BK Murli 29 May 2017 Nepali
२०७४ जेष्ठ १५ सोमबार २९-५-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन
“मीठे बच्चे– शान्ति तिम्रो गलाको हार हो, आत्माको स्वधर्म हो, त्यसैले शान्तिको लागि भड्किने आवश्यकता छैन। तिमी आफ्नो स्वधर्ममा स्थित रहने गर।”
प्रश्न:
मनुष्यले कुनै पनि चीजलाई शुद्ध बनाउनको लागि कुनचाहिँ युक्ति रच्छन् र बाबाले कुनचाहिँ युक्ति रच्नु भएको छ?
उत्तर:
मनुष्यले कुनै पनि चीजलाई शुद्ध बनाउनको लागि त्यसलाई आगोमा हाल्छन्। यज्ञ रच्दा त्यसमा पनि आगो बाल्छन्। यहाँ पनि बाबाले रुद्र यज्ञ रच्नु भएको छ, तर यो ज्ञान यज्ञ हो, यसमा सबैको आहुति पर्नेछ। तिमी बच्चाहरूले देह सहित सबैथोक यसमा स्वाहा गर्छौ। तिमीले योग लगाउनु छ। योगको नै रेस छ। यसैबाट तिमी पहिले रुद्रको गलाको हार बन्छौ फेरि विष्णुको गलाको मालामा आउँछौ।
गीत:–
ओम् नमो शिवाए…
ओम् शान्ति।
यो महिमा कसको सुन्यौ? पारलौकिक परमपिता परम आत्मा अर्थात् परमात्माको। सबै भक्त अथवा साधना गर्नेले उहाँलाई याद गर्छन्। उहाँको नाम फेरि पतित-पावन पनि हो। बच्चाहरूलाई थाहा छ– पहिले विश्व पावन थियो। लक्ष्मी-नारायण आदिको पवित्र प्रवृत्ति मार्गको धर्म थियो, जसलाई आदि सनातन देवी-देवता धर्म भनिन्छ। यहाँ पवित्रता, सुख, शान्ति, सम्पत्ति, सबैथोक थियो। पवित्रता छैन भने न शान्ति हुन्छ, न सुख हुन्छ। शान्तिको लागि भड्किइरहन्छन्। जंगलमा घुमिरहन्छन्। एक जनालाई पनि शान्ति छैन किनकि न बाबालाई चिनेका छन्, न आफूलाई चिनेका छन्– म आत्मा हुँ, यो मेरो शरीर हो। यसद्वारा कर्म गर्नु छ। मेरो त स्वधर्म नै शान्त हो। यी शरीरका अंगहरू हुन्। आत्मालाई यो पनि थाहा छैन– हामी आत्माहरू निर्वाण वा परमधामका निवासी हौं। यस कर्मक्षेत्रमा हामी शरीरको आधार लिएर पार्ट खेलिरहेका छौं। शान्तिको हार गलामा नै छ तर धक्का खाइरहन्छन् बाहिर। सोधिरहन्छन्– मनलाई शान्ति कसरी मिल्न सक्छ? उनलाई यो थाहा छैन– आत्मा मन-बुद्धि सहित छ। आत्मा परमपिता परमात्माको सन्तान हो। उहाँ शान्तिका सागर हुनुहुन्छ, हामी उहाँका सन्तान हौं। अहिले अशान्ति त सारा दुनियाँलाई छ नि। सबैले भन्छन् शान्ति होस्। अब सारा दुनियाँको मालिक त एक हुनुहुन्छ, जसलाई शिवाए नम: भन्दछन्। उच्च भन्दा उच्च भगवान्, शिव को हुनुहुन्छ? यो पनि कुनै मनुष्यलाई थाहा छैन। पूजा पनि गर्छन्, कतिले त फेरि आफूलाई शिवोऽहम् भनिदिन्छन्। अरे, शिव त एकै बाबा हुनुहुन्छ नि। मनुष्यले आफूलाई शिव कहलाउनु, यो त ठूलो पाप भयो। शिवलाई नै पतित-पावन