BK Murli 25 June 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 25 June 2017 Nepali

    25/06/17 ओम् शान्ति“अव्यक्त बापदादा”रिभाइज 13/04/82

    त्यागी, महात्यागीको व्याख्या


    बापदादाले सर्व ब्राह्मण आत्माहरूमा सर्वस्व त्यागी बच्चाहरूलाई देखिरहनु भएको छ। तीन प्रकारका बच्चाहरू छन्– पहिलो छन् त्यागी, दोस्रो छन् महात्यागी, तेस्रो छन् सर्व त्यागी। तीन नै त्यागी हुन् तर नम्बरवार छन्।

    त्यागी– जसले ज्ञान र योगद्वारा आफ्नो पुरानो सम्बन्ध, पुरानो दुनियाँ, पुरानो सम्पर्कद्वारा प्राप्त भएका अल्पकालको प्राप्तिहरूलाई त्याग गरेर ब्राह्मण जीवन अर्थात् योगी जीवन संकल्पद्वारा अपनाएका छन् अर्थात् यो सबै धारणा गरे, जसले गर्दा पुरानो जीवन भन्दा यो योगी जीवन श्रेष्ठ छ। अल्पकालको प्राप्ति भन्दा यो सदाकालको प्राप्ति प्राप्त गर्नु आवश्यक छ। र, त्यसलाई आवश्यक लागेर ज्ञान योगको अभ्यासी बने। ब्रह्माकुमार वा ब्रह्माकुमारी कहलाउने अधिकारी बने। तर ब्रह्माकुमार कुमारी बनेपछि पनि पुरानो सम्बन्ध, संकल्प र संस्कार सम्पूर्ण परिवर्तन भएको छैन, परिवर्तन गर्ने युद्धमा सदा तत्पर रहन्छन्। भर्खरै ब्राह्मण संस्कार, भर्खरै पुरानो संस्कारलाई परिवर्तन गर्ने युद्ध स्वरूप। यसलाई भनिन्छ– त्यागी बने तर सम्पूर्ण परिवर्तन भएका छैनन्। केवल सोच्ने र जान्नेवाला छन्– त्याग गर्नु नै महा भाग्यवान बन्नु हो। गर्ने हिम्मत कम छ। अलबेलापनको संस्कार पटक-पटक प्रकट हुनाले त्यागको साथ-साथै आराम पसन्द पनि बन्छन्। बुझिरहेका पनि छन्, चलि पनि रहेका छन्, पुरुषार्थ गरि पनि रहेका छन्, ब्राह्मण जीवनलाई छोड्न पनि सक्दैनन्, यो संकल्प पनि दृढ छ– ब्राह्मण नै बन्नु छ। चाहे माया वा मायावी सम्बन्धीले पुरानो जीवनको लागि आफूतिर आकर्षित पनि गर्छ तापनि यस संकल्पमा अटल छन्– ब्राह्मण जीवन नै श्रेष्ठ हो। यसमा निश्चयबुद्धि पक्का छन्। तर सम्पूर्ण त्यागी बन्नको लागि दुई प्रकारको विघ्नले अघि बढ्न दिँदैन। त्यो कुनचाहिँ? एक त सदा हिम्मत राख्न सक्दैनन् अर्थात् विघ्नहरूको सामना गर्ने शक्ति कम छ। दोस्रो– अलबेलापनको स्वरूप आराम पसन्द बनेर चल्छन्। पढाइ, याद, धारणा र सेवा सबै विषयमा गरिरहेको छु, चलिरहेको छु, पढिरहेको छु तर आरामसँग! सम्पूर्ण परिवर्तन गर्नको लागि शस्त्रधारी शक्ति स्वरूपको कमी छ। स्नेही छन् तर शक्ति स्वरूप छैनन्। मास्टर सर्वशक्तिवान् स्वरूपमा स्थित हुन सक्दैनन् त्यसैले महात्यागी बन्न सक्दैनन्। यी हुन् त्यागी आत्माहरू।

