BK Murli 23 June 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 23 June 2017 Nepali


    २०७४ आषाढ ९ शुक्रबार २३-०६-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– ज्ञानको जग हो निश्चय, निश्चय बुद्धि बनेर पुरुषार्थ गर्यौह भने लक्ष्यसम्म पुग्छौ।”  

    प्रश्न:

    कुनचाहिँ एउटा कुरा धेरै बुझ्नु पर्ने र निश्चय गर्नु पर्नेछ? बाबा कुन बच्चाहरूलाई देखेर खुशी हुनुहुन्छ?

    उत्तर:

    अब सबै आत्माहरूको हिसाब-किताब चुक्ता हुँदैछ। सबै मच्छर सदृश्य जान्छन् आफ्नो प्यारो घर, फेरि नयाँ दुनियाँमा थोरै आत्माहरू आउँछन्। यो कुरा धेरै बझ्नु पर्ने र निश्चय गर्नु पर्नेछ। जुन बच्चाहरू बाबामा पूरा बलि चढ्छन्, मायासँग विचलित हुँदैनन् अर्थात् अंगद जस्तै अचल अडोल रहन्छन्। यस्ता बच्चाहरूलाई देखेर बाबा पनि खुशी हुनुहुन्छ।

    गीतः–

    धीरज धर मनुआ...

    ओम् शान्ति।

    बच्चाहरूले के सुन्यौ? यो बाबाले नै भन्न सक्नुहुन्छ नि। संन्यासी, उदासी कसैले पनि भन्न सक्दैनन्। पारलौकिक बेहदका बाबाले नै बच्चाहरूलाई भन्नुहुन्छ किनकि आत्मामा नै मन-बुद्धि हुन्छ। आत्माहरूलाई भन्नुहुन्छ, अब धैर्य गर। बच्चाहरूलाई नै थाहा छ– यहाँ बेहदका बाबाले सारा दुनियाँलाई भन्नुहन्छ– धैर्य गर। अब तिम्रो सुख-शान्तिका दिन आउँदै छन्। यो त दु:खधाम हो, यसपछि फेरि सुखधामलाई आउनु नै छ। सुखधामको स्थापना त बाबाले नै गर्नुहुन्छ नि। बाबाले नै बच्चाहरूलाई धैर्य दिनुहुन्छ। पहिला त निश्चय चाहिन्छ नि। निश्चय हुन्छ, ब्रह्मा मुखवंशावली ब्राह्मणहरूलाई। नत्र यतिका ब्राह्मण कहाँबाट आउँछन्? बी.के. को अर्थ नै हो बच्चा र बच्चीहरू। यतिका सबै बी.के. कहलाउँछन् भने अवश्य प्रजापिता ब्रह्मा छन् नि! यति सबैका एउटै माता-पिता हुनुहुन्छ, अरू सबैका त अलग-अलग माता-पिता हुन्छन्। यहाँ तिमी सबैका एउटै माता-पिता हुनुहुन्छ। नयाँ कुरा हो नि। तिमी ब्राह्मण थिएनौ, अहिले बनेका हौ। ती ब्राह्मण हुन् कोख वंशावली, तिमी हौ मुखवंशावली। हरेक कुरामा पहिला त निश्चय चाहिन्छ– कसले हामीलाई सम्झाउँछ? भगवान्‌ले नै सम्झाउनुहुन्छ– अब कलियुगको अन्त्य छ, लडाई सामुन्ने खडा छ। युरोपवासी यादव पनि छन्, जसले बम आदिको अविष्कार गरेका छन्। भनिएको छ– पेटबाट मूसल निस्कियो, जसले आफ्नै कुलको विनाश गरे। वास्तवमा कुलको विनाश अवश्य गर्छन्। हुन त एकै कुलका हुन्। एक अर्कालाई भनिरहन्छन्– हामीले विनाश गर्छौं। यो पनि वास्तवमा लेखिएको छ। त्यसैले अहिले बाबाले सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू धैर्य गर। अब यो पुरानो दुनियाँ खतम हुनु छ। कलियुग समाप्त हुन्छ तब त सत्ययुग हुन्छ नि। अवश्य त्यो भन्दा पहिला नै स्थापना हुनुपर्छ। गाइएको पनि छ– ब्रह्माद्वारा स्थापना, शंकरद्वारा विनाश। पहिला स्थापना गरिन्छ फेरि जब स्थापना पूरा हुन्छ, तब विनाश हुन्छ। स्थापना भइरहेको छ। यो हो नै भिन्नै मार्ग, जुन कसैले पनि बुझ्दैनन्। कसैले कहिल्यै सुनेको नै छैन। त्यसैले सम्झन्छन् जस्तै अरू मठ पन्थ हुन्छन्, त्यस्तै यो पनि बी.के. को होला। ती बिचराहरूको केही दोष छैन। कल्प पहिला पनि यस्तै विघ्न पारेका थिए। यो हो नै रुद्रज्ञान यज्ञ। रुद्र भनिन्छ शिवलाई। उहाँले नै राजयोग सिकाउनुहुन्छ, जसलाई प्राचीन सहज राजयोग भनिन्छ। प्राचीनको पनि अर्थ बुझ्दैनन्। यस संगमको कुरा हो, पतित र पावन त संगम भयो नि। सत्ययुग आदिमा हुन्छ नै एक धर्म। उनीहरू हुन आसुरी सम्प्रदाय, तिमी हौ दैवी सम्प्रदाय। युद्ध आदिको त कुनै कुरा नै होइन। यो पनि भूल हो। तिमी भाइ-भाइ कसरी लड्छौ।