भनिन्छ। ब्रह्मा विष्णु शंकरलाई अथवा कुनै मनुष्यलाई पतित-पावन भन्न सकिँदैन। पतित-पावन सद्गति दाता हुनुहुन्छ नै एक। मनुष्यले मनुष्यलाई पावन बनाउन सक्दैन किनकि सारा दुनियाँको सवाल हो नि। बाबा सम्झाउनु हुन्छ– जब सत्ययुग थियो, विश्व पावन थियो। अहिले पतित छ। जो सारा सृष्टिलाई पावन बनाउने वाला हुनुहुन्छ, उहाँलाई नै याद गर्नुपर्छ। बाँकी यो त हो नै पतित दुनियाँ। यो जो भन्छन्– महान् आत्मा, ती कुनै होइनन्। पारलौकिक बाबालाई नै चिनेका छैनन्। यहाँ शिव जयन्ती मनाइन्छ भने अवश्य यहाँ नै आउनु भएको हो– पतितहरूलाई पावन बनाउन। भन्नुहुन्छ– म संगममा आउँछु, जसलाई कुम्भ भनिन्छ। त्यो पानीको सागर र नदीहरूको कुम्भ होइन। कुम्भ यसलाई भनिन्छ, जतिबेला ज्ञान सागर पतित-पावन बाबा आएर सबै आत्माहरूलाई पावन बनाउनुहुन्छ। यो पनि जान्दछौ– यहाँ जब स्वर्ग थियो, त्यतिबेला एकै धर्म थियो। सत्ययुगमा सूर्यवंशी राज्य थियो फेरि त्रेतामा चन्द्रवंशी, जसको महिमा छ– राम राजा, राम प्रजा... त्रेताको यति महिमा छ भने सत्ययुगको त्यो भन्दा पनि धेरै हुनुपर्छ। यहाँ नै स्वर्ग थियो, पवित्र जीव आत्माहरू थिए। बाँकी अरू सबै धर्मका आत्माहरू निर्वाणधाममा थिए। आत्मा के हो, परमात्मा के हो– यो पनि कुनै मनुष्यलाई थाहा छैन। आत्मा यति सानो बिन्दु छ, उसमा ८४ जन्मको पार्ट भरिएको छ। ८४ लाख जन्म त हुन सक्दैन। ८४ लाख जन्ममा कल्प-कल्पान्तर घुमिरहन्छन्, यो त हुन सक्दैन। हो नै ८४ जन्मको चक्र, त्यो पनि सबैको होइन। जो पहिले थिए, उनीहरू अहिले पछि परेका छन्, फेरि उनीहरू पहिला जान्छन्। पछाडि आउने सबै आत्माहरू निर्वाणधाममा रहन्छन्। यो सबै कुरा बाबा सम्झाउनु हुन्छ। उहाँलाई नै वर्ल्ड अलमाइटी अथोरिटी भनिन्छ।
बाबा भन्नुहुन्छ– म आएर ब्रह्माद्वारा सबै वेद शास्त्र गीता आदिको सार सम्झाउँछु। यी सबै भक्ति मार्गको कर्मकाण्डका शास्त्र बनाइएका छन्। मैले आएर कसरी यज्ञ रचेँ, यो कुरा त शास्त्रहरूमा छैनन्। यसको नाम नै हो– राजस्व अश्वमेध रुद्र ज्ञान यज्ञ। रुद्र हुनुहुन्छ शिव। यसमा सबैलाई स्वाहा हुनु छ। बाबा भन्नुहुन्छ– देह सहित जति पनि मित्र-सम्बन्धी आदि छन्, ती सबैलाई बिर्स। एकै बाबालाई याद गर। म संन्यासी, उदासी हुँ, क्रिश्चियन हुँ... यो सबै देहका धर्म हुन्, यसलाई छोडेर म एकलाई याद गर। निराकार अवश्य शरीरमा नै आउनुहुन्छ नि। भन्नुहुन्छ– मलाई प्रकृतिको आधार लिनु पर्ने हुन्छ। म नै आएर यस तनद्वारा नयाँ दुनियाँ स्थापना गर्छु। पुरानो दुनियाँको विनाश सामुन्ने खडा