BK Murli 22 May 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 22 May 2017 Nepali

    २०७४ जेष्ठ ८ सोमबार २२-५-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– अब बाबा समान देही-अभिमानी बन। बाबाको यही चाहना छ– बच्चाहरू म समान बनेर मेरो साथमा घरमा जाऊन्।”  

    प्रश्न:

    तिमी बच्चाहरूले कुन कुराको आश्चर्य देखेर बाबालाई धन्यबाद दिन्छौ?

    उत्तर:

    तिमीले आश्चर्य देख्छौ– बाबा कसरी आफ्नो कर्तव्य निभाइरहनु भएको छ! आफ्नो बच्चाहरूलाई राजयोग सिकाएर लायक बनाइरहनु भएको छ। तिमी बच्चाहरूले मनमनै यस्तो मीठो बाबालाई धन्यबाद दिन्छौ। बाबा भन्नुहुन्छ– यो धन्यबाद शब्द पनि भक्ति मार्गको हो। बच्चाहरूको त अधिकार हुन्छ, यसमा धन्यबाद दिने पनि के कुरा। ड्रामा अनुसार बाबाले वर्सा दिनु नै छ।

    गीत:–

    जिसका साथी है भगवान्.....

    ओम् शान्ति।

    यो गीत हो बच्चाहरूको लागि। जसको साथी सर्व शक्तिमान् परमपिता परमात्मा हुनुहुन्छ, उनलाई मायाको आँधी वा तुफानले के गर्न सक्छ। त्यो आँधी होइन, मायाको तुफानले आत्माको ज्योतिलाई निभाइदिन्छ। अहिले बाल्नेवाला साथी मिलेको छ, त्यसैले मायाले के गर्न सक्छ? नाम नै राखिएको छ महावीर, माया रावणमाथि विजय प्राप्त गर्नेवाला। कसरी विजय पाउनु छ? त्यो त बच्चाहरू सामुन्ने बसेका छन्। बापदादा बस्नु भएको छ। बुवा र हजुरबुवालाई पिता र पितामह भनिन्छ। त्यसैले हुनुभयो बापदादा। बच्चाहरूलाई थाहा छ– रूहानी बाबा हाम्रो सामुन्ने बस्नु भएको छ। रूहानी बाबाले आत्माहरू सँग नै कुरा गर्नुहुन्छ। आत्माले नै अंगहरूद्वारा सुन्छ, बोल्छ। तिमी बच्चाहरूलाई देह-अभिमानी हुने बानी परेको छ। सारा कल्प देह-अभिमानमा रहन्छौ। एउटा शरीर छोडेर अर्को शरीर लियौ। शरीरमा नाम रहन्छ, कसैले भन्छ– म परमानन्द हुँ, कसैको नाम के, कसैको के... बाबा भन्नुहुन्छ– म सदैव देही-अभिमानी हुँ। मलाई कहिल्यै देह मिल्दैन, त्यसैले मलाई कहिल्यै देह-अभिमान हुन सक्दैन। यो देह त यस दादाको हो। म सदैव देही-अभिमानी हुँ। तिमी बच्चाहरूलाई पनि आफू समान बनाउन चाहन्छु किनकि अब तिमीहरू मेरो पासमा आउनु छ। देह-अभिमान छोड्नु छ। समय लाग्छ। धेरै समय देखि देह-अभिमानमा रहने अभ्यास परेको छ। अहिले बाबा भन्नुहुन्छ– यस देहलाई पनि छोड, म समान बन किनकि तिमी मेरो गेस्ट बन्नु छ। मेरो पासमा फर्केर आउनु छ, त्यसैले भन्छु– पहिले आफूलाई आत्मा निश्चय गर। यो म आत्माहरू सँग नै बोल्छु। तिमीले बाबालाई याद गर्यौस भने त्यो दृष्टि खतम भएर जान्छ। मेहनत छ यसमा। मैले आत्माहरूको सेवा गरिरहेको छु। आत्माले सुन्छ अंगहरूद्वारा, म आत्माले तिमीलाई बाबाको सन्देश दिइरहेको छु। आत्माले त आफूलाई न मेल, न फिमेल भन्छ। मेल फिमेल शरीरसँग नाम रहन्छ। उहाँ त हुनुहुन्छ नै परम आत्मा। बाबा भन्नुहुन्छ– हे आत्माहरू सुनेका छौ? आत्माले भन्छ– हो, सुनेको छु। तिमीले आफ्नो बाबालाई चिनेका छौ, उहाँ सबै आत्माहरूका पिता हुनुहुन्छ। जस्तै तिमी आत्मा हौ, त्यस्तै म तिम्रो बाबा हुँ, जसलाई परमपिता परमात्मा भनिन्छ। उहाँको आफ्नो शरीर छैन। ब्रह्मा, विष्णु, शंकरको आफ्नो आकार छ। आत्मालाई आत्मा नै भनिन्छ। मेरो नाम त शिव हो। शरीरमा त धेरै नाम पर्छन्। म शरीर लिन्नँ, त्यसैले मेरो कुनै शारीरिक नाम छैन। तिमी शालिग्राम हौ। तिमी आत्माहरूलाई भन्छु– हे आत्माहरू सुनेका छौ? यो तिमीलाई अब प्राक्टिस गर्नुपर्छ, देही-अभिमानी भएर रहने। आत्माले सुन्छ र बोल्छ– यी अंगहरूद्वारा, बाबा बसेर आत्माहरूलाई सम्झाउनु हुन्छ। आत्मा बेसमझ भएको छ किनकि बाबालाई बिर्सिएको छ। यस्तो होइन शिव पनि परमात्मा हुनुहुन्छ, कृष्ण पनि परमात्मा हुनुहुन्छ। उनले त भन्छन् ढुंगा-माटो सबैमा परमात्मा हुनुहुन्छ। सारा सृष्टिमा उल्टो ज्ञान फैलिएको छ। धेरैले त मान्छन् पनि– हामी भगवान् बाबाका बच्चाहरू हौं। तर धेरैजसो सर्वव्यापी भन्नेवाला निस्किन्छन्। यस दलदलबाट सबैलाई निकाल्नु छ। सारा दुनियाँ छ एकातर्क, बाबा हुनुहुन्छ अर्कातर्फ। बाबाको महिमा गाइएको छ। अहो प्रभु तिम्रो लीला... अहो मेरो मत जसबाट गति अथवा सद्गति मिल्छ। सद्गति दाता त एकै हुनुहुन्छ। मनुष्यले गति सद्गतिको लागि कति मेहनत गर्छन्। यहाँ एकै सतगुरु हुनुहुन्छ, जसले मुक्ति, जीवन मुक्ति दुवै नै दिनुहुन्छ। 

