BK Murli 13 May 2017 Nepali

BK Murli 13 May 2017 Nepali

२०७४ वैशाख ३० शनिबार १३-०५-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

“मीठे बच्चे– श्रीमतमा कहिल्यै मनमत नमिसाउनु, मनमतमा चल्नु भनेको आफ्नो तकदिरलाई पूर्ण विराम लगाउनु हो।”  

प्रश्न:

बच्चाहरूले बाबाबाट कुनचाहिँ आशा राख्नु हुँदैन?

उत्तर:

कति बच्चाहरू भन्छन्– बाबा मेरो बिमारीलाई ठीक गरिदिनु, केही कृपा गर्नु। बाबा भन्नुहुन्छ– यो त तिम्रो पुरानो अंग हो। थोरै गाह्रो त हुन्छ, यसमा बाबाले के गर्ने। कोही मर्योर, कंगाल बन्यो भने यसमा बाबा सँग कृपा के माग्छौ? यो त तिम्रो हिसाब-‌किताब हो। योगबलले तिम्रो आयु बढ्न सक्छ। जति हुन सक्छ योगबल द्वारा काम लेऊ।

गीत:–

तूने रात गँवाई.........

ओम् शान्ति।

बच्चाहरूलाई ओम्‌को अर्थ त बताएको छु। यस्तो होइन ओम् मतलब भगवान्। ओम् अर्थात् अहम् अर्थात् म। म को? मेरा यी अंगहरू। बाबा पनि भन्नुहुन्छ– अहम् आत्मा, तर म परम आत्मा हुँ मतलब परमात्मा हुँ। उहाँ हुनुहुन्छ परमधाम निवासी परमपिता परमात्मा। भन्नुहुन्छ– म यस शरीरको मालिक होइन। म रचयिता, निर्देशक, एक्टर हुँ, यी बुझ्नुपर्ने कुरा हुन्। म स्वर्गको रचयिता अवश्य हुँ। सत्ययुगलाई रचेर कलियुगको विनाश अवश्य गराउनु नै छ। म गर्ने-गराउनेवाला भएका कारण मैले गराउँछु। यो कसले भन्छ? परमपिता परमात्मा। फेरि भन्छन्– म ब्रह्माण्डको मालिक हुँ। ब्रह्माण्डको मालिक तिमी बच्चाहरू पनि हौ, जब बाबाको साथमा रहन्छौ। त्यसलाई स्वीट होम पनि भनिन्छ। फेरि जब सृष्टि रचिन्छ तब पहिले ब्राह्मण रचिन्छ जो फेरि देवता बन्छन्। उनीहरूले पूरै ८४ जन्म लिन्छन्। शिवबाबा सदा पूज्य हुनुहुन्छ। आत्मालाई त पुनर्जन्म लिनु नै छ। बाँकी ८४ लाख त हुन सक्दैन। बाबा भन्नुहुन्छ– तिमी आफ्नो जन्मलाई जान्दैनौ, मैले बताउँछु। ८४को चक्र भनिन्छ। ८४ लाखको होइन। यस चक्रलाई याद गर्नाले तिमीहरू चक्रवर्ती राजा बन्छौ। अब बाबा भन्नुहुन्छ– मामेकम् याद गर। देहसहित देहका सबै सम्बन्धलाई भुल्दै जाऊ। अहिले तिम्रो यो अन्तिम जन्म हो। जबसम्म यो कुरा बुद्धिमा आउँदैन तबसम्म बुझ्दैनौ। यो पुरानो शरीर, पुरानो दुनियाँ हो। यो देह त समाप्त हुनु छ। भनाइ पनि छ– तिमी मरेपछि दुनियाँ समाप्त। यो पुरुषार्थको