छ। गायन पनि गरिन्छ– प्रजापिता ब्रह्माद्वारा स्थापना, सूक्ष्मवतन हो नै फरिश्ताहरूको दुनियाँ। वहाँ हड्डी मांस हुँदैन। वहाँ सूक्ष्म शरीर हुन्छ सेतो-सेतो, जस्तै भूत हुन्छन् नि। आत्मा, जसलाई शरीर मिल्दैन, ऊ भड्किइरहन्छ। छायाँ रूपी शरीर देखिन्छ, उनलाई पक्डिन सकिँदैन। अब बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! याद गर्यौय भने यादद्वारा तिम्रो विकर्म विनाश हुन्छ। गायन पनि गरिन्छ– धेरै गयो, थोरै रह्यो... अब बाँकी थोरै समय छ। जति हुन सक्छ बाबालाई याद गर, अन्त मति सो गति हुन्छ। गीतामा कुनै एक दुई अक्षर राइट लेखेका छन्। जस्तै आँटामा नुन, कुनै-कुनै अक्षर सही छन्। पहिला त भगवान् निराकार हुनुहुन्छ, यो थाहा हुनुपर्छ। उहाँ निराकार भगवान् फेरि वाच कसरी गर्नुहुन्छ? भन्नुहुन्छ– साधारण ब्रह्मा तनमा प्रवेश गरेर राजयोग सिकाउँछु। प्यारा बच्चाहरू! मलाई याद गर। म आउँछु नै एक धर्मको स्थापना गरेर बाँकी सबै धर्महरूको विनाश गराउन। अहिले त अनेक धर्म छन्। आज भन्दा ५ हजार वर्ष पहिले सत्ययुगमा एकै आदि सनातन देवी-देवता धर्म थियो। सबै आत्माहरू आ-आफ्नो हिसाब-किताब चुक्ता गरेर जान्छन्, त्यसलाई कयामतको समय भनिन्छ। सबैको दु:खको हिसाब-किताब चुक्ता हुन्छ। दु:ख मिल्छ नै पापहरूको कारण। पापको हिसाब चुक्ता भएपछि फेरि पुण्यको सुरु हुन्छ। हरेक चीज शुद्ध बनाउनको लागि आगोमा जलाइन्छ। यज्ञ रच्छन्, त्यसमा पनि आगो बाल्छन्। यो त भौतिक यज्ञ होइन। यो हो रुद्र ज्ञान यज्ञ। यस्तो भनिँदैन– कृष्ण ज्ञान यज्ञ। कृष्णले कुनै यज्ञ रचेनन्, कृष्ण त राजकुमार थिए। यज्ञ रचिन्छ, आपदको समयमा। यस समय सबैतिर आपद छ नि। धेरै मनुष्यले रुद्र यज्ञ पनि रच्छन्। रुद्र ज्ञान यज्ञ रच्दैनन्। त्यो त रुद्र परमपिता परमात्मा नै आएर रच्नुहुन्छ। भन्नुहुन्छ– यो जुन रुद्र ज्ञान यज्ञ छ, यसमा सबैको आहुति हुन्छ। बाबा आउनु भएको छ, यज्ञ पनि रचिएको छ, जबसम्म राजाई स्थापना पूरा हुँदैन, सबै पावन बन्दैनन्। फट्ट सबै त पावन बन्दैनन्। योग लगाइरहनु छ अन्त्यसम्म। यो हो नै योगको रेस। बाबालाई जति धेरै याद गर्छौ, त्यति दौडी लगाएर रुद्रको गलाको हार बन्छौ। फेरि विष्णुको गलाको माला बन्नेछौ। पहिले रुद्रको माला फेरि विष्णुको माला। पहिले बाबाले सबैलाई घर लिएर जानुहुन्छ। जसले जति पुरुषार्थ गर्छन्, उनै नरबाट नारायण, नारीबाट लक्ष्मी बनेर राज्य गर्छन्। मतलब यो आदि सनातन देवी-देवता धर्म स्थापना भइरहेको छ। तिमीलाई बाबाले राजयोग सिकाइरहनु भएको छ। जसरी ५ हजार वर्ष