BK Murli 6 June 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 6 June 2017 Nepali

    २०७४ जेष्ठ २३ मंगलबार ६-०६-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– यादमा रहेर आफ्नो विकर्महरूको प्रायश्चित गर्यौन भने विकर्माजीत बन्छौ, पुराना सबै हिसाब-किताब चुक्ता हुन्छन्।”  

    प्रश्न:

    कुन बच्चाहरूबाट हर कुराको त्याग सहज हुन्छ?

    उत्तर:

    जुन बच्चाहरूलाई भित्रैबाट वैराग्य आउँछ, उनीहरूले हर कुराको त्याग सजिलै गर्छन्। तिमी बच्चाहरूको मनमा अब यो इच्छा हुनु हुँदैन– यो पहिरिऊँ, यो खाऊँ, यो गरूँ... देह सहित सारा पुरानो दुनियाँको नै त्याग गर्नु छ। बाबा आउनु भएको छ तिमीलाई हातमा वैकुण्ठ दिन। त्यसैले यस पुरानो दुनियाँबाट बुद्धियोग हट्नु पर्छ।

    गीत:–

    माता ओ माता....

    ओम् शान्ति।

    बच्चाहरूले आफ्नो माँको महिमा सुन्यौ। बच्चाहरू त धेरै छन्, सम्झाइन्छ– वास्तवमा पिता भएपछि अवश्य माता पनि हुनुपर्छ। रचनाको लागि माता अवश्य हुन्छ। यहाँ माताको लागि धेरै महिमा गरिन्छ। ठूलो मेला लाग्छ जगत अम्बाको, कुनै न कुनै प्रकारले माँको पूजा हुन्छ। बाबाको पनि हुनुपर्छ। उनी जगत अम्बा हुन् भने यिनी जगत पिता हुन्। जगत अम्बा साकारमा छन् भने जगत पिता पनि साकारमा छन्। यी दुवैलाई रचयिता नै भनिन्छ। यहाँ त साकार छन् नि। निराकारलाई नै भनिन्छ गड फादर। मदर फादरको रहस्य त सम्झाइएको छ। छोटी माँ पनि छिन्, बडी माँ पनि छन्। महिमा छोटी माँको हो। हुन त एडाप्ट गरिन्छ, माँलाई पनि एडाप्ट गरिएको हो, त्यसैले यी बडी माँ भए। तर महिमा सारा छोटी माँको हो। 

