BK Murli 18 June 2017 Nepali

BK Murli 18 June 2017 Nepali

२०७४ आषाढ ५ सोमबार १९-०६-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

“मीठे बच्चे– सदा ईश्वरीय सेवामा बिजी रह्यौ भने बाबासँग स्नेह बढ्दै जान्छ, खुशीको पारा चढिरहन्छ।”  

प्रश्न:

नजरद्वारा निहाल हुने बच्चाहरूको दिलमा कुनचाहिँ खुशी रहन्छ? बाबाले बच्चाहरूलाई सधैं भिन्न-भिन्न ढंगले नयाँ प्वाइन्टहरू किन सुनाउनुहुन्छ?

उत्तर:

उनको दिलमा स्वर्गको बादशाहीको खुशी रहन्छ किनकि बाबाको नजर मिल्यो अर्थात् वर्साको अधिकारी बनें। बाबामा सबै समाहित छ। किनकि बच्चाहरूको अनेक जन्मको दिल पूरा गर्नु छ। बच्चाहरूले बाबाद्वारा नयाँ-नयाँ प्वाइन्टहरू सुन्छन् अनि बाबासँग स्नेह बढ्दै जान्छ।

गीत:–

तूने रात गंवाई सो के....

ओम् शान्ति।

प्यारा बच्चाहरू बसेका छन् नजर लगाएर। बाबाले पनि देखिरहनु भएको छ आत्मालाई र यस शरीरलाई। बच्चाहरूले पनि देखिरहेका छन्। देख्दा मज्जा आउँछ वा सुन्दा मज्जा आउँछ? किनकि सुन्न त धेरै सुनिसक्यौ। ज्ञान आदि धेरै सुनेका छौ। तिमी नम्बरवन भक्त हौ। तिमीले नै सबैभन्दा धेरै भक्ति गरेका छौ। वेद, शास्त्र, ग्रन्थ, गीता, गायत्री, जप, तप आदि सबै पढेका गरेका छौ, धेरै सुनेका छौ। बाबा सम्झाउनु हुन्छ– कहिले देखि यो सुनेका हौ? जब देखि यी बने। बाँकी बाबासँग नजर मिलाउनु, त्यो त अहिले नै हुन्छ। नजरद्वारा निहाल हुन्छौ। यो एक श्लोक पनि छ– नजर से निहाल स्वामी कींदा सतगुरु। गुरु पनि हुनुहुन्छ, स्वामी पनि हुनुहुन्छ सजनीहरूको। नजरको सामुन्ने बसेका छौ, नजरद्वारा नै बाबालाई चिन्दछौ। उहाँबाट हामीलाई विश्वको बादशाही मिल्छ। बाबालाई देखेपछि दिल खुशी हुन्छ किनकि बाबाबाट नै सबैथोक मिल्छ। बाबामा नै सबैथोक समाहित छ। जब बाबा मिल्यो, नजरको सामुन्ने बसेका छौ। त्यसैले अवश्य बच्चाहरूलाई स्वर्गको बादशाहीको नशा पनि चढ्छ। पहिले बाबाको नशा, फेरि बादशाहीको नशा। हामीलाई थाहा छ– हामी अहिले बाबाको सामुन्ने बसेका छौं। देह-अभिमान अब निक्लिरहेको छ। हामी आत्माहरू यस शरीरसँग चक्र लगाउँदै, पार्ट खेल्दै-खेल्दै अब हाम्रो बाबा पनि सम्मुख बस्नु भएको छ। बाबासँग खुशी हुन्छ नै वर्साको लागि। बच्चाहरू जब ठूलो हुन्छन्, बुद्धिमा आउँछ– म वकिलको, इंजीनियरको, बादशाहको बच्चा हुँ। म बादशाहीको मालिक हुँ। यहाँ तिमीलाई थाहा छ– बाबासँग हामीलाई स्वर्गको वर्सा मिल्छ। बाबालाई देख्नासाथ बच्चाहरूलाई स्थायी खुशी हुनुपर्छ, यसलाई नै रूहरिहान भनिन्छ। जो सुप्रीम बाबा हुनुहुन्छ सबैको, उहाँ बसेर आत्माहरू सँग कुरा गर्नुहुन्छ। आत्माले यस शरीरद्वारा सुन्छ। यो एकै पटक यस्तो हुन्छ– बाबालाई याद गर्दै-गर्दै जब उहाँ आउनुहुन्छ र नजर मिलाउनुहुन्छ अनि २१ जन्मको लागि वर्सा दिनुहुन्छ। यो तिमी बच्चाहरूलाई याद रहनुपर्छ। बच्चाहरूले यो बिर्सिन्छन्, बिर्सिनु हुँदैन। बाबाको नजरको सामुन्ने हुँदा नै सम्झन्छन् हामी बाबाको पासमा बसेका छौं। बाबालाई देख्नासाथ खुशीको पारा चढ्छ। बाबा बसेर नयाँ-नयाँ प्वाइन्टहरू सम्झाउनु हुन्छ, ताकि बाबासँग बच्चाहरूको पूरा स्नेह होस्। आत्माले आफ्नो दिल पूरा गरोस् किनकि बिछोडिएको छ। अनेक प्रकारका दु:ख देखेका छौ। अहिले सम्मुख बसेका छौ, त्यसैले हेरेर हर्षित हुनुपर्छ। बाबाको सम्मुख हुँदा हर्षित हुन्छौ वा बाबासँग टाढा हुँदा पनि यति हर्षितपना रहन्छ? विवेकले भन्छ– बाहिर त धेरै कुरा सुनिन्छ, त्यसैले बुद्धि अरूतिर गइहाल्छ। 

