BK Murli 18 May 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 18 May 2017 Nepali

    २०७४ जेष्ठ ४ बिहीबार १८-०५-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– विजय मालामा आउनु छ भने निश्चयबुद्धि बन। निराकार बाबाले हामीलाई पढाउनुहुन्छ। उहाँले साथमा लिएर जानुहुन्छ, यस निश्चयमा कहिल्यै संशय नआओस्।”  

    प्रश्न:

    विजयी रत्न बन्नेहरूको मुख्य निशानी के हुन्छ?

    उत्तर:

    १) उनीहरूलाई कहिल्यै कुनै कुरामा संशय आउँदैन। निश्चयबुद्धि हुन्छन्। उनीहरूलाई निश्चय हुन्छ– यो संगमको समय हो। अब दु:खधाम पूरा भएर सुखधाम आउँदै छ। २) बाबाले नै राजयोग सिकाइरहनु भएको छ, उहाँले देही-अभिमानी बनाएर साथमा लिएर जानुहुन्छ। उहाँ अहिले हामी आत्माहरू सँग कुरा गर्नुहुन्छ। हामी उहाँको सम्मुख बसेका छौं। ३) परमात्मा हाम्रो बाबा पनि हुनुहुन्छ, राजयोगको शिक्षा दिनुहुन्छ। त्यसैले शिक्षक पनि हुनुहुन्छ र शान्तिधाममा लिएर जानुहुन्छ त्यसैले सतगुरु पनि हुनुहुन्छ। यस्तो निश्चयबुद्धि आत्मा हर कुरामा विजयी हुन्छन्।

    गीत:–

    तुम्हें पाके हमने..

