BK Murli 21 May 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 21 May 2017 Nepali

    २०७४ जेष्ठ ७ ‍आइतबार २१-०५-२०१७ ओम् शान्ति “अव्यक्त बापदादा” रिभाइज १-४-८२ मधुबन

    भाग्यको आधार त्याग


    आज भाग्य विधाता बापदादा आफ्ना सर्व बच्चाहरूको त्याग र भाग्य दुवैलाई देखिरहनु भएको छ। त्याग के गरेका छन् र भाग्य के पाएका छन्! यो त थाहा नै छ– एक गुणा त्यागको रिटर्नमा पदमगुणा भाग्य मिल्छ। त्यागको गुह्य परिभाषा जानेर पनि जो बच्चाले थोरै मात्र त्याग गर्छ भने पनि भाग्यको रेखा स्पष्ट र धेरै लामो हुन जान्छ। त्यागको पनि भिन्न-भिन्न स्टेज छन्। त्यसो त ब्रह्माकुमार वा ब्रह्माकुमारी बन्यौ, यो पनि त्यागको भाग्य ब्राह्मण जीवन मिल्यो। यस हिसाबले जसरी ब्राह्मण सबै कहलाउँछौ, त्यसैगरी त्याग गर्ने आत्मा पनि सबै भयौ। तर त्यागमा पनि नम्बर छ, त्यसैले भाग्य पाउनमा पनि नम्बर छ। ब्रह्माकुमार वा ब्रह्माकुमारी त सबैले भन्छौ तर ब्रह्माकुमार-कुमारीहरूबाट नै कोही मालाको नम्बरवन दाना बने, कोही लास्ट दाना बने तर हुन् दुवै नै ब्रह्माकुमार-कुमारी। शूद्र जीवन सबैले त्याग गरे, फेरि पनि नम्बरवन र लास्ट नम्बरमा अन्तर किन? चाहे प्रवृत्तिमा रहेर ट्रष्टी बनेर चलिरहेका छौ, चाहे प्रवृत्तिबाट निवृत्त भई सेवाधारी बनेर सदा सेवाकेन्द्रमा बसेका छौ। तर दुवै प्रकारका ब्राह्मण आत्माहरू चाहे ट्रष्टी, चाहे सेवाधारी, दुवै नै ब्रह्माकुमार-कुमारी कहलाउँछौ। सरनेम दुवैको एकै छ तर दुवैको त्यागको आधारमा भाग्य बनेको छ। यस्तो भन्न सकिँदैन– सेवाधारी बनेर सेवा केन्द्रमा रहनु, यही श्रेष्ठ त्याग वा भाग्य हो। ट्रष्टी आत्माहरू पनि त्याग वृत्तिद्वारा मालामा राम्रो नम्बर लिन सक्छन्। तर सच्चा र साफ दिलवाला ट्रष्टी हुनुपर्छ। भाग्य प्राप्त गर्ने अधिकार दुवैको छ। तर श्रेष्ठ भाग्यको रेखा खिच्ने आधार हो “श्रेष्ठ संकल्प र श्रेष्ठ कर्म।” चाहे ट्रष्टी आत्मा हौ, चाहे सेवाधारी आत्मा हौ दुवैले यही आधारद्वारा नम्बर लिन सक्छौ। दुवैको फुल अथोरिटी छ भाग्य बनाउने। जे बनाउन चाहन्छन्, जति बनाउन चाहन्छन्, बनाउन सक्छन्। संगमयुगमा वरदाताद्वारा ड्रामा अनुसार समयलाई वरदान मिलेको छ– जो चाह्यो ऊ श्रेष्ठ भाग्यवान् बन्न सक्छ। ब्रह्माकुमार-कुमारी बन्नु अर्थात् जन्मदेखि भाग्य लिएर नै आउँछौ। जन्मदेखि भाग्यको सितारा सबैको मस्तकमा चम्किरहेको छ। यो त जन्मसिद्ध अधिकार हुन गयो। ब्राह्मण अर्थात् भाग्यवान। तर प्राप्त भएको जन्मसिद्ध अधिकारलाई वा चम्किरहेको भाग्यको सितारालाई कहाँसम्म अगाडि बढाउँछन्, कति श्रेष्ठ बनाउँदै जान्छन्, त्यो हरेकको पुरुषार्थ माथि निर्भर छ। मिलेको भाग्यको अधिकारलाई जीवनमा धारण गरेर कर्ममा ल्याउनु अर्थात् मिलेको बाबाको सम्पत्तिलाई कमाईद्वारा बढाइरहनु वा खाएर खत्म गरिदिनु, त्यो हरेकको माथि निर्भर छ। जन्मनासाथ बापदादाले सबैलाई एकनाश श्रेष्ठ ‘भाग्यवान भवको’ वरदान भन वा भाग्यको सम्पत्ति भन, समान दिनुहुन्छ। सबै बच्चाहरूलाई उस्तै टाइटल दिनुहुन्छ– सिकीलधे बच्चाहरू, प्यारा बच्चाहरू। कसैलाई सिकीलधे, कसैलाई सिकीलधे होइनौ भन्नुहुन्न। तर सम्पत्तिलाई सम्हाल्न र बढाउन– यसमा नम्बर बन्न जान्छ। यस्तो होइन– सेवाधारीहरूलाई १० पद्म। दिनुहुन्छ र ट्रष्टीहरूलाई २ पद्मन दिनुहुन्छ। सबैलाई पद्मापद्मपति भन्नुहुन्छ। तर भाग्य रूपी खजानालाई सम्हाल्नु अर्थात् स्वमा धारण गर्नु र भाग्यको खजानालाई बढाउनु अर्थात् मन-वचन-कर्मद्वारा सेवामा लगाउनु। यसमा नम्बर बन्न जान्छ। सेवाधारी पनि सबै हौ, धारणा मूर्त पनि सबै हौ, तर धारणा स्वरूपमा नम्बरवार छौ। कोही सर्वगुण सम्पन्न बनेका छन्, कोही गुण सम्पन्न बनेका छन्। कोही सदा धारणा स्वरूप छन्, कोही कहिले धारणा स्वरूप, कहिले डगमग स्वरूप। एउटा गुणलाई धारण गर्छौ, अर्को समयमा कर्तव्यमा ल्याउन सक्दैनौ। जस्तै एकै समयमा सहनशक्ति पनि चाहियो र साथ-साथै समाहित गर्ने शक्ति पनि चाहियो। यदि एक शक्ति वा एक सहनशीलताको गुणलाई धारण गर्छौ र समाहित गर्ने शक्ति वा गुणलाई साथ-साथै प्रयोग गर्न सक्दैनौ र भन्दछौ– यति सहन त गरें नि। यो कुनै कम गरें र! यो पनि मलाई थाहा छ, मैले कति सहन गरें, तर सहन गरेपछि यदि समाहित गरेनौ, समाहित गर्ने शक्तिलाई प्रयोग गरेनौ भने के होला? यता-उता वर्णन हुन्छ– यसले यो गर्योा, मैले यो गरें। सहन त गर्यौभ, यो कमाल जरूर गर्यौा तर कमालको वर्णन गरेर कमाललाई धमालमा चेन्ज गरिदियौ किनकि वर्णन गर्नाले एक त देह-अभिमान र दोस्रो परचिन्तन, दुवै स्वरूप कर्ममा आउन जान्छ। यसैगरी एक गुणलाई धारण गर्यौक, अर्कोलाई गरेनौ भने धारणा स्वरूप हुनु पर्ने त्यो बन्न सक्दैनौ। यसकारण मिलेका खजानालाई सदा धारण गर्न सक्दैनौ अर्थात् सम्हाल्न सक्दैनौ। सम्हाल्न सकेनौ अर्थात् गुमाइदियौ नि! कसैले सम्हाल्छन् कसैले गुमाइदिन्छन्। नम्बर त भयो नि! त्यस्तै सेवामा लगाउनु अर्थात् भाग्यको सम्पत्तिलाई बढाउनु। यसमा पनि सेवा त सबैले गर्छौ नै तर सच्चा दिलबाट, लगनबाट सेवा गर्नु, सेवाधारी बनेर सेवा गर्नु– यसमा पनि अन्तर हुन जान्छ। कोही सच्चा दिलले सेवा गर्छन्, कोही दिमागको आधारमा सेवा गर्छन्। अन्तर त हुन्छ नि।

