BK Murli 26 May 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 26 May 2017 Nepali

    २०७४ जेष्ठ १२ शुक्रबार २६-५-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– बाबा आउनु भएको छ तिम्रो सबै शुद्ध कामना पूरा गर्न। रावणले अशुद्ध कामना पूरा गर्छ र बाबाले शुद्ध कामना पूरा गर्नुहुन्छ।”  

    प्रश्न:

    जसले बाबाको श्रीमतको उल्लंघन गर्छ, उसको अन्तिम गति के हुन्छ?

    उत्तर:

    श्रीमतको उल्लंघन गर्नेलाई मायाको भूतले अन्त्यमा राम-राम साथ छ... भन्दै घर लिएर जान्छ। फेरि धेरै कडा सजाय खानुपर्छ। श्रीमतमा चलेनौ भने मर्यौा। धर्मराजले पूरा हिसाब लिन्छ। त्यसैले बाबाले बच्चाहरूलाई राम्रो मत दिनुहुन्छ– प्यारा बच्चाहरू! मायाको खराब मतदेखि सावधान रहने गर। यस्तो नहोस् बाबाको बनेर फेरि कुनै विकर्म होस् अनि १०० गुणा दण्ड भोग्नु परोस्। श्रीमतमा नचल्नु, पढाइ छोड्नु नै आफूलाई श्राप, अकृपा गर्नु हो।

    गीत:–

    ओम् नमो शिवाय...

    ओम् शान्ति।

    परमपिता परमात्माको भक्तहरूले यो महिमा गाउँछन्। भन्दछन् पनि– हे भगवान् हे शिवबाबा, यो कसले भन्यो? आत्माले आफ्नो बाबालाई याद गर्योह किनकि आत्मालाई थाहा छ– हाम्रो लौकिक पिता पनि हुनुहुन्छ र यहाँ हुनुहुन्छ पारलौकिक पिता, शिवबाबा। उहाँ आउनु हुन्छ पनि भारतमा, एकै पटक अवतार लिनुहुन्छ। गायन पनि छ– हे पतित-पावन आउनुहोस्, भ्रष्टाचारी पतितहरूलाई श्रेष्ठाचारी पावन बनाउनको लागि। तर सबैले आफूलाई पतित भ्रष्टाचारी मान्दैनन्। सबै एक किसिमका पनि हुँदैनन्। हर एकको पद आ-आफ्नो हुन्छ। हरेकको कर्मको गति भिन्न हुन्छ, एकको मिल्दैन अर्को सँग। बाबा बसेर सम्झाउनु हुन्छ– तिमीले बाबालाई नचिनेको हुनाले यति अनाथ पतित बनेका हौ। भन्दछन् पनि– पतित-पावन, सर्वका सद्गति दाता हजुर हुनुहुन्छ। फेरि गीता वा गंगा पतित-पावनी कसरी भइन्? तिमीलाई यति बेसमझ कसले बनाएको हो? यी पाँच विकार रूपी रावणले। अहिले सबै रावण राज्य अथवा शोक वाटिकामा छन्। हेड जो छन्, उनीहरूलाई त धेरै चिन्ता रहन्छ। सबै दु:खी छन्, त्यसैले पुकार्छन्– हे बाबा हजुर आउनुहोस्, हामीलाई स्वर्गमा लैजानुहोस्। सदैव निरोगी, चिरञ्जीवी, शान्ति सम्पन्न, धनवान बनाउनुहोस्। बाबा त सुख शान्तिको सागर हुनुहुन्छ नि। मनुष्यको यो महिमा हुन सक्दैन। हुन त मनुष्यले आफूलाई शिवोऽहम् पनि कहलाउँछन्, तर छन् पतित। बाबा सम्झाउनुहुन्छ– तिमीले बाबालाई सर्वव्यापी भन्छौ, यसबाट त कुनै पनि कुरा टिक्दैन। भक्ति पनि चल्न सक्दैन किनकि भक्तले भगवान्लाई याद गर्छन्। भगवान् एक हुनुहुन्छ, भक्तहरू अनेक छन्। जब सबैले म भगवान्लाई कण-कणमा हुनुहुन्छ भनेर स्वयं पनि पत्थरबुद्धि बन्छन्, तब मलाई आउनुपर्छ। प्रजापिता ब्रह्माद्वारा पावन दुनियाँको स्थापना गराउँछु। यी प्रजापिताका एडप्टेड बच्चाहरू हुन्, कति धेरै बच्चाहरू छन्। अझै पनि वृद्धि हुनेछ। जो ब्राह्मण बन्छन् उनै फेरि देवता बन्छन्। पहिले तिमी शूद्र थियौ। फेरि ब्रह्मा मुख वंशावली ब्राह्मण बन्यौ फेरि देवता क्षत्रिय बन्छौ। यो चक्र घुम्छ। यो कुरा बाबाले नै सम्झाउनुहुन्छ। यो मनुष्य सृष्टि हो, सूक्ष्मवतनमा हुन्छन् फरिश्ता। वहाँ कुनै वृक्ष हुँदैन। यो मनुष्य सृष्टि रूपी वृक्ष यहाँ हुन्छ। बाबा आएर यस ज्ञान अमृतको कलश माताहरूको शिरमा राख्नुहुन्छ। वास्तवमा कुनै अमृत होइन। यो हो ज्ञान। बाबा आएर सहज राजयोगको शिक्षा दिनुहुन्छ। बाबा भन्नुहुन्छ– म त निराकार हुँ, नम्बरवन मनुष्यको तनमा प्रवेश गर्छु। स्वयं भन्नुहुन्छ– जब म ब्रह्मा तनमा प्रवेश गरूँ, तब त ब्राह्मण सम्प्रदाय हुन्छ। ब्रह्मा यहाँ नै हुनुपर्छ। ती सूक्ष्मवतनवासी त अव्यक्त ब्रह्मा हुन्। 

