BK Murli 23 May 2017 Nepali

BK Murli 23 May 2017 Nepali

२०७४ जेष्ठ ९ मंगलबार २३-५-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

“मीठे बच्चे– तिमी बाबाको श्रीमतमा चल्यौ भने तिमीलाई कसैले पनि दु:ख दिन सक्दैन। दु:ख कष्ट दिनेवाला रावण हो, जो तिम्रो राज्यमा हुँदैन।”  

प्रश्न:

यस ज्ञान यज्ञमा तिमी बच्चाहरूले कुनचाहिँ आहुति दिन्छौ?

उत्तर:

यस ज्ञान यज्ञमा तिमीले कुनै तिल जौं आदिको आहुति दिँदैनौ। यसमा तिमीले देह सहित जे जति छ, त्यो सबै आहुति दिनु छ अर्थात् बुद्धिद्वारा सबैलाई भुलाइदिनु छ। यस यज्ञको सम्हाल पवित्र रहने ब्राह्मणले नै गर्न सक्छन्। जो पवित्र ब्राह्मण बन्छन्, उनै फेरि ब्राह्मण सो देवता बन्छन्।

गीत:–

तुम्हें पाके हमने जहान...

ओम् शान्ति।

बच्चाहरू आएका छन् बाबाको पासमा। बच्चाहरू अवश्य आउँछन् तब, जब बाबालाई चिनेर बाबा भन्छन्। नत्र आउन सक्दैनन्। बच्चाहरूलाई थाहा छ– हामी जान्छौं निराकारी बेहद बाबाको पासमा, उहाँको नाम शिवबाबा हो। उहाँको आफ्नो शरीर छैन, उहाँको कोही पनि दुस्मन बन्न सक्दैन। यहाँ दुस्मन बन्छन् त्यसैले राजाहरूलाई मार्छन्। गान्धीलाई मारे, किनकि उनको त शरीर थियो। बाबाको त आफ्नो शरीर छँदै छैन। मार्न चाहन्छन्, त्यो पनि उसलाई जसमा प्रवेश गर्छु। आत्मालाई त कसैले मार्न काट्न सक्दैन। जसले मलाई यथार्थ रीति जान्दछन्, उनलाई नै राज्य-भाग्य दिन्छु। उनको राज्य-भाग्यलाई कसैले जलाउन सक्दैन। न पानीले डुबाउन सक्छ, कुनै पनि हालतमा। 