    बाबा भन्नुहुन्छ– यी साधु सन्त आदि सबैको सद्गति गर्नको लागि मलाई आउनु पर्छ। सबैको सद्गति गर्नेवाला म एकै हुँ। आत्माहरू सँग कुरा गर्छु। म तिम्रो बाबा हुँ, अरू कसैले यो भन्न सक्दैन– तिमी सबै आत्माहरू मेरा सन्तान हौ। उनले त भनिदिन्छन्– ईश्वर सर्वव्यापी हुनुहुन्छ। त्यसैले यस्तो कहिल्यै भन्न सक्दैनन् यो त स्वयं बाबा भन्नुहुन्छ– म आएको छु भक्तहरूलाई भक्तिको फल दिन। गायन पनि छ– भक्तहरूका रक्षक भगवान् एक हुनुहुन्छ। सबै भक्त हुन्, अवश्य भगवान् अलग चीज हो। भक्त नै यदि भगवान् हुने भए त उनले भगवान्लाई याद गर्ने आवश्यकता थिएन। आ-आफ्नो भाषामा परमात्मालाई कसैले के भन्छन्, कसैले के। तर यथार्थ नाम हो नै शिव। कसैले कसको ग्लानि गर्छन् वा निन्दा गर्छन् भने केस गर्छन्। तर यो हो ड्रामा, यसमा कसैको कुरा चल्न सक्दैन। बाबाले जान्नुहुन्छ– तिमी दु:खी भएका छौ, फेरि पनि यो हुन्छ। गीता शास्त्र आदि फेरि पनि उही निक्लिन्छन्। तर केवल गीता आदि पढेर त कसैले बुझ्न सक्दैन। यहाँ त समर्थ चाहिन्छ। शास्त्र सुनाउनेले कसको लागि भन्ने– मसँग योग लगाउनाले हे बच्चाहरू तिम्रो विकर्म विनाश हुन्छ, यो भन्न सक्दैनन्। उनीहरूले त केवल गीता पुस्तक पढेर सुनाउँछन्। 