    म यस व्यक्तमा प्रवेश गर्छु, यिनलाई फरिश्ता बनाउनको लागि। तिमी पनि अन्त्यमा फरिश्ता बन्छौ। तिमी ब्राह्मणहरू यहाँ नै पवित्र बन्नु छ। फेरि पवित्र दुनियाँमा गएर जन्म लिन्छौ। तिमीले दुवै हिंसा गर्न सक्दैनौ। काम कटारी चलाउनु सबैभन्दा ठूलो हिंसा हो, जसबाट मनुष्यले आदि मध्य अन्त्य दु:ख पाउँछन्। द्वापर देखि लिएर काम कटारी चलाउँदै आयौ, त्यसपछि नै गिर्न सुरु हुन्छ। मनुष्यको पासमा छ भक्तिको ज्ञान। वेद शास्त्र पढ्नु, भक्ति गर्नु। गायन पनि छ– ज्ञान, भक्ति, वैराग्य। भक्ति पछि नै बाबाले सारा दुनियाँबाट वैराग्य दिलाउनु हुन्छ किनकि यस पतित दुनियाँको विनाश हुनु छ। त्यसैले देह सहित देहका सबै सम्बन्धी आदिलाई बिर्सिदै जाऊ। म एकसँग बुद्धियोग लगाऊ। यस्तो प्राक्टिस होस्, जसले गर्दा अन्तिम समयमा कोही पनि याद नआओस्। यस पुरानो दुनियाँको त्याग गराइन्छ। बेहदको संन्यास बेहदका बाबाले नै गराउनुहुन्छ। पुनर्जन्म त सबैले लिनु छ, नत्र यति वृद्धि कसरी हुन्छ? हदको संन्यासीहरूद्वारा पवित्रताको बल मिल्छ। भारत जस्तो पवित्र खण्ड अरू कुनै हुँदैन, बाबाको यो बर्थ प्लेस हो। तर मनुष्यलाई थाहा छैन– बाबाले कसरी अवतार लिनुहुन्छ, के गर्नुहुन्छ। केही पनि जान्दैनन्। ब्रह्माको दिन, ब्रह्माको रात पनि भनिन्छ। दिन अर्थात् स्वर्ग, रात अर्थात् नर्क। यो जानेका छैनन्। ब्रह्माको रात अर्थात् तिमी बच्चाहरूको पनि रात। ब्रह्माको दिन अर्थात् तिमी बच्चाहरूको पनि दिन हुन जान्छ। रावण राज्यमा सबै दुर्गति पाएका छन्। अहिले तिमी बच्चाहरूले बाबाद्वारा सद्गतिलाई पाइरहेका छौ। तिमी यस समय हौ ईश्वरीय सन्तान। परमपिता परमात्माका बच्चा ब्रह्मा, उनका तिमी एडप्टेड बच्चाहरू, त्यसैले शिवबाबाका नाति भयौ। यी पुत्र ब्रह्माले पनि सुन्छन् भने तिमी नाति-नातिनाहरूले पनि सुन्छौ। अब फेरि यो ज्ञान प्राय: लोप हुनेछ। यो राजयोग बाबाले नै आएर सिकाउनुहुन्छ। संन्यासीहरूको पार्ट नै अलग छ र तिमी आदि सनातन देवी-देवता धर्म वालाको पार्ट नै अलग छ। वहाँ देवताहरूको आयु पनि लामो रहन्छ। अकालमा मृत्यु हुँदैन। वहाँ देवताहरू आत्म-अभिमानी हुन्छन्। परमात्म-अभिमानी होइन। फेरि मायाको प्रवेशता भएपछि देह-अभिमानी बन्न पुग्छौ। यस समय तिमी आत्म-अभिमानी पनि हौ भने परमात्म-अभिमानी पनि हौ। यस समय तिमीलाई थाहा छ– हामी परमात्माका सन्तान हौं, परमात्माको कर्तव्यलाई जान्दछौं। यो शुद्ध अभिमान भयो। आफूलाई शिवोऽहम् या परमात्मा भन्नु– यो अशुद्ध अभिमान हो। तिमीले अहिले आफूलाई पनि र परमात्मालाई पनि चिनेका छौ, परमात्माद्वारा। तिमीलाई थाहा छ– परमपिता परमात्मा कल्प-कल्प आउनुहुन्छ। 