तिमी बच्चाहरू बाबाबाट वर्सा लिन आएका छौ, अविनाशी राजधानीको, जहाँ कसैले पनि दु:ख अथवा कष्ट दिन सक्दैन। वहाँ कष्ट दिनेवाला नै कोही हुँदैन। कष्ट दिनेवाला हो रावण। रावणका १० टाउको पनि देखाउँछन्। केवल रावण देखाउँछन्, मदोदरी देखाउँदैनन्। केवल नाम राखिदिएका छन्– रावणकी स्त्री थिइन्। यहाँ रावण राज्यमा तिमीलाई कष्ट हुन सक्छ। वहाँ त रावण हुँदैन। बाबा त हुनुहुन्छ निराकार, उहाँलाई कसैले मार्न काट्न सक्दैन। तिमीलाई पनि यस्तो बनाउनुहुन्छ, तिम्रो शरीर हुँदा हुँदै पनि कुनै दु:ख हुन नसकोस्। त्यसैले यस्तो बाबाको मतमा चल्नुपर्छ। बाबा नै ज्ञानको सागर हुनुहुन्छ, अरू कुनैले यो ज्ञान दिन सक्दैन। ब्रह्माद्वारा सबै शास्त्रको सार सम्झाउनु हुन्छ। ब्रह्मा हुन् शिवबाबाका बच्चा। यस्तो होइन विष्णुको नाभिबाट ब्रह्मा निक्ले। यदि नाभि भन्ने हो भने शिवबाबाको नाभि-कमलबाट निक्ले। तिमी पनि शिवको नाभिबाट निक्लेका हौ। बाँकी चित्र त सबै गलत छन्। एकै बाबा राइटियस हुनुहुन्छ। रावणले अनराइटियस बनाइदिन्छ। यो खेल हो। यस खेललाई तिमी नै जान्दछौ। कहिले देखि रावण राज्य सुरु भयो, कसरी मनुष्य गिर्दै गिर्दै आए, माथि कुनै पनि चढ्न सकेन। बाबाको पासमा जाने जुन बाटो बताउँछन्, उनले उल्टै जंगलमा भड्काइदिन्छन् किनकि बाटो जानेकै छैनन्– बाबाको घर र स्वर्गको। जति पनि गुरु आदि छन्, सबै हुन् हठयोगी। घरबार छोडिदिन्छन्। बाबाले छुटाउनुहुन्न। भन्नुहुन्छ पवित्र बन। कुमार र कुमारी पवित्र हुन्छन्। द्रोपदीले पुकार्छन्– बाबा मलाई बचाउनुहोस्। म पवित्र बनेर कृष्णपुरीमा जान चाहन्छु। कन्याहरूले पनि पुकार्छन्– आमा-बुवाले हैरान गर्छन्, पिट्छन् विवाह गर्नैपर्छ भनेर। पहिला माता-पिता कन्याको पाउ पर्छन्, किनकि खुदलाई पतित र कन्यालाई पावन सम्झन्छन्। पुकार्छन् पनि– हे पतित-पावन आउनुहोस्। अब बाबा भन्नुहुन्छ– कुमारीहरू पतित नबन। नत्र फेरि पुकार्नु पर्नेछ। तिमीले आफूलाई बचाउनु छ। बाबा आउनु भएको हो नै पावन बनाउन। भन्नुहुन्छ– स्वर्गको बादशाहीको वर्सा दिन आएको हुँ यसैले पवित्र बन्नुपर्छ। पतित बन्यौ भने पतित भएर मर्नेछौ। स्वर्गको सुख हेर्न पाउँदैनौ। स्वर्गमा त धेरै मौज हुन्छ। हीरा जुहारतका महल हुन्छन्। उनै राधा कृष्ण फेरि लक्ष्मी-नारायण बन्छन्। त्यसैले लक्ष्मी-नारायणलाई पनि त्यति नै प्यार गर्नुपर्छ। ठीक छ कृष्णलाई प्यार गर्छन् फेरि राधालाई किन गुम गरिदिएका छन्? कृष्ण जन्माष्टमीमा कृष्णलाई झूलामा झुलाउँछन्। माताहरूले कृष्णलाई धेरै प्यार गर्छन्, राधालाई होइन। फेरि ब्रह्मा जो कृष्ण बन्नेवाला छन् उनको यति पूजा हुँदैन। जगत अम्बाको त धेरै पूजा गर्छन्, जुन सरस्वती ब्रह्माकी छोरी हुन्। आदि देव ब्रह्माको केवल अजमेरमा मन्दिर छ। मम्मा हुन् ज्ञान ज्ञानेश्वरी। तिमीलाई थाहा छ– उनी ब्राह्मणी हुन्, उनी कुनै स्वर्गको आदि देवी होइनन्। न कुनै ८ हातहरू छन्। मन्दिरमा ८ हात देखाएका छन्। बाबा भन्नुहुन्छ– मायाको राज्यमा झुटो नै झुटो छ। एक बाबा नै सत्य हुनुहुन्छ, जसले सत्य बताउनुहुन्छ, मनुष्यबाट देवता बनाउनको लागि। ती लौकिक ब्राह्मणहरूद्वारा त तिमीले कथा आदि सुन्दै-सुन्दै यस हालतमा पुगेका छौ। अब मृत्यु सामुन्ने खडा छ। बाबा भन्नुहुन्छ– जब वृक्ष जडसमान अवस्था हुन्छ, अनि कलियुगको अन्तमा कल्पको संगमयुगमा म आउँछु। म युगे-युगे आउँदिनँ। म कच्छ मच्छ अवतार, बराह अवतार लिन्नँ। म कण-कणमा रहन्नँ। तिमी आत्माहरू पनि कण-कणमा जाँदैनौ भने म कसरी जाऊँ? मनुष्यको लागि भन्छन्, ऊ जनावर पनि बन्छ। उसका त अनेक योनीहरू छन्, गन्ती गर्नै सकिँदैन। बाबा भन्नुहुन्छ– राइट कुरा अहिले म तिमीलाई सम्झाउँछु। अब जज गर– ८४ लाख जन्म सत्य हो या झूट? यस झूटो दुनियाँमा सत्य कहाँबाट आयो? सत्य त एकै हुन्छ। बाबा नै आएर सत्य असत्यको निर्णय गर्नुहुन्छ। मायाले सबैलाई असत्य बनाइदिएको छ। बाबा आएर सबैलाई सत्य बनाउनुहुन्छ। अब जज गर– राइट को हो? तिम्रा यतिका गुरु गोसाई राइट या एक बाबा राइट? एक राइटियस बाबाले नै राइटियस दुनियाँको स्थापना गर्नुहुन्छ। वहाँ बेकाइदा कुनै काम नै हुँदैन। वहाँ कसैलाई विष मिल्दैन। 

