BK Murli 27 May 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 27 May 2017 Nepali

    २०७४ जेष्ठ १३ शनिबार २७-५-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– तिमीलाई शुद्ध नशा हुनुपर्छ, हामी श्रीमत अनुसार आफ्नै तन-‌मन-‌धनले सारा दुनियाँलाई स्वर्ग बनाउने सेवा गरिरहेका छौं।”  

    प्रश्न:

    तिमी बच्चाहरूमा पनि सबैभन्दा अधिक सौभाग्यशाली कसलाई भनिन्छ?

    उत्तर:

    जसले ज्ञानलाई राम्रोसँग धारणा गर्छन् र अरूलाई पनि गराउँछन्, उनीहरू धेरै-‌धेरै सौभाग्यशाली हुन्। अहो सौभाग्य तिमी बच्चाहरूको, जसलाई स्वयं भगवान् बसेर राजयोग सिकाइरहनु भएको छ। तिमी सच्चा-‌सच्च मुख वंशावली ब्राह्मण बनेका छौ। तिम्रो यो वृक्ष बिस्तारै बिस्तारै बढ्दै जान्छ। तिमीले घर-‌घरलाई स्वर्ग बनाउने सेवा गर्नु छ।

    ओम् शान्ति।

    तिमी बच्चाहरूले सम्झन्छौ– हामी सेना हौं। तिमी हौ सबैभन्दा पावरफुल किनकि सर्वशक्तिमान्‌का तिमी शिव शक्ति सेना हौ। यति नशा चढ्नुपर्छ। बाबा यहाँ नशा चढाउनुहुन्छ, घरमा गएपछि भुल्छन्। तिमी शिव शक्ति सेनाले के गरिरहेका छौ? सारा दुनियाँ जो रावणको बन्धनमा बाँधिएका छन्, उनीहरूलाई छुटाउँछौ। यी शोकबटिकामा छन्। एरोप्लेनमा घुम्छन्, ठूला-‌ठूला भवन छन्, तर यो त सबै खत्तम हुनेवाला छ। यसलाई मृगतृष्णा समान राज्य भनिन्छ। बाहिरबाट देख्नमा आकर्षण धेरै छ, भित्र खाली छ। द्रौपदीको उदाहरण पनि छ। बाबा भन्नुहुन्छ– म जब आएको थिएँ, यो सबै थियो जुन अहिले तिमीले देखिरहेका छौ। विभाजन पनि अहिले भयो, जुन तिमीले देखिरहेका छौ। बाँकी लडाईंको मैदान आदिको त कुरा छैन। यो रथ हो, जसमा शिवबाबा विराजमान भएर बच्चाहरूलाई ज्ञान दिनुहुन्छ। तिमीले विश्वको सेवा गरिरहेका छौ। जति पनि चाड पर्व छन्, यहीँ मनाइन्छन्। ती सबै अहिलेका हुन्। तिजरीको कथा, गीताको कथा, शिव पुराण, रामायण आदि सबै यस समयका बनाएका हुन्। सत्ययुग, त्रेतामा त यी कुरा हुँदैनन्। पछि शास्त्र बनाउन सुरु गरेका हुन्। ती त फेरि पनि बन्नेछन्। तिमी बच्चाहरूले सबै बुझेका छौ। पहिले त बिलकुल घोर अँध्यारोमा थियौ। यस समय कसैले पनि सृष्टि चक्रलाई यथार्थसँग जान्दैनन्। अहिले तिमी बच्चाहरूलाई शुद्ध अहंकार हुनुपर्छ। तिमीले तन-‌मन-‌धनले विश्वको सेवा गरिरहेका