यहाँ त बच्चाहरू मधुबनमा बसेका छन्, सम्मुख सुन्छन्। बाबाले प्यारसँग आकर्षण गर्नुहुन्छ। हेर, तिम्रो कति मीठो, कति प्यारो बाबा हुनुहुन्छ। तिमीलाई स्वर्गको लायक बनाइरहनु भएको छ। बच्चाहरू स्वर्गको मालिक थिए। अहिले ड्रामा अनुसार सबैथोक गुमाएका छन्। राज्य गुमाउनु र पाउनु– यो त ठूलो कुरा होइन। तिमीले नै यस कुरालाई बुझेका छौ। दुनियाँमा करोडौं आत्माहरू छन्, तर करोडौंमा कसैले मात्र मलाई चिन्छन्। म के हुँ र कस्तो हुँ, म जो हुँ, जस्तो हुँ, मद्वारा के मिल्छ? यो बुझेर पनि आश्चर्य छ मायाले भुलाइदिन्छ। यस्तो होइन, सम्मुख रहनेलाई मायाले भुलाउँदैन। सम्मुख रहनेलाई पनि मायाले भुलाउँछ। शिवबाबामा पनि पूरा स्नेह हुनुपर्छ। स्नेह कसरी बढोस्, जसले गर्दा बाबासँग हामीले उच्च वर्सा लिन सकौं? बाबा भन्नुहुन्छ– सेवा गर। बाबाले बच्चाहरूको सेवा गर्नहुन्छ। बच्चाहरूलाई थाहा छ– बाबा दूर देशदेखि आउनु भएको छ। निश्चयबुद्धि बच्चाहरूलाई कहिल्यै डगमग हुनु हुँदैन। अलमलिनु हुँदैन, तर माया धेरै जबरदस्त छ। बाबाले त शृंगार गरिरहनु भएको छ। मनुष्यलाई देवता बनाउनुहुन्छ। यो विद्यालय हो नै देवता बन्ने। पवित्र दुनियाँको मालिक बन्नको लागि यो मेहनत छ। बाबाले केवल भन्नुहुन्छ मलाई याद गर। मनुष्य मर्ने बेलामा उनलाई भन्छन्– रामलाई याद गर्नुहोस्। तर रामलाई चिनेकै छैनन् भने याद गरेर कुनै फाइदा छैन। तिमीलाई त बाबाको पूरा परिचय छ। तिमी आउँछौ नै शिवबाबाको पासमा। उहाँ त निराकार हुनुहुन्छ, रचयिता हुनुहुन्छ। रचना कसरी गर्नुहुन्छ? प्रजापिता ब्रह्मालाई पनि रचयिता भनिन्छ, ब्रह्माद्वारा मनुष्य सृष्टि पैदा हुन्छ, त्यसैले प्रजापिता ब्रह्मा भनिन्छ। तिमी अहिले ब्राह्मण बनेका छौ। तिम्रो आत्माले अब राम्रोसँग जान्दछ– हामी शिवबाबा नाति-नातिना, ब्रह्माका बच्चा बनेका छौं। तिमी बच्चाहरूले चाहन्छौ– हाम्रो विकर्म विनाश होस् र हामी विजय मालामा नजिकै आउन सकौं। त्यसको लागि बाबालाई धेरै याद गर्नुपर्छ। फेरि तिमी कर्मयोगी पनि हौ। घरबार सम्हाल्दै पवित्र रहनु छ, कमल फूल समान। यो उदाहरण कुनै संन्यासीहरू सँग मिल्दैन। उनीहरू गृहस्थ व्यवहारमा रहेर कमल फूल समान पवित्र रहन सक्दैनन्। न कसैलाई भन्न सक्छन्। जो जस्तो छ, उसले उस्तै नै बनाउँछ। संन्यासीले यो भन्न सक्दैनन्– कमल समान पवित्र बन। यदि ब्रह्मलाई याद गर भन्छन् भने त्यो पनि हुन सक्दैन। भन्छन्– तपाईले त घरबार छोड्नु भएको छ, हामीले कसरी छोडौं? तपाई नै घर गृहस्थमा रहन सक्नु भएन, अरूलाई कसरी भन्न सक्नुहुन्छ? उनले राजयोगको शिक्षा दिन सक्दैनन्। अहिले तिमीले सबै धर्मको रहस्यलाई बुझेका छौ। 