    भक्ति मार्गमा पनि अल्पकालको सुख उहाँले दिनुहुन्छ। बाँकी ती चित्र त जड हुन्। तिमीले जुन मनोकामनाले पूजा आदि गर्छौ, म तिम्रो सबै शुद्ध कामना पूरा गर्छु। अशुद्ध कामना त रावणले पूरा गर्छ। धेरै ऋृद्धि सिद्धि आदि सिक्छन्। त्यो हो रावण मत। म हुँ नै सुख दाता। मैले कसैलाई दु:ख दिन्नँ। भन्दछन्– दु:ख सुख ईश्वरले नै दिनुहुन्छ। यो पनि मलाई कलंक लगाउँछन्। यदि यस्तो भए त बोलाउँछन् नै किन– परमात्मा दया गर्नुहोस्, क्षमा गर्नुहोस् भनेर। जान्दछन्– धर्मराजद्वारा धेरै दण्ड दिलाउनुहुन्छ। 

    बाबा सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! भक्तिमार्गका यी शास्त्र आदिमा कुनै सार छैन। अब तिमीलाई भक्ति राम्रो लाग्दैन। यस्तो पनि भन्दैनौ– हे भगवान्। आत्माले दिलमा याद गर्छ। पुग्यो। यो हो अजपाजाप। आत्माहरू सँग निराकार बाबाले कुरा गर्नुहुन्छ। आत्माले सुन्छ। यदि सर्वव्यापी भए त सबै परमात्मा हुने भए। बाबा भन्नुहुन्छ– कति पत्थरबुद्धि बनेका छन्। मनुष्यहरूलाई त धेरै डर रहन्छ, कहीँ गुरुले श्राप नदिऊन्। बाबा त हुनुहुन्छ सुखदाता। श्राप अथवा अकृपा त बाबाले बच्चाहरूलाई गर्नुहुन्न। बच्चाहरू श्रीमतमा चल्दैनन्, पढ्दैनन् भने अकृपा आफैंमाथि गर्छन्। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! म एक बाबालाई याद गर। सत्ययुग त्रेतामा भक्ति हुँदैन। अहिले रात हो त्यसैले मनुष्यले धक्का खाइरहन्छन्, त्यसैले भनिन्छ– सतगुरु विना घोर अन्धकार। सतगुरु नै आएर सारा चक्रको रहस्य सम्झाउनु हुन्छ– तिमी देवता थियौ फेरि क्षत्रिय बन्यौ, फेरि वैश्य शूद्र बन्यौ। यसरी ८४ जन्म पूरा गर्यौा। ८ पुनर्जन्म सत्ययुगमा, १२ पुनर्जन्म त्रेतामा, फेरि ६३ जन्म द्वापर कलियुगमा। चक्र घुम्नु नै छ। यो कुरा मनुष्यले जान्दैनन्। यही भारतवर्ष विश्वको मालिक थियो, अरू कुनै खण्ड थिएन। जब झुट खण्ड सुरु हुन्छ, अनि फेरि अरू-अरू खण्ड पनि हुन्छन्। अब त हेर लडाई झगडा कति छ। यो हो नै अनाथको दुनियाँ, बाबालाई चिनेका छैनन्। पुकार गरिरहन्छन्– हे परमात्मा...। बाबा भन्नुहुन्छ– म एकै पटक आउँछु, पतित दुनियाँलाई पावन बनाउन। बापूजीको लागि सम्झन्थे– राम-राज्य स्थापना गर्नुहुन्छ, उनलाई धेरै पैसा दिन्थे। तर उनले त्यो पैसा कहिल्यै आफ्नो काममा लगाएनन्। फेरि पनि राम-राज्य त भएन। यहाँ त हुनुहुन्छ शिवबाबा, दाता हुनुहुन्छ नि। केवल सम्झाउनु हुन्छ– विनाश त हुनु नै छ, यसैले तिमीले पैसालाई सफल गर। यो सेन्टर आदि खोल। बोर्ड लगाइदेऊ– आएर एक बाबासँग स्वर्गको वर्सा लिनुहोस्, सेकेण्डमा। बाबा भन्नुहुन्छ– मेरो यादद्वारा नै तिमी पावन बन्छौ। तिम्रो बुद्धिमा यो चक्र फिर्नुपर्छ। ब्राह्मण नै यज्ञको रक्षक बन्छन्। यो हो रुद्र ज्ञान यज्ञ, कृष्णको यज्ञ होइन। सत्ययुगमा यज्ञ हुँदैनन्। यो हो ज्ञान यज्ञ। बाँकी सबै हुन् भक्तिका यज्ञ। अनेक प्रकारको शास्त्र यज्ञमा राख्छन्। चौं-चौंको मुरब्बा बनाइदिन्छन्, त्यसलाई ज्ञान यज्ञ भनिँदैन। बाबा भन्नुहुन्छ– म, रूद्रको ज्ञान यज्ञ रचिएको छ। जो मेरो मतमा चल्छन्, उनलाई ठूलो इनाम मिल्छ, विश्वको बादशाही। तिमी बच्चाहरूलाई मुक्ति, जीवनमुक्तिको सौगात दिन्छु। बाबा भन्नुहुन्छ– मनुष्यहरूको त ८४ लाख योनिहरू भन्यौ, तर मलाई त कण-कणमा हुनुहुन्छ भनिदियौ फेरि पनि म पर-उपकारी सेवाधारी हुँ। तिमीले रावणको मतमा मलाई गाली दिंदै आयौं। यो पनि ड्रामा बनेको छ। अब तिमी बच्चाहरू कदम-कदम श्रीमतमा चल्नु छ। बाबाले राम्रो मत दिनुहुन्छ, मायाले खराब मत दिन्छ। त्यसैले खबरदार रहने गर। मेरो बनेर फेरि कुनै विकर्म गर्यौे भने सयगुणा दण्ड पर्छ। योगबलद्वारा फेरि शरीर पनि पवित्र मिल्नेछ। संन्यासीहरूले त भनिदिन्छन्– आत्मा निर्लेप छ, बाँकी शरीर पतित छ। त्यसैले गंगा स्नान गर्छन्। अरे, आत्मा सच्चा सुन छैन भने गहना सच्चा सुनको कसरी बन्छ! यस समय ५ तत्त्वहरू पनि तमोप्रधान छन्। 