छौ, सारा दुनियाँको। बाबाको मदतले हामी मुक्ति-‌जीवनमुक्तिको मार्ग बताउँछौं। तिमी श्रीमतमा यो सेवा गर्छौ। श्रीमत हो शिवबाबाको। तर शिवको नाम गुम गरिदिएका छन्। बाँकी ब्रह्माको मत र कृष्णको मत देखाउँछन्। त्यो पनि कृष्णलाई द्वापरमा लिएर गएका छन्। तिमीले विश्वलाई स्वर्ग अर्थात् हीरा समान बनाउँछौ। तर कति साधारण छौ, कुनै घमण्ड छैन। तिमीलाई यहाँ आफ्नो सबै कुरा स्वाहा गर्नु छ, मतलब शिवबाबामा पूरा-‌पूरा बलि चढ्नु छ। शिवबाबा फेरि २१ जन्म बलि चढ्नुहुन्छ। बाबा यस्तो भन्नुहुन्न– गृहस्थ व्यवहार नसम्हाल। त्यो पनि सम्हाल्नु छ, तर श्रीमत अनुसार। अविनाशी सर्जनसँग केही लुकाउनु छैन। गायन पनि छ– ‌गुरुविना घोर अन्धकार। यी ब्रह्मा दादाले पनि भन्छन्– शिवबाबा विना म र तिमीहरू बिलकुल घोर अन्धकारमा थियौं। उनीहरूले शिव शंकरलाई मिलाइदिन्छन्। ब्रह्मा को हुन्? कहिले आउँछन्? आएर के गर्छन्? हर एक कुरा बुझ्नु पर्ने हुन्छ नि। जनावरले त बुझ्दैनन्। अहिले तिमी बच्चाहरूले नम्बरवार पुरुषार्थ अनुसार जान्दछौ। विद्वान्, पण्डित आदि कसैलाई थाहा छैन– सतगुरु विना घोर अन्धकार छ। गुरुहरू त धेरै छन्। सबैका सतगुरु एक हुनुहुन्छ, जसलाई वृक्षपति भनिन्छ। तिमी बच्चाहरूलाई नशा चढ्नुपर्छ। यो दुनियाँ जुन यी आँखाले देखिरहेका छौ, त्यो रहँदैन। जो अहिले बुद्धिद्वारा जान्दछौ, त्यही रहनेछ। त्यसैले यस पुरानो दुनियाँबाट ममत्व मेटाइदिनु पर्छ। बच्चाहरूलाई पनि सम्हाल्नु छ। बाबाका कति धेरै बाल बच्चाहरू छन्। कतिले त भन्छन्– बाबा म हजुरको दुई महिनाको बच्चा हुँ। कसैले भन्छन्– एक महिनाको बच्चा हुँ। एक महिनाको बच्चाले पनि झट्ट धारणा गरेर एकदम जवान बन्छ भने कोही त २० वर्षवाला पनि सानै रहन्छन्। यो त तिमीलाई थाहा छ– नयाँ वृक्ष हो, बिस्तारै-‌बिस्तारै वृद्धि हुन्छ। पहिले अवश्य पात निस्कन्छन्। पछि फूल निस्कन्छन्। यहाँ नै फूल बन्नु छ। वहाँ सबै फूल नै फूल हुन्छन्। यहाँ त कोही गुलाबका, कोही चम्पाका बन्छन्। जस्तो-‌जस्तो धारणा त्यस्तै पद मिल्छ। वहाँ फूलको कुरा हुँदैन। पदको कुरा हुन्छ। यो नशा रहनुपर्छ– ‌हामीले यी आँखाले पवित्र शिवालय स्वर्गलाई देख्नेछौं। आधाकल्प केवल भन्थ्यौं– फलानो स्वर्ग गयो। त्यो कामना प्राक्टिकलमा बाबाले नै अब पूरा गर्नुहुन्छ। 

