BK Murli 26 June 2017 Nepali

BK Murli 26 June 2017 Nepali

२०७४ आषाढ १२ सोमबार २६-०६-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

“मीठे बच्चे– सबैलाई बाबाको परिचय कसरी दिऊँ, रात-दिन यसै चिन्तनमा रहने गर। फादर शोज सन, सन शोज फादर– यसैमा बुद्धि लगाउनु छ।”  

प्रश्न:

ज्ञान अलिकति पनि व्यर्थ नजाओस्, त्यसको लागि कुन कुरामा ध्यान राख्नु छ?

उत्तर:

ज्ञान धन दिनको लागि पहिला हेर– यो हाम्रो ब्राह्मण कुलको हो? जो शिवबाबाको वा देवताहरूको भक्त छ, कोसिस गरेर उसलाई ज्ञान धन देऊ। यो ज्ञान सबैले बुझ्दैनन्। समझमा उनैलाई आउँछ, जसलाई शूद्रबाट ब्राह्मण बन्नु छ। तिमीले कोसिस गरेर एउटा कुरा सबैलाई सुनाऊ– सर्वका सद्गति दाता एक बाबा नै हुनुहुन्छ, उहाँले भन्नुहुन्छ– तिमीले अशरीरी बनेर मलाई याद गर्यौन भने तिम्रो बेडा पार हुन्छ।

गीत:–

ओम् नमो शिवाय....

ओम् शान्ति।

बाबा बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ, दुवै बाबा आउनु भएको छ। चाहे उहाँ बाबाले सम्झाउनुहुन्छ, चाहे यी बाबाले सम्झाउँछन्। बाबा बसेर सम्झाउनु हुन्छ– तिमी जो बाबाको यादमा शान्तिमा बस्छौ, यसलाई नै सच्चा शान्ति भनिन्छ। यो हो प्रत्यक्षफल दिनेवाला वास्तविक शान्ति, त्यो हो झूटो। आफ्नो स्वधर्मको बारेमा थाहा छैन। स्वलाई आफ्नो परमपिता परमात्माको बारेमा थाहा छैन, त्यसैले शान्ति, शक्ति कसले दिने? शान्तिदाता बाबा नै हुनुहुन्छ। उहाँ बाबाले भन्नुहुन्छ– प्यारा बच्चाहरू! अशरीरी भएर आफूलाई आत्मा सम्झेर बस। तिमी त अविनाशी हौ नि। आफ्नो स्वधर्ममा बस, अरू कोही यसरी बस्दैनन्। वास्तवमा आत्माले नै एक शरीर छोडेर अर्को लिन्छ। परमपिता परमात्मा त एकै हुनुहुन्छ, उहाँको महिमा धेरै भारी छ। उहाँ बाबा हुनुहुन्छ, सर्वव्यापी हुनुहुन्न। एक कुरा सिद्ध गर्यौर भने तिम्रो जीत हुन्छ। फेरि गीताको भगवान् पनि सिद्ध हुनेछ। प्वाइन्टहरू त तिमीलाई धेरै मिल्छ। सिक्खहरूले पनि भन्छन्– सतगुरु अकाल... उही अकालमूर्त हुनुहुन्छ। भन्छन् पनि– उहाँ मुक्तिदाता हुनुहुन्छ, सर्वका सद्गति दाता हुनुहुन्छ। आएर दु:खबाट मुक्त गर्नुहुन्छ। पतित-पावन पनि एकै बाबा हुनुहुन्छ। यस्तो-यस्तो प्वाइन्टहरू सदैव विचार-सागर मन्थन गर्नुपर्छ। बाबालाई भुलेको हुनाले नै सबैको दुर्गति भएको हो। भगवान् एक हुनुहुन्छ। त्यसैले अरू कुनैलाई भगवान् भन्न सकिँदैन। सूक्ष्मवतन वासीलाई पनि भगवान् भन्न सकिँदैन। सबैभन्दा उच्च एक भगवान् हुनुहुन्छ। यहाँ त छ मनुष्य सृष्टि, जहाँ पुनर्जन्ममा आउँछन्। परमपिता परमात्मा त पुनर्जन्ममा आउनुहुन्न, फेरि कसरी भन्छौ– कुकुर बिरालो सबैमा परमात्मा हुनुहुन्छ। सारा दिन यही बुद्धिमा रहनुपर्छ– बाबाको परिचय कसरी दिऊँ? अब रात-दिन तिमी यसै चिन्तनमा रहने गर– कसरी सबैलाई बाटो बताऊँ? पतितहरूलाई पावन बनाउने वाला एकै हुनुहुन्छ। फेरि गीताका भगवान् पनि सिद्ध हुन्छ। तिमी बच्चाहरूको नै जित हुनु छ। त्यो तब हुनेछ, जब मेहनत गर्छौ। महारथी, घोडेसवार, पैदल सेना त छन् नि। 