सानो संगमको समय हो। बच्चाहरूले सोध्छन्– बाबा यो ज्ञान कहिलेसम्म चल्छ? जबसम्म भविष्य दैवी राजधानी स्थापना हुँदैन तबसम्म सुनाइ नै रहनुहुन्छ। परीक्षा पूरा हुन्छ फेरि ट्रान्सफर हुन्छौ नयाँ दुनियाँमा। जबसम्म शरीरलाई केही न केही भइरहन्छ। यो शारीरिक रोग पनि कर्मभोग हो। बाबाको यो शरीर कति प्रिय छ। तैपनि खोकी आदि हुन्छ त्यतिखेर बाबा भन्नुहुन्छ– यो तिम्रो शरीर पुरानो भएको छ यसैले तकलिफ हुन्छ। यसमा बाबाले मदत गर्नुहुन्छ भन्ने आशा राख्नु हुन्न। कंगाल बन्यो, बिमारी भयो, बाबा भन्नुहुन्छ– यो तिम्रो नै हिसाब-‌किताब हो। हो, फेरि पनि योगबाट आयु बढ्छ, तिमीलाई नै फाइदा छ। आफ्नै मेहनत गर, कृपा नमाग। बाबाको यादमा कल्याण छ। जति हुन सक्छ योगबलले काम लेऊ। गाउँछन् पनि– मलाई पलकमा छुपाउनुहोस्... प्रिय चीजलाई नूरे रत्न, प्राणभन्दा प्यारो भन्छन्। उहाँ बाबा त धेरै प्रिय हुनुहुन्छ, तर गुप्त हुनुहुन्छ त्यसैले पूरा प्रेम रहँदैन। नत्र उहाँको लागि प्रेम यस्तो हुनुपर्छ जसका बारेमा कुरै नगर। बच्चाहरूलाई त बाबा पलकमा छुपाउनुहुन्छ। पलक कुनै यी आँखा होइनन्, यो त बुद्धिमा याद राख्नु छ– यो ज्ञान हामीलाई कसले दिइरहेको छ? अति प्रिय निराकार बाबा, जसको महिमा नै छ– पतित-‌पावन, ज्ञानको सागर, सुखको सागर, उहाँलाई फेरि सर्वव्यापी भनिदिन्छन्। त्यसो भए हर एक मनुष्य ज्ञानको सागर, सुखको सागर हुनुपर्ने हो। तर होइन, हर आत्मालाई आफ्नो अविनाशी पार्ट मिलेको छ। यी हुन् बहुत गुप्त कुराहरू। पहिले त बाबाको परिचय दिनु छ। पारलौकिक बाबा स्वर्गको रचना रच्नुहुन्छ। सत्ययुग सचखण्डमा देवी-‌देवताहरूको राज्य हुन्छ, जो नयाँ दुनियाँ बाबाले रच्नुहुन्छ। कसरी रच्नुहुन्छ त्यो तिमी बच्चाहरूले जान्दछौ। भन्नुहुन्छ– म आउँछु नै पतितलाई पावन बनाउन। त्यसैले पतित सृष्टिमा आएर पावन बनाउनुपर्छ नि। गाउँछन् पनि– ब्रह्माद्वारा स्थापना। त्यसैले उहाँको मुखद्वारा ज्ञान सुनाउनुहुन्छ र श्रेष्ठ कर्म सिकाउनुहुन्छ। बच्चाहरूलाई भन्नुहुन्छ– म तिमीलाई यस्तो कर्म सिकाउँछु जसकारण वहाँ तिम्रो कर्म विकर्म हुँदैन किनकि वहाँ माया नै छैन त्यसैले तिम्रो कर्म अकर्म बन्छ। यहाँ माया छ त्यसैले तिम्रो कर्म विकर्म नै बन्छ। मायाको राज्यमा जे जति गर्छौ उल्टो नै गर्छौ। 

