BK Murli 17 May 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 17 May 2017 Nepali

    २०७४ जेष्ठ ३ बुधबार १७-०५-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– निद्रालाई जित्नेवाला बन, राति जागेर ज्ञान चिन्तन गर, बाबाको यादमा रहने गर अनि खुशीको पारा चढ्नेछ।”  

    प्रश्न:

    भारतखण्डमा अनेक छुट्टी हुन्छन् तर संगमयुगमा तिमीलाई एक सेकेण्ड पनि छुट्टी मिल्दैन, किन?

    उत्तर:

    किनकि संगमको एक-एक सेकेण्ड अति मूल्यवान् छ, यसमा श्वासों श्वास बाबालाई याद गर्नु छ, रात-दिन सेवा गर्नु छ। आज्ञाकारी, वफादार बनेर यादद्वारा विकर्म विनाश गरेर इज्जतको साथमा सीधा घर जानु छ, सजायबाट छुट्नु छ, आत्मा र शरीर दुवैलाई कंचन बनाउनु छ। त्यसैले तिमीलाई एक सेकेण्ड पनि छुट्टी हुँदैन।

    गीत:–

    हमारी तीर्थ न्यारा हैं...

    ओम् शान्ति।

    बच्चाहरूलाई थाहा छ– तीर्थ यात्रा दुई प्रकारका हुन्छन्– एक रूहानी, अर्को जिस्मानी। घाट पनि दुई प्रकारका हुन्छन्। एक त नदीहरूको घाट हुन्छ। अर्को फेरि तिमी बच्चाहरूको नयाँ-नयाँ सेन्टरहरू अर्थात् घाट बन्दै जान्छन्। सोधिन्छ– कानपुरमा ज्ञान अमृत पिउने वा ज्ञान स्नान गर्ने कति वटा घाट छन्? भन्छौ ४-५ घाट छन्। एड्रेस पनि सबै घाटहरूको राखिन्छ। यो फलाना घाट हो, त्यहाँ गएर जसले ज्ञान स्नान गर्छ, उसले जीवनमुक्ति पाउन सक्छ। बच्चाहरूलाई थाहा छ– मुक्ति र जीवनमुक्ति केलाई भनिन्छ। वास्तवमा भारतवर्ष जीवनमुक्त थियो, त्यसलाई नै स्वर्ग भनिन्छ फेरि जीवनबन्धमा आउँछ अनि त्यसलाई नर्क भनिन्छ। तिमी बच्चाहरूलाई थाहा छ– हामी तीर्थमा जान्छौं, ज्ञान स्नान गर्नाले नै सद्गति हुन्छ। सद्गतिको साक्षात्कार पनि तिमी बच्चाहरूलाई भएको छ। सद्गति भनिन्छ स्वर्गलाई र दुर्गति भनिन्छ नर्कलाई। सद्गति स्वर्ग अवश्य सत्ययुग हुन्छ र दुर्गति नर्क कलियुग हुन्छ। तिमी बच्चाहरूले सबैलाई निमन्त्रण दिन्छौ– यस कलियुगी नर्कबाट सत्ययुगी स्वर्ग जानुहुन्छ? स्वर्गको साथ सत्ययुग अक्षर अवश्य राख्नुपर्छ अनि स्वर्ग र नर्क अलग-अलग हुन्छ। नत्र मनुष्यले भनिदिन्छन्– स्वर्ग, नर्क यहाँ नै छ। स्वर्ग र नर्कलाई हिन्दुहरूले नै जान्दछन्। वहाँ जान्छन् देवी-देवता धर्मका, अरू कसैलाई थाहा छैन । हर एकको आ-आफ्नो धर्म र आफ्नै धर्म शास्त्र छ। त्यसैले हरेकले आफ्नो धर्म शास्त्र नै पढ्नुपर्छ। आफ्नो धर्मशास्त्र नै कल्याणकारी हुन्छ। 

