BK Murli 4 June 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 4 June 2017 Nepali

    २०७४ जेष्ठ २१ आइतबार ४-६-२०१७ ओम् शान्ति “अव्यक्त बापदादा” रिभाइज ६-४-१९८२ मधुबन

    दास र अधिकारी आत्माहरूको लक्षण


    आज बापदादा राजऋषिको दरबार देखिरहनु भएको छ। राज अर्थात् अधिकारी र ऋषि अर्थात् सर्व त्यागी। त्यागी र तपस्वी। बापदादा सर्व ब्राह्मण बच्चाहरूलाई देखिरहनु भएको छ– अधिकारी आत्मा र साथ-साथै महात्यागी आत्मा, दुवैलाई जीवनमा प्रत्यक्ष स्वरूप कहाँसम्म ल्याएका छौ? अधिकारी र त्यागी, दुवैको ब्यालेन्स होस्। अधिकारी पनि पूरा होस् र त्यागी पनि पूरा होस्। दुवै सँगै हुन सक्छ? यसलाई जानेका छौ, अनुभवी पनि छौ? बिना त्यागको राज्य पाउन सक्छौ? स्वको अधिकार अर्थात् स्वराज्य पाउन सक्छौ? त्याग गर्यौअ, तब त स्वराज्य अधिकारी बन्यौ। यो त अनुभव छ हैन! त्यागको परिभाषा पहिले पनि सुनाएको छु। 

    त्यागको पहिलो कदम हो– देह भानको त्याग। जब देह भानको त्याग हुन्छ, अनि अर्को छ देहका सर्व सम्बन्धको त्याग। जब देहको भान छुट्छ, त्यसपछि के बन्छौ? आत्मा, देही वा मालिक। देहको बन्धनबाट मुक्त अर्थात् जीवनमुक्त राज्य अधिकारी। जब राज्य अधिकारी बन्छौ अनि सर्व प्रकारको अधीनता समाप्त हुन्छ किनकि देहको दासबाट देहको मालिक बन्यौ। दासपन छुट्यो। दास र अधिकारी दुवै साथ-साथ हुन सक्दैन। दासपनको निशानी हो– मनबाट, अनुहारबाट उदास हुनु। उदास हुने निशानी हो दासपनको र अधिकारी अर्थात् स्वराज्यधारीको निशानी हो– मन र तनबाट सदा हर्षित। दास सदा अपसेट हुन्छ। राज्य अधिकारी सदा सिंहासनमा सेट हुन्छ, दास सानो कुरामा र सेकेण्डमा कनफ्यूज हुन्छ र अधिकारी सदा आफूलाई कम्फर्ट (आराममा) अनुभव गर्छ। यी निशानीहरूबाट आफूले आफैंलाई हेर– म को हुँ? दास वा अधिकारी? कुनै पनि परिस्थिति, कुनै पनि व्यक्ति, कुनै पनि वैभव, वायुमण्डलले शान देखि टाढा अर्थात् ज्ञान देखि टाढा, परेशान त गर्दैन? दास अर्थात् परेशान र अधिकारी अर्थात् सदा मास्टर सर्वशक्तिमान्, विघ्न-विनाशक स्थितिको शानमा स्थित हुन्छ। आफ्नो शानमा रहेर व्यक्ति, परिस्थिति, वैभव सबैलाई आनन्द पूर्वक देखिरहन्छ। दास आत्मा सदा आफूलाई परीक्षाहरूको बीचमा अनुभव गर्छ। अधिकारी आत्माले मांझी बनेर नाउलाई मज्जासँग परीक्षाहरूको लहरहरू सँग खेल्दै-खेल्दै पार गर्छ। 