    ओम् शान्ति।

    बाबाले बच्चाहरूलाई ओम् शान्तिको अर्थ त सम्झाउनु भएको छ। हरेक कुरा सेकेण्डमा बुझ्नुपर्ने हुन्छ। जस्तै बच्चाहरूले पनि भन्छन् ओम् अर्थात् अहम् आत्मा मम शरीर। त्यसैगरी बाबाले पनि भन्नुहुन्छ– अहम् आत्मा परमधाममा रहनेवाला। उहाँ हुनुहुन्छ परमात्मा। ओम्.... यी बाबाले पनि भन्न सक्छन् भने बच्चाहरूले पनि भन्न सक्छन्। अहम् आत्मा वा परमात्मा दुवैको स्वधर्म हो शान्त। तिमीलाई थाहा छ– आत्मा शान्तिधाममा निवास गर्नेवाला हो। वहाँ देखि यस कर्मक्षेत्रमा पार्ट खेल्न आएको छ। यो पनि जान्दछौ– हामी आत्माको रूप के हो र बाबाको रूप के हो? जुन कुरा सृष्टिमा कसैले पनि जान्दैनन्। बाबा नै आएर सम्झाउनु हुन्छ। बच्चाहरूले पनि सम्झाउँछन्– हाम्रो बाबा परमपिता परमात्मा हुनुहुन्छ, उहाँ शिक्षक पनि हुनुहुन्छ भने हाम्रो सच्चा सुप्रीम गुरु पनि हुनुहुन्छ, जसले हामीलाई साथमा लिएर जानुहुन्छ। गुरु त धेरैले गर्छन्। अब बच्चाहरूले निश्चय गर्छन्– परमपिता परमात्मा बाबा पनि हुनुहुन्छ, सहज राजयोग र ज्ञानको शिक्षा पनि दिइरहनु भएको छ र फेरि साथमा पनि लिएर जानुहुन्छ। यस निश्चयमा नै तिमी बच्चाहरूको विजय छ। विजय मालामा आउँछौ। रुद्र माला वा विष्णुको माला हुन्छ। भगवानुवाच– म तिमी बच्चाहरूलाई राजयोग सिकाउँछु। त्यसैले टिचर पनि भएँ। श्रीमत त मिल्नुपर्छ नि। बाबाको अलग मत, टिचरको अलग, गुरुको अलग हुन्छ। भिन्न-भिन्न मत मिल्छ। यो फेरि सबैको एकै हो, यसमा संशय आदिको कुनै कुरा छैन। जान्दछौ– हामी ईश्वरका परिवार अथवा वंशावली हौं। गड फादर इज क्रिएटर। गायन पनि छ– तिमी माता-पिता हामी बालक तिम्रो। त्यसैले अवश्य परिवार भयो। भारतवर्षमा नै गायन गर्छन्। त्यो हो पहिलेको कुरा। अहिले वर्तमानमा तिमी उहाँका बच्चा बनेका छौ। उहाँबाट नै शिक्षा लिन्छौ। बाबा, हामी हजुरको श्रीमतमा चल्छौं। जो पाप छन्, ती योगबलद्वारा काटिन्छ। बाबालाई नै पतित-पावन सर्वशक्तिमान् भनिन्छ। बाबा त एकै हुनुहुन्छ। वास्तवमा मम्मा बाबा पनि भन्छौ। उहाँबाट राजयोग सिकिरहेका छौ। आधाकल्प तिमी यस्तो वर्सा पाउँछौ, जसबाट वहाँ दु:खको नाम हुँदैन। त्यो हो नै सुखधाम। जब दु:खधामको अन्त्य हुन्छ अनि बाबा आउनुहुन्छ नि। त्यो पनि संगमको समय भयो। तिमीलाई थाहा छ– बाबाले हामीलाई राजयोग पनि सिकाउनु हुन्छ। देही-अभिमानी बनाएर साथमा पनि लैजानु हुन्छ। तिमीलाई कुनै मनुष्यले पढाउँदैन। यो त निराकार बाबाले पढाउनुहुन्छ। तिमी आत्माहरू सँग कुरा भइरहेको छ। यसमा संशयको वा अलमलिने कुनै कुरा छैन। सामुन्ने बस्नु भएको छ। यो पनि जान्दछौ– हामी नै देवता थियौं, त्यतिबेला पवित्र प्रवृत्ति मार्गका थियौं। ८४ जन्मको पार्ट पूरा गर्यौंो। तिमीले ८४ जन्म लिएका छौ। गायन पनि छ– आत्मा र परमात्मा अलग रहे बहुकाल.. सत्ययुग आदिमा पहिला पहिला देवी-देवताहरू नै हुन्छन्, जो फेरि कलियुग अन्त्यमा पतित बन्छन्। पूरा ८४ जन्म लिन्छन्। बाबाले हिसाब पनि बताउनुहुन्छ। संन्यासीहरूको धर्म नै अलग हो। वृक्षमा अनेक प्रकारका धर्म छन्। पहिला पहिला फाउन्डेशन हो देवी-देवता धर्म। कुनै मनुष्यले त्यो देवी-देवता धर्म स्थापना गर्न सक्दैन। देवी-देवता धर्म प्राय: लोप छ, फेरि अहिले स्थापना भइरहेको छ। फेरि सत्ययुगमा तिमीले आफ्नो प्रारब्ध भोग्छौ। धेरै ठूलो कमाई छ। 