    अहिले तिमी बाबा बच्चा बन्छौ त्यसैले दुनियाँ सम्पन्न बन्छ। ३३ करोड देवता गायन गरिएको छ। यतिका सबै सत्ययुग त्रेतामा रहँदैनन्। यो त सारा जगत्‌का देवी-‌देवता धर्मको जनसंख्या हो। बाहिर हेर्यौय भने कति मतभेद बढेको छ। हुन त चीन-‌जापान बौद्धी हुन्, नाम फेरि पनि बौद्धको लिन्छन् तर मतभेद कति छ। यहाँ त शिवबाबालाई उडाइदिएका छन्, उहाँलाई बिलकुल जान्दैनन्। चित्र छन्, गाउँछन् पनि, नन्दीगण पनि छ तर जान्दैनन्। अहिले तिमी बच्चाहरूलाई थाहा छ, बाबाले बताउनु भएको छ– हामी परमधामबाट आएर यहाँ यो शरीर लिएर पार्ट खेलिरहेका छौं। तिमीले चक्रलाई जानेका छौ। ज्ञान अञ्जन सतगुरुले दिनुभयो, अज्ञान अन्धकार विनाश। पहिले त केही पनि थाहा थिएन। अहिले बेहदका बाबा रचयिता, निर्देशक, मुख्य कलाकारलाई तिमीले जानेका छौ। ८४ जन्म कसले लिनुपर्छ। कसले लिन्छ, यो तिमीले जान्दछौ। तिम्रो अब तेस्रो नेत्र खुलेको छ त्यसैले यति नशा रहनुपर्छ। मनुष्यले जब रक्सी पिउँछ, त्यतिखेर यदि टाट पल्टिएको भए पनि नशामा सम्झन्छ– म सबैभन्दा साहुकार हुँ। बाबा त वैष्णव थिए, कहिल्यै छोएनन्। बाँकी सुनेको छु– रक्सी पियो भने नशा चढ्छ। भन्दछन्– यादवले पनि रक्सी पिए, मूसल निकालेर एक अर्काको कुलको नाश गरे। यहाँ पनि मिलेट्रीलाई रक्सी पिलाउँछन्, त्यसपछि मर्ने-‌मार्नेको विचार आउँदैन। नशा चढ्छ। तिमी बच्चाहरूमा पनि सदैव नारायणी नशा रहनुपर्छ। हामी त्यही कल्प पहिलेका शक्ति सेना हौं। अनेक पटक हामीले विश्वलाई हीरा जस्तो बनाएका छौं, यसमा अलमलिने कुरा नै छैन। संशयबुद्धि विनश्यन्ति, निश्चयबुद्धि विजयन्ति। संशयबुद्धि हुनेले उच्च पद पाउँदैन। प्रजामा कम पद पाउँछ। वहाँ त तिम्रो महलमा सदैव बाजा बजिरहन्छन्। दुःखको कुरा नै हुँदैन। पहिले राजाहरूका महलको ढोका बाहिर चौतारामा शहनाई बज्थे। अहिले त ती राजाहरूको ठाँट खत्तम भएको छ। प्रजाको राज्य भएको छ। 