तिमी बच्चाहरूलाई थाहा छ– बाबाबाट वर्सा मिलेको थियो। अहिले छिनिएको छ, फेरि बाबाले दिनुहुन्छ। बाबा आउनुहुन्छ नै यहाँ। यी जुन यतिका धर्म छन्, सबै खतम हुन्छन्, फेरि सत्ययुग हुन्छ। हाय-हाय पछि जय-जयकार हुन्छ। मनुष्य दु:खको समयमा हाय राम गर्छन् नि। भन्छन्– राम नामको दान देऊ। यसमा श्लोक बनेका छन्। सिक्खहरूका पनि नाम धेरै छन्। उनीहरूले पनि भन्छन् अकालतख्त। तिमी बच्चाहरूको तख्त कुनचाहिँ हो? तिमी आत्माहरू सबै अकालमूर्त हौ। तिमीलाई कुनै कालले खान सक्दैन। यो शरीर त खतम भएर जान्छ। उनीहरूले सम्झन्छन्– अकालतख्त अमृतसरमा छ तर अकाल तख्त त महतत्त्व हो। हामी आत्माहरू पनि वहाँका निवासी हौं। गायन पनि छ– बाबा हजुर आफ्नो तख्त छोडेर आउनुहोस्। त्यो सबैको लागि शान्तिको तख्त हो। राज्य तख्त कुनै सबैको लागि भनिँदैन। बाबाको तख्त सो हाम्रो। वहाँ देखि हामी पार्ट खेल्न आउँछौं, बाँकी आकाश छोड्ने कुरा होइन। बच्चाहरूले यसमा नै बुद्धि लगाउनु छ– बाबाको परिचय अरूलाई कसरी दिऊँ? फादर शोज सन, सन शोज फादर। हाम्रो बाबा को हुनुहुन्छ, उहाँको सम्पत्ति के हो, जसको मालिक बन्छौं? यो बुद्धिमा छ। मुख्य हो नै बाबाको परिचय। सारा मेहनत यसमा छ। एकज भूलको नाटक हुन्छ नि। भूल गराउनेवाला हो रावण। सत्ययुगमा तिमी देही-अभिमानी रहन्छौ। हामी आत्मा हौं। बाँकी यो भन्दैनन्– हामीले परमपिता परमात्मालाई चिनेका छैनौं। वहाँ त सुखै सुख हुन्छ। दु:खमा स्मरण सबैले गर्छन्। भक्ति मार्ग पूरा भयो, ज्ञान मार्ग सुरु भयो, वर्सा मिल्यो, फेरि भगवान् लाई किन याद गर्छन्? कल्प-कल्प वर्सा मिल्छ। यो ड्रामा नै यस्तो बनेको छ। बाबालाई कसैले पनि चिनेका छैनन्। अहिले तिमी बच्चाहरूलाई बाबाले परिचय दिनु भएको छ। रात-दिन बुद्धिमा यही कुरा चलिरहोस्। यो बुद्धिको लागि भोजन हो। कसरी बाबाको परिचय सबैलाई दिऊँ! बाबाको एकै अवतरणको गायन गरिन्छ। सम्झन्छन्– आउनुहुन्छ अवश्य, कलियुग अन्त्य र सत्ययुग आदिको संगममा, पतितहरूलाई पावन बनाउन। मुख्य हो गीता। गीताद्वारा नै हीरा जस्तो बन्न सकिन्छ। बाँकी सबै शास्त्र हुन् गीताका बाल-बच्चाहरू, त्यसबाट कुनै वर्सा मिल्न सक्दैन। सर्व शास्त्रमयी शिरोमणी गीता। श्रीमत प्रसिद्ध छ। श्री हो सबैभन्दा श्रेष्ठ। श्री श्री १०८ रुद्र माला। यो हो शिवबाबाको माला। तिमीलाई थाहा छ– सबै आत्माहरूको बाबा यहाँ हुनुहुन्छ। बाबा-बाबा त सबैले गर्छन् नि। बाबाको रचना रचिएको छ, यो कसैलाई पनि छैन। बाबा भन्नुहुन्छ– तिमीलाई कुनै धेरै मेहनत दिन्नँ। केवल बाबालाई बिर्सिनाले गिरेका हौ, उहाँलाई चिन्नु छ। अहिले तिमी घोर अन्धकारबाट सम्पूर्ण उज्यालोमा आएका छौ। तिमीले ज्ञानको डान्स गर्नु छ। मीराले गरेकी थिइन् भक्तिको डान्स, अर्थ केही पनि छैन। व्यास भगवान् भन्छन्, वास्तवमा व्यास त हुनुहुन्छ बाबा, जसले गीता सुनाउनुहुन्छ। तिमीले कसैलाई पनि सिद्ध गरेर बताउन सक्छौ– बाबा एकै हुनुहुन्छ, उहाँबाट नै वर्सा मिल्छ। नत्र स्वर्गको वर्सा कसले दिन्छ? स्वर्गको स्थापना बाबा विना कसैले गर्न सक्दैन। सबैलाई मुक्त गर्ने एक बाबाको नै काम हो। पोपले पनि भन्ने गर्थे– एकता होस्। तर त्यो हुन्छ कसरी? हामी एकको त सबै बनेका छौं नि, फेरि भाइ-बहिनी कसरी हौं? यो जान्नुपर्छ। वननेस अर्थात् फादरहुड भयो, यो त सबै भाइ-भाइ हुन् नि। सारा दुनियाँले भन्छन्– ओ गड फादर रहम गर्नुहोस्। अवश्य कसैले बेरहमी गरिरहेको छ। यो जानेका छैनन्– बेरहम गर्नेवाला को हो? रहम गर्नेवाला त एक बाबा हुनुहुन्छ। निर्दयी हो रावण, जसलाई जलाउँदै आउँछन्, तर जल्दैन। दुस्मन नै मरेपछि फेरि कहाँ पटक-पटक जलाइन्छ र। कसैलाई यो थाहै छैन– यो के बनाइरहेका छौं? पहिले तिमी घोर अन्धकारमा थियौ, अहिले त छैनौ। मनुष्यहरूलाई कसरी बुझाउने! विश्वलाई सुखधाम बनाउने एकै बाबा हुनुहुन्छ। बाबाको नै परिचय दिनु छ। यो पनि सम्झाइन्छ तर सबैले बुझ्दैनन्। बुझ्छन् पनि उनैले, जसलाई फेरि शूद्रबाट ब्राह्मण बन्नु छ। बाबा भन्नुहुन्छ– जो मेरो भक्त छ, कोसिस गरेर उनलाई नै ज्ञान देऊ। ज्ञान धन व्यर्थ नगुमाऊ। देवताहरूको भक्त त अवश्य देवता कुलका हुन्छन्। सर्वोच्च हुनुहुन्छ एक बाबा, सबैले उहाँलाई याद गर्छन्। यहाँ त शिवबाबा हुनुहुन्छ नि। बाबासँग त वर्सा लिनु छ। जसले कुनै राम्रो काम गरेर जान्छन् भने उनलाई पुजिन्छ। कलियुगमा कसैबाट राम्रो काम हुँदैन किनकि यहाँ छ नै आसुरी रावण मत। सुख कहाँ छ? कति राम्रोसँग बाबाले सम्झाउनु हुन्छ, तर कसैको बुद्धिमा तब बस्नेछ, जब बाबाको परिचय दिन्छौ। यहाँ बाबा पनि हुनुहुन्छ, टिचर, सतगुरु पनि हुनुहुन्छ। उहाँको कुनै बाबा टिचर छैन। पहिला सुरुमा हुन्छन् माता-पिता, फेरि टिचर र फेरि सद्गतिको लागि गुरु। यो आश्चर्य छ– बेहदका बाबा एकै बाबा, टिचर र सतगुरु हुनुहुन्छ। 

