BK Murli 17 June 2017 Nepali

BK Murli 17 June 2017 Nepali

२०७४ आषाढ ३ शनिबार १७-०६-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

“मीठे बच्चे– बाबासँग जुन प्रतिज्ञा गरेका छौ त्यसमा पूरा- पूरा चल। चाहे मर्नु परोस् तर धर्म नछोड। यही हो सबैभन्दा उच्च लक्ष्य। प्रतिज्ञालाई भुलेर उल्टो कर्म गर्यौज भने रजिस्टर खराब हुन्छ।”  

प्रश्न:

यात्रामा हामी तीव्र गइरहेका छौं यसको परख अथवा निशानी के हुन्छ?

उत्तर:

यदि यात्रामा तीव्र गइरहेका छौ भने बुद्धिमा स्वदर्शन चक्र घुमिरहन्छ। सदा बाबा र वर्सा सिवाय अरू केही पनि याद हुँदैन। यथार्थ याद मतलब नै यहाँको केही पनि नदेखियोस्। देखेर पनि मानौं देखिरहेको छैन। उसले सबै कुरा देख्दा देख्दै पनि सम्झन्छ– यो सबै माटोमा मिल्नेछ। यो महल आदि समाप्त हुन्छन्। यो केही पनि हाम्रो राजधानीमा थिएन, न फेरि हुनेछ।

गीत:–

माँझी मेरे किस्मत की……

ओम् शान्ति।

यो गीतको लाइन वास्तवमा गलत छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू, म आएको छु तिमीलाई लैजानको लागि। कहाँ लिएर जानुहुन्छ? मुक्ति र जीवनमुक्तिधाम। जति उच्च पद चाह्यो त्यति लेऊ। यस्तो होइन– उहाँले जहाँ चाहनुहुन्छ। सबैले चाहन्छन्– पुरुषार्थ गरौं। तर ड्रामा अनुसार सबै पुरुषार्थी उस्तै त हुँदैनन्। यो त बच्चाहरूले आफूले आफैंमाथि कृपा गर्नु छ। ज्ञानसागर त ज्ञान र योग सिकाउन आउनु भएको छ। यो हो उहाँको कृपा, शिक्षकले पढाउनुहुन्छ। योगीले योग सिकाउनु हुन्छ। बाँकी धेरै या थोरै सिक्नु त सिक्नेमाथि भर पर्छ। तिमीलाई थाहा छ– हामी सबै सत्यको संगतमा बसेका छौं, नकि झुटो संगतमा। सत्यको संगत एउटै छ किनकि सत्य एकै हुनुहुन्छ। सत्ययुगको पनि स्थापना उहाँले नै गर्नुहुन्छ र सत्ययुगमा लिएर जानको लागि पुरुषार्थ पनि गराउनुहुन्छ। सत्यको एउटा श्लोक पनि छ– सत्य बोल्नु, सत्य चल्नु तब नै सत्य खण्डमा जान सकिन्छ। सिक्खहरूले भन्छन् पनि– सत श्री अकाल। एक उहाँ नै सत्य बाबा सबैभन्दा श्रेष्ठ हुनुहुन्छ, अकालमूर्त हुनुहुन्छ। उहाँलाई कहिल्यै कालले खाँदैन। मनुष्यलाई त घरी-‌घरी कालले खान्छ। तिमी बच्चाहरू सच्चा सत्संगमा बसेका छौ। विश्व जुन अहिले झुटो खण्ड छ, त्यसलाई सत्यखण्ड बनाउनेवाला एकै बाबा हुनुहुन्छ, देवी-‌देवता सबै बच्चाहरू हुन्। यहाँबाट देवता पुण्य आत्मापनको वर्सा लिएर जान्छन्। यहाँ त झुटै झुटो हुन्छ। सरकारले जुन कसम उठाउँछ, त्यो पनि झुटो हो। भन्छन्– हामी भगवान्‌को कसम खाएर सत्य बोल्छौं। तर यो बोल्दा मनुष्यलाई डर हुँदैन। यो भन्दा त यसो भन्नु ठिक हुन्छ– म आफ्ना बच्चाहरूको कसम उठाउँछु, तब हच्कनेछन्, दुःख हुन्छ किनकि सम्झन्छन्– ईश्वरले हामीलाई बच्चा दिनुहुन्छ। त्यसैले ईश्वरको नाममा बच्चाहरूको कसम उठाउँछौं, थाहा छैन मर्ने पो हो कि भनेर हच्कनेछन्। स्त्रीले पतिको कसम कहिल्यै उठाउँदिनन्। पुरुषले स्त्रीको कसम छिट्टै उठाउँछन्। सम्झन्छन्– एउटी स्त्री गइन् भने अर्की ल्याउँछु। मनुष्यहरूले जति पनि कसम उठाउँछन्, त्यो सबै झुटो हो। पहिले त गडलाई पिता मानून्। नत्र पितापनको नशा चढ्दैन।

