BK Murli 24 June 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 24 June 2017 Nepali

    २०७४ आषाढ १० शनिबार २४-०६-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

    “मातेश्वरीजीको स्मृति दिवसमा सुनाउनको लागि विशेष महावाक्य” ‘‘यस दु:खको दुनियाँमा कुनै पनि इच्छा राख्नु हुँदैन, सुखको दुनियाँमा जानको लागि आफ्नो संस्कार दैवी बनाउनु छ।’’   

    प्रश्न:

    एउटा छ मुस्कुराउने दुनियाँ र अर्को छ रुने दुनियाँ... अहिले कहाँ बसेका छौ?

    उत्तर:

    रुने दुनियाँको अन्त्य र मुस्कुराउने दुनियाँ अथवा सुखको दुनियाँको अहिले कलमी लागिरहेको छ। हामी संगममा छौं तर अहिले त्यस सुखको दुनियाँको लागि पुरुषार्थ गरिरहेका छौं, त्यसैले आफ्नो सारा ध्यान त्यसैमा छ। अब यस रुने दुनियाँ अथवा दु:खको दुनियाँमा कसैले पनि धन सम्पत्तिको, पदको, मान इज्जतको कुनै पनि कुराको इच्छा राख्नु हुँदैन।

    गीत:–

    किसी ने हमको अपना बनाके मस्कुराना सिखा दिया…

    ओम् शान्ति।

    एउटा छ मुस्कुराउने दुनियाँ र अर्को छ रुने दुनियाँ... अहिले कहाँ बसेका छौ? रुने दुनियाँको अन्त्य र मुस्कुराउने दुनियाँ अथवा सुखको दुनियाँको अहिले कलमी लागिरहेको छ। हामी संगममा छौं तर अहिले त्यस सुखको दुनियाँको लागि पुरुषार्थ गरिरहेका छौं, त्यसैले आफ्नो सारा ध्यान त्यसैमा छ। अब यस रुने दुनियाँ अथवा दु:खको दुनियाँमा कसैले पनि धन सम्पत्तिको, पदको, मान इज्जतको कुनै पनि कुराको इच्छा राख्नु हुँदैन। किनकि अहिले त सबैमा, धन सम्पत्तिमा पनि रुनु पर्छ मतलब दु:ख नै छ। यस दुनियाँको कुनै पनि प्राप्ति, जसलाई प्राप्ति भनेर गनिन्छ त्यसमा अहिले कुनै सुख रहेको छैन। त्यसैले बाबा भन्नुहुन्छ– जुन म मुस्कुराउने अर्थात् सदा सुखको दुनियाँ बनाइरहेको छु, त्यसमा चल्नको लागि आफ्नो संस्कार पनि यस्तो बनाऊ। हेर, चित्रकारले पनि देवताहरूको अनुहार बडो प्रसन्न बनाउँछन्, उनको अनुहारमा पवित्रता, दिव्यता आदि दर्शाउँछन्। त्यसैले अहिले हामी त्यही संस्कार बनाइरहेका छौं अथवा धारण गरिरहेका छौं, वहाँ कुनै दु:खको चिन्ह हुँदैन। वहाँ रुनु पर्दैन, त्यसैले बाबा भन्नुहुन्छ– धेरै रोयौ, धेरै दु:ख पायौ अर्थात् दु:खको दुनियाँका अनेक जन्म भोग्यौ। अब त्यो रात पूरा भएर दिन पनि त आउँछ नि। त्यसैले यो रात अथवा दु:खको जुन पुस्ता छ, त्यो अब पूरा हुन्छ, अब सुखको पुस्ता चालू हुन्छ। त्यस सुखको दुनियाँको फाउन्डेसन यहाँ लगाउनु छ त्यसैले धेरै सम्हालिनुपर्छ। अहिले जग लाग्यो त लाग्यो, लागेन भने त फेरि सदाको लागि त्यस सुखलाई प्राप्त गर्नबाट बञ्चित रहन्छौ। जसको बारेमा गाइएको पनि छ– मनुष्य जन्म अति दुर्लभ छ, त्यो कुन जन्मको लागि? यस जन्मको लागि, किनकि यस्ता जन्म त हाम्रा धेरै छन्, तर सबैभन्दा महत्त्व यस जन्मको छ किनकि अहिले हामी आफ्नो उच्च घरानाको फाउन्डेसन लगाइरहेका छौं। 