तिमीलाई थाहा छ– हामी नै वास्तवमा देवी-देवता थियौं। अब पतित बनेका छौं। पुकार्छन् पनि– हे पतित-पावन आउनुहोस्। यथा राजा रानी तथा प्रजा सबै पतित छन्, तब त लक्ष्मी-नारायण आदिलाई पूजा गर्छन् नि। यहाँ नै पवित्र राजाहरू थिए, अहिले अपवित्र छन्। पवित्रलाई पूज्दछन्। अहिले बाबा आएर तिमीलाई महाराजा महारानी बनाउनुहुन्छ। त्यसैले पुरुषार्थ गर्नुपर्छ। बाँकी ८ भुजावाला त कुनै हुँदैन। लक्ष्मी-नारायणका पनि दुई भुजा छन्। चित्रहरूमा फेरि नारायणलाई कालो, लक्ष्मीलाई गोरो देखाउँछन्। अब एक पवित्र, एक अपवित्र कसरी हुन सक्छ? त्यसैले चित्र झुटो हुए नि। अब बाबा सम्झाउनु हुन्छ– राधा कृष्ण दुवै गोरो थिए फेरि काम चितामाथि बसेर दुवै कालो भए। एउटा गोरो, अर्को कालो त हुन सक्दैन। कृष्णलाई श्याम सुन्दर भन्दछन्। राधालाई श्याम सुन्दर किन भनिँदैन? यो फरक किन राखेका छन्। जोडा त उस्तै हुनुपर्छ। अहिले तिमी ज्ञान चितामाथि बसेका छौ, तिमी फेरि काम चितामाथि किन बस्छौ! बच्चाहरूलाई पनि यो पुरुषार्थ गराउनु छ। हामी ज्ञान चितामाथि बसेका छौं, तिमी फेरि काम चितामाथि बस्ने चेष्टा किन गर्छौ? यदि पुरूषले ज्ञान लिएका छन्, स्त्रीले छैन भने पनि झगडा हुन्छ। यज्ञमा विघ्न त धेरै पर्छन्। यो ज्ञान कति लम्बा चौडा छ। जब देखि बाबा आउनु भयो, रूद्र यज्ञ सुरु भयो। जबसम्म तिमी ब्राह्मण बन्दैनौ, तबसम्म देवता बन्न सक्दैनौ। शूद्र पतितबाट पावन देवता बन्नको लागि ब्राह्मण बन्नुपर्छ। ब्राह्मणले नै यज्ञको सम्हाल गर्छन्, यसमा पवित्र बन्नु छ। बाँकी कुनै जौ तिल आदि जम्मा गरेर राख्नु छैन, जस्तो अरू मानिसले गर्छन्। आपदको समयमा यज्ञ रच्छन्। सम्झन्छन्– भगवान्ले पनि यस्तो यज्ञ रच्नु भएको थियो। बाबाले त भन्नुहुन्छ– यो ज्ञान यज्ञ हो, जसमा तिमीले आहुति हाल्छौ। देह सहित जो सबैथोक छ, आहुति दिनु छ। पैसा आदि हाल्नु छैन, यसमा सबैथोक स्वाहा गर्नु छ। यसको बारेमा एक कहानी छ। दक्ष प्रजापिताले यज्ञ रचे (कथा)। अब प्रजापिता त एक छन्। प्रजापिता ब्रह्मा फेरि दक्ष प्रजापिता कहाँबाट आए? बाबाले प्रजापिता ब्रह्माद्वारा यज्ञ रच्नुहुन्छ। तिमीहरू सबै ब्राह्मण हौ। तिमीलाई मिल्छ दादाको वर्सा। तिमीले भन्दछौ– हामी शिवबाबाको पासमा आएका छौं, थ्रू ब्रह्मा। यो शिवबाबाको पोस्ट आफिस हो। चिठ्ठी लेख्यौ भने पनि शिवबाबा थ्रू