    अहिले तिमी अनुभवी छौ, जान्दछौ– हामी ८४ को चक्रमा कसरी आउँछौं। ड्रामामा हरेक कुरा आफ्नो समयमा हुन्छ। यो बाबाले बच्चाहरू सँग, आत्माहरू सँग कुरा गर्नुहुन्छ। तिमीले पनि यसरी नै सिक– म आत्मासँग कुरा गर्दैछु, म आत्मा यस मुखद्वारा बोल्छु। तिम्रो आत्माले यी कानहरूद्वारा सुन्छ। मैले बाबाको सन्देश दिन्छु, म आत्मा हुँ। यो सम्झाउन कति सहज छ। तिम्रो आत्माले एक शरीर छोडेर अर्को लिन्छ। आत्माले ८४ जन्म पूरा गरेको छ। अहिले बाबा भन्नुहुन्छ– यदि परमात्मा सर्वव्यापी भए त जीव परमात्मा भने हुन्छ नि। जीव आत्मा किन भन्छन्? यो आत्मा सँग कुरा गरिन्छ। मेरा आत्मा भाइहरूले बुझिरहेका छौ– मैले बाबाको सन्देश सुनाउँदै छु? ५ हजार वर्ष पहिलेवाला। बाबा भन्नुहुन्छ– मलाई याद गर। यो दु:खधाम हो। सत्ययुग हो सुखधाम। हे आत्माहरू! तिमी सुखधाममा थियौ नि। तिमीले ८४ को चक्र लगाएका छौ। सतोप्रधानबाट सतो, रजो तमोमा अवश्य आउनु छ। अब फेरि हिँड वापस श्रीकृष्णपुरीमा। गएर के बन्न चाहन्छौ? महाराजा महारानी बन्नेछौ वा दासदासी? यस्तो-यस्तो आत्माहरू सँग कुरा गर्नुपर्छ। उमंग हुनुपर्छ। यस्तो होइन म परमात्मा हुँ। परमात्मा त हुनुहुन्छ नै ज्ञानको सागर। उहाँ कहिल्यै अज्ञानको सागर बन्नुहुन्न। ज्ञान र अज्ञानको सागर हामी बन्छौं। बाबासँग ज्ञान लिएर मास्टर सागर बन्छौं, वास्तवमा सागर एकै बाबा हुनुहुन्छ। बाँकी सबै नदीहरू हुन्। फरक छ नि। आत्मालाई तब सम्झाइन्छ, जब आत्मा बेसमझ हुन्छ। स्वर्गमा कहाँ कसैलाई सम्झाइन्छ र। यहाँ सबै बेसमझ पतित र दु:खी छन्। गरिबहरूले नै यो ज्ञान आराम सँग बसेर सुन्छन्। धनवानहरूलाई त आफ्नो नशा रहन्छ। उनीहरूमा त कुनै मुश्किलले निस्कन्छ। जनक राजाले सबै दिए नि। यहाँ सबै जनक हौ। जीवनमुक्तिको लागि ज्ञान लिइरहेका छौ। यो पक्का गर्नुपर्छ– हामी आत्मा हौं। बाबा, हामी हजुरको कति आभारी छौं। ड्रामा अनुसार हजुरले वर्सा त दिनु नै छ। हामी हजुरको बच्चा बन्नु नै छ, यसमा धन्यबाद के गरौं। हामी हजुरको वारिस त बन्नु नै छ, यसमा धन्यबादको के कुरा छ। बाबा स्वयं आएर सम्झाएर लायक बनाउनुहुन्छ, भक्ति मार्गमा महिमा गर्दा धन्यबाद शब्द निस्किन्छ। बाबाले त आफ्नो कर्तव्य गर्नु नै छ। आएर फेरि स्वर्गमा जाने बाटो बताउनुहुन्छ। ड्रामा अनुसार बाबाले आएर राजयोग सिकाउनु छ, वर्सा दिनु छ। फेरि जसले जति पुरुषार्थ गर्छ, त्यस अनुसार स्वर्गमा जान्छ। यस्तो होइन बाबाले पठाइदिनुहुन्छ। स्वत: जति पुरुषार्थ गर्छन्, त्यसै अनुसार स्वर्गमा आउँछन्। बाँकी यसमा धन्यबाद दिने कुनै कुरा छैन। अहिले हामी आश्चर्य मान्छौं– बाबाले के खेल देखाउनु भएको छ। पहिले त हामीले बुझेका थिएनौं, अब बुझेका छौं। बाबा हामीले फेरि यो ज्ञान बिर्सिन्छौं? हो, प्यारा बच्चाहरू! मेरो र तिम्रो बुद्धिबाट ज्ञान प्राय: लोप हुनेछ। फेरि समयमा इमर्ज हुनेछ, जब ज्ञान दिने समय हुन्छ। अब त हामी निर्वाणधाम जान्छौं। फेरि भक्ति मार्गमा म पार्ट बजाउँछु। आत्मामा स्वत: त्यो संस्कार आउँछ। म कल्प पछि पनि यसै शरीरमा आउँछु, यो बुद्धिमा रहन्छ। तर फेरि पनि तिमी त देही-अभिमानी रहनु छ। नत्र देह-अभिमानी बन्छौं। मुख्य कुरा त यो हो– बाबा र वर्सालाई याद गर। कल्प-कल्प तिमीले वर्सा पाउँछौ, पुरुषार्थ अनुसार। कति सहज गरेर सम्झाउनु हुन्छ। बाँकी यस लक्ष्यमा चल्न गुप्त मेहनत चाहिन्छ। 

