BK Murli 19 May 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 19 May 2017 Nepali

    २०७४ जेष्ठ ५ शुक्रबार १९-०५-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– विचार सागर मन्थन गरेर विश्वको इतिहास-भूगोल र नयाँ दुनियाँको संवत् सिद्ध गरेर बताऊ, तब कल्पको आयु सिद्ध हुन्छ।”  

    प्रश्न:

    तिमी बच्चाहरूलाई अहिले कुनचाहिँ धुन लागेको छ, जुन मनुष्यहरूको भन्दा भिन्न छ?

    उत्तर:

    तिमीलाई धुन छ– विश्वको बेडा जुन डुबेको छ, त्यसलाई उद्धार गरूँ। सबैलाई सच्चा-सच्चा सत्य-नारायणको कथा वा अमरकथा सुनाऊँ, जसबाट सबैको उन्नति होस्। यति ठूला-ठूला महल, बिजुली आदि सबैथोक छन्। तर उनीहरूलाई यो थाहा छैन– यो सबै बनावटी झूटो उन्नति हो। सच्चा उन्नति त सत्ययुगमा थियो, जुन अहिले बाबा आएर गरिरहनु भएको छ।

    गीतः–

    आखिर वह दिन आया आज......

    ओम् शान्ति।

    गरीब निवाज आउनु भयो त सही, तर कसैले पनि ठीक तिथि मिति लेख्दैनन्। कुनै मिति, संवत त हुनु पर्छ नि। जसरी बताउँछन्– आज फलानो मिति, फलानो महिना, फलानो संवत हो। गरीब निवाज कहिले आउनु भयो? यो लेखिएको छैन। जस्तै लक्ष्मी-नारायण सत्ययुग आदिमा थिए, त्यसैले उनीहरूको पनि संवत् हुनु पर्छ। यिनीहरूको फलानो संवत्‌मा राज्य थियो। लक्ष्मी-नारायणको पनि संवत् छ र अरू पनि सबैको आफ्नो-आफ्नो संवत् छ। गुरुनानकको पनि लेखिएको छ– फलानो संवत्‌मा जन्मिए। संवत् विना थाहा हुँदैन। यी लक्ष्मी-नारायणले विश्वमा राज्य गर्थे, त्यसैले अवश्य संवत् हुनुपर्छ, यिनीहरूको संवत् अर्थात् स्वर्गको संवत्। लक्ष्मी-नारायणले सत्ययुगमा राज्य गरे, कुन संवत्‌ देखि कुन संवत्‌ सम्म भन्ने? त्यो पनि ५ हजार वर्ष नै भनिन्छ। गीता जयन्तीलाई थोरै फरक गर्नु पर्छ। शिव जयन्ती र गीता जयन्तीमा फरक छैन। कृष्ण जयन्तीमा फरक पर्छ। लक्ष्मी-नारायणको त्यही संवत् लेख्नु पर्छ। यो पनि विचार सागर मन्थन गर्नु पर्ने हुन्छ, सबैलाई कसरी बताऊँ? लक्ष्मी-नारायणको किन संवत् देखाउँदैनन्? विक्रम संवत् देखाउँछन्। बाँकी विकर्माजित संवत कहाँ छ! अहिले तिमी बच्चाहरूलाई राम्रो सँग थाहा छ। विश्वको इतिहास-भूगोल, नयाँ दुनियाँको संवत् पनि देखाउनु पर्छ। नयाँ दुनियाँमा राज्य थियो, आदि सनातन देवी-देवताहरूको, त्यसैले उनीहरूको संवत् पनि भनिन्छ। हिसाब गरियो भने उनीहरूको ५ हजार वर्ष भयो। यो सिद्ध गरेर बतायो भने कल्पको आयु सिद्ध हुन्छ र लाखौं वर्ष जुन लेखिएको छ, त्यो झूटो हुन्छ। यो कुरा बाबा आएर सम्झाउनुहुन्छ। जो मनुष्य सृष्टिका बीजरूप हुनुहुन्छ, सृष्टिको आदि, मध्य, अन्त्यलाई जान्नेवाला हुनुहुन्छ। लक्ष्मी-नारायणको वंशको ५ हजार वर्ष भयो र ३७५० वर्ष भयो राम-सीताको, फेरि पछि उनीहरूको वंश चल्यो। फेरि विक्रम संवत् सुरु हुन्छ। विक्रम राजाको जुन संवत् छ त्यो पनि सही छैन, बिचमा केही वर्ष गुम गरिदिएका छन्। हुनुपर्छ २५०० वर्ष। इस्लामी, बौद्धीको पनि केही समय पछि सुरु हुन्छ। यिनीहरूले दुई हजार वर्ष देखि आफ्नो संवत् दिएका छन्। 