    बाबा बसेर ब्रह्माद्वारा सबै वेदहरूको, शास्त्रहरूको सार सम्झाउनुहुन्छ। वास्तवमा धर्म मुख्य छन् चार। उनीहरूको चार धर्मशास्त्र छन्। त्यसमा पहिलो छ– आदि सनातन देवी-देवता धर्म, जसको शास्त्र हो सर्वशास्त्रमयी शिरोमणि गीता, जुन भारतको पहिलो मुख्य शास्त्र हो, जसद्वारा नै आदि सनातन देवी-देवता धर्म अथवा सूर्यवंशी र चन्द्रवंशी धर्मको स्थापना भयो। त्यो त अवश्य संगममा नै भयो। यसलाई कुम्भ पनि भनिन्छ। तिमीलाई थाहा छ, यो कुम्भको मेला हो– आत्मा परमात्माको मेला, यो हो कल्याणकारी मेला। कलियुग बदलिएर सत्ययुग हुनु नै छ, त्यसैले कल्याणकारी भनिन्छ। सत्ययुगबाट त्रेता हुन्छ, फेरि त्रेताबाट द्वापर हुन्छ, कला कम हुँदै जान्छ। अकल्याण हुँदै जान्छ। फेरि अवश्य कल्याण गर्नेवाला चाहिन्छ। जब पूरा अकल्याण हुन्छ, अनि बाबा आउनुहुन्छ सबैको कल्याण गर्न। बुद्धिले काम लिनु पर्ने हुन्छ। अवश्य बाबा कल्याण गर्नको लागि आउनुहुन्छ पनि संगममा। सर्वका सद्गतिदाता बाबा हुनुहुन्छ। सबै त द्वापरमा हुँदैनन्। सत्ययुग त्रेतामा पनि सबै हुँदैनन्। बाबा आउनुहुन्छ नै अन्त्यमा, जतिबेला सबै आत्माहरू आइपुग्छन्‌। त्यसैले बाबाले नै आएर धैर्य दिनुहुन्छ। बच्चाहरूले भन्छन्– बाबा यस पुरानो दुनियाँमा धेरै दु:ख छ। बाबा छिटै लिएर जानुहोस्। बाबा भन्नुहुन्छ– हुँदैन बच्चाहरू, यो ड्रामा बनेको छ, तुरुन्तै भ्रष्टाचारीबाट श्रेष्ठाचारी त बन्दैनौ। निश्चयबुद्धि भएर फेरि पुरुषार्थ गर्नु छ। सेकेण्डमा जीवनमुक्ति त्यो त ठीकै छ। बच्चा बन्यो अर्थात् वर्साको हकदार बन्यो, तर फेरि त्यहाँ पनि नम्बरवार पद त छन् नि। उच्च पद पाउनको लागि पढाइमा पुरुषार्थ गर्नु पर्ने हुन्छ। यस्तो होइन तुरुन्तै कर्मातीत अवस्था हुन्छ। फेरि त शरीर पनि छोड्नु पर्छ। यस्तो नियम छैन। मायासँग त राम्रोसँग युद्ध गर्नु छ। तिमीलाई थाहा छ– युद्ध ८-१०-१५ वर्ष पनि चलिरहन्छ। तिम्रो युद्ध त मायासँग छ। जबसम्म बाबा हुनुहुन्छ, तिम्रो युद्ध त चलि नै रहन्छ। पछाडि रिजल्ट निस्कन्छ– कसले कति मायालार्इ जिते? कति कर्मातीत अवस्थामा पुगे? बाबा भन्नुहुन्छ– जति हुन सक्छ, आफ्नो घरलाई याद गर। त्यो हो शान्तिधाम। वाणीभन्दा परको स्थान त्यो हो। अहिले तिमी बच्चाहरूको बुद्धिमा खुशी छ। तिमीलाई थाहा छ– यो ड्रामा कसरी बनेको छ। तीन लोक पनि तिमीले जानेको छौ, अरू कसैको बुद्धिमा छैन। बाबाले पनि शास्त्र आदि धेरै पढेका छन्। तर यो कुरा कहाँ बुद्धिमा थियो र! पढ्न त गीता आदि पढ्थे, तर यो कहाँ बुद्धिमा थियो र– हामी दूरदेश, परमधामका निवासी हौं। अहिले थाहा भएको छ, हाम्रो बाबा, जसलाई परमपिता परमात्मा भनिन्छ, उहाँ परमधाममा रहनुहुन्छ। जसलाई सबैले याद गर्छन्– पतित-पावन आउनुहोस्। फर्केर त कोही जान सक्दैन। जसरी भूल-भुलैयाको खेल हुन्छ नि, जहाँबाट जाऊ, ढोका सामुन्ने आउँछ। भनेको ठाउँमा जान