    महात्यागी– सदा सम्बन्ध, संकल्प र संस्कार सबैको परिवर्तन गर्ने सदा हिम्मत र उल्लासमा रहन्छन्। पुरानो दुनियाँ, पुरानो सम्बन्धबाट सदा न्यारा हुन्छन्। महात्यागी आत्माहरूले सदा यो अनुभव गर्छन्– यो पुरानो दुनियाँ वा सम्बन्धी मरे नै सकेका छन्। यसको लागि युद्ध गर्नु पर्दैन। सदा स्नेही, सहयोगी, सेवाधारी शक्ति स्वरूपको स्थितिमा स्थित रहन्छन्, बाँकी के रहन जान्छ! महात्यागीको फलस्वरूप जुन त्यागको भाग्य छ– महाज्ञानी, महायोगी, श्रेष्ठ सेवाधारी बन्छन्! यस भाग्यको अधिकारलाई कहीँ कहीँ उल्टो नशाको रूपमा यूज गर्छन्। पास्ट जीवनको सम्पूर्ण त्याग छ तर त्यागको पनि त्याग छैन। फलामको बन्धन त तोडिदिए, आइरन एजडबाट गोल्डेन एजड त बने, तर कहीँ कहीँ परिवर्तन सुनौलो जीवनको सुनको बन्धनमा बाँधिन्छ। त्यो सुनको बन्धन के हो? ‘मैं’ र ‘मेरो’। म धेरै ज्ञानी हुँ, म ज्ञानी आत्मा, योगी आत्मा हुँ। यो सुनौलो बन्धनले कहीँ कहीँ सदा बन्धनमुक्त बन्न दिँदैन। तीन प्रकारका प्रवृत्ति हुन्छन्– (१) लौकिक सम्बन्ध वा कार्यको प्रवृत्ति (२) आफ्नो शरीरको प्रवृत्ति र (३) सेवाको प्रवृत्ति।

    त्यसैले त्यागी जो छन्, उनीहरू लौकिक प्रवृत्तिद्वारा पार भए तर देहको प्रवृत्ति अर्थात् आफूले आफैंलाई नै चलाउन र बनाउनमा व्यस्त रहन्छन् वा देह भानको नेचरको वशीभूत रहन्छन् र त्यसै नेचरको कारण नै पटक-पटक हिम्मतहीन बन्छन्। जुन कुरा स्वयंले पनि वर्णन गर्छन्, जान्दछन् पनि, चाहन्छन् पनि तर मेरो नेचर हो। यो पनि देह भानको, देहको प्रवृत्ति हो, जसमा शक्ति स्वरूप भएर यस प्रवृत्तिबाट पनि निवृत्त बनून्– त्यो गर्न सक्दैनन्। यो त्यागीको कुरा सुनाए तर महात्यागी लौकिक प्रवृत्ति, देहको प्रवृत्ति दुवैबाट निवृत्त हुन्छन् तर सेवाको प्रवृत्तिमा कहीँ कहीँ निवृत्त हुनुको सट्टा फँस्छन्। यस्ता आत्माहरूलाई आफ्नो देहको भानले पनि सताउँदैन किनकि दिन-रात सेवामा मग्न हुन्छन्। देहको प्रवृत्तिबाट त पार भए। यस दुवै त्यागको भाग्य– ज्ञानी र योगी बने, शक्तिको प्राप्ति, गुणहरूको प्राप्ति भयो। ब्राह्मण परिवारमा प्रसिद्ध आत्मा बने। सेवाधारीहरूमा भी‌.आई.पी. बने। महिमाको पुष्प वर्षा सुरु भयो। माननीय र गायन योग्य आत्मा बने तर यो जुन सेवाको प्रवृत्तिको विस्तार भयो, त्यस विस्तारमा अट्किन्छन्। यो सर्व प्राप्ति पनि महादानी बनेर अरूलाई दान गर्नुको सट्टा स्वयं स्वीकार गर्छन्। त्यसैले म र मेरो शुद्ध भावको सुनको बन्धन बन्छ। भाव र शब्द धेरै शुद्ध हुन्छन्– हामीले आफ्नो प्रति भन्दैनौं, सेवा प्रति भन्छौं। म आफूलाई भन्दिनँ– म योग्य टिचर हुँ तर अरूले मेरो माग गर्छन्। जिज्ञासुले भन्छन्– हजुरले नै सेवा गर्नहोस्। म त न्यारा छु तर अरूले मलाई प्यारो बनाउँछन्। यसलाई के भनिन्छ? बाबालाई देखे वा तिमीलाई देखे? तिम्रो ज्ञान राम्रो लाग्छ, तिम्रो सेवाको तरीका राम्रो लाग्छ, त्यसोभए बाबा कहाँ जानुभयो? बाबालाई परमधाम निवासी बनाइदियौ! यस भाग्यको पनि त्याग, जसमा तिमी नदेखियोस्, बाबा नै देखियोस्। महान् आत्मा प्रेमी नबनाऊ, परमात्म प्रेमी बनाऊ। यसलाई भनिन्छ– अरू प्रवृत्ति पार गरेर यस लास्ट प्रवृत्तिमा सर्वंश त्यागी बनेनन्। यो शुद्ध प्रवृत्तिको अंश रहन गयो। त्यसैले महात्यागी त बने तर सर्वस्व त्यागी बनेनन्। सुन्यौ दोस्रो नम्बरको महात्यागी? बाँकी रहन गयो सर्वस्व त्यागी।