हरेक धर्म फेरि आफ्नो समयमा आउनु छ। कलियुग फेरि सत्ययुग हुनु छ। सत्ययुगको लागि चाहिन्छ आदि सनातन देवी-देवता धर्म। अरू कसैले मनुष्यलाई देवता बनाउन सक्दैनन्। उनीहरूलाई जानु नै छ मुक्तिमा, सुख हुन्छ नै स्वर्गमा। जब हामी देवी-देवता बन्छौं, त्यतिबेला अरू धर्मका मुक्तिमा जान्छन्। जबसम्म हामी जीवनमुक्ति धाम स्वर्गमा जाँदैनौं, तबसम्म कुनै मुक्तिमा जान सक्दैनन्। स्वर्ग र नर्क एकैचोटी रहन सक्दैन। हामीले जीवनमुक्तिको वर्सा पाउँदा जीवनबन्धवाला रहनु हुँदैन। तिमीलाई थाहा छ– यस समय हो संगम। तिमी नै कल्पको संगममा बाबासँग मिलन मनाउँछौ, अरू कोही मिल्न पाउँदैनन्। अरूले सम्झन्छन्– यो त कलियुग हो। हामी अहिले कलियुगमा छैनौं। बाबासँग स्वर्गको लागि फेरि वर्सा पाइरहेका छौं। हामी जीवन छँदै मरेर बाबाको बनेका छौं। जो एडाप्ट हुन्छन्, उनलाई नै दुवै जहानको बारेमा थाहा हुन्छ। फलानाको थियौं, अहिले फलानाको बनेका छौं। उनले आफ्नो मित्र सम्बन्धी आदि सबैलाई जानेका हुन्छन्, दुवै तिरको बारेमा थाहा रहन्छ। तिमी बच्चाहरूलाई थाहा छ– यसबाट हाम्रो लंगर उठिसकेको छ। अब हामी गइरहेका छौं। यस दुनियाँसँग हाम्रो कुनै सम्बन्ध छैन। यहाँ भगवान्‌ आफ्ना बच्चाहरू सँग अर्थात् परमपिता परमात्मा शालिग्राम बच्चाहरू सँग कुरा गरिरहनु भएको छ। भगवान्‌ आउनु हुन्छ, तर चिनेका छैनन्। बाबालाई नचिनेका कारण अलमलिन्छन्। यति सहज कुरा पनि कसैले बुझ्दैनन्। याद गर्छन्। तिमीलाई थाहा छ– हामी आत्मा शरीर लिएर पार्ट खेल्छौं। हामी परमधामदेखि आउँछौं। वहाँ परमपिता परमात्मा पनि रहनुहुन्छ। मनुष्यले नत आत्मालाई, नत परमात्मालाई चिनेका छन्। कसरी भगवान्‌ आएर मिल्नुहुन्छ? के गर्नुहुन्छ? कसैलाई पनि थाहा छैन। गीतामा सारा गलत लेखिदिएका छन्। नाम नै बदलिदिएका छन्। बाबा सोध्नुहुन्छ– तिमीले मलाई चिनेका छौ हैन? कृष्णले कहाँ यसरी सोध्छन् र– तिमीले मलाई चिनेका छौ? उनलाई त सारा दुनियाँले चिनेको छ। उनले ज्ञान दिन सक्दैनन्। त्यसैले अवश्य सम्झाउनुपर्छ, भगवान्‌ले रूप बदल्नुहुन्छ तर कृष्ण बन्नुहुन्न। उहाँ मनुष्यको तनमा आउनुहुन्छ, कृष्णको तनमा आउनुहुन्न। यी हुन् ब्रह्मा। उनी हुन् नै कृष्णको आत्मा। केवल सानो कुरा भुलेका छन्। यो हो कृष्णको ८४ औं जन्मको आत्मा, जो फेरि आदिमा कृष्ण बन्छ। अन्तिम जन्ममा कृष्ण पद पाउनको लागि पुरुषार्थ गरिरहेका छन्। यो कति गुप्त कुरा छ। सानो कुरा भुलेका छन्, यसमा धेरै अलमल छ। 