    आत्मा पहिला सुरुमा आउँदा पुण्य आत्मा सतोप्रधान हुन्छ फेरि त्यसलाई पाप आत्मा, तमोप्रधान अवश्य बन्नुपर्छ। अब फेरि तिमी तमोप्रधानबाट सतोप्रधान अवश्य बन्नु छ। बाबाले सन्देश दिनु भएको छ– मलाई याद गर। सारा रचनालाई बाबाबाट वर्सा मिलिरहेको छ। सर्वका सद्गति दाता हुन्छ नि। सबैमाथि दया गर्नेवाला हुनुहुन्छ अर्थात् सबैमाथि दया गर्नेवाला हुनुहुन्छ। सत्ययुगमा कुनै दु:ख हुँदैन। बाँकी सबै आत्माहरू शान्तिधाममा गएर रहन्छन्। तिमी बच्चाहरूले जानिसकेका छौ– अहिले महाविनाशको समय भएको छ। दु:खको हिसाब-किताब चुक्ता गर्नु छ– योगबलद्वारा। फेरि ज्ञान र योगबलद्वारा हामीले भविष्य सुखको लागि खाता पनि जम्मा गर्नु छ। जति जम्मा गरिन्छ, त्यति सुख पाउँछौं र दु:खको खाता चुक्ता हुँदै जान्छ। अहिले हामी कल्पको संगममा आएर दु:खको खाता चुक्ता गर्छौं अनि अर्कोतिर जम्मा गर्छौं। यो व्यापार हो नि। बाबाले ज्ञान रत्न दिएर गुणवान बनाइदिनु हुन्छ। फेरि जति जसले धारण गर्न सक्छन्। एक-एक रत्न लाखौंको सम्पत्ति हो, जसबाट तिमी भविष्यमा सदा सुखी रहन्छौं। यो हो दु:खधाम, त्यो हो सुखधाम। संन्यासीहरूलाई यो थाहा छैन– स्वर्गमा सदा सुख नै सुख हुन्छ। एकै बाबा हुनुहुन्छ, जसले गीताद्वारा भारतवर्षलाई यति उच्च बनाउनुहुन्छ। उनीहरूले कति शास्त्र आदि सुनाउँछन्। तर दुनियाँ त पुरानो बन्नु नै छ। देवताहरू पहिले नयाँ सृष्टिमा राम राज्यमा थिए। अहिले देवताहरू छँदै छैनन्। कहाँ गए? त्यसोभए ८४ जन्म कसले भोग्यो? अरू कसैको पनि ८४ जन्मको हिसाब निक्लिन सक्दैन। ८४ जन्म अवश्य देवता धर्मकाहरूले नै लिन्छन्। मनुष्यले त सम्झन्छन्– लक्ष्मी-नारायण आदि भगवान् थिए। जहाँ हेरूँ तिमी नै तिमी। ठीक छ, सर्वव्यापीको ज्ञानद्वारा पनि सुखी भए त? यो सर्वव्यापीको ज्ञान त चल्दै आएको छ, फेरि पनि भारत त कंगाल, नर्क बनेको छ। भक्तिको फल त दिनु नै छ भगवान्लाई। संन्यासीहरू, जो स्वयं नै साधना गरिरहन्छन्, उनीहरूले फल के दिन्छन्? मनुष्य सद्गति दाता त होइनन्। जो जो यस धर्मको होलान्, उनीहरू निक्लेर आउँछन्। त्यसो त धेरै संन्यासी धर्ममा पनि कनभर्ट भएका छन्, उनीहरू पनि आउनेछन्। यी सबै बुझ्नु पर्ने कुरा हुन्। 