    तिमी बच्चाहरू अहिले बाबा सँग सत्य कमाई गर्छौ, जसबाट तिमी सत्यखण्डमा सदा सुखी बन्छौ। त्यसैले अटेन्शन दिनुपर्छ। बाबाले यस्तो भन्नुहुन्न घरबार छोड। त्यसरी त संन्यासीहरूलाई वैराग्य आउँछ। बाबा भन्नुहुन्छ– त्यो गलत हो, यसबाट कुनै सृष्टिको कल्याण हुँदैन। फेरि पनि यहाँ यी संन्यासीहरूको धर्म राम्रो छ। सृष्टिलाई थमाउनको लागि संन्यास धर्म स्थापना हुन्छ किनकि देवताहरू वाममार्गमा जानुपर्छ। भवन आधा समय पूरा भएपछि थोरै मरम्मत गरिन्छ। एक-दुई वर्षमा फेरि रङ्ग लगाइन्छ। कसैले त सम्झन्छन्– लक्ष्मीको आह्वान गर्छौं, तर उनी त तब आउँछिन् जब शुद्ध हुन्छौ। भक्तिमार्गमा महालक्ष्मीको पूजा गर्छन्, उनीबाट पैसा लिनको लागि। जगत् अम्बाको पासमा कहिल्यै पैसा माग्दैनन्। पैसाको लागि लक्ष्मीको पासमा जान्छन्। दीपावलीमा व्यापारीहरूले रूपियाँ पूजामा राख्छन्। सम्झन्छन् वृद्धि हुन्छ। मनोकामना पूरा हुन्छ। जगत् अम्बाको केवल मेला लाग्छ। मेला त हो– यो जगत् पिता जगत्-अम्बा सँग मिल्ने मेला। यो हो सच्चा मेला, जसबाट फाइदा हुन्छ। ती मेलामा धेरै भड्किछन्। कहीँ नाउ डुब्छ। कहीँ बस एक्सिडेन्ट हुन्छ। धेरै धक्का खानुपर्छ। भक्तिको मेलाको धेरै सोख रहन्छ किनकि सुनेका छन् नि– आत्माहरू र परमात्माको मेला लाग्छ। यो मेला प्रसिद्ध छ, जो फेरि भक्तिमार्गमा मनाउँछन्। कम्पीटीशन छ राम र रावणको। बाबाले राम्रो सँग सम्झाउनु हुन्छ– मूर्छित हुनु छैन। राम र रावण दुवै सर्वशक्तिवान् हुन्। तिमी छौ युद्धको मैदानमा। कति त घरी-घरी माया सँग हार्छन्। बाबा भन्नुहुन्छ– तिमीले म उस्तादलाई याद गरिरह्यौ भने कहिल्यै हार्दैनौ। बाबाको यादद्वारा नै विजय प्राप्त गर्छौ। ज्ञान त सेकेण्डको छ। बाबाले विस्तार पूर्वक सम्झाउनु हुन्छ, यो सृष्टि चक्र कसरी घुम्छ। सारमा तिमी बच्चाहरूले बीज र वृक्षलाई जान्दछौ। यसको नाम पनि छ कल्प वृक्ष। यसको आयु लाखौं वर्ष त हुन सक्दैन। यो हो भेराइटी धर्महरूको वृक्ष, एक धर्मको अनुहार मिल्दैन अर्को सँग। बिल्कुलै भिन्न छ। इस्लामी आदि कति काला हुन्छन्, वहाँ पनि धन धेरै छ। धनको पछाडि त सबै छन्। हिन्दुहरूको चेहरा बिल्कुल अलग-अलग छ। भेराइटी धर्महरूको वृक्ष हो। तिमीले बुझेका छौ– कसरी वृद्धि हुन्छ, यसको तुलना वरको वृक्ष सँग गरिन्छ। अहिले यथार्थमा तिमीले देखेका छौ–यसको फाउन्डेशन खतम भएको छ। बाँकी धर्म कायम छन्। देवी-देवता धर्म कुनै छैन। कलकत्तामा तिमीले हेर्न सक्छौ– सारा वृक्ष हरा भरा खडा छ। फाउन्डेशन छँदै छैन। यसको पनि फाउन्डेशन छैन, जुन स्थापना भइरहेको छ। 

