BK Murli 20 May 2017 Nepali

BK Murli 20 May 2017 Nepali

२०७४ जेष्ठ ६ शनिबार २०-०५-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

“मीठे बच्चे– तिमी ब्राह्मणलाई ईश्वरको गोद मिलेको छ, तिमीलाई नशा रहनुपर्छ बाबाले यस तनद्वारा हामीलाई आफ्नो बनाउनु भएको छ।”  

प्रश्न:

बाबाले कुनचाहिँ दिव्य कर्तव्य गर्नु भएको छ? जसकारण उहाँको यति महिमा गाइएको छ?

उत्तर:

पतितलाई पावन बनाउने। सबै मनुष्यलाई माया रावणको बन्धनबाट छुटाउनु– यो दिव्य कर्तव्य एक बाबाले नै गर्नुहुन्छ। बेहदको बाबाबाट नै बेहदको सुखको वर्सा मिल्छ, जुन फेरि आधाकल्प सम्म चल्छ। सत्ययुगमा हुन्छ गोल्डन जुब्ली, त्रेता हो सिल्भर जुब्ली। एउटा सतोप्रधान, अर्को सतो। दुवैलाई नै सुखधाम भनिन्छ। यस्तो सुखधामको स्थापना बाबाले गर्नु भएको छ, त्यसैले उहाँको महिमा गाइन्छ।

गीत: –

इन्साफ का मन्दिर है यह ...........

