BK Murli 31 May 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 31 May 2017 Nepali

    २०७४ जेष्ठ १७ बुधबार ३१-५-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– श्रीमतमा पवित्र बन्यौ भने धर्मराजको सजायबाट छुट्छौ। हीरा जस्तो बन्नको लागि ज्ञान अमृत पिऊ, विषलाई छोड।”  

    प्रश्न:

    सत्ययुगी पदको सारा आधार कुन कुरामा छ?

    उत्तर:

    पवित्रतामा। तिमी यादमा रहेर पवित्र अवश्य बन्नुपर्छ। पवित्र बन्नाले नै सद्‌गति हुन्छ। जो पवित्र बन्दैनन्, उनीहरू सजाय खाएर आफ्नो धर्ममा जान्छन्। ठीकै छ तिमी घरमा बस। तर कुनै देहधारीलाई याद नगर, पवित्र रह्यौ भने उच्च पद मिल्नेछ।

    गीत:–

    तुम्हें पाके हमने जहान पा लिया है.....

    ओम् शान्ति।

    शिव भगवानुवाच, अरू कसैलाई पनि भगवान्‌ भनिँदैन, एक निराकार परमपिता परमात्मालाई नै शिवबाबा भनिन्छ। उहाँ हुनुहुन्छ सबै आत्माहरूका पिता। पहिला पहिला यो निश्चय हुनुपर्छ– हामी अवश्य शिवबाबाका सन्तान हौं। दु:खको समयमा भन्छन्– परमात्मा सहायता गर्नुहोस्, दया गर्नुहोस्। यो पनि जानेका छैनन्– मेरो आत्माले परमात्मालाई याद गर्छ। अहम् आत्माको पिता उहाँ हुनुहुन्छ। यस समय सारा दुनियाँ पतित आत्माहरूको हो। गाउँछन्– हामी पापी नीच हौं, हजुर सम्पूर्ण निर्विकारी हुनुहुन्छ। तर फेरि पनि आफूलाई पतित सम्झदैनन्। बाबा सम्झाउनु हुन्छ– जब तिमीले भन्छौ, भगवान्‌ बाबा एक हुनुहुन्छ त्यसैले तिमीहरू सबै आपसमा भाइ-भाइ भयौ। फेरि शरीरको नाताले सबै भाइ बहिनी ठहरियौ। शिवबाबाका बच्चाहरू फेरि प्रजापिता ब्रह्माका पनि बच्चाहरू ठहरियौ। उहाँ तिम्रो बेहदका बाबा, टिचर, गुरु हुनुहुन्छ। भन्नुहुन्छ– म तिमीलाई पतित बनाउँदिनँ। म त आएको हुँ पावन बनाउन। यदि मेरो मतमा चल्यौ भने। यहाँ त सबै मनुष्य रावण मतमा छन्। सबैमा ५ विकार छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! अब निर्विकारी बन, श्रीमतमा चल। तर विकारहरूलाई छोड्दै छोड्दैनन्। त्यसैले स्वर्गको मालिक बन्दैनन्। सबै अजामिल जस्तै पापी बनेका छन्। रावण सम्प्रदाय हो, यो शोकवाटिका हो, कति दु:खी छन्। बाबा आएर फेरि राम राज्य बनाउनुहुन्छ। तिमी बच्चाहरूलाई थाहा छ– यो सच्चा-सच्चा युद्धको मैदान हो। गीतामा भगवान्‌ले भन्नु भएको छ– काम महाशत्रु हो, त्यसलाई जित। तर जितेका त छैनन्। अहिले बाबा बसेर सम्झाउनु हुन्छ। तिम्रो आत्माले यी अंगहरूद्वारा सुन्छ, फेरि सुनाउँछ, कर्म आत्माले गर्छ। हामी आत्मा हौं, शरीर धारण गरेर पार्ट खेल्छौं। तर मनुष्य आत्म-अभिमानीको सट्टा देह-अभिमानी बनेका छन्। अब