    तिमीलाई थाहा छ– हामी सबै देवी-देवता थियौं, जो चक्कर लगाएर अहिले ब्राह्मण बनेका छौं। यो इतिहास-भूगोल राम्रो सँग सम्झाउनु छ। ब्राह्मणबाट फेरि देवता बन्छन्। इतिहास-भूगोल बुझ्दछौ भने संवत् पनि बुझ्नु पर्छ। सिँढीको चित्रमा संवत् लेखिएको छ। यहाँको संवत् नै हराएको छ। जो पूज्य थिए, उनीहरूको संवत् नै लोप गरिदिएका छन्। पुजारीहरूको संवत् सुरु भएको छ। हेर, अशोक स्तम्भ भन्छन्। द्वापरमा अशोक (शोक रहित) त कोही छैन। अशोक स्तम्भ त आधा कल्प सत्ययुग, त्रेतासम्म चल्छ। त्यसको यो महिमा हो। शोक स्तम्भको महिमा छैन। यहाँ त दुःख नै दुःख छ। अशोका होटल नाम राखेका छन्, तर छैन। आधा कल्प क्षणभंगुर सुखलाई अशोक भनिदिन्छन्। यहाँ अशोक कोही छैन। मासु-मदिरा, गन्दा वस्तु खाइरहन्छन्। केही पनि बुझ्नैनन्– हामी दुःखी कसरी भयौं? कारण के हो? 

    अब तिमीलाई थाहा छ– यो कुरा सुन्छन् उनैले, जो कल्प पहिला स्वर्गमा सुखी थिए। जो त्यहाँ थिएनन्, उनले सुन्दैनन्। जसले भक्ति पूरा गरेको छ, उसले केही न केही आएर शिक्षा लिन्छ। ज्ञान सुनेर मानिसहरू खुशी हुन्छन्। चित्र पनि स्पष्ट छ। संवत् पनि लेखिएको छ। ब्रह्मा विष्णु शंकरको जन्म पनि यहाँ हुनु पर्छ। बाँकी शंकर त सूक्ष्मवतनका हुन् र शिव हुनुहुन्छ मूलवतनमा। सूक्ष्म, मूललाई पनि जान्दैनन्, त्यसैले शिव शंकरलाई मिलाइदिएका छन्। शिव हुनुहुन्छ परमपिता परमात्मा, शंकर हुन् देवता। दुवैलाई मिलाउन सकिँदैन। अहिले तिमी बच्चाहरूलाई कति समझ मिलेको छ। कति नशा चढ्छ। रात-दिन यही धुन लागिरहोस्– मानिसहरूलाई कसरी सम्झाऊँ? नबुझेकालाई नै सम्झाइन्छ। तिमीलाई थाहा छ– विश्व पहिला कस्तो थियो फेरि कसरी तल झर्योा। दुनियाँले सम्झन्छन्– हामीले धेरै उन्नति गरेका छौं। पहिले त यति ठूला महल, बिजुली आदि केही थिएनन्। अहिले त धेरै उन्नतिमा गरिरहेका छन्, किनकि उनीहरूलाई यो थाहा छैन– यो बनावटी र झूटो हो। सच्चा उन्नति त सत्ययुगमा थियो। यो सम्झाउनु छ– उनीहरू आफ्नो धुनमा छन्, तिम्रो धुन आफ्नै छ। तिमीहरूलाई खुशी छ, विश्वको बेडा जुन डुबेको थियो, त्यसलाई हामीले बाबाको ज्ञानद्वारा उद्धार गरिरहेका छौं। बाबाले हामीलाई सत्य-नारायणको कथा वा अमर कथा फेरि सुनाउनुहुन्छ। भक्तिमार्गमा त अनेक कथाहरू सुनाउँछन्। तिमीलाई थाहा छ– ती सबै झूटा कथाहरू हुन्, जसबाट केही फाइदा छैन। यी शास्त्र आदि पढ्दै आएका छौ, फेरि पनि सृष्टि त तमोप्रधान नै हुँदै गएको छ। सिँढी उत्रिँदै आयौ, फाइदा के भयो? सिक्खहरूको पनि मेला लाग्छ। वहाँ तलाउमा स्नान गर्छन्। उनीहरूले गंगा जमुना आदिलाई मान्दैनन्। कुम्भको मेलामा सिक्खहरू जाँदैनन्। उनीहरू आफ्नो तलाउमा जान्छन्। उनीहरूको फेरि खास कार्यक्रम हुन्छ। कहिलेकाहीँ त्यसलाई सफा गर्न पनि जान्छन्। सत्ययुगमा त यो कुरा हुँदैन। सत्ययुगमा त नदी आदिहरू बिलकुल सफा हुन्छन्। वहाँ कहिल्यै गंगा जमुनामा फोहोर मैला पर्दैन। वहाँको गंगा जल र यहाँको गंगा जलमा रात-दिनको फरक छ। यहाँ त धेरै फोहोर मैला पार्छन्। वहाँ त हरेक वस्तु फस्टक्लास हुन्छन्।