ब्रह्मा। बाबाको निवास यसमा छ। यी सबै ब्राह्मण पावन बन्नको लागि ज्ञान योग सिकिरहेका छन्। तिमीले यस्तो भन्दैनौ– हामी पतित छैनौं। हामी पतित छौं तर पतित-पावनले हामीलाई पावन बनाइरहनु भएको छ, अरू कुनै मनुष्य मात्र पावन छँदै छैनन्, त्यसैले त गंगा स्नान गर्न जान्छन्। अहिले तिमीलाई थाहा छ– एक सतगुरु बाबाले नै हामीलाई पावन बनाउनुहुन्छ। उहाँको श्रीमत छ– प्यारा बच्चाहरू! तिमीले म एकसँग आफ्नो बुद्धियोग जोड। जज गर। चाहे ती गुरुहरूको पासमा जाऊ, चाहे मेरो मतमा चल। तिम्रो त एकै बाबा टिचर सतगुरु हुनुहुन्छ। बेहदका बाबाले सबै मनुष्य मात्रलाई भन्नुहुन्छ– आत्म-अभिमानी बन। देवताहरू आत्म-अभिमानी हुन्छन्। यहाँ त यो ज्ञान कसैमा पनि छँदै छैन। संन्यासीले त भनिदिन्छन् आत्मा सो परमात्मा। आत्मा ब्रह्म तत्त्वमा लीन हुन्छ। यस्तो कुरा सुन्दै सुन्दै तिमी कति दु:खी पतित बनेका छौ। भ्रष्टाचारी पतित उनलाई भनिन्छ, जो विकारबाट पैदा हुन्छन्। उनले रावण राज्यमा भ्रष्टाचारी काम नै गर्छन्। फेरि सुन्दर बनाउनको लागि बाबालाई नै आउनु पर्छ। यहाँ नै आउनुहुन्छ। बाबा भन्नुहुन्छ– तिमीलाई ज्ञान र योग सिकाउँछु। ५ हजार वर्ष पहिले पनि तिमीलाई सिकाएर स्वर्गको मालिक बनाएको थिएँ, फेरि बनाउँछु। कल्प-कल्प म आइ नै रहन्छु। यसको न आदि छ, न अन्त्य छ। चक्र चलि नै रहन्छ। प्रलयको त कुरा नै छैन। तिमी बच्चाहरू यस समय यी अविनाशी ज्ञान रत्नहरूद्वारा झोली भर्छौ। शिवबाबालाई भन्छन्– बम-बम महादेव। बम-बम अर्थात् शंखध्वनि गरेर हाम्रो झोली भरिदिनुहोस्। ज्ञान बुद्धिमा रहन्छ नि। आत्मामा नै संस्कार छ। आत्मा नै पढेर इंजीनियर, वकिल आदि बन्छ। अब तिमी आत्माहरू के बन्छौ? भन्छौ– बाबाबाट वर्सा लिएर लक्ष्मी-नारायण बन्छौं। आत्माले पुनर्जन्म त अवश्य लिन्छ। यो बुझ्ने कुरा हो नि। कसैलाई केवल यी दुई अक्षर कानमा सुनाइदेऊ– तपाई आत्मा हुनुहुन्छ, शिवबाबालाई याद गर्नुभयो भने स्वर्गको बादशाही मिल्छ। कति सहज छ। एकै बाबाले सत्य बताउनुहुन्छ, सबैलाई सद्गति दिनुहुन्छ। बाँकी सबैले झुटो बताएर दुर्गति नै गर्छन्। यी शास्त्र आदि पनि सबै पछि बनेका हुन्। हिन्दुहरूको शास्त्र एकै गीता हो। भन्छन् परम्परा देखि यो चल्दै आएको हो। तर कहिलेबाट? सम्झन्छन्– सृष्टि लाखौं वर्ष भयो। ठीक छ, तिमी बच्चाहरूले बाबाको लागि अंगुर लिएर आउँछौ। 