बाबा भन्नुहुन्छ– देही-अभिमानी बन। सत्ययुगमा आत्म-अभिमानी रहन्छन्। परमात्मालाई जान्दैनन्। यहाँ तिमी देह-अभिमानी छौ, परमात्मालाई पनि चिन्दैनौ, त्यसैले तिम्रो यस्तो दुर्गति भएको हो। दुर्गतिलाई पनि बुझ्दैनन्। जसको पासमा धन धेरै छ, उसले त सम्झन्छ– म स्वर्गमा बसेको छु। बाबा भन्नुहुन्छ– यी सबै गरिब बन्छन् किनकि विनाश हुनु छ। विनाश हुनु त राम्रो हो नि। हामी फेरि मुक्तिधाममा जान्छौं, यसमा त खुशी हुनुपर्छ। तिमी मर्नको लागि तयारी गरिरहेका छौ। मनुष्य त मृत्यसँग डराउँछन्। बाबाले तिमीलाई वैकुण्ठ लैजानको लागि लायक बनाइरहनु भएको छ। पतितले त पतित दुनियाँमा नै जन्म लिइरहन्छन्। स्वर्गवासी कोही पनि छैन। मूल कुरा बाबा भन्नुहुन्छ– पवित्र बन। पवित्र नबनी पवित्र दुनियाँमा जान सक्दैनौ। पवित्रतामा नै अबलाहरू माथि कुटाइ हुन्छ। विषलाई अमृत सम्झन्छन्। बाबा भन्नुहुन्छ– ज्ञान अमृतद्वारा तिमीलाई हीरा जस्तो बनाउँछु, फेरि तिमी विष खाएर कौडी जस्तो किन बन्छौ? आधाकल्प तिमीले विष खायौ, अब मेरो आज्ञा मान। नत्र धर्मराजको डण्डा खानुपर्छ। लौकिक पिताले पनि भन्नुहुन्छ– प्यारा बच्चाहरू! यस्तो काम नगर, जसबाट कुलको नाम बदनाम हुन्छ। बेहदका बाबा भन्नुहुन्छ– श्रीमतमा चल। पवित्र बन। यदि काम चितामाथि बस्यौ भने तिम्रो मुख कालो त छँदै छ, अझै कालो हुनेछ। अहिले तिमीलाई ज्ञान चितामाथि बसाएर गोरो बनाउँछु। काम चितामाथि बस्यौ भने स्वर्गको मुख पनि हेर्न पाउँदैनौ। त्यसैले बाबा भन्नुहुन्छ– अब श्रीमतमा चल। बाबले त बच्चाहरू सँग नै कुरा गर्नुहुन्छ नि। बच्चाहरूले नै जान्दछन्– बाबा हामीलाई स्वर्गको वर्सा दिन आउनु भएको छ। कलियुग अब पूरा हुनु छ। जो बाबाको श्रीमतमा चल्छन्, उनको नै सद्‌गति हुन्छ। अरू सजाय खाएर आफ्नो धर्ममा जान्छन्। तिमीहरू नै स्वर्गवासी थियौ। अहिले पतित बनेका छौ। स्वर्गको बारेमा थाहै छैन। बाबा भन्नुहुन्छ– तिमी मेरो श्रीमतमा चलेनौ, अरूको मतमा चलेर विकारमा गयौ भने मर्यौउ, फेरि आउन त अन्तिममा स्वर्गमा आउँछौ तर पद धेरै सानो पाउँछौ। अहिले जो धनवान छन्, उनीहरू गरिब बन्न पुग्छन्। जो यहाँ गरिब छन्, उनीहरू धनवान बन्छन्। बाबा गरीब-निवाज हुनुहुन्छ। सारा आधार पवित्रतामा छ। बाबासँग योग लगाउनाले तिमी पावन बन्छौ। बाबाले बच्चाहरूलाई सम्झाउनु हुन्छ– म तिमीलाई राजयोग सिकाउँछु। म घरबार छुटाउँदिनँ। ठीकै छ घरमा बस तर विकारमा नजाऊ, अरू कुनै पनि देहधारीलाई याद नगर। यस समय सबै पतित छन्। सत्ययुगमा पावन देवता थिए। यस समय उनीहरू पनि पतित बनेका छन्। पुनर्जन्म लिँदै लिँदै अहिले अन्तिम जन्म भएको छ। 