    तिमी बच्चाहरूलाई थाहा छ– हामी वास्तवमा उच्च कुलका हौं। जबसम्म तिमीले मनुष्यहरूलाई ड्रामाको रहस्य बुझाउँदैनौ, तबसम्म त उनीहरू घोर अन्धकारमा हुन्छन्। त्यसैले यी चित्रहरूमा पनि सम्झाउनुपर्छ। तिमी बच्चाहरूले सबै युगलाई जानेका छौ, चित्र विना मनुष्यले बुझ्न सक्दैनन्। बुद्धिमा बस्दैन। तिमीले विद्यालयमा नक्शा विना कसैलाई बताऊ– फ्रांस, इंगलैण्ड यहाँ छ, बिल्कुल बुझ्दैनन्। त्यस्तै यो कुरा पनि विना चित्र केही बुझ्न सक्दैनन्। चित्रहरूको सम्मुखमा ल्याएर सम्झाउनुपर्छ– यो ड्रामा हो। अब बताऊ– तपाईं कुन धर्मको हुनुहुन्छ? तपाईंको धर्म कहिले आउँछ? सत्ययुगमा कुनचाहिँ धर्म हुन्छ? चित्रमा बिल्कुल स्पष्ट लेखिएको छ। सत्ययुग त्रेतामा सूर्यवंशी चन्द्रवंशी जब थिए, त्यतिबेला अरू धर्म थिएन। अब त्यो देवता धर्म छँदै छैन। त्यसैले अवश्य त्यो स्थापना हुनुपर्छ। अब दुनियाँ पुरानो छ, अवश्य फेरि नयाँ दुनियाँ स्थापना हुनुपर्छ। नयाँ दुनियाँमा लक्ष्मी-नारायणको राज्य थियो। लक्ष्मी-नारायणको चित्र नै मुख्य हो। लक्ष्मी-नारायणको नाम प्रत्यक्ष छ, उनका ठूला-ठूला मन्दिर पनि बनाउँछन्। शिवका पनि अनेक नाम राखेर, अनेक मन्दिर बनाएका छन्। उहाँको पनि नाम प्रख्यात छ। सोमरस पिलाउनु हुन्छ त्यसैले सोमनाथ नाम राखिदिएका छन्। मनुष्यहरूले धेरै नाम राखेका छन्, त्यसैले सम्झाउनुपर्ने हुन्छ। रुद्र, शिव, सोमनाथ– यी सबै नाम किन राखिएको हो? बद्रीनाथको अर्थ के हो? धेरै नाम नबुझिकन राखिदिएका छन् त्यसैले मनुष्य अलमलिएका छन्। यसको यथार्थ नाम नै हो रुद्र गीता ज्ञान यज्ञ। बाबा भन्नुहुन्छ– यस मेरो ज्ञान यज्ञद्वारा यो विनाश ज्वाला प्रज्जलित भएको हो। यो हो भगवानुवाच। कोही आयो भने पहिला उसलाई गीतामा पनि अवश्य सम्झाऊ। त्यसमा लेखिएको छ भगवानुवाच– म एकलाई याद गर्यौ। भने विकर्म विनाश हुन्छ र तिमी मेरो पासमा आउनेछौ। उहाँ हुनुहुन्छ बेहदका बाबा, स्वर्गका रचयिता, जीवनमुक्तिका रचयिता। नाम नै छ हेविनली गड फादर, जसले स्वर्गको स्थापना गर्नुहुन्छ। तर स्वर्गमा रहनुहुन्न। स्वर्ग स्थापना गर्नेवाला हुनुहुन्छ भगवान्। स्थापना, विनाश, पालनाको कार्य गर्नुहुन्छ नि। अब बाबा भन्नुहुन्छ– म पारलौकिक बाबालाई याद गरेर आफूलाई अशरीरी आत्मा सम्झ, नत्र मेरो पास कसरी आउँछौ? बाबा भन्नुहुन्छ– यो तिम्रो अन्तिम जन्म हो, त्यसैले म सँग योग लगाउनाले तिम्रो विकर्म विनाश हुन्छ । यसलाई योग अग्नि भनिन्छ। मनुष्यले त तन्दुरुस्तीको लागि अनेक प्रकारका योग सिकाउँछन्। अब पारलौकिक बाबा भन्नुहुन्छ– म सँग योग लगाऊ। यस ज्ञानको धारणा गर्यौा भने तिम्रो विकर्म विनाश हुन्छ र फेरि म तिमीलाई सत्ययुग, वैकुण्ठको बादशाही दिन्छु। त्यसैले मान्नुपर्छ नि। बाबा भन्नुहुन्छ– हे निद्रालाई जित्नेवाला प्यारा बच्चाहरू, निद्रालाई जितेर बाबालाई याद गर किनकि तिमीलाई मेरो पासमा मेरो निराकारी दुनियाँमा आउनु छ। यदि कृष्ण भए भन्ने थिए मेरो वैकुण्ठमा आउनु छ। जो जहाँको वासी हुन्छ वहाँको नै लक्ष्य देखाउँछ। निराकार बाबा भन्नुहुन्छ– तिमीले मलाई याद गर्यौर भने मेरो निराकारी दुनियाँमा आउँछौ, मेरो पासमा आउने यही एउटा बाटो हो। अहिले तिमी बच्चाहरू हौ मुख वंशावली। कोख वंशावली र मुख वंशावली अक्षर बिल्कुल सहज छ। अहिले तिमीले भन्दछौ– बाबा म हजुरको हुँ। म पनि भन्छु– हो, बच्चाहरू तिमी मेरा हौ, अब तिमी मेरो मतमा चल। 