    दिमाग तेज छ, प्वाइन्ट्स धेरै छन्, त्यसको आधारमा सेवा गर्नु र सच्चा दिलबाट सेवा गर्नु– यसमा रात दिनको अन्तर छ। दिलबाट सेवा गर्नेले दिलारामको बनाउँछन्। र, दिमागबाट सेवा गर्नेले केवल बोल्न र बोलाउन सिकाउँछ। एउटाले मनन गर्छ, अर्कोले वर्णन गर्छ। एउटा हुन्छ सेवाधारी बनेर सेवा गर्नेवाला र अर्को हुन्छ नामधारी बन्नको लागि सेवा गर्नेवाला। फरक हुन गयो नि। सच्चा सेवाधारीले जुन आत्माहरूको सेवा गर्नेछन्, उनलाई प्राप्तिको प्रत्यक्षफलको अनुभव गराउँछन्। नामधारी बन्नेवाला सेवाधारीले त्यसै समय नामाचारलाई प्राप्त गर्छन्– धेरै राम्रो सुनायौ, धेरै राम्रो बोल्यौ। तर प्राप्तिको फलको अनुभूति गराउन सक्दैनन्। त्यसैले अन्तर हुन गयो नि! यसैगरी एउटा हुन्छ लगनले सेवा गर्नु, अर्को हुन्छ ड्युटी अनुसार सेवा गर्नु। लगनवाला आत्माले हर आत्मालाई लगन नलगाइ रहन सक्दैन। ड्युटीवाला आत्माले आफ्नो काम पूरा गर्छ, सप्ताह कोर्स गराउँछ, योग शिविर पनि गराउँछ, धारणा शिविर पनि गराइदिन्छ, मुरली सुनाउन पनि पुगिहाल्छ, तर आत्माको लगन लागोस्– यसको जिम्मेवारी आफ्नो सम्झदैन। कोर्स माथि कोर्स गराउँछन् तर आत्मामा फोर्स भर्न सक्दैनन्। सोच्छन्– मैले धेरै मेहनत गरिसकें। तर यो नियम छ– सेवाको लगन हुनेले नै लगन लगाउन सक्छ। त्यसैले अन्तर बुझ्यौ? यो हो मिलेको सम्पत्तिलाई बढाउनु। यसकारण जति सम्हाल्छौ, जति बढाउँछौ त्यति नम्बर अगाडि लिन्छौ। भाग्य विधाताले भाग्य सबैलाई समान बाँड्नु भयो तर कोही कमाउनेवाला, कोही गुमाउनेवाला बन्छन्। कोही खाएर खत्म गर्नेवाला बन्छन्। त्यसैले दुई प्रकारको माला बन्न पुग्छ र मालामा पनि नम्बर बन्न पुग्छ। बुझ्यौ नम्बर किन बन्यो? त्यसैले बापदादा त्यागको भाग्यलाई देखिरहनु भएको थियो। त्यागको पनि लीला अपरमअपार छ। त्यो फेरि सुनाउनेछु। अच्छा।