ओम् शान्ति।

बाबा र दादा मिलेर बच्चाहरूलाई सम्झाउनुहुन्छ। कहिले बाबाले सम्झाउनुहुन्छ, कहिले दादाले पनि सम्झाउँछन् किनकि यो शरीर दादाको पनि घर हो। परमपिता परमात्मा त रहनुहुन्छ परमधाममा। अवश्य कुनै समयमा उहाँको यो घर हुन्छ, त्यसैले त शिवरात्रि मनाइन्छ। शिवका धेरै मन्दिर पनि छन्। त्यसैले सिद्ध हुन्छ– यहाँ नै उहाँ आउनु पर्छ, पतितलाई पावन बनाउन वा सबै मनुष्यलाई माया रावणको बन्धनबाट छुटाउन किनकि अहिले रावणको राज्य छ। रावणलाई यहाँ जलाउँछन् पनि। शिवरात्रि र कृष्ण जयन्ती पनि यहाँ नै मनाउँछन्। रावणको राज्य पनि आधाकल्प चल्छ। फेरि बाबा आउनुहुन्छ पतितलाई पावन बनाउन। एकै पटक पावन बनाइउनु हुन्छ फेरि आउनु हुन्न। बाबाको नाम प्रसिद्ध छ। अवश्य कुनै दिव्य कर्तव्य गर्नु भएको हुनुपर्छ। त्यसैले त उहाँको नाम छ। मनुष्यले, मनुष्यलाई पावन बनाउन सक्दैन। पतित-पावन एकै बाबालाई भनिन्छ। स्वर्ग नर्क यी नाम पनि यहाँ नै प्रयोग हुन्छ। यहाँ ५ हजार वर्ष पहिले स्वर्ग थियो, त्यसलाई परिस्तान पनि भनिन्थ्यो, अवश्य बाबाबाट वर्सा मिलेको हुनुपर्छ। बाबा शब्द धेरै मीठो लाग्छ। उहाँबाट नै बेहद सुखको वर्सा मिल्छ, जुन सुख आधाकल्प चल्छ, जसको गोल्डन जुब्ली, सिल्भर जुब्ली मनाउँछन्। सत्ययुगलाई गोल्डन जुब्ली, त्रेतालाई सिल्भर जुब्ली भनिन्छ। त्यो सतोप्रधान, त्यो सतो– दुवैलाई मिलाएर सुखधाम भनिन्छ। नम्बरवान हुन् सूर्यवंशी, सेकेन्ड नम्बर चन्द्रवंशी। बाबा जब यहाँ आएर पावन बनाउनुहुन्छ फेरि जब भक्ति शुरु हुन्छ अनि कला कम हुँदै जान्छन्। वृक्ष जडसमान तमोप्रधान बन्छ। सबै भक्त बन्छन्। साधुले पनि साधना गर्छन्, बाबालाई पाउनको लागि अर्थात् मुक्ति-जीवनमुक्तिधाम जानको लागि। आधाकल्प भक्ति गर्छन् बाबालाई पाउनको लागि। जब त्यो समय पूरा हुन्छ अनि फेरि बाबा आउनुहुन्छ भक्तहरूलाई सुखी बनाउन। सत्ययुगमा त सुख शान्ति, सम्पत्ति सबै हुन्छ। वहाँ कहिल्यै अकालमा मृत्यु हुँदैन। कहिल्यै रुने पिट्ने गर्दैनन्। यो कसले सम्झाउँछ? बेहदका बाबाले। उहाँको नाम पनि हुनुपर्छ नि। कलियुगमा हुन्छ नै अँध्यारो। भक्तिमार्गको ठक्कर खाइरहन्छन्। स्वर्गमा त दुःखको कुरै हुँदैन, सबै सुखी रहन्छन्। त्यसैले भगवान्‌लाई पुकार्दैनन्। सत्ययुगलाई सुखधाम, कलियुगलाई दुःखधाम भनिन्छ। बल्लाभाचारी वैष्णवहरूले सम्झन्छन्– सत्ययुगमा लक्ष्मी-नारायणको राज्य थियो। यथा राजा-रानी तथा प्रजा थिए, त्यसलाई गोल्डन एज भनिन्छ। सत्ययुगदेखि लिएर जो चक्रमा आउँछन् उनीहरूको नै ८४ जन्म हुन्छ। बच्चाहरूलाई सम्झाइन्छ– यो वृक्ष हो। सबै पात एकै पटक आउँदैनन्। सत्ययुगमा एउटै आदि सनातन देवी-‌देवता धर्म थियो, त्यसलाई हिन्दु भनिदैन। देवी-‌देवताहरू त सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण भनेर गाइन्छ... जो उनीहरूका पुजारी हुन्छन् उनीहरू अवश्य त्यही धर्मको हुनु पर्ने हो। क्रिश्चियनले क्राइस्टलाई याद गर्छन् भने त्यही धर्मका हुन् नि। फेरि हिन्दुहरूले आफ्नो धर्मको नाम किन गुम गरिदिएका छन्? 