पहिले सिकाउनु भएको थियो, फेरि कल्पपछि सिकाउन आउनु भएको छ। शिव जयन्ती अथवा शिवरात्रि पनि मनाइन्छ। रात अर्थात् कलियुगी पुरानो दुनियाँको अन्त्य, नयाँ दुनियाँको आदि। सत्ययुग त्रेता हो दिन, द्वापर कलियुग हो रात। बेहदको दिन ब्रह्माको, फेरि बेहदको रात ब्रह्माको। कृष्णको दिन-रात भनेर गायन गरिदैन। कृष्णलाई ज्ञान नै रहँदैन। ब्रह्मालाई ज्ञान मिल्छ, शिवबाबाद्वारा। फेरि तिमी बच्चाहरूलाई मिल्छ, यिनीद्वारा। मतलब शिवबाबाले तिमीलाई ब्रह्मा तनद्वारा ज्ञान दिइरहनु भएको छ। तिमीलाई त्रिकालदर्शी बनाउनुहुन्छ। मनुष्य सृष्टिमा एउटा पनि त्रिकालदर्शी हुन सक्दैन। यदि भए त ज्ञान दिने थिए नि। यो सृष्टि चक्र कसरी घुम्छ? कहिल्यै पनि कसैले ज्ञान दिन सक्दैन।
भगवान् त सबैको एकै हुनुहुन्छ। कृष्णलाई कहाँ सबैले भगवान् मान्छन् र। उनी त राजकुमार हुन्। के भगवान् पनि राजकुमार बन्नु हुन्छन् र? यदि उहाँले राज्य गर्ने हो भने फेरि गुमाउनु पनि पर्छ। बाबा भन्नुहुन्छ– तिमीलाई विश्वको मालिक बनाएर म फेरि निर्वाणधाममा गएर रहन्छु। फेरि जब दु:ख सुरु हुन्छ, अनि मेरो पार्ट पनि सुरु हुन्छ। म सुनवाई गर्छु, मलाई भन्दछन् पनि हे रहमदिल। भक्ति पनि पहिले अव्यभिचारी अर्थात् एक शिवको गर्छन् फेरि देवताहरूको सुरु गर्छन्। अहिले त व्यभिचारी भक्ति बनिसकेको छ। पुजारीले पनि यो जान्दैनन्– कहिले देखि पूजा सुरु हुन्छ। शिव वा सोमनाथ कुरा एकै हो। शिव हुनुहुन्छ निराकार। सोमनाथ किन भनिन्छ? किनकि सोमनाथ बाबाले बच्चाहरूलाई ज्ञान-अमृत पिलाउनु भएको छ। नाम त धेरै छन्, बबुलनाथ पनि भन्छन् किनकि बबुलका काँडा जस्ता जो थिए, उनलाई फूल बनाउने, सर्वका सद्गति दाता बाबा हुनुहुन्छ। उहाँलाई फेरि सर्वव्यापी भन्नु... यो त ग्लानि भयो नि। बाबा भन्नुहुन्छ– जब संगमको समय हुन्छ, तब एकै पटक म आउँछु, जब भक्ति पूरा हुन्छ तब नै म आउँछु। यो नियम हो। म आउँछु नै एक पटक। बाबा एक हुनुहुन्छ, अवतार पनि एक हुनुहुन्छ। एकै पटक आएर सबैलाई पवित्र राजयोगी बनाउँछु। तिम्रो राजयोग हो, संन्यासीहरूको हो हठयोग। राजयोग सिकाउन सक्दैनन्। यो हठयोगीहरूको पनि एक धर्म छ, दुनियाँलाई थमाउनको लागि। पवित्रता त चाहिन्छ नि। भारतवर्ष १०० प्रतिशत पावन थियो, अहिले पतित छ। त्यसैले भन्छन्– आएर पावन बनाउनुहोस्। सत्ययुग हो पावन जीव आत्माहरूको दुनियाँ। अहिले त गृहस्थ धर्म पतित छ। सत्ययुगमा गृहस्थ धर्म पावन थियो। अब फेरि त्यही पावन गृहस्थ धर्मको स्थापना भइरहेको छ। एक बाबा नै सर्वका मुक्ति, जीवनमुक्ति दाता हुनुहुन्छ। मनुष्यले मनुष्यलाई मुक्ति जीवनमुक्ति दिन सक्दैन।