अब बाबा भन्नुहुन्छ– मद्वारा तिमी सबै कुरा जान्दछौ। उनीहरू साधना आदि गर्छन्– परमात्मासँग मिल्नको लागि अनेक प्रकारका हठयोग आदि सिकाउँछन्। यहाँ त बस एक बाबालाई याद गर्नु छ। मुखले शिव-‌शिव पनि भन्नु छैन। यो बुद्धिको यात्रा हो। जति याद गर्छौ त्यति रुद्र मालाको दाना बन्छौ, बाबाको नजिक आउँछौ। शिवबाबाको गलाको हार बन्नु वा रुद्र मालामा नजिक आउनु, त्यसको दौड छ। चार्ट राख्नु छ जसकारण अन्त्य मति सो गति होस्। देह पनि याद नआओस्, यस्तो अवस्था चाहिन्छ। 

बाबा भन्नुहुन्छ– अहिले तिमीलाई हीरा समान जन्म मिलेको छ। त्यसैले मेरा प्यारा बच्चाहरू! निद्रालाई जित्नेवाला बच्चा, कम से कम ८ घण्टा मेरो यादमा बस। अहिले त्यो अवस्था आएको छैन। चार्ट राख– म सारा दिनमा कति समय यादको यात्रामा चल्छु। कहीँ रोकिन त रोकिन्न? बाबालाई याद गर्नाले वर्सा पनि बुद्धिमा रहन्छ। प्रवृत्ति मार्ग हो नि। नम्बरवन हो बाबाले स्थापना गरेको स्वर्गको देवी-‌देवता धर्म। बाबा राजयोग सिकाएर स्वर्गको मालिक बनाउनुहुन्छ, फेरि यो ज्ञान प्रायः लोप हुन्छ। फेरि यो ज्ञान शास्त्रमा कहाँबाट आयो? रामायण आदि त पछि बनाएका हुन्। सारा दुनियाँ नै लंका हो। रावणको राज्य हो नि। बाँदरजस्ता मनुष्यलाई पवित्र मन्दिर लायक बनाएर रावण राज्यलाई खत्तम गरिदिनुहुन्छ। सद्ग ति दाता बाबाले ज्ञान दिनुहुन्छ सद्गयतिको लागि। उहाँले सद्गईति गर्नुहुन्छ अन्त्यमा। 

अब बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! सबैलाई छोडेर एक मबाट सुन। म को हुँ, पहिले यो निश्चय चाहिन्छ। म तिम्रो उही बाबा हुँ। म तिमीलाई फेरि सबै वेद शास्त्रको सार सुनाउँछु। यो ज्ञान त बाबामा दिनुहुन्छ। फेरि त विनाश हुन्छ। फेरि जब द्वापरमा खोजी गर्छन् तब त्यही गीता शास्त्र आदि निस्कन्छ। भक्तिमार्गको लागि अवश्य त्यही सामग्री चाहिन्छ। जो अहिले तिमीले देखेका छौ, अरूको ज्ञान त परम्परादेखि चल्दै आउँछ। यो ज्ञान त यहाँ नै खत्तम हुन्छ। पछि जब खोजी गर्छन् तब यिनै शास्त्र आदि हात पर्छन्, यसैले यिनलाई अनादि भनिदिन्छन्। द्वापरमा सबै तिनै शास्त्र निस्कन्छन्। तब त म आएर फेरि सबैको सार सुनाउँछु, फेरि तिनै रिपीट हुन्छन्। कसैले पुनरावृत्तिलाई मान्छन् कोही के भन्छन्। अनेक मत छन्। विश्वको इतिहास भूगोल त तिमी बच्चाहरूले नै जान्दछौ, अरू कसैले जान्न सक्दैन। उनीहरूले कल्पको आयु लाखौं वर्ष बनाइदिएका छन्। यस्तो पनि धेरैले भन्छन्– महाभारत युद्ध भएको ५ हजार वर्ष भयो। यो फेरि त्यही लडाईं छ। त्यसैले अवश्य गीताको भगवान् पनि हुनुपर्छ। यदि कृष्ण हुने हो भने उनी फेरि मोर मुकुटधारी हुनुपर्छ। कृष्ण त सत्ययुगमा नै हुन्छन्। तिनै कृष्ण त अहिले हुन सक्दैनन्। यिनको अर्को जन्ममा पनि तिनै कला रहँदैनन्। १६ कलाबाट १४ कला बन्नु छ भने जन्मपछि जन्म थोरै थोरै फरक पर्दै जान्छ नि। हुन त मोर मुकुटधारी धेरै छन्। कृष्ण जो पहिलो नम्बरमा १६ कला सम्पूर्ण छन्, उनको त पुनर्जन्मद्वारा थोरै-थोरै कला कम्ती हुँदै जान्छ। यो धेरै गहन रहस्य हो। 