    तिमी बच्चाहरूलाई अहिले धेरै खुशी छ– हाम्रो राजधानी यस्तो हुन्छ! हामीले फेरि ५ हजार वर्ष पछि श्रीमतमा स्वर्गको स्थापना गरिरहेका छौं। नाम नै छ स्वर्ग, वैकुण्ठ, जसमा लक्ष्मी-नारायणको राज्य थियो। शान्तिधाम अथवा निर्वाणधाम एउटै हो। तिमीलाई थाहा छ– हामी शान्तिधाममा कसरी रहन्छौं। माथि हुनुहुन्छ शिवबाबा फेरि ब्रह्मा-विष्णु-शंकर, फेरि देवताहरूको माला फेरि क्षेत्रिय, वैश्य, शुद्र। निराकारी वृक्षबाट आत्माहरू नम्बरवार आइरहन्छन्। जो सत्ययुगमा आउनेवाला हुँदैनन्, उनीहरू पढ्नको लागि कहिल्यै आउँदैनन्। हिन्दू धर्म मानौं अलग हुन गएको छ। कसैलाई थाहा छैन– आदि सनातन देवी-देवता धर्म थियो भनेर। त्यो धर्म कसरी र कहिले स्थापना भयो? कसैलाई थाहा छैन। तिमीलाई यो ज्ञान अहिले दिइएको छ, अरूलाई पनि सम्झाऊ। चित्रहरू त धेरै सहज छन्। कसैलाई पनि सम्झाउन सक्छौ– यिनीहरूले यो राज्य कहिले र कसरी लिए र कति समय सम्म राज्य गरे? राम-सीताको पनि हुनुपर्छ– फलानो संवत्‌ देखि फलानो संवत् सम्म यिनीहरूले राज्य गरे। पछि फेरि पतित राजाहरू सुरु हुन्छन्। यी देवताहरू हुन् मुख्य, जसको पूजा हुन्छ। वास्तवमा महिमा सारा एक पूज्यको हुनुपर्छ। भक्तिमार्गमा त सबैलाई पूजिरहन्छन्। आ-आफ्नो समयमा हरेकको महिमा हुन्छ। मन्दिरहरूमा गएर पूजा आदि गर्छन्, तर उनलाई बिलकुल नै जान्दैनन्। अहिले तिमीले सम्झाउँछौ, सुनेर खुशी हुन्छन् त्यसैले त सेन्टर खोल्छन्। सम्झन्छन्– यस ज्ञानद्वारा हामी नै देवता बन्छौं। बाबाले गरीबहरूलाई आएर धनवान बनाउनु भएको छ। बाबा आएर बच्चाहरूलाई सम्झाउनुहुन्छ, बच्चाहरूले फेरि अरूलाई सम्झाएर उनीहरूको भाग्य खोल्छन्। विश्वको इतिहास-भूगोल अहिले तिमीले बाबाद्वारा सुन्छौ। त्यो जान्नाले तिमीले सबैथोक जान्दछौ। विश्वको इतिहास-भूगोल अवश्य विश्वका रचयिता बीजरूपले नै सुनाउनुहुन्छ। उहाँ नै ज्ञानका सागर हुनुहुन्छ। उहाँ हुनुहुन्छ निराकार शिव। देहधारीलाई भगवान्, रचयिता भन्न सकिँदैन। निराकार नै सबै आत्माहरूका पिता हुनुहुन्छ। उहाँ बसेर आत्माहरूलाई सम्झाउनुहुन्छ। म परमधाममा रहनेवाला हुँ। अहिले म यस शरीरमा आएको छु। म पनि आत्मा हुँ। म बीजरूप, ज्ञानको सागर भएको हुनाले तिमी बच्चाहरूलाई सम्झाउँछु। यसमा आशीर्वाद, कृपा आदिको कुनै कुरा छैन। न अल्पकालको सुखको कुरा छ। अल्पकालको सुख त मानिसहरूले दिन्छन्। एकलाई केही फाइदा भयो भने नाम चल्छ। तिम्रो प्राप्ति त २१ जन्मको लागि हो। त्यो त बाबा बाहेक कसैले यस्तो प्राप्ति गराउन सक्दैन। २१ जन्मको लागि निरोगी काया कसैले बनाउन सक्दैन। भक्तिमार्गमा मनुष्यलाई अलिकति सुख मिल्यो भने पनि खुशी हुन्छन्। यहाँ त २१ जन्मको लागि प्रारब्ध पाउँछन्। तर पनि धेरै छन्, जसले पुरुषार्थ गर्दैनन्। उनीहरूको भाग्यमा छैन। पुरुषार्थ त सबैलाई एक समान गराउनुहुन्छ। त्यो पढाइमा त बेग्लै शिक्षक पनि मिल्छन्। यहाँ त एक मात्र शिक्षक हुनुहुन्छ। हुन त तिमीले खास बसेर पनि सम्झाउँछौ होला। तर ज्ञान त एकै हो, केवल हरेकले कति लिन सक्छ, उसमा भर पर्छ। यसमा पनि एउटा कथा छ, जसमा सारा अर्थ खुल्छ। बाबाले सत्य-नारायणको कथा सुनाउनुहुन्छ। तिमीले तिथि-मिति सबै सुनाउन सक्छौ। सत्य नारायणको कथा सुनाउनेहरू कोही प्रसिद्ध हुन्छन्। उनीहरूलाई सारा कथा कण्ठ हुन्छ। तिमीले फेरि यो सच्चा सत्य-नारायणको कथा कण्ठ गर। धेरै सजिलो छ। बाबाले पहिला त भन्नुहुन्छ– मनमनाभव, फेरि बसेर इतिहास सम्झाऊ। यी लक्ष्मी-नारायणको संवत् त बताउन सक्छौ नि। आउनुहोस्, हामीले तपाईलाई बताउँछौं– बाबा कसरी संगम युगमा आउनुहुन्छ। ब्रह्मा तनमा आएर सुनाउनुहुन्छ। कसलाई? ब्रह्मा मुख वंशावलीलाई। जो फेरि देवता बन्छन्, ८४ जन्मको कथा छ। ब्राह्मण सो देवता बन्छन्। यो पूरा ज्ञान हो, जुन सुनेर फेरि बसेर दोहोर्‍याऊ अनि बुद्धिमा सबै आउँछ– हामी देवता थियौं, फेरि यसरी चक्कर लगायौं। यो हो सत्य-नारायणको कथा। कति सहज छ, कसरी राज्य लियौं फेरि कसरी गुमायौं.... कति समय राज्य गर्यौं ? लक्ष्मी-नारायण र उनीहरूको कुल, घराना थियो नि। सूर्यवंशी घराना, फेरि चन्द्रवंशी घराना फेरि संगममा बाबा आएर शूद्रवंशीलाई ब्राह्मणवंशी बनाउनुहुन्छ। यो सच्चा-सच्चा कथा तिमीले सुनिरहेका छौ। सत्ययुगमा लक्ष्मी-नारायणको हीरा-जुहारतका महल थिए। अहिले त के छ र। बाबाले यो कथा त सुनाउनु भएको छ नि।