    बापदादा दास आत्माहरूको कर्म लीला देखेर दयाको साथ-साथै मुस्कुराउनु हुन्छ। साकारमा पनि एक हाँसोको कथा सुनाउँथेँ। दास आत्माहरू के भए! कथा याद छ? सुनाएको थिएँ– मुसो आउँछ, मुसोलाई निकाल्यो बिरालो आउँछ। बिरालोलाई निकाल्यो कुकुर आउँछ। एउटालाई निकाल्यो अर्को आउँछ, दोस्रोलाई निकाल्यो तेस्रो आउँछ। यसै कर्म लीलामा बिजी रहन्छन् किनकि दास आत्मा हुन् नि। त्यसैले कहिले आँखा रूपी मुसोले धोका दिन्छ, कहिले कान रूपी बिरालोले धोका दिन्छ। कहिले नराम्रो संस्कार रूपी शेरले आक्रमण गर्छ। बिचरा दास आत्माले उनीहरूलाई निकाल्दा निकाल्दा उदास हुन पुग्छन्। त्यसैले बापदादालाई दया पनि लाग्छ र हाँसो पनि लाग्छ। तख्त छोड्छन् नै किन! के अटोमेटिक खस्छन्? यादको चुम्बकले आफूलाई सेट गरिदिए भने खस्दैनन्। फेरि के गर्छन्? बापदादाको अगाडि अर्जीको लम्बा-चौडा फाइल राखिदिन्छन्। कसैले अर्जी राख्छन्– एक महिना देखि परेशान हुँ, कसैले भन्छन् ३ महिना देखि तल-माथि भइरहेको छु। कसैले भन्छन् ६ महिना देखि सोचिरहेको छु, तर उस्तै छु। यति धेरै अर्जीहरू मिलेर फाईल बन्छ, तर यो पनि सोच– जति धेरै फाइल हुन्छ, त्यति फाइन दिनु पर्नेछ। त्यसैले अर्जीलाई खतम गर्ने सहज साधन हो– सदा बाबाको मर्जीमा चल। “मेरो मर्जी यो छ”। त्यस्ता मनमर्जीले अर्जीको फाइल बनाइदिन्छन्। जो बाबाको मर्जी, त्यो मेरो मर्जी। बाबाको मर्जी के हो? हरेक आत्मा सदा शुभचिन्तन गर्ने, सबैप्रति सदा शुभचिन्तनमा रहने स्व-कल्याणी र विश्व-कल्याणी बनून्। यसै मर्जीलाई सदा स्मृतिमा राख्दै बिना मेहनत अगाडि बढ्दै जाऊ। जस्तै भनिन्छ आँखा बन्द गरेर अघि बढ। यस्तो त होइन, त्यस्तो त होइन– यो आँखा नखोल। यो व्यर्थ चिन्तनको आँखा बन्द गरेर बाबाको मर्जी अर्थात् बाबाको कदम पछाडि कदम राख्दै बढ्दै जाऊ। पाउमा पाउ राखेर चल्न मुश्किल हुन्छ वा सहज हुन्छ? यसरी सदा फलो फादर गर। फलो सिस्टर, फलो ब्रदर– यो नयाँ स्टेप नउठाऊ, यसबाट लक्ष्य देखि बञ्चित हुन्छौ। रिगार्ड देऊ, तर फलो नगर। विशेषता र गुणलाई स्वीकार गर, तर फुटस्टेप बाबाको फुटस्टेपमा होस्। समयमा मतलबको कुरा नउठाऊ। मतलबको कुरा पनि धेरै मनोरञ्जनको गर्छन्। त्यो डायलग फेरि सुनाउनेछु, किनकि बापदादाको पासमा त सबै सेवा स्टेशनको न्यूज आउँछ। सारा विश्वको न्यूज आउँछ। त्यसैले दास आत्मा नबन। यी हुन् धेरै साना कर्मेन्द्रियहरू– आँखा, कान कति साना छन्, तर यो जाल धेरै ठूलो फैलाइदिन्छौ। जस्तै सानो माकुरा देखेका छौ हैन! स्वयं कति सानो हुन्छ। जालो कति ठूलो हुन्छ। यो पनि हर कर्मेन्द्रियको जाल यति ठूलो छ, यसरी फँसाइदिन्छ, जो थाहा नै हुँदैन– म फँसेको छु। यो यस्तो जादूको जाल हो, जसले ईश्वरीय होश देखि, ईश्वरीय मर्यादाहरू देखि बेहोश गरिदिन्छ। जालबाट निक्लिएका आत्माहरूले जति नै ती दास आत्माहरूलाई महसुस गराऊन् तर बेहोशलाई महसुसता हुन्छ होला? स्थूल रूपमा पनि बेहोशलाई जति नै हल्लाऊ, जति नै सम्झाऊ, ठूला-ठूला माइक कानमा लगाऊ तर उसले सुन्छ? यो जालले पनि यस्तो बेहोश गरिदिन्छ र फेरि के मज्जा हुन्छ? बेहोशीमा कति त धेरै बोल्छन् पनि, तर त्यो बोली बिना अर्थ हुन्छ। यस्तो रूहानी बेहोशीको स्थितिमा आफ्नो स्पष्टीकरण पनि धेरै दिन्छन् तर त्यो हुन्छ बेअर्थको। २ महिनाको, ६ महिनाको पुरानो कुरा, यहाँको कुरा, वहाँको कुरा बोलिरहन्छन्। यस्तो छ यो रूहानी बेहोशी। कुरा त सानो हुन्छ तर बेहोशीको जाल धेरै ठूलो छ। यसबाट निस्किन पनि समय धेरै लाग्छ किनकि जालको एक-एक तारलाई काट्ने प्रयत्न गर्छन्। जाल कहिल्यै देखेका छौ? तिमीहरूको प्रदर्शनीको चित्रहरूमा पनि छ। जाल खतम गर। माकुराले पनि आफ्नो जाललाई पूरा स्वयंले नै खान्छ। यस्तो विस्तारमा नगएर, विस्तारलाई बिन्दु लगाएर बिन्दुमा समाहित गर। बिन्दु बन, बिन्दु लगाइदेऊ। बिन्दुमा समाहित होऊ। अनि सारा विस्तार, सारा जाल सेकण्डमा समाहित हुनेछ र समय बच्नेछ। मेहनतबाट छुट्नेछौ। बिन्दु बनेर बिन्दुमा लवलीन होऊ। अब सोच– जालमा बेहोश हुने स्थिति राम्रो वा बिन्दु बनेर बिन्दुमा लवलीन हुनु राम्रो? अच्छा, बाबाको मर्जी के रहेछ? लवलीन होऊ।

