BK Murli 30 June 2017 Nepali

BK Murli 30 June 2017 Nepali

२०७४ आषाढ १६ शुक्रबार ३०-०६-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

“मीठे बच्चे– ब्राह्मण बनेर कुनै यस्तो चलन नचल, जसले गर्दा बाबाको बदनाम होस्। कामकाज गर्दै श्रीमतमा चलिराख।”  

प्रश्न:

ईश्वरीय विद्यार्थीको मुखबाट कुनचाहिँ शब्द निस्कनु हुँदैन? मनुष्यहरूको योजना के छ र बाबाको योजना के छ?

उत्तर:

मलाई पढाइ पढ्ने फुर्सत छैन– यो शब्द तिम्रो मुखबाट निस्कनु हुँदैन। बाबाले बच्चाहरूको शिरमा बोझ हाल्नुहुन्न, केवल भन्नुहुन्छ– सबेरै-सबेरै उठेर एक घडी, आधा घडी मलाई याद गर, पढाइ पढ। मनुष्यहरूको योजना छ– सबै मिलेर एक होउन्। नर चाहन्छन् एक... बाबाको योजना छ, झूट खण्डलाई सत्यखण्ड बनाउने। त्यसैले सत्यखण्डमा जानको लागि अवश्य सत्य बन्नुपर्छ।

गीत:–

आज के इंसान को...