तिमीलाई थाहा छ– उहाँ बाबा सर्वोच्च हुनुहुन्छ। उहाँ नै स्वर्गको वर्सा दिनेवाला हुनुहुन्छ। नर्कपछि हुन्छ नै स्वर्ग। नर्कको विनाशको लागि विनाश ज्वाला खडा छ। होलिकामा गुडिया बनाउँछन् नि, फेरि सोध्छन्– स्वामीजी यिनको पेटबाट के निस्कन्छ? वास्तवमा देखिन्छ– यूरोपवासी यादवको बुद्धिद्वारा साइन्सको कति आविष्कार निस्कन्छ। तिमीले कोसिस गरेर एउटै कुरामा बुझाउनु छ। सर्वका सद्गति दाता एक हुनुहुन्छ। बाबा यहाँ नै आउनु हुन्छ, त्यसैले यो सबैभन्दा ठूलो तीर्थ भयो। भन्दछन् पनि– भारत प्राचीन थियो। तर बुझ्दैनन्। अहिले तिमीले बुझेका छौ– जो प्राचीन थियो, त्यो फेरि हुनेछ। तिमीले राजयोग सिकेका थियौ, त्यही फेरि सिक्छौ। बुद्धिमा छ– यो ज्ञान बाबाले कल्प-कल्प दिनुहुन्छ। शिवका पनि अनेक नाम राखेका छन्। बबुलनाथको पनि मन्दिर छ। काँडालाई फूल बनाउनु भयो, त्यसैले बबुलनाथ भनिन्छ। यस्ता धेरै नाम छन्, जसको अर्थ तिमीले बुझाउन सक्छौ। पहिला सुरुमा बाबाको परिचय देऊ, जसलाई सबैले बिर्सिएका छन्। पहिले बाबालाई जानून्, तब बुद्धियोग लाग्छ। बाबाबाट वर्सा लिनु छ। मुक्तिधामबाट फेरि जीवन-मुक्तिधाममा जानु छ। यो हो पतित जीवन-बन्धन। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू अशरीरी बन। अशरीरी बनेर बाबालाई याद गर, यसबाट नै बेडा पार हुन्छ। सबै आत्माहरूको बाबा उहाँ एकै हुनुहुन्छ। बाबाको आदेश छ– मलाई याद गर्यौी भने योगद्वारा विकर्म विनाश हुन्छ। अन्त मती सो गति हुन्छ। हामी फर्केर जानु छ, जति हुन सक्छ छिटै जाऔं। तर छिटो त हुन सक्दैन। उच्च पद पाउनको लागि बाबालाई याद गर्नु छ। हामी एक बाबाका बच्चाहरू हौं। अहिले बाबा भन्नुहुन्छ– मनमनाभव। कृष्णले कहाँ भन्छन् र। कृष्ण कहाँ छन्? यहाँ त बाबा हुनुहुन्छ परमपिता परमात्मा, प्रजापिता ब्रह्माद्वारा स्थापना गर्नुहुन्छ, त्यसैले अवश्य यहाँ हुनुपर्छ। यो हो व्यक्त पतित दुनियाँ। त्यो हो पावन दुनियाँ। पतित दुनियाँमा पावन कोही हुन सक्दैन। वृक्षमा हेर माथि खडा छन् र यहाँ तल तपस्यामा ब्रह्मा बसेका छन्, यिनको नै अनुहार सूक्ष्मवतनमा देख्छन्। यी गएर फरिश्ता बन्छन्। श्रीकृष्ण यस समय काला छन् नि। पहिलो कुरा जबसम्म बुझाउँदैनौ, तबसम्म केही बुझ्दैनन्। यसमा नै मेहनत लाग्छ। मायाले तुरुन्तै बाबाको याद भुलाइदिन्छ। निश्चयका साथ लेख्छन् पनि-हामी नारायण पद पाउँछौं, फेरि पनि बिर्सिन्छन्। माया धेरै दुष्ट छ। मायाको तुफान जति नै आओस् तर हल्लिनु छैन। त्यो हो पछाडिको अवस्था। माया शक्तिशाली भएर लड्छ। भेंडा बाख्रा छ भने उसलाई तुरुन्तै गिराइदिन्छ। डराउनु हुँदैन। वैद्यहरूले भन्छन्– पहिला सारा बिमारी बाहिर निस्किन्छ। मायाको तुफान पनि धेरै आउँछन्। जब तिमी पक्का हुन्छौ, फेरि मायाको प्रेशर कम हुनेछ। बुझिन्छ अब यो हल्लिदैन। बाबा नै आएर पत्थरबुद्धिबाट पारसबुद्धि बनाउनुहुन्छ। यो धेरै रमाइलो ज्ञान हो। भारतको प्राचीन राजयोग गायन गरिन्छ, यो तिमीलाई थाहा छ। अच्छा! 

