगुणहरूलाई निकाल। खान-पिउन, सुत्नमा समय बर्बाद नगर।”  

    प्रश्न:

    मनुष्यहरूले कुन एक शब्दले सबैलाई भगवान्‌को रूप सम्झिएका छन्? बाबाको कुन श्रीमतको पालना गर्ने बच्चा सपूत हो?

    उत्तर:

    बाबा भन्नुहुन्छ– यस समयमा म बहुरूपी हुँ। यस्तो होइन, यहाँ मुरली चलाउँदा परमधाम खाली हुन्छ। मलाई त यस समयमा धेरै काम गर्नुपर्छ, धेरै सेवा चल्छ। बच्चाहरूलाई, भक्तहरूलाई साक्षात्कार गराउनुपर्छ। यस समयमा म बहुरूपी हुँ। यही एक शब्दले मनुष्यहरूले भनेका हुन्– सबै भगवान्‌का रूप हुन्। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! कहिल्यै पनि अवज्ञा नगर। समय अति मूल्यवान छ, यसलाई सुत्नमा नगुमाऊ। कमसे कम ८ घण्टा मेरो लागि देऊ। यस्तो श्रीमत पालन गर्ने बच्चा सपूत हो।

    गीतः–

    तूने रात गँवाई सोके......

    ओम् शान्ति।

    बच्चाहरूलाई बाबाले सम्झाइरहनु भएको छ। बच्चाहरूलाई थाहा छ– हामी सबै बच्चा हौं, बाबाका। हाम्रो शरीरका पिता त हुनुहुन्छ नै शारीरिक, तर आत्मा जो अशरीरी छ, त्यसको पिता पनि अशरीरी हुनुहुन्छ। बाबाले सम्झाउनु भएको छ– बेहदका पिताबाट बेहद सुखको वर्सा मिल्छ। अहिले सुरु हुन्छ, जुन त्रेता अन्त्यसम्म चल्छ। तिमीले अहिले पुरुषार्थ गरिरहेका छौ, भविष्य २१ जन्मको प्रारब्धको लागि। फेरि पछि हदको सुरु हुन्छ, अनि बेहदको पूरा हुन्छ। यी गहन कुराहरू हुन् नि। जान्दछौ, आधाकल्प हामीले हदका बाबासँग वर्सा लिँदै र बेहदका बाबालाई याद गर्दै आएका छौं। आत्माको सम्बन्धमा सबै भाइ हुन्। उहाँ हुनुहुन्छ पिता। भन्छन् पनि– हामी आत्मा भाइ-भाइ हौं, फेरि जब मनुष्य सृष्टिको रचना रचिन्छ तब भाइ-बहिनी हुन्छन्। यो नयाँ रचना हो नि। पछि फेरि परिवार बढ्छ। काका, चाचा, मामा सबै पछि हुन्छन्। यतिबेला बाबाले रचना रचिरहनु भएको छ। बच्चाहरू र बच्चीहरू छन्, अरू कुनै सम्बन्ध छैन। अहिले तिमी जीवन छँदै भाइ-बहिनी बन्छौ। अरू कुनै सम्बन्ध सँग मतलब