    तिमीहरू सबै पार्वती हौ, तिमीलाई अहिले अमरनाथ बाबाले अमरकथा सुनाइरहनु भएको छ, अमरपुरीको मालिक बनाउन। त्यसैले अब अमरनाथ बाबालाई याद गर। यादद्वारा नै तिम्रो विकर्म विनाश हुन्छन्। बाँकी शिव, शंकर वा पार्वती कुनै पहाडमा बसेका होइनन्। यो सबै भक्ति मार्गको धक्का हो। आधाकल्प धेरै धक्का खाएका छौ, अब बाबा भन्नुहुन्छ– म तिमीलाई स्वर्गमा लैजान्छु। सत्ययुगमा सुख नै सुख हुन्छ। न धक्का खान्छन्, नत गिर्छन्। मुख्य कुरा हो नै पवित्र रहने। यहाँ जब धेरै अत्याचार गर्छन् अनि पापको घडा भरिन्छ र विनाश हुन्छ। अब एक जन्म पवित्र बन्यौ भने पवित्र दुनियाँको मालिक बन्छौ। अब जो श्रीमतमा चलून्। यदि कल्प पहिले श्रीमतमा चलेका थिएनन् भने अहिले पनि चल्दैनन्, न पद पाउँछन्। एक बाबाका तिमी बच्चाहरू हौ। तिमी त आपसमा भाइ-बहिनी भयौ। तर बाबाको बनेर यदि गिर्यौछ भने अझै रसातलमा जान्छौ, अझै पाप आत्मा बन्छौ। यो हो ईश्वरीय सरकार। यदि मेरो मतमा पवित्र बनेनौ भने धर्मराजद्वारा धेरै कडा सजाय खानु पर्नेछ। जन्म-जन्मान्तरको जो पाप गरेका छौ, ती सबैको सजाय खाएर हिसाब-किताब चुक्ता गर्नुपर्छ। या त योगबलद्वारा विकर्मलाई भस्म गर्नु पर्ने हुन्छ या त धेरै कडा सजाय खानुपर्छ। कति धेरै ब्रह्माकुमार-कुमारी छन्, सबै पवित्र रहन्छन्, विश्वलाई स्वर्ग बनाउँछन्। तिमी हौ शिव शक्ति पाण्डव सेना, गोप-गोपिनीहरू। यसमा दुवै आउँछन्। भगवान्‌ले तिमीलाई पढाउनुहुन्छ। लक्ष्मी-नारायणलाई भगवती भगवान्‌ भनिन्छ। उनीहरूलाई अवश्य भगवान्‌ले नै वर्सा दिनु भएको हो। भगवान्‌ नै आएर तिमीलाई देवता बनाउनुहुन्छ। सत्ययुगमा यथा राजा रानी तथा प्रजा रहन्छन्। सबै श्रेष्ठाचारी थिए, अहिले रावण राज्य हो। यदि राम राज्यमा जानु छ भने पवित्र बनेर रामको मतमा चल। रावणको मतबाट त तिम्रो दुर्गति हुन्छ। गायन पनि छ– किनकी दबी रहेगी धुल में... सुन आदि जमीनमा, भित्ताहरूमा लुकाउँछन्। अचानक मरे भने सबैथोक त्यही नै रहन्छ। विनाश त हुनु नै छ। भूकम्प आदि गयो भने चोरहरू पनि धेरै निक्लिन्छन्। अब मालिक बाबा आउनु भएको छ, तिमीलाई आफ्नो बनाएर विश्वको मालिक बनाउन। आजकल वानप्रस्थ अवस्थामा पनि विकार विना रहन सक्दैनन्, बिल्कुलै तमोप्रधान भएका छन्। बाबालाई चिनेकै छैनन्। बाबा भन्नुहुन्छ– म पवित्र बनाउन आएको छु। यदि विकारमा गयौ भने धेरै कडा सजाय खानुपर्छ। म पवित्र बनाएर पवित्र दुनियाँ स्थापना गर्न आएको हुँ। तिमी फेरि पतित बनेर विघ्न पार्छौ! स्वर्गको रचना गर्न बाधा पार्छौ, त्यसैले धेरै कडा सजाय खानुपर्छ। म आएको हुँ तिमीलाई स्वर्गवासी बनाउनको लागि। यदि विकार छोडेनौ भने धर्मराजद्वारा धेरै कुटाइ खानेछौ। धेरै त्राहि-त्राहि गर्नु पर्नेछ। यो इन्द्र सभा हो। कहानी पनि छ– वहाँ ज्ञान परी थिए, कुनै पतितलाई लिएर आइन्, उसको भाइब्रेशन आउँथ्यो। यहाँ सभामा कुनै पतितलाई बसाइँदैन। पवित्रताको प्रतिज्ञा नगरिकन बसाइँदैन, नत्र फेरि लिएर आउनेमाथि पनि दोष पर्छ। बाबाले त जान्नुहुन्छ, फेरि पनि लिएर आउँछन् त्यसैले शिक्षा दिइन्छ। शिवबाबालाई याद गर्नाले आत्मा शुद्ध हुन्छ। वायुमण्डलमा साइलेन्स हुन्छ। बाबा नै बसेर परिचय दिनुहुन्छ– म तिम्रो पिता हुँ। ५ हजार वर्ष पहिले जसरी तिमीलाई मनुष्यबाट देवता बनाउन आएको छु। बेहदका बाबासँग बेहद सुखको वर्सा लिनु छ। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 