मीठे-मीठ सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


धारणाको लागि मुख्य सारः

१) अशरीरी बनेर बाबालाई याद गर। स्वधर्ममा स्थित हुने अभ्यास गर। ज्ञानको डान्स गर्नु र गराउनु छ।

२) मायाको तुफानहरू सँग हल्लिनु छैन। डराउनु छैन। पक्का बनेर मायाको प्रेसरलाई खतम गर्नु छ।

वरदान:

आत्मिक वृत्ति, दृष्टिद्वारा दु:खको नाम-निशानलाई समाप्त गर्ने सदा सुखदायी भव:-  

ब्राह्मणहरूको संसार पनि न्यारा छ भने दृष्टि-वृत्ति सबै न्यारा छ। जो हिँड्दा-डुल्दा आत्मिक दृष्टि, आत्मिक वृत्तिमा रहन्छ, उसको पासमा दु:खको नाम-निशान रहन सक्दैन किनकि दु:ख हुन्छ शरीर भानबाट। यदि शरीर भानलाई भुलेर आत्मिक स्वरूपमा रह्यो भने सदा सुखै सुख हुन्छ। उसको सुखमय जीवन सुखदायी बन्न पुग्छ। ऊ सदा सुखको शैयामा सुत्छ र सुख स्वरूप रहन्छ।

स्लोगन:

खुदलाई हेर अनि खुदको कमीलाई मेटाऊ, तब खुदाको प्यार मिल्छ।  



***OM SHANTI***

Google+ Followers