BK Murli 7 June 2017 Nepali

BK Murli 7 June 2017 Nepali

२०७४ जेष्ठ २४ बुधबार ७-०६-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

“मीठे बच्चे– स्वयंलाई २१ जन्मको लागि स्वराज्य तिलक दिनु छ भने देह सहित देहको भानलाई भुलेर एक बाबालाई याद गर।”  

प्रश्न:

गरिब बच्चाहरूको कुन समझदारी सँग बाबा खुशी हुनुहुन्छ? उनीहरूलाई कुनचाहिँ राय दिनुहुन्छ?

उत्तर:

गरिब बच्चाहरू, जसले आफ्नो सबैथोक बाबाको सेवामा सफल गरेर, भविष्य २१ जन्मको लागि आफ्नो भाग्य जम्मा गर्छन्। बाबा पनि बच्चाहरूको यस समझदारी सँग धेरै खुशी हुनुहुन्छ। बाबा फेरि यस्ता बच्चाहरूलाई फस्टक्लास राय दिनुहुन्छ– प्यारा बच्चाहरू! तिमी ट्रस्टी बन। आफ्नो नसम्झ। बच्चा आदिलाई पनि ट्रस्टी भएर सम्हाल गर। ज्ञानद्वारा तिमीले आफ्नो जीवनको सुधार गरेर राजाहरूको राजा बन।

गीत:–

तकदिर जगाकर आई हुँ...

ओम् शान्ति।

बच्चाहरूले गीतको दुई अक्षर सुन्यौ। तिमी बच्चाहरूले बुझिसकेका छौ– हामी यहाँ नयाँ दुनियाँको लागि तकदिर लिएर आएका छौं। तकदिर बनाउनको लागि पुरुषार्थ चाहिन्छ। बच्चाहरूलाई थाहा छ– यहाँ श्रीमत मिल्छ, महामन्त्र मिल्छ। मनमनाभव अक्षर त छ नि। यो मन्त्र कसले दिन्छ? उहाँ हुनुहुन्छ सागर, उच्च भन्दा उच्च मत दिनेवाला। उहाँको मत एकै पटक मिल्छ। ड्रामामा एक पटक जो भइसकेको छ, त्यो फेरि ५००० वर्षपछि हुन्छ। यस एकै महामन्त्रद्वारा बेडा पार हुन्छ। पतित-पावन बाबा एकै पटक आएर श्रीमत दिनुहुन्छ। पतित-पावन को हुनुहुन्छ? परमपिता परमात्माले नै पतितबाट पावन बनाएर पावन दुनियाँमा लैजानु हुन्छ। उहाँलाई नै पतित-पावन, सद्‌गति दाता भनिन्छ। तिमी उहाँको सामुन्ने बसेका छौ। जान्दछौ– उहाँ हाम्रो सबैथोक हुनुहुन्छ। उच्च भन्दा उच्च हाम्रो तकदिर बनाउने वाला हुनुहुन्छ। तिमीलाई निश्चय छ– यो महामन्त्र मिल्छ, बेहदका बाबाद्वारा। उहाँ बाबा हुनुहुन्छ नि। एक निराकार, अर्को साकार। बच्चाहरूले पनि याद गर्छन्, बाबाले पनि याद गर्नुहुन्छ। कल्प-कल्प आफ्नो बच्चाहरूलाई नै सुनाउनुहुन्छ। बाबा भन्नुहुन्छ– सबैको सद्‌गतिको लागि मन्त्र एउटै छ, दिनेवाला एकै हुनुहुन्छ। सतगुरु नै सतमन्त्र दिनेवाला हुनुहुन्छ। तिमीलाई थाहा छ– हामी यहाँ आएका छौं आफ्नो सुखधामको लागि तकदिर बनाउन। सुखधाम सत्ययुगलाई भनिन्छ, यो हो दु:खधाम। जो ब्राह्मण बन्छन्, उनलाई नै शिवबाबाले ब्रह्मा मुखद्वारा मन्त्र दिनुहुन्छ। अवश्य साकारमा आउनु पर्छ, नत्र कसरी दिने? भन्नुहुन्छ– कल्प-कल्प तिमीलाई यो महामन्त्र दिन्छु, मामेकम्। सबै देहको धर्म त्याग। देह र देहका सबै धर्महरूलाई बिर्स। आफूलाई देह सम्झिनाले फेरि देहका सम्बन्धी काका, मामा, गुरु, गोसाई आदि सबै याद आउँछन्। यो पनि भनिन्छ– आफू मरेपछि दुनियाँ मर्योा। बाबा भन्नुहुन्छ– म तिमीलाई मन्त्र नै यस्तो दिन्छु। आफूलाई आत्मा समझ, अशरीरी बन। शरीरको भान छोडिदेऊ। यहाँ छन् देह-अभिमानी। सत्ययुगमा हुन्छन् आत्म-अभिमानी। यस संगममा तिमी आत्म-अभिमानी पनि बन्छौ र परमात्मालाई चिनेर आस्तिक पनि बन्छौ। आस्तिक उनलाई भनिन्छ, जो परमपिता परमात्मा र उहाँका रचनालाई जान्दछन्। आस्तिक न कलियुगमा, न सत्ययुगमा हुन्छन्, संगममा नै हुन्छन्। बाबाबाट वर्सा लिएर उनैले फेरि सत्ययुगमा राज्य गर्छन्। यहाँ नास्तिक र आस्तिकको कुरा हुन्छ, वहाँ हुँदैन। आस्तिक ब्राह्मण बन्छन्, जो पहिले नास्तिक थिए। यस समय सारा दुनियाँ नास्तिक छ। कसैले पनि बाबालाई वा बाबाको रचनालाई जान्दैनन्। सर्वव्यापी भनिदिन्छन्। तिमी बच्चाहरूको एक बेहद बाबासँग नै काम छ। उहाँको श्रीमत मिल्छ अथवा पुरुषार्थ गराउनुहुन्छ। भन्नुहुन्छ– प्यारा बच्चाहरू! देह सहित देहको भान भुलेर कसैलाई पनि याद नगर। आफूलाई आत्मा सम्झेर म बाबालाई याद गर। यसलाई नै महामन्त्र भनिन्छ, जसबाट तिम्रो तकदिर बन्छ। तिमीलाई स्वराज्य तिलक मिल्छ– २१ जन्मको लागि। त्यो हो नै प्रारब्ध। गीता हो नै नरबाट नारायण बन्ने, मनुष्यबाट देवता बन्ने ज्ञान। 