    यो हो त्यागको कोर्सको लास्ट अर्थात् सम्पन्न पाठ। लास्ट पाठ रहन गयो। त्यो फेरि सुनाउनेछु किनकि ८३ मा जुन महायज्ञ गरिरहेका छौ र महान् स्थानमा गरिरहेका छौ, त्यसैले सबैथोक त आहुति गर्छौ नि वा केवल हल बनाउने तयारी गर्छौ? अरूको सेवा त गर्छौ वा बाबाको प्रत्यक्षताको आवाज बुलन्द गर्ने ठूला-ठूला माइक पनि ल्याउँछौ? यो त प्लान बनाएको छ हैन? के बाबा एक्लै प्रत्यक्ष हुनुहोला वा शिव शक्ति दुवै प्रत्यक्ष हुन्छन्। शक्ति सेनामा त दुवै (मेल फीमेल) नै आउँछन्। त्यसैले बाबा बच्चाहरू सहित प्रत्यक्ष हुनुहुन्छ। त्यसैले माइकद्वारा आवाज बुलन्द गर्ने सोचेका छौ तर जब विश्वमा आवाज बुलन्द हुनेछ र प्रत्यक्षताको पर्दा खुल्नेछ त्यतिबेला पर्दा भित्र प्रत्यक्ष हुने मूर्तिहरू पनि सम्पन्न चाहिन्छ नि। पर्दा खोल्दा कुनै तयार भइरहेको छ, कुनै बसिरहेको छ, यस्तो साक्षात्कार त गराउनु छैन नि! कुनै शक्ति स्वरूप ढाल समातिरहेको, कुनै तरबार समातिरहेको। यस्तो फोटो त निकाल्नु छैन नि। त्यसोभए के गर्नुपर्छ? सम्पूर्ण स्वाहा! यसको पनि प्रोग्राम बनाउनु पर्‍यो नि। त्यसैले महायज्ञमा यो सुनको बन्धन पनि स्वाहा गरिदेऊ। तर त्यस भन्दा पहिले अहिले देखि अभ्यास हुनुपर्छ। यस्तो होइन ८३ मा गर्छु। जस्तै तिमीहरू सेवाधारी त पहिल्यै देखि बन्छौ र समर्पण समारोह पछि गएर हुन्छ। यो पनि सर्व स्वाहाको समारोह ८३ मा गर। तर अभ्यास धेरै कालको हुनुपर्छ। बुझ्यौ? अच्छा!