छैन। अहिले तिमीलाई नयाँ जन्म मिलेको छ। जान्दछौ, हामी अहिले ईश्वरीय सन्तान हौं। शिववंशी ब्रह्माकुमार-कुमारीहरू हौं। ब्रह्माकुमार-कुमारीहरूको अरू सम्बन्ध हुँदैन। यतिबेला सारा दुनियाँ पतित छ, यसलाई पावन बनाउनु पर्छ। भन्छन्, बाबा म हजुरको हुँ। बाबा भन्नुहुन्छ– भविष्यको लागि पुरुषार्थ गरेर आफ्नो जीवन हीरा जस्तो बनाउनु छ। सारा दिन केवल खानु, पिउनु, राति सुत्नु र बाबालाई याद नगर्नु... यसबाट कुनै हीरा जस्तो जन्म मिल्दैन। बाबा भन्नुहुन्छ– शरीर निर्वाह अर्थ काम गर्दै, गृहस्थ व्यवहारमा रहेर कमल फूल समान बन्नु छ। सम्झन्छन्– हामी कौडीबाट हीरा जस्तो अर्थात् मनुष्यबाट देवता बनिरहेका छौं। मनुष्यहरूमा त धेरै अवगुणहरू छन्। देवताहरूमा गुण हुन्छन्, त्यसैले त मनुष्य देवताहरूको अगाडि गएर आफ्ना अवगुणहरू बताउँछन् नि। हजुर सर्वगुण सम्पन्न हुनुहुन्छ... हामी पापी नीच हौं। अब बाबा भन्नुहुन्छ– आफ्ना आसुरी गुणहरू निकालेर ईश्वरीय दैवी गुण धारण गर्नु छ। बाबा त हुनुहुन्छ निराकार, मनुष्य सृष्टिका बीजरूप। उहाँ सत्य हुनुहुन्छ, चैतन्य हुनुहुन्छ, ज्ञानका सागर हुनुहुन्छ। यो ज्ञान त बुद्धिमा बसेको छ नि। यो हो नयाँ ज्ञान। कुनै वेद शास्त्रहरूमा यो ज्ञान छैन। अहिले जुन तिमीले सुन्छौ, यो प्रायः लोप हुन्छ। अहिले तिमीले जान्दछौ– हामी आसुरी गुण भएका मनुष्यहरूबाट दैवीगुण धारण गरेर बाबाद्वारा देवता बनिरहेका छौं। पापहरूको बोझ जुन शिरमाथि छ, त्यो बाबाको यादले हामीले भस्म गर्छौं। भक्तिमार्गमा त यही सुनाउँदै आएका छन्– पानीमा स्नान गर्नाले पाप भस्म हुन्छ। तर पानीले त पावन बन्न सकिँदैन। यदि यस्तो हुँदो हो त फेरि पतित–पावन बाबालाई किन याद गर्छन्? केही पनि बुझ्दैनन्। ज्ञानी र अज्ञानी, यसको पनि एउटा नाटक बनेको छ। अहिले तिमी कति ज्ञानी बनिरहेका छौ। सारा सृष्टि चक्रलाई जान्दछौ। इतिहास भूगोललाई जान्नु, यो पनि ज्ञान हो नि। यदि जान्दैन भने उसलाई अज्ञानी भनिन्छ।