तिमी बच्चाहरूलाई थाहा छ– यो दुनियाँ परिवर्तन भइरहेको छ। नयाँ दुनियाँको लागि तकदिर बनाइरहेका छौं। यो मृत्युलोक हो। यहाँ हेर मनुष्यहरूको तकदिर कस्तो छ। यसको नाम नै छ दु:खधाम। यो कसले भन्यो? आत्माले। अहिले तिमी आत्म-अभिमानी बनेका छौ। आत्माले भन्छ– यो दु:खधाम हो। हाम्रो परमधाम त्यो हो, जहाँ बाबा रहनुहुन्छ। अहिले बाबाले ज्ञान सुनाउनुहुन्छ र तकदिर बनाउनुहुन्छ। बाबाले एक महामन्त्र दिनुहुन्छ– मलाई याद गर। ठीकै छ, देहधारी सँग पनि सुन, तर याद म विदेहीलाई गर। सुन्नु त अवश्य देहधारी सँग नै पर्छ। ब्रह्माकुमार-कुमारीले पनि मुखद्वारा नै सुनाउँछन्– पतित-पावनलाई याद गर्नुहोस्। तिम्रो शिरमा जुन विकर्महरूको बोझ छ, त्यो यादको बलद्वारा नै भस्म गर्नु छ। निरोगी बन्नु छ। तिमी बच्चाहरू बाबाको सम्मुख बसेका छौ। जान्दछौ– बाबा आउनु भएको छ तकदिर बनाउन, धेरै सहज बाटो बताउनुहुन्छ। भन्छन्– बाबाको याद भुल्छौं। अरे, शर्म लाग्दैन! लौकिक पिता, जसले तिमीलाई पतित बनाउँछन्, उनको याद रहन्छ अनि यहाँ जो पारलौकिक बाबाले तिमीलाई पावन बनाउनुहुन्छ, भन्नुहुन्छ– म एकलाई याद गर, तब विकर्म विनाश हुन्छ। उहाँको लागि भन्छौ– बाबा बिर्सिन्छु। बाबा भन्नुहुन्छ– म तिमीलाई मन्दिर लायक बनाउन आएको छु। तिमीलाई थाहा छ– भारतवर्ष शिवालय थियो, हामीले राज्य गर्थ्यौं, फेरि आफ्नै जड चित्र मन्दिरहरूमा पूजा गर्दै आयौं। हामी नै देवता थियौं, यो बिर्सिएका छौ। तिम्रो मम्मा बाबा, जो पूज्य देवी-देवता थिए फेरि पुजारी भएका छन्। यो ज्ञान बुद्धिमा छ। वृक्षमा पनि मुख्यलाई देखाइएको छ। पहिले फाउन्डेसनमा आदि सनातन देवी-देवता थियो, अहिले छैन। ५ हजार वर्ष पहिले सत्ययुग थियो, अहिले कलियुग हो। कलियुगपछि फेरि सत्ययुग आउनेछ। अवश्य श्रीमत दिनेवाला आउनुपर्छ। दुनियाँ परिवर्तन हुनेछ अवश्य। यो सन्देश दिइरहन्छौ सबैलाई। वृक्ष त छिट्टै बढ्दैन। विघ्न पर्छन्। भिन्न-भिन्न नाम रूपमा फँस्छन्। बाबा भन्नुहुन्छ– नफँस। ठीकै छ गृहस्थ व्यवहारमा बस, बाबालाई याद गरेर पवित्र बन। भगवानुवाच– काम महाशत्रु हो। पहिले पनि गीताको भगवान्‌ले भन्नु भएको थियो, अहिले पनि फेरि भन्नुहुन्छ। गीताको भगवान्‌ले अवश्य काममाथि विजयी बनाउनुहुन्छ। एउटा छ रावण राज्य, अर्को छ राम राज्य। राम राज्य दिन, रावण राज्य रात। बाबा भन्नुहुन्छ– अब यो रावण राज्य खतम हुनु छ, यसको लागि सबै तयारी छ। बाबाले पढाएर लिएर जानुहुन्छ, फेरि तिमीलाई राज्य चाहिन्छ। यस पतित पृथ्वीमा राज्य कहाँ गर्छौ र। शिवबाबाको त पाउ छँदै