    अब तिमी बच्चाहरूलाई थाहा ‍छ– हामी पवित्र बनेर योगमा रहेर चक्रलाई याद ‌गर्दै विश्वलाई स्वर्ग बनाइदिन्छौं, तर धेरै बच्चाहरूले भुल्छन्। बाबा राय दिनुहुन्छ– सबैभन्दा राम्रो कर्तव्य हो गरिबको सेवा गर्नु। आजकल गरिब त धेरै छन्। मनुष्यले धेरै हस्पिटल बनाउँछन् ताकि बिरामीलाई सुख मिलोस्, जसले हस्पिटल खोल्छ उसको अर्को जन्ममा केही राम्रो शरीर मिल्नेछ, निरोगी बन्छ। कोही-‌कोही निकै तन्दुरुस्त हुन्छन्, मुस्किलले बिमारी हुन्छन्। अवश्य अघिल्लो जन्ममा स्वास्थ्यको दान दिएको हुनुपर्छ। त्यो हो हस्पिटल खोल्नु। कोही शिक्षामा धेरै होसियार हुन्छन् भने अवश्य विद्याको दान दिएको हुनुपर्छ। कुनै-‌कुनै संन्यासीलाई सानैमा शास्त्र कण्ठ हुन्छ भने भनिन्छ– अघिल्लो जन्मको आत्माले संस्कार लिएर आएको हो। यहाँ पनि कुनै ३ पाइला पृथ्वी लिएर यो रुहानी हस्पिटल खोलोस् र लेखिदेओस्– आएर २१ जन्मको लागि हेल्थको वर्सा बाबाबाट लिनुहोस्। कति सहज कुरा छ। तिमीले सोध्छौ– बताउनुहोस्, लक्ष्मी-नारायणलाई यो वर्सा कसले दियो? सोध्नेलाई अवश्य थाहा हुनुपर्छ। बाबा नै स्वर्गको रचयिता हुनुहुन्छ। कसरी रच्नुहुन्छ, बस्नुभयो भने हामी बुझाउँछौं। हामीले पनि उहाँबाट वर्सा लिइरहेका छौं। शिवबाबाले ब्रह्मा बाबाद्वारा स्थापना गराइरहनु भएको छ, फेरि पालना पनि उहाँले नै गर्नुहुन्छ। शंकरद्वारा विनाश पनि हुनु छ। विनाश अवश्य नर्कको हुन्छ नि। नयाँ दुनियाँ त अहिले बनिरहेको छ। सानो ब्याजमा पनि तिमीले बुझाउन सक्छौ– ब्रह्माद्वारा स्थापना भइरहेको छ। त्यही राजयोग हो। मनुष्यबाट देवता बन्नु छ, जो आफ्नो कुलको हुन्छ, उसलाई झट्ट दिलमा लाग्छ। उसको चेहरा पनि चम्कन्छ र पुरुषार्थद्वारा आफ्नो वर्सा लिन्छ। जो आफ्नो ब्राह्मण कुलको छ, ऊ शूद्र कुलबाट अवश्य बदलिन्छ, यो ड्रामामा निश्चित छ। तिमीले विश्वको धेरै सेवा गर्छौ तर गुप्त। पहिले पनि यसरी गरेका थियौं। ड्रामालाई अब राम्रोसँग जान्नु छ। गाइन्छ– आफू मरेपछि दुनियाँ मर्यो।। बाँकी आत्मा रहन्छ। आत्मा त मर्दैन। आत्मा शरीरबाट अलग भएपछि उसको लागि दुनियाँ नै रहेन। फेरि जब शरीरमा जान्छ, तब माता-‌पिताको सम्बन्ध आदि नयाँ हुन्छ। यहाँ पनि तिमीलाई अशरीरी बन्नु छ। अब त यो दुनियाँ प्राक्टिकलमा खत्तम हुनु छ। 

    बाबा भन्नुहुन्छ– मलाई याद गरिरह्यौ भने विकर्मको जुन बोझ छ, त्यो उत्रिन्छ र तिमी सम्पूर्ण बन्नेछौ। बच्चाहरूको चाल-चलन धेरै राम्रो हुनुपर्छ। बोल्नु, चल्नु, खानु, पिउनु... धेरै कम बोल्नुपर्छ। राजाहरू धेरै कम र बिस्तारै बोल्छन्, चुप रहन्छन्। तिमीहरूमा त धेरै सभ्यता हुनुपर्छ। देवताहरूमा सभ्यता थियो। यहाँ त मनुष्य बाँदरजस्तै छन् त्यसैले असभ्य छन्। केही पनि अक्कल छैन। बेहदका बाबा, जसले सृष्टिलाई स्वर्ग बनाउनुहुन्छ, उहाँलाई ढुंगा-माटो, कुकुर, बिरालो सबैमा धकेलिदिएका छन्। मायाले एकदम बुद्धिलाई गडरेजको ताला लगाइदिएको छ। अहिले बाबा आएर ताला खोल्नुहुन्छ। अहिले तिमी बच्चाहरू कति बुद्धिमान् बनेका छौ। शिवबाबा, ब्रह्मा, विष्णु, शंकर, लक्ष्मी-‌नारायण, जगदम्बा आदि सबैको बायोग्राफी तिमीलाई थाहा छ। अब तिमीलाई सतगुरु शिवबाबाबाट पूरा समझ मिलेको छ। बाबा ज्ञानको सागर हुनुहुन्छ नि। हरेकले आफ्नो दिलसँग सोधोस्– वास्तवमा हामीले केही जान्दैनथ्यौं। बाँदरको जस्तो चलन थियो। अब हामीले सबै जानेका छौं। बाबाले नयाँ रचना कसरी रच्नुहुन्छ। उच्च भन्दा उच्च ब्राह्मण कुल बनाउनुहुन्छ, जसलाई तिमीले जान्दछौ। मूर्ति जुन पूज्य छ, त्यो केही बोल्दैन। अब तिमीले बुझेका छौं– हामी नै पूज्य फेरि पुजारी बन्छौं। 