    कतिले सम्झन्छन्– मनुष्य जन्म ८४ लाख योनिपछि मिल्छ। त्यसैले मान्छन्– यो मनुष्य जन्म अति दुर्लभ छ, यो ८४ लाख योनिपछि नै एउटा सुखको जन्म मिल्छ। तर यस्तो हुने हो भने सबै मनुष्य सुखी हुनुपर्ने हो फेरि यति दु:ख किन भोग्छन्? मनुष्यलाई त मनुष्य जन्ममा नै आफ्नो जन्म लिएर जुन दु:ख अथवा सुख छ वा जति पनि कर्मको हिसाब छ, त्यो भोग्नु छ। बाँकी यस्तो होइन– कुनै जनावर, पंछी, पशु वा वृक्ष आदि मनुष्य बन्छन्। बन्दैन, यी सबै कुरा त अहिले बुद्धिमा छ। मनुष्यलाई आफ्नो कर्मको हिसाब मनुष्य जन्ममा पाउनु छ। र, यो पनि थाहा छ– मनुष्यको अधिक भन्दा अधिक ८४ जन्म हुन्छ। बाँकी जति जति जो पछि आउँछन्, उनीहरूको जन्म पनि कम हुन्छ। त्यसैले यो सबै हिसाब अहिले बुद्धिमा छ, त्यसै हिसाब अनुसार हामीले जान्दछौं– हाम्रो अहिले अन्तिम जन्म हो, जसमा अहिले हामीले नयाँ पिँढी अथवा सुखका अनेक जन्मको जुन प्रालब्ध छ, त्यो बनाउन सकिन्छ। त्यसैले यस जन्मको महिमा छ– यो जन्म सबैभन्दा उत्तम हो किनकि यसमा हामी उत्तम बन्न सक्छौं। त्यसैले यस जन्मको धेरै सम्हाल र अटेन्सन राख्नुपर्छ। 