    यस्ता सदा बाबा समान सर्वंश त्यागी, सदा ब्रह्माबाबा समान प्राप्त भएको भाग्यको पनि महादानी, यस्ता सदा बाबाको वफादार, फरमानवरदार फलो फादर गर्ने श्रेष्ठ आत्माहरूलाई बापदादाको यादप्यार एवं नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

    अव्यक्त बापदादाको मुरलीहरूबाट प्रश्न-उत्तर

    प्रश्न:– 

    कर्म गर्दा पनि कर्म बन्धनबाट मुक्त रहने युक्ति के हो?

    उत्तर:–

     कुनै पनि कार्य गर्दा बाबाको यादमा लवलीन बन। लवलीन आत्मा कर्म गर्दा पनि न्यारा रहन्छ। कर्मयोगी अर्थात् यादमा रहेर कर्म गर्नेवाला सदा कर्मबन्धन मुक्त रहन्छ। यस्तो अनुभव हुन्छ, मानौं काम गरिरहेको छैन, खेल खेलिरहेको छु। कुनै पनि प्रकारको बोझ वा थकावट महसुस हुँदैन। कर्मयोगी अर्थात् कर्मलाई खेल मानेर न्यारा भएर गर्ने वाला। यस्ता न्यारा बच्चाहरू कर्मेन्द्रियहरूद्वारा कार्य गर्दै बाबाको प्यारमा लवलीन रहने भएकाले बन्धनमुक्त बन्छन्।

    प्रश्न:– 

    कुन रूहानी लिफ्टद्वारा एक सेकण्डमा उच्च लक्ष्यमा पुग्न सक्छौ? उच्च लक्ष्य कुनचाहिँ हो?

    उत्तर:–

     संकल्प नै माथि लिएर जाने र तल लिएर आउने रूहानी लिफ्ट हो। निराकारी स्थितिमा स्थित हुनु– यही उच्च लक्ष्य हो। यसको लागि प्राक्टिस चाहिन्छ– मालिकपनको स्थितिमा स्थित भएर संकल्पको शक्तिलाई एकाग्र गर्ने। जब चाह्यो, जहाँ चाह्यो, जस्तो चाह्यो त्यसरी नै सर्व शक्तिलाई कार्यमा लगाउनु– यही मास्टर सर्वशक्तिमान् स्थिति हो।

    प्रश्न:– 

    वर्तमान समय सारा विश्वका आत्माहरूले कुनचाहिँ चाहना राख्छन्? विश्व कल्याण गर्ने सहज साधन के हो?

    उत्तर:– 

    वर्तमान समय सारा विश्वका सबै आत्माहरूले विशेष यही चाहना राख्छन्– भड्केको बुद्धि एकाग्र होस् वा चंचल मन एकाग्र होस्। विश्व कल्याण गर्नको लागि श्रेष्ठ संकल्पको एकाग्रताको अभ्यास चाहिन्छ। यस एकाग्रताद्वारा नै सर्व आत्माहरूको भड्किएको बुद्धिलाई एकाग्र गर्न सक्छौ।

    प्रश्न:– 

    एकाग्रता केलाई भनिन्छ? एकाग्रताको अभ्यास कसले गर्न सक्छन्?

    उत्तर:– 

    एकाग्रता अर्थात् सदा एक बाबा दोस्रो न कोही– यस्तो निरन्तर एकरस स्थितिमा स्थित हुने अभ्यास उसैले गर्न सक्छ, जसले पहिलो– व्यर्थ संकल्पलाई शुद्ध संकल्पमा परिवर्तन गर्छ। दोस्रो– माया आउने अनेक प्रकारका विघ्नहरूलाई आफ्नो ईश्वरीय लगनको आधारद्वारा सहज समाप्त गर्छ।

    प्रश्न:– 

    विघ्नहरूसँग आत्तिनुको मुख्य कारण के हो?