    तिमीलाई थाहा छ– यहाँ जब स्वर्ग थियो, त्यतिबेला बाँकी यतिका सबै आत्माहरू कहाँ थिए? मुक्तिधाममा। वहाँ हुन्छ नै एक धर्म, त्यसैले ताली बज्दैन। लडाईं -झगडाको नाम हुँदैन। उनीहरूले भन्न त भन्छन् हामी हिन्दू चिनीयाँ भाइ-भाइ हौं, तर छन् कहाँ। उनीहरू त लडिरहन्छन्। गाउँछन् पतित-पावन सीताराम, अवश्य स्वयं पतित छन् त्यसैले त गाउँछन्। सत्ययुगमा त हुन्छ नै पावन दुनियाँ त्यसैले वहाँ यसरी गायन गरिदैन। यो पतित दुनियाँ हो त्यसैले गाउँछन्। पावन दुनियाँ भनिन्छ सत्ययुगलाई, पतित दुनियाँ भनिन्छ कलियुगलाई। यो पनि मनुष्यले बुझ्न सक्दैनन्। कति मलीन बुद्धि छ। हामीले पनि बुझ्दैनथ्यौं। तमोप्रधान बुद्धि हुनाले सबै बिर्सिन्छौं। बाबा भन्नुहुन्छ– तिमी बिल्कुल बेसमझ बनेका छौ। तिमी कति समझदार थियौ। तिमी नै देवता सतोप्रधान थियौ। अब बेसमझ शूद्र, तमोप्रधान बनेका छौ। तिमीले स्वर्गमा कति सुख पायौ। तिमी बच्चाहरू उच्च भन्दा उच्च कुलका थियौ– देवी-देवताहरूको। अब तिमी कति तुच्छ नर्कवासी बनेका छौ। यो बाबा नै आएर आफ्ना बच्चाहरूलाई भन्नुहुन्छ। बच्चाहरूले अनुभव गर्छन्– वास्तवमा हामी नै पूज्य देवता थियौं फेरि पुजारी बन्यौं। बाबाले कति समझदार बनाउनु भएको थियो, अब फेरि बनाइरहनु भएको छ। यो कुरा राती चिन्तन गरेर धेरै खुशी हुनुपर्छ। अमृतबेला उठेर बाबालाई याद गरेर यो चिन्तन गर्यौौ भने खुशीको पारा धेरै चढ्छ। कति बच्चाहरू त सारा दिनमा एक सेकेण्ड पनि याद गर्दैनन्। हुन त यहाँ सुन्छन् तर बुद्धियोग अरू तिर हुन्छ। निराकार परमात्मा कसलाई भनिन्छ, यो पनि जान्दैनन्। विद्यालयमा कुनै-कुनै दुई-तीन पटक पनि फेल हुन्छन्। आखिर पढ्न सक्दैनन् अनि फेरि विद्यालय नै छोडिदिन्छन्। यहाँ पनि पढाइ बुझ्दैनन् अनि छोडिदिन्छन्। मायाले जोड सँग थप्पड लगाइदिन्छ। विकारको मुक्का लाग्यो अनि सत्यानाश। माया यस्तो प्रबल छ, धेरै दुष्ट छ। तिम्रो बक्सिङ कुनै मनुष्य सँग छैन, माया सँग छ। हामी मायामाथि जित पाउँछौं। यसको लागि तिमी बच्चाहरूले धेरै पुरुषार्थ गर्नुपर्छ। जति हुन सक्छ रातमा जागेर विचार सागर मन्थन गर्नुपर्छ। प्राक्टिस हुन्छ। भगवानुवाच सबै बच्चाहरू प्रति हो, केवल एक अर्जुन प्रति होइन। सबै