तिमी बच्चाहरूलाई त थाहा छ– सत श्री अकाल उहाँ पितालाई भनिन्छ। उहाँ सतको नाम हो शिव। यदि केवल रुद्र भन्ने हो भने अलमलिन्छन्। तर सम्झाउनको लागि भन्नपर्छ। गीतामा पनि छ रुद्र ज्ञान यज्ञ, जसबाट विनाश ज्वाला प्रज्वलित भएको हो। त्यो पनि यहाँकै कुरा हो। कृष्ण यज्ञको नाम होइन। दुवैलाई मिसाइदिएका छन्। सम्झाइएको छ– सत्ययुग त्रेतामा त कुनै यज्ञ हुँदैन। यज्ञ हुन्छ नै एक ज्ञानको। बाँकी सबै हुन् स्थूल यज्ञ। पोथी (किताब) पढ्नु, पूजा गर्नु सबै हुन् भक्तिमार्ग। ज्ञान त एकै हुन्छ जुन परमात्माले दिनुहुन्छ। मनुष्य सबै ईश्वरको लागि पनि झुटो बोल्छन्, त्यसैले नै भारत कंगाल बनेको हो। यो जस्तो ठूलो झुट कुनै हुँदैन। यो नाटक त बनेको छ। यसको नाम हो भूलभूलैया अर्थात् बाबालाई भुलेर भट्किनु। फेरि बाबा आएर भट्किनबाट छुटाउनुहुन्छ। यो ड्रामामा हार-जितको खेल छ। हार खान आधाकल्प लाग्छ। एकदम पूरा माटोमा मिल्छन्। फेरि आधाकल्प हाम्रो जित हुन्छ। यो कुरा तिमीहरू सिवाय कसैले पनि जान्दैनन्, ठूला-‌ठूला गीता पाठशाला छन्। गीताको भारती विद्या भवन बनाएका पनि छन्। नाम त गीताको निकै भारी छ। गीतालाई भनिन्छ– सर्व शास्त्रमयी शिरोमणि। तर नाम बदलेका कारण कुनै कामको रहेन। गीताको नाम त धेरै चल्दै आएको छ। बाबा भन्नुहुन्छ– गीताको भगवान् म हुँ नकि श्रीकृष्ण। अहिले हो संगम। बाबा रचयिता हुनुहुन्छ, जब स्वर्ग रच्नुहुन्छ तब त राधा-कृष्ण वा लक्ष्मी-नारायण आउँछन्।। बाबा आएर स्वर्गको मालिक हामीलाई नै बनाउनुहुन्छ, जगत् अम्बा र जगत् पिताद्वारा। राजयोग त भगवान् सिवाय कसैले सिकाउन सक्दैन। जगत् अम्बा धेरै प्रसिद्ध छञ। कलश पनि जगत् अम्बामाथि राखिन्छ। लक्ष्मी-नारायण वा राधा-कृष्ण त अहिले छैनन्। कृष्णको साथमा त राधा पनि हुनुपर्छ। गीतामा राधाको केही पनि वर्णन छैन। भागवतमा छ। बाबा भन्नुहुन्छ– जो राधा-कृष्ण थिए, उनी अहिले ८४ औं अन्तिम जन्ममा छन्। म उनलाई र उनको राजधानीलाई फेरि जगाइरहेको छु। सबैलाई गोरो बनाइरहेको छु। यो धेरै गहन कुरा हो जुन तिमीले नै जान्दछौ– हामी सूर्यवंशी, चन्द्रवंशी दैवी घरानाका हौं। हामीले ८४ जन्म भोग्यौं। अब फेरि हामी सत्ययुगमा जान्छौं। गन्ती त सत्ययुगदेखि लिएर गरिन्छ नि। ८४ जन्मको चक्र पनि प्रसिद्ध छ। तिमीले वर्सालाई घरी-‌घरी याद गर्छौ नि। अब ८४ को चक्रलाई याद गर। यस चक्रलाई याद गर्नु भनेको सारा विश्वको इतिहास भूगोललाई याद गर्नु हो। जति स्वदर्शन चक्र घुमिरहन्छ, त्यति बुझ्न सकिन्छ ऊ यात्रामा तेज गइरहेको छ।