    उत्तर:– 

    जब कुनै विघ्न आउँछ, विघ्न आउँदा यो बिर्सिन्छौ– बापदादाले पहिले नै यो ज्ञान दिनु भएको छ, लगनको परीक्षामा यो सबै आउँछन् नै। जब पहिले देखि नै थाहा छ– विघ्न आउनु नै छ, फेरि किन आत्तिन्छौ?

    प्रश्न:– 

    कुनचाहिँ प्रश्न विघ्नलाई मेटाउनुको सट्टा लगनबाट हटाउने निमित्त बन्छ?

    उत्तर:– 

    यदि प्रश्न गरिरहन्छौ– माया किन आउँछ? व्यर्थ संकल्प किन आउँछन्? बुद्धि किन भड्किन्छ? वातावरणले किन प्रभाव पार्छ? सम्बन्धीले साथ किन दिँदैनन्? पुरानो संस्कार अहिले सम्म पनि किन इमर्ज हुन्छन्? यी सबै प्रश्नहरू विघ्नलाई मेटाउनुको सट्टा, बाबाको लगनबाट हटाउने निमित्त बन्छन्।

    प्रश्न:– 

    निर्विघ्न बन्ने साधन के हो?

    उत्तर:– 

    विघ्नहरूको कारणलाई नसोच, बापदादाको यो महावाक्य याद राख– जति अगाडि बढ्छौ, त्यति माया भिन्न-भिन्न रूपले परीक्षा लिनको लागि आउँछ र यो परीक्षा नै अगाडि बढ्ने साधन हो नकि गिराउने। कारण सोच्नुको सट्टा निवारणलाई सोच्यौ भने निर्विघ्न हुन्छौ। किन आयो? होइन, यो त आउनु नै छ– यस स्मृतिमा रह्यौ भने समर्थ स्वरूप हुन्छौ।

    प्रश्न:– 

    सानो विघ्नमा प्रश्न उठ्ने कारण के हो? वातावरणले प्रभाव किन पार्छ?

    उत्तर:–

     प्रश्न उठ्ने मुख्य कारण हो– ज्ञानी बनेका छौ तर ज्ञान स्वरूप छैनौ, त्यसैले सानो विघ्नमा पनि व्यर्थ संकल्पको क्यू लाग्छ र त्यसै क्यूलाई समाप्त गर्न काफी समय लाग्छ। वातावरणले प्रभाव तब नै पार्छ, जब यो बिर्सिन्छौ– हामी आफ्नो शक्तिशाली वृत्तिद्वारा वायुमण्डललाई परिवर्तन गर्नेवाला हौं। अच्छा!

    वरदान:– सदा सर्व प्राप्तिहरूको स्मृतिद्वारा माग्ने संस्कारबाट मुक्त रहने सम्पन्न र भरपुर भव

    एक भरपुरता बाहिरको हुन्छ, स्थूल वस्तुहरूबाट, स्थूल साधनहरूबाट भरपुर, अनि अर्को हुन्छ मनको भरपुरता। जो मनबाट भरपुर रहन्छ उसको पासमा स्थूल वस्तु या साधन नभएर पनि मन भरपुर हुनाले उसले कहिल्यै आफूमा कमी महसुस गर्दैन। ऊ सदा यही गीत गाइरहन्छ– सबैथोक पाएँ, उसमा माग्ने संस्कार अंश मात्र पनि हुँदैन।

    स्लोगन:–

    पवित्रता यस्तो अग्नि हो, जसमा सबै कमजोरीहरू जलेर भस्म हुन्छन्।

    ***OM SHANTI***