    अहिले तिमी सच्चा-‌सच्चा ब्रह्मा मुख वंशावली ब्राह्मण हौ। तिमीलाई थाहा छ– संगमयुगमा सत्ययुगको रचना कसरी हुन्छ, यो अरू कसैले जान्दैन। ब्यारिस्टरले पढायो भने के बन्छन्? भगवान्लेअ पनि आएर सहज राजयोग सिकाउनुहुन्छ। अहो सौभाग्य तिमी बच्चाहरूको... तिमीहरूमा पनि सौभाग्यशाली उही हो, जसले राम्रोसँग धारणा गरेर अरूलाई गराइरहन्छ। पछि गएर धेरै घर स्वर्ग बन्नेछन्। वृक्ष बिस्तारै-‌बिस्तारै बढ्दै जान्छ। मेहनत छ। जति उच्च जान्छौ, त्यति मायाको तुफान जोडसँग आउँछ। पहाडमा जति उच्च जान्छौ, त्यति तुफान ठण्डी आदिको पनि सामना गर्नुपर्ने हुन्छ। सेवामा जति समय मिल्छ त्यति राम्रो हो, विज्ञापन गर। दिलमा जुन विचार आउँछ त्यसलाई बताऊ– यसरी-‌यसरी गर्नुपर्छ। बाबा भन्नुहुन्छ– ठीक छ गर। बिचरा मनुष्यहरू धेरै दुःखी छन्। यस समय सबै तमोप्रधान बनेका छन्। कुनै पनि चीज सच्चा रहेन। झुटो माया, झुटो काया... अब तिमी बच्चाहरू स्वर्गवासी बन्छौ। 

    (गीतः– नई उमर की कलियाँ) यस गीतमा सीताको महिमा गर्छन्। जुन देशमा सीता थिइन्, त्यो देश पवित्र थियो। त्यस देशमा फेरि कहाँबाट रावण आयो? आश्चर्य त यो छ– बाँदरको सेना लिनुभयो! अब बाँदरको सेना कहाँबाट आयो! यहाँ पनि मनुष्यको लस्कर छ। सरकारले बाँदरको लस्कर कहाँ लिन्छ र। फेरि वहाँ बाँदरको सेना कसरी आयो? यो पनि बुझेका छैनन्। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुड मर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) सम्पूर्ण बन्नको लागि यादको यात्राद्वारा आफ्नो विकर्मको बोझलाई उतार्नु छ, राम्रो चलन बनाउनु छ। सभ्यतासँग व्यवहार गर्नु छ। धेरै कम बोल्नु छ।

    २) कुनै पनि कुरामा संशय बुद्धि बन्नु छैन। विश्वलाई स्वर्ग बनाउने सेवामा आफ्नो सबैथोक सफल गर्नु छ। शिवबाबामा पूरा-‌पूरा बलि चढ्नु छ।

    वरदान:

    चारै विषयलाई आफ्नो स्वरूपमा ल्याउने विश्व कल्याणकारी भव:-  

    पढाइका जुन चार विषय छन्, ती सबैको आपसमा सम्बन्ध छ। जो ज्ञानी आत्मा छ, ऊ योगी आत्मा पनि अवश्य हुन्छ र जसले ज्ञान योगलाई आफ्नो स्वभाव बनाएको छ, उसको कर्म स्वभावैले युक्तियुक्त वा श्रेष्ठ हुन्छ। स्वभाव-‌संस्कार धारणा स्वरूप हुन्छ। जोसँग यी तीनै विषयको अनुभूतिको खजाना छ, ऊ मास्टर दाता अर्थात् सेवाधारी स्वतः बन्छ। जसले यी चारै विषयमा नम्बरवन लिन्छ, उसलाई नै भनिन्छ– विश्व कल्याणकारी।

    स्लोगन:

    ज्ञान-योगलाई आफ्नो स्वभाव बनायौ भने कर्म स्वत: श्रेष्ठ र युक्तियुक्त बन्छ।  



    ***OM SHANTI***