    यो पनि बच्चाहरूलाई थाहा छ– हरेकलाई आफ्नो कर्मभोगको हिसाब-किताब चुक्ता गर्नु छ किनकि विकर्माजीत थियौ फेरि रावणले विकर्मी बनाइदिएको छ। विक्रम संवत पनि छ भने विकर्माजीत संवत पनि छ। पहिला आधाकल्प विकर्माजीत भनिन्छ फेरि आधाकल्प विक्रम संवत सुरु हुन्छ। अहिले तिमी बच्चाहरू विकर्ममाथि जित प्राप्त गरेर विकर्माजीत बन्छौ। पाप जो छन्, तिनलाई योगबलद्वारा प्रायश्चित गर्छौ। प्रायश्चित हुन्छ नै यादद्वारा। बाबा सम्झाउनु हुन्छ– प्यारा बच्चाहरू! याद गर्यौप भने पापहरूको प्राश्चित हुनेछ अर्थात् कट उत्रिन्छ। शिरमा पापहरूको बोझ धेरै छ, जन्म-जन्मान्तरको। सम्झाइएको छ– जो नम्बरवनमा पुण्य आत्मा बन्छन्, उनै फेरि नम्बरवन पाप आत्मा पनि बन्छन्। उनलाई धेरै मेहनत गर्नु पर्ने हुन्छ किनकि शिक्षक बन्छन् सिकाउनको लागि त्यसैले अवश्य मेहनत गर्नुपर्छ। बिमारी आदि हुन्छ भने आफ्नै कर्म भनिन्छ। अनेक जन्म विकर्म गरेका छौ, यस कारण भोग्नुपर्छ। त्यसैले कहिल्यै पनि यससँग डराउनु हुँदैन। खुशीले पास गर्नु छ किनकि आफैंले गरेको हिसाब-किताब हो। प्रायश्चित हुनु नै छ, एक बाबाको यादद्वारा। जबसम्म जिउनु छ तबसम्म तिमी बच्चाहरूले ज्ञान अमृत पिउनु छ। योगमा रहनु छ, विकर्म छ, त्यसैले त खोकी आदि हुन्छ। खुशी हुन्छ, यहाँ नै सबै हिसाब खतम भएर जान्छौं। यदि रहन गयो भने त पास विद अनर हुँदैनौं। सजाय खाएर केही मिले पनि बेइज्जती हो नि। अनेक प्रकारको दु:ख भोग्नु पर्ने हुन्छ। यहाँ अनेक प्रकारको दु:खको सीमा छैन। वहाँ सुखको सीमा रहँदैन। नाम नै छ स्वर्ग। क्रिश्चियनहरूले भन्छन् स्वर्ग। हेविनली गड फादर, यी कुरालाई तिमीले जान्दछौ। निवृत्ति मार्गवाला संन्यासीले त भनिदिन्छन्– यो सबै काग बिष्टा समान सुख हो। यस दुनियाँमा वास्तवमा यस्तो छ। जति नै कसैलाई सुख होस् तर यो हो अल्पकालको सुख। स्थायी सुख त बिल्कुल छैन। बसी-बसी आपद आउँछन्, हर्टफेल हुन्छ। आत्माले एक शरीर छोडेर अर्कोमा गएर प्रवेश गर्छ, अनि शरीर आफैं माटो बन्छ। जनावरहरूको शरीर फेरि पनि काममा आउँछ, मनुष्यको काममा आउँदैन। तमोप्रधान पतित शरीर कुनै कामको छैन, कौडी जस्तै छ। देवताहरूको शरीर हीरा जस्तै हुन्छ। त्यसैले हेर उनीहरूको कति पूजा हुन्छ। यो ज्ञान अहिले तिमी बच्चाहरूलाई मिलेको छ। 