    वृक्षलाई अब परिवर्तन हुनु नै छ। वृक्षको अन्त्यमा के रहन जान्छ? आदि पनि बीज, अन्त्य पनि बीज नै रहन पुग्छ। अब यस पुरानो वृक्षको परिवर्तनको समयमा वृक्ष माथि मास्टर बीजरूप स्थितिमा स्थित होऊ। बीज हो नै ‘बिन्दु’। सारा ज्ञान, गुण, शक्ति सबैको सिन्धु भएर पनि बिन्दुमा समाहित हुनु, यसलाई नै भनिन्छ बाबा समान स्थिति। बाबा सिन्धु भएर पनि बिन्दु हुनुहुन्छ। यस्तो मास्टर बीजरूप स्थिति कति प्रिय छ! यसै स्थितिमा सदा स्थित रहने गर। बुझ्यौ, के गर्नु छ? 

    हेर, दुवै जोनको विशेषता पनि यही छ। कर्नाटक अर्थात् नाटक पूरा गर्यौ्, अब लवलीन बन। यू.पी. मा पनि नदीहरू धेरै छन्। नदी सदा सागरमा मिल्छन्। त्यस्तै तिमी पनि सागरमा समाहित होऊ अर्थात् लवलीन बन। दुवैको विशेषता छ नि! त्यसैले शानसँग लवलीन स्थितिमा सदा बसिराख। तल-माथि नगर। आवागमनको चक्कर त अब पूरा गर्यौछ नि! अब त आराम सँग शानले बस। अच्छा! 