युद्धको मैदानमा छन्। बाबाले सबै बच्चाहरूलाई भन्नुहुन्छ– प्यारा बच्चाहरू! रातमा जागेर परम प्रिय बाबालाई याद गर्यौन भने विकर्म विनाश हुन्छ अनि ज्ञानको धारणा पनि हुन्छ। नत्र अलिकति पनि धारणा हुँदैन। यदि मेरो आज्ञाको उल्लंघन गर्यौम, मलाई याद गर्दैनौ भने धेरै सजाय खानुपर्छ। ईश्वरीय डाइरेक्शन मिल्छ नि। म तिम्रो धेरै मीठो प्यारो पिता हुँ, मलाई याद गर्नाले तिमी मेरो पासमा आउँछौ। सजाय खाएर फेरि आउनु– यो त ठीक होइन। सीधा आउनाले इज्जत मिल्छ। त्यसैले मेरो आज्ञाको उल्लंघन नगर। आज्ञा नमान्नेलाई निंदक भनिन्छ। यहाँ हुनुहुन्छ सत्य बाबा, सत्य सतगुरु। उहाँको आज्ञा मान्नुपर्छ नि। शिवबाबा त धेरै मीठो हुनुहुन्छ। आत्मा र शरीर दुवैलाई नै कंचन गरिदिनुहुन्छ। कंचन काया केवल तन्दुरुस्तीलाई भनिदैन। आत्मा पनि प्योर र शरीर पनि प्योर, त्यसलाई कंचन काया भनिन्छ। देवताहरूको कंचन काया थियो। अहिले त सबैको किचडाको काया छ। ५ त्तत्त्व तमोप्रधान हुनाले शरीर हेर कस्तो बन्छ। अनुहार हेर कस्तो छ। कृष्णको त धेरै महिमा छ। यस्तो शरीर त तिमीलाई स्वर्गमा नै मिल्न सक्छ। अहिले तिमी फेरि त्यस्तो देवता बन्छौ। मुख्य कुरा हो रातमा जागेर याद गर्यौि भने प्राक्टिस हुन्छ। निद्रालाई फिटाउनुपर्छ। प्राक्टिस गरेमा सबैथोक हुन्छ। काम-धन्धा, रोटी बेल्नु, पकाउनु आदि सबै प्राक्टिसबाट सिकिन्छ नि। बाबालाई याद गर्न पनि सिक्नु छ। जसलाई सारा कल्प बिर्सिएका छौ, अब उहाँ बाबालाई याद गर्नु छ, अनि बाबा खुशी हुनुहुन्छ। नत्र भन्नुहुन्छ यो वफादार, फरमानबरदार बच्चा होइन। फेरि धेरै सजाय खानुपर्छ। उसको तकदिरमा पिटाइ छ। यहाँ कोही थोरै पनि कसैसँग रिसाउँछ भने नराम्रो मान्छन्, वहाँ धर्मराजले सजाय दिन्छन् फेरि कहाँ केही गर्न सकिन्छ र। जस्तै जेलमा सरकारले फोकटमा काम गराउँछ। कसैले विना मेहनत जेल भोग्छन् भने कसैले मेहनत गर्नुपर्छ। त्यस्तै धर्मराज पुरीमा पनि जब धर्मराजले सजाय दिन्छन्, त्यतिबेला केही गर्न सकिँदैन। भित्र सम्झन्छन्– मेरै दोष हो त्यसैले त सजाय मिलेको हो। यो पनि अनुभव गर्छन्– मैले बाबाको फरमान मानिनँ यसैले सजाय मिलेको हो। त्यसैले बाबा भन्नुहुन्छ– जति हुन सक्छ मलाई याद गर। 