    अहिले तिमी बच्चाहरूलाई थाहा छ– बाबाले आफ्नो परिचय आफ्ना बच्चाहरूलाई दिनु भएको छ। म आएको हुँ, तिमीलाई हीरा जस्तो बनाउन। यस्तो होइन, यहाँबाट सुनेर गयो, खायो पियो, जसरी पहिले चल्थ्यौ.... त्यो त कौडी जस्तो जीवन थियो। देवताहरूको हीरा जस्तो जीवन हुन्छ। उनीहरूले त स्वर्गमा सुख भोग्थे। चित्र पनि छन् नि। अगाडि तिमीले जान्दैनथ्यौ– हामी नै सुखी थियौं, हामी दुःखी भयौं। हामीले ८४ जन्म कसरी लियौं– यो जान्दैनथ्यौं । अहिले मैले बताउँछु। अहिले तिमी अरूलाई पनि सम्झाउने लायक बनेका छौ। बाबाले ज्ञानी बनाउनुहुन्छ, त्यसैले अरूलाई ज्ञान दिनुपर्छ। यस्तो होइन, घरमा गए पछि फेरि पुरानो चाल होस्। शिक्षा पाएर फेरि अरूलाई शिक्षा देऊ। बाबाको परिचय दिंदै 

    जानुपर्छ। बेहदका पिता त सबैका एक नै हुनुहुन्छ। सबै धर्मकाले उहाँलाई नै पुकार्छन्– हे परमपिता परमात्मा वा हे प्रभु भन्छन्। यस्तो कोही छैन होला जसले परमात्मालाई याद न गर्दो हो। सबै धर्मका पिता एक नै हुनुहुन्छ। एकलाई सबैले याद गर्छन्। बाबाद्वारा वर्सा पाउन सबै हकदार छन्। वर्सा माथि पनि सम्झाउन पर्छ। बाबाले कुन चाहिँ वर्सा दिनुहुन्छ? मुक्ति र जीवनमुक्तिको। यहाँ त सबै जीवन बन्धनमा छन्। बाबा आएर सबैलाई रावणको बन्धनबाट छुटाउनुहुन्छ। यतिबेला कोही पनि जीवन मुक्त छैनन्, किनकि रावण राज्य छ। देह-अभिमानी छन्। देवताहरू देही-अभिमानी हुने भएकोले जान्दछन्– हामी आत्माले एउटा शरीर छोडेर अर्को लिन्छौं। केवल परमात्मालाई जान्दैनन्। परमात्मालाई जाने भने त सारा सृष्टि चक्रलाई जान्दछन्। त्रिकालदर्शी केवल तिमी नै हौ। ब्राह्मणहरूलाई नै बाबा बसेर त्रिकालदर्शी बनाउनुहुन्छ। देवताहरू त्रिकालदर्शी हुँदैनन्, त्यसैले उनीहरूको जुन वंशावली आउँछ, उनीहरूमा पनि यो ज्ञान रहँदैन। त्यसैले अरूमा फेरि यो कहाँबाट आओस्? दिने पनि एक नै हुनुहुन्छ। यो सहज राजयोगको ज्ञान, अरू कसैसँग हुन सक्दैन। देवी-देवता धर्मको शास्त्र पनि त हुनुपर्छ। त्यसैले ड्रामा अनुसार उनीहरूलाई फेरि शास्त्र बनाउनुपर्छ। गीता भागवत आदि सबै यसरी नै फेरि बन्छन्। ग्रन्थ पनि यसरी बन्छ। अहिले ग्रन्थ कति ठूलो भएको छ। नत्र भने त यति सानो थियो– हातले लेखिएको थियो। पछि वृद्धि गरेका हुन्। यहाँ पनि त्यस्तै हो। यसको यदि ग्रन्थ बसेर बनाउने हो भने धेरै ठूलो हुन्छ। तर फेरि त्यसलाई सानो बनाइन्छ। अन्त्यमा बाबाले दुई शब्द भन्नुहुन्छ– मनमनाभव। मैले तिमीलाई सबै वेदहरूको शास्त्रहरूको सार सम्झाउँछु। त्यसैले अवश्य नाम त लिनु पर्छ नि। फलानो शास्त्रमा यो–यो छ। ती कुनै धर्मका शास्त्र होइनन्। यहाँको धर्म एउटै छ। बाँकी ती कुन धर्मका शास्त्र हुन्, कहिल्यै प्रमाणित गर्न सकिँदैन। यहाँको शास्त्र हो नै एक गीता। गीतालाई नै सर्वशास्त्र शिरोमणि भनेर गायन गरिएको छ। गीताको महिमा तिमीले यथार्थ जानेका छौ। जुन गीताद्वारा बाबा आएर विश्वलाई स्वर्ग बनाउनुहुन्छ। यहाँका शास्त्रहरूलाई धेरै मान मिल्छ। तर गीताका भगवान् को थिए, उहाँलाई नजान्नाको कारणले झूटो कसम खान्छन्। अब त्यसलाई सच्याऊ। भगवान्‌ले त यस्तो भन्नु भएको छैन– म सर्वव्यापी छु। 

    बच्चाहरूले प्रश्न सोधे– जब शिवबाबा यहाँ आउनुहुन्छ, मुरली चलाउनुहुन्छ, त्यतिबेला के परमधाममा पनि हुनुहुन्छ? बाबा भन्नुहुन्छ– यस समय त मलाई धेरै काम गर्नु पर्छ। धेरै सेवा चल्छ। कैयौं बच्चाहरूलाई, भक्त आदिहरूलाई पनि साक्षात्कार गराउँछु। यस समय म बहुरूपी हुँ। बहुरूपी शब्दले मनुष्यहरूले सम्झेका छन्– सबै रूप उहाँको हो। मायाले उल्टो बनाइदिन्छ, फेरि बाबाले सुल्टो 

