BK Murli 24 May 2017 Nepali

BK Murli 24 May 2017 Nepali

२०७४ जेष्ठ १० बुधबार २४-५-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

“मीठे बच्चे– जुन बाबालाई तिमीले आधाकल्प याद गर्यौन, अब उहाँको आज्ञा मिल्छ यसैले त्यसलाई पालन गर। यसबाट तिम्रो चढ्ती कला हुन्छ।”  

प्रश्न:

तिमी बच्चाहरूले आफ्नो प्राकृतिक उपचार (नेचर क्योर) आफैंले गर्नु छ, कसरी?

उत्तर:

एक बाबाको यादमा रहेर यज्ञको सेवा प्यार सँग गर्यौ् भने नेचर क्योर हुन्छ किनकि यादबाट आत्मा निरोगी बन्छ र सेवाबाट अपार खुशी रहन्छ। जो याद र सेवामा बिजी रहन्छन् उनको नेचर क्योर भइरहन्छ।

गीत:–

तूने रात गंवाई...

ओम् शान्ति।

बच्चाहरूले गीत सुन्यौ। माला जप्दै जप्दै युग बित्यो। कति युग? दुई युग। सत्ययुग त्रेतामा त कसैले पनि माला जप्दैन । कुनैको पनि बुद्धिमा यो छैन– हामी उच्च जान्छौं, फेरि तल आउँछौं। हाम्रो अब चढ्ती कला हुन्छ। हाम्रो अर्थात् सारा विश्वको। जति तिम्रो चढ्ती कला र उतरती कला हुन्छ, त्यति अरू कसैको पनि हुँदैन। भारत नै श्रेष्ठाचारी र भ्रष्टाचारी बन्छ। भारत नै निर्विकारी, भारत नै विकारी बन्छ। अरू खण्ड वा धर्म सँग यति सम्बन्ध छैन। उनीहरू कुनै स्वर्गमा आउँदैनन्। हिन्दुहरूका नै चित्र छन्। वास्तवमा राज्य गर्थे। बाबा सम्झाउनु हुन्छ– तिम्रो अब चढ्ती कला छ। जसको हात पक्डिएका छौ, उहाँले तिमीलाई साथमा लिएर जानुहुन्छ। हिन्दुहरूको नै चढ्ती कला हुन्छ। मुक्तिमा गएर फेरि जीवनमुक्तिमा आउँछन्। आधाकल्प देवी-देवता धर्मको राज्य चल्छ। २१ पीढी चढ्छन्, फेरि उतरती कला हुन्छ। भन्दछन्– चढ्ती कला तेरे भाने सर्वका भला। अब सर्वको भलो हुन्छ नि। तर चढ्ती कला र उतरती कलामा तिमी आउँछौ। यस समय भारतले जति ऋण लिन्छ, त्यति अरू कुनैले लिँदैनन्। बच्चाहरूलाई थाहा छ– हाम्रो देश सुनको चरी थियो। धेरै धनवान थियो। अब उतरती कला पूरा हुन्छ। विद्वान् आदिले त सम्झन्छन्– कलियुगको आयु अझै ४० हजार वर्ष चल्छ। बिल्कुलै घोर अन्धकारमा छन्। बुझाउनु पनि धेरै युक्तिले पर्छ, नत्र भक्तहरू चम्किन्छन्। पहिला पहिला त बाबाको परिचय दिनु छ। भगवानुवाच छ– गीता सबका माता-पिता हो। वर्सा गीताबाट मिल्छ, बाँकी सबै हुन् उनका बच्चा। बच्चाहरू सँग वर्सा मिल्न सक्दैन। तिमी बच्चाहरूलाई गीताद्वारा वर्सा मिलिरहेको छ नि। गीता माताको फेरि पिता पनि हुनुहुन्छ। बाइबिल आदि कुनैलाई पनि माता भनिँदैन। पहिला सुरुमा सोध्नु नै यो छ– परमपिता परमात्मा सँग तपाईको के सम्बन्ध छ? सबैका पिता एक हुनुहुन्छ। सबै आत्माहरू भाइ-भाइ हुन्, एक बाबाका बच्चाहरू। बाबाले मनुष्य सृष्टि रच्नुहुन्छ प्रजापिता ब्रह्माद्वारा, त्यसैले फेरि तिमी आपसमा भाइ-बहिनी भयौ। अवश्य पवित्र रहन्छौ। पतित-पावन बाबा नै आएर तिमीलाई पावन बनाउनुहुन्छ, युक्तिसँग। बच्चाहरूलाई थाहा छ– पवित्र बन्यौं भने पवित्र दुनियाँको मालिक बन्छौं। धेरै ठूलो आमदानी छ। को मूर्ख होला, जो २१ जन्मको बादशाही लिनको लागि पवित्र बन्दैन। र, फेरि श्रीमत पनि मिल्छ। जुन बाबालाई आधाकल्प याद गर्यौ२, उहाँको आज्ञा तिमीले मान्दैनौ! उहाँको आज्ञामा चलेनौ भने तिमी पाप आत्मा बन्छौ। यो दुनियाँ नै पाप आत्माहरूको हो। राम राज्य पुण्य आत्माहरूको दुनियाँ थियो। अहिले रावण राज्य पाप आत्माहरूको दुनियाँ हो। अब तिमी बच्चाहरूको चढ्ती कला हुन्छ। तिमी विश्वको मालिक बन्छौ। कसरी गुप्त बसेका छौ। केवल बाबालाई याद गर्नु छ। माला आदि जप्ने कुनै कुरा छैन। बाबालाई याद गर्दै तिमीले काम गर। बाबा हजुरको यज्ञको सेवा स्थूल, सूक्ष्म दुवै हामीले कसरी सँगै गर्छौं। बाबाले आज्ञा गर्नु भएको छ– यसरी याद गर। नेचर-क्योर गराउँछन् नि। तिम्रो आत्मा क्योर भएपछि शरीर पनि क्योर हुनेछ। केवल बाबाको यादद्वारा नै तिमी पतितबाट पावन बन्छौ। पावन पनि बन र यज्ञको सेवा पनि गर्दै गर। सेवा गर्नाले धेरै खुशी हुन्छ। मैले यति समय बाबाको यादमा रहेर आफूलाई निरोगी बनाएँ अथवा विश्वलाई शान्तिको दान दिएँ। विश्वलाई तिमी शान्ति र सुखको दान दिन्छौ, श्रीमत अनुसार। दुनियाँमा आश्रम त धेरै छन्। तर वहाँ केही पनि छैन। उनलाई यो थाहा छैन– २१ पीढी स्वर्गको राज्य कसरी मिल्छ? 