    बाबा सम्झाउनु हुन्छ– यो प्राक्टिस गर्नु छ म आत्मा हुँ। आत्माको आधारमा नै शरीर खडा छ। शरीर त विनाशी हो, आत्मा अविनाशी हो। पार्ट सारा यस सानो आत्मामा छ। कति आश्चर्य छ। वैज्ञानिकहरूले पनि बुझ्न सक्दैनन्। यो अजर, अमर पार्ट यति सानो आत्मामा छ। आत्मा पनि अविनाशी छ भने पार्ट पनि अविनाशी छ। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) कल्पको संगममा योगबलद्वारा दु:खको हिसाब-किताब चुक्ता गर्नु छ। नयाँ जम्मा गर्नु छ। ज्ञान रत्नहरूलाई धारण गरेर गुणवान बन्नु छ।

    २) म आत्मा हुँ, आत्मा भाइसँग कुरा गर्छु, शरीर विनाशी हो। म आफ्नो भाइ आत्मालाई सन्देश सुनाइरहेको छु, यस्तो प्राक्टिस गर्नु छ।

    वरदान:

    अल्पकालको सहाराको किनारालाई छोडेर बाबालाई सहारा बनाउने यथार्थ पुरुषार्थी भव:-  

    अल्पकालको आधारहरूको सहारा, जसलाई किनारा बनाएर राखेका छौ। यो अल्पकालको सहाराको किनारा अब छोडिदेऊ। जबसम्म यो किनारा हुन्छ, सदा बाबाको सहारा अनुभव हुन सक्दैन। बाबाको सहारा छैन त्यसैले हदको किनारालाई सहारा बनाउँछौ। अल्पकालका कुरा धोकेबाज हुन्, त्यसैले समयको तीव्रगतिलाई देख्दै अब यी किनाराहरूबाट तीव्र उडान गरेर सेकण्डमा क्रस गर, तब भनिन्छ यथार्थ पुरुषार्थी।

    स्लोगन:

    कर्म र योगको सन्तुलन राख्नु नै सफल कर्मयोगी बन्नु हो।   



    ***OM SHANTI***