    यही समय हो, परमात्मा आएर अहिले हामीलाई उच्च बनाउने बल दिइरहनु भएको छ। त्यसैले अहिले जब उहाँबाट बल मिलिरहेको छ भने लिनु नै छ। यस्तो होइन– यस जन्ममा हामी आफैं उच्च बन्छौं। होइन, बनाउनेवाला आउनु भएको छ भने उहाँबाट आफूलाई बनाउनु छ। कसरी बनाउनु छ? उहाँको आदेश अथवा उहाँको जुन आज्ञा वा मत मिलिरहेको छ, त्यसलाई लिएर। अहिले उहाँको मत वा डाइरेक्सन के छ, त्यो त राम्रोसँग बुद्धिमा छ नि। “पवित्र बन योगी बन”। मलाई याद गर अनि पवित्र बन। त्यसैले यो कुरा आफ्नो बुद्धिमा राम्रोसँग राखेर उहाँको आदेशमा आफूलाई चलाउनु छ, तब आफ्नो जुन सौभाग्य छ, त्यसलाई उच्च बनाउन सक्छौ अथवा त्यस सदा सुखको दुनियाँको सुख पाउन सक्छौ। यो सबै कल्पना हो यस्तो त सम्झिदैनौ। यस्तो विचार त आउँदैन हैन? कल्पना किन सम्झने जबकि हामीले देखिरहेका छौं– यो दु:खको दुनियाँ हो। यो त कल्पना होइन, यो प्राक्टिकल हो। त्यसैले अवश्य सुखको दुनियाँ पनि प्राक्टिकलमा हुनुपर्छ। जुन अहिले छैन तर हुनु त पर्छ नि। यस्तो होइन, यो संसार सदा दु:खको नै हो। यसमा सुख र दु:ख दुवै नै छन् तर सुखको पनि समय छ। यस्तो होइन– अहिले जुन सुख छ, बस यही सुख हो, यही स्वर्ग हो। यस्तै सुख दु:ख हो, तर होइन। अहिलेको सुखलाई सुख भनिदैन, त्यो सुख जुन थियो जसमा हामी सदा सुखी थियौं, त्यो चीज नै अर्कै हो। त्यसैले सुख त्यसलाई भनिन्छ। आज कल्पना किन सम्झन्छन्? किनकि आज त्यो छँदै छैन। तर यो आफ्नो विवेक र यस ज्ञानको बलद्वारा बुझिन्छ– जब दु:खको दुनियाँ छ भने अवश्य सुखको दुनियाँ पनि हुनुपर्छ। कसैले त यस्तो मार्ग बताउँछन्– दु:ख आए पनि आओस् तर तिमीले सम्झ म सुखी छु। यसैले कतिले सम्झन्छन्– सुखको कुनै इच्छा राख्नु हुँदैन, यसबाट इच्छा मात्रम् अविद्या बन्नु छ। त्यसको इच्छा नै के राख्ने, जे हुन्छ त्यसैमा सुख सम्झ। फेरि रोग लागे पनि, कुनै अकालमा मृत्यु भए पनि, कुनै पनि यस्तो कुरा होस् तर तिमी आफूलाई सम्झ म सुखी छु। यो त भयो आफ्नो कल्पनाको सुख, यसलाई कहाँ प्राक्टिकल भनिन्छ र? जसरी दु:ख प्राक्टिकल छ, कति दु:खका कुराहरू प्राक्टिकलमा आउँछन्। यस्तै सुख त प्राक्टिकल पनि हुनुपर्छ। त्यसैले आफ्नो समयमा फेरि त्यो सुखको दुनियाँ आउनु छ, तर त्यसको फाउन्डेसन अहिले लागिरहेको छ। त्यसको लागि हामीले अहिले आफ्नो कर्मलाई श्रेष्ठ बनाउनु छ किनकि यो कर्म क्षेत्र हो, कर्मभूमि हो। यसमा जे रोपिन्छ त्यही पाइन्छ, यो पनि यसको नियम हो। बाबा भन्नुहुन्छ– यस नियमलाई त मैले पनि तोड्न सक्दिनँ। हुन त विश्व सर्वशक्तिमान् अधिकारी हुँ तर यसको मतलब यो होइन– मैले चाहेँ भने आकाशलाई तल पारूँ, धर्तीलाई माथि उठाऊँ। उनीहरूले सम्झन्छन्– भगवान्‌ले त जे पनि गर्न सक्नुहुन्छ, उहाँले मुर्दालाई पनि जिउँदो बनाउन सक्नुहुन्छ। तर भगवान् वा शक्तिको अर्थ यो होइन, जसले मुर्दालाई पनि जिउँदो बनाओस्। त्यो त आत्माले शरीर छोड्ने कुरा नै हो, त्यो त कुरै होइन। यदि जिउँदो बनाउने हो भने के त्यो फेरि मुर्दा बन्दैन फेरि पनि बन्नेछ। त्यो हर चीजको जुन नियम छ त्यो त चल्छ नै, त्यसैले यसमा कुनै शक्ति देखाउने कुरा नै छैन। 