    अहिले बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने मैला निक्लिन्छ। जति मैला निक्लिन्छ, त्यति उँच पद पाउँछौ। नम्बरवार बुझ्दछन्। बाबाले जान्नुहुन्छ– कस-कसले राम्रो सँग बुद्धिमा धारण गर्न सक्छन्। बुझाउनमा धेरै मेहनत छैन। बिलकुल सहज छ। मनुष्यबाट देवता बन्ने कुरा त प्रसिद्ध छ। घरी-घरी यही सत्य-नारायणको कथा सुनाइराख। त्यो हो झूटो, यो हो सत्य। सेन्टरमा पनि सत्य-नारायणको कथा सुनाइराख वा मुरली सुनाइराख, धेरै सजिलो छ। जसले पनि सेन्टर चलाउन सक्छ। तर फेरि लक्षण पनि राम्रो चाहिन्छ। एक अर्कामा नूनपानी हुनु हुँदैन। आपसमा मीठो भएर चल्दैनन् भने इज्जत गुमाउँछन्। बाबा भन्नुहुन्छ– मेरो निन्दा गरायौ भने उच्च पद पाउन सक्दैनौ। ती गुरुहरूले फेरि आफ्नो लागि भनिदिएका छन्। उनीहरूले कुनै गन्तव्य त बताउँदैनन्। गन्तव्य बताउने त एकै हुनुहुन्छ, उहाँको निन्दा गरायौ भने सजायको भागी बन्छौ। फेरि पद पनि भ्रष्ट हुन्छ। कालो मुख गरे भने आफ्नो सत्यानाश गर्छन्। यस्ता पनि छन्, जसले हार खान्छन् फेरि कसैले सच्चा भएर लेख्छन् पनि, कसैले झूटो पनि बोल्छन्। यदि सच्चा कथा सुनाइ रह्यौ भने बुद्धिबाट झूट निस्कन्छ। यस्तो चलन चल्नु हुँदैन, जसबाट बाबाको निन्दा होस्। जसको यस्तो अवस्था हुन्छ, ऊ जाँदा पनि त्यस्तै चलन चल्छ। स्वयंले पनि सम्झन्छन्– म सुध्रिन सक्दिनँ। त्यसैले सल्लाह दिइन्छ– घर गृहस्थमा बस। जब धारणा हुन्छ अनि सेवा गर। घरमा रह्यौ भने तिमीमाथि त्यति पाप चढ्दैन। यहाँ फेरि त्यस्तो खराब चलन चल्यौ भने निन्दा गराउछौ, यो भन्दा त गृहस्थ व्यवहारमा कमल फूल समान रहनु राम्रो हुन्छ। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