    यो तिम्रो रूहानी सरकार सर्वोच्च हो, तर हेर तिमीलाई सेवा गर्नको लागि ३ पाइला पृथ्वी पनि मिल्दैन, फेरि तिमीलाई विश्वको मालिक बनाउँछु। विश्वको बादशाही यस्तो दिन्छु, जहाँ कुनै खिटपिट गर्न सक्दैनन्। आकाश, सागर आदि सबैको मालिक बन्छौ। कुनै पनि हद रहँदैन। अहिले त बिल्कुल कंगाल बनेका छन्। अब फेरि तिमी विश्वको मालिक बनिरहेका छौ। त्यसैले श्रीमतमा चल्नुपर्छ। श्रीमतमा चलेनौ भने मर्यौा। मायाको भूतले राम-राम साथ छ... भन्दै घर लिएर जान्छ। सजाय धेरै कडा खानेछौ। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) यज्ञको प्यारसँग सेवा गरेर कदम-कदममा श्रीमतमा चल्दै बाबासँग मन-इच्छित फल अर्थात् विश्वको बादशाही लिनु छ।

    २) विनाश त हुनु नै छ, त्यसैले आफ्नो सबैथोक सफल गरिहाल। पैसा छ भने सेन्टर खोलेर अनेकौंको कल्याणको निमित्त बन्नुपर्छ।

    वरदान:

    परमात्म प्यारमा धर्तीको आकर्षण देखि माथि उड्नेवाला मायाप्रूफ भव:-  

    परमात्म प्यार धर्तीको आकर्षणदेखि माथि उड्ने साधन हो। जो धर्तीको अर्थात् देह-अभिमानको आकर्षण देखि माथि रहन्छ, उसलाई मायाले आफूतिर खिच्न सक्दैन। जति नै कुनै आकर्षित रूप होस्, तर मायाको आकर्षण तिमी उड्तीकला वालाको पासमा पुग्न सक्दैन। जस्तै रकेट धर्तीको आकर्षण देखि टाढा हुन पुग्छ। त्यसैगरी तिमी पनि टाढा बन, यसको विधि हो– न्यारा बन्नु वा एक बाबाको प्यारमा समाहित हुनु। यसबाट मायाप्रूफ बन्छौ।

    स्लोगन:

    स्व स्थितिलाई यस्तो शक्तिशाली बनाऊ, ताकि परिस्थितिले तल-माथि गर्न नसकोस्।  



    ***OM SHANTI***