तिमीलाई थाहा छ– हामी नै देवता थियौं। हामी नै जन्म-मरणमा आउँछौं। हामी नै देवता, क्षत्रिय बन्छौं। ८४ जन्म लिँदै-‌लिँदै अन्त्यमा आएर शूद्र बन्छौं। शूद्रबाट फेरि ब्राह्मण बन्नुपर्छ। ब्राह्मण बन्छन् ब्रह्माका सन्तान। सबै आत्माहरू वास्तवमा शिवका सन्तान त हुन् नै। उहाँ बेहदका बाबा हुनुहुन्छ। उहाँलाई परमपिता परमात्मा, ओ गड फादर अथवा हेविनली गड फादर भनिन्छ। उहाँ स्वर्गका रचयिता हुनुहुन्छ। अब बुद्धिद्वारा बच्चाहरूले काम लिनु छ। जब बाबाले स्वर्ग स्थापना गर्नुहुन्छ भने हामी किन नयाँ दुनियाँको अधिकारी नबन्ने। अब त्यो नयाँ दुनियाँ पुरानो भएको छ फेरि नयाँ दुनियाँ कसरी बन्छ? गान्धीले पनि गाउँथे नि– नयाँ रामराज्य, नयाँ भारत होस्। हामीलाई थाहा छ– अहिले त्यो स्थापना भइरहेको छ। अहिले तिमी ब्राह्मणलाई ईश्वरीय गोद मिलेको छ, बेहदका बाबालाई आफ्नो बनाएका छौ, प्राक्टिकलमा। यस्तो त सबैले भनिरहन्छन्– ओ गड फादर दया गर्नुहोस्। यस समय बाबाले आएर यस तनद्वारा तिमीलाई आफ्नो बनाउनु भएको छ। ती हुन् कलियुगी ब्राह्मण कोखका सन्तान, हामी हौं ब्रह्मा मुख वंशावली। प्रजापिता ब्रह्मा हुन् त्यसैले यतिका बच्चाहरू पैदा गर्छन् नि। यो मुख वंशावली हो। परमपिता परमात्माले एडाप्ट गर्नु भएको हो– ब्रह्मा मुखद्वारा, मतलब माता पनि भइन्। तिमी माता पिता... बाबा हजुरले हामीलाई ब्रह्मा मुखद्वारा आफ्नो बनाउनु भएको छ। यो पनि बुझ्नु पर्ने कुरा छ। ज्ञानसागर एकै बाबा हुनुहुन्छ। ज्ञानबाट नै सद्ग ति अर्थात् दिन हुन्छ। अज्ञानबाट रात हुन्छ। कलियुग त रात हो नि, यसलाई भक्तिमार्ग भनिन्छ। शास्त्र सबै भक्तिमार्गका हुन्। त्यसबाट कुनै बाबाको पासमा पुग्ने मार्ग मिल्दैन। बाबा आउनुहुन्छ नै कल्प-‌कल्प। शिवरात्रि मनाउँछन् भने अवश्य उहाँ आउनुहुन्छ। उहाँको आफ्नो शरीर छैन। ब्रह्मा, विष्णु, शंकरलाई पनि देवता भनिन्छ। ब्रह्मा देवताय नमः, विष्णु देवताय नमः, फेरि शिव परमात्माय नमः, ब्रह्मा हुन् यस साकार वृक्षका प्रमुख। अहिले प्राक्टिकलमा छन्। बाबा आउनुहुन्छ नै संगमयुगमा। अहिले यादव पनि छन्, कौरव पनि छन्। पाण्डव त हुन् योगबल वाला शक्ति सेना। त्यसैले अहिले तिमी बच्चाहरूले बुझेका छौ– शिवबाबा प्राक्टिकलमा ब्रह्मा तनमा आउनु भएको छ। निराकार शिवको मन्दिर पनि छन्। शिवरात्रि मनाइन्छ। तर सरकारले शिवजयन्तीको छुट्टी पनि हटाइदिएको छ। अरूको जयन्ती मनाइरहन्छन्। धर्मको तागत त छैन। त्यसैले अधार्मिक, अकानुन, अपवित्र बनेका छन्। न प्युरिटी, न पीस, न प्रोस्परिटी छ। यहाँ नै ५ हजार वर्ष पहिले जब गोल्डन जुब्ली थियो त्यतिबेला प्योरिटी, पीस, प्रोस्परिटी थियो। कहिल्यै अकाले मृत्यु हुँदैनथ्यो। यस भन्दा उच्च सम्पत्तिवान् अरू कुनै हुन सक्दैन। भारत खण्ड सबैभन्दा उच्च थियो। यसको इतिहास पनि बनेको छ। पावन पनि यही थियो र पतित पनि यही बन्छ। आदि सनातन देवी-‌देवता धर्मवाला नै यो चक्र लगाएर शूद्र वर्णमा आए। फेरि शूद्र वर्णबाट अहिले ब्राह्मण वर्णमा आएका छन्। देवताहरू भन्दा पनि ब्राह्मण वर्ण उच्च चोटीमा छन्। सत्ययुगी देवताहरूको जति महिमा छ, त्यो बाबाको महिमा भन्दा भिन्न छ। बाबालाई भनिन्छ– ज्ञानको सागर, आनन्दको सागर, फेरि देवताहरूलाई भनिन्छ– सर्वगुण सम्पन्न..‌ वहाँ विकारको कुरा हुँदैन। शास्त्रहरूमा त धेरै गफ लगाइदिएका छन्– कृष्णपुरीमा पनि कंस, रावण आदि थिए। वास्तवमा त यस समय कंसपुरी छ। फेरि सत्ययुगमा हुन्छ कृष्णपुरी। यो हो संगम, त्यसैले नै उनीहरूले कंस, जरासन्धी, रावण आदिलाई सत्ययुगी देवतासँग मिलाइदिएका हुन्। यो हो नै आसुरी रावण सम्प्रदाय। अहिले तिमी ईश्वरीय सम्प्रदाय बनेका छौ। ईश्वरीय गोदमा आएर पवित्र बनेर फेरि २१ जन्मको लागि दैवी गोदमा जान्छौ। ८ जन्म दैवी गोद फेरि १२ जन्म क्षत्रिय गोद। यहाँ नै यो गाइएको छ– कन्या उनै हुन्, जसले २१ कुलको उद्धार गर्छन्। त्यो तिमी कुमारीहरू नै हौ। 