तिमीले नै ल्याउँछौ, तिमीले नै खान्छौ, मैले खान्नँ। म त अभोक्ता हुँ। सत्ययुगमा पनि तिम्रो लागि महल बनाउँछन्। यहाँ पनि तिमीलाई नयाँ महलमा राख्छु, म त पुरानैमा रहन्छु। यहाँ अनौठो बाबा हुनुहुन्छ। यहाँ बाबा पनि हुनुहुन्छ भने पाहुना पनि हुनुहुन्छ। बम्बईमा गएँ भने पाहुना भनिन्छ नि। हुन त उहाँ सारा दुनियाँको धेरै ठूलो पाहुना हुनुहुन्छ। उहाँलाई आउन र जानमा समय लाग्दैन। पाहुना पनि अनौठो हुनुहुन्छ। दूर देश का रहने वाला आये देश पराये...। त्यसैले पाहुना हुनुभयो नि। आउनुहुन्छ तिमीलाई सुन्दर फूल बनाएर वर्सा दिन, कौडीबाट हीरा जस्तो बनाउन। अच्छा! 

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


धारणाको लागि मुख्य सारः

१) अविनाशी ज्ञान रत्नहरूलाई धारणा गरेर शंख-ध्वनि गर। सबैलाई यो ज्ञान रत्न देऊ।

२) सत्य र असत्यलाई बुझेर सत्य मतमा चल्नुपर्छ। कुनै पनि बेकायदा कर्म गर्नु हुँदैन।

वरदान:

एक बाबाको यादद्वारा एकरस स्थितिको अनुभव गर्ने सार स्वरूप भव:-   

एकरस स्थितिमा रहने सहज विधि हो एकको याद। एक बाबा दोस्रो न कोही। जस्तै बीजमा सबैथोक समाहित हुन्छ। यसैगरी बाबा पनि बीज हुनुहुन्छ, जसमा सर्व सम्बन्धहरूको, सर्व प्राप्तिहरूको सार समाहित छ। एक बाबालाई याद गर्नु अर्थात् सार स्वरूप बन्नु। एक बाबा दोस्रो न कोही– यस एकको यादले एकरस स्थिति बनाउँछ। जो एक सुखदाता बाबाको यादमा रहन्छ, उसको पासमा दु:खको लहर कहिल्यै आउन सक्दैन। उसको सपना पनि सुखको, खुशीको, सेवाको र मिलन मनाएको आउँछ।

स्लोगन:

श्रेष्ठ आशाको दीपक बाल्नेवाला नै सच्चा कुल दीपक हो।   



***OM SHANTI***

Google+ Followers