    यस्ता श्रेष्ठ तकदिरवान, सदा श्रेष्ठ संकल्प र श्रेष्ठ कर्मद्वारा भाग्यको रेखा बढाइरहने सदा सच्चा सेवाधारी, सदा सर्व गुण, सर्व शक्तिहरूलाई जीवनमा ल्याउने, हर आत्मालाई प्रत्यक्षफल अर्थात् प्राप्ति स्वरूप बनाउने, यस्ता श्रेष्ठ त्यागी र श्रेष्ठ भागी सदा बाबाद्वारा मिलेको अधिकारलाई, खजानालाई सम्हाल्ने र बढाउने, यस्ता धारणा स्वरूप सदा सेवाधारी बच्चाहरूलाई बापदादाको यादप्यार एवं नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 

    पार्टीहरू सँग:–

    १) ब्राह्मण सो फरिश्ता र फरिश्ता सो देवता– यो लक्ष्य सदा स्मृतिमा राख

    सबैले आफूलाई ब्राह्मण सो फरिश्ता सम्झन्छौ? अहिले ब्राह्मण हौं र ब्राह्मण सो फरिश्ता बन्नेवाला छौं फेरि फरिश्ता सो देवता बन्नेछौं– यो याद रहन्छ? फरिश्ता बन्नु अर्थात् साकार शरीरधारी भए तापनि लाइट रूपमा रहनु अर्थात् सदा बुद्धिद्वारा माथिको स्टेजमा रहनु। फरिश्ताको पाउ धर्तीमा हुँदैन। माथि कसरी रहने? बुद्धिद्वारा। बुद्धि रूपी पाउ सदा उच्च स्टेजमा रहोस्। यस्तो फरिश्ता बनिरहेका छौ वा बनिसकेका छौ? ब्राह्मण त हौ नै। यदि ब्राह्मण होइनौ भने यहाँ आउने छुट्टी नै मिल्दैनथ्यो। तर ब्राह्मणहरूले फरिश्तापनको स्टेजलाई कहाँ सम्म अपनाएका छन्? फरिश्ताहरूको प्रकाशको काया देखाउँछन्। जति आफूलाई प्रकाश स्वरूप आत्मा सम्झन्छौ, प्रकाशमय त हिंड्दा-डुल्दा अनुभव गर्छौ मानौं प्रकाशको कायावाला फरिश्ता बनेर चलिरहेको छु। फरिश्ता अर्थात् आफ्नो देहभानको पनि रिश्ता नहोस्, देहभानबाट रिश्ता टुट्नु अर्थात् फरिश्ता। देहसँग होइन, देहको भानसँग। देहसँग रिश्ता खतम भए त शरीर छोड्छौ तर देहभानको रिश्ता खतम होस् अनि यो जीवन धेरै प्यारो लाग्छ। फेरि कुनै पनि मायाले आकर्षण गर्दैन।