    बनाउनुहुन्छ। तिमी बच्चाहरूले अहिले मुक्तिधाममा जाने पुरुषार्थ गरिरहेका छौ। तिम्रो बुद्धि छ, मुक्तिधाम तर्फ। यस्तो कुनै पनि मनुष्यले पुरुषार्थ गराउन सक्दैन जुन बाबाले गराइरहनु भएको छ। अब आफ्नो बुद्धियोग त्यहाँ लगाऊ। जीवन छँदै यो शरीरलाई भुल्दै जाऊ। मनुष्य मर्योन भने भन्छन् स्वर्ग गयो, फेरि पनि रोइरहन्छन्। बाबाका जो सपूत बच्चाहरू हुन्छन्, उनीहरू नै बाबाको मदतगार बनेर सेवा गर्छन्। उनीहरूले कहिल्यै अवज्ञा गर्दैनन्। यदि कसैले अवज्ञा गर्छ भने वास्तवमा आफ्नो गर्छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू यो समय धेरै मूल्यवान छ। भविष्य २१ जन्मको लागि तिमीले कमाई गर्छौ। तिमीले जान्दछौ– हामीलाई विश्वको बादशाही मिल्छ, कति धेरै कमाई छ, त्यसैले त्यसमा लाग्नुपर्छ। बाबालाई याद गर्नु छ। जसरी सरकारी सेवामा ८ घण्टा रहन्छन्। बाबाले पनि भन्नुहुन्छ– मेरो लागि ८ घण्टा देऊ। राति सुतेर आफ्नो समय बर्बाद नगर। दिनरात कमाई गर्नु छ। यो त धेरै सहज छ, केवल बुद्धिको कुरा हो। मनुष्य जब व्यवसायमा जान्छन्, पहिला मन्दिरको सामुन्ने हात जोडेर फेरि पसलमा जान्छन्। फर्किने बेलामा फेरि भुल्छन्, घर याद आउँछ। त्यो पनि राम्रो हो। तर अर्थ केही पनि जान्दैनन्। 

    तिमी बच्चाहरूले कलकत्तामा त धेरै राम्रोसँग सम्झाउनुपर्छ– काली माताको त्यहाँ धेरै मान छ। बंगालीहरूको परम्परा आफ्नै हुन्छ। ब्राह्मणहरूलाई माछा अवश्य ख्वाउँछन्। ठूला मानिसहरूले आफ्नो पोखरी बनाएर त्यसमा माछा पाल्छन्, अनि ब्राह्मणहरूलाई पनि उनीहरूले ख्वाउँछन्। अहिले तिमी पक्का वैष्णव बन्छौ। यथार्थमा तिमी विष्णुको पुरीमा जान्छौ। यस्तो होइन– त्यहाँ ४ हात भएका मनुष्य हुन्छन्। लक्ष्मी–नारायणलाई विष्णु भनिन्छ। दुई हात यिनका, दुई उनका। तिमीले लक्ष्मीको पूजा गर्छौ, वास्तवमा विष्णुको गर्छौ। दुवै छन् नि। तर यतिबेला महिमा माताहरूको छ। जगत् अम्बाको गायन छ। लक्ष्मीको पनि नाम गायन गरिएको छ। बाबा आएर माताहरूद्वारा सबैलाई सद्ग ति दिनुहुन्छ। जगत् अम्बा, उनै फेरि राज-राजेश्वरी बन्छिन्। माताको पूजा हुन्छ। वास्तवमा जगत् अम्बा त एक हुनुहुन्छ नि। जसरी शिवको एउटा लिंग बनाउँछन्, त्यसैगरी फेरि साना-साना शालिग्राम पनि बनाउँछन्। त्यस्तै कालीका पनि साना मन्दिर धेरै छन्। ती माताकी सन्तान जस्तै हुन्। अहिले बाबाले तिमीलाई आफ्नो बनाउनुहुन्छ, यसलाई नै बलि चढ्नु भनिन्छ। तिमी बलि चढ्छौ उहाँमाथि, यी ब्रह्मामाथि होइन। 