    यी जुन ५ तत्त्व छन्, हर तत्त्वको पनि आफ्नो नियम छ। ती पनि गोल्डन, सिल्भर, कपर र आइरन एज अनुसार आफ्नो स्टेजमा आउँछन्। यो अर्थक्वेक हुन्छ, यो पहिरो जान्छ, तुफान आउँछ, यो सबै हुन्छ। यो पनि अहिले डिस अर्डरमा, तमोप्रधान भएको छ, हर चीजमा अहिले तमोप्रधानता छ। त्यसैले यो सबै रहस्य बाबाले नै सम्झाउनुहुन्छ– अहिले हर चीज बिग्रेको छ, अहिले म आएको छु, हर चीजलाई सुधार्छु। यसको लागि म पहिले मनुष्य आत्मालाई सुधार्छु। यसबाट सबै चीज सुध्रिन्छन्। फेरि संसार जब सुध्रिएको हुन्छ, त्यसमा सदा सुख हुन्छ फेरि कुनै चीजले एक अर्कालाई दु:ख दिदैनन्। अहिले सबै चीजबाट दु:ख मिल्छ, त्यसैले यी सबै कुरालाई बुझ्नु छ र कुन प्रकारले सृष्टिको अथवा यस संसारको चक्र चल्छ, त्यसलाई जान्नु छ। यसैको नाम हो ज्ञान। यसैको म नलेजफुल हुँ, मसँग यसको पूर्ण ज्ञान छ। यो कर्मको कस्तो खाता चल्छ, कसरी नम्बरवार आउँछन्, यी सबै कुरालाई मैले जान्दछु। त्यसैले भनिन्छ ज्ञानलाई कुनै मनुष्यले यथार्थसँग बुझ्न सक्दैन, किनकि मनुष्य त सबै यही चक्रमा आउनेवाला हुन् नि। त्यसैले जो चक्रमा आउनेवाला छन्, उनीहरूले यी कुरालाई जान्न सक्दैनन्। जो चक्र भन्दा बाहिर हुनुहुन्छ, उहाँसँग यो सबै ज्ञान रहन्छ। त्यसैले बाबा भन्नुहुन्छ– म नै आएर फेरि सुनाउँछु किनकि त्यो जानकारी मसँग नै रहन्छ, अरू सबैले बिर्सिन्छन्। त्यसैले सबैलाई बल दिनेवाला पनि म हुँ, ममा नै त्यो पावर छ। अरू त सबै जन्म मरणको चक्रमा आएर आफ्नो शक्ति गुमाइदिन्छन्। त्यसैले म आउँछु आफ्नो बल दिनको लागि। यो सिधै कुरा छ, यसमा अलमलिने कुरा नै छैन। त्यसैले मलाई परम आत्मा, सर्व शक्तिमान्, जानी जाननहार, ज्ञानको सागर... भनेर महिमा गर्छन्। यो मेरो महिमा कहाँ सस्तो छ र, मैले काम गरेको छु। मेरो केही कर्तव्य छ, मैले धेरै उच्च काम यहाँ गरेको छु, यसैले महिमा छ। जसरी मनुष्यको पनि महिमा किन हुन्छ। गान्धीको लागि भन्छन्– उनी धेरै राम्रा मान्छे थिए, उच्च थिए। उच्च मतलब यस्तो होइन एकदम अग्लो अग्लो थिए। यस्तो अग्लो त थिएनन्, उच्च मतलब आफ्नो कर्तव्यमा उच्च थिए। उनले राम्रो कर्तव्य गरे त्यसैले उनलाई सबैले याद गर्छन्। उनको सबैले महिमा गर्छन्। त्यसैले मनुष्यको इतिहासमा पनि जुन कुरा आउँछ– फलानोले यो राम्रो काम गर्योि, त्यसै अनुसार फेरि त्यसको गायन पनि हुन्छ। त्यसैले परमात्माको पनि यति जुन महिमा छ, उहाँले पनि हाम्रो लागि कुनै काम गरेको हुनुपर्छ नि। बाँकी यस्तो कहाँ हो र– उच्च स्थानमा बस्नु भएको छ, त्यसैले उहाँको शक्ति चलिरहन्छ वा उहाँको यो सबै काम भइरहन्छ। उहाँले आएर केही गर्नु भएको हुनुपर्छ। मनुष्यलाई यस्तो उच्च उठाउनु भएको छ यसैले उहाँको महिमा छ। त्यसैले अब परमात्माको महिमा र परमात्माको कर्तव्यलाई बुझ्नु छ। जसरी धर्म पिताहरू पनि आएका छन्, जसको महिमा गाइएको छ। गुरुनानक देव, क्राइस्ट, बुद्ध आदि उनीहरूले पनि त उहाँतर्फ इसारा गरेका छन् नि। त्यसैले यी सबै स्पष्ट कुरा छन्, जसलाई बुझेर पुरुषार्थ गर्नु छ र बाबाले जे आदेश दिनुहुन्छ– मलाई याद गर अनि आफ्नो कर्मलाई राम्रो पवित्र राख। त्यसैबाट तिम्रो यो जुन स्वर्गको अधिकार छ, त्यो तिमीलाई प्राप्त हुन्छ। तिमी जसरी पनि कर्म त गर्छौ नै तर त्यो कर्म तिम्रो खराब हुन जान्छ, त्यसैबाट तिम्रो दु:ख बढेर जान्छ। त्यसैले बाबा भन्नुहुन्छ– अब बुझेर गर, मैले जुन समझ दिन्छु, त्यसलाई लिएर राम्रोसँग गर, मेरो निर्देशनमा चल। मेरो मतमा चल्यौ भने फेरि तिम्रो जुन कर्म छ, त्यो सही हुन्छ र त्यसको आधारमा तिमी सुखी रहन्छौ। आफ्नो एक्सनबाट नै त बन्ने बिग्रिने हुन्छ। त्यसलाई कसरी हामीले बनाउने, कस्तो बनाउने? त्यसको हामीलाई समझ चाहिन्छ। उहाँले अहिले हामीलाई समझ दिइरहनु भएको छ, त्यसमा चल्नु छ। यी कुरालाई बुझेर यस्तो पुरुषार्थ गर्नु छ। अच्छा! 