    हेर, यहाँ जति सबैलाई छुट्टी मिल्छ, त्यति अन्त कहीँ मिल्दैन। तर यहाँ हामीलाई एक सेकेण्ड पनि छुट्टी मिल्दैन किनकि बाबा भन्नुहुन्छ– श्वासों श्वास यादमा रहने गर। एक-एक श्वास अति मूल्यवान् छ। बच्चाहरू रात-दिन बाबाको सर्भिसमा रहनुपर्छ। 

    तिमी अलमाइटी बाबामा आशिक छौ या उहाँको रथमा? या दुवैमा? अवश्य दुवैमा आशिक हुनुपर्छ। बुद्धिमा यो रहन्छ– उहाँ यस रथमा हुनुहुन्छ। उहाँका कारण तिमी यसमा आशिक भएका हौ। शिवको मन्दिरमा पनि बयल राखिएको छ। उसलाई पनि पुजिन्छ। कति गहन कुरा छन्। जसले दिनहुँ सुन्दैन, उसले कुनै न कुनै कुरा छुटाउँछ। सधैं सुन्नेवाला कहिल्यै फेल हुँदैन। चलन पनि राम्रो रहन्छ। बाबालाई याद गर्दा धेरै धेरै फाइदा छ। फेरि त्यस भन्दा पनि धेरै फाइदा बाबाको ज्ञानलाई याद गर्दा हुन्छ। योगमा पनि फाइदा, ज्ञानमा पनि फाइदा। बाबालाई याद गर्नाले विकर्म विनाश हुन्छ र पद पनि उच्च मिल्छ। जहाँ बाबा रहनुहुन्छ त्यो हो मुक्तिधाम, ब्रह्म लोक। तर सबैभन्दा राम्रो हो यो ब्राह्मणहरूको लोक। ब्राह्मणले जनै अवश्य लगाउँछन्, चोटी पनि राख्छन् किनकि बाबाले हामी ब्राह्मणलाई चोटीमा पक्रेर लैजानु हुन्छ। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) शरीर र आत्मा दुवैलाई कंचन बनाउनको लागि बाबालाई याद गर्ने बानी बनाउनु पर्छ। कहिल्यै पनि आज्ञाको उल्लंघन गर्नु हुँदैन।

    २) पढाइको समय चेक गर्नु छ– बुद्धि यता-उता त भाग्दैन! कहिल्यै पनि पढाइ छुटाउनु हुँदैन। मायाको बक्सिंगमा हार खानु हुँदैन।

    वरदान:

    स्व-स्थितिद्वारा हर परिस्थितिलाई पार गर्ने, मास्टर त्रिकालदर्शी भव:-   

    जो बच्चाहरू त्रिकालदर्शी स्थितिमा स्थित रहन्छन्, उनीहरू आफ्नो स्व स्थितिद्वारा हर परिस्थितिलाई यसरी पार हुन्छन्, मानौं केही छँदै थिएन। नलेजफुल, त्रिकालदर्शी आत्माहरू समय अनुसार हर शक्तिलाई, हर प्वाइन्टलाई, हर गुणलाई अर्डरले चलाउँछन्। यस्तो होइन समय आउँदा अर्डर गर्ने सहन-शक्तिलाई तर कार्य पूरा भइसकोस्‍ फेरि सहन-शक्ति आओस्। जुन समय जुन शक्ति, जुन विधिले हुनुपर्छ त्यसै समय आफ्नो कार्य गरोस् अनि भनिन्छ खजानाको मालिक, मास्टर त्रिकालदर्शी।

    स्लोगन:

    जो सदा खुशी रहन्छ र सबैलाई खुशी बाँड्छ, उही सच्चा सेवाधारी हो।   


    ***OM SHANTI***