सकिँदैन। थाक्छन् अनि फेरि कराउन थाल्छन्– कसैले बाटो देखाओस्। यहाँ पनि जति वेद शास्त्र पढोस्, तीर्थयात्रामा जाओस्, केही पनि थाहा छैन– हामी कहाँ जान्छौं? केवल भन्छन्– फलानो ज्योति महाज्योतिमा समाहित भयो। बाबा भन्नुहुन्छ– कोही पनि फर्केर जान सक्दैन। नाटक जब पूरा हुन्छ, तब सबै कलाकार मञ्चमा आउँछन्। यो नियम छ। सबै उही लुगामा उभिन्छन्। सबैलाई मुख देखाएर फेरि कपडा आदि बदलेर, घर जान्छन्। फेरि त्यही पार्ट दोहोर्यामउँछन्। यो फेरि हो बेहदको नाटक। अहिले तिमी देही-अभिमानी बन्छौ, जान्दछौ– हामी आत्माले यो शरीर छोडेर अर्को लिन्छौं। पुनर्जन्म त हुन्छ नि। ८४ जन्ममा ८४ नाम हामीले धारण गरेका छौं। अब यो नाटक पूरा भएको छ, सबैको जीर्ण अवस्था भएको छ। अब फेरि दोहोरिन्छ। विश्वको इतिहास-भूगोल फेरि दोहोरिन्छ। तिमीलाई थाहा छ– अब हाम्रो पार्ट पूरा हुन्छ, फेरि फर्केर जान्छौं। बाबाको आदेश पनि कुनै कम कहाँ छ र? पतित-पावन बाबा बसेर सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! तिमीलाई धेरै सजिलो उपाय बताउँछु। उठ्दा– बस्दा, हिँड्दा, यो मनमा राख– हामी कलाकार हौं। ८४ जन्म अब पूरा भयो। अहिले बाबा आउनु भएको छ सुन्दर बनाउन, मनुष्यबाट देवता बनाउन। पतितहरूलाई पावन बनाइरहनु भएको छ। हामी पतितबाट पावन अनेक पटक बनेका छौं र बन्छौं। इतिहास-भूगोल दोहोरिन्छ। पहिला त देवी-देवता धर्मका नै आउँछन्। अहिले कलमी लागिरहेको छ। हामी छौं नै गुप्त। हामीले उत्सव आदि किन गर्ने? हामीलाई भित्र ज्ञान छ, भित्र खुशी हुन्छ। हाम्रो देवी-देवता धर्म अथवा वृक्षका पत्ता जुन छन्, ती सबै धर्म भ्रष्ट, कर्म भ्रष्ट भएका छन्। पहिले धर्म श्रेष्ठ, कर्म श्रेष्ठ थिए। कहिल्यै मायाले पाप गराउँदैनथ्यो। पुण्य आत्माहरूको दुनियाँ थियो। त्यहाँ रावण नै हुँदैन। वहाँ कर्म, अकर्म हुन्छ। फेरि रावण राज्यमा कर्म विकर्म हुन सुरु हुन्छ। वहाँ त विकर्म हुन सक्दैन। कुनै भ्रष्टाचारी हुन सक्दैन। तिमी बच्चाहरू योगबलद्वारा विश्वको मालिक बन्छौ, श्रीमत अनुसार। बाहुबलबाट त कोही विश्वको मालिक बन्न सक्दैन। तिमीलाई थाहा छ– यिनीहरू यदि आपसमा मिले भने विश्वको मालिक बन्न सक्छन्। तर ड्रामामा पार्ट नै छैन। देखाउँछन्– दुई बिरालो लडे र मक्खन बीचमा बाँदरले खायो। साक्षात्कार पनि गर्छन्, कृष्णको मुखमा मक्खन। यो सृष्टिको राज्य रूपी मक्खन मिल्छ। बाँकी लडाई हुन्छ यादवहरू र कौरवहरूको, त्यो त देखिरहेका छौ, हुँदैछ। पत्रिकामा पढिन्छ– फलानो ठाउँमा यति ठूलो हिंसा भयो, अनि तुरुन्तै कसै न कसैलाई मारिदिन्छन्। यहाँ त पहिला एउटै धर्म थियो। फेरि अरू धर्मको राज्य कहाँबाट आयो? क्रिश्चियन शक्तिशाली थिए, त्यसैले उनीहरूले राज्य गरे। अहिले वास्तवमा सारा दुनियाँमा रावणले कब्जा गरेको छ। यो हो फेरि गुप्त कुरा। शास्त्रमा कहाँ यो कुरा छ र? बाबा सम्झाउनुहुन्छ– यो विकार