    हेर, कति सिम्पल, सहज कुरा छ। यसको लागि मनुष्यले कति वेद शास्त्र, ग्रन्थ, पुराण, हठयोग, प्राणायाम आदि गर्छन्। यो सबै कुरा रिफाइन गरेर बाबाले सम्झाउनुहुन्छ। चल्ने त कर्मबाट नै हो तर कर्मलाई केवल सुधार्दै जाऊ। त्यो कसरी सुध्रिन्छ? त्यो सम्झाउनुहुन्छ। त्यसको लागि तिमी कुनै विद्वान्, पण्डित वा आचार्य बन्ने कुरा नै छैन। तिमीले आफ्नो कर्मलाई स्वच्छ बनाउने कुरा छ। स्वच्छता (पवित्रता) के हो– त्यो बसेर स्पष्ट सम्झाउनुहुन्छ– तिमी मेरो याद विना पवित्र बन्नै सक्दैनौ। ठीक छ तिमीले कुनै देवतालाई याद गर। तर अरू कसैको योगले तिमी पवित्र बन्न सक्दैनौ। पापलाई भस्म गर्ने बल मेरो पासमा छ। त्यसैले बाबा भन्नुहुन्छ– जब मसँग सम्बन्ध हुँदैन तब पावन बन्न सक्दैनौ। जसरी बत्तीहरूको कनेक्सन मुख्य पावर हाउससँग हुन्छ नि। यदि त्यससँग कनेक्सन नहुने हो भने बत्तीमा लाइट हुँदैन। त्यसमा बल आउँदैन। यसरी नै तिमीहरूको कनेक्सन मसँग होस्, म हुँ मुख्य पावर हाउस। त्यसैले उहाँसँग कनेक्सन हुनुपर्छ नि। यदि उहाँसँग कनेक्सन छैन भने तिमीलाई तागत मिल्दैन र तागत मिलेन भने पाप दग्ध पनि हुँदैन। पाप दग्ध भएन भने तिमी अगाडि बढ्न सक्दैनौ, त्यसैले भनिन्छ– म एकसँग योग लगाऊ। म विना तिमीहरूको गति सद्गनति हुन सक्दैन। अच्छा!‌ 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


    धारणाको लागि मुख्य सारः

    त्यसैले यो रात अथवा दु:खको जुन पुस्ता छ, त्यो अब पूरा हुन्छ, अब सुखको पुस्ता चालू हुन्छ। त्यस सुखको दुनियाँको फाउन्डेसन यहाँ लगाउनु छ त्यसैले धेरै सम्हालिनुपर्छ।

    जसको बारेमा गाइएको पनि छ– मनुष्य जन्म अति दुर्लभ छ, त्यो कुन जन्मको लागि?

    वरदान:

    आफ्नो चेहरा र चलनबाट सत्यताको सभ्यता अनुभव गराउने महान् आत्मा भव:-   

    महान् आत्माहरू उनै हुन्, जसमा सत्यताको शक्ति हुन्छ। तर सत्यताको साथमा सभ्यता पनि आवश्यक हुन्छ। यस्ता सत्यताको सभ्यता भएका महान् आत्माको बोलाइ, हेराइ, चलाइ, खुवाइ-‌पियाइ, उठाइ-‌बसाइ हर कर्ममा सभ्यता स्वत: देखिन्छ। यदि सभ्यता छैन भने सत्यता छैन। सत्यता कहिल्यै सिद्ध गरेर सिद्ध हुने कुरा होइन। त्यसलाई त सिद्ध हुने सिद्धि प्राप्त छ। सत्यताको सूर्यलाई कसैले छिपाउन सक्दैन।

    स्लोगन:

    नम्रतालाई आफ्नो कवच बनायौ भने सदा सुरक्षित रहनेछौ।   

     

    ***OM SHANTI***