तिमीले अहिले राजयोगको पढाइ पढ्छौ। उनीहरूले पनि भनिरहन्छन्– गड फादर आउनु भएको छ। कहीँ हुनुहुन्छ अवश्य। त्यो त अवश्य हुनुहुन्छ नि। विनाशको लागि बम पनि निस्किसकेका छन्। अवश्य बाबाले नै स्वर्गको स्थापना, नर्कको विनाश गराउनुहुन्छ। यो त नर्क हो नि। कति लडाई मारामारी आदि छन्। धेरै डर छ। बच्चाहरूलाई कसरी भगाएर लैजानु हुन्छ। कति उपद्रव हुन्छन्। अहिले तिमीलाई थाहा छ– यो दुनियाँ बदलिइरहेको छ। कलियुग बद्लिएर फेरि सत्ययुग हुँदै छ। हामी सत्ययुग स्थापनामा बाबाको सहयोगी छौं। ब्राह्मण नै सहयोगी हुन्छन्। प्रजापिता ब्रह्माद्वारा ब्राह्मण पैदा हुन्छन्। ती हुन् कोख वंशावली, तिमी हौ मुख वंशावली। ती ब्रह्माका सन्तान त हुन सक्दैनन्। तिमीलाई एडप्ट गरिन्छ। तिमी ब्राह्मण हौ ब्रह्माका सन्तान। प्रजापिता ब्रह्मा त संगममा नै हुन सक्छन्। ब्राह्मण सो फेरि देवी-देवता बन्छन्। तिमीले ती ब्राह्मणहरूलाई पनि सम्झाउन सक्छौ– तपाई कोख वंशावली हुनुहुन्छ। भनिन्छ– ब्राह्मण देवी देवताए नम:। ब्राह्मणलाई पनि नमस्ते, देवताहरूलाई पनि नमस्ते गर्छन्। तर ब्राह्मणलाई नमस्ते तब गरिन्छ, जब अहिले हुन्छन्। सम्झन्छन्– यी ब्राह्मणहरू तन-मन-धनले बाबाको श्रीमतमा चल्छन्। ती ब्राह्मणहरूले जिस्मानी यात्रामा लैजान्छन्। यो तिम्रो हो रूहानी यात्रा। तिम्रो यात्रा कति मीठो छ। त्यो जिस्मानी यात्रा त धेरै छन्। गुरुहरू पनि धेरै छन्। सबैलाई गुरु भनिदिन्छन्। अहिले तिमी बच्चाहरूलाई थाहा छ– हामी प्यारा शिवबाबाको श्रीमतमा चलेर उहाँबाट वर्सा लिइरहेका छौं, ब्रह्माद्वारा। वर्सा शिवबाबासँग लिन्छौं। तिमी यहाँ आउँदा झट्ट सोधिन्छ– कसको पासमा आएका छौ? बुद्धिमा छ– यो शिवबाबाको लोन लिइएको रथ हो। हामी उहाँको पासमा जान्छौं। ब्राह्मणहरूले मगनी गराउँछन्। तर कनेक्शन आपसमा सजनी साजनको हुन्छ, नकि मगनी गराउने ब्राह्मण सँग। स्त्रीले पतिलाई याद गर्छन् या विवाह गराउनेलाई याद गर्छन्? तिम्रो पनि साजन हुनुहुन्छ शिव। फेरि कुनै देहधारीलाई तिमीले किन याद गर्छौ? याद गर्नु छ शिवलाई। यो लकेट आदि पनि बाबाले बनाउन लगाउनु भएको हो, सम्झाउनको लागि। बाबा स्वयं नै दलाल बनेर मगनी गराउनुहुन्छ। दलाललाई याद गर्नु छैन। सजनीहरूको योग साजन सँग हुन्छ। मम्मा बाबा आएर तिमी बच्चाहरूद्वारा मुरली सुनाउनुहुन्छ। बाबा भन्नुहुन्छ– धेरै यस्ता बच्चाहरू छन्, जसको भृकुटीको बीचमा म बसेर मुरली चलाउँछु– कल्याण अर्थ। कुनैलाई साक्षात्कार गराउन, मुरली सुनाउन, कुनैको कल्याण गर्न आउँछु। ब्राह्मणीहरूमा यति तागत छैन जान्दछु, यसलाई यी ब्राह्मणीले उठाउन सक्दिनन् त्यसैले म यस्तो तीर लगाउँछु, जसबाट ऊ ब्राह्मणी भन्दा पनि तेज जान सक्छ। 