    यस्ता सदा सर्व अधिकारी र सर्व त्यागी, सदा बेहोशीको जालबाट मुक्त, आवागमनबाट मुक्त, मास्टर बीजरूप स्थितिमा लवलीन रहने, यस्ता राजऋषि आत्माहरूलाई बापदादाको यादप्यार एवं नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 

    टिचरहरू सँग:– 

    सबै निमित्त आत्मा हौ नि? सदा आफूलाई सेवार्थ निमित्त आत्मा हुँ– यस्तो सम्झेर चल्छौ? निमित्त आत्मा सम्झिनाले सदा दुई विशेषताहरू साकार रूपमा देखिन्छ। १. सदा नम्रताद्वारा निर्माण गरिरहनेछौ। २. सदा सन्तुष्टताको फल खान्छौ र खुवाउँछौ। म निमित्त हुँ– यसबाट न्यारा र बाबाको प्यारा अनुभव गर्नेछौ। मैले गरेँ, यो पनि कहिल्यै वर्णन गर्दैनौ। “म” शब्द समाप्त हुनेछ। “म” को सट्टा बाबा-बाबा। बाबा-बाबा भन्नाले सबैको बुद्धि बाबातिर जानेछ। जसले निमित्त बनाउनुभयो, उहाँतर्फ बुद्धि लाग्नाले आउने आत्माहरूलाई विशेष शक्तिको अनुभव हुन्छ किनकि सर्वशक्तिवान् सँग योग लाग्नेछ। शक्ति स्वरूपको अनुभव गर्नेछन्। नत्र कमजोर नै रहन्छन्। त्यसैले निमित्त सम्झेर चल, यही सेवाधारीको विशेषता हो। हेर, सबैभन्दा ठूलो सेवाधारी बाबा हुनुहुन्छ तर उहाँको विशेषता नै छ– जसले आफूलाई निमित्त सम्झिनु भयो। मालिक भएर पनि निमित्त सम्झिनु भयो। निमित्त मान्नुको कारण सबैको प्रिय हुनुभयो। त्यसैले निमित्त हुँ, न्यारी हुँ, प्यारी हुँ– यही सदा स्मृतिमा राखेर चल। सेवा त सबैले गरिरहेका छौ, यो चिठ्ठा मिल्यो तर यस मिलेको चिठ्ठालाई सदा अगाडि बढाउनु या त्यति नै राख्नु, यो तिम्रो हातमा छ। बाबाले त दिनुभयो, बढाउनु तिम्रो काम हो। भाग्य सबैलाई एकनाश बाँड्नुभयो तर कुनैले सम्हाल्छन् र बढाउँछन्, कुनैले गरेका छैनन्। यसैबाट नम्बर बन्यो। त्यसैले सदा स्वयंलाई अगाडि बढाउँदै, अरूलाई पनि अगाडि बढाउँदै जाऊ। अरूलाई अगाडि बढाउनु नै बढ्नु हो। जस्तै बाबालाई हेर, बाबाले मम्मालाई अगाडि बढाए, फेरि पनि नम्बरवन नारायण बने। उनी सेकेण्ड नम्बर लक्ष्मी बनिन्। तर बढाउनाले बढे। बढाउनु मतलब पछाडि हुनु होइन, बढाउनु अर्थात् बढ्नु। 

    सबै सेवाधारीले मेहनत धेरै राम्रो गर्छौ। मेहनतलाई देखेर बापदादा खुशी हुनुहुन्छ। तर निमित्त सम्झिएर सेवा गर्यौर भने सेवा एक गुणाबाट चार गुणा हुन्छ। बाबा समान सीट मिलेको छ, अब यसै सीटमा सेट भएर सेवालाई बढाऊ। अच्छा! 