    धारणाको लागि मुख्य सारः

    १) भित्रबाट झूट निस्कियोस्, यसको लागि सदा सत्य-नारायणको कथा सुन्नु र सुनाउनु छ। कहिल्यै यस्तो चलन चल्नु हुँदैन, जसबाट बाबाको निन्दा होस्।

    २) आपसमा धेरै मिठो भएर रहनु छ, कहिल्यै नूनपानी हुनु हुँदैन। राम्रो लक्षण धारण गरेर फेरि सेवा गर्नु छ।

    वरदान:

    सन्तुष्टताको आधारमा आशीर्वाद दिने र लिने, सहज पुरुषार्थी भव:-  

    सबैको आशीर्वाद उसलाई मिल्छ, जो स्वयं सन्तुष्ट रहेर सबैलाई सन्तुष्ट गर्छ। जहाँ सन्तुष्टता छ त्यहाँ आशीर्वाद छ। यदि सर्वगुण धारण गर्न वा सर्व शक्तिहरूलाई नियन्त्रण गर्न मेहनत लाग्छ भने त्यसलाई पनि छोडिदेऊ, केवल अमृतबेला देखि लिएर रातिसम्म आशीर्वाद दिने र आशीर्वाद लिने एउटै कार्य गर, यसमा सबैथोक आउँछ। कसैले दुःख दिए पनि तिमीले आशीर्वाद देऊ, तब सहज पुरुषार्थी बन्छौ।

    स्लोगन:

    जो समर्पित स्थितिमा रहन्छ, उसको अगाडि सर्वको सहयोग स्वत: समर्पित हुन्छ।  



    ***OM SHANTI***