ब्राह्मणीले सम्झन्छन्– यसलाई मैले सम्झाएँ। देह-अभिमानमा आउँछन्। वास्तवमा यो अहंकार पनि आउनु हुँदैन। सबैथोक शिवबाबा गर्नेवाला हुनुहुन्छ। यहाँ त तिमीलाई भनिन्छ बाबालाई याद गर। कनेक्शन शिवबाबा सँग हुनुपर्छ। यी त बीचमा दलाल हुन्, यसको यिनलाई फल मिल्छ। फेरि पनि यो वृद्ध अनुभवी तन हो। यो बदली हुन सक्दैन। ड्रामामा निश्चित छ। यस्तो होइन अर्को कल्पमा अरूको तनमा आउँछु। जो लास्टमा छन्, उनै फेरि पहिला जानु छ। वृक्षमा हेर अन्तिममा खडा छन् नि। अहिले तिमी संगममा बसेका छौ। बाबाले यस प्रजापिता ब्रह्मामा प्रवेश गर्नु भएको छ। जगत अम्बा हुन् कामधेनु। त्यस्तै कपिलदेव पनि भन्दछन्। कपल अर्थात् जोडी, बाप-दादा माता-पिता, यो कपल जोडी भयो नि। माताबाट वर्सा मिल्दैन। वर्सा फेरि पनि शिवबाबा सँग मिल्छ। त्यसैले उहाँलाई याद गर्नुपर्छ। म आएको हुँ तिमीलाई लिएर जान, यिनीद्वारा। ब्रह्माले पनि शिवबाबालाई याद गर्छन्। शंकरको अगाडि पनि शिवको चित्र राख्छन्। यी सबै हुन् महिमाको लागि। यस समय त शिवबाबा आएर आफ्नो बच्चा बनाउनुहुन्छ। फेरि तिमीले बाबालाई बसेर कहाँ पुज्दछौ र। बाबा आएर बच्चाहरूलाई सुन्दर बनाउनुहुन्छ। नालीबाट निकाल्नुहुन्छ। फेरि प्रतिज्ञा पनि गर्छन्– हामी कहिल्यै पतित बन्दैनौं। बाबा भन्नुहुन्छ– गोद लिएर फेरि कालो मुख नगर। यदि गर्यौज भने कुल कलंकित बन्न पुग्छौ। हार्नाले उस्तादको नाम बदनाम गरिदिन्छौ। माया सँग हार्यौफ भने पदभ्रष्ट हुन्छ। अरू कुनै संन्यासी आदिले यो कुरा सिकाउँदैनन्। कुनै छन्, जसले भन्छन् महिनामा एक पटक विकारमा जाऊ। कसैले भन्छन्– ६ महिनामा एक पटक जाऊ। कुनै त धेरै अजामिल हुन्छन्। बाबाले त धेरै गुरु बनाएका छन्। उनले यस्तो कहिल्यै भन्दैनन्– पवित्र बन। सम्झन्छन्– हामी नै रहन सक्दैनौं। जो होसियार छन्, उनले झट्ट भन्छन्– तपाई नै रहन सक्नुहुन्न, हामीलाई कसरी भन्नुहुन्छ? फेरि पनि भन्छन्– जनकलाई जस्तै सेकेण्डमा जीवनमुक्तिको बाटो बताउनुहोस्। फेरि गुरुहरूले भन्छन्– ब्रह्मलाई याद गर्यौ भने तिमी निर्वाणधाममा जान्छौ। गएको त कोही छैन, ताकत नै छैन। सर्व आत्माहरूको रहने स्थान हो मूलवतन, जहाँ हामी आत्माहरू स्टार जस्तै रहन्छौं। यो पूजाको लागि ठूलो लिंग बनाउँछन्। बिन्दुको पूजा कसरी हुन्छ? भन्दछन् पनि भृकुटीको बीच चम्किन्छ अजब सितारा। आत्माको पिता पनि त्यस्तै हुनुहोला नि। बाबाको देह छैन। त्यस स्टारको पूजा कसरी हुन सक्छ? बाबालाई परम आत्मा भनिन्छ। उहाँ त फादर हुनुहुन्छ। जस्तो आत्मा छ, त्यस्तै परमात्मा हुनुहुन्छ। उहाँ कुनै ठूलो रूपमा हुनुहुन्न। उहाँमा यो ज्ञान छ। 