    यहाँ हुनुहुन्छ बेहदका बाबा, जो मोस्ट बिलवेड हुनुहुन्छ, जसलाई आधाकल्प याद गर्यौंे। जो ब्राह्मण बन्छन्, उनै बाबासँग वर्सा लिने हकदार हुन्छन्। सच्चा ब्राह्मण धेरै पवित्र हुनुपर्छ। सच्चा गीता पाठ गर्नेहरू पवित्र त रहनै पर्छ। ती झुटो गीता पाठ गर्नेहरू पवित्र रहँदैनन्। गीतामा त लेखिएको छ– काम महाशत्रु हो। फेरि स्वयं गीता सुनाउनेहरू पवित्र कहाँ रहन्छन्। गीता हो सर्व शास्त्रमयी शिरोमणी, जसबाट बाबाले कौडीबाट हीरा तुल्य बनाउनुहुन्छ। यो पनि तिमीले बुझेका छौ, गीतापाठीले बुझ्न सक्दैनन्। उनीहरूले त सुगाले जसरी रटिरहन्छन्। महिमा सारा हो नै एकको, अरू कुनै चीजको महिमा छैन। ब्रह्मा विष्णु शंकरको पनि छैन। तिमी उनको अगाडि जति नै टाउको टेक, उनको अघि बलि चढ, तैपनि वर्सा मिल्दैन। काशीमा काशी कलवट खान्छन् नि। अहिले सरकारले बन्द गरेको छ। नत्र धेरै काशी कलवट खान्थे। दौडेर कुवामा हामफाल्थे। कुनै देवीमाथि बलि चढ्थे, कुनै शिवमाथि। देवताहरूमा बलि चढेर कुनै फाइदा छैन। कालीमाथि बलि चढ्छन्, कालीलाई कति कालो बनाइदिएका छन्। अहिले त छन् सबै फलाम जस्तो, जो पहिले सुन जस्तो थिए। अम्बा एकलाई नै भनिन्छ। पितालाई कहिल्यै अम्बा भनिँदैन। अब यो कसैलाई पनि थाहा छैन। जगत अम्बा सरस्वती ब्रह्माकी छोरी हुन्। ब्रह्मा अवश्य प्रजापिता नै हुन्छन्। सूक्ष्मवतनमा त हुँदैनन्। सम्झन्छन् पनि सरस्वती ब्रह्माकी छोरी हुन्। ब्रह्माकी स्त्री त बताइएको छैन। बाबा सम्झाउनु हुन्छ– मैले यस ब्रह्माद्वारा सरस्वतीलाई एडाप्ट गरेको हुँ। उनलाई पनि थाहा छ– बाबाले एडाप्ट गर्नुहुन्छ। ब्रह्मालाई पनि एडाप्ट गरेको हुँ। यो धेरै गहन कुरा हो, जुन कसैको पनि बुद्धिमा छैन। बाबाले तिमीलाई आफ्नो बारेमा पनि बसेर ज्ञान दिनुहुन्छ, त्यो त अवश्य सम्मुख नै दिनुहुन्छ नि। प्रेरणाबाट कहाँ दिनुहुन्छ र। भगवानुवाच– हे बच्चाहरू... त्यो त अवश्य साकारमा आउनुहुन्छ, तब त भन्नुहुन्छ नि, निराकार बाबा यिनीद्वारा पढाउनुहुन्छ, ब्रह्माले पढाउँदैनन्। ब्रह्मालाई ज्ञान सागर भनिदैन, एकै बाबालाई भनिन्छ। आत्माले सम्झन्छ– यो लौकिक पिताले होइन, पारलौकिक पिता बसेर पढाउनुहुन्छ, जसबाट वर्सा लिइरहेको छु। वैकुण्ठलाई परलोक भनिदैन। त्यो हो अमरलोक, यो हो मृत्युलोक। परलोक अर्थात् जहाँ हामी आत्माहरू रहन्छौं, यो परलोक होइन। हामी आत्माहरू आउँछौं, यस लोकमा। परलोक हो हामी आत्माहरूको लोक। तिमीले राज्य यहाँ गरेका थियौ, परलोकमा होइन। परलोकको राजा भनिदैन। भन्दछन्– लोक परलोक सुख होस्। यो हो स्थूल लोक, फेरि छ परलोक। यही दुनियाँ वैकुण्ठ थियो फेरि बन्नेछ। यो हो मृत्युलोक, लोकमा मनुष्य रहन्छन्। भन्छन् वैकुण्ठ लोकमा जाऊँ। दिलवाला मन्दिरमा पनि तल तपस्यामा बसेका छन्। माथि वैकुण्ठको चित्र बनाएका छन्। सम्झन्छन्– फलाना वैकुण्ठ गयो। तर वैकुण्ठ त यहाँ नै हुन्छ, माथि होइन। आज जुन यो पतित लोक छ, त्यो फेरि पावन लोक हुनेछ। पावन लोक थियो अहिले पास्ट भयो, त्यसैले भनिन्छ परलोक। टाढा भयो नि। भारतवर्ष स्वर्ग थियो, अहिले नर्क छ त्यसैले स्वर्ग अहिले टाढा भयो नि। फेरि ड्रामा अनुसार वाम मार्गमा जान्छन् अनि स्वर्ग टाढा हुन्छ, त्यसैले परलोक भनिन्छ। 