तिमीलाई थाहा छ– हामी कृष्णको घरानाको थियौं। अहिले शिवबाबासँग फेरि राज्य भाग्य लिइरहेका छौं। हाम्रो बुद्धिमा कृष्ण बस्दैन। मनुष्यले त भनिदिन्छन् कृष्ण भगवानुवाच। केही पनि सिद्ध हुँदैन। गीतामा देखाएका छन् पाँच पाण्डव बचे। कल्पको आयु लाखौं वर्ष दिएका छन्। यति सहज कुरा पनि मनुष्यले बुझ्दैनन्। तिमीले कति इसाराले बुझ्न सक्छौ– हामी नै सूर्यवंशी घरानाको थियौं, अहिले सूर्यवंशीबाट शूद्रवंशीमा आयौं। फेरि ब्राह्मणबाट देवता बन्छौं। वर्णहरूलाई पनि बुद्धिमा राख्नु पर्छ। उनीहरूले वर्णहरूलाई पनि आधा गरिदिएका छन्। चोटी ब्राह्मण र शिवबाबालाई भुलेका छन्। बाँकी देवता, क्षत्रिय, वैश्य, शूद्र देखाएका छन्। ब्राह्मण त अवश्य चाहिन्छ नि। ब्रह्माका सन्तान कहाँ गए? यो कसैको बुद्धिमा बस्दैन। तिमीलाई बाबाले राम्रोसँग सम्झाउनु हुन्छ, तिमीले बुद्धिमा राम्रोसँग धारण गर्नु छ। जो ज्ञान बाबाको बुद्धिमा छ, त्यो तिमीहरूमा पनि रहनुपर्छ। म तिमी आत्माहरूलाई आफू समान बनाउँछु। जो सृष्टि चक्रको ज्ञान ममा छ, त्यो तिम्रो बुद्धिमा पनि छ। बुद्धिवान हुनुपर्छ। बाबासँग योग पनि होस् र घरी-घरी विचार सागर मन्थन पनि भइरहोस्। तिमी अहिले सम्मुख बसेका छौ। सम्झन्छौ– बाबाले त बिल्कुल सहज सम्झाउनु हुन्छ। भन्दछन् पनि– आत्मा परमात्मा... सतगुरु दलालको रूपमा पढाउनुहुन्छ। दलाल अथवा सौदा गराउनेवाला। बाबाले आएर यिनीद्वारा आफूसँग सौदा गराउनुहुन्छ। तिमीलाई थाहा छ– दलाललाई याद गर्नु छैन। दलालद्वारा हाम्रो सम्बन्ध हुन्छ शिवबाबासँग। तिमीहरू सबै बीचका दलाल हौ। भन्दछौ– परमपिता परमात्मासँग तपाईको के सम्बन्ध छ? तिमीले सम्बन्ध जोड्ने युक्ति रच्छौ। फेरि प्रजापिताको नाम पनि दिन्छौ। वर्सा शिवबाबासँग मिल्छ। स्वर्गको रचयिता नै उहाँ हुनुहुन्छ। जीव आत्माहरूको परमात्मासँग सम्बन्ध जोडिन्छ। सम्बन्ध थियो, वर्सा पाएका थियौं फेरि पाउँछौं। तिमीलाई थाहा छ– हाम्रो कल्प-कल्प, कल्पको संगमयुगको यही धन्धा हो, अरू कसैले पनि आत्माहरूलाई परमात्मासँग सम्बन्ध जोड्न सक्दैनन्। सम्बन्ध पनि उहाँसँग गराउँछौ, जसले विश्वको मालिक बनाउनुहुन्छ। यो हो उच्च भन्दा उच्च रूहानी सम्बन्ध। रूहानी सम्बन्ध बनाउन कल्प-कल्प बाबासँग नै सिकिन्छ। कल्प-कल्प यस्तो हुन्छ। कल्प-कल्प मनुष्यबाट देवता अवश्य बन्छौं। देवता फेरि मनुष्य बन्छन्। मनुष्य त मनुष्य नै हुन्। तर किन लेखिएको छ– मनुष्यबाट देवता बनाउनु भयो... किनकि देवता धर्म स्थापना गर्नुहुन्छ। तिमीलाई पनि थाहा छ– यस सम्बन्धबाट हामी मनुष्यबाट देवता बनिरहेका छौं। सबैले भन्छन्– क्राइस्ट भन्दा ३ हजार वर्ष पहिले स्वर्ग थियो, तर बुद्धिमा आउँदैन। पहिले यहाँ स्वर्ग थियो, अहिले पनि कति मन्दिर बनाउँछन्। तर सबैको उतरती कला छ। हाम्रो छ चढ्ती कला। चढ्ती कलामा एक सेकेण्ड लाग्छ। अच्छा! 