यस बेहदको वृक्षलाई अरू कसैले पनि जान्दैनन्। बाबा नै नलेजफुल हुनुहुन्छ। ज्ञानमा पनि फुल हुनुहुन्छ, पवित्रतामा पनि फुल हुनुहुन्छ। सर्वका सद्गति दाता हुनुहुन्छ। सबैलाई सुख-शान्ति दिनेवाला। तिमी बच्चाहरूलाई कति भारी वर्सा मिल्छ, अरू कुनैलाई मिल्न सक्दैन। मनुष्यले त कति गुरुलाई पुज्दछन्। आफ्नो बादशाहलाई पनि यति पुज्दैनन्। यो सबै अन्धश्रद्धा हो नि। के-के गरिरहन्छन्। सबैमा ग्लानि नै ग्लानि छ। कृष्णलाई लर्ड पनि भन्छन् भने गड पनि भन्छन्। गड कृष्णा स्वर्गको पहिलो राजकुमार। लक्ष्मी-नारायणको लागि पनि भन्छन्– यी दुवै गड-गडेज हुन्। पुराना-पुराना चित्रहरूलाई धेरै खरीद गर्छन्। पुरानो-पुरानो स्टेम्प्स पनि बिक्री हुन्छन् नि। वास्तवमा सबैभन्दा पुरानो त शिवबाबा हुनुहुन्छ नि। तर कसैलाई थाहा छैन। महिमा सारा शिवबाबाको हो। त्यो चीज त मिल्न सक्दैन। सबैभन्दा पुरानो चीज कुनचाहिँ हो? नम्बरवन शिवबाबा। कसैले पनि बुझ्न सक्दैनन्– हाम्रो फादर को हुनुहुन्छ? उहाँको नाम रूप के हो? भनिदिन्छन्– उहाँको कुनै नाम रूप छैन, त्यसोभए पुज्दछन् कसलाई? शिव नाम त छ नि। देश पनि छ, काल पनि छ। स्वयं भन्नुहुन्छ– म संगममा आउँछु। आत्माले शरीरद्वारा बोल्छ नि। अहिले तिमी बच्चाहरूले बुझेका छौ– शास्त्रहरूमा कति दन्त्य कथाहरू थपेका छन्, जसबाट उतरती कला भएको छ। चढ्ती कला सत्ययुग त्रेता, उतरती कला द्वापर कलियुग। अब फेरि चढ्ती कला हुन्छ। बाबा सिवाय कसैले चढ्ती कला बनाउन सक्दैन। यी सबै कुरा धारण गर्नु पर्ने हुन्छ। कुनै पनि काम आदि गर्दा यादमा रहनु छ। जस्तै श्रीनाथ द्वारेमा मुखमा कपडा बाँधेर काम गर्छन्। श्रीनाथ कृष्णलाई भनिन्छ। श्रीनाथको लागि भोजन बन्छ नि। शिवबाबाले त भोजन आदि खानुहुन्न। तिमीले पवित्र भोजन बनाउँछौ, यादमा रहेर बनाउनुपर्छ, त्यसबाट बल मिल्छ। कृष्ण लोकमा जानको लागि व्रत नियम आदि राख्छन्। अहिले तिमीलाई थाहा छ– हामी कृष्णपुरीमा गइरहेका छौं, त्यसैले तिमीलाई लायक बनाइन्छ। तिमीले बाबालाई याद गर, बाबा ग्यारेन्टी गर्नुहुन्छ– तिमी कृष्णपुरीमा अवश्य जान्छौ। तिमीलाई थाहा छ– हामी आफ्नो लागि कृष्णपुरी स्थापना गरिरहेका छौं, फेरि हामीले नै राज्य गर्छौं। जो श्रीमतमा चल्छन्, उनै कृष्णपुरीमा आउँछन्। लक्ष्मी-नारायण भन्दा पनि अधिक कृष्णको नाम प्रत्यक्ष छ। कृष्ण सानो बच्चा हुन् त्यसैले महात्मा समान हुन्। बाल अवस्था सतोप्रधान हो यसैले कृष्णको नाम धेरै छ। अच्छा! 