    तिमीले भन्दछौ– हामी यहाँ आएर नयाँ दुनियाँमा फेरि आफ्नो राज्य भाग्य लिन्छौं। हरेकले आफ्नो लागि पुरुषार्थ गर्छन्। जसले गर्छ, उसले पाउँछ। सबैले त गर्दैनन्। जो पढाइ लेखाइ गर्छ, ऊ हुनेछ वैकुण्ठको नवाब अर्थात् मालिक। तिमीले यस सृष्टिलाई सुनको बनाउँछौ। भन्छन् नि– द्वारिका सुनको थियो फेरि समुद्रको तल गयो। तल बसेको त छैन, जसले कसैले निकालोस्। यहाँ स्वर्ग थियो, देवताहरूले राज्य गर्थे। अहिले त केही छँदै छैन। फेरि सबैथोक सुनको बनाउनु पर्ने हुन्छ। यस्तो होइन वहाँ सुनको महल निस्केर आउँछ, सबैथोक बनाउनु पर्ने हुन्छ। नशा हुनुपर्छ– हामी राजकुमार राजकुमारी बनिरहेका छौं। यो राजकुमार-राजकुमारी बन्ने कलेज हो। वहाँ हुन्छ राजकुमार राजकुमारी पढ्ने कलेज। तिमीले राजाई लिनको लागि पढिरहेका छौ। तिनीहरू पास्ट जन्ममा दान पुण्य गरेर राजाको घरमा जन्म लिएर राजकुमार बनेका हुन्। वहाँ कलेज कति राम्रा हुन्छन्। कति राम्रा फर्निचर आदि होलान्! टिचरको लागि पनि राम्रो फर्निचर हुन्छन्। सत्ययुग त्रेतामा जो राजकुमार राजकुमारी हुन्छन्, उनीहरूको कलेज कति राम्रो होला! कलेजमा त जान्छन् नि। भाषा सिक्छन्। ती सत्ययुगी राजकुमार राजकुमारीको कलेज र द्वापरको विकारी राजकुमार राजकुमारीहरूको कलेज हेर अनि तिमी राजकुमार राजकुमारी बन्नेहरूको कलेज हेर, कस्तो साधारण छ। तीन पाइला पृथ्वी पनि मिल्दैन। तिमीलाई थाहा छ– वहाँ राजकुमारहरू कसरी जान्छन् कलेजमा। वहाँ पैदल पनि हिँड्नु पर्दैन। महल देखि निक्लियो, हवाइजहाजमा उड्यो। वहाँ कस्तो राम्रो कलेजहरू होलान्! कस्तो सुन्दर बगैंचा महल आदि होलान्! वहाँको हर चीज नयाँ सर्वोत्तम नम्बरवन हुन्छन्। ५ तत्त्व नै सतोप्रधान हुन्छन्। तिम्रो सेवा कसले गर्नेछ? यी ५ तत्त्वहरूले एकदम राम्रो चीज तिम्रो लागि पैदा गर्नेछन्। जब कुनै फल धेरै राम्रो कहीँबाट निक्लिन्छ, त्यो राजा रानीलाई सौगात पठाउँछन्। यहाँ त तिम्रो बाबा शिवबाबा हुनुहुन्छ सबैभन्दा ऊँच, उहाँलाई तिमीले के खुवाउँछौ! उहाँले कुनै पनि चीजको इच्छा राख्नुहुन्न, यो पहिरिऊँ, यो खाऊँ, यो गरूँ... तिमी बच्चाहरूलाई पनि यो इच्छा हुनु हुँदैन। यहाँ यो सबै गरेमा वहाँ त्यो कम हुनेछ। अहिले त सारा दुनियाँको त्याग गर्नु छ। देह सहित सबैथोक त्याग। वैराग्य आयो भने त्याग गरिन्छ नि। 