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


धारणाको लागि मुख्य सारः

१) कहिल्यै पनि कुनै कुरामा अलमलिएर निश्चयमा तल-माथि नबन। घरबार सम्हाल्दै कर्मयोगी भएर रहनु छ। विजय मालामा समीप आउनको लागि पवित्र अवश्य बन्नुपर्छ।

२) बुद्धिवान बन्नको लागि ज्ञानको विचार सागर मन्थन गर। सदा सेवामा तत्पर रहनु छ। आफू समान बनाउने सेवा गर्नु छ।

वरदान:

एक बाबा दोस्रो न कोही, यस स्मृतिद्वारा निमित्त बनेर सेवा गर्ने सर्व लगावमुक्त भव:-   

जो बच्चाहरू सदा एक बाबा दोस्रो न कोही– यस स्मृतिमा रहन्छन् उनीहरूको मन-बुद्धि सहज एकाग्र हुन्छ। उनीहरूले सेवा पनि निमित्त बनेर गर्छन्। त्यसैले त्यसमा उनीहरूको लगाव रहँदैन। लगावको निशानी हो– जहाँ लगाव हुन्छ, वहाँ बुद्धि जान्छ, मन भाग्छ। त्यसैले सबै जिम्मेवारी बाबालाई अर्पण गरेर ट्रस्टी वा निमित्त बनेर सम्हाल्यौ भने लगावमुक्त बन्छौ।

स्लोगन:

विघ्नले नै आत्माको बलवान बनाउँछ, त्यसैले विघ्नहरूसँग नडराऊ।  



***OM SHANTI***

Google+ Followers