तिमीलाई थाहा छ– अहिले काँडाको दुनियाँ छ। तमोप्रधान मनुष्य ५ विकारमा फँसेका छन्। बाबा भन्नुहुन्छ, मैपन छोडिदेऊ, तर छोड्दैनन्। यति बेहदको राजाई मिल्छ तैपनि भन्छन्– विचार गरौंला। के यो विकार यति प्यारो लाग्छ जसकारण भन्छौ– छोड्नको लागि विचार गर्नेछु। अरे अब त प्रतिज्ञा गर, तब बाबाबाट मदत मिल्छ। यति अवश्य हो– प्रतिज्ञा गरेर फेरि कुल कलंकित बन्नु हुँदैन। धरत परिये धर्म न छोडिये। धेरै ठूलो लक्ष्य छ। बाबाले त पूरा कोसिस गर्नुहुन्छ नि। लूज छोड्नुहुन्न। ठीक छ एकपटक माफ गरिदिनुहुन्छ। यदि फेरि गर्यौा भने मर्छौ, यसबाट रजिस्टर खराब हुन्छ। यो विकार त विष हो। ज्ञान हो अमृत, जसद्वारा मनुष्यबाट देवता बन्छौ। त्यो त हो कुसंगत। सिक्खहरू सत श्री अकाल भनेर धुन मच्चाउँछन् किनकि सत श्री अकालले सबैको उद्धार गर्नु भएको हो। तर उहाँलाई भुलेका छन्। भुल्नु पनि ड्रामामा छ। जैन धर्मवालाको धेरै कडा संन्यास हुन्छ। बाबा भन्नुहुन्छ– म तिमीलाई सहज राजयोग सिकाउँछु। बाबाले कुनै कष्ट दिनुहुन्न। एरोप्लेनमा गए पनि जाऊ, मोटरमा घुमे पनि घुम-‌फिर गर तर खान पानको जति हुनसक्छ परहेज राख्नु छ। भोजनमा दृष्टि दिएर फेरि खानु छ, तर बच्चाहरूले यो भुल्छन्। यसमा त बाबालाई वा साजनलाई खुशीले याद गर्नु छ। साजन म हजुरको यादमा हजुरको साथमा भोजन गर्छु। हजुरको आफ्नो शरीर त छैन। म हजुरलाई याद गरेर खान्छु, हजुरले भासना लिनुहोला। यसरी याद गर्दै-‌गर्दै बानी पर्छ र खुशीको पारा चढ्छ। ज्ञानको धारणा पनि हुन्छ। केही कमी छ भने धारणा पनि कम हुन्छ। उनीहरूको तीर जोडसँग लाग्दैन। बाबासँग योग लाग्नु मतलब देख्दा-‌देख्दै पनि यो सम्झ– यी राम्रा-‌राम्रा महल पनि माटोमा मिल्नेछन्। यी हाम्रो राजधानी थिएनन्। अहिले त हाम्रो राजधानी स्थापना भइरहेको छ, त्यसमा यो केही पनि हुँदैन। नयाँ दुनियाँ हुन्छ। यो पुरानो वृक्ष आदि केही पनि हुँदैन। वहाँ सबै फस्टक्लासका चीज हुन्छन्, यति जनावर आदि सबै समाप्त हुन्छन्। वहाँ बिमारी आदि पनि केही हुँदैन। यो सबै पछि निस्कन्छ। सत्ययुग मतलब नै स्वर्ग, यहाँ त सबै चीज दुःख दिनेवाला छन्। यतिबेला सबैको आसुरी मत छ। सरकारले पनि चाहन्छ– यस्तो शिक्षा होस् जसमा बच्चा चञ्चल हुँदैनन्। अहिले त धेरै चञ्चल भएका छन्। धर्ना बस्नु, भोक हड्ताल गर्नु आदि यो सबै भइरहेको छ नि। यो सबै कसले सिकायो? स्वयंले सिकाएको नै आफ्नै सामुन्ने आउँछ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! शान्तिमा बस। झाँझ आदि बजाउनु, आवाज गर्नु यो सबै भक्तिमार्गको निशानी हो। तिमीले साधना त जन्म-‌जन्मान्तरबाट गर्दै आएका छौ, साधना नाम चल्दै आउँछ। तर सद्गबति त कसैलाई मिल्दैन। तिमीहरूको पासमा चित्र आदि साहित्य नभए पनि तिमी मन्दिरमा गएर सम्झाउन सक्छौ– यी लक्ष्मी-नारायण पहिले स्वर्गमा मालिक थिए नि। उनीहरूलाई अवश्य स्वर्गको रचयिताबाट वर्सा मिलेको हुनुपर्छ। स्वर्गको रचयिता त हुनुहुन्छ परमपिता परमात्मा, जसले नै सम्झाउनुहुन्छ। मन्दिर बनाउनेले यो जान्दैनन्। तिमी बच्चाहरूले सम्झाऊ– परमपिता परमात्माबाट उनीहरूलाई वर्सा मिलेको हो। अवश्य कलियुगको अन्त्यमा नै मिलेको हुनुपर्छ नि। गीतामा राजयोगको कुरा छ। अवश्य संगममा नै राजयोग सिकेका थिए, परमपिता परमात्माबाट सिकेका थिए, नकि श्रीकृष्ण रचनाबाट। रचयिता त एकै बाबा हुनुहुन्छ, जसलाई नै हेविनली गड फादर भनिन्छ। जो राम्रो विशाल बुद्धिका छन्, उनीहरूले राम्रोसँग बुझ्दछन् पनि र धारणा पनि गर्छन्। साना-‌साना बच्चीहरूले ठूला मानिसहरूसँग बसेर कुरा गरून्, चित्रमा सम्झाऊन्, यिनीहरूलाई रच्नेवाला को हुनुहुन्छ? साधारण चित्र नै भए पनि, नभए पनि। बच्चीहरूले तोते भाषामा सम्झाउन सक्छन्। साना बच्चीहरू यदि होसियार बनेर सम्झाऊन्, भन्नेछन्– बलिहारी एक बाबाको नै हो, जसले यस्ता होसियार बनाउनु भएको छ। बच्चीले भन्छिन्– मलाई थाहा छ, तब त सम्झाउँछु। बेहदका बाबाले अहिले राजयोग सिकाइरहनु भएको छ।

बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झ। कुनै पनि देहधारीलाई गुरु नसम्झ। एक सद्गुउरुले तार्नुहुन्छ, बाँकी सबैले डुबाउँछन्। यस्तो टिक्लु-‌टिक्लु गर्ने हो भने नाम प्रसिद्ध हुन्छ। कन्याहरूद्वारा नै ज्ञान बाण मार्नुभयो, यो देखाइएको छ नि। यस्तो पनि होइन सबैले बुझ्नेछन्। जो आफ्नो धर्मका हुन्छन् उनीहरूले छिटै बुझ्नेछन्। वानप्रस्थीलाई वा जसले मन्दिर बनाउँछन् उनीहरूलाई गएर सम्झाउनु, उठाउनु पर्छ। हामी हजुरलाई शिवबाबाको जीवनी बताउँछौं। सेकेण्ड नम्बर हुन् ब्रह्मा, विष्णु, शंकर। हामी हजुरलाई विश्वको इतिहास-भूगोल बताउँछौं– ८४ जन्म कसरी लिन्छौं। यो ८४ को चक्र हो। ब्रह्मा, सरस्वती सबैको कहानी बसेर बताऊँ। यो तिमी बच्चाहरू सिवाय अरू कसैले सम्झाउन सक्दैन। आउनु भयो भने बताउँछौं– लक्ष्मी- नारायणले राज्य कसरी पाए र फेरि कसरी गुमाए? ठीक छ– यो पनि बुझ्नु भएन भने केवल याद गर्नुहोला। बच्चाहरूले गएर यसरी-‌यसरी सेवा गर्नुपर्छ। अच्छा!

मीठे-‌मीठे सिकीलधे बच्चाहरूप्रति माता– पिता बापदादाको याद-‌प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग नमस्ते।


धारणाको लागि मुख्य सारः

१) भित्र कुनै पनि कमजोरी छ भने चेक गरेर निकालिदेऊ। बाबासँग जुन प्रतिज्ञा गरेका छौ त्यसमा अटल बन।

२) भोजन धेरै शुद्धिका साथ, दृष्टि दिएर स्वीकार गर। बाबा अथवा साजनको यादमा खुशी-‌खुशीसँग भोजन खाऊ।

वरदान:

श्रेष्ठ कर्मद्वारा आशीर्वादको स्टक जम्मा गर्ने चैतन्य दर्शनीय मूर्त भव:-  

जुनसुकै कर्म गर्दा पनि त्यसमा आशीर्वाद लेऊ र आशीर्वाद देऊ। श्रेष्ठ कर्म गर्नाले सबैको आशीर्वाद स्वतः मिल्छ। सबैको मुखबाट निस्कन्छ– यो त धेरै राम्रो छ। वाह! उसको कर्म नै यादगार बन्छ। जुन सुकै काम गरे पनि खुशी लेऊ र खुशी देऊ, आशीर्वाद लेऊ आशीर्वाद देऊ। जब अहिले संगममा आशीर्वाद लिन्छौ र दिन्छौ तब तिम्रो जड चित्रद्वारा पनि आशीर्वाद मिलिरहन्छ र वर्तमानमा पनि चैतन्य दर्शनीय मूर्त बन्छौ।

स्लोगन:

सदा उमंग उल्लासमा रह्यौ भने आलस्य समाप्त हुन्छ।   



***OM SHANTI***

Google+ Followers