    पार्टीहरू सँग:– 

    १- विशेष आत्मा बन्नको लागि सबैको विशेषताहरूलाई हेर 

    बापदादा सदा बच्चाहरूको विशेषताहरूको गुण गाउनु हुन्छ। जसरी बाबाले सबै बच्चाहरूको विशेषताहरूलाई देख्नु हुन्छ, त्यसैगरी तिमी विशेष आत्माहरूले पनि सबैको विशेषताहरूलाई देख्दै स्वयंलाई विशेष आत्मा बनाउँदै जाऊ। विशेष आत्माहरूको कार्य हो विशेषता देख्नु र विशेष बन्नु। कहिल्यै पनि कुनै आत्माको सम्पर्कमा आउँदा उसको विशेषतामा नै नजर जानु पर्छ। जस्तै मौरीको नजर फूलहरूमा रहन्छ, त्यस्तै तिम्रो नजर सबैको विशेषताहरूमा होस्। हर ब्राह्मण आत्मालाई देख्दा सदा यही गुण गाऊ– “वाह श्रेष्ठ आत्मा वाह”! यदि अरूको कमजोरी देख्यौ भने स्वयं पनि कमजोर बन्छौ। त्यसैले तिम्रो नजर कसैको कमजोरी रूपी पत्थरमा जानु हुँदैन। तिमी होली हंस सदा गुण रूपी मोती ग्रहण गर। 

    २- समय र स्वयंको महत्त्वलाई स्मृतिमा राख्यौ भने महान् बन्नेछौ 

    संगमयुगको एक-एक सेकेण्ड सारा कल्पको प्रारब्ध बनाउने आधार हो, यस्तो समयको महत्त्वलाई जानेर हर कदम उठाउँछौ? जसरी समय महान् छ, त्यस्तै तिमी पनि महान् हौ किनकि बापदादाद्वारा हर बच्चालाई महान् आत्मा बन्ने वर्सा मिलेको छ। त्यसैले स्वयंको महत्त्वलाई पनि जानेर हर संकल्प, हर बोल र हर कर्म महान् गर। सदा यसै स्मृतिमा रहने गर– हामी महान् बाबाका बच्चाहरू महान् हौं। यसबाट नै जति श्रेष्ठ भाग्य बनाउन चाह्यो बनाउन सक्छौ। संगमयुगलाई यही वरदान छ। सदा बाबाद्वारा मिलेका खजानाहरू सँग खेलिराख। कति अखुट खजाना मिलेका छन्, गन्ती गर्न सक्छौ! त्यसैले सदा ज्ञान रत्नहरू सँग, खुशीको खजाना सँग, शक्तिको खजाना सँग खेलिराख। सदा मुखबाट रत्न निस्कियोस्, मनमा ज्ञानको मनन चलिरहोस्। यस्तो धारणा स्वरूप रहने गर। महान् समय हो, महान् आत्मा हुँ– यही सदा याद राख। अच्छा! ओम् शान्ति। 


    वरदान:

    सर्व प्राप्तिको खुशीमा उड्दै गन्तव्यमा पुग्ने स्मृति स्वरूप भव:-   

    ब्राह्मण जीवनमा आदिदेखि अहिलेसम्म जति पनि प्राप्ति भएका छन्, ती लिस्ट स्मृतिमा ल्याऊ। सार रूपमा यही भनिन्छ– अप्राप्त कुनै वस्तु छैन ब्राह्मण जीवनमा। यी सबै अविनाशी प्राप्ति हुन्। यी प्राप्तिको स्मृति इमर्ज रूपमा रहोस् अर्थात् स्मृति स्वरूप बन्यौ भने खुशीमा उड्दै गन्तव्यमा सहज नै पुग्नेछौ। प्राप्तिको खुशी कहिल्यै तल हलचलमा ल्याउँदैन किनकि सम्पन्नताले अचल बनाउँछ।

    स्लोगन:

    बिन्दु स्वरूपको स्मृतिमा रहनको लागि ज्ञान, गुण र धारणामा सिन्धु (सागर) बन।  



    ***OM SHANTI***