    साकार मुरलीबाट गीताको भगवान्‌लाई सिद्ध गर्ने प्वाइन्टहरू (क्रमश: पार्ट ४)

    १) मन्मनाभव, मध्याजीभव... यो गीताको कुनै-कुनै अक्षर ठीक छन् किनकि बाबा, जसले तिमीलाई अहिले ज्ञान सुनाउनुहुन्छ, त्यो फेरि प्राय: लोप हुन पुग्छ। कसैलाई पनि थाहा हुँदैन– गीता ज्ञानद्वारा श्रीकृष्णले यो पद पाएका हुन्। 

    २) जब सत्ययुगमा देवताहरूको राज्य थियो, त्यतिबेला अरू कुनै धर्म थिएन। त्यतिबेला जनसंख्या पनि धेरै कम थियो। अवश्य गीता ज्ञानपछि विनाश पनि हुन्छ। त्यसैले महाभारत लडाई पनि गायन गरिएको छ। यसमा नै सबै चेन्ज हुनु छ। कलियुग पछि सत्ययुग आउँछ। 

    ३) अहिले भन्छन्– यो महाभारत काल चलिरहेको छ, त्यसैले अवश्य भगवान्‌ पनि चाहिन्छ। कृष्ण त हुन सक्दैन। गीता ज्ञानद्वारा त कृष्णको आत्मालाई राजाई मिल्यो। त्यसैले गीता हो माता, जसबाट तिमी देवता बन्छौ। कृष्णको आत्माले गीताको ज्ञानद्वारा राजयोग सिकेर यस्तो बनेका हुन्। 

    ४) पतित-पावन एक परमपिता परमात्मालाई नै भनिन्छ, उहाँलाई नै सबैले पुकार्छन्। कृष्णलाई कहिल्यै पतित-पावन सम्झेर याद गर्दैनन्। अब तिमीले जानिसकेका छौ– कृष्णको आत्मा, जो सत्ययुगमा थियो, उसले अनेक रूप धारण गर्दै-गर्दै अहिले तमोप्रधान बनेको छ, फेरि सतोप्रधान बन्छ। 

    ५) शिव भगवानुवाच, भगवान्‌ भनिन्छ नै शिवलाई। भगवान्‌ एकै हुनुहुन्छ। कृष्ण त बच्चा हुन्। ज्ञान सुनाउने वाला हुनुहुन्छ बाबा। बाबाको सट्टा बच्चाको नाम राखिदिनु, यो कति ठूलो भूल हो। फेरि कृष्णको नै चरित्र आदि बसेर देखाएका छन्। बाबा भन्नुहुन्छ– लीला कुनै कृष्णको होइन। गाउँछन्– हे प्रभु तिम्रो लीला अपरम-अपार छ, लीला एकको नै हुन्छ। 