बाबा भन्नुहुन्छ– यस्तो होइन, हिंड्दा डुल्दा, घुमेर समय नबिताऊ। यो नै कमाईको समय हो। जसका पासमा धन धेरै छ उसले सम्झन्छ, हाम्रो लागि यहाँ नै स्वर्ग छ। बाबा भन्नुहुन्छ– बधाई छ तिमीलाई, तिम्रो यस स्वर्गको लागि। बाबा त गरिब निवाज हुनुहुन्छ। गरिबलाई दान दिनुहुन्छ। गरिबलाई समर्पण हुन सहज हुन्छ। हो, कोही साहुकार विरलै निस्कन्छन्। यो धेरै बुझ्नुपर्ने कुरा छ। देहको भान पनि छोड्नु छ। यो दुनियाँ नै खत्तम हुनु छ, फेरि हामी बाबाको पासमा जान्छौं। सृष्टि नयाँ बन्छ। कोही एडवान्समा पनि जान्छन्। श्रीकृष्णको माता-पिता पनि त एडवान्समा जानुपर्छ, जसले फेरि कृष्णलाई गोद लिऊन्। कृष्णबाट नै सत्ययुग सुरु हुन्छ। यो बडो गहन कुरा हो। यो त बुझ्नु पर्ने कुरा छ– को माता-पिता बन्छन्? सेकेन्ड नम्बरमा आउने लायक को छन्? सेवाद्वारा पनि तिमीले बुझ्न सक्छौ। भाग्यका कारण पनि कोही जम्प लगाएर अगाडि आउँछन्। यस्तो भइरहेको छ, पछि आएकाले धेरै राम्रो सेवा गरिरहेका छन्। रूप वसन्त तिमी बच्चाहरू हौ। बाबालाई पनि वसन्त भनिन्छ। हुन त तारा हुनुहुन्छ। यति बडो त हुनुहुन्न। परम आत्मा मतलब परमात्मा। आत्माको रूप कुनै ठूलो हुँदैन। तर मनुष्य नअलमलिऊन्‍ त्यसैले ठूलो रूप देखाइएको हो। उच्चभन्दा उच्च शिवबाबा हुनुहुन्छ। फेरि छन् ब्रह्मा विष्णु शंकर। ब्रह्मा पनि व्यक्तबाट अव्यक्त बन्छन् अरू कुनै चित्र छैन। विष्णुका दुई रूप लक्ष्मी-‌नारायण बन्छन्। शंकरको पार्ट सूक्ष्मवतनसम्म छ। यहाँ स्थूल सृष्टिमा आएर पार्ट खेल्नु हुन्न, न पार्वतीलाई अमर कथा सुनाउनुहुन्छ। यी सबै भक्तिमार्गका कथाहरू हुन्। यी शास्त्र फेरि पनि निस्कन्छन्। तिनमा केही आँटामा नूनजति सत्य छ। जसरी श्रीमत भागवत् गीता अक्षर सही छ। फेरि भनिदिन्छन्– श्रीकृष्ण भगवान्.... यो बिलकुल गलत हो। देवताहरूको महिमा अलग, उच्चभन्दा उच्च हुनुहुन्छ नै परमपिता परमात्मा। जसलाई सबैले याद गर्छन्, उहाँको महिमा अलग छ। सबै एक कसरी हुन सक्छन्। सर्वव्यापीको अर्थ नै निस्कँदैन। 