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


धारणाको लागि मुख्य सारः

१) आफ्नो पूरा कनेक्शन एक शिवबाबा सँग राख्नु छ। कहिल्यै कुनै पनि देहधारीलाई याद गर्नु छैन। कहिल्यै आफ्नो गुरु (बाबा)को नाम बदनाम गर्नु हुँदैन।

२) आफूद्वारा यदि कसैको कल्याण हुन्छ भने मैले यसको कल्याण गरेँ– यस अहंकारमा आउनु हुँदैन। यो पनि देह-अभिमान हो। गराउनेवाला बाबालाई याद गर्नु छ।

वरदान:

निमित्त पनको स्मृतिद्वारा हर पेपरमा पास हुने एभररेडी, नष्टोमोहा भव:-   

एभररेडीको अर्थ नै हो– नष्टोमोहा स्मृति स्वरूप। त्यतिबेला कुनै पनि सम्बन्धी अथवा वस्तु याद नआओस्। कसैमा पनि लगाव नहोस्, सबैसँग न्यारा र सबैको प्यारा। यसको सहज पुरुषार्थ हो निमित्त भाव। निमित्त सम्झिनाले “निमित्त बनाउनेवाला” याद आउँछ। मेरो परिवार हो, मेरो काम हो– यस्तो होइन। म निमित्त हुँ। यस निमित्त पनको स्मृतिले हर पेपरमा पास हुन्छौ।

स्लोगन:

ब्रह्मा बाबाको संस्कारलाई आफ्नो संस्कार बनाउनु नै फलो फादर गर्नु हो।   


***OM SHANTI***


Google+ Followers