    बाबा सम्झाउनुहुन्छ– अब समय खेर फाल्नु हुँदैन। धन्दा आदि गर। यदि धन प्रशस्त छ खानको लागि भने फेरि धेरै टाउको किन दुखाउँछौ? हो, शिवबाबाको यज्ञमा दिन्छौ भने त्यो विश्वको सेवामा लगाउँछौ। बाबा भन्नुहुन्छ– सेन्टर बनाऊ, जहाँ यी बच्चीहरूले मनुष्यलाई देवता बनाउने बाटो बताऊन्। यहाँ पढाइ कति एक नम्बरको छ। धेरैको कल्याण हुन्छ। बाबा भन्नुहुन्छ– लाख करोड कमाऊ, तर काम यस्तो गर जसबाट विश्व पावन बनोस्, सदा स्वस्थ बनोस्। तिमीले भविष्यको लागि अहिले पूरा वर्सा लिन्छौ। त्यहाँ गरीब त कोही हुँदैन। त्यहाँ पनि अहिलेको प्रारब्ध भोग्छौ, त्यसैले धारणा पनि त्यति गर्नुपर्छ। तिम्रो एक-एक पैसा हीरा समान छ, यसबाट विश्व स्वर्ग बन्छ। बाँकी जुन बच्छ, त्यो त खतम हुन्छ। जे जति पैसा बच्छ, त्यो सेवामा लगाऊ। यो सबै भन्दा ठूलो अस्पताल हो। कति गरीब बच्चाले भन्छन्– मैले ८ आना दिन्छु, भवनमा ईंटा लगाइदिनुहोस्। हामीलाई थाहा छ– यहाँबाट मनुष्य सदाको स्वस्थ बन्छन्। यहाँ त धेरै आउँछन्। लाइन यस्तो लाग्नेछ, जुन कहिल्यै देखेका छैनौ। त्यसैले कति खुशी हुनुपर्छ, हामी के बाट के बन्छौं! हामीले शिवबाबाबाट बेहदको वर्सा लिन्छौं। बाबा हुनुहुन्छ, निराकार, ज्ञानका सागर। उहाँ यो रथमा प्रवेश गर्नुहुन्छ। बच्चाहरू धेरै दयावान बन्नुपर्छ। आफूमाथि पनि र अरूमाथि पनि दया गर्नुपर्छ। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


    धारणाको लागि मुख्य सारः

    १) विश्वलाई पावन बनाउने सेवामा आफ्नो तन-मन-धन सफल गर्नु छ। धनलाई हीरा सम्झेर स्वर्ग बनाउने सेवामा लगाउनु छ, व्यर्थ गुमाउनु हुँदैन।

    २) भविष्य २१ जन्मको प्रारब्ध बनाउनको लागि दिन-रात कमाई जम्मा गर, समय खेर फाल्नु हुँदैन। शरीरलाई भुल्ने प्रयास गर।

    वरदान:

    ज्ञान, गुण र शक्तिरूपी खजानाद्वारा सम्पन्नताको अनुभव गर्ने, सम्पत्तिवान भव:-  

    जो बच्चाहरूको पासमा ज्ञान, गुण र शक्तिहरूका खजाना छन्, उनीहरू सदा सम्पन्न अर्थात् सन्तुष्ट रहन्छन्। उनीहरू सँग अप्राप्तिको नाम-निशान रहँदैन। हदका इच्छाहरूको अविद्या हुन्छ। उनीहरू दाता हुन्छन्। उनीहरूमा हदको इच्छा वा प्राप्तिको उत्पत्ति हुँदैन। उनीहरू कहिल्यै माग्ने मगन्ते बन्न सक्दैनन्। यस्ता सदा सम्पन्न र सन्तुष्ट बच्चाहरूलाई नै सम्पत्तिवान भनिन्छ।

    स्लोगन:

    प्यारमा सदा मग्न रह्यौ भने मेहनतको अनुभव हुँदैन।  

    ***OM SHANTI***