तिमी हौ रूहानी मुक्ति सेना, तर गुप्त छौ। स्थूल हतियार आदि त हुन सक्दैन। यो ज्ञानको बाण, ज्ञान कटारीको कुरा हो। मेहनत छ, पवित्रतामा। बाबासँग पूरा प्रतिज्ञा गर्नु छ। बाबा म पवित्र बनेर स्वर्गको वर्सा अवश्य लिन्छु। वर्सा बच्चाहरूलाई नै मिल्छ। बाबा आएर आशीर्वाद गर्नुहुन्छ, माया रावणले त श्रापित गर्छ। त्यसैले यस्ता मस्ट बिलेबेड बाबासँग कति प्रेम हुनुपर्ने हो। बच्चाहरूको निष्काम सेवा गर्नुहुन्छ। पतित दुनियाँ, पतित शरीरमा आएर तिमी बच्चाहरूलाई हीरासमान बनाएर निर्वाणधाममा बस्नुहुन्छ। यस समय तिमीहरू सबैको वानप्रस्थ अवस्था छ त्यसैले बाबा आउनु भएको छ, सबैको ज्योति जगाउन अनि सबै मीठा बन्छन्। बाबाजस्तै मीठो बन्नु छ। गाउँछन् पनि– कितना मीठा कितना प्यारा... तर बाबा कति निरहंकारितासँग तिमी बच्चाहरूको सेवा गर्नुहुन्छ। तिमी बच्चाहरूलाई पनि यति रिटर्न सर्विस गर्नुपर्छ। यो हस्पिटल कम युनिवर्सिटी त घर-‌घरमा हुनुपर्छ। जसरी घर-‌घरमा मन्दिर बनाउँछन्। तिमी बच्चीहरू २१ जन्मको लागि स्वास्थ्य-‌सम्पत्ति दिन्छौ श्रीमतअनुसार। तिमी बच्चाहरू पनि श्रीमतमा चल्नु छ। कहीँ आफ्नो मत देखायौ भने तकदिरलाई लकिर लाग्छ। कसैलाई दुःख नदेऊ। जसरी महारथी बच्चाहरू सेवा गरिरहेका छन् त्यसरी नै फलो गर्नु छ। तख्तनशीन बन्ने पुरुषार्थ गर्नु छ। अच्छा! 

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


धारणाको लागि मुख्य सारः

१) बाबा समान निरहंकारी बनेर सेवा गर्नु छ। बाबाको जुन सेवा लिइरहेका छौ त्यसको दिलबाट रिटर्न दिनु छ, धेरै मीठो बन्नु छ।

२) हिंड्दा डुल्दा आफ्नो समय गुमाउनु छैन.... शिवबाबाको गलाको हार बन्नको लागि दौड लगाउनु छ। देह पनि याद नआओस्.... यसको अभ्यास गर्नु छ।

वरदान:

परमात्मा चिन्तनको आधारमा सदा निश्चिन्त रहने निश्चयबुद्धि, निश्चिन्त भव:-   

दुनियाँमा हर कदममा चिन्ता छ र तिमी बच्चाहरूका हर संकल्पमा परमात्म-‌चिन्तन छ त्यसैले निश्चिन्त छौ। गर्ने गराउनेले गराइरहनु भएको छ, तिमी निमित्त बनेर गर्नेवाला हौ, सबैको सहयोगको औंला छ। त्यसैले हर कार्य सहज र सफल भइरहेको छ, सबै ठीक चलिरहेको छ र चल्नु नै छ। गराउनेले गराइरहनु भएको छ, मैले केवल निमित्त बनेर तन मन धन सफल गर्नु छ। यो नै बेफिक्र, निश्चिन्त स्थिति।

स्लोगन:

सदा सन्तुष्टताको अनुभव गर्नको लागि सबैको आशीर्वाद लिइराख।  



***OM SHANTI***

Google+ Followers