ओम् शान्ति।

बच्चाहरूले पनि भन्छन्– ओम् शान्ति। आत्माहरूले भन्न सक्छन्– यस शरीरद्वारा ओम् शान्ति। अहम् आत्माको स्वधर्म हो शान्त, यो भुल्नु हुँदैन। बाबा पनि आएर भन्नुहुन्छ– ओम् शान्ति। जहाँ तिमी बच्चाहरू पनि शान्त रहन्छौ, त्यहाँ बाबा पनि रहनुहुन्छ। त्यो हो हाम्रो शान्तधाम वा घर। दुनियाँमा कोही पनि विद्वान्, आचार्यले यो कुरालाई जान्दैनन्। भनिदिन्छन्– आत्मा सो परमात्मा। आत्माको पनि कसैलाई ज्ञान छैन– आत्मा के हो? यतिका करोड आत्माहरू तारा समान छन्। हरेक आत्मामा आ-आफ्नो अविनाशी पार्ट निश्चित छ, जुन, समयमा प्रकट हुन्छ। यो बाबा बसेर सम्झाउनुहुन्छ। बाबा पनि जीव आत्मा नबनेसम्म जीव आत्माहरूलाई सम्झाउन सक्नुहुन्न। मलाई पनि अवश्य शरीर चाहिन्छ नि। शरीर तब लिइन्छ जब रचना रच्नु पर्ने हुन्छ। प्रजापिता ब्रह्माद्वारा रचना गर्नुहुन्छ। रचयिता त हुनुहुन्छ निराकार शिव। प्रजापिता ब्रह्माद्वारा ब्रह्माकुमार-कुमारीहरूलाई सम्झाइरहनु भएको छ, शूद्रहरूलाई होइन। अहिले हाम्रो हो ब्राह्मण वर्ण। पहिला शूद्र वर्णमा थियौं। त्यो भन्दा अगाडि वैश्य वर्ण, क्षत्रिय वर्णमा थियौं। दुनियाँले यो कुरा जान्दैन। वास्तवमा ब्राह्मण सो देवता फेरि क्षत्रिय, वैश्य, शूद्र... ब्राह्मणहरूको चोटी हुन्छ। पहिले ब्राह्मणले ठूलो चोटी राख्थे। तिमीले बाजोली खेल्छौ। मैले त खेल्दिनँ। यी वर्णको चक्रमा तिमी आउँछौ। कति सहज कुरा छ। तिम्रो नाम नै छ स्वदर्शन चक्रधारी। बाँकी शास्त्रमा त के-के कुरा लेखिदिएका छन्। तिमीले बुझेका छौ– हामी ब्राह्मण नै स्वदर्शन चक्रधारी बन्छौं। तर यी अलंकारहरूको निसानी देवताहरूलाई दिइएको छ, किनकि उनीहरू सम्पूर्ण हुन्छन्। उनीहरूलाई नै सुहाउँछ। यस ज्ञानलाई धारण गर्नाले तिमी फेरि चक्रवर्ती राजा बन्छौ। अहिले सम्मुख बसेका छौ। यो हो रुद्र ज्ञान यज्ञ। यज्ञमा ब्राह्मण अवश्य चाहिन्छ। शूद्रले यज्ञ रच्न सक्दैनन्। शिवबाबाले यज्ञ रच्नु भएको छ, त्यसैले ब्राह्मण अवश्य चाहिन्छ। बाबा भन्नुहुन्छ– मैले ब्राह्मण बच्चाहरू सँग नै कुरा गर्छु। कति ठूलो यज्ञ छ, जबदेखि बाबा आउनु भएको छ, आउनासाथ यज्ञ रच्नु भएको छ। यसलाई भनिन्छ– अश्वमेध अर्थात् स्वराज्य स्थापना गर्नको लागि। कहाँ? यहाँ सत्ययुगी स्वराज्य रच्नुहुन्छ। यसलाई शिव ज्ञान यज्ञ भन वा रुद्र ज्ञान यज्ञ भन, सोमनाथ मन्दिर पनि उहाँको नै हो। एकको धेरै नाम छन्। यसलाई यज्ञ भनिन्छ, पाठशाला भनिँदैन। बाबाले रुद्र ज्ञान यज्ञ रच्नु भएको छ। यज्ञलार्इ पाठशाला भनिँदैन। ब्राह्मणहरूद्वारा यज्ञ रचिन्छ। ब्राह्मणहरूलाई दक्षिणा दिनेवाला दाता भोलानाथ हुनुहुन्छ। उहाँलाई भनिन्छ नै शिव भोलानाथ भण्डारी। अहिले तिमी सम्मुख बसेका छौ। बापदादाले बच्चाहरूलाई आफ्नो बनाउनु भएको छ। यी हुन् बडी मम्मा। फेरि माताहरूलाई सम्हाल्नको लागि मम्मालाई निमित्त बनाइएको छ, उनी सबैभन्दा अघि जान्छिन्। यिनको पार्ट छ मुख्य। उनी हुन् ज्ञान ज्ञानेश्वरी जगत् अम्बा। महालक्ष्मीलाई ज्ञान ज्ञानेश्वरी भनिँदैन। लक्ष्मी अर्थात् धनदेवी। भन्छन् नि– यिनको घरमा लक्ष्मी छिन् अर्थात् सम्पत्ति धेरै छ। लक्ष्मीसँग सम्पत्ति नै माग्छन्। १२ महिना पूरा भएपछि आह्वान गर्छन्। जगत्अम्बाले सबैको मनोकामना पूरा गर्छिन्। बच्चाहरूले जान्दछन्– जगत् अम्बा हुन्– प्रजापिता ब्रह्माकी छोरी, यिनको नाम हो सरस्वती। एउटा मात्रै नाम छ। मम्मा छिन् भने बच्चाहरू पनि छन्। तिमीले शिवबाबाद्वारा ज्ञान सुनिरहेका छौ। यिनलाई बाबाले आएर आफ्नो बनाउनु भएको छ, नाम राख्नु भएको छ ब्रह्मा। भन्नु पनि हुन्छ, म पतित शरीरमा आउँछु। शास्त्रहरूमा पनि यी कुनै कुरा छैनन्। तिमीलाई थाहा छ– नयाँ दुनियाँको लागि हामीले पुरुषार्थ गरिरहेका छौं। काँडाबाट फूल बनिरहेका छौं। शूद्र हुँदा काँडा थियौं। अहिले ब्राह्मण फूल बनेका छौं। ब्राह्मणहरूलाई फूल बनाउनुहुन्छ, बाबाले। उहाँ हुनुहुन्छ बागवान। तिमी नम्बरवार माली हौ। जो राम्रा-राम्रा माली छन्, उनीहरूले अरूलाई पनि आफू समान बनाउँछन्। कलमी लगाइरहन्छन्। नम्बरवार छन्, यसलाई भनिन्छ आत्मिक ज्ञान। ईश्वर हुनुहुन्छ, ज्ञान दिनेवाला। शास्त्र आदि त सबै मनुष्यले सुनाउँछन्। यो रूहानी ज्ञान जुन परम आत्माले आत्माहरूलाई दिनुहुन्छ, अरू कसैलाई रचयिता र रचनाको ज्ञान मिल्दैन। त्यसै गफ लगाइरहन्छन्। यो हो नै झूटो दुनियाँ। सबै झूटै-झूट छन्। वास्तवमा पहिले नक्कली गहना थिएनन्। अहिले त नक्कली कति भएका छन्। सक्कली राख्न दिँदैनन्। झूट खण्डमा छ रावण राज्य, सचखण्डमा छ रामले स्थापना गरेको राज्य। यो हो शिवबाबाले स्थापना गरेको यज्ञ। पाठशाला पनि हो, यज्ञ पनि हो, घर पनि हो। तिमीलाई थाहा छ– हामी पारलौकिक बाबा र फेरि प्रजापिता ब्रह्माको सम्मुख बसेका छौं। जबसम्म ब्राह्मण बन्दैनौं, वर्सा कसरी मिल्न सक्छ? यज्ञलाई सम्हाल्नेवाला सच्चा ब्राह्मण चाहिन्छ। विकारमा जानेलाई ब्राह्मण भनिँदैन। एउटा पाउ रावणको डुंगामा, अर्को पाउ रामको डुंगामा भयो भने नतिजा के निस्कन्छ? च्यातिन्छ। यस्तो चलनले फेरि नाम बदनाम गरिदिन्छन्। कहलाउँछन् प्रजापिता ब्रह्माका सन्तान र कर्तव्य शूद्रको। बाबा भन्नुहुन्छ– काम-काज त गर तर श्रीमतमा चल्नाले फेरि जिम्मेवारी मेरो हुन जान्छ।