    बच्चाहरूले सम्झन्छन्– अब नाटक पूरा हुन्छ। अब फर्केर चल्नु छ बाबाको पास। तिमी मेरो पासमा आउँछौ। यो पनि जान्दछौ– भारतखण्ड सिवाय अरू कुनै खण्ड स्वर्ग बन्न सक्दैन। गायन पनि छ प्राचीन भारत। तर गीतामा कृष्णको नाम लेखिदिएका छन्। बाबा भन्नुहुन्छ– श्रीकृष्णलाई त पतित-पावन कसैले भन्दैन, निराकारलाई मान्दछन्। कृष्ण त सत्ययुगका राजकुमार हुन्। त्यसै नाम, रूप, देशमा फेरि कृष्ण स्वर्गमा नै आउँछन्। उही अनुहार फेरि कहीँ हुन सक्दैन। एक-एकको अनुहार अलग-अलग छ। कर्म पनि सबैको अलग-अलग छ। यो अनादि ड्रामा बनेको छ। हरेक आत्मालाई पार्ट मिलेको छ। आत्मा अविनाशी हो। बाँकी यो शरीर विनाशी हो। म आत्मा एक शरीर छोडेर अर्को लिन्छु। तर यो आत्माको ज्ञान पनि कसैलाई छैन। बाबा आएर नयाँ कुरा सुनाउनुहुन्छ, मेरा सिकीलधे बच्चाहरू। बच्चाहरूले पनि भन्छन्– बाबा ५ हजार वर्ष भयो हजुर सँग मिलेको। योगबलद्वारा तिमी सारा विश्वको मालिक बन्छौ। पहिलो हिंसा हो एक-अर्कामा काम कटारी चलाउनु। यो पनि सम्झाइएको छ– बाहुबलको लडाईंद्वारा कहिल्यै पनि कोही विश्वको मालिक बन्न सक्दैन। जबकि योगबलद्वारा बनिन्छ। तर शास्त्रहरूमा फेरि देवताहरू र दैत्यहरूको युद्ध देखाइएको छ। त्यो कुरा नै होइन। यहाँ तिमी योगबलबाट जित पाउँछौ, बाबाद्वारा। बाबा हुनुहुन्छ विश्वका रचयिता, अवश्य नयाँ विश्व नै रच्नुहुन्छ। लक्ष्मी-नारायण नयाँ दुनियाँ स्वर्गको मालिक थिए। हामी नै स्वर्गको मालिक थियौं फेरि ८४ जन्म लिएर पतित वर्थ नट ए पेनी बनेका छौं। अब तिमी नै पावन बन्नु छ। भक्तहरू त धेरै छन्। तर धेरै भक्ति कसले गरेको छ? जो आएर ब्राह्मण बन्छन् उनीहरूले नै सुरु देखि भक्ति गरेका हुन्। उनै आएर ब्राह्मण बन्छन्। प्रजापिता सूक्ष्मवतनमा त हुँदैनन्। ब्रह्मा त यहाँ चाहिन्छ नि, जसमा प्रवेश गर्नुहुन्छ। तिमीलाई थाहा छ– जो बाबा मम्मा यहाँ छन्, उनै वहाँ हुन्छन्। यो कुरा धेरै राम्ररी बुझ्नु पर्ने हुन्छ। डाइरेक्शन बाबाले दिइरहनु हुन्छ, तिमीले यस्तो-यस्तो सेवा गर। बच्चाहरूले नयाँ-नयाँ आविष्कार गर्छन्। कुनै चीजको कसैले आविष्कार गर्यो् भने भन्छन्– कल्प पहिले पनि यो आविष्कार निक्लेको थियो फेरि त्यसलाई सुधार गरिन्छ। स्वर्ग र नर्कको गोला जो बनाइएको छ, यो धेरै राम्रो छ। कृष्ण सबैलाई धेरै मन पर्छ। तर उनीहरूलाई यो थाहा छैन– उनै नारायण बन्छन्, अब यो युक्तिसँग बुझाउनु पर्छ। तिम्रो यो गोला त धेरै ठूलो हुनुपर्छ। एकदम छत जति ठूलो होस्, जसमा नारायणको चित्र होस्, कृष्णको पनि होस्। ठूलो चीज मनुष्यले राम्रोसँग देख्न सक्छन्। जस्तै पाण्डवहरूको कति ठूला-ठूला चित्र बनाएका छन्। पाण्डव त तिमी हौ नि। यति ठूलो त कोही हुँदैन। जसरी मनुष्य ६ फुट हुन्छन्, यस्तै नै हुन्छन्। यस्तो नसम्झ सत्ययुगमा धेरै आयु हुन्छ त्यसैले अग्लो शरीरवाला हुन्छन्। धेरै अग्लो मनुष्य त सुहाउँदैन। त्यसैले सम्झाउनको लागि ठूला-ठूला चित्र हुनुपर्छ। सत्ययुगको चित्र पनि फस्टक्लास बनाऊ। यसमा लक्ष्मी-नारायणको भन्दा तल राधा-कृष्णको पनि देऊ। यो हो राजकुमार-राजकुमारी। यो चक्र घुमिरहन्छ। ब्रह्मा-सरस्वती फेरि लक्ष्मी-नारायण बन्छन्। हामी ब्राह्मण सो फेरि देवता बन्छौं। यो अहिले जान्दछौ– हामी नै लक्ष्मी-नारायण बन्छौं, फेरि हामी नै राम-सीता बन्छौं। यसरी राजाई गर्छौं। बच्चाहरूले बसेर यसरी चित्रहरूमा कसैलाई सम्झाए भने धेरै मज्जा आउँछ। भन्नेछन्– यो त धेरै फस्टक्लास ज्ञान हो। वास्तवमा हठयोगीले त यो ज्ञान दिन सक्दैनन्। सत्ययुगमा पवित्र प्रवृत्ति मार्ग थियो। अहिले छ अपवित्र। बाबा विना बेहदको वर्सा कसैले दिन सक्दैन। जान्दछौ– बाबाले हामीलाई विश्वको मालिक बनाउने शिक्षा दिइरहनु भएको छ। यो राम्रोसँग धारण गर्नुपर्छ। पढाइद्वारा मनुष्य धेरै उच्च बन्छन्। तिमी पनि अहिले अहिल्या, कुब्जा आदि हौ। बाबा बसेर पढाउनुहुन्छ, जुन पढाइद्वारा फेरि तिमी विश्वको मालिक बन्छौ। ज्ञानको सागर पनि उहाँ हुनुहुन्छ। अब बाबा भन्नुहुन्छ– आफूलाई अशरीरी सम्झ। नाङ्गै आएका थियौं फेरि नाङ्गै जानु छ। 