छैन, जसले यहाँ पाउ राख्नुहुन्छ। देवताहरूको पाउ यस पतित दुनियाँमा पर्न सक्दैन। तिमीलाई थाहा छ– हामी देवता बनिरहेका छौं। फेरि यहाँ नै आउनेछौं। तर सृष्टि परिवर्तन भएर कलियुगबाट सत्ययुग बन्छ। अब तिमी श्रेष्ठ बनिरहेका छौ। धेरै बच्चाहरूले भन्छन्– बाबा तुफान आउँछ। बाबा भन्नुहुन्छ– तिमीले बाबालाई बिर्सिन्छौ। बाबाको मतमा चल्दैनौ। श्रेष्ठ ते श्रेष्ठ बाबाको मत मिल्छ– प्यारा बच्चाहरू, भ्रष्टाचारी नबन। तिमीलाई पढाउनेवाला एक हुनुहुन्छ। उहाँले भन्नुहुन्छ– म एकलाई याद गर। यिनको रथलाई पनि याद नगर। रथी र रथवान। घोडा गाडीको त कुरा छैन। त्यसमा बसेर ज्ञान दिइन्छ र? आजकल त हवाई जहाजको सवारी छ। साइन्स बिल्कुल तीव्र छ। मायाको पम्प धेरै तीव्र छ। यस समय एक अर्काको कति खातिरी गर्छन्। फलानो स्थानको प्राइममिनिस्टर आयो, इज्जत मिल्यो। १५ दिनपछि फेरि उतारिदिन्छन्। बादशाहहरूमा पनि समस्या छ। डराइरहन्छन्। तिमीलाई कति सहज ज्ञान मिल्छ। तिमी कति गरिब छौ, कौडी पनि छैन। ट्रस्टी बनाउँछौ– बाबा यो सबैथोक हजुरको हो। बाबा भन्नुहुन्छ– ठीक छ तिमी पनि ट्रस्टी बनेर रहने गर। यदि आफ्नो सम्झियौ भने यो तिम्रो बुद्धिमानी रहेन। श्रीमतमा चल्नुपर्छ। जो ट्रस्टी छन्, उनीहरू श्रीमतमा चल्छन्। तिमी गरिब छौ, सम्झछौ– यो कौडी तुल्य चीज सबै बाबालाई दिऊँ। बाबा फेरि फस्टक्लास राय दिनुहुन्छ। बच्चाहरूको सम्हाल पनि गर। यस समय तिमीलाई ज्ञान मिल्छ, जसबाट तिम्रो भविष्य सुध्रिन्छ र राजाहरूको राजा बन्छौ। बाबाको पनि कर्तव्य हो राय दिनु। बाबालाई याद गर। दया आउनु पर्छ। कसैलाई खाल्डोमा गिर्नबाट बचाउनु छ। धेरै युक्तिसँग चल्नुपर्छ। सूपनखा, पूतना, अजामिल, दुर्योधन– यी सबै यतिबेलाका नाम हुन्। अहिलेको सीन फेरि कल्पपछि हुनेछ। उही बाबा सम्मुख आएर ज्ञान दिनुहुन्छ। मनुष्यबाट देवता पद प्राप्त गराउनुहुन्छ। तिमी आएका छौ ५ हजार वर्ष पहिले जसरी वर्सा लिन। पहिले पनि महाभारी लडाई भएको थियो। त्यसको यससँग नै सम्बन्ध छ। बाबाले राम्रोसँग सम्झाएर मनुष्यबाट देवता पद प्राप्त गराउनुहुन्छ। तिमी आएका छौ बाबासँग वर्सा लिन, ब्रह्मा वा जगत अम्बा वा बी.के. सँग वर्सा मिल्दैन। यो वर्सा बाबासँग नै लिन्छौ। अरूलाई पनि सम्झाउनु छ। तिमी पनि जगतपिताको बच्चा बनेर उहाँबाट वर्सा लिन्छौ। सबैलाई अलग-अलग भन्नुहुन्छ, प्यारा बच्चाहरू मलाई याद गर। यो डाइरेक्ट तीर लाग्छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! वर्सा तिमीले मसँग लिनु छ। कुनै पनि मित्र-सम्बन्धी आदि मरे पनि