अहिले तिमी हौ ईश्वरीय कुलका। दादा हुनुहुन्छ शिवबाबा, बाबा हुन् ब्रह्मा। तिमी हौ ब्रह्माकुमार कुमारी। वर्सा उहाँ बेहदका बाबाबाट मिल्छ। दिनेवाला उहाँ हुनुहुन्छ। उहाँ त निराकार हुनुहुन्छ। उहाँले राजयोग अहिले कसरी सिकाउनुहुन्छ। नरबाट नारायण बनाउनको लागि अवश्य साकार शरीर चाहिन्छ। त्यसैले यस पतित तनमा आउनुहुन्छ, जसले ८४ जन्म लिएका छन्। यो सबै भन्दा ठूलो युनिभर्सिटी हो, जहाँ स्वयं भगवान् बसेर राजयोग सिकाउनुहुन्छ, राजाहरूको राजा बनाउन। गीताका रचयिता कृष्ण होइनन्। गीता माताले कृष्णलाई जन्म दिएकी हुन्। जो देवता बने, उनीहरूलाई जन्म मिल्यो शिव बाबाद्वारा। क्रिश्चियनलाई जन्म मिल्यो बाइबलबाट, क्राइस्टद्वारा। तिमीलाई पनि ब्राह्मणबाट देवता कसले बनायो? शिवबाबाले ब्रह्मा मुखद्वारा। यो तिम्रो बेहदको संन्यास हो। त्यो हो हदको रजोगुणी संन्यास। त्यो हो निवृत्तिमार्गको संन्यास। तिमीलाई वैराग्य आएको छ यस पुरानो फोहोरी दुनियाँबाट। तिमीलाई थाहा छ– यो त अब खत्तम हुनेवाला छ। त्यो भन्दा त हामी किन स्वर्गका रचयिता बाबालाई याद नगर्ने। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमी धेरै जन्मपछि आएर मिलेका छौ। तिमीले ८४ जन्म पूरा लिएका छौ। अब तिमीलार्इ फेरि देवता वर्णमा जानु छ। यसमा परहेज पनि धेरै छ, अशुद्ध चीज खान सक्दैनौ। बाबा भन्नुहुन्छ– म संगममा आउँछु नै पुराना कपडालाई पावन बनाउन। अब मृत्यु सामुन्ने खडा छ। यादव, कौरव र पाण्डव पनि छन् भने अवश्य पाण्डव पति पनि हुनुपर्छ। पाण्डव पति, पिता परमात्मालाई भनिन्छ। तिमी फेरि हौ पण्डा। सुखधामको मार्ग बताउँछौ, शान्तिधामको। त्यसैले तिमीलाई पाण्डव शिव शक्ति सेना भनिन्छ। यादव युरोपवासीले त आफ्नै कुलको नाश गर्छन्। यहाँ छन् पाण्डव र कौरव जसको लागि भन्दछन्– असुर र देवताहरूको युद्ध चलेको हो। तिमी अहिले देवता होइनौ, बन्नु छ। श्रीमतबाट तिमी स्वर्गको मालिक बन्छौ। बाँकी सबैको आसुरी रावण मत छ। आधाकल्प रावणको मत चल्छ। अहिले त सारा दुनियाँ तमोप्रधान छ। यो हो रुद्र ज्ञान यज्ञ, जहाँ बाबा बसेर राजयोग सिकाउनुहुन्छ। जब राजाई स्थापना हुन्छ अनि यो विनाश ज्वाला प्रज्वलित हुन्छ, यो ज्ञान प्रायः लोप हुन्छ। फेरि ड्रामा अनुसार जति पनि शास्त्र हुन् भक्तिमार्गका, ती सबै निस्कन्छन्। संन्यासीहरूका अनुयायी धेरै हुन्छन्। सबै पाप धुनको लागि गंगामा जान्छन्। अब गंगा नदीले त कसैलाई पावन बनाउन सक्दैन। त्यो त पानीको सागरबाट निस्किएको हो। ज्ञान गंगा तिमीहरू हौ, जो ज्ञान सागरबाट निस्किएका हौ। बाँकी गंगा कुनै पतित पावनी होइन। बच्चाहरूलाई फेरि भक्तिको फल, बेहद सुखको वर्सा दिन आएको छु। जो बाबासँग आएर पढ्छन् उनीहरू नै स्वर्गमा आउँछन्, बाँकी सबै आफ्नै सेक्सनमा जान्छन्। यस ड्रामा चक्रलाई पनि बुझ्नु छ। चक्रलाई जान्नाले तिमी चक्रवर्ती राजा बन्छौ। सरकारले पनि चक्र निकालेका छन्। ३ सिंह देखाएर फेरि तल लेख्छन् सत्यमेव जयते। 