    २) हामी अल्लाहको बगैंचाका पुष्प हौं– यस स्वमानमा रहने गर

    सदा आफूलाई बापदादाको अर्थात् अल्लाहको बगैंचाको फूल सम्झेर चल्छौ? सदा आफैंले आफैंसँग सोध– म रूहानी गुलाब बनेर सदा रूहानी सुगन्ध फैलाउँछु? जस्तै गुलाबको सुगन्ध सबैभन्दा मीठो लाग्छ, चारैतर्फ फैलिन्छ, त्यो त भयो स्थूल, विनाशी चीज र तिमीहरू सबै अविनाशी सच्चा गुलाब हौ। त्यसैले सदा अविनाशी रूहानियतको सुवास फैलाइरहन्छौ? सदा यही स्वमानमा रहने गर– हामी अल्लाहको बगैंचाका पुष्प बनिसक्यौं। यसभन्दा ठूलो स्वमान अरू कुनै हुन सक्दैन। ‘वाह मेरो श्रेष्ठ भाग्य’– यही गीत गाउँदै गर। भोलानाथ सँग सौदा गरिसक्यौ त्यसैले चतुर भयौ नि! कसलाई आफ्नो बनाएका छौ? कससँग सौदा गरेका छौ? कति ठूलो सौदा गरेका छौ? तीनै लोक नै सौदामा लियौ। आजको दुनियाँमा सबैभन्दा ठूलो जति नै धनवान होस् तर यति ठूलो सौदा गर्न सक्दैन, यति महान् आत्मा हौ– यस महानतालाई स्मृतिमा राखेर चलिराख।

    ३) ब्राह्मणहरूको कर्तव्य हो– खुशीको दान गरेर महादानी बन्नु 

    सबैभन्दा श्रेष्ठ खजाना खुशीको खजाना हो। जुन खजाना आफूसँग हुन्छ त्यसलाई दान गरिन्छ। तिमीले खुशीको खजानाको दान गर्छौ। जसलाई खुशी दिन्छौ, उसले बारम्बार धन्यवाद दिन्छ। दु:खी आत्माहरूलाई खुशीको दान दियौ भने तिम्रो गुण गाउनेछन्। महादानी बन, खुशीको खजाना बाँड। आफ्ना साथीभाइलाई जगाऊ। बाटो देखाऊ। सेवा विना ब्राह्मण जीवन हुँदैन। सेवा छैन अर्थात् खुशी छैन। त्यसैले सेवामा तत्पर भइराख। हरेक दिन कसै न कसैलाई दान अवश्य देऊ। दान नगरेसम्म निंद्रा पनि आउनु हुँदैन। 

    प्रश्न:– 

    बापदादाको गलामा कुनचाहिँ बच्चा मालाको रूपमा उनिएका हुन्छन्?

    उत्तर:– 

    जसको गला अर्थात् मुखद्वारा बाबाको गुण, बाबाले दिनु भएको ज्ञान वा बाबाको महिमा निस्किरहन्छ, जे बाबाले सुनाउनु भयो त्यही मुखबाट आवाज निस्कन्छ– यस्ता बच्चाहरू बापदादाको गलाको हार बनेर गलामा परिरहन्छन्। अच्छा, ओम् शान्ति।


    वरदान:

    शान्तिको शक्तिद्वारा, संस्कार मिलनद्वारा सर्व कार्य सफल गर्ने, सदा निर्विघ्न भव:-   

    सदा निर्विघ्न उनै रहन सक्छन् जसले सी फादर, फलो फादर गर्छन्। सी सिस्टर, सी ब्रदर गर्नाले नै हलचल हुन्छ। त्यसैले अब बाबालाई फलो गर्दै बाबा समान संस्कार बनायौ भने संस्कार मिलनको रास गर्दै सदा निर्विघ्न रहनेछौ। शान्तिको शक्तिद्वारा अथवा शान्त रहनाले जतिसुकै ठूलो विघ्न पनि सहज समाप्त हुन जान्छ र सर्व कार्य स्वत: सम्पन्न हुन्छ।

    स्लोगन:

    त्रिकालदर्शी उनै हुन्, जसले कुनै पनि कुरालाई एक कालको दृष्टिले हेर्दैनन्, हर कुरामा कल्याण सम्झन्छन्।   



    ***OM SHANTI***