तिम्रो आधा कल्पदेखिको शत्रु हो, जसद्वारा तिमीले आदि-मध्य-अन्त्य दु:ख पाउँछौ। त्यसैले संन्यासीले पनि भन्छन्– काग विष्टा समान सुख छ। उनीहरूलाई कहाँ थाहा छ र– स्वर्गमा त सदैव सुख हुन्छ। हिन्दुहरूलाई त थाहा छ, त्यसैले कोही मर्योख भने भन्छन्, स्वर्ग गयो। स्वर्गको कति महिमा छ। अवश्य यो खेल हो, तर कसैलाई तपाई नर्कवासी हुनुहुन्छ भनेमा रिसाउँछन्। कति अचम्भको कुरा छ। मुखले भन्छन्– स्वर्गवासी भयो, त्यसोभए अवश्य नर्कबाट गयो नि। फेरि तिमीले उसलाई बोलाएर नर्कको चीज किन ख्वाउँछौ? स्वर्गमा त उसलाई धेरै राम्रो वैभव मिल्छ नि। यसको मतलब तिमीलाई निश्चय छैन। वहाँ के के छ, बच्चाहरूले सबै देखेका छन्। नर्कमा हेर के के गरिरहन्छन्, बच्चाले पितालाई मार्न पनि बेर लगाउँदैन। स्त्रीको कसैसँग दिल लाग्छ, अनि पतिलाई पनि मारिदिन्छन्। एउटा गीत बनेको छ– एकातिर भन्छन् के भयो आजको मनुष्यलाई, फेरि भन्छन् हाम्रो देश सबैभन्दा राम्रो सुनको छ। अरे पहिले सबैभन्दा राम्रो थियो, अहिले कहाँ छ? अहिले त कंगाल छ, कुनै सुरक्षा छैन। हामी पनि आसुरी सम्प्रदाय थियौं। अहिले बाबाले हामीलाई ईश्वरीय सम्प्रदाय बनाउने पुरुषार्थ गराइरहनु भएको छ। नयाँ कुरा होइन। कल्प-कल्प कल्पको संगममा हामी फेरि आफ्नो वर्सा लिन्छौं। बाबा वर्सा दिन आउनुहुन्छ। मायाले फेरि श्राप दिन्छ। कति समर्थ छ। बाबा भन्नुहुन्छ– माया तिमी कति बलियो छौ, राम्रा-राम्रालाई गिराइदिन्छौ। त्यो सेनामा त मर्ने-मार्ने ख्याल रहँदैन। चोट खाएर फेरि मैदानमा आउँछन्, उनीहरूको धन्दा नै यही हो, पेशागत हुन्छन्। उनीहरूलाई फेरि इनाम पनि मिल्छ। यहाँ तिमी बच्चाहरूले फेरि शिवबाबाद्वारा शक्ति लिन्छौ, मायामाथि जित पाउँछौ। बाबा वकिल हुनुहुन्छ जसले मायादेखि तिमीलाई छुटाउनुहुन्छ। तिमी फेरि हौ शिवशक्ति सेना, माताहरूको मान राखिएको छ, बन्दे मातरम्। यो कस भन्यो? बाबाले, किनकि तिमी बाबामा बलि चढ्छौ। बाबा खुशी हुनुहुन्छ– यो राम्रोसँग खडा छ, हल्लिदैन। अंगदको उदाहरण छ नि, उसलाई रावणले हल्लाउन सक्दैन। यो अन्त्य समयको कुरा हो। अन्त्यमा त्यो अवस्था हुनु छ। त्यतिबेला तिमीलाई धेरै खुशी लाग्छ। जबसम्म विनाश हुँदैन, धर्ती पवित्र बन्दैन, तबसम्म देवताहरू आउन सक्दैनन्। पतित दुनियाँलाई आगो अवश्य लाग्नु छ। सबै आत्माहरूलाई हिसाब-किताब चुक्ता गरेर मच्छर सदृश्य प्यारो घर फर्किएर जानु छ। मच्छर कति करोडौं मर्छन्। त्यसैले गायन गरिन्छ, राम गयो, रावण गयो... फर्किएर त जानु छ नि। फेरि तिमी आउँछौ, नयाँ दुनियाँमा। वहाँ धेरै कम हुन्छन्। यो बुझ्ने र निश्चय गर्ने कुरा हो। यो ज्ञान बाबाले नै दिन सक्नुहुन्छ। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) उठ्दा-बस्दा, हिँड्दा आफूलाई कलाकार सम्झनु छ। मनमा रहोस्– मैले ८४ जन्मको पार्ट पूरा गरेँ, अब घर जानु छ। देही-अभिमानी भएर रहनु छ।