वर्सा पिता सँग लिन्छन्। तिमीलाई धेरै खुशी हुनुपर्छ किनकि तकदिर बनाउन आएका छौ, जान्दछौ– बाबाले हामीलाई स्वर्गको मालिक अब फेरि बनाउनुहुन्छ। त्यो चलन धारण गर्नु छ। विकारबाट बच्नु छ। हामी पावन निर्विकारी बनिरहेका छौं। ड्रामा र वृक्षलाई बुझ्नु छ, अरू कुनै मेहनत छैन, साधारण भन्दा साधारण छ। फेरि पनि भन्छन्– बाबा बिर्सिएँ। भूत आयो। बाबा भन्नुहुन्छ– यी भूतहरूलाई निकाल। दिल दर्पणमा हेर– म लायक बनेको छु! नरबाट नारायण बन्नु छ। बाबा बसेर सम्झाउनु हुन्छ– मीठे-मीठे सौभाग्यशाली प्यारा बच्चाहरू, तिमी सौभाग्यशाली बन्नको लागि आएका छौ। अहिले त सबै दुर्भाग्यशाली छन् नि। पहिले सौभाग्यशाली थिए, कति साहुकार थिए। यहाँको नै कुरा हो। बाबा भन्नुहुन्छ– तिमीले आफूलाई आत्मा सम्झ किनकि तिमीलाई मेरो पासमा आउनु छ। अन्त मती सो गति हुन्छ। अब नाटक पूरा हुन्छ, हामी अब जाँदैछौं। उपाय पनि बताइन्छ। सबै पापहरूबाट मुक्त भएर पुण्य आत्मा बन्छौं। पुण्य आत्माहरूको दुनियाँ थियो नि, जो फेरि स्थापना भइरहेको छ। पुरानो दुनियाँ परिवर्तन भएर नयाँ हुनु छ। सम्झन्छन्– भारत प्राचीन थियो, स्वर्ग थियो। हेविनली गड फादरले स्वर्ग बनाउनु भयो। उहाँ कहिले आउनुभयो? यस समय नै आउनुहुन्छ। यसलाई कल्याणकारी बाबाको आउने समय भनिन्छ। रावणको सम्प्रदाय कति धेरै छन्। रामको सम्प्रदाय कति थोरै छन्। यहाँ वृद्धि भइरहन्छन्। बच्चाहरू फेरि बाबासँग वर्सा लिन आइरहनेछन्। प्रदर्शनी अथवा प्रोजेक्टरमा सम्झाइरहन्छौ। अहिले त धेरै सेवा गर्नुपर्छ। बाबाले भनिरहनुहुन्छ– प्यारा बच्चाहरू यो ड्रामा हो। तर यस समयसम्म जो बनेका छौ, त्यो एक्युरेट ड्रामा नै भनिन्छ। बाबा भन्नुहुन्छ– ड्रामाको बन्धनमा म पनि छु। प्यारा बच्चाहरू! पतित दुनियाँमा मलाई पनि आउनु पर्छ। परमधाम छोडेर हेर म कसरी यहाँ आउँछु, बच्चाहरूको लागि। प्लेगको बिमारी देखि डाक्टरहरू टाढा भाग्दैनन्। उनलाई त आउनै पर्छ। गायन पनि छ– पतित-पावन आउनुहोस्, आएर ५ विकारबाट छुटाएर पावन बनाउनुहोस् अर्थात् मुक्त गर्नुहोस्। दु:खधामबाट सुखधाममा लैजानुहोस्। गड इज लिबरेटर। उहाँ सर्वका मुक्तिदाता पनि हुनुहुन्छ नि। गाइड बनेर वापस लिएर जानुहुन्छ, फेरि नम्बरवार आउँछन्। सूर्यवंशी फेरि चन्द्रवंशी, फेरि द्वापर सुरु भएपछि तिमी पुजारी बन्छौ। गायन पनि छ– देवताहरू वाम मार्गमा गए। वाम मार्गको चित्र पनि देखाउँछन्। अहिले तिमी यथार्थमा जान्दछौ– हामी नै देवता थियौं, कति सहज कुरा छन्, बुझ्नको लागि। यो त राम्रोसँग बुद्धिमा धारण हुनुपर्छ। 