अब शिवबाबा तिमी सबै पार्वतीहरूलाई आएर अमर कथा सुनाइरहनु भएको छ– अमरपुरीको मालिक बनाउन। यसलाई नै सत्य-नारायणको कथा वा अमर कथा भनिन्छ। यो कथा एकै पटक सुनेर तिमी स्वर्गका मालिक बन्छौ। बाँकी सबै हुन् दन्त कथाहरू। अच्छा!

मीठे-‌मीठे सिकीलधे बच्चाहरूप्रति माता-‌पिता बापदादाको याद-‌प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


धारणाको लागि मुख्य सारः

१) देवता वर्णमा जानको लागि भोजनको धेरै परहेज राख्नु छ। कुनै पनि अशुद्ध चीज खानु हुँदैन।

२) यो पुरानो फोहोरी दुनियाँ, जो अब खत्तम हुनेवाला छ, यससँग बेहदको वैराग्य राखेर स्वर्गको रचयिता बाबालाई याद गर्नु छ।

वरदान:

सर्व प्राप्तिको स्मृतिद्वारा उदासीलाई छोडिदिने खुशीको खजानाबाट सम्पन्न भव:-  

संगमयुगमा सबै ब्राह्मण बच्चाहरूलाई बाबाद्वारा खुशीको खजाना मिल्छ, त्यसैले जेसुकै होस्, यो शरीरै गए पनि खुशीको खजानालाई छोड्नु छैन। सदा सर्व प्राप्तिको स्मतिमा रह्यौ भने उदासीलाई छुट्टी मिल्छ। काम-धन्धामा नोक्सान पनि होला तर पनि मनमा उदासीको लहर नआओस् किनकि अखुट प्राप्तिका अगाडि यो के ठूलो कुरा हो र। यदि खुशी छ भने सबै कुरा छ, खुशी छैन भने केही पनि छैन।

स्लोगन:

मास्टर दुःख हर्ता, सुख कर्ताको पार्ट खेल्नको लागि सर्व प्राप्तिले सम्पन्न बन।  



***OM SHANTI***

Google+ Followers