    २) निश्चय बुद्धि भएर काँडाबाट फूल बन्ने पुरुषार्थ गर्नु छ। मायासँग युद्ध गरेर विजयी बनेर कर्मातीत बन्नु छ। जति हुन सक्छ आफ्नो घरलाई याद गर्नु छ।

    वरदान:

    पवित्रताको रोयल्टीद्वारा सदा हर्षित रहने, हर्षितचित्त, हषिर्तमुख भव:-  

    पवित्रताको रोयल्टी अर्थात् रियल्टीवाला आत्माहरू सदा खुशीमा नाँच्छन्‌। उनीहरूको खुशी कहिले कम, कहिले धेरै हुँदैन। दिन प्रतिदिन हर समय खुशी बढिरहन्छ। उनीहरूको भित्र एउटा बाहिर अर्को हुँदैन। वृत्ति, दृष्टि, बोल र चलन सबै सत्य हुन्छ। यस्ता रीयल रोयल आत्माहरू चित्तद्वारा पनि र नैन-चैनद्वारा पनि सदा हर्षित हुन्छन्। हर्षितचित्त, हर्षितमुख अविनाशी हुन्छ।

    स्लोगन:

    संसारमा सर्वश्रेष्ठ बल पवित्रताको बल हो।  

     


    ***OM SHANTI***