तिमी हौ ज्ञान सागर बाबाका बच्चा। तिमी ब्राह्मणहरूले सच्चा-सच्चा यात्रा गराउँछौ। बाँकी सबै हुन् झूटो यात्रा गराउने वाला। तिमी हौ डबल अहिंसक। कुनै हिंसा गर्दैनौ– न लड्छौ, न काम कटारी चलाउँछौ। काममाथि जित पाउन मेहनत लाग्छ। विकारहरूलाई जित्नु छ। तिमी ब्रह्माकुमार कुमारी शिवबाबासँग वर्सा लिन्छौ। तिमीहरू आपसमा भाइ-बहिनी हौ। हामी अहिले निराकार भगवान्का बच्चाहरू आपसमा भाइ-भाइ हौं, फेरि ब्रह्मा बाबाका बच्चाहरू हौं, त्यसैले अवश्य निर्विकारी बन्नुपर्छ नि अर्थात् विश्वको बादशाही तिमीलाई मिल्छ। यो हो धेरै जन्मको अन्त्यको जन्म। कमल फूल समान पवित्र बन, तब उच्च पद मिल्छ। अहिले बाबाद्वारा तिमी धेरै समझदार बन्छौ। सृष्टिको ज्ञान तिम्रो बुद्धिमा छ। तिमी हौ स्वदर्शन चक्रधारी। स्व आत्मालाई दर्शन हुन्छ अर्थात् ज्ञान मिल्छ परमपिता परमात्माद्वारा, जसलाई नै नलेजफुल भनिन्छ। मनुष्य सृष्टिको बीजरूप हुनुहुन्छ, चैतन्य हुनुहुन्छ। अब आउनु भएको छ ज्ञान दिनको लागि। एकै बीज हुनुहुन्छ, यो पनि जान्दछन्। बीजबाट वृक्ष कसरी निस्किन्छ, यो उल्टो वृक्ष हो। बीज माथि छ। पहिला सुरुमा निक्लिन्छ दैवी वृक्ष, फेरि इस्लामी, बौद्धी... वृद्धि हुँदै जान्छ। यो ज्ञान अहिले तिमीलाई मिलेको छ, अरू कसैले पनि दिन सक्दैन। तिमीले जे सुन्छौ, त्यो तिम्रै बुद्धिमा रह्यो। सत्ययुग आदिमा त शास्त्र हुँदैन। कति सहज ५ हजार वर्षको कहानी हो नि। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि मुख्य सारः
१) समय कम छ, धेरै गयो, थोरै रह्यो... त्यसैले जति श्वास बचेको छ, बाबाको यादमा सफल गर्नु छ। पुरानो पापको हिसाब-किताबलाई चुक्ता गर्नु छ।
२) शान्ति स्वधर्ममा स्थित हुनको लागि पवित्र अवश्य बन्नु छ। जहाँ पवित्रता छ, वहाँ शान्ति हुन्छ। मेरो स्वधर्म नै शान्ति हो, म शान्तिको सागर बाबाको सन्तान हुँ... यो अनुभव गर्नु छ।
वरदान:
अकल्याणको सीनमा पनि कल्याणको अनुभव गरेर सदा अचल-अटल रहने निश्चयबुद्धि भव:-
ड्रामामा जे हुन्छ, त्यो कल्याणकारी युगको कारण सबै कल्याणकारी नै हुन्छ, अकल्याणमा पनि कल्याण देखियोस्, तब भनिन्छ निश्चयबुद्धि। परिस्थितिको समयमा नै निश्चयको स्थितिको परख हुन्छ। निश्चयको अर्थ हो– संशयको नाम-निशान नहोस्। जेसुकै होस्, निश्चयबुद्धिलाई कुनै पनि परिस्थितिले हलचलमा ल्याउन सक्दैन। हलचलमा आउनु मतलब कमजोर हुनु।
स्लोगन:
परमात्म प्यारको पात्र बन्यौ भने सजिलै मायाजित बन्छौ।