अहिले तिमी बच्चाहरू आफ्नो तकदिर बनाउन आएका छौ। यहाँ बाबा सम्मुखमा बस्नु भएको छ। बाँकी टिचर नम्बरवार छन्। यहाँ प्रजापिता ब्रह्माको मुखद्वारा भगवान्‌ले सबै वेद शास्त्रको सार बताउनु भएको छ। पहिला त ब्रह्माले सुन्छन् नि। ब्रह्मा, विष्णु, शंकरलाई सूक्ष्मवतनमा देखाएका छन्। अब विष्णु त हुन् सत्ययुगको मालिक र ब्रह्मा हुन् संगमयुगको। ब्रह्मा त यहाँ हुनुपर्छ नि, ब्राह्मण फेरि देवता बन्छन्। यो रुद्र ज्ञान यज्ञ हो। पहिले पनि यज्ञ रचिएको थियो। यसमा नै सारा दुनियाँ स्वाहा हुन्छ, सबै खतम हुनेछ। तिमी बच्चाहरू फेरि यहाँ आएर राज्य गर्नेछौ, नयाँ दुनियाँमा। अच्छा! 

मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


धारणाको लागि मुख्य सारः

१) भित्रैबाट भूतहरूलाई निकालेर नरबाट नारायण बन्ने लायक बन्नु छ। दिल दर्पणमा हेर– म कहाँसम्म लायक बनेको छु?

२) आफूलाई आत्मा सम्झेर, अशरीरी बनेर बाबालाई याद गर्नु छ। शरीरको भान नरहोस्– यसको अभ्यास गर्नु छ।

वरदान:

सर्व खजानाहरूको अधिकारी बनेर स्वयंलाई भरपुर अनुभव गर्ने मास्टर दाता भव:-   

भनिन्छ– एक देऊ हजार पाऊ। विनाशी खजाना दिनाले कम हुन्छ, अविनाशी खजाना दिनाले बढ्छ। तर दिन उसैले सक्छ, जो स्वयं भरपुर छ। मास्टर दाता अर्थात् स्वयं भरपुर, सम्पन्न रहनेवाला। उसलाई नशा रहन्छ– बाबाको खजाना मेरो खजाना हो। जसको याद सच्चा छ, उसलाई सर्व प्राप्ति स्वत: हुन्छ, माग्ने वा फरियाद गर्ने आवश्यकता हुँदैन।

स्लोगन:

आफ्नो स्थिति अचल-अडोल बनाऊ, तब अन्तिम विनाशको सीन हेर्न सक्नेछौ।   



***OM SHANTI***

Google+ Followers