    ६) शिवबाबाको महिमा धेरै भिन्न छ। उहाँ हुनुहुन्छ सदा पावन, तर उहाँ पावन शरीरमा आउन सक्नुहुन्न। उहाँलाई बोलाउँछन् नै आएर पतित दुनियाँलाई पावन बनाउनुहोस्। बाबा भन्नुहुन्छ– मलाई पतित दुनियाँमा, पतित शरीरमा आउनुपर्छ । यिनको (श्रीकृष्णको) धेरै जन्मको अन्त्यमा आएर प्रवेश गर्छु। 

    ७) शास्त्रहरूमा श्रीकृष्णलाई स्वदर्शन चक्र देखाएका छन्। उनले स्वदर्शन चक्रद्वारा अकासुर-बकासुर आदिलाई मारे। फेरि रामलाई बाण देखाएका छन्। दुवै देवताहरूलाई हिंसक बनाइदिएका छन्, जबकि उनको महिमामा गाउँछन्– देवताहरू डबल अहिंसक हुन्छन्। न त काम कटारी चलाउँछन्, न क्रोधको हिंसा गर्छन्। उनीहरू हुन् नै निर्विकारी देवी देवताहरू। त्यसैले कृष्णलाई मोर-मुकुटधारी देखाएका छन्। 

    ८) कृष्णलाई रुद्र भनिँदैन। विनाश पनि कुनै कृष्णले गराउँदैनन्। स्थापना, विनाश र पालना– यो तीन कर्तव्य परमात्माको हो, तर उहाँ स्वयंले केही गर्नुहुन्न, नत्र उहाँमाथि दोष लाग्छ। उहाँ हुनुहुन्छ गर्ने-गराउनेवाला। 

    ९) कृष्णको लागि भगवानुवाच भन्न सकिँदैन, उनी त हुन् दैवीगुण भएका मनुष्य, डिटीज्म भनिन्छ। अहिले देवीदेवता धर्म छँदै छैन, त्यसको स्थापना भइरहेको छ। अहिले तिमी ब्राह्मण, देवी देवता धर्मको बनिरहेका छौ। 

    १०) मनुष्यले भन्छन्– देवताहरूको छायाँ यस पतित सृष्टिमा पर्न सक्दैन, यसमा देवताहरू आउन सक्दैनन्। उनको लागि त नयाँ दुनियाँ चाहिन्छ। लक्ष्मीको पनि आह्वान गर्दा घरको कति सफाई गर्छन्। अब यस सृष्टिको जब सफाई हुन्छ अर्थात् पुरानो दुनियाँ विनाश हुन्छ, अनि देवी देवताहरू यस सृष्टिमा आउँछन्। 


    धारणाको लागि मुख्य सारः

    १) योगबलद्वारा विकर्मको सबै हिसाब-किताब चुक्ता गरेर आत्मालाई शुद्ध र वायुमण्डललाई शान्त बनाउनु छ।

    २) बाबाको श्रीमतमा सम्पूर्ण पावन बन्नको प्रतिज्ञा गर। विकारको वश भएर स्वर्गको स्थापनाको कार्यमा विघ्न रूप बन्नु हुँदैन।

    वरदान:

    विशेषताको संस्कारलाई आफ्नो स्वभाव बनाएर साधारणतालाई समाप्त गर्ने मरजीवा भव:-  

    जस्तै कसैको कुनै स्वभाव छ भने त्यसले स्वत: नै आफ्नो काम गर्छ। सोच्नु वा गर्नु पर्दैन। यसैगरी विशेषताको संस्कार यदि स्वभाव बन्यौ भने हरेकको मुखबाट, मनबाट यही निस्किनेछ– यस विशेष आत्माको नेचर नै विशेषताको छ। साधारण कर्मको समाप्ति होस् तब भनिन्छ मरजीवा। साधारणता देखि मरिसक्यौ, विशेषतामा बाँचिरहेका छौ। संकल्पमा पनि साधारणता नहोस्।

    स्लोगन:

    समर्थ आत्मा उही हो, जसले कुनै न कुनै विधिले व्यर्थलाई समाप्त गरिदिन्छ।   



    ***OM SHANTI***