    बाबा भन्नुहुन्छ– म तिमी बच्चाहरूलाई वैकुण्ठ दिन आएको छु। तिमीलाई थाहा छ– बाबा हाम्रो हुनुहुन्छ, अवश्य उहाँलाई याद गर्नुपर्छ। जस्तै कन्याको मगनी हुन्छ या लगन जुट्छ, त्यसपछि कहिल्यै भन्दैनन्– म पतिलाई याद गर्दिनँ, किनकि ऊ जीवन साथी हुन्छ। त्यसैगरी बाबा र तिमी बच्चाहरू पनि साथी हुन्छौ। तर मायाले भुलाइदिन्छ। बाबा भन्नुहुन्छ– मलाई याद गर अनि वर्सालाई याद गर। यसमा मुक्ति जीवन-मुक्ति दुवै आउँछ। फेरि तिमीबाट यो भूल किन हुन्छ! यसमा छ बुद्धिको काम, मुखले पनि केही बोल्नु छैन। निश्चय गर्नु छ। हामीलाई थाहा छ– पवित्र रहेर पवित्र दुनियाँको वर्सा लिन्छौं। यसमा बुझ्नु पर्ने हुन्छ, बोल्ने कुरा छैन। हामी बाबाको बनेका छौं। शिवबाबा पतितहरूलाई पावन बनाउने वाला हुनुहुन्छ। भन्नुहुन्छ– मलाई याद गरिराख। यसको अर्थ नै हो मनमनाभव। उनीहरूले फेरि कृष्ण भगवानुवाच लेखिदिएका छन्। पतित-पावन त एकै हुनुहुन्छ। सर्वका सद्‌गति दाता एक हुनुहुन्छ, उहाँलाई नै याद गर्नु छ। भन्नुहुन्छ– म एक बाबालाई भुल्नाको कारण कतिलाई याद गरिरहन्छौ। अब तिमीले मलाई याद गर्यौग भने विकर्माजीत राजा बन्छौ। विकर्माजीत राजा र विक्रमी राजाको फरक पनि बताएँ नि। पूज्यबाट पुजारी बन्छन्। तल आउनु नै छ। वैश्य वंश, फेरि शूद्र वंश। वैश्य वंशी बन्नु मतलब वाम मार्गमा आउनु। इतिहास-भूगोल त सारा बुद्धिमा छ, यसको बारेमा कथाहरू पनि धेरै छन्। वहाँ मोह हुँदैन। बच्चा आदि सबै धेरै मौजमा रहन्छन्, अटोमेटिक राम्रोसँग पालना भइरहन्छ। दास दासीहरू त रहन्छन् नै। त्यसैले आफ्नो तकदिरलाई हेर– हामी यस्तो कलेजमा बसेका छौं, जहाँबाट हामी भविष्यमा राजकुमार राजकुमारी बन्छौं। फरक त जान्दछौ हैन? यी कलियुगी राजकुमार राजकुमारी, ती सत्ययुगी राजकुमार राजकुमारी... महाराजा महारानी, राजा-रानी। धेरैको नाम पनि हुन्छ लक्ष्मी-नारायण, राधाकृष्ण। फेरि उनले लक्ष्मी-नारायण र राधा-कृष्णको पूजा किन गर्छन्! नाम त एउटै छ नि। हो, उनीहरू स्वर्गको मालिक थिए। अहिले तिमीलाई थाहा छ– यो ज्ञान, शास्त्रहरूमा छैन। अब तिमीले बुझिसकेका छौ– यज्ञ तप दान पुण्य आदिमा कुनै सार छैन। ड्रामा अनुसार दुनियाँ पुरानो हुनु नै छ। मनुष्यहरू सबै तमोप्रधान बन्नु नै छ। हर कुरामा तमोप्रधान, क्रोध, लोभ सबैमा तमोप्रधान। हाम्रो जमीनमा यसको दखल किन, मार गोली। कति मारामारी गर्छन्, आपसमा कति लड्छन्। एक-अर्कालाई मार्न पनि पछि पर्दैनन्। बच्चाहरूले सम्झन्छन्– पिता मरे वर्सा मिल्छ... यस्तो तमोप्रधान दुनियाँको अब विनाश हुनु नै छ। फेरि सतोप्रधान दुनियाँ आउँछ। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


    धारणाको लागि मुख्य सारः

    १) पुण्य आत्मा बन्नको लागि यादको मेहनत गर्नु छ। सबै हिसाब-किताब समाप्त गरेर सम्मान सहित जानु छ। त्यसैले कर्मभोग सँग नडराऊ, खुशी-खुशीले चुक्ता गर।

    २) सदा यसै नशामा रहने गर– हामी भविष्यको राजकुमार-राजकुमारी बनिरहेका छौं। यो हो राजकुमार-राजकुमारी बन्ने कलेज।

    वरदान:

    पुरुषार्थको यथार्थ विधिद्वारा सदा अघि बढ्ने सर्व सिद्धि स्वरूप भव:-  

    पुरुषार्थको यथार्थ विधि हो– अनेक मेरोलाई परिवर्तन गरेर एक ‘मेरो बाबा’– यस स्मृतिमा रहनु। अरू सबै चीज बिर्सिए पनि यो कुरा चाहिँ कहिल्यै नबिर्स– “मेरो बाबा”। मेरोलाई याद गर्नु पर्दैन, स्वत: याद आउँछ। “मेरो बाबा” दिलदेखि भन्छौ भने योग शक्तिशाली हुन्छ। त्यसैले यस सहज विधिद्वारा सदा अगाडि बढ्दै सिद्धि स्वरूप बन।

    स्लोगन:

    मायाजीत बन्नको लागि स्नेहको साथ-साथै ज्ञानको पनि फाउन्डेसन मजबुत गर।   



    ***OM SHANTI***