    तिमीलाई थाहा छ– यो हाम्रो ८४ को चक्र अब पूरा हुनु छ। यो त धेरै अद्भुत छ। यति सानो आत्मामा कति धेरै पार्ट भरिएको छ, जो कहिल्यै मेटिदैन। यसको न आदि छ, न अन्त्य छ। कति अद्भुत कुरा छ। हामी आत्मा ८४ को चक्र लगाउँछौं, यसको कहिल्यै अन्त्य हुँदैन। अहिले हामी पुरुषार्थ गरिरहेका छौं। यसमा सारा ज्ञान छ। स्टारको नै मूल्य हुन्छ। स्टार जति तेज, त्यति दाम अधिक। अब यस एक स्टारमा कति सारा ज्ञान छ। गायन पनि छ– भृकुटीको बीचमा चम्किन्छ अजब सितारा। यस आश्चर्यलाई तिमीले जान्दछौ। बाबा भन्नुहुन्छ– म पनि स्टार हुँ, जसको साक्षात्कार पनि हुन सक्छ। तर सुनेका छन् नि– उहाँ धेरै तेजोमय, अखण्ड ज्योति हुनुहुन्छ। सूर्य जस्तै हुनुहुन्छ। बाबालाई यदि स्टार रूप देखाइयो भने मान्दैनन्। यसरी धेरै ध्यानमा जान्थे, तेजोमय जो भन्छन् त्यो साक्षात्कार हुन्थ्यो। अहिले तिमीले बुझेका छौ– परमात्मा स्टार जस्तै हुनुहुन्छ। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) सचखण्डको मालिक बन्नको लागि बाबासँग सच्चा कमाई गर। बाबा जो उस्ताद हुनुहुन्छ, उहाँको यादमा रहेर मायाजित बन्नु छ।

    २) बाबासँग बेहदको वर्सा लिनको लागि बाबाको पनि शिक्षा मिल्छ, त्यसमा पूरा ध्यान दिनुपर्छ। त्यस शिक्षालाई राम्रोसँग धारण गर्नुपर्छ।

    वरदान:

    बाबाको छत्रछायाँमा सदा सेफ्टीको अनुभव गर्ने, सर्व आकर्षण मुक्त भव:-   

    जसरी स्थूल दुनियाँमा घाम वा पानीबाट बच्नको लागि छत्रछायाको आधार लिन्छन्। त्यो हो स्थूल छत्रछाया र यो हो बाबाको छत्रछाया, जसले आत्मालाई हर समय सेफ राख्छ। उसलाई कुनै पनि आकर्षणले आफूतिर आकर्षित गर्न सक्दैन। दिल देखि बाबा भन्यो, सुरक्षित। चाहे जस्तोसुकै परिस्थिति आओस्, छत्रछायामा रहने सदा सेफ्टीको अनुभव गर्छन्। मायाको प्रभाव अलिकति पनि आउन सक्दैन।

    स्लोगन:

    यस्तो स्व-राज्य अधिकारी बन, जसद्वारा अधीनता समाप्त होस्।   



    ***OM SHANTI***