तिमी यहाँ आएका हौ नै ईश्वरीय मत लिनको लागि। त्यो हो आसुरी मत। तिमीले श्रीमत लिन्छौ, श्रेष्ठ बन्नको लागि। सर्वोच्च बाबाले उच्च मत दिनुहुन्छ। तिमीलाई थाहा छ– हामीलाई उच्च मत मिल्छ, मनुष्यबाट देवता बन्ने। भन्छौ पनि– हामी सूर्यवंशी राजा बन्छौं। यो हो नै राजस्व, प्रजास्व होइन। तिमी राजा-रानी बन्छौ, त्यसैले प्रजा पनि अवश्य बन्नु छ। जसरी यी मम्मा-बाबा पुरुषार्थले बन्छन्, त्यसैगरी बच्चाहरू पनि बन्नु छ। तिमी बच्चाहरूलाई पनि खुशी हुनुपर्छ। हामी ब्रह्माकुमार-कुमारीहरू शिवबाबाका नाति-नातिना हौं। शिवलाई प्रजापिता भनिँदैन। उहाँ हुनुहुन्छ रचयिता। स्वर्गमा रहनेवाला हुन् देवी-देवताहरू। बाबाले नै मनुष्यलाई देवता बनाउनुहुन्छ। तिम्रो काया, कल्प वृक्ष समान बन्छ, नयाँ हुन्छ। तिम्रो आत्मा जुन कालो भएको छ, त्यसलाई पवित्र गोरो बनाउनुहुन्छ। जब सम्पूर्ण पवित्र बन्छ, फेरि शरीर पनि रहँदैन त्यसपछि दुनियाँलाई आगो लाग्छ, जसमा सबैको विनाश हुन्छ। यो हो बेहदको कुरा। यो बेहदको टापू हो, ती हुन् हदका। जति भाषा छन्, त्यति नाम राखिदिएका छन्। अनेक टापू छन्। तर यो सारा सृष्टि नै टापू हो। सारा सृष्टिमा रावणको राज्य छ। गीतमा पनि सुन्यौ नि, के हालत भएको छ? वहाँ एक अर्कालाई मार्दैनन्। वहाँ त राम राजा, राम प्रजा... भनिन्छ– दु:खको कुरै हुँदैन। कसैलाई दु:ख दिनु पनि पाप हो। वहाँ फेरि यी रावण हनुमान् आदि कहाँबाट आए? तिमीले भन्न सक्छौ, पहिलो मुख्य कुरा– भगवान् पिता भन्छौ भने उहाँ कसरी सर्वव्यापी हुन सक्नु हुन्छ? फेरि त पिता नै पिता हुन्छन्। सबै पिता नै पिता त हुन सक्दैनन्।

अहिले तिमी बच्चाहरूले यो सम्झाउनु छ– आधाकल्प झूटो कमाई गरेका छौं। अब सत्य खण्डको लागि सत्य कमाई गर्नु छ। उनीहरूले पनि शास्त्र आदि जुन सुनाउँछन् कमाईको लागि। शिवबाबाले त यी शास्त्र आदि केही पनि पढ्नु भएको छैन। उहाँ हुनुहुन्छ नै ज्ञानका सागर। उहाँ सत्य हुनुहुन्छ, चैतन्य हुनुहुन्छ। अहिले तिमी बच्चाहरूलाई थाहा छ– बाबाद्वारा हामीले सत्य कमाई सत्यखण्डको लागि गरिरहेका छौं। झूटखण्ड विनाश हुन्छ। देह सहित यो सबै विनाश हुनु छ। तिमीहरू सबैले देख्नेछौ– कसरी लडाईं हुन्छ। उनीहरूले सम्झन्छन् सबै मिलुन् तर फूट पर्दै जान्छ। नर चाहन्छन् एक... उनीहरूको योजना छ सबै विनाशको लागि। ईश्वरको योजना के छ? त्यो अहिले तिमीले जानेका छौ। बाबा आउनु भएको नै छ, झूटो खण्डलाई सत्यखण्ड बनाउनको लागि, मनुष्यलाई देवता बनाउन। सत्य बाबाद्वारा तिमी सत्य बन्छौ र रावणद्वारा झूटो बन्छौ। बाबाले नै सत्य ज्ञान दिनुहुन्छ। तिमी ब्राह्मणहरूको हात भरिपूर्ण हुन्छ। बाँकी शूद्रहरूको हात खाली रहन्छ।

तिमीलाई थाहा छ– हामी नै देवी-देवता बन्छौं। अहिले बाबाले केवल भन्नुहुन्छ– गृहस्थ व्यवहारमा रहेर कमल फूल समान बन, मलाई याद गर। याद किन बिर्सने! जुन बाबाले स्वर्गको मालिक बनाउनुहुन्छ, उहाँलाई तिमीले बिर्सिन्छौ... यो हो नयाँ कुरा, यसमा आत्म-अभिमानी बन्नुपर्छ। आत्मा त अविनाशी हो, एउटा शरीर छोडेर अर्को लिन्छ। बाबा भन्नुहुन्छ– देही-अभिमानी बन किनकि फर्केर जानु छ। देहको भान छोड। यो ८४ जन्मको सडेको जुत्ता हो। लुगा लगाउँदा लगाउँदा सड्छ नि। तिमीले पनि यो पुरानो शरीर छोड्नु छ। अब काम चिताबा उत्रिएर ज्ञान चितामा बस। धेरै छन् जो विकार विना रहन सक्दैनन्। द्वापरदेखि लिएर तिमी यी विकारका कारणले नै महारोगी बनेका हौ। अब यी विकारहरूलाई जित। काम विकारमा नजाऊ। यो शरीर त अपवित्र पतित छ नि। पावन बन। यहाँ सबै विकारद्वारा पैदा हुन्छन्। सत्ययुग-त्रेतामा यी विकार हुँदैनन्। वहाँ पनि यी भए भने बाँकी त्यसलाई स्वर्ग, यसलाई नर्क कसरी भन्ने? बाबा भन्नुहुन्छ– शास्त्रहरूमा त कुनै लक्ष्य-उद्देश्य नै छैन। यहाँ त लक्ष्य-उद्देश्य छ। हामी अहिले मनुष्यबाट देवता बनिरहेका छौं। बाबा भन्नुहुन्छ– तिमीले जे जति पढेका छौ, त्यसलाई बिर्स। त्यसमा कुनै सार छैन। तिम्रो चढ्ती कला एक पटक मात्र हुन्छ। फेरि हुन्छ उत्रिनेकला। जतिसुकै टाउको फुटाऊ, तल उत्रिनु नै छ। पतित बन्नु नै छ। यो फोहोरी दुनियाँ हो। तिमी बच्चाहरूलाई थाहा छ– हाम्रो विश्व स्वर्ग थियो। अहिले नर्क छ। पहिला आदि सनातन एउटै मात्र धर्म थियो, जुन अहिले छैन। फेरि त्यो धर्मको स्थापना हुन्छ। बाबाले फेरि ब्रह्माद्वारा आएर स्थापना गर्नुहुन्छ। तिमीले पनि भन्छौ– हामीले फेरि राज्य लिन्छौं। राज्य लिएपछि फेरि यो ज्ञान गुम हुन्छ। यो ज्ञान पतितहरूलाई नै मिल्छ, पावन हुनको लागि। फेरि पावन दुनियाँको ज्ञान किन रहन्छ? लक्ष्मी-नारायणको राज्यको कति वर्ष भयो? यो पनि तिमीलाई थाहा छ। भन्छौ– बाबा हामी ५ हजारपछि फेरि आएका छौं, राज्य लिन। हामी आत्मा बाबाका बच्चा हौं। उदाहरण दिन्छन्– एउटा मानिसले भन्न थाल्यो म भैंसी हुँ... अनि त्यो निश्चय बस्यो। भन्न थाल्यो– यो झ्यालबाट कसरी निक्लुँ?... यो कुरा हो तिम्रो लागि। तिमीले निश्चय गर्छौ– हामी बाबाका बच्चा हौं। यस्तो त होइन– म चतुर्भुज हुँ, यो भन्दै बनिन्छ। बनाउने अवश्य चाहिन्छ। यो हो नरबाट नारायण बनाउने ज्ञान, जुन राम्रोसँग धारण गरेर, गराउँछन् उनैले उच्च पद पाउँछन्। विद्यार्थीले यसरी भन्न सक्दैनन्– हामीलाई फुर्सद छैन पढ्नको लागि। त्यसो भए घर गएर बस। पढाइ विना वर्सा मिल्न सक्दैन। ईश्वरीय विद्यार्थी, फेरि भन्छन्– फुर्सद छैन। बाबाको बनेर फेरि छोडपत्र दियौ भने बाबा भन्नुहुन्छ– तिमी त महामुर्ख हौ। एक घडी आधा घडी... तिमीलाई फुर्सद छैन, ठीक छ बिहान सबेरै बसेर बाबालाई याद गर। कुनै विपत्ति शिरमा राख्नुहुन्न। केवल बिहान उठेर बाबालाई याद गर र स्वदर्शन चक्र फिराऊ। अरूको नभए पनि आफ्नो त कल्याण गर। दयावान भएर जति अरूको कल्याण गर्छौ, त्यति उच्च पद पाउँछौ। धेरै ठूलो कमाई छ। जसको पासमा धेरै धन छ, उनीहरूले भन्छन्– फुर्सद छैन। धनवानलाई वहाँ गरीब बन्नु छ र गरीबलाई धनवान बन्नु छ। सबैभन्दा धेरै माताहरू रुन्छन्, उनीहरूलाई हँसाउनेवाला बन्नुपर्छ। निरन्तर यादको यात्रामा रहनुपर्छ। मधुबनमा शान्ति छ, त्यसैले धेरै कमाई गर्न सक्छौ। अच्छा! 

मीठे-मीठे सिकीलधे बच्चाहरू प्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


धारणाको लागि मुख्य सारः

१) सचखण्डको लागि सच्चा कमाई गर्नु छ। आत्म-अभिमानी भएर रहनु छ। यस सडेको शरीरको अभिमान छोड्नु छ।

२) दयावान बनेर आफ्नो र अरूको कल्याण गर्नु छ। बिहान सबेरै उठेर बाबालाई याद गर्दै स्वदर्शन चक्र फिराउनु छ।

वरदान:

हरेक आत्माप्रति प्यारको दृष्टि, प्यारको भावना राख्ने बाबा समान भव:-  

जसरी द्वापरदेखि तिमीहरूले बाबालाई अनेक गाली दियौ फेरि पनि बाबाले प्यार गर्नु भयो। त्यसैगरी बाबालाई अनुसरण गरेर बाबा समान बन। जस्तोसुकै आत्मा होस्, आफ्नो दृष्टि, आफ्नो भावना प्यारको होस्– यसलाई भनिन्छ सर्वको प्यारो। कसैले अनादर गरोस् वा घृणा, सबैप्रति प्यार होस्। चाहे सम्बन्धीले जे भनोस्, जे गरोस् तर तिम्रो भावना शुद्ध होस्, सबैप्रति कल्याणको होस्– यसलाई भनिन्छ बाबा समान।

स्लोगन:

विशेष आत्मा उही हो, जसले विशेषतालाई नै देख्छ र विशेषताको